नेपालको प्रशासनिक प्रदेश Administrative province of Nepal

नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यसको भूबनावट हिमाल, पहाड र तराईको भौगोलिक सम्मिश्रणबाट बनेको छ । नेपाल भौगोलिक, सामाजिक र सांस्कृतिक रूपमा विविधताले भरिपूर्ण छ । त्यस विविधताभित्र नेपाली समाजको एकता पाइन्छ । यो विशेषता नै नेपाली समाजको पृथक् एवम् मौलिक पहिचान बनेको छ ।

नेपालको भौतिक स्वरूपमा उचाइगत विविधता पाइन्छ । यस विविधताले भौगोलिक विभाजनको आधार प्रदान गर्छ । धरातलको आधारमा नेपालको भूस्वरूप लाई तीन बृहत् प्रदेश हिमाल, पहाड र तराइमा विभाजन गर्न सकिन्छ । प्रशासनिक हिसाबले नेपाललाई सात प्रदेशमा विभाजन गरिएको छ ।

प्रदेश म.न.पा. वडा संख्या उ.म.न.पा. वडा संख्या न.पा. वडा संख्या गा.पा. वडा संख्या जम्मा स्थानीय तह जम्मा वडा संख्या
कोशी प्रदेश १९ ४० ४६ ४९७ ८८ ६०१ १३७ ११५७
मधेश प्रदेश ३२ ७६ ७३ ८०४ ५९ ३५९ १३६ १२७१
बागमती प्रदेश ९० १९ ४१ ४७० ७४ ५४२ ११९ ११२१
गण्डकी प्रदेश ३३ २६ ३१८ ५८ ४०८ ८५ ७५९
लुम्बिनी प्रदेश ८० ३२ ३७६ ७३ ५२७ १०९ ९८३
कर्णाली प्रदेश २५ ३०३ ५४ ४१५ ७९ ७१८
सुदूरपश्चिम प्रदेश १९ ३३ ३५२ ५४ ३६३ ८८ ७३४
जम्मा १७४ ११ २३४ २७६ ३१२० ४६० ३२१५ ७५३ ६७४३

स्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

नेपालको कोशी प्रदेश मा सबैभन्दा धेरै जिल्ला र स्थानीय तह रहेका छन् भने प्रदेश नं. २ मा थोरै जिल्ला (८) र कर्नाली प्रदेशमा कम स्थानीय तह (८५) रहेका छन् । पालिकाभित्र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका पर्छन् । पालिका स्थानीय सरकार हुन् । नेपालको राज्य पुनर्संरचनापछि सात प्रदेश ७७ जिल्ला, ७५३ वटा स्थानीय तह रहेका छन् । त्यस्तै ७५३ स्थानीय तहमा ६७७४ वडा रहेका छन् ।नेपालका सात प्रदेशको भौगोलिक अवस्थालाई तल प्रस्तुत गरिएको छ ।
१. नेपालका प्रदेशको भौगोलिक अवस्था
कोशी प्रदेश
यो प्रदेश पूर्वी नेपालमा पर्छ । यो प्रदेश २६डिग्री ३’ देखि २८डिग्री२’ उत्तरी अक्षांश र ८६डिग्री१’ देखि ८८डिग्री३’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा भारतको पश्चिम बङ्गाल र सिक्किम राज्य, दक्षिणमा बिहारराज्य, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिममा प्रदेश नं २बागमती प्रदेश पर्छन् । प्रदेश नं १ मा१४ जिल्ला रहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १७.६ प्रतिशत भूभाग ओगटे को छ ।

यस प्रदेशको सबैभन्दा ठुलोजिल्ला ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्ला तेरथुम (६७९ व.कि.मि.) हुन् । कोशी प्रदेश को राजधानी विराटनगरमा रहेको छ। यो प्रदेश हिमाल, पहाड, भित्रीमधेस र तराईका भूभाग मिली बनेको छ । यस प्रदेशका हिमाली जिल्लामा ताप्जेजुङ, सङ्खुवासभा र सोलुखुम्बु पर्छन् भने पहाडी जिल्लामा पाँचथर, इलाम,तेरथुम,धनकुटा, भोजपुर, ओखलढुङ्गा र खोटाङ जिल्ला रहेका छन् । झापा,मोरङ र सुनसरी यस प्रदेशको तराईमा पर्ने जिल्ला हुन् भने उदयपुर जिल्ला भित्री मधेसमा पर्छ ।

purbeli rahansahan
पुर्वेली स्थानीय रहनसहन

यस प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) र होचो भाग केचनाकलन(झापा) पर्छन् । यस प्रदेशको तराईमा उपोष्ण, पहाडी क्षेत्रमा समशीतोष्ण र हिमाली क्षेत्रमा लेकाली र टुन्ड्रा प्रकारका हावापानीहरू पाइन्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले प्रशस्त वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । यस प्रदेशका सप्तकोसीनदीकासहायक नदीहरू सुनकोसी, अरुण, लिखु, दुधकोसी र तमोर नदीहरूबहन्छन्। यहाँ माई, कनकाई, काबेली, सभा, पिलुवा, पिखुवा, रावा, त्रियुगा आदि नदी पनि छन् यस प्रदेशमा माइपोखरी (इलाम), साल्पापोखरी (भोजपुर), वराह पोखरी (खोटाङ), इम्जात्सो आदि तालतलैयाहरू छन् ।

मधेश प्रदेश
मधेश प्रदेश तराईका भूभाग मात्र समेटिएको प्रदेश हो ।यस प्रदेशको २६डिग्री३’ देखि २७डिग्री७’ उत्तरी अक्षांश र ८४डिग्री१’ देखि ८७डिग्री१’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा  कोशी प्रदेश , दक्षिणमा भारतको विहार राज्य,उत्तरमा कोशीबागमती प्रदेश र पश्चिममा बागमती प्रदेश पर्छन् । मधेश प्रदेशमा ८ जिल्लारहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको ६.५ प्रतिशत भूभाग ओगटे को छ।

madheshi
तस्विरमा स्थानिय मधेशीहरू

यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी(१,००२ व.कि.मि.) हुन् । मधेश प्रदेश को राजधानी जनकपुरमा रहेको छ । मधेश प्रदेश को भूधरातल तराई, भावर र चुरेपर्वत श्रेणीबाट बनेको छ । यस प्रदेशको केही भाग चुरे तथा सिवालिक क्षेत्रमा पर्छ । सप्तरीपर्सा जिल्लाको उत्तरका केही भाग भित्रीमधेसमा पर्छन् । चुरे पर्वतको फेदको भूभागमा भावर क्षेत्र पर्छ । चुरे र भावर क्षेत्रमा घना जङ्गल छ । यस प्रदेशको धेरै भूभाग तराई क्षेत्र पर्छ । यहाँ उब्जाउशील माटो पाइन्छ ।

मधेश प्रदेश को हावापानी गर्मी खालको छ । यहाँ उपोष्ण हावापानी पाइन्छ । यहाँ ग्रीष्म गर्मी हुन्छ भने हिउँदमा कहिलेकाहीँ शीतलहर चल्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि २१०० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । मधेश प्रदेश को पूर्वी सिमानाबाट क्रमश कोसी नदी बहेको छ । यहाँ बागमती, कमला, रातु नदी पनि रहेकाछन् । यस प्रदेशमा विभिन्न तालतलैया रहेका छन् । धनुषामा रहेका गङ्गा सागर, धनुसागर धार्मिक दृष्टिकोणले महइभ्वपूर्ण मानिन्छन् ।

बागमती प्रदेश
बागमती प्रदेश नेपालको राजधानी रहेको प्रदेश हो । यो प्रदेश २६डिग्री५५’ देखि २८डिग्री२३’ उत्तरी अक्षांश र ८३डिग्री५५’ देखि ८६डिग्री३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । बागमती प्रदेशको पूर्वमा कोशी प्रदेश , पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मधेश प्रदेश र भारतको विहार राज्य पर्छ। बागमती प्रदेशमा १३ जिल्ला छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.८ प्रतिशत भूभाग ओगटेको छ ।

यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) हुन् । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको छ । बागमती प्रदेशको सबैभन्दा होचो भाग चितवन जिल्लाको गोलाघाट (१४१ मिटर) र अग्लो भाग रसुवा जिल्लाको लाङटाङ हिमालको लिरुङ (७२२९मिटर) रहेको छ । यस प्रदेशको भूधरातल हिमाल (दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवाधादिङ), पहाड (काभ्रेपलाञ्चोक र नुवाकोट), उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर) र भित्री मधेस र चुरेपर्वत (सिन्धुली, चितवनमकवानपुर) मिली बनेको छ ।

bagmati province
तस्विरमाः पशुपतीनाथ मन्दिर काठमाण्डाै

बागमती पद्रेश को धरातलीय विविधतासंगै चुरे पवर्त , भित्रीमधसे र नदि बेँशिमा उपोष्ण हावापानी, पहाडी क्षेत्रमा समशीतोष्ण हावापानी र उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी पाइन्छ । यहाँ उचाइ बढेअनुसार हावापानी, तापक्रम र वर्षाको मात्रा फरक पर्दै जान्छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँदमा हिउँपर्छ । पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समशीतोष्ण हावापानी पाइन्छ । भित्रीमधेसका जिल्लामा ग्रीममा गर्मी र हिउँदमा थोरै मात्र चिसो हुन्छ ।

यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि ३००० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । बागमती प्रदेशमा सुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु,त्रिशूली र नारायणी नदी रहेका छन् । यस प्रदेशमा छोरोल्पा (दोलखा), गोसाइँकुण्ड (रसुवा), टौदह (काठमाडौँ, पाँचपोखरी (सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन) आदि तालतलैया छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ ।यो प्रदेश २७ डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री५२’ देखि ८५डिग्री१२’ पूर्वीदेशान्तरसम्म फैलिएको छ । गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीलुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् । गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १४.६ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला गोरखा (३,६१० व.कि.मि.) र सानो
जिल्लापर्वत (४९४ व.कि.मि.) हुन् । गण्डकीे प्रदेशको राजधानी पोखरामा रहेको छ ।

यस प्रदेशको भूधरातललाई हिमाली क्षेत्र, पहाडी क्षेत्र र भित्रीमधेस क्षेत्र गरी तीन भागमा विभाजन गर्न सकिन्छ। पहाडी क्षेत्रले धेरै भूभाग ओगटेको छ । यस प्रदेशको उचाइ समुद्र सतहबाट १०३ मिटर (त्रिवेणी) देखि ८१६७ मिटर (धवलागिरि) सम्म फैलिएकोछ । मुख्य हिमालय र तिब्बती सीमान्त पर्वतहरूको बिचमा मनाङ, मुस्ताङ, छेकम्पार, चुमभोट जस्ता उपत्यका छन् । हिमाली प्रदेशको उत्तर मा सीमान्त हिमालय र मुख्य हिमालयका बिचमा मनाङ, मुस्ताङ जिल्ला पर्छन् । पहाडी क्षेत्रमा मध्य
पहाड, महाभारत लेक र चुरेपर्वत पर्छन् । भित्रीमधेसमा नवलपरासी सुस्तापूर्वका भूभागपर्छन् ।

hemja sadak
तस्विरमा पोखरा बाग्लुङ सडक हेम्जा

गण्डकी प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यस प्रदेशको भित्रीमधेसमा उपोष्ण,पहाडी भूभागमा समशितोष्ण र हिमाली भूभागमा लेकाली र टुन्ड्रा हावापानी पाइन्छ । यहाँ सालाखाला वार्षिक वर्षा २५०० मि.मि. भन्दा बढीहुन्छ । यस प्रदेशमा नेपालको सबैभन्दा धेरै वार्षिक वर्षा हुने ठाउँ लुम्ले (५२८४ मि.मि.) र कम हुने ठाउँ मुस्ताङ (१४६ मि.मि.) रहेका छन् । गण्डकी प्रदेशजलसम्पदाको हिसाबले धनी छ । यो प्रदेश हुँदै मस्र्याङ्दी, मादी, सेती, दरौँदी र कालीगण्डकी नदी बहन्छन् । वुढी गण्डकी र त्रिशूली नदी यो प्रदेश र बागमती प्रदेशको सीमा नदी हो । यस प्रदेशमा तिलिचो (मनाङ), फेवा, बेगनास र रूपाताल (कास्की) रहेका छन् । यहाँ तातोपानीकाकुण्डहरू पनि रहेका छन् ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री३७’ देखि २८डिग्री५०’ उत्तरी अक्षांश र ८०डिग्री५८’ देखि ८४डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा कर्नाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लारहेका छन् । यस प्रदेशले कुल क्षेत्रफलको १५.१ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला दाङ (२,९५५व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४ व.कि.मि.) रहेका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा तोकिएको छ ।लुम्बिनी प्रदेशको भूबनावट अग्ला हिमशृङ्खला, पहाड, उपत्यका र समथर फाँटहरू मिलीबनेको छ । यस प्रदेशको भूधरातललाई चार भागमा विभाजन गर्न सकिन्छ । यसले प्रदेशको कुल भूमिको थोरै मात्र भूभाग हिमाली क्षेत्रले ओगटेको छ । सिस्ने हिमाल यसै क्षेत्रमा पर्छ । यस प्रदेशमा पर्ने एकमात्र हिमाली जिल्ला पूर्वी रुकुम हो । यस प्रदेशका धेरै भूभाग मध्य पहाडमा पर्छन् । रोल्पा, प्युठान, गुल्मी,अर्घाखाँचीपाल्पा जिल्ला पहाडी भूभागमा रहेका छन् । दाङ जिल्ला यस प्रदेशको भित्रीमधेसमा पर्ने जिल्ला हो । तराई क्षेत्रमा पर्ने यस प्रदेशका जिल्लामा नवलपरासी( सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँकेवर्दिया हुन् ।

lumbini
तस्विरमा बाैध्द धर्मालम्वीहरू

लुम्बिनी प्रदेशमा उपोष्ण, समशीतोष्ण, लेकाली र टुन्ड्रा प्रकारको हावापानी पाइन्छ । यसको उत्तरी भाग केही चिसो हुन्छ भने पहाडमा न्यानो र तराई र भित्रीमधेसमा गर्मी हुन्छ । यहाँ वर्षामा मनसुनी वायुले वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । लुम्बिनी प्रदेशको जलसम्पदाको प्रमुख स्रोत नदी र तालतलैया हुन् ।यस प्रदेशमा, तिनाउ, राप्ती, बबई,बाणगङ्गा नदी रहेका छन्। कर्नाली र कालिगण्डकी नदीहरू क्रमशः सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश छुट्याउने सीमा नदी हुन् ।

कर्णाली प्रदेश
कर्नाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३०डिग्री२६’ उत्तरी अक्षांश र ८०ड्ढ५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्नालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् । यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्छन् । पश्चिममा सुदूरपश्चिमप्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । यस प्रदेशमा १० जिल्लारहेका छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १९ प्रतिशत भूभाग ओगटेको छ ।

यस प्रदेशको सबैभन्दाठुलो जिल्ला डोल्पा (७,८८९व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) हुन् । कर्नाली प्रदेशको राजधानीसुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको छ । यो प्रदेश क्षेत्रफलको हिसाबले सब भन्दा ठुलो र जनसङ्ख्याका आधारमा सानो प्रदेश हो । कर्नालीप्रदेशको भूबनावट मुख्यहिमाल, मध्यपहाड, महाभारत लेक, चुरेपर्वत र उपत्यका आदि मिली बनेको छ । यस प्रदेशको सबैभन्दा अग्लो भाग चुरेन हिमाल (७३४८ मि.) हो ।

तस्विरमा पर्यटकिय क्षेत्र डोल्पा
तस्विरमा कर्णाली प्रदेशको हुम्लामा मनाइने ल्होसार

कर्नाली प्रदेशको धरातलीय स्वरूप र उचाइले हावापानीमा विविधताल्याएको छ । यस प्रदेशको उत्तरी क्षेत्रमा लेकाली र टुन्ड्रा, पहाडी क्षेत्रमा समशीतोष्ण र भित्रीमधेसमा उपोष्ण हावापानी पाइन्छ । यहाँको औसत वार्षिक तापक्रम २६ डिग्री से. सम्म पुग्छ भने न्यूनतम तापक्रम ० डिग्री से. भन्दा कम हुन्छ । यहाँको हिमाली जिल्लाहरूमा हिउँदमा हिउँ पर्छ । यहाँ सालाखाला वार्षिक वर्षा १४७९ मि.मी. भन्दा बढीहुन्छ । कर्नाली प्रदेशमा हुम्ला कर्नाली, मुगु कर्नाली, ठुली भेरी, सानी भेरी, तिला आदिनदी बहन्छन् ।कर्नाली प्रदेश तालतलैयामा पनि धनी छ । रारा ताल, फोक्सुन्डो ताल र कुपिन्डे दह यस प्रदेशका मुख्य हुन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी भूभागमा पर्छ । यो प्रदेश २८डिग्री२२’ देखि ३०डिग्री०९’ उत्तरी अक्षांश र ८०डिग्री०३’ देखि ८१डिग्री२५’ पूर्वी देशान्तरसम्म फैलिएको छ। सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्नाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतरखण्ड राज्य,उत्तरमा कर्नाली प्रदेश र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन् ।सुदूरपश्चिम प्रदेशमा नौ जिल्लारहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.३ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशकोसबैभन्दाठुलोजिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.)हुन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ । सदूरपश्चिमप्रदेशले हिमाल, पहाड र तराईका तीनओटै धरातलीय स्वरूपलाई समेटेको छ । हिमाली क्षेत्रमा दार्चुला, बझाङबाजुरा जिल्ला पर्छन् भने बैतडी, डडेल्धुरा, अछाम, डोटी पहाडी जिल्लाहरू हुन् ।कैलालीकञ्चनपुर तराई क्षेत्रमा पर्छन् । डडेल्धुरा जिल्लाका केही भागहरू भने भित्रीमधेसमा पर्छन् । सुदूर प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यहाँ उपोष्ण,समशीतोष्ण,लेकाली र टुन्ड्राप्रकारका हावापानी पाइन्छन् ।

ga4ra *arba

यहाँ सालाखाला वार्षिक वर्षा २०० मि.मि. भन्दा बढीहुन्छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नदीहरू सेती, बुढिगङ्गा, चौलानी र महाकाली आदि हुन् । यस प्रदेशको घोडाघोडी ताल (कैलाली) विश्व सम्पदा सूचीमा सूचीकृत सिमसार क्षेत्र हो । यसका साथै झिलमिला ताल र बेदकोट ताल (कञ्चनपुर), अलिताल (डडेलधुरा), छतिवान ताल (डोटी) पनि यसै प्रदेशमा पर्छन् ।

श्रोतः नेपाल सरकारका सरकारी  वेवसाइट  CDC  तथा  अन्य अनलाइन संस्करण, तस्विर सामाजिक संजाल ।

लेखन तथा संकलन –  चिनारी नेपाल ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *