bagmati province

बागमती प्रदेश Bagmati Province

बागमती प्रदेश नेपालको राजधानी रहेको प्रदेश हो । यो प्रदेश २६डिग्री ५’ देखि २८डिग्री२३’ उत्तरी अक्षांश र ८३डिग्री५५’ देखि ८६डिग्री३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । बागमती प्रदेशको पूर्वमा कोशी प्रदेश   पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मधेश प्रदेश र भारतको विहार राज्य पर्छ। बागमती प्रदेशमा १३ जिल्ला छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.८ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) हुन् । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको छ ।राष्ट्रिय जनगणना २०७८ अनुसार बाग्मती प्रदेशको कुल जनसङ्ख्या ६१,१६,८६६ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

BHAKTAPUR DURBAR SQUARE
तस्विरमाः भत्तपुर दरवार

बागमती प्रदेशको सबैभन्दा होचो भाग चितवन जिल्लाको गोलाघाट (१४१ मिटर) र अग्लो भाग रसुवा जिल्लाको लाङटाङ हिमालको लिरुङ (७२२९मिटर) रहेको छ । यस प्रदेशको भूधरातल हिमाल (दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवाधादिङ), पहाड (काभ्रेपलाञ्चोकनुवाकोट), उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर) र भित्री मधेस र चुरेपर्वत (सिन्धुली, चितवन र मकवानपुर) मिली बनेको छ । बागमती पद्रशकाे धरातलीय विविधतासंगै चुरे पवर्त , भित्रीमधसे र नदीबेसिँमा उपाेष्ण हावापानी, पहाडी क्षेत्रमा समशीतोष्ण हावापानी र उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी पाइन्छ ।

PATAN DURBAR
तस्विरमाः पाटन दरवार

यहाँ उचाइ बढेअनुसार हावापानी, तापक्रम र वर्षाको मात्रा फरक पर्दै जान्छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँदमा हिउँ पर्छ । पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समशीतोष्ण हावापानी पाइन्छ । भित्रीमधेसका जिल्लामा ग्रीममा गर्मी र हिउँदमा थोरै मात्र चिसो हुन्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि ३००० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । बागमती प्रदेशमासुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु,त्रिशूली र नारायणी नदी रहेका छन् । यस प्रदेशमा छोरोल्पा (दोलखा), गोसाइँकुण्ड (रसुवा), टौदह (काठमाडौँ, पाँचपोखरी (सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन) आदि तालतलैया छन् ।

चितवन
तस्विरमाः चितवन राष्टि्य निकुञ्ज

बागमती प्रदेशनेपालको प्रमुख आर्थिक केन्द्र हो । यस प्रदेशको सन् २०१९÷२० मा कुल ग्रार्हस्थ उत्पादनमा ३१.९ प्रतिशत योगदान रहेको छ भने ६० प्रतिशतभन्दा धेरै मानिस कृषि पेसामा लागेको देखिन्छ । बागमती प्रदेशमा धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन बाली उत्पादन हुन्छन् । यस प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा कुखुरापालन व्यवसाय र तरकारी खेती फस्टाएको छ । बागमती प्रदेश फलफूल, तरकारी, मासु र दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुखरहेको छ ।

dhading manaslu himal
तस्विरमा धादिङ बाट देखिने मनास्लु हिमाल

बागमती प्रदेशमा बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन् । यस प्रदेशमा उद्योगहरूले धेरै व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् । बागमती प्रदेशको पाँचखाल र चितवनको शक्तिखोरमा विशेष औद्योगिक क्षेत्र बनाउन थालिएको छ । बागमती प्रदेशकाकाठमाडाै नारायणगढ, वनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन् । रसुवागढी र तातोपानीनाका यस पद्रशे का पम्रखु व्यापारिक नाकाहरू हनु । यहा त्रिभवुन अन्तर्राष्ट्रियविमानस्थलबाट अन्तर्राष्ट्रिय व्यापार हुन्छ ।

मकवानपुरकाे-उत्तरी-क्षेत्रमा-पर्ने-पालुङ्ग
तस्विरमा मकवानपुरकाे-उत्तरी-क्षेत्रमा-पर्ने-पालुङ्ग तस्विर गणेश विष्ट

बागमती प्रदेशमा  मिश्रित जातिको बसोबास छ । यहाँ तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ । यस प्रदेशको हिमाली क्षेत्रका मुख्य जाति शेर्पा रतामाङ हुन् । पहाडी क्षेत्रका बाहुन, क्षेत्री, मगर, दलित, र काठमाडौँ उपत्यका, धुलिखेल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ । यस प्रदेशको भित्रीमधेसको मुख्य जाति थारु हो । यहाँ सीमान्तीकृत समूहका चेपाङ, बोटे, थामीे आदि पनि बसोबास गर्छन् ।

GAURISHANKAR
तस्विरमाः दोलखा वाट देखिने गाैरी शंकर हिमाल

बागमती प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (७१.७८%) रहेको छ । यहाँ बौद्ध ,किराँत, इस्लाम र इसाई धर्मालम्बीहरूको पनि बसोबास छ । बागमती प्रदेशमा अधिकांश मानिसहरूनेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा तामाङ, नेवारी, थारु, चेपाङ आदि हुन ।बागमती प्रदेशको औसत साक्षरता दर ७४.९ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर ८२.२% र महिलाको साक्षरता दर ६७ %रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव
विकास सूचकाङ्क ०.६६ रहेको छ । यो सबैभन्दाबढी मानव विकास सूचकाङ्क रहेको प्रदेश हो ।

chandeswori
तस्विरमा काभ्रेपलाञ्चोक जिल्लामा रहेको चण्डेश्वरी मन्दिर

यस प्रदेशमा ल्होसर, दसैँ, तिहार, तिज, कृष्ण जन्माष्ठमी, शिवरात्री, गाईजात्रा, इन्द्रजात्रा आदि चाडपर्व मनाइन्छ । भक्तपुरमा बिस्केट जात्रा र ललितपुरमा प्रत्येक बाह्र वर्षमा देखाइने कात्तिक नाच प्रख्यात छ । भिमेश्वर दोलखा,, गोसाइकुण्ड, पशुपतिनाथ, बौद्धनाथ, जामे मस्जिद, एजम्प्सन चर्च, पलान्चोक भगवती, दक्षिणकाली यहाँका यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् । यसरी प्रदेशले विविध सामाजिक सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ । बागमती प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासको सम्भावनावृद्धि गरेका छन् ।

feature image kathmandu
तस्विरमाः काठमाण्डाै

यस प्रदेशमा विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर, चाँगु नारायण, बौद्धस्तूप, दरबारस्क्वायरहरू र राष्ट्रिय निकुञ्ज रहेका छन् । शिवपुरी राष्टिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्छन् ।यसको साथै विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा, साहसिक खेलकुद, पर्वतारोहण, देशको राजधानी समेत भएका कारणयहाँ पर्यटन उद्योगको उच्च सम्भावना रहेको छ । यो प्रदेश विद्युत् उत्पादनमा पनि अगाडि रहेको छ । यहाँ भोटेकोसी, तामाकोसी, चिलिमे, सुनकोसी,त्रिशूली, देवीघाट, कुलेखानी पहिलो र दोस्रो आदि ठुला र साना जलविद्युत् आयोजनाहरू सञ्चालन भइरहेका छन् ।

RAMECHAP-MANTHALI
तस्विरमाः रामेछाप मन्थली

बागमतीप्रदेश सडक र हवाईमार्गको पूर्वाधारमा सम्पन्न छ । यो प्रदेशसँग देशका सबै प्रदेश र अन्तर्राष्ट्रिय देशहरूसँग हवाई सेवा जोडिएका छन् । यस प्रदेशमा त्रिभुवन राजपथ र दक्षिणकाली हेटौंँडा राजमार्गले तराई, पृथ्वीराजमार्गले बागमति र गण्डकी प्रदेशमा केहीपहाडी जिल्लाहरूमा सडक यातायातमा सहज बनाएको छ । अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गले चीनसँगको कोदारी र रसुवागढी नाकासँगको सम्पर्क जोडेको छ । बी.पी. राजमार्गले काठमाडौँ उपत्याका र पूर्वी पहाड र तराईसँगको सम्पर्कलाई नजिक बनाएको छ । यहाँका निर्माणाधीन काठमाडौँ तराई दु्रतमार्ग, थानकोट नौबिसे सुरुङ मार्गले यस प्रदेश र समग्र देशकै आर्थिक समृद्धिको सम्भावना बोकेका छन् ।

तस्विरमा गोशाइकुण्ड र भैरवकुण्ड रसुवा

 बाग्मती प्रदेशका जिल्लाहरू र तिनिहरूको परीचय ।

१) सिन्धुली २) रामेछाप ३) दोलखा ४) सिन्धुपाल्चोक ५) काभ्रेपलान्चोक ६) ललितपुर ७) भक्तपुर ८) काठमाण्डौ ९) नुवाकोट १०) ११) रसुवा १२) धादिङ १३) मकवानपुर १४) चितवन

बाग्मती प्रदेश अन्र्तगत रहेका जिल्लाहरुको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्धारित क्षेत्र संख्याका लागी तलको लिंकमा जानुहोस ।

निवार्चन क्षेत्र 

बाग्मती प्रदेश  अनर्तगत रहेका स्थानीयतहहरूकाे विवरण

महानगरपालीका जम्मा संख्या – ३     उपमहानगरपालीका – १

नगरपालीका – ४१                   गाउँपालीका –   ७४

जम्मा स्थानियतह संख्या –  ११९

महानगरपालिका विवरण – ३

क्र.स. स्थानीय तहको नाम जिल्ला स्थानीय तहको प्रकार वेवसाईट
ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका lalitpurmun.gov.np
काठमाण्डौं महानगरपालिका काठमाण्डौ महानगरपालिका kathmandu.gov.np
भरतपुर महानगरपालिका चितवन महानगरपालिका bharatpurmun.gov.np

नगरपालिका – ४१

क्र.स. स्थानीय तहको नाम जिल्ला स्थानीय तहको प्रकार  वेवसाईट
1 कमलामाई नगरपालिका सिन्धुली नगरपालिका kamalamaimun.gov.np
2 दुधौली नगरपालिका सिन्धुली नगरपालिका dudhaulimun.gov.np
3 मन्थली नगरपालिका रामेछाप नगरपालिका manthalimun.gov.np
4 रामेछाप नगरपालिका रामेछाप नगरपालिका ramechhapmun.gov.np
5 जिरी नगरपालिका दोलखा नगरपालिका jirimun.gov.np
6 भिमेश्वर नगरपालिका दोलखा नगरपालिका bhimeshwormun.gov.np
7 चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक नगरपालिका chautarasangachowkgadhimun.gov.np
8 बाह्रविसे नगरपालिका सिन्धुपाल्चोक नगरपालिका bahrabisemun.gov.np
9 मेलम्ची नगरपालिका सिन्धुपाल्चोक नगरपालिका melamchimun.gov.np
10 धुलिखेल नगरपालिका काभ्रेपलान्चोक नगरपालिका dhulikhelmun.gov.np
11 बनेपा नगरपालिका काभ्रेपलान्चोक नगरपालिका banepamun.gov.np
12 पनौती नगरपालिका काभ्रेपलान्चोक नगरपालिका panautimun.gov.np
13 पाँचखाल नगरपालिका काभ्रेपलान्चोक नगरपालिका panchkhalmun.gov.np
14 नमोबुद्ध नगरपालिका काभ्रेपलान्चोक नगरपालिका namobuddhamun.gov.np
15 मण्डनदेउपुर नगरपालिका काभ्रेपलान्चोक नगरपालिका mandandeupurmun.gov.np
16 गोदावरी नगरपालिका ललितपुर नगरपालिका godawarimunlalitpur.gov.np
17 महालक्ष्मी नगरपालिका ललितपुर नगरपालिका mahalaxmimunlalitpur.gov.np
18 चाँगुनारायण नगरपालिका भक्तपुर नगरपालिका changunarayanmun.gov.np
19 भक्तपुर नगरपालिका भक्तपुर नगरपालिका bhaktapurmun.gov.np
20 मध्यपुर थिमी नगरपालिका भक्तपुर नगरपालिका madhyapurthimimun.gov.np
21 सूर्यविनायक नगरपालिका भक्तपुर नगरपालिका suryabinayakmun.gov.np
22 कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ नगरपालिका kageshworimanoharamun.gov.np
23 कीर्तिपुर नगरपालिका काठमाण्डौ नगरपालिका kirtipurmun.gov.np
24 गोकर्णेश्वर नगरपालिका काठमाण्डौ नगरपालिका gokarneshwormun.gov.np
25 चन्द्रागिरी नगरपालिका काठमाण्डौ नगरपालिका chandragirimun.gov.np
26 टोखा नगरपालिका काठमाण्डौ नगरपालिका tokhamun.gov.np
27 तारकेश्वर नगरपालिका काठमाण्डौ नगरपालिका tarakeshwormunkathmandu.gov.np
28 दक्षिणकाली नगरपालिका काठमाण्डौ नगरपालिका dakshinkalimun.gov.np
29 नागार्जुन नगरपालिका काठमाण्डौ नगरपालिका nagarjunmun.gov.np
30 बुढानिलकण्ठ नगरपालिका काठमाण्डौ नगरपालिका budhanilkanthamun.gov.np
31 शङ्खरापुर नगरपालिका काठमाण्डौ नगरपालिका shankharapurmun.gov.np
32 विदुर नगरपालिका नुवाकोट नगरपालिका bidurmun.gov.np
33 बेलकोटगढी नगरपालिका नुवाकोट नगरपालिका belkotgadhimun.gov.np
34 धुनीबेंशी नगरपालिका धादिङ नगरपालिका dhunibeshimun.gov.np
35 निलकण्ठ नगरपालिका धादिङ नगरपालिका neelakanthamun.gov.np
36 थाहा नगरपालिका मकवानपुर नगरपालिका thahamun.gov.np
37 कालिका नगरपालिका चितवन नगरपालिका kalikamunchitwan.gov.np
38 खैरहनी नगरपालिका चितवन नगरपालिका khairahanimun.gov.np
39 माडी नगरपालिका चितवन नगरपालिका madimunchitwan.gov.np
40 रत्ननगर नगरपालिका चितवन नगरपालिका ratnanagarmun.gov.np
41 राप्ती नगरपालिका चितवन नगरपालिका raptimunchitwan.gov.np

गाउँपालिका – ७४

क्र.स. स्थानीय तहको नाम जिल्ला स्थानीय तहको प्रकार वेवसाईट
1 गोलन्जर गाउँपालिका सिन्धुली गाउँपालिका golanjormun.gov.np
2 घ्याङलेख गाउँपालिका सिन्धुली गाउँपालिका ghyanglekhmun.gov.np
3 तीनपाटन गाउँपालिका सिन्धुली गाउँपालिका tinpatanmun.gov.np
4 फिक्कल गाउँपालिका सिन्धुली गाउँपालिका phikkalmun.gov.np
5 मरिण गाउँपालिका सिन्धुली गाउँपालिका marinmun.gov.np
6 सुनकोशी गाउँपालिका सिन्धुली गाउँपालिका sunkoshimunsindhuli.gov.np
7 हरिहरपुरगढी गाउँपालिका सिन्धुली गाउँपालिका hariharpurgadhimun.gov.np
8 उमाकुण्ड गाउँपालिका रामेछाप गाउँपालिका umakundamun.gov.np
9 खाँडादेवी गाउँपालिका रामेछाप गाउँपालिका khandadevimun.gov.np
10 गोकुलगङ्गा गाउँपालिका रामेछाप गाउँपालिका gokulgangamun.gov.np
11 दोरम्बा शैंलुङ गाउँपालिका रामेछाप गाउँपालिका dorambamun.gov.np
12 लिखु तामाकोशी गाउँपालिका रामेछाप गाउँपालिका likhumunramechhap.gov.np
13 सुनापती गाउँपालिका रामेछाप गाउँपालिका sunapatimun.gov.np
14 कालिन्चोक गाउँपालिका दोलखा गाउँपालिका kalinchowkmun.gov.np
15 गौरीशङ्कर गाउँपालिका दोलखा गाउँपालिका gaurishankarmun.gov.np
16 तामाकोशी गाउँपालिका दोलखा गाउँपालिका tamakoshimun.gov.np
17 मेलुङ्ग गाउँपालिका दोलखा गाउँपालिका melungmun.gov.np
18 विगु गाउँपालिका दोलखा गाउँपालिका bigumun.gov.np
19 वैतेश्वर गाउँपालिका दोलखा गाउँपालिका baiteshwormun.gov.np
20 शैलुङ्ग गाउँपालिका दोलखा गाउँपालिका shailungmun.gov.np
21 ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका indrawatimun.gov.np
22 जुगल गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका jugalmun.gov.np
23 पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका panchpokharithangpalmun.gov.np
24 बलेफी गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका balephimun.gov.np
25 भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका bhotekoshimun.gov.np
26 लिसङ्खु पाखर गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका lisankhupakharmun.gov.np
27 सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका sunkoshimunsindhupalchowk.gov.np
28 हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका helambumun.gov.np
29 त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक गाउँपालिका tripurasundarimunsindhupalchowk.gov.np
30 खानीखोला गाउँपालिका काभ्रेपलान्चोक गाउँपालिका khanikholamun.gov.np
31 चौंरीदेउराली गाउँपालिका काभ्रेपलान्चोक गाउँपालिका chaurideuralimun.gov.np
32 तेमाल गाउँपालिका काभ्रेपलान्चोक गाउँपालिका temalmun.gov.np
33 बेथानचोक गाउँपालिका काभ्रेपलान्चोक गाउँपालिका bethanchowkmun.gov.np
34 भुम्लु गाउँपालिका काभ्रेपलान्चोक गाउँपालिका bhumlumun.gov.np
35 महाभारत गाँउपालिका काभ्रेपलान्चोक गाउँपालिका mahabharatmun.gov.np
36 रोशी गाउँपालिका काभ्रेपलान्चोक गाउँपालिका roshimun.gov.np
37 कोन्ज्योसोम गाउँपालिका ललितपुर गाउँपालिका konjyosommun.gov.np
38 बागमती गाउँपालिका ललितपुर गाउँपालिका bagmatimunlalitpur.gov.np
39 महाङ्काल गाउँपालिका ललितपुर गाउँपालिका mahankalmun.gov.np
40 ककनी गाउँपालिका नुवाकोट गाउँपालिका kakanimun.gov.np
41 किस्पाङ गाउँपालिका नुवाकोट गाउँपालिका kispangmun.gov.np
42 तादी गाउँपालिका नुवाकोट गाउँपालिका tadimun.gov.np
43 तारकेश्वर गाउँपालिका नुवाकोट गाउँपालिका tarakeshwormunnuwakot.gov.np
44 दुप्चेश्वर गाउँपालिका नुवाकोट गाउँपालिका dupcheshwormun.gov.np
45 पञ्चकन्या गाउँपालिका नुवाकोट गाउँपालिका panchakanyamun.gov.np
46 लिखु गाउँपालिका नुवाकोट गाउँपालिका likhumunnuwakot.gov.np
47 म्यगङ गाउँपालिका नुवाकोट गाउँपालिका meghangmun.gov.np
48 शिवपुरी गाउँपालिका नुवाकोट गाउँपालिका shivapurimun.gov.np
49 सुर्यगढी गाउँपालिका नुवाकोट गाउँपालिका suryagadhimun.gov.np
50 उत्तरगया गाउँपालिका रसुवा गाउँपालिका uttargayamun.gov.np
51 कालिका गाउँपालिका रसुवा गाउँपालिका kalikamunrasuwa.gov.np
52 गोसाईकुण्ड गाउँपालिका रसुवा गाउँपालिका gosaikundamun.gov.np
53 नौकुण्ड गाउँपालिका रसुवा गाउँपालिका naukundamun.gov.np
54 आमाछोदिङमो गाउँपालिका रसुवा गाउँपालिका parbatikundamun.gov.np
55 खनियाबास गाउँपालिका धादिङ गाउँपालिका khaniyabasmun.gov.np
56 गजुरी गाउँपालिका धादिङ गाउँपालिका gajurimun.gov.np
57 गल्छी गाउँपालिका धादिङ गाउँपालिका galchhimun.gov.np
58 गङ्गाजमुना गाउँपालिका धादिङ गाउँपालिका gangajamunamun.gov.np
59 ज्वालामूखी गाउँपालिका धादिङ गाउँपालिका jwalamukhimun.gov.np
60 थाक्रे गाउँपालिका धादिङ गाउँपालिका thakremun.gov.np
61 नेत्रावती डबजोङ गाउँपालिका धादिङ गाउँपालिका netrawatimun.gov.np
62 बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ गाउँपालिका benighatrorangmun.gov.np
63 रुवी भ्याली गाउँपालिका धादिङ गाउँपालिका rubivalleymun.gov.np
64 सिद्धलेक गाउँपालिका धादिङ गाउँपालिका siddhalekmun.gov.np
65 त्रिपुरासुन्दरी गाउँपालिका धादिङ गाउँपालिका tripurasundarimundhading.gov.np
66 इन्द्रसरोबर गाउँपालिका मकवानपुर गाउँपालिका indrasarowarmun.gov.np
67 कैलाश गाउँपालिका मकवानपुर गाउँपालिका kailashmun.gov.np
68 बकैया गाउँपालिका मकवानपुर गाउँपालिका bakaiyamun.gov.np
69 बाग्मति गाउँपालिका मकवानपुर गाउँपालिका bagmatimunmakawanpur.gov.np
70 भिमफेदी गाउँपालिका मकवानपुर गाउँपालिका bhimphedimun.gov.np
71 मकवानपुरगढी गाउँपालिका मकवानपुर गाउँपालिका makawanpurgadhimun.gov.np
72 मनहरी गाउँपालिका मकवानपुर गाउँपालिका manaharimun.gov.np
73 राक्सिराङ्ग गाउँपालिका मकवानपुर गाउँपालिका raksirangmun.gov.np
74 इच्छाकामना गाउँपालिका चितवन गाउँपालिका ichchhakamanamun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।

श्रोतः नेपाल सरकारका सरकारी  वेवसाइट  CDC  तथा  अन्य अनलाइन संस्करण, तस्विर सामाजिक संजाल ।

लेखन तथा संकलन –  चिनारी नेपाल ।

1 thought on “बागमती प्रदेश Bagmati Province”

Leave a Comment

Your email address will not be published. Required fields are marked *