नेपालमा मल्ल वंशको परिचय
मल्ल वंशको परिचय तेह्रौ शताब्दीको आरम्भदेखि नेपाल उपत्यकामा मल्लहरूको शासन व्यवस्था कायम भएको मानिन्छ। यस वंशका पहिलो शासक भनेर अरिमल्लको नाम लिइन्छ। तथापि अरिमल्लभन्दा धेरै अगाडिदेखि शासनमा मल्लहरूको सक्रियता थियो ।अरिमल्लभन्दा एक शताब्दीअघिदेखि नै मल्लहरू कुनै न कुनै रूपमा शासनमा सक्रिय भएको कुरा गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा समेत पाइन्छ। मल्लहरू प्राचीन जाति मानिन्छन् । …