नेपालमा इतिहासदेखी हाल सम्मका प्रधानमन्त्रीहरू।।

न्भफषलषAll Nepali Priministerतस्विर Gemini

नेपालमा इतिहासदेखी हाल सम्मका प्रधानमन्त्रीहरू र तिनिहरूको कार्यकाल ।

नेपालको राजनीतिक इतिहासमा कार्यकारिणी प्रमुखको भूमिका समयसापेक्ष रूपमा परिवर्तन हुँदै आएको छ। प्रारम्भिक कालमा ‘मुख्तियार’ को रूपमा चिनिने यो पद पछि ‘प्रधानमन्त्री’ र ‘मन्त्रिपरिषद्को अध्यक्ष’ का रूपमा विकसित भयो। वि.सं. १८६३ मा भीमसेन थापाबाट सुरु भएको यो शृङ्खला हाल ४३ औं प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह सम्म आइपुगेको छ।

नेपालका सरकार प्रमुखहरूको पूर्ण सूची र उनीहरूको कार्यकाल प्रस्तुत गरिएको छ:

१. प्रारम्भिक मुख्तियार तथा राणाकालीन प्रधानमन्त्रीहरू

नेपालको आधुनिक इतिहासको प्रारम्भमा ‘मुख्तियार’ पद शक्तिशाली थियो। राणा शासनको उदयसँगै प्रधानमन्त्री पदमा राणा परिवारको वर्चस्व रह्यो।

क्रम नाम पद कार्यकाल (वि.सं.)
१ भीमसेन थापा मुख्तियार १८६३ — १८९४
२ पं. रङ्गनाथ पौड्याल मुख्तियार १८९४ — १८९५
३ पुष्कर शाह मुख्तियार १८९५ — १८९६
४ रणजङ्ग पाण्डे मुख्तियार १८९६ — १८९७
५ फत्यजङ्ग शाह मुख्तियार १८९७ — १९०० र १९०२ — १९०३
६ माथवर सिंह थापा प्रधानमन्त्री १९०० — १९०२
७ जंगबहादुर राणा प्रधानमन्त्री १९०३ — १९१३ र १९१४ — १९३३
८ बमबहादुर राणा प्रधानमन्त्री १९१३ — १९१४
९ रणोदिप सिंह राणा प्रधानमन्त्री १९३३ — १९४२
१० वीर शमशेर ज.व.रा. प्रधानमन्त्री १९४२ — १९५७
११ देव शमशेर ज.व.रा. प्रधानमन्त्री १९५७ — १९५८
१२ चन्द्र शमशेर ज.व.रा. प्रधानमन्त्री १९५८ — १९८६
१३ भीम शमशेर ज.व.रा. प्रधानमन्त्री १९८६ — १९८९
१४ जुद्ध शमशेर ज.व.रा. प्रधानमन्त्री १९८९ — २००२
१५ पद्म शमशेर ज.व.रा. प्रधानमन्त्री २००२ — २००५
१६ मोहन शमशेर ज.व.रा. प्रधानमन्त्री २००५ — २००८

२. प्रजातन्त्रको उदय र पञ्चायत कालका प्रधानमन्त्रीहरू

२००७ सालको क्रान्तिपछि नेपालमा प्रजातान्त्रिक अभ्यास सुरु भयो, तर केही समयपछि पञ्चायती व्यवस्था लागू भयो।

क्रम नाम पद कार्यकाल (वि.सं.)
१७ मातृका प्रसाद कोईराला प्रधानमन्त्री २००८ — २००९ र २०१० — २०११
१८ टंकप्रसाद आचार्य प्रधानमन्त्री २०१२ — २०१४
१९ डा. के.आई. सिंह प्रधानमन्त्री २०१४ — २०१४
२० सुवर्ण शमशेर ज.व.रा. अध्यक्ष २०१५ — २०१६
२१ विश्वेश्वर प्रसाद कोईराला प्रधानमन्त्री २०१६ — २०१७
२२ डा. तुलसी गिरी अध्यक्ष/प्रम २०१९ — २०२१ र २०३२ — २०३४
२३ सूर्यबहादुर थापा अध्यक्ष/प्रम २०२१ — २०२५, २०३६ — २०४०, २०५४, २०६० — २०६१
२४ कीर्तिनीधि विष्ट प्रधानमन्त्री २०२५ — २०२६, २०२८ — २०३० र २०३४ — २०३६
२५ नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री २०३० — २०३२ र २०४२
२६ लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री २०४० — २०४२, २०४६ — २०४७, २०५३ — २०५४ र २०५९ — २०६०
२७ मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री २०४३ — २०४६

३. संवैधानिक राजतन्त्र र गणतन्त्र पछिका प्रधानमन्त्रीहरू

२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था र २०६५ पछि नेपालमा गणतन्त्र स्थापना भयो।

क्रम नाम पद कार्यकाल (वि.सं.)
२८ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री २०४७ — २०४८ र २०५६ — २०५६
२९ गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री २०४८ — २०५१, २०५४ — २०५८, २०६३ — २०६५
३० मनमोहन अधिकारी प्रधानमन्त्री २०५१ — २०५२
३१ शेरबहादुर देउवा प्रधानमन्त्री २०५२ देखि २०७९ सम्म (विभिन्न ५ पटक)
३२ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री २०६५ — २०६६ र २०७३ — २०७४
३३ माधवकुमार नेपाल प्रधानमन्त्री २०६६/०२/११ — २०६७/१०/२२
३४ झलनाथ खनाल प्रधानमन्त्री २०६७/१०/२३ — २०६८/०५/११
३५ डा. बाबुराम भट्टराई प्रधानमन्त्री २०६८/०५/१२ — २०६९/११/३०
३६ खिलराज रेग्मी अध्यक्ष २०६९/१२/०१ — २०७०/१०/२८
३७ सुशील कोइराला प्रधानमन्त्री २०७०/१०/२८ — २०७२/०६/२४
३८ केपी शर्मा ओली प्रधानमन्त्री २०७२ — २०७३, २०७४ — २०७८
३९ शेरबहादुर देउवा प्रधानमन्त्री २०७८/०३/२९ — २०७९/०९/१०
४० पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री २०७९/०९/१० — २०८१/०३/३१
४१ केपी शर्मा ओली प्रधानमन्त्री २०८१/०३/३१ देखि २०८२/०५/२६ सम्म
४२ सुशिला कार्की अन्तरीम सरकार प्रधानमन्त्री २०८२/०५/२६ देखी २०८२/११/१३ सम्म
४३ बालेन्द्र शाह प्रधानमन्त्री २०८२/११/१३ देखी हाल सम्म

श्राेतः प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *