Photo of Lumbini

लुम्बिनी प्रदेश Lumbini Province

लुम्बिनी प्रदेश – परीचय
लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७ डिग्री ३७’ देखि २८डिग्री ५०’ उत्तरी अक्षांश र ८०५डिग्री ८’ देखि ८४ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा कर्णाली    प्रदेश र सुदूरपश्चिमप्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लारहेका छन् । यस प्रदेशले कुल क्षेत्रफलको १५.१ प्रतिशत भूभाग ओगटेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्या ५१,२२,०७८  रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

थारू जातिको स्थानिय संस्कृती

यस प्रदेशको सबैभन्दाठुलो जिल्ला दाङ (२,९५५व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४ व.कि.मि.) रहेका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा तोकिएको छ ।लुम्बिनी प्रदेशको नक्सा लुम्बिनी प्रदेशको भूबनावट अग्ला हिमशृङ् खला, पहाड, उपत्यका र समथर फाँटहरू मिलीबनेको छ ।

तस्विरमा प्युठानको स्वर्गद्वारी

यस प्रदेशको भूधरातललाई चार भागमा विभाजन गर्न सकिन्छ । यसले प्रदेशको कुल भूमिको थोरै मात्र भूभाग हिमाली क्षेत्रले ओगटेको छ । सिस्ने हिमाल यसै क्षेत्रमा पर्छ । यस प्रदेशमा पर्ने एकमात्र हिमाली जिल्ला पूर्वी रुकुम हो । यस प्रदेशका धेरै भूभाग मध्य पहाडमा पर्छन् । रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्ला पहाडी भूभागमा रहेका छन् ।दाङ जिल्ला यस प्रदेशको भित्रीमधेसमा पर्ने जिल्ला हो । तराई क्षेत्रमा पर्ने यस प्रदेशका जिल्लामा नवलपरासी( सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके र वर्दिया हुन् ।

तस्विरमाः बर्दिया राष्ट्रिय निकुञ्जमा पोसी हरिण

लुम्बिनी प्रदेशमा उपोष्ण, समशीतोष्ण, लेकाली र टुन्ड्रा प्रकारको हावापानी पाइन्छ । यसको उत्तरी भाग केही चिसो हुन्छ भने पहाडमा न्यानो र तराई र भित्रीमधेसमा गर्मी हुन्छ । यहाँ वर्षामा मनसुनी वायुले वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ ।

supaduraliarghakhanchi
धार्मक तथा पर्यटकिय स्थल सुपा देउराली मन्दिर अर्घाखाँची

लुम्बिनी प्रदेशको जलसम्पदाको प्रमुख स्रोत नदी र तालतलैया हुन् ।यस प्रदेशमा, तिनाउ, राप्ती, बबई,बाणगङ्गा नदी रहेका छन्। कर्नाली र कालिगण्डकी नदीहरू क्रमशः सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेश छुट्याउने सीमा नदी हुन् ।लुम्बिनी प्रदेशको भौगोलिक क्षेत्र अनुसार मिश्रित जातजातिहरू बसोबास गर्छन् । यहाँको मुख्य जातजाति ब्राह्मण, क्षेत्री,थारु र मगर आदि हुन् । यहाँको पहाडी क्षेत्रका मुख्य जातजाति मगर, क्षेत्री, बाहुन, दलित, ठकुरी, सन्यासी आदि हुन् ।

तस्विरमाः दाङ जिल्लामा रहेको संसारकै ठुलो त्रिशुल

तराई र भित्रीमधेस क्षेत्रका मुख्य जातिमा थारु,यादव, मुसलमान र सीमान्तीकृत समूहका चमार, केवट, कहर र पासवान आदि हुन् । यस प्रदेशक  कपिलवस्तु र बाँके मुस्लिम बाहुल्य भएका जिल्ला हुन् । त्यस्तै दाङ र बर्दिया थारु बाहुल्य भएका जिल्ला हुन् । लुम्बिनी प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्यरहेको छ । यहाँ बौद्ध, इस्लाम, इसाईर प्रकृति धर्मालम्बीहरूको पनि बसोबास रहेको छ ।

rukumpurba
तस्विरमा रूकुम पुर्वको तल्लो सेरा गाउँ

लुम्बिनी प्रदेशमा बसोबास गर्ने अधिकांश मानिसहरूले नेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा थारु, अवधि, उर्दु बज्जिका, मगर आदि हनु । लुिम्बनी प्रदेशको साक्षरता दर ६६.४३ प्रतिशत रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव  विकास सूचकाङ्क ०.५६ रहेको छ । यो प्रदेश मानव विकास सूचकाङ्कको हिसाबले चौथो स्थानमा रहेको छ ।

तस्विरमाः पाल्पाको रानीमहल

यस प्रदेशमा माघी, इद, दसैँ, तिहार, सामाचखेवा आदि चाडपर्व मनाइन्छ । लुम्बिनी, स्वर्गद्वारी, बागेश्वरी, रुरुक्षेत्र, सुप्पा देउराली,जामे मस्जिद रहमानिया भैरहवा र सहवावा मस्जिद नेपालगन्ज यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्। यसरी यो प्रदेश सामाजिक,सांस्कृतिक र धार्मिक विविधता र पहिचान बोकेको प्रदेश हो ।कृषि लुम्बिनी प्रदेशको मुख्य आर्थिक क्रियाकलाप हो । यहाँ धान, गहुँ, मकै, कोदो, तेलहन, दलहन, उखु, आलु, तरकारी, फलफूलहरू आदि उत्पादन हुन्छन् ।

तस्विरमाः वर्दिया राष्टि्य निकुञ्जमा रहेको पाटेबाघ

यस प्रदेशको तराई र भित्रीमधेसमा धानप्रशस्त उत्पादन हुन्छ । पहाडी क्षेत्रमा हावापानीअनुसार कफी, सुन्तला, तरकारी, फलफूल खेतीको आदिको सम्भावना रहेको छ । यहाँ पशुपालनको राम्रो सम्भावना रहेको छ । लुम्बिनीप्रदेशका विभिन्न सहरी र सहर उन्मुख क्षेत्रमा कुखुरा तथा माछा पालन, दूग्ध, तरकारी र फलफूल खेती व्यावसायिकरूपले गर्न थालिएको छ ।

तस्विरमाः दाङ जिल्लाको सिसनिया देउखुरीमा रहेको नेपालकै दोश्रोलामो पुल ।

बुटवल, भैरहवा र नेपालगञ्ज लुम्बिनी प्रदेशका आर्थिक केन्द्रहरू हुन् । लुम्बिनी प्रदेशको बुटवल, भैरहवा, नेपालगञ्जमा विभिन्न प्रकारका उद्योगहरू छन् । यसले यहाँका मानिसहरूलाईरोजगारीको अवसरप्रदान गरेको छ । लुम्बिनी प्रदेश भारतीय नाकाहरूसँग जोडिएको छ। यस प्रदेशको भैरहवा, कृष्ण नगर,नेपालगञ्ज र अन्य नाकाहरूबाट पश्चिमी क्षेत्रकाविभिन्न पहाडी जिल्लाहरू, पोखरा र काठमाडौँसम्म व्यापारिक गतिविधि भइरहेका छन् ।

जय वागेश्वरी मन्दिर नेपालगञ्ज

यहाँका प्रमुख व्यापारिक केन्द्रहरू बुटवल, भैरहवा, नेपालगञ्ज, घोराही, गुलरिया, तुलसिपुर, तानसेन आदि हुन् । लुम्बिनी प्रदेश नेपालकको प्रमुख पर्यटक गन्तब्य स्थल पनि हो । यस प्रदेशको नामाकरण भगवान गौतम बुद्धको जन्मस्थलबाट राखिएको हो । यस प्रदेशमा लुम्बिनी, स्वार्गद्वारी, रिढी,तानसेन, बर्दिया राष्ट्रिय निकुञ्ज, रानी महल, सुप्पादेउराली आदि पर्यटकी स्थलहरू रहेका छन् । यहाँका यी धार्मिक तथा  सांस्कृतिक धरोहरहरूले पर्यटन विकासमा भूमिका खेलिरहेका छन् ।

nawalparasi susta paschim
तस्विरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट– १२ स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल तालमा निर्माण गरिएको १२ फिट अग्लो बूद्धमूर्ति। तस्वीर: रासस

लुम्बिनी प्रदेशमा झिमरुक, रिडी हाइड्रोपावर र वुटवल पावर कम्पनीबाट विद्युत् उत्पादन भइरहेको छ। यहाँ कालिगण्डकी र रापती नदीको पानीलाई विद्युत् र सिँचाइमा उपयोग गर्न सकिने सम्भावनाहरू रहेका छन् । सिक्टा सिँचाइ आयोजनाले बाँके र बर्दियाका हजारौं विगाहा जमिनमा सिँचाइको सुविधाउपलब्ध गराउन सक्ने सम्भावना छ । लुम्बिनीप्रदेशको भैरहवा, नेपालगञ्ज र दाङमा विमानस्थलहरू रहेका छन् । यहाँ सडक पूर्वाधारको पनि राम्रो विकास भएको छ ।

तस्विरमाः प्रसिध्द धार्मिक स्थल रेसुङगा गुल्मी

महेन्द्र राजमार्गको धेरै भाग यसै प्रदेशमा पर्छ । यस प्रदेशका सबै जिल्लाहरू राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सिद्धार्थ राजमार्गले पहाड र तराईलाई जोडेको छ । यसैगरी विभिन्न ठाउँबाट उत्तरदक्षिण राजमार्ग निर्माण भएर हिमाल, पहाड र तराईबिच यातायातको सुविधा वृद्धि भइरहेको छ । नेपालगञ्जबाट पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा हवाई यातायातको पहुँच स्थापित छ ।

tilaurakot
तस्विरमाः तिलाैराकोट कपिलवस्तु

लुम्विनी प्रदेशका जिल्लाहरू र तिनिहरूको परीचय ।

१) पूर्वी रुकुम २) रोल्पा ३) प्युठान ४) गुल्मी ५)अर्घाखाँची  ६) पाल्पा  ७) दाङ ८) नवलपरासी( सुस्ता पश्चिम) ९) रूपन्देही १०) कपिलवस्तु  ११) बाँके  १२)वर्दिया 

लुम्विनी प्रदेश अन्र्तगत रहेका जिल्लाहरुको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्धारित क्षेत्र संख्याका लागी तलको लिंकमा जानुहोस ।

निवार्चन क्षेत्र 

लुम्विनी प्रदेश  अनर्तगत रहेका स्थानीयतहहरूकाे विवरण

उपमहानगरपालीका जम्मा संख्या – ४  नगरपालीका – ३२

गाउँपालीका – ७३  जम्मा स्थानियतह संख्या –  १०९

उपमहानगरपालीका विवरण- ४

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेव पोर्टल
बुटवल उपमहानगरपालिका रुपन्देही उपमहानगरपालिका butwalmun.gov.np
तुल्सीपुर उपमहानगरपालिका दाङ उपमहानगरपालिका tulsipurmun.gov.np
घोराही उपमहानगरपालिका दाङ उपमहानगरपालिका ghorahimun.gov.np
नेपालगंज उपमहानगरपालिका बाँके उपमहानगरपालिका nepalgunjmun.gov.np

नगरपालीका विवरण- ३२

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेव पोर्टल
1 मुसिकोट नगरपालिका गुल्मी नगरपालिका musikotmungulmi.gov.np
2 रेसुङ्गा नगरपालिका गुल्मी नगरपालिका resungamun.gov.np
3 रामपुर नगरपालिका पाल्पा नगरपालिका rampurmun.gov.np
4 तानसेन नगरपालिका पाल्पा नगरपालिका tansenmun.gov.np
5 देवदह नगरपालिका रुपन्देही नगरपालिका devdahamun.gov.np
6 लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही नगरपालिका lumbinisanskritikmun.gov.np
7 सैनामैना नगरपालिका रुपन्देही नगरपालिका sainamainamun.gov.np
8 सिद्धार्थनगर नगरपालिका रुपन्देही नगरपालिका siddharthanagarmun.gov.np
9 तिलोत्तमा नगरपालिका रुपन्देही नगरपालिका tilottamamun.gov.np
10 कपिलवस्तु नगरपालिका कपिलबस्तु नगरपालिका kapilvastumun.gov.np
11 बुद्धभुमी नगरपालिका कपिलबस्तु नगरपालिका buddhabhumimun.gov.np
12 शिवराज नगरपालिका कपिलबस्तु नगरपालिका shivrajmun.gov.np
13 महाराजगंज नगरपालिका कपिलबस्तु नगरपालिका maharajgunjmun.gov.np
14 कृष्णनगर नगरपालिका कपिलबस्तु नगरपालिका krishnanagarmun.gov.np
15 बाणगंगा नगरपालिका कपिलबस्तु नगरपालिका bangangamun.gov.np
16 सन्धिखर्क नगरपालिका अर्घाखाँची नगरपालिका sandhikharkamun.gov.np
17 शितगंगा नगरपालिका अर्घाखाँची नगरपालिका shitagangamun.gov.np
18 भूमिकास्थान नगरपालिका अर्घाखाँची नगरपालिका bhumikasthanmun.gov.np
19 प्यूठान नगरपालिका प्यूठान नगरपालिका pyuthanmun.gov.np
20 स्वर्गद्वारी नगरपालिका प्यूठान नगरपालिका swargadwarimun.gov.np
21 रोल्पा नगरपालिका रोल्पा नगरपालिका rolpamun.gov.np
22 लमही नगरपालिका दाङ नगरपालिका lamahimun.gov.np
23 कोहलपुर नगरपालिका बाँके नगरपालिका kohalpurmun.gov.np
24 गुलरिया नगरपालिका बर्दिया नगरपालिका gulariyamun.gov.np
25 मधुवन नगरपालिका बर्दिया नगरपालिका madhuwanmun.gov.np
26 राजापुर नगरपालिका बर्दिया नगरपालिका rajapurmun.gov.np
27 ठाकुरबाबा नगरपालिका बर्दिया नगरपालिका thakurbabamun.gov.np
28 बाँसगढी नगरपालिका बर्दिया नगरपालिका bansgadhimun.gov.np
29 बारबर्दिया नगरपालिका बर्दिया नगरपालिका barbardiyamun.gov.np
30 बर्दघाट नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नगरपालिका bardghatmun.gov.np
31 रामग्राम नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नगरपालिका ramgrammun.gov.np
32 सुनवल नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नगरपालिका sunwalmun.gov.np

गाउँपालिका विवरण- ७३

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेव पोर्टल
ईस्मा गाउँपालिका गुल्मी गाउँपालिका ismamun.gov.np
कालीगण्डकी गाउँपालिका गुल्मी गाउँपालिका kaligandakimungulmi.gov.np
गुल्मी दरबार गाउँपालिका गुल्मी गाउँपालिका gulmidarbarmun.gov.np
सत्यवती गाउँपालिका गुल्मी गाउँपालिका satyawatimun.gov.np
चन्द्रकोट गाउँपालिका गुल्मी गाउँपालिका chandrakotmun.gov.np
रुरुक्षेत्र गाउँपालिका गुल्मी गाउँपालिका rurumun.gov.np
छत्रकोट गाउँपालिका गुल्मी गाउँपालिका chhatrakotmun.gov.np
धुर्कोट गाउँपालिका गुल्मी गाउँपालिका dhurkotmun.gov.np
मदाने गाउँपालिका गुल्मी गाउँपालिका madanemun.gov.np
१० मालिका गाउँपालिका गुल्मी गाउँपालिका malikamungulmi.gov.np
११ निस्दी गाउँपालिका पाल्पा गाउँपालिका nisdimun.gov.np
१२ पूर्वखोला गाउँपालिका पाल्पा गाउँपालिका purbakholamun.gov.np
१३ रम्भा गाउँपालिका पाल्पा गाउँपालिका rambhamun.gov.np
१४ माथागढी गाउँपालिका पाल्पा गाउँपालिका mathagadhimun.gov.np
१५ तिनाउ गाउँपालिका पाल्पा गाउँपालिका tinaumun.gov.np
१६ बगनासकाली गाउँपालिका पाल्पा गाउँपालिका baganaskalimun.gov.np
१७ रिब्दिकोट गाउँपालिका पाल्पा गाउँपालिका ribdikotmun.gov.np
१८ रैनादेवी छहरा गाउँपालिका पाल्पा गाउँपालिका rainadevichhaharamun.gov.np
१९ गैडहवा गाउँपालिका रुपन्देही गाउँपालिका gaidahawamun.gov.np
२० कन्चन गाउँपालिका रुपन्देही गाउँपालिका kanchanmun.gov.np
२१ कोटहीमाई गाउँपालिका रुपन्देही गाउँपालिका kotahimaimun.gov.np
२२ मर्चवारी गाउँपालिका रुपन्देही गाउँपालिका marchawarimun.gov.np
२३ मायादेवी गाउँपालिका रुपन्देही गाउँपालिका mayadevimunrupandehi.gov.np
२४ ओमसतिया गाउँपालिका रुपन्देही गाउँपालिका omsatiyamun.gov.np
२५ रोहिणी गाउँपालिका रुपन्देही गाउँपालिका rohinimun.gov.np
२६ सम्मरीमाई गाउँपालिका रुपन्देही गाउँपालिका sammarimaimun.gov.np
२७ सियारी गाउँपालिका रुपन्देही गाउँपालिका siyarimun.gov.np
२८ शुद्धोधन गाउँपालिका रुपन्देही गाउँपालिका shuddhodhanmunrupandehi.gov.np
२९ मायादेवी गाउँपालिका कपिलबस्तु गाउँपालिका mayadevimunkapilvastu.gov.np
३० यसोधरा गाउँपालिका कपिलबस्तु गाउँपालिका yasodharamun.gov.np
३१ सुद्धोधन गाउँपालिका कपिलबस्तु गाउँपालिका shuddhodhanmunkapilvastu.gov.np
३२ विजयनगर गाउँपालिका कपिलबस्तु गाउँपालिका bijaynagarmun.gov.np
३३ छत्रदेव गाउँपालिका अर्घाखाँची गाउँपालिका chhatradevmun.gov.np
३४ पाणिनी गाउँपालिका अर्घाखाँची गाउँपालिका paninimun.gov.np
३५ मालारानी गाउँपालिका अर्घाखाँची गाउँपालिका malaranimun.gov.np
३६ गौमुखी गाउँपालिका प्यूठान गाउँपालिका gaumukhimun.gov.np
३७ माण्डवी गाउँपालिका प्यूठान गाउँपालिका mandavimun.gov.np
३८ सरुमारानी गाउँपालिका प्यूठान गाउँपालिका sarumaranimun.gov.np
३९ मल्लरानी गाउँपालिका प्यूठान गाउँपालिका mallaranimun.gov.np
४० नौवहिनी गाउँपालिका प्यूठान गाउँपालिका naubahinimun.gov.np
४१ झिमरुक गाउँपालिका प्यूठान गाउँपालिका jhimrukmun.gov.np
४२ ऐरावती गाउँपालिका प्यूठान गाउँपालिका airawatimun.gov.np
४३ त्रिवेणी गाउँपालिका रोल्पा गाउँपालिका trivenimunrolpa.gov.np
४४ परिवर्तन गाउँपालिका रोल्पा गाउँपालिका duikholimun.gov.np
४५ माडी गाउँपालिका रोल्पा गाउँपालिका madimunrolpa.gov.np
४६ रुन्टीगढी गाउँपालिका रोल्पा गाउँपालिका runtigadhimun.gov.np
४७ लुङग्री गाउँपालिका रोल्पा गाउँपालिका lungrimun.gov.np
४८ गंगादेव गाउँपालिका रोल्पा गाउँपालिका sukidahamun.gov.np
४९ सुनछहरी गाउँपालिका रोल्पा गाउँपालिका sunchhaharimun.gov.np
५० सुनिल स्मृति गाउँपालिका रोल्पा गाउँपालिका sunilsmritimun.gov.np
५१ थवाङ गाउँपालिका रोल्पा गाउँपालिका thabangmun.gov.np
५२ पुथा उत्तरगंगा गाउँपालिका रुकुम (पूर्वी भाग) गाउँपालिका puthauttargangamun.gov.np
५३ भूमे गाउँपालिका रुकुम (पूर्वी भाग) गाउँपालिका bhumemun.gov.np
५४ सिस्ने गाउँपालिका रुकुम (पूर्वी भाग) गाउँपालिका sisnemun.gov.np
५५ बंगलाचुली गाउँपालिका दाङ गाउँपालिका bangalachulimun.gov.np
५६ दंगीशरण गाउँपालिका दाङ गाउँपालिका dangisharanmun.gov.np
५७ गढवा गाउँपालिका दाङ गाउँपालिका gadhawamun.gov.np
५८ राजपुर गाउँपालिका दाङ गाउँपालिका rajpurmundang.gov.np
५९ राप्ती गाउँपालिका दाङ गाउँपालिका raptimundang.gov.np
६० शान्तिनगर गाउँपालिका दाङ गाउँपालिका shantinagarmun.gov.np
६१ बबई गाउँपालिका दाङ गाउँपालिका babaimun.gov.np
६२ नरैनापुर गाउँपालिका बाँके गाउँपालिका narainapurmun.gov.np
६३ राप्ती सोनारी गाउँपालिका बाँके गाउँपालिका raptisonarimun.gov.np
६४ बैजनाथ गाउँपालिका बाँके गाउँपालिका baijanathmun.gov.np
६५ खजुरा गाउँपालिका बाँके गाउँपालिका khajuramun.gov.np
६६ डुडुवा गाउँपालिका बाँके गाउँपालिका duduwamun.gov.np
६७ जानकी गाउँपालिका बाँके गाउँपालिका janakimunbanke.gov.np
६८ बढैयाताल गाउँपालिका बर्दिया गाउँपालिका badhaiyatalmun.gov.np
६९ गेरुवा गाउँपालिका बर्दिया गाउँपालिका geruwamun.gov.np
७० सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गाउँपालिका sustamun.gov.np
७१ पाल्हीनन्दन गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गाउँपालिका palhinandanmun.gov.np
७२ प्रतापपुर गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गाउँपालिका pratappurmun.gov.np
७३ सरावल गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गाउँपालिका sarawalmun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।

श्रोतः नेपाल सरकारका सरकारी  वेवसाइट  CDC  तथा  अन्य अनलाइन संस्करण, तस्विर सामाजिक संजाल ।

लेखन तथा संकलन – लाेकराज भट्ट चिनारी नेपाल ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *