sundari provinance1

प्रदेश परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गाउदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् ।

purbeli rahansahan
पुर्वेली स्थानीय रहनसहन

यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश  र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या २०७८ अनुसार ४९,६१,४१२ रहेको छ । जनसङ्ख्याकाे विस्तृत विवरणको लागि यहाँ जानुहोस  ।

bhedetar
तस्वीरमा भेडेटार

काेशी प्रदेश का ८१.९ प्रतिशत मानिसहरू कृषि पेसामा संलग्न रहेको देखिन्छ । यहाँ मुख्यगरी खाद्यान्न बाली, दलहन, तेलहन, नगदे बाली उत्पादन गरिन्छ । यस प्रदेशमा धानको उत्पादन सबैभन्दा धेरै हुन्छ । यस प्रदेशको हिमाली क्षेत्रमा पशुपालन, आलु, जडीबुटी; पहाडी क्षेत्रमा खाद्यान्न, अलैँची, अदुवा र कागती, सुन्तला, जुनार र तराई क्षेत्रमा धान, मकै, जुट र उखु, चिया खेतीको प्रशस्त सम्भावना छ ।

ilamchiyabari
इलामको चियावारी

उच्च हिम श्रृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण रहेको छ ।

नेपालको सूदुरपूर्वमा रहेको यस प्रदेश नं.१ मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै ताप्लेजुङ को पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् ।

ilam ki sundari

यस प्रदेशका इलाम,धनकुटा, पाँचथर, तेह्रथुम जिल्लाहरूमा चिया, बेमौसमी तरकारी, अलैँची र दुध व्यावसायिक उद्देश्यले उत्पादन गरिन्छ । काेशी प्रदेश  मा जुट, चिनी, सलाई, साबुन, सिमेन्ट, छड, चिया प्रशोधनका उद्योगहरू रहेका छन् ।

विराटनगर यस प्रदेशको प्रमुख औद्योगिक केन्द्र हो । यस प्रदेशमा विराटनगर, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, मेचीनगर, इलाम, धनकुटा आदिमा व्यापार व्यवसाय, होटलहरू सञ्चालन भइरहेका छन् । विर्तामोड, धरान, गाईघाट र कटारी पहाड र तराईलाई जोड्ने प्रमुख नाकाहरू हुन् ।

Pathibhara mandir
पाथीभरा माता

काेशी प्रदेश मा काकडभिट्टा र रानी भन्सार विराटनगर, पशुपतिनगर भारतसँग जोडिएको व्यापारिक नाकाहरू हुन् । उत्तरमा ओलाङचुङगोला र किमाथाङ्का चीनसँग जोड्ने व्यापारिक नाकाहरू हुन् ।

विश्वको सर्वोच्चशिखर सगरमाथा (८८४८.८६ मिटर) लगायत अरु थुप्रै ८००० मिटरभन्दा अग्ला हिमशृङ्खला,कोसीटप्पु वन्यजन्तु आरक्ष, सगरमाथा, मकालु वरुण राष्ट्रिय निकुञ्ज, विभिन्न धार्मिक स्थलका साथै गुफा, झर्ना र तालहरू छन् । प्राकृतिक तथा साँस्कृितक सम्पदाले पर्यटन उद्योगको विकासको सम्भावना देखिन्छ ।

purbeli mahila
स्थानीय पुर्वेली

काेशी प्रदेश मा जलविद्युत् उत्पादनको पनि प्रशस्त सम्भावना रहेको छ । यहाँ अरुण,पिलुवा, कावेली, हेवा, माई आदि जस्ता थुप्रै ठुला, साना जलविद्युत् आयोजनाहरूले विद्युत् विकासको प्रचुर सम्भावना बोकेका छन् ।

luklaairpot
लुक्ला एयरपोट

यस प्रदेशमा सडक, हवाईमार्ग र सूचना र सञ्चारको सुविधा विस्तार भइरहेको छ । यहाँ मेची राजमार्ग (२६८ कि.मि), कोसी राजमार्ग (१५९ कि.मि), सगरमाथा राजमार्ग (२६५ कि.मि), महेन्द्र राजमार्ग, मध्यपहाडी लोकमार्ग, तमोर कोरिडर, मदन भण्डारी लोकमार्ग र विभिन्न ग्रामीण सडकले आवागमनको सुविधा पु¥याउँदै आएको छ । यस प्रदेशका विराटनगर, सुकेटार, भद्रपुर, तुम्लिङटार, सोलुखुम्बुको लुक्ला, फाप्लुमाकाठमाडौँबाट र पहाडी जिल्लामा विराटनगरबाट समेत हवाई सेवा उपलब्ध छ ।

inaruwa sunsari
सुनसरी इनरूवा

प्रदेश नं . १ अन्तर्गतका जिल्लाहरूको नक्सा (स्थानीयतह सहित)
नक्सा विवरणका लागि यहाँ जानुहोस

काेशी प्रदेश अन्र्तगत रहेका जिल्लाहरुको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्धारित क्षेत्र संख्या –
निर्वाचन क्षेत्र विवरण

काेशी प्रदेश अन्तरगतका जिल्ला तथा स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।
१) ताप्लेजुङ     २) पाँचथर   ३) इलाम ४) झापा५) माेरङ ६) सुनसरी ७) धनकुटा ८) तेह्रथुम ९) संखुवासभा १०) भोजपुर ११) ओखलढुङ्गा १२) खोटाङ १३) उदयपुर
१४) सोलुखुम्बु

काेशी प्रदेश अन्तरगतका स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।

महानगरपालीका – १ – विराटनगर महानगरपालिका

उपमहानगरपालीका – २

१) ईटहरी उपमहानगरपालिका – सुनसरी

२) धरान उपमहानगरपालिका – सुनसरी

नगरपालीका – ४६

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेव पोर्टल
फुङलिङ नगरपालिका ताप्लेजुङ नगरपालिका phunglingmun.gov.np
फिदिम नगरपालिका पाँचथर नगरपालिका phidimmun.gov.np
ईलाम नगरपालिका ईलाम नगरपालिका ilammun.gov.np
देउमाई नगरपालिका ईलाम नगरपालिका deumaimun.gov.np
माई नगरपालिका ईलाम नगरपालिका maimun.gov.np
सूर्योदय नगरपालिका ईलाम नगरपालिका suryodayamun.gov.np
मेचीनगर नगरपालिका झापा नगरपालिका mechinagarmun.gov.np
दमक नगरपालिका झापा नगरपालिका damakmun.gov.np
कन्काई नगरपालिका झापा नगरपालिका kankaimun.gov.np
१० भद्रपुर नगरपालिका झापा नगरपालिका bhadrapurmun.gov.np
११ अर्जुनधारा नगरपालिका झापा नगरपालिका arjundharamun.gov.np
१२ शिवशताक्षी नगरपालिका झापा नगरपालिका shivasatakshimun.gov.np
१३ गौरादह नगरपालिका झापा नगरपालिका gauradahamun.gov.np
१४ विर्तामोड नगरपालिका झापा नगरपालिका birtamodmun.gov.np
१५ बेलवारी नगरपालिका मोरङ नगरपालिका belbarimun.gov.np
१६ लेटाङ नगरपालिका मोरङ नगरपालिका letangmun.gov.np
१७ पथरी शनिश्चरे नगरपालिका मोरङ नगरपालिका patharishanishcharemun.gov.np
१८ रंगेली नगरपालिका मोरङ नगरपालिका rangelimun.gov.np
१९ रतुवामाई नगरपालिका मोरङ नगरपालिका ratuwamaimun.gov.np
२० सुनवर्षि नगरपालिका मोरङ नगरपालिका sunawarshimun.gov.np
२१ उर्लावारी नगरपालिका मोरङ नगरपालिका urlabarimun.gov.np
२२ सुन्दरहरैचा नगरपालिका मोरङ नगरपालिका sundarharaichamun.gov.np
२३ ईनरुवा नगरपालिका सुनसरी नगरपालिका inaruwamun.gov.np
२४ दुहवी नगरपालिका सुनसरी नगरपालिका duhabimun.gov.np
२५ रामधुनी नगरपालिका सुनसरी नगरपालिका ramdhunimun.gov.np
२६ बराहक्षेत्र नगरपालिका सुनसरी नगरपालिका barahamun.gov.np
२७ पाख्रिबास नगरपालिका धनकुटा नगरपालिका pakhribasmun.gov.np
२८ धनकुटा नगरपालिका धनकुटा नगरपालिका dhankutamun.gov.np
२९ महालक्ष्मी नगरपालिका धनकुटा नगरपालिका mahalaxmimundhankuta.gov.np
३० म्याङलुङ नगरपालिका तेहथुम नगरपालिका myanglungmun.gov.np
३१ लालीगुराँस नगरपालिका तेहथुम नगरपालिका laliguransmun.gov.np
३२ चैनपुर नगरपालिका संखुवासभा नगरपालिका chainpurmun.gov.np
३३ धर्मदेवी नगरपालिका संखुवासभा नगरपालिका dharmadevimun.gov.np
३४ खाँदवारी नगरपालिका संखुवासभा नगरपालिका khandbarimun.gov.np
३५ मादी नगरपालिका संखुवासभा नगरपालिका madimunsankhuwasabha.gov.np
३६ पाँचखपन नगरपालिका संखुवासभा नगरपालिका panchkhapanmun.gov.np
३७ भोजपुर नगरपालिका भोजपुर नगरपालिका bhojpurmun.gov.np
३८ षडानन्द नगरपालिका भोजपुर नगरपालिका shadanandamun.gov.np
३९ सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु नगरपालिका solududhkundamun.gov.np
४० सिद्दिचरण नगरपालिका ओखलढुंगा नगरपालिका siddhicharanmun.gov.np
४१ हलेसी तुवाचुङ नगरपालिका खोटाङ नगरपालिका halesituwachungmun.gov.np
४२ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ नगरपालिका rupakotmajhuwagadhimun.gov.np
४३ कटारी नगरपालिका उदयपुर नगरपालिका katarimun.gov.np
४४ चौदण्डीगढी नगरपालिका उदयपुर नगरपालिका chaudandigadhimun.gov.np
४५ त्रियुगा नगरपालिका उदयपुर नगरपालिका triyugamun.gov.np
४६ वेलका नगरपालिका उदयपुर नगरपालिका belakamun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गाउँपालीका – ४६

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेवसाईट
आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ गाउँपालिका aathraitribenimun.gov.np
सिदिङ्वा गाउँपालिका  ताप्लेजुङ गाउँपालिका sidingbamun.gov.np
फक्ताङलुङ गाउँपालिका  ताप्लेजुङ गाउँपालिका phaktanglungmun.gov.np
मिक्वाखोला गाउँपालिका  ताप्लेजुङ गाउँपालिका mikwakholamun.gov.np
मेरिङदेन गाउँपालिका  ताप्लेजुङ गाउँपालिका meringdenmun.gov.np
मैवाखोला गाउँपालिका  ताप्लेजुङ गाउँपालिका maiwakholamun.gov.np
पाथीभरा याङवरक गाउँपालिका  ताप्लेजुङ गाउँपालिका yangwarakmuntaplejung.gov.np
सिरीजङ्घा गाउँपालिका  ताप्लेजुङ गाउँपालिका sirijanghamun.gov.np
फालेलुङ गाउँपालिका पाँचथर गाउँपालिका phalelungmun.gov.np
१० फाल्गुनन्द गाउँपालिका पाँचथर गाउँपालिका phalgunandamun.gov.np
११ हिलिहाङ गाउँपालिका पाँचथर गाउँपालिका hilihangmun.gov.np
१२ कुम्मायक गाउँपालिका पाँचथर गाउँपालिका kummayakmun.gov.np
१३ मिक्लाजुङ गाउँपालिका पाँचथर गाउँपालिका miklajungmunpanchthar.gov.np
१४ तुम्बेवा गाउँपालिका पाँचथर गाउँपालिका tumwewamun.gov.np
१५ याङवरक गाउँपालिका पाँचथर गाउँपालिका yangwarakmunpanchthar.gov.np
१६ फाकफोकथुम गाउँपालिका ईलाम गाउँपालिका phakphokthummun.gov.np
१७ चुलाचुली गाउँपालिका ईलाम गाउँपालिका chulachulimun.gov.np
१८ माईजोगमाई गाउँपालिका ईलाम गाउँपालिका maijogmaimun.gov.np
१९ माङसेबुङ गाउँपालिका ईलाम गाउँपालिका mansebungmun.gov.np
२० रोङ गाउँपालिका ईलाम गाउँपालिका rongmun.gov.np
२१ सन्दकपुर गाउँपालिका ईलाम गाउँपालिका sandakpurmun.gov.np
२२ कमल गाउँपालिका झापा गाउँपालिका kamalmun.gov.np
२३ गौरीगंज गाउँपालिका झापा गाउँपालिका gaurigunjmun.gov.np
२४ बाह्रदशी गाउँपालिका झापा गाउँपालिका bahradashimun.gov.np
२५ झापा गाउँपालिका झापा गाउँपालिका jhapamun.gov.np
२६ बुद्धशान्ति गाउँपालिका झापा गाउँपालिका buddhashantimun.gov.np
२७ हल्दिवारी गाउँपालिका झापा गाउँपालिका haldibarimun.gov.np
२८ कचनकवल गाउँपालिका झापा गाउँपालिका kachankawalmun.gov.np
२९ बुढीगंगा गाउँपालिका मोरङ गाउँपालिका budhigangamunmorang.gov.np
३० धनपालथान गाउँपालिका मोरङ गाउँपालिका dhanapalthanmun.gov.np
३१ ग्रामथान गाउँपालिका मोरङ गाउँपालिका gramthanmun.gov.np
३२ जहदा गाउँपालिका मोरङ गाउँपालिका jahadamun.gov.np
३३ कानेपोखरी गाउँपालिका मोरङ गाउँपालिका kanepokharimun.gov.np
३४ कटहरी गाउँपालिका मोरङ गाउँपालिका kataharimun.gov.np
३५ केरावारी गाउँपालिका मोरङ गाउँपालिका kerabarimun.gov.np
३६ मिक्लाजुङ गाउँपालिका मोरङ गाउँपालिका miklajungmunmorang.gov.np
३७ देवानगञ्ज गाउँपालिका सुनसरी गाउँपालिका dewanganjmun.gov.np
३८ कोशी गाउँपालिका सुनसरी गाउँपालिका koshimun.gov.np
३९ गढी गाउँपालिका सुनसरी गाउँपालिका gadhimun.gov.np
४० बर्जु गाउँपालिका सुनसरी गाउँपालिका barjumun.gov.np
४१ भोक्राहा नरसिंह गाउँपालिका सुनसरी गाउँपालिका bhokrahamun.gov.np
४२ हरिनगर गाउँपालिका सुनसरी गाउँपालिका harinagaramun.gov.np
४३ साँगुरीगढी गाउँपालिका धनकुटा गाउँपालिका sangurigadhimun.gov.np
४४ सहिदभूमि गाउँपालिका धनकुटा गाउँपालिका shahidbhumimun.gov.np
४५ छथर जोरपाटी गाउँपालिका धनकुटा गाउँपालिका chhatharjorpatimun.gov.np
४६ चौविसे गाउँपालिका धनकुटा गाउँपालिका choubisemun.gov.np
४७ आठराई गाउँपालिका तेहथुम गाउँपालिका aathraimun.gov.np
४८ छथर गाउँपालिका तेहथुम गाउँपालिका chhatharmun.gov.np
४९ फेदाप गाउँपालिका तेहथुम गाउँपालिका phedapmun.gov.np
५० मेन्छयायेम गाउँपालिका तेहथुम गाउँपालिका menchhayayemmun.gov.np
५१ भोटखोला गाउँपालिका संखुवासभा गाउँपालिका bhotkholamun.gov.np
५२ चिचिला गाउँपालिका संखुवासभा गाउँपालिका chichilamun.gov.np
५३ मकालु गाउँपालिका संखुवासभा गाउँपालिका makalumun.gov.np
५४ सभापोखरी गाउँपालिका संखुवासभा गाउँपालिका savapokharimun.gov.np
५५ सिलीचोङ गाउँपालिका संखुवासभा गाउँपालिका silichongmun.gov.np
५६ टेम्केमैयुङ गाउँपालिका भोजपुर गाउँपालिका tyamkemaiyummun.gov.np
५७ रामप्रसाद राई गाउँपालिका भोजपुर गाउँपालिका ramprasadraimun.gov.np
५८ अरुण गाउँपालिका भोजपुर गाउँपालिका arunmun.gov.np
५९ पौवादुङमा गाउँपालिका भोजपुर गाउँपालिका pauwadungmamun.gov.np
६० साल्पासिलिछो गाउँपालिका भोजपुर गाउँपालिका salpasilichhomun.gov.np
६१ आमचोक गाउँपालिका भोजपुर गाउँपालिका aamchowkmun.gov.np
६२ हतुवागढी गाउँपालिका भोजपुर गाउँपालिका hatuwagadhimun.gov.np
६३ माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बु गाउँपालिका dudhkoshimun.gov.np
६४ खुम्वु पासाङल्हमु गाउँपालिका सोलुखुम्बु गाउँपालिका khumbupasanglhamumun.gov.np
६५ थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बु गाउँपालिका thulungdudhkoshimun.gov.np
६६ नेचासल्यान गाउँपालिका सोलुखुम्बु गाउँपालिका nechasalyanmun.gov.np
६७ माहाकुलुङ गाउँपालिका सोलुखुम्बु गाउँपालिका mahakulungmun.gov.np
६८ लिखु पिके गाउँपालिका सोलुखुम्बु गाउँपालिका likhupikemun.gov.np
६९ सोताङ गाउँपालिका सोलुखुम्बु गाउँपालिका sotangmun.gov.np
७० खिजिदेम्बा गाउँपालिका ओखलढुंगा गाउँपालिका khijidembamun.gov.np
७१ चम्पादेवी गाउँपालिका ओखलढुंगा गाउँपालिका champadevimun.gov.np
७२ चिशंखुगढी गाउँपालिका ओखलढुंगा गाउँपालिका chishankhugadhimun.gov.np
७३ मानेभञ्याङ गाउँपालिका ओखलढुंगा गाउँपालिका manebhanjyangmun.gov.np
७४ मोलुङ गाउँपालिका ओखलढुंगा गाउँपालिका molungmun.gov.np
७५ लिखु गाउँपालिका ओखलढुंगा गाउँपालिका likhumunokhaldhunga.gov.np
७६ सुनकोशी गाउँपालिका ओखलढुंगा गाउँपालिका sunkoshimunokhaldhunga.gov.np
७७ ऐसेलुखर्क गाउँपालिका खोटाङ गाउँपालिका aiselukharkamun.gov.np
७८ रावा बेसी गाउँपालिका खोटाङ गाउँपालिका rawabesimun.gov.np
७९ जन्तेढुंगा गाउँपालिका खोटाङ गाउँपालिका jantedhungamun.gov.np
८० खोटेहाङ गाउँपालिका खोटाङ गाउँपालिका khotehangmun.gov.np
८१ केपिलासगढी गाउँपालिका खोटाङ गाउँपालिका kepilasgadhimun.gov.np
८२ दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ गाउँपालिका diprungmun.gov.np
८३ साकेला गाउँपालिका खोटाङ गाउँपालिका sakelamun.gov.np
८४ वराहपोखरी गाउँपालिका खोटाङ गाउँपालिका barahapokharimun.gov.np
८५ उदयपुरगढी गाउँपालिका उदयपुर गाउँपालिका udayapurgadhimun.gov.np
८६ ताप्ली गाउँपालिका उदयपुर गाउँपालिका taplimun.gov.np
८७ रौतामाई गाउँपालिका उदयपुर गाउँपालिका rautamaimun.gov.np
८८ लिम्चुङ्बुङ गाउँपालिका उदयपुर गाउँपालिका sunkoshimunudayapur.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

श्रोतः नेपाल सरकार काेशी प्रदेश काे सरकारी  वेवसाइट तथा अन्य अनलाइन संस्करण , तस्विर सामाजिक संजाल ।

लेखन तथा संकलन – चिनारी नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *