nawalpur

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) Nawalparasi (East Bardaghat Susta)

परिचय

जिल्ला प्रशासन कार्यालय नवलपरासीका (बर्दघाट सुस्ता पूर्व) अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशको तराइ भेगमा पर्ने एक मात्र जिल्ला हो । त्रिवेणी गजेन्द्र मोक्ष धाम, मौलाकालीका, दाउन्ने देवी, माहाराज थान जस्ता धार्मिक तथा ऐतिहासिक सम्पदा साथै कालिगण्डकी र नारायणी नदी यसै जिल्लामा रहेको छन् । यस जिल्ला पर्यटनको हिसावले पनि महत्वपुर्ण स्थान ओगटेको जिल्लाको रुपमा रहेको छ । नेपालको मध्येभाग पुर्व पश्चिम राजमार्गको ७० कि.मि. यसै  जिल्लाले ओगटेको छ साथै पुर्व पश्चिम राजमार्गको मध्य भाग यसै जिल्लाकी मध्यविन्दु नगरपालिकामा रहेको छ । यस जिल्ला कृषि व्यवसायमा प्रचुर सम्भावना बोकेको  जिल्ला हो ।

nawalpur
तस्विरमाः नवलपुर

यस जिल्लाको सिमाना पूर्वमा चितवन, पश्चिममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) , उत्तरमा तनहुँ, पाल्ला तथा दक्षिणमा चितवन र भारतको विहार राज्यको पश्चिम चम्पारण पर्दछ । । साना ठुला गरि करिव ६२ वटा उद्योगहरु यस जिल्लामा रहेका छन र  सि. जी., गोर्खा ब्रुअरी, होंसी शिवम् सिमेन्ट आदी कारखानाहरु यस जिल्लाका मुख्य पर्यटकिय तथा औद्योगिक क्षेत्रको रुपमा रहेका छन ।  साथै पर्यटकीय पक्षलाइ सवल बनाउने उद्देश्य यस जिल्लामा अमलटारी होमस्टे र अन्य विभिन्न होमस्टेहरु सञ्चालनमा रहेको छन् । साथै यस जिल्लाको नारायणी नदि किनारमा विभिन्न किसिमका होटलहरु सञ्चालनमा रहेको छ ।  यस जिल्लाको सदरमुकाम कावासोतीमा रहेको छ ।

गैडाकोटको सिमानामा रहेको नारायणी नदि
गैडाकोटको सिमानामा रहेको नारायणी नदि

 यस जिल्ला अन्तर्गत ११७ वटा सरकारी कार्यालयका इकाइ रहेका छन भने १८५ वटा गैह्र सरकारी संस्था रहेका छन ।  यस जिल्लाको सिमा नाकामा त्रिवेणी व्यारेज पुल पर्दछ  । वि.स. २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या २,९६,९३३ रहेको छ । यस जिल्लामा पुरुषको जनसंख्या १,३७,१६१ र महिलाको जनसंख्या १,५९,७७ रहेको छ । यस जिल्लामा मुख्य रुपमा ब्राह्रमण, क्षेत्री,मगर, थारु, कामी, दमाइ, सार्की, गुरुङ्ग, ठकुरी, नेवार, सन्यासी,कुंवर,घर्ती, कुमाल, बोटे,माझी,भुजेल,थकाली तथा मुस्लीम समुदायको बसोबास रहेको छ ।

Photo of Nawalpur
तस्विरमाः नवलपुर
नवलपुर जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

नवलपुर जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  ४ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः कावासोती नगरपालिका

कावासोती नगरपालिका नेपालको मध्य स्थानमा  पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो ।

यस नगरपालिकामा विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ । यस नगरपालिकामा बसोवास गर्ने विभिन्न जातजातिहरु यस प्रकार रहेका छन । क्षेत्री, पहाडी ब्राम्हण, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, गुरुङ, दमई, डोली, ठकुरी, सार्की, तेली, सन्यासी, दशनामी, मुसहर, खट्बनियाँ, कुमाल, कानु, नुनिया, मारवाणी, दराई, भोटे, वादि, राई, यादव, हजाम ठाकुर, माझी, राजपुत, बाराई, विन अन्य, तराई अन्य आदिको मिश्रित वसोवास रहेको छ ।

यस नगरपालिका ऐतिहासिक महत्व बोकेको सास्कृतिक सम्पदाले भरिपूर्ण धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगायत विभिन्न जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको साझा बसोबास भएको यस नगरपालिकामा धार्मिक, पर्यटकिय तथा आर्थिक रुपले आफैमा आत्मानिर्भर रहन प्रचुर सम्भावना बोकेको नगरपालिका हो ।

केन्द्रः साविक कावासोती नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ८६८२१

क्षेत्रफलः१०८.३४ (वर्ग कि.मि.)

वडा संख्याः १७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कावासोती

कावासोती

कावासोती

कावासोती

कावासोती

कावासोती

कावासोती

कावासोती

कावासोती

१०

कावासोती

१०

११

कावासोती

११

१२

कावासोती

१२

१३

कावासोती

१३

१४

कावासोती

१४

१५

कावासोती

१५

१६

कावासोती

१६

१७

कुमारवर्ती

१-९

 २.    नामः गैंडाकोट नगरपालिका

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर (२०७३ मा थप भएको) ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ । गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ४१४२० जना महिला तथा ३७९२९ जना पुरुष गरि जम्मा ७९३४९ जनसंख्या रहेको छ (जनगणना २०७८) ।

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७०४९  डिग्री अक्षांश र ८४.३९१२

केन्द्रः साविक गैंडाकोट नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७९३४९

क्षेत्रफलः १५९.९३  (वर्ग कि.मि.)

वडा संख्याः १८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गैंडाकोट

गैंडाकोट

गैंडाकोट

रतनपुर

२,३

गैंडाकोट

गैंडाकोट

गैंडाकोट

गैंडाकोट

गैंडाकोट

गैंडाकोट

१०

गैंडाकोट

१०

११

गैंडाकोट

११

१२

गैंडाकोट

१२

१३

गैंडाकोट

१३

१४

गैंडाकोट

१४

रतनपुर

१५

गैंडाकोट

१५

१६

गैंडाकोट

१६

१७

गैंडाकोट

१७

१८

रतनपुर

१,४,५,७-९

 ३.    नामः देवचुली नगरपालिका

देवचुली नगरपालिका नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साविकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो । नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग कि.मी रहेको छ ।

यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् । पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही खोला पश्चिमी सिमानामा सोही राजमार्गको लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाईको देवचुली डाँडा र दक्षिणमा पवित्र नारायणी नदीको चार सिमाना भित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार आदि जाजजातिको बसोबास रहेको छ । २०७८ काे जनगणना अनुसार यस नगरपालिकामा हाल १४४९३ घरधुरी र ५८००३ जनसंख्या रहेको छ । जसमध्ये ३०६६७ महिला र २७३३६ पुरुष रहेका छन् भने बालबालिकाको संख्या  १५३८९ रहेकाे छ ।

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेकोे देवचुली डाँडा, होमस्टेको प्रचुर सम्भावना बोकेको र मगर समुदायको बसोबास रहेको कुमसोत, किर्तिपुर र बन्दीपुर जस्ता बस्तीहरु लगायत संचालनमा आएको पिप्रहर होमस्टे र नारायणी नदी किनारमा रहेको होटल, रिसोर्ट तथा मध्यवर्ती सामुदायिक वनहरुले यस नगरपालिकाको पर्यटकीय विकासमा सम्भावनालाई समेटेको छन् । यहाँका समथर खेतीयोेग्य जमिन तथा तरकारी उत्पादनका पकेट क्षेत्रहरुले कृषि तथा अर्गानिक खेतीको सम्भावना रहेकोे नगरपालिकाको पहाडी बस्तीहरुमा पशुपालन एवम् मौरी पालनको उत्तिकै बढी सम्भावना छ ।

नेपालकै  ठुलो औद्योेगिक धराना मध्येको एक चौधरी ग्रुपको सि.जी. इन्डष्ट्रिज पार्क लगायत, ईट्टा उद्योग, क्रसर उद्योेग र अन्य स्थापना हुँदै गरेका उद्योगहरुले औद्योगिक संस्कार एवम् रोजगारीका सम्भावनाहरु उजागर हुँदै छन् । देवचुली सेन्टरप्लट, धारापानी, पृथ्वीनगर, जनज्योेति, दिव्यपुरी, रजहर, फारम लगायतका खेलमैदान र घुमाउरी पिक्नीक स्पर्ट एण्ड पार्क, नागपोखरी बालउद्यान, सकला बालउद्यान लगायतका सालघारी, कदमपुर, शान्तीगैरा सिमसार पोखरीहरुले खेलकुद र मनोरञ्जनका थुप्रै सम्भावना बोकेका छन् ।

केन्द्रः साविक देवचुली नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५८००३

क्षेत्रफलः ११२.७२ (वर्ग कि.मि.)

वडा संख्याः १७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

देवचुली

देवचुली

देवचुली

देवचुली

देवचुली

देवचुली

देवचुली

देवचुली

देवचुली

१०

देवचुली

१०

११

देवचुली

११

१२

देवचुली

१२

१३

देवचुली

१३

१४

देवचुली

१४

१५

देवचुली

१५

१६

रजहर

१,७,९

१७

रजहर

२-६,८

 ४.    नामः मध्यविन्दु नगरपालिका

नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स  लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते  मध्यविन्दु  नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका  मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र  राकाचुली  गा.वि.स  समेत समेटी २०७३ फाल्गुन  २७ गते नेपालको संविधान-२०७२  अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेकाे छ। “राष्ट्रिय जनगणना २०७८” को प्रतिवेदन अनुसार मध्यविन्दु नगरपालिका भित्र १५,४३० घरधुरी रहेका छन र १५,४३० घरधुरीमा महिला ३३,१११ र पुरुष २७,९८० गरी जम्मा जनसंख्या ६१,०९१ रहेको छ ।  भाैगाेलिक अवस्थितिः अक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व। यस नगरपालिकाकाे चाैतर्फी सिमानाः पूर्व– कावासाेती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकाेट गाउँपालिका र पाल्पा जिल्ला,  दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ ।

केन्द्रः साविक मध्यविन्दु नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६१०९१

क्षेत्रफलः २३३.३५ (वर्ग कि.मि.)

वडा संख्याः १५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

मध्यविन्दु

१०

नयाँवेल्हानी

राकाचुली

३,४

११

मैनाघाट

नयाँवेल्हानी

४,६,७,९

१२

नयाँवेल्हानी

१-३,५

१३

मैनाघाट

४,६-७,९

१४

मैनाघाट

१-३,८

राकाचुली

१,२,५

१५

प्रसौनी

१-९

 ५.    नामः बौदीकाली गाउँपालिका

नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली (कृष्ण ) गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।

८४॰ 2” देखि ८४॰ ७” पूर्वी देशान्तर र २४॰ ४९” देखि २७॰ ५४” उत्तरी अक्षांश बीच काली नदीको तिर देखि महाभारतको शीरसम्म उत्तर तर्फ पानी ढाल भएर ठडिएको लेक, बेसी, टाकुरा, थुम्की, खोंच, फाँट, देउराली र भन्ज्याङ्ग मिलेर बनेको यो क्षेत्र समुद्री सतहबाट ९० मिटर देखि १७०० मिटर सम्म उचाईमा पर्दछ । वन, जंगल, खोला, खोल्सी, घाँस, बुट्यानले हरियाली यो क्षेत्रको लेकमा सदा सर्वदा चिसो हावा बहन्छ भने बेसी, खोंच र फाँटमा मौसम अनुसार जाडो र गर्मि हुन्छ ।

केन्द्रः साविक डेडगाउँ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५७३४

क्षेत्रफलः ९१.८७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मिथुकरम

१-९

डेढगाउँ

१-९

रकुवा

१-९

रुचाङ

१-९

जौवारी

१-९

नरम

१-९

 ६.    नामः बुलिङटार गाउँपालिका

केन्द्रः साविक बुलिङटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४६३७

क्षेत्रफलः १४७.६८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कोटथर

१-९

डाँडाझेरी

१-९

बुलिङटार

१-९

अर्खला

१-९

जौवारी

४-९

भारतीपुर

१-९

 ७.    नामः विनयी त्रिवेणी गाउँपालिका

विनयी त्रिवेणी गाउपालिका  नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ | नेपाल  सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट (६ वटा वडा) ,राकाचुली (४ वटा वडा) र त्रिवेणी सुस्ता (२  वटा वडा) गा.वि.स हरु मिलाएर “विनयी त्रिवेणी गाउपालिका” घोषणा गरिएको हो | २८८.०६ वर्ग कि.मि छेत्रफल वोगटेको यस गाउपालिकामा करिब ३८३७० जनसंख्या बसोबास गर्ने गर्छन |नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ |

यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ | यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग  “होंगशी शिवम सिमेन्ट “उद्योग अवस्थित छ ।  यस गाउपालिकाको अन्य बिशेषताका रुपमा श्री दाउन्ने देवी मन्दिर,त्रिवेणीको गजेन्द्र मोछधाम ,मदरबाबा  तिर्थस्थल  रहेका छन,जसले आन्तरिक तथा बाहय तिर्थालु भक्तजनहरुलाई आकर्सण गर्ने गरेको छ |यस गाउपलिकामा विभिन्न जातजातिहरु जस्तै ब्राह्मण,छेत्री,मगर,थारू,गुरुङ,तामांग,नेवार,कुमाल ,परियार, बिश्वकर्मा ,आदि बसोबास गर्छन| यस्तै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा दशैं,तिहार, लोह्सर,माघी,होलि,आदि रहेको छ |

केन्द्रः साविक दुम्किवास गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३८३७०

क्षेत्रफलः २६७.१३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दुम्किबास

१,६-९

दुम्किबास

२-५

वेणिमणिपुर

२,७,८

राकाचुली

६-९

वेणिमणिपुर

१,३-६,९

धुरकोट

१-५,९

त्रिवेणीसुस्ता

१-३,८

त्रिवेणीसुस्ता

५-७,९

 ८.    नामः हुप्सेकोट गाउँपालिका

हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तरगत नवलपरासी(व.सु.पूर्व) जिल्लामा अवस्थित एक गाउँपालिका हो । साविकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिहरुलाई समेटेको हुप्सेकोट गाउँपालिका १८९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार यस गाउँपालिकामा २६५८३ जनसंख्या रहेको छ र यसमा पुरुषको संख्या १२१४८ र महिलाको संख्या १४४३५ रहेको छ । ६ वडाहरुमा विभाजित गाउँपालिका साविकको देउराली गाउँ विकास समिति परिसरबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ । यस गाउँपालिकामा विभिन्न जातजातीहरुको एक समानको सौहार्द्रपूर्ण बसोबास रहेको पाईन्छ ।

यस गाउँपालिकामा विभिन्न रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी,दरबारका साथै ताल,पोखरी,मठ मन्दिर एवं मन लोभ्याउने हरिया डाँडा काडाहरु रहेका छन् ।रुद्र प्रताप सेनको रुद्रपुर गढी दरबार(भग्नावशेष),गोलपोखरी शान्ति पार्क,ऐतिहासिक मगर संग्रहालय, दरबार थुम्का,पौराणिक कालको मयूरपोखरी आदि जस्ता विशेष महत्व बोकेका ऐतिहासिक धरोहरहरुले सुसज्जीत यस हुप्सेकोट गाउँपालिकाले अत्यन्तै पर्यटकीय क्षेत्र विस्तारको सम्भावना बोकेको छ । त्यस्तै लोपोन्मुख घोरल तथा अन्य विविध पशु पंक्षीहरुको बासस्थान रहेको यस हुप्सेकोट गाउँपालिकाको भ्रमण गर्ने जो कोही यसको सुन्दरतामा मोहीत हुनेछन् ।

केन्द्रः साविक देउराली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २६५८३

क्षेत्रफलः १८९.२१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

देउराली

धौवादी

देउराली

१,२,९

देउराली

३,४

देउराली

६,७

धौवादी

देउराली

धौवादी

१,३-६,८,९

हुप्सेकोट

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र जिल्ला प्रशासन कार्यालय  नवलपरासीका (बर्दघाट सुस्ता पूर्व)। तस्विरः सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । नवलपरासीका (बर्दघाट सुस्ता पूर्व)  जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *