मध्यकालमा ससाना राज्यको उदय र अवसान
प्राचीनकालदेखि विभिन्न समयमा एकीकरण हुँदै टुक्रिदै गरेको विशाल स्वतन्त्र राष्ट्र नेपाल पूर्व मध्यकालमा आइपुग्दा मुख्य तीन राज्यमा विभाजित थियो । ती राज्यमा पश्चिमको खस मल्ल राज्य, मध्यभागको नेपालमण्डल अन्तर्गतका मल्ल राज्य र दक्षिण पूर्वको तिरहुत वा कर्णाटक राज्य पर्छन् । ती राज्यहरू मध्यकालको पछिल्लो समयमा सानासाना राज्यमा विभाजन भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण गर्ने …