नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यसको भूबनावट हिमाल, पहाड र तराईको भौगोलिक सम्मिश्रणबाट बनेको छ । नेपाल भौगोलिक, सामाजिक र सांस्कृतिक रूपमा विविधताले भरिपूर्ण छ । त्यस विविधताभित्र नेपाली समाजको एकता पाइन्छ । यो विशेषता नै नेपाली समाजको पृथक् एवम् मौलिक पहिचान बनेको छ ।
नेपालको भौतिक स्वरूपमा उचाइगत विविधता पाइन्छ । यस विविधताले भौगोलिक विभाजनको आधार प्रदान गर्छ । धरातलको आधारमा नेपालको भूस्वरूप लाई तीन बृहत् प्रदेश हिमाल, पहाड र तराइमा विभाजन गर्न सकिन्छ । प्रशासनिक हिसाबले नेपाललाई सात प्रदेशमा विभाजन गरिएको छ ।
स्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
नेपालको प्रदेश नं. १ मा सबैभन्दा धेरै जिल्ला र स्थानीय तह रहेका छन् भने प्रदेश नं. २ मा थोरै जिल्ला (८) र कर्नाली प्रदेशमा कम स्थानीय तह (८५) रहेका छन् । पालिकाभित्र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका पर्छन् । पालिका स्थानीय सरकार हुन् । नेपालको राज्य पुनर्संरचनापछि सात प्रदेश ७७ जिल्ला, ७५३ वटा स्थानीय तह रहेका छन् । त्यस्तै ७५३ स्थानीय तहमा ६७७४ वडा रहेका छन् ।नेपालका सात प्रदेशको भौगोलिक अवस्थालाई तल प्रस्तुत गरिएको छ ।
१. नेपालका प्रदेशको भौगोलिक अवस्था
प्रदेश नं १
यो प्रदेश पूर्वी नेपालमा पर्छ । यो प्रदेश २६डिग्री ३’ देखि २८डिग्री२’ उत्तरी अक्षांश र ८६डिग्री१’ देखि ८८डिग्री३’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा भारतको पश्चिम बङ्गाल र सिक्किम राज्य, दक्षिणमा बिहारराज्य, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिममा प्रदेश नं २ र बागमती प्रदेश पर्छन् । प्रदेश नं १ मा१४ जिल्ला रहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १७.६ प्रतिशत भूभाग ओगटे को छ ।
यस प्रदेशको सबैभन्दा ठुलोजिल्ला ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्ला तेरथुम (६७९ व.कि.मि.) हुन् । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको छ। यो प्रदेश हिमाल, पहाड, भित्रीमधेस र तराईका भूभाग मिली बनेको छ । यस प्रदेशका हिमाली जिल्लामा ताप्जेजुङ, सङ्खुवासभा र सोलुखुम्बु पर्छन् भने पहाडी जिल्लामा पाँचथर, इलाम,तेरथुम,धनकुटा, भोजपुर, ओखलढुङ्गा र खोटाङ जिल्ला रहेका छन् । झापा,मोरङ र सुनसरी यस प्रदेशको तराईमा पर्ने जिल्ला हुन् भने उदयपुर जिल्ला भित्री मधेसमा पर्छ ।

यस प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) र होचो भाग केचनाकलन(झापा) पर्छन् । यस प्रदेशको तराईमा उपोष्ण, पहाडी क्षेत्रमा समशीतोष्ण र हिमाली क्षेत्रमा लेकाली र टुन्ड्रा प्रकारका हावापानीहरू पाइन्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले प्रशस्त वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । यस प्रदेशका सप्तकोसीनदीकासहायक नदीहरू सुनकोसी, अरुण, लिखु, दुधकोसी र तमोर नदीहरूबहन्छन्। यहाँ माई, कनकाई, काबेली, सभा, पिलुवा, पिखुवा, रावा, त्रियुगा आदि नदी पनि छन् यस प्रदेशमा माइपोखरी (इलाम), साल्पापोखरी (भोजपुर), वराह पोखरी (खोटाङ), इम्जात्सो आदि तालतलैयाहरू छन् ।
प्रदेश नं. २
प्रदेश न.२ तराईका भूभाग मात्र समेटिएको प्रदेश हो ।यस प्रदेशको २६डिग्री३’ देखि २७डिग्री७’ उत्तरी अक्षांश र ८४डिग्री१’ देखि ८७डिग्री१’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा प्रदेश नं १, दक्षिणमा भारतको विहार राज्य,उत्तरमा प्रदेश नं १ र बागमती प्रदेश र पश्चिममा बागमती प्रदेश पर्छन् । प्रदेश नं २ मा ८ जिल्लारहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको ६.५ प्रतिशत भूभाग ओगटे को छ।

यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी(१,००२ व.कि.मि.) हुन् । प्रदेश नं. २ को राजधानी जनकपुरमा रहेको छ । प्रदेश नं. २ को भूधरातल तराई, भावर र चुरेपर्वत श्रेणीबाट बनेको छ । यस प्रदेशको केही भाग चुरे तथा सिवालिक क्षेत्रमा पर्छ । सप्तरी र पर्सा जिल्लाको उत्तरका केही भाग भित्रीमधेसमा पर्छन् । चुरे पर्वतको फेदको भूभागमा भावर क्षेत्र पर्छ । चुरे र भावर क्षेत्रमा घना जङ्गल छ । यस प्रदेशको धेरै भूभाग तराई क्षेत्र पर्छ । यहाँ उब्जाउशील माटो पाइन्छ ।
प्रदेश नं. २ को हावापानी गर्मी खालको छ । यहाँ उपोष्ण हावापानी पाइन्छ । यहाँ ग्रीष्म गर्मी हुन्छ भने हिउँदमा कहिलेकाहीँ शीतलहर चल्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि २१०० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । प्रदेश नं. २ को पूर्वी सिमानाबाट क्रमश कोसी नदी बहेको छ । यहाँ बागमती, कमला, रातु नदी पनि रहेकाछन् । यस प्रदेशमा विभिन्न तालतलैया रहेका छन् । धनुषामा रहेका गङ्गा सागर, धनुसागर धार्मिक दृष्टिकोणले महइभ्वपूर्ण मानिन्छन् ।
बागमती प्रदेश
बागमती प्रदेश नेपालको राजधानी रहेको प्रदेश हो । यो प्रदेश २६डिग्री५५’ देखि २८डिग्री२३’ उत्तरी अक्षांश र ८३डिग्री५५’ देखि ८६डिग्री३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । बागमती प्रदेशको पूर्वमा प्रदेश नं. १, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा प्रदेश नं. २ र भारतको विहार राज्य पर्छ। बागमती प्रदेशमा १३ जिल्ला छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.८ प्रतिशत भूभाग ओगटेको छ ।
यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) हुन् । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको छ । बागमती प्रदेशको सबैभन्दा होचो भाग चितवन जिल्लाको गोलाघाट (१४१ मिटर) र अग्लो भाग रसुवा जिल्लाको लाङटाङ हिमालको लिरुङ (७२२९मिटर) रहेको छ । यस प्रदेशको भूधरातल हिमाल (दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ), पहाड (काभ्रेपलाञ्चोक र नुवाकोट), उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर) र भित्री मधेस र चुरेपर्वत (सिन्धुली, चितवन र मकवानपुर) मिली बनेको छ ।

बागमती पद्रेश को धरातलीय विविधतासंगै चुरे पवर्त , भित्रीमधसे र नदि बेँशिमा उपोष्ण हावापानी, पहाडी क्षेत्रमा समशीतोष्ण हावापानी र उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी पाइन्छ । यहाँ उचाइ बढेअनुसार हावापानी, तापक्रम र वर्षाको मात्रा फरक पर्दै जान्छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँदमा हिउँपर्छ । पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समशीतोष्ण हावापानी पाइन्छ । भित्रीमधेसका जिल्लामा ग्रीममा गर्मी र हिउँदमा थोरै मात्र चिसो हुन्छ ।
यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि ३००० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । बागमती प्रदेशमा सुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु,त्रिशूली र नारायणी नदी रहेका छन् । यस प्रदेशमा छोरोल्पा (दोलखा), गोसाइँकुण्ड (रसुवा), टौदह (काठमाडौँ, पाँचपोखरी (सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन) आदि तालतलैया छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ ।यो प्रदेश २७ डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री५२’ देखि ८५डिग्री१२’ पूर्वीदेशान्तरसम्म फैलिएको छ । गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नाली र लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् । गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १४.६ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला गोरखा (३,६१० व.कि.मि.) र सानो
जिल्लापर्वत (४९४ व.कि.मि.) हुन् । गण्डकीे प्रदेशको राजधानी पोखरामा रहेको छ ।
यस प्रदेशको भूधरातललाई हिमाली क्षेत्र, पहाडी क्षेत्र र भित्रीमधेस क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ। पहाडी क्षेत्रले धेरै भूभाग ओगटेको छ । यस प्रदेशको उचाइ समुद्र सतहबाट १०३ मिटर (त्रिवेणी) देखि ८१६७ मिटर (धवलागिरि) सम्म फैलिएकोछ । मुख्य हिमालय र तिब्बती सीमान्त पर्वतहरूको बिचमा मनाङ, मुस्ताङ, छेकम्पार, चुमभोट जस्ता उपत्यका छन् । हिमाली प्रदेशको उत्तर मा सीमान्त हिमालय र मुख्य हिमालयका बिचमा मनाङ, मुस्ताङ जिल्ला पर्छन् । पहाडी क्षेत्रमा मध्य
पहाड, महाभारत लेक र चुरेपर्वत पर्छन् । भित्रीमधेसमा नवलपरासी सुस्तापूर्वका भूभागपर्छन् ।

गण्डकी प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यस प्रदेशको भित्रीमधेसमा उपोष्ण,पहाडी भूभागमा समशितोष्ण र हिमाली भूभागमा लेकाली र टुन्ड्रा हावापानी पाइन्छ । यहाँ सालाखाला वार्षिक वर्षा २५०० मि.मि. भन्दा बढीहुन्छ । यस प्रदेशमा नेपालको सबैभन्दा धेरै वार्षिक वर्षा हुने ठाउँ लुम्ले (५२८४ मि.मि.) र कम हुने ठाउँ मुस्ताङ (१४६ मि.मि.) रहेका छन् । गण्डकी प्रदेशजलसम्पदाको हिसाबले धनी छ । यो प्रदेश हुँदै मस्र्याङ्दी, मादी, सेती, दरौँदी र कालीगण्डकी नदी बहन्छन् । वुढी गण्डकी र त्रिशूली नदी यो प्रदेश र बागमती प्रदेशको सीमा नदी हो । यस प्रदेशमा तिलिचो (मनाङ), फेवा, बेगनास र रूपाताल (कास्की) रहेका छन् । यहाँ तातोपानीकाकुण्डहरू पनि रहेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री३७’ देखि २८डिग्री५०’ उत्तरी अक्षांश र ८०डिग्री५८’ देखि ८४डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा कर्नाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लारहेका छन् । यस प्रदेशले कुल क्षेत्रफलको १५.१ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला दाङ (२,९५५व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४ व.कि.मि.) रहेका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा तोकिएको छ ।लुम्बिनी प्रदेशको भूबनावट अग्ला हिमशृङ्खला, पहाड, उपत्यका र समथर फाँटहरू मिलीबनेको छ । यस प्रदेशको भूधरातललाई चार भागमा विभाजन गर्न सकिन्छ । यसले प्रदेशको कुल भूमिको थोरै मात्र भूभाग हिमाली क्षेत्रले ओगटेको छ । सिस्ने हिमाल यसै क्षेत्रमा पर्छ । यस प्रदेशमा पर्ने एकमात्र हिमाली जिल्ला पूर्वी रुकुम हो । यस प्रदेशका धेरै भूभाग मध्य पहाडमा पर्छन् । रोल्पा, प्युठान, गुल्मी,अर्घाखाँची र पाल्पा जिल्ला पहाडी भूभागमा रहेका छन् । दाङ जिल्ला यस प्रदेशको भित्रीमधेसमा पर्ने जिल्ला हो । तराई क्षेत्रमा पर्ने यस प्रदेशका जिल्लामा नवलपरासी( सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके र वर्दिया हुन् ।

लुम्बिनी प्रदेशमा उपोष्ण, समशीतोष्ण, लेकाली र टुन्ड्रा प्रकारको हावापानी पाइन्छ । यसको उत्तरी भाग केही चिसो हुन्छ भने पहाडमा न्यानो र तराई र भित्रीमधेसमा गर्मी हुन्छ । यहाँ वर्षामा मनसुनी वायुले वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । लुम्बिनी प्रदेशको जलसम्पदाको प्रमुख स्रोत नदी र तालतलैया हुन् ।यस प्रदेशमा, तिनाउ, राप्ती, बबई,बाणगङ्गा नदी रहेका छन्। कर्नाली र कालिगण्डकी नदीहरू क्रमशः सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश छुट्याउने सीमा नदी हुन् ।
कर्नाली प्रदेश
कर्नाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३०डिग्री२६’ उत्तरी अक्षांश र ८०ड्ढ५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्नालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् । यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्छन् । पश्चिममा सुदूरपश्चिमप्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । यस प्रदेशमा १० जिल्लारहेका छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १९ प्रतिशत भूभाग ओगटेको छ ।
यस प्रदेशको सबैभन्दाठुलो जिल्ला डोल्पा (७,८८९व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) हुन् । कर्नाली प्रदेशको राजधानीसुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको छ । यो प्रदेश क्षेत्रफलको हिसाबले सब भन्दा ठुलो र जनसङ्ख्याका आधारमा सानो प्रदेश हो । कर्नालीप्रदेशको भूबनावट मुख्यहिमाल, मध्यपहाड, महाभारत लेक, चुरेपर्वत र उपत्यका आदि मिली बनेको छ । यस प्रदेशको सबैभन्दा अग्लो भाग चुरेन हिमाल (७३४८ मि.) हो ।

कर्नाली प्रदेशको धरातलीय स्वरूप र उचाइले हावापानीमा विविधताल्याएको छ । यस प्रदेशको उत्तरी क्षेत्रमा लेकाली र टुन्ड्रा, पहाडी क्षेत्रमा समशीतोष्ण र भित्रीमधेसमा उपोष्ण हावापानी पाइन्छ । यहाँको औसत वार्षिक तापक्रम २६ डिग्री से. सम्म पुग्छ भने न्यूनतम तापक्रम ० डिग्री से. भन्दा कम हुन्छ । यहाँको हिमाली जिल्लाहरूमा हिउँदमा हिउँ पर्छ । यहाँ सालाखाला वार्षिक वर्षा १४७९ मि.मी. भन्दा बढीहुन्छ । कर्नाली प्रदेशमा हुम्ला कर्नाली, मुगु कर्नाली, ठुली भेरी, सानी भेरी, तिला आदिनदी बहन्छन् ।कर्नाली प्रदेश तालतलैयामा पनि धनी छ । रारा ताल, फोक्सुन्डो ताल र कुपिन्डे दह यस प्रदेशका मुख्य हुन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी भूभागमा पर्छ । यो प्रदेश २८डिग्री२२’ देखि ३०डिग्री०९’ उत्तरी अक्षांश र ८०डिग्री०३’ देखि ८१डिग्री२५’ पूर्वी देशान्तरसम्म फैलिएको छ। सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्नाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतरखण्ड राज्य,उत्तरमा कर्नाली प्रदेश र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन् ।सुदूरपश्चिम प्रदेशमा नौ जिल्लारहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.३ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशकोसबैभन्दाठुलोजिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.)हुन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ । सदूरपश्चिमप्रदेशले हिमाल, पहाड र तराईका तीनओटै धरातलीय स्वरूपलाई समेटेको छ । हिमाली क्षेत्रमा दार्चुला, बझाङ र बाजुरा जिल्ला पर्छन् भने बैतडी, डडेल्धुरा, अछाम, डोटी पहाडी जिल्लाहरू हुन् ।कैलाली र कञ्चनपुर तराई क्षेत्रमा पर्छन् । डडेल्धुरा जिल्लाका केही भागहरू भने भित्रीमधेसमा पर्छन् । सुदूर प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यहाँ उपोष्ण,समशीतोष्ण,लेकाली र टुन्ड्राप्रकारका हावापानी पाइन्छन् ।
यहाँ सालाखाला वार्षिक वर्षा २०० मि.मि. भन्दा बढीहुन्छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नदीहरू सेती, बुढिगङ्गा, चौलानी र महाकाली आदि हुन् । यस प्रदेशको घोडाघोडी ताल (कैलाली) विश्व सम्पदा सूचीमा सूचीकृत सिमसार क्षेत्र हो । यसका साथै झिलमिला ताल र बेदकोट ताल (कञ्चनपुर), अलिताल (डडेलधुरा), छतिवान ताल (डोटी) पनि यसै प्रदेशमा पर्छन् ।
श्रोतः नेपाल सरकारका सरकारी वेवसाइट CDC तथा अन्य अनलाइन संस्करण, तस्विर सामाजिक संजाल ।
लेखन तथा संकलन – चिनारी नेपाल ।