ga4ra *arba

सुदूरपश्चिम प्रदेश Sudurpashchim Province

सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी भूभागमा पर्छ । यो प्रदेश २८डिग्री२२’ देखि ३०डिग्री०९’ उत्तरी अक्षांश र ८०डिग्री३’ देखि ८१डिग्री२५’ पूर्वी देशान्तरसम्म फैलिएको छ । सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्णाली  प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतराखण्ड राज्य, उत्तरमा कर्णाली प्रदेश चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदुरपश्चिम प्रदेशको कुल जनसङ्ख्या २६,९४,७८३ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

Khptad National Park
खप्तड राष्ट्रिय निकुुञ्ज

सुदूरपश्चिम प्रदेशमा नौ जिल्लारहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.३ प्रतिशत भूभाग ओगटे को छ । यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.)हुन् । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ ।

सदूरपश्चिमप्रदेशले हिमाल, पहाड र तराईका तीनओटै धरातलीय स्वरूपलाई समेटेको छ । हिमाली क्षेत्रमा दार्चुला, बझाङबाजुरा जिल्ला पर्छन् भने बैतडी, डडेल्धुरा, अछाम,डोटी पहाडी जिल्लाहरू हुन, कैलालीकञ्चनपुर तराई क्षेत्रमा पर्छन् । डडेल्धुरा जिल्लाका केही भागहरू भने भित्रीमधेसमा पर्छन् ।

suklaphat national park
शुक्लाफाँट राष्ट्रिय निकुुञ्ज

सुदूर प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यहाँ उपोष्ण,समशीतोष्ण,लेकाली र टुन्ड्राप्रकारका हावापानी पाइन्छन् । यहाँ सालाखाला वार्षिक वर्षा २०० मि.मि. भन्दा बढीहुन्छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नदीहरू सेती, बुढिगङ्गा, चौलानी र महाकाली आदि हुन् । यस प्रदेशको घोडाघोडी ताल (कैलाली) विश्व सम्पदा सूचीमा सूचीकृत सिमसार क्षेत्र हो । यसका साथै झिलमिला ताल र बेदकोट ताल (कञ्चनपुर), अलिताल (डडेलधुरा), छतिवान ताल (डोटी) पनि यसै प्रदेशमा पर्छन् ।

Ugratara temple dadeldhura
उग्रतारा मन्दिर डडेलधुरा

सुदूरपश्चिम प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (९७.२%)रहेको छ । यहाँ बौद्ध, इसाई, इस्लाम, प्रकृति र अन्य धर्मालम्बीहरूको पनि बसोबास छ । सुदूरपश्चिम प्रदेशमा नेपालीभाषासँगै दर्जनौँअन्य भाषाहरू पनि बोलिन्छ । यहाँ नेपालमा बोलिने चारै परिवारका भाषाहरू बोलिन्छ ।

यस प्रदेशकामुख्य भाषाहरू डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर आदि हुन् । सुदूरपश्चिम प्रदेशको औसत साक्षरता दर ६३ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर (७६%) र महिलाको (५२%) छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.५४ रहेको छ ।

ghodaghodi taal
घोडाघोडीताल कैलाली

यो प्रदेशगत हिसाबले तेस्रो कम मानव विकास सूचकाङ्क रहेको प्रदेश हो । यस प्रदेशमा गौरा पर्व, बडकाइतावार, दसैँ, तिहार धुमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा माघी पर्वले आफ्नै सामाजिक सांस्कृतिक महत्व बोकेको छ ।यहाँका प्रमुख धार्मिक स्थलहरूमा उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका, बैजनाथ आदि हुन् । यस प्रदेशमा देउडा नाचको ठुलो सामाजिक सांस्कृतिक महत्व रहेको छ ।

karnalibridge
सुदूरपश्चिम प्रदेशलाइ जोड्ने कर्णाली पुल

यस प्रदेशका लगभग ६० प्रतिशतभन्दा धेरै मानिसहरूकृषि पेसामा संलग्न रहेका छन्। यहाँ धान, मकै, गहुँ, कोदो, आलु, दाल, तेलहन आदि बालीहरू उत्पादन हुन्छन् ।कैलाली र कञ्चनपुर जिल्लाहरूमा अन्न बाली, औद्योगिक बाली र नगदे बाली उत्पादन हुन्छन् ।

पहाडी र हिमाली जिल्लाहरूमा अन्न बालीका साथै आलु, जडीबुटी र गैरकाष्ठ उत्पादन हुन्छन् । यस प्रदेशको बझाङ, बाजुरा, दार्चुलाका
हिमाली फाँटहरूमा पशुपालनको सम्भावना रहेकोछ । सुदूरपश्चिम प्रदेशमा थुप्रै उद्योगहरू रहेका छन् ।जसले लगभग दुईप्रतिशत रोजगारीमा योगदान दिएको छ ।

api himal
दार्चुला जिल्लामा रहेको अपी हिमाल

यहाँकोऔद्योगिक केन्द्र धनगढी हो । धनगढी र कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी उद्योगधन्दाको प्रवद्र्धन गर्ने काम अगाडि बढेको छ । यहाँ फर्निचर, खाद्य प्रशोधन, धातु, खनिज र वन्यजन्य कच्चा पदार्थमा आधारित उद्योगहरू छन्।सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढी हो ।

धनगढी सुदूर पश्चिम प्रदेशको औद्योगिक र व्यापारिक केन्द्र हो । यस प्रदेशका अन्य व्यापारिक केन्द्रहरूमा महेन्द्रनगर, टीकापुर, अत्तरिया, डडेलधुरा, दिपायल आदि पर्छन् । गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, यहाँका भारतसँग आउजाउ र व्यापार गर्ने प्रमुख नाकाहरू हुन् ।

Dodhara Chandini suspension bridge
कञ्चनपुर दोधाराचाँदनी

सुदूरपश्चिम प्रदेशको खप्तडर शुक्लाफाँट महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन । अन्य पर्यटकीय स्थलहरूमा बुढीनन्दा, सुर्मासरोबर ताल, पाताल भुमेश्वर, दोगडाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, अपिसैपाल हिमाल, अमरगढी, बडीमालीका,रामारोसन क्षेत्र आदि पर्छन् ।

शुक्लाफाँटा राष्टिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादनकोसम्भावना रहेको छ । यस प्रदेशमा सेती, चौलानी, बुढीगङ्गा र महाकाली नदीबाट जलविद्युत् उत्पादनकोसम्भावनारहेको छ ।

 

bedkottaal

पर्यटकीय स्थल वेदकोटताल

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा सडक र हवाईमार्गको पूर्वाधार विकास भएको छ । धनगढीबाट पहाडी र हिमाली जिल्लासँग जोड्ने राजमार्ग बनेको छ । यस प्रदेशकोसबै जिल्ला सदरमुकामहरू सडकले जोडिएका छन्। केही पहाडी र हिमाली जिल्लाहरूमा धनगढी र नेपालगञ्जबाट हवाई सेवा सञ्चालन भइरहेको छ । यस प्रदेशको आर्थिक विकास र समृद्धिमा सडक यातायात र हवाई यातायातको भूमिका महत्वपूर्ण रहेको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू र तिनिहरूको परीचय ।

१) दार्चुला, २) बझाङ ३) बाजुरा ४) बैतडी, ५) डडेल्धुरा, ६)अछाम ७) डोटी  ८)  कैलाली  ९)कञ्चनपुर

सुदुर पश्चीम प्रदेश अन्र्तगत रहेका जिल्लाहरुको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्धारित क्षेत्र संख्या का लागी तलको लिंकमा जानुहोस ।

निवार्चन क्षेत्र

सुदुर पश्चीम प्रदेश अनर्तगत रहेका स्थानीयतहहरूकाे विवरण

महानगरपालीका – ०

उपमहानगरपालीका – १ धनगढी उप-महानगरपालिका

नगरपालीका – ३३

क्रस स्थानीय तहको नाम जिल्ला वेवसाईट कार्यालयको ईमेल
बुढीनन्दा नगरपालिका बाजुरा  Web Site info@budhinandamun.gov.np
बडिमालिका नगरपालिका बाजुरा  Web Site info@badimalikamun.gov.np
बुढीगंगा नगरपालिका बाजुरा  Web Site info@budhigangamunbajura.gov.np
त्रिवेणी नगरपालिका बाजुरा  Web Site ito.trivenimun@gmail.com
बुंगल नगरपालिका बझाङ  Web Site info@bungalmun.gov.np
जयपृथ्वी नगरपालिका बझाङ  Web Site info@jayaprithvimun.gov.np
महाकाली नगरपालिका दार्चुला  Web Site info@mahakalimun.gov.np
शैल्यशिखर नगरपालिका दार्चुला  Web Site shailyashikhar.gov@gmail.com
पुर्चौडी नगरपालिका बैतडी  Web Site ito.purchaundi@gmail.com
१० दशरथचन्द नगरपालिका बैतडी  Web Site dnpbaitadi@gmail.com
११ मेलौली नगरपालिका बैतडी  Web Site info@melaulimun.gov.np
१२ पाटन नगरपालिका बैतडी  Web Site ptnmun@gmail.com
१३ अमरगढी नगरपालिका डडेल्धुरा  Web Site info@amargadhimun.gov.np
१४ परशुराम नगरपालिका डडेल्धुरा  Web Site parshurammun@gmail.com
१५ शिखर नगरपालिका डोटी  Web Site shikharmunicipality@gmail.com
१६ दिपायल सिलगढी नगरपालिका डोटी  Web Site info@dipayalsilgadhimun.gov.np
१७ पंचदेवल विनायक नगरपालिका अछाम  Web Site info@panchadewalbinayakmun.gov.np
१८ साँफेवगर नगरपालिका अछाम  Web Site sanfebagarmun@gmail.com
१९ मंगलसेन नगरपालिका अछाम  Web Site mmunicipalityachham@gmail.com
२० कमलबजार नगरपालिका अछाम  Web Site Kamalbazarmun@gmail.com
२१ गोदावरी नगरपालिका कैलाली  Web Site info@godawarimunkailali.gov.np
२२ गौरीगंगा नगरपालिका कैलाली  Web Site info@gaurigangamun.gov.np
२३ घोडाघोडी नगरपालिका कैलाली  Web Site ghodaghodimun@gmail.com
२४ लम्किचुहा नगरपालिका कैलाली  Web Site info@lamkichuhamun.gov.np
२५ टिकापुर नगरपालिका कैलाली  Web Site info@tikapurmun.gov.np
२६ भजनी नगरपालिका कैलाली  Web Site info@bhajanimun.gov.np
२७ कृष्णपुर नगरपालिका कञ्चनपुर  Web Site info@krishnapurmun.gov.np
२८ शुक्लाफाँट नगरपालिका कञ्चनपुर  Web Site info@shuklaphantamun.gov.np
२९ बेदकोट नगरपालिका कञ्चनपुर  Web Site info@bedkotmun.gov.np
३० भिमदत्त नगरपालिका कञ्चनपुर  Web Site info@bheemdattamun.gov.np
३१ दोधारा चाँदनी नगरपालिका कञ्चनपुर  Web Site dcmun1015@gmail.com
३२ पुनर्वास नगरपालिका कञ्चनपुर  Web Site info@punarbasmun.gov.np
३३ बेलौरी नगरपालिका कञ्चनपुर  Web Site belaurimunicipality@gmail.com

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गाउँपालीका – ५४

क्रस स्थानीय तहको नाम जिल्ला वेवसाईट कार्यालयको ईमेल
हिमाली गाउँपालिका बाजुरा  Web Site info@himalimun.gov.np
गौमुल गाउँपालिका बाजुरा  Web Site ito.gaumulmun@gmail.com
स्वामीकार्तिक खापर गाउँपालिका बाजुरा  Web Site info@swamikartikmun.gov.np
जगन्नाथ गाउँपालिका बाजुरा  Web Site info@jagganathmun.gov.np
खप्तड छेडेदह गाउँपालिका बाजुरा  Web Site icto.chhededaha@gmail.com
साईपाल गाउँपालिका बझाङ  Web Site ito.saipalmun@gmail.com
सूर्मा गाउँपालिका बझाङ  Web Site info@surmamun.gov.np
तालकोट गाँउपालिका बझाङ  Web Site ito.muntalkot@gmail.com
मष्टा गाउँपालिका बझाङ  Web Site ito.mastamun@gmail.com
१० छबिसपाथिभेरा गाउँपालिका बझाङ  Web Site info@chhabispathiveramun.gov.np
११ दुर्गाथली गाउँपालिका बझाङ  Web Site durgathalimun23@gmail.com
१२ केदारस्युँ गाउँपालिका बझाङ  Web Site kedarasyumun@gmail.com
१३ वित्थडचिर गाउँपालिका बझाङ  Web Site bitthadchirmun@gmail.com
१४ थलारा गाउँपालिका बझाङ  Web Site thalaramun@gmail.com
१५ खप्तडछान्ना गाउँपालिका बझाङ  Web Site info@khaptadchhannamun.gov.np
१६ व्याँस गाउँपालिका दार्चुला  Web Site info@vyansmun.gov.np
१७ दुहुँ गाउँपालिका दार्चुला  Web Site info@duhunmun.gov.np
१८ नौगाड गाउँपालिका दार्चुला  Web Site info@naugadmun.gov.np
१९ अपिहिमाल गाउँपालिका दार्चुला  Web Site info@apihimalmun.gov.np
२० मार्मा गाउँपालिका दार्चुला  Web Site info@marmamun.gov.np
२१ मालिकार्जुन गाउँपालिका दार्चुला  Web Site info@malikarjunmun.gov.np
२२ लेकम गाउँपालिका दार्चुला  Web Site info@lekammun.gov.np
२३ डीलासैनी गाउँपालिका बैतडी  Web Site drmbaitadi@gmail.com
२४ दोगडाकेदार गाउँपालिका बैतडी  Web Site info@dogdakedarmun.gov.np
२५ सुर्नया गाउँपालिका बैतडी  Web Site surnayagaupalika@gmail.com
२६ पंचेश्वर गाउँपालिका बैतडी  Web Site ito.pancheshwormun@gmail.com
२७ शिवनाथ गाउँपालिका बैतडी  Web Site ito.shivanathmun@gmail.com
२८ सिगास गाउँपालिका बैतडी  Web Site sigasmun@gmail.com
२९ नवदुर्गा गाउँपालिका डडेल्धुरा  Web Site nawadurgaruralmun@gmail.com
३० अजयमेरु गाउँपालिका डडेल्धुरा  Web Site ajayamerugaupalika@gmail.com
३१ भागेश्वर गाउँपालिका डडेल्धुरा  Web Site ito.bhageshwormun@gmail.com
३२ आलिताल गाउँपालिका डडेल्धुरा  Web Site info@aalitalmun.gov.np
३३ गन्यापधुरा गाउँपालिका डडेल्धुरा  Web Site ganapdhurarm@gmail.com
३४ पूर्वीचौकी गाउँपालिका डोटी  Web Site info@purbichaukimun.gov.np
३५ सायल गाउँपालिका डोटी  Web Site sayal.doti@gmail.com
३६ आदर्श गाउँपालिका डोटी  Web Site aadarshmun@gmail.com
३७ के.आई.सिंह गाउँपालिका डोटी  Web Site kisingh.rm@gmail.com
३८ बोगटान फुड्सिल गाउँपालिका डोटी  Web Site info@bogatanmun.gov.np
३९ बडीकेदार गाउँपालिका डोटी  Web Site doti.badikedar@gmail.com
४० जोरायल गाउँपालिका डोटी  Web Site info@jorayalmun.gov.np
४१ रामारोशन गाउँपालिका अछाम  Web Site icto.ramaroshanmun@gmail.com
४२ मेल्लेख गाउँपालिका अछाम  Web Site info@mellekhmun.gov.np
४३ चौरपाटी गाउँपालिका अछाम  Web Site chaurpatigaupalika@gmail.com
४४ बान्नीगढी जयगढ गाउँपालिका अछाम  Web Site log.bannigadhi@gmail.com
४५ ढकारी गाउँपालिका अछाम  Web Site info@dhakarimun.gov.np
४६ तुर्माखाँद गाउँपालिका अछाम  Web Site info@turmakhadmun.gov.np
४७ मोहन्याल गाउँपालिका कैलाली  Web Site ito.mohanyalmun@gmail.com
४८ चुरे गाउँपालिका कैलाली  Web Site chure.gaupalika@gmail.com
४९ बर्दगोरिया गाउँपालिका कैलाली  Web Site info@bardgoriyamun.gov.np
५० जानकी गाउँपालिका कैलाली  Web Site janakiruralmun@gmail.com
५१ जोशीपुर गाउँपालिका कैलाली  Web Site info@joshipurmun.gov.np
५२ कैलारी गाउँपालिका कैलाली  Web Site info@kailarimun.gov.np
५३ लालझाडी गाउँपालिका कञ्चनपुर  Web Site info@laljhadimun.gov.np
५४ बेलडाँडी गाउँपालिका कञ्चनपुर  Web Site info@beldandimun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

वडा संख्या – ७३४

श्राेतः नेपाल सरकारका आधिकारीक वेव पोर्टल तथा अन्य अनलाइन संस्करण, तस्विर सामािजक संजाल ।

लेखन तथा संकलन – लाेकराज भट्ट चिनारी नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *