धनकुटा जिल्ला Dhankuta District

परिचय

कोशी प्रदेश  मा पर्ने धनकुटा जिल्ला नेपालको पुर्वि पहाडि जिल्ला हाे। धनकुटा जिल्लाको नामाकरण  धनकुटा कसरी रहन गयो भन्ने सम्वन्धमा  धनकुटाको सदरमुकाममा कागतेपोखरी अवस्थित छ । यो पोखरीको केही उत्तरमा डाँडाका दुई थुम्काहरु छन् । झलक्क हेर्दा यी थुम्काहरु ढिकीमा खामाहरु देखिने तथा कागतेपोखरी धानकुट्ने ओखल जस्तो लाग्ने र धानकुटेको जस्तो अनुभूति हुने हुँदा धानकुटा अर्थात “धनकुटा” रहेको हो भन्ने स्थानीय जनश्रुति छ । धनकुटा जिल्लाको  सदरमुकाम धनकुटा बजारमा पर्दछ ।

Photo of Dhankuta

ऐतिहासिक चिनारी

नेपाल एकीकरण हुनु अघि हालको धनकुटा जिल्लाको भू-भाग पल्लोकिराँत राज्य अन्तर्गत पर्दथ्यो । काठमाण्डौमा मल्ल राजाहरुको शासनकालको समयमा अथवा नेपालमा बाइसी चौविसी राज्य हुँदा धनकुटा भेगमा ‘हाङ’ को दर्जाबाट लिम्बूहरु राज्य गर्दथे । त्यसताका अरुणनदीको वारिपट्टी चौदण्डी पल्लोकिराँतका १७ थुममा बाह्रजना हाङहरु राज्य गर्दथे । नेपाल एकीकरण अभियानका क्रममा पल्लोकिराँतका १७ थुमहरु गोर्खाली सेनाले आफ्नो अधीनमा लिएपछि इ.स.१७७४ देखि श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ ।

Photo of Dhankuta

श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि.सं.१८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो । विभाजन अनुसार दूधकोशी पुर्व माझकिराँत तथा पल्लोकिराँत मेची सिमानासम्मको भू-भाग चैनपूर धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो । राणाकालका तेस्रो प्रधानमन्त्रीका रुपमा वि.सं. १९४२ साल तिर बीर शम्सेर भए । यिनैको कार्यकालमा शाहकालीन नेपालको १० जिल्लाहरुलाई बत्तीस जिल्लामा विभाजन गरियो । यसै समयदेखि जिल्लाहरुको स्वरुपमा एकरुपता आएको र सामान्य परिवर्तन वाहेक राणाकालको अन्त्यसम्म जिल्लाहरुको त्यही स्वरुप रहेको देखिन्छ ।

Photo Dhankuta

पहाडी बीस जिल्लाहरुमा साधारणतया एक जना वडाहाकिम रहने व्यवस्था लागु गरियो । तर ति बीस जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लाहरुलाई बिशेषस्थान प्राप्त भयो । पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौंडा बनाइयो । धनकुटा गौंडा वडाहाकिमको अधीनमा पूर्व १ नम्वर, २ नम्वर, ३ नम्वर, ४ नम्वर, इलाम र धनकुटा गरी ६ जिल्ला पर्दथे । त्यस समयको धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो । हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर र धनकुटा गरी ५ जिल्लाको भू-भाग त्यस वखत धनकुटा १ जिल्लाको रुपमा थियो ।

Dhankuta

Dhankuta

धनकुटा गौंडा बनाइएको कारणले पूर्व क्षेत्रको धनकुटा जिल्ला शाहकालको जस्तै ठूलो प्रशासनिक केन्द्र भयो । २०१९ सालमा नेपाल अधिराज्यलाई १४ अञ्चल, ७५ जिल्लामा बिभाजन गरिएपछि छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङपहाड, चौविसे र झलहरा गरी छथुमहरु गाभेर धनकुटा जिल्ला बनाइयो । चौध अञ्चल ७५ जिल्ला विभाजन हुँदा साविकमा धनकुटा जिल्लाले चर्चेको भू-भाग पाँच जिल्लामा बाँडिएपछि हालको धनकुटा जिल्ला ६ वटा थुमहरु मिलेर बनेको सानो भू-भागमा सीमित रह्यो ।२०७८ सालको जनगणनाअनुसार यस जिल्लाको जनसंख्या १५०,५९९ रहेको छ ।

Dhankuta

भाैगाेलीक अवस्थिती

भौगोलिक स्थिति अनुसार धनकुटा जिल्ला २६ डिग्री ५३’ देखि २७ डिग्री १९’ उत्तर अक्षांश र ८७ डिग्री ८’ देखि ८७ डिग्री ३३’ पूर्वी देशान्तर भित्र पर्दछ । यसको जम्मा क्षेत्रफल ८८७.७ वर्ग कि.मि. छ । नेपाल सरकारको नापी विभाग बाट सन् १९९५ मा प्रकाशित नक्सानुसार यस जिल्लाको भु–धरातलीय स्थिति समुन्द्र सतहबाट १२० मिटर देखि २७०२ मिटर सम्मको उचाईमा रहेको छ ।

Dhankuta Mandir

 

हिमालयबाट उत्पत्ति भई दक्षिण पश्चिम तर्फ बग्दै आएको तमोर नदी जिल्लाको अर्ध दक्षिण भागमा पर्छ भने चीनको तिब्बतबाट बगेर आएको अरुण नदी पश्चिम सिमाना पनि हो । पूर्व तर्फ तेह्रथुम र पाँचथर जिल्ला, पश्चिम तर्फ भोजपुर र उदयपुर जिल्ला,उत्तर तर्फ संखुवासभा, दक्षिण तर्फ सुनसरी र मोरङ्ग जिल्लाहरु पर्दछन् ।

Dhankuta Photo

धार्मिक तथा प्राकृतिक सम्पदाहरू

यहाँ समष्टिगत रुपमा उष्ण प्रदेशिय (२५%) उपोष्ण प्रदेशिय (५०%) र शीतोष्ण प्रदेशीय (२५%) हावापानी पाईन्छ । साङ्गोरी योग (साँगुरी गढी), बोधे गढी, राजारानी ताल, ध्वजेडाँडा, भेडेटार, अजङ्गको रुख, हिलेबजार छिन्ताङको सहिद पार्क आदि ऐतिहासिक तथा पर्यटकीय महत्वका ठाउँहरु हुन् भने धार्मिक तथा पर्यटकीय दृष्टिकोणले जाल्पा देवी, निशान भगवती, विश्रान्ति, पाथीभारा देवी, नागेश्वर महादेव, चतुर्बाहु बिष्णु मन्दिर, मधुगंगा महादेव स्थान, मार्गाथान हुन् । यस जिल्लाको छिन्ताङ ‘जाल्पा देवी मन्दिर’ एक महत्वपुर्ण र प्रख्यात मानिन्छ ।

Dhamkuta

                                                                      निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

नेपाल  सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले  संघीय संरचना अनुसार धनकुटा जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा ७ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा  ३ वटा नगरपालिका र ४ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।

जिल्लाः धनकुटा

१.    नामः पाख्रीबास गरपालिका

कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लामा पाख्रीबास नगरपालिका पर्दछ । यो नगरको पुर्बमा छथर जोरपाटी गाउपालिका र धनकुटा नगरपालिका, पश्चिममा भोजपुर जिल्ला, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा सहिदभुमी गाउपालिका रहेको छ । यो नगरपालिकाको केन्द्र पाख्रीबास बजारको जालपादेबी मन्दिर छेउमा रहेको छ । यो नगरपालिका महाभारत पर्बत श्रेणीको उत्तरमा समुन्द्र सतहबाट २०० मीटर मुगाखोलाको दोभान देखि १८५२ मिटरको राम्चे डाडा उचाईमा रहेको छ । यो नगरपालिकाको कुल क्षेत्रफल १४४.२९ बर्ग किलोमिटर र जनसंख्या १९१०४ रहेको छ ।

बिगतमा यस पाख्रीबासमा बाटो हिड्ने बटुवाहरुलाई बास बस्ने उचित प्रबन्ध थिएन । त्यसैले बटुवाहरु पाखरी वापाकरी नामक रुखको फेदमाबास बस्ने गर्थे । पाखरी वापाकरी रुखको फेदमाबास बस्ने ठाउ भएकाले पाखरी वापाकरीवास भन्न थालियो । कालन्तरमा त्यही शब्द अपभ्रम्स भई पाख्रीबास भएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । मिति २०७१ सालमंसिर १६ साबिक पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगालाई समाबेस गरी पाख्रीबास नगरपालिका घोषणा भएको र मिति २०७३ साल फागुन २७ गते पुन चुङवाङ गा.बि.स.लाई समाबेस गरी संघीय शासन ब्यवस्था बमोजिमको पाख्रीबास नगरपालिका घोषणा गरीयो ।

पाख्रीबास नगरपालिका क्षेत्रमा मानब बसोबासका तथा खेतीपातीका लागि अनुुकुल हावापानी रहेको छ । धरातलीय स्वरुपले प्रभाब पारेको यस क्षेत्रमा भिन्न उचाईमा फरक फरक किसिमको हावापानी पाइन्छ । खास रुपमा यहाँको हावापानी समसितोष्ण प्रकारको छ । तर पाख्रीबासको बेसी तथातल्लो पहाडी क्षेत्रमा उष्ण, मध्य पहाडी क्षेत्रमान्यानो समसितोष्ण र माथिल्लो पहाडी क्षेत्रमा ठण्डा समसितोष्ण हावापानी पाइन्छ । यहाँको ग्रिस्मऋतुको औषततापक्रम २३.८३ डिग्री सेल्सियस र हिउद ऋतुको औषत तापक्रम ११.६८ डिग्री सेल्सियस देखिन्छ ।

केन्द्रः साविक पाख्रीबास नगरपालिका कार्यालय

जनसङ्ख्याः १९१०४

क्षेत्रफलः १४४.२९  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पाख्रीबास

पाख्रीबास

२,३

पाख्रीबास

५,६

पाख्रीबास

पाख्रीबास

७-९

पाख्रीबास

१०-१२

पाख्रीबास

१३

पाख्रीबास

१४,१५

चुङवाङ

१,२,६

१०

चुङवाङ

३-५,७-९

 २.    नामः धनकुटा नगरपालिका

केन्द्रः साविक धनकुटा नगरपालिका कार्यालय

जनसङ्ख्याः ३५९८३

क्षेत्रफलः १११  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धनकुटा

धनकुटा

१०-१२

धनकुटा

धनकुटा

धनकुटा

धनकुटा

३,६

धनकुटा

धनकुटा

८,९

धनकुटा

१४,१५

१०

धनकुटा

१३

 ३.    नामः महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगरी हो । महालक्ष्मी नगरपालिकाको नामाकरण दुईवटा खोलासँग जोडिएको छ । नगरको मध्यभागबाट बग्ने लक्ष्मी खोला र दक्षिणी सीमाना भई बग्ने महामाया खोलाको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ । लक्ष्मी खोलाको मुहान महालक्ष्मी– १ मा रहेको चित्रेबजारबाट शुरु भई अरुण नदीमा मिसिन्छ । महामाया खोलाको मुहान पट्टेक डाँडाबाट सुरु भई अरुण नदीमा मिसिन्छ । लक्ष्मी खोला र महामाया खोलामा भक्तजन पूजा गर्ने, पाती चडाउने, वर माग्ने प्रचलन रहेको छ । स्थानीय स्तरमा, खोलामा पुजागरी वर मागे प्राप्त हुने विश्वास रहेको    छ ।

चर्चित दुई खोलाको संयुक्त नामबाट नगरपालिकाको नामाकरण गरिएको पाइन्छ । पूर्वी नेपालको कोशी प्रदेश मा अवस्थित धनकुटा जिल्ला राजनैतिक दृष्टिले कहलिएको छ । महालक्ष्मी नगरपालिका पनि यो मामिलामा कम छैन । भौगोलिक अवस्थिति उत्तरी गोलार्धमा रहेको छ । अक्षांशको अध्ययन गर्दा २६ डिग्री, ३५ मिनेट देखि २७ डिग्री १९ मिनेट उत्तरी अक्षंश रहेको छ । देशान्तरको अवस्था हेर्दा ८७ डिग्री ८ मिनेट देखि ८७ डिग्री ३३ मिनेट (स्थानीय तह पुनःसंरचना आयोग) पूर्वी देशान्तरमा अवस्थित रहेको छ । जनसांख्यिक अवस्थालाई हेर्दा राष्ट्रिय जनगणना, २०७८ अनुसार २२१८२ रहेको छ । नगरको क्षेत्रफल १२६.३ वर्ग.कि.मि रहेको छ । जनघनत्व १९७ जना रहेको छ ।

राष्ट्रियस्तरको तुलनामा बढी रहेको छ । नगरक्षेत्रको भौगोलिक संरचना हेर्दा धनकुटा जिल्लाकै सवैभन्दा अग्लो ठाउँ पटेकडाँडा, २६९६ मि., सवैभन्दा होचो स्थान, दमारवेशी २५० मि. औषत उचाई १४७३ मि. रहेको छ । तापक्रमको अवस्था अधिकतम २३.८३ सेन्टीग्रेड, न्यूनतम ४.४६ सेन्टीग्रेड, औषत १४.१५ सेन्टीग्रेड (ग्राम पाश्र्वचित्र) रहेको छ । मूलतः उष्ण कटिवन्धीय, न्यानो उपोषण, ठण्डा समशितोषण हावापानी पाइन्छ । यो क्षेत्रमा वर्षा पर्याप्त मात्रमा हुनेगरेको छ । अधिकतम वर्षा ४६८.९ मिलिमिटर, न्यूनतम फाटफूट हुनेगरेको छ । औषत वर्षा २३४.५ मिलिमिटर हुनेगरेको छ ।

महालक्ष्मी नगरपालिकाको प्रशासनिक केन्द्र जितपुर बजारमा रहेको छ । कुल नौवटा वडामा विभाजन भएको छ । नगरपालिकाबाट प्राप्त हुने अधिकांश सेवा÷सुविधा वडाबाट प्रवाह हुन शुरु भएको छ । नगरपालिकाको पूर्वी सीमाना, तेह«थुम जिल्ला, पश्चिम भोजपुर जिल्ला÷अरुण नदी, उत्तर संखुवासभा जिल्ला, दक्षिण पाख्रीवास गरपालिका, छथर गाउँपालिका (महामाया खोला) रहेको छ ।

केन्द्रः साविक अर्खौले जितपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२१८२

क्षेत्रफलः १२९.३९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मारेककटहरे

१-५

मारेककटहरे

६-९

डाँडागाउँ

१-९

चानुवा

१-९

लेगुवा

४,६-८

लेगुवा

१-३,५,९

अर्खौले जितपुर

१-७

अर्खौले जितपुर

८,९

मुर्तिढुङ्गा

१,६,९

मुर्तिढुङ्गा

२-५,७,८

 ४.    नामः साँगुरीगढी गाउँपालिका

साँगुरीगढी नेपालको काशी प्रदेश अन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँपालिका हो । नेपाल सरकारले साविकका बुढीमोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, भेडेटार, महाभारत र आहाले गाँउ विकास समितिहरुलाई समायोजना गरी साँगुरीगढी गाँउपालिका बनाएको हो । यस गाँउपालिकाको कुल क्षेत्रफल १६६.४४ बर्ग किलोमिटर र कुल जनसंख्या १९५६१ रहेको छ । १० वडामा विभिजित यो साँगुरीगढी गाँउपालिकाको भेडेटार बजार क्षेत्र यहाँको रमणीय स्थलको रूपमा प्रख्यात छ ।

केन्द्रः साविक भेडेटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १९५६१

क्षेत्रफलः १६६.४४ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बुढीमोरङ

१,६-८

बुढीमोरङ

२-५,९

खुवाफोक

१-९

फाक्सिव

१-९

डाँडाबजार

१-९

भेडेटार

१-९

महाभारत

१-४

महाभारत

५-९

अहाले

३,५-८

१०

अहाले

१,२,४,९

 ५.    नामः खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका

नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते गरेको स्थानीय तहहरुको घोषणामा साविक छिन्ताङ, खोकु र आँखिसल्ला गाविसहरुलाई समेटेर यस खाल्साछिन्ताङ सहीदभूमि गाउँपालिकाको स्थापना भएको हो। जननिर्वाचित प्रतिनिधिहरुको प्रथम गाउँसभाले यस गाउँपालिकाको नाम संशोधन गर्ने सिफारिस गरे बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार मिति २०७४/०९/२४ गते नेपाल राजपत्रमा “सहिदभूमि” नाममा प्रकाशन भए पछि सोही नाम कायम भएको छ । ९९.५५ वर्ग कि.मी. क्षेत्रफल रहेको छ । हाल यसको केन्द्र साविक खोकु गाविसको पिप्लेलाई तोकिएको छ । अरुण र तमोर नदी तथा मार्गा पोखरीले घेरिएको यस गाउँपालिकाको पूर्वमा धनकुटा न.पा., पश्चिममा उदयपुर,सुनसरी र भोजपुर जिल्ला, उत्तरमा पाख्रीवास न.पा. र दक्षिणमा साँगुरीगढी गाउँपालिका रहेको छ ।

केन्द्रः साविक खोकु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७७६७

क्षेत्रफलः  ९९.५५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

छिन्ताङ

८,९

छिन्ताङ

५-७

छिन्ताङ

१-४

खोकु

१-५

खोकु

६-९

आँखिसल्ला

३-८

आँखिसल्ला

१,२,९

  ६.    नामः छथर जोरपाटी गाउँपालिका

छथर जोरपाटी गाउँपालिका नेपालको धनकुटा जिल्लाको मध्यपुर्वी भागमा पर्दछ । प्राचिनकालमा नै कोशी नदीको पुर्वी भागमा किरात देशका नामले परिचित थियो, पछि ई.सा. ६०० तिर बृहत्तर किरात कोशीको पूर्व लिम्बुवान र पश्चिमतर्फ खुम्बुवानमा विभत्त भयो । प्राप्त विवरण अनुसार दश भाइ लिम्बुहरूले आपसमा मिलेर दश ओटा गाउँमा शासन गर्न थाले । तिनिहरूमा साम्लुल्पी साम्बाहांगको तम्मोर, ताम्पेसो पेरूङहाग्ङको तेह्रथुम, धकतोक्सो आङ्वोहाङ्गको आठराई, सेङसेन गुमको फेदाप, तिन्दोलुंग सोक्पाहांगको यांगरूप थुम, सिसिथेन सेरिंग हांगको पाँचथर, ताक्नुगं खजुमहांगको छथर, मुंगताइची इमहांगको इलाम र सैयाक लादो हांङको चौबिस राज्यहरू भए भनिएको छ । तत्काल छथर क्षेत्र तमोरदेखि अरूणसम्म तथा लम्बुखोलादेखि नुवोखोला सम्म फैलिएको देखिन्छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलिय, तांखुवा, हात्तिखर्क र परेवादिनका मुख्य वासिन्दा पनि छथरेहरू नै हुन । तत्कालिन वृहत छथर समेत विभिन्न स्थानीय तहमा विभाजित छ । छथरको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइन्छन्  जस्तै लडाइ लामो समय थाम्यो भन्ने अर्थमा थगंथरूबाट अप्रभंस भइ छथर भएको , त्यसै गरी यस क्षेत्रमा ६ वटा ६ वटा थर भएका लिम्वुहरूको वसोवास क्षेत्र भएकाले छथर भनिएको र पछि राणाकालमा कर असुल्नका लागि पुर्वि नेपाललाई विभिन्न थरमा विभाजन गरी १७ ओटा  डाँडालाई ६ थुम वनाई यही ६ थुम बाट छथर रहन गयो भन्ने भनाइ समेत छ । यस गाउँपालिका नेपालको संविधान वमोजिम बि.सं. २०७३ सालमा स्थापना भएको हो । यस गाउँपालिकामा साविक परेवादिन, ताङखुवा, हात्तीखर्क, र तेलिया  गाबिसका भूभागहरु गाभिएका छन् ।

केन्द्रः वडा नं . २ जोरपाटी बजार आसपास

जनसङ्ख्याः १६४५६

क्षेत्रफलः १०२.८३  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हात्तिखर्क

१-६

हात्तिखर्क

७-९

तांखुवा

८,९

तांखुवा

१-७

तेलिया

१-९

परेवादिन

१-४,८,९

परेवादिन

५-७

 ७.    नामः चौबिसे गाउँपालिका

यो चौविसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । यस गाउँपालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक राजारानी गा.वि.स.को केन्द्र राजारानी बजार (पाटी बजार) लाई कायम गरिएको छ । यस गाउँपालिका अन्तर्गत समेटिएका ७ गा.वि.स.हरु छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार हुन् ।

साविक कुरुले तेनुपा गा.वि.स.लाई २ वटा वडा र अरु सबै गा.वि.स.लाई १/१ वडा कायम गरी यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ । यस गाउँपालिका २६°५०’५८” देखि २६°५९’१५” उत्तरी अक्षांश र ८७°२४’१४” देखि ८७°३४’३९” पूर्वी देशान्तरमा अवस्थित मध्य पहाडी प्रदेशमा पर्दछ । याे गाउँपालिकाको भूभागको उचाइ समुद्री सतहदेखि २५० मिटर देखि २३५० सम्म रहेकाे छ । यसको क्षेत्रफल १४७.६ वर्ग कि.मि. रहेको छ भने जनसंख्या १७६७७ रहेको छ ।

केन्द्रः साविक राजारानी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७६७७

क्षेत्रफलः १४७.६०  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

छ नं बुधबारे

१-९

मुढेवास

१-९

कुरुलेतेनुपा

२,५-७,९

करुलेतेनुपा

१,३,४,८

बोधे

१-९

राजारानी

१-९

मौनावुधुक

१-९

बसन्तटार

१-९

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला समन्वय समिति धनकुटा । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले धनकुटा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

2 thoughts on “धनकुटा जिल्ला Dhankuta District”

  1. धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको परिचयमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको विवरण परेको छ।

    1. तपाइको सुझाव अनुसार हामिले हाम्राे लेखमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
      चिनारी नेपाल ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *