Photo of Sunsari

सुनसरी जिल्ला Sunsari District

परिचय

 संघिय संरचना अन्तर्गत प्रदेश नं. १ का जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला सुनसरी जिल्ला हो । याे जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह ,जल्पापुर हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ ।

Photo of Sunsari
सुनसरिका स्थानीय व्यापारी तस्विरः सामाजीक सञ्जाल

यस जिल्लाको पुर्वमा मोरङ्ग, पश्चिममा सप्तरी र उदयपुर जिल्ला उत्तरमा धनकुटा जिल्ला पर्दछ भने दक्षिणमा भारतको विहार प्रान्तसँग जोडिएको छ । यस जिल्लाको उत्तरी खण्डमा महाभारत पर्वत अन्तर्गतका पहाडहरु पर्दछन् भने मध्य भागमा भावर प्रदेश र दक्षिणि भागमा समथर मैदान पर्दछन् । यो जिल्ला पुर्व पश्चिम साँगुरो चौडाइ भइ उत्तर केहि साँगुरिएर क्रमशः फुक्दै लम्बाई दक्षिणतर्प फैलिएको छ ।

सुनसरी जिल्लाको भाैगोलिक अवस्थिती

१२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा  ९,२६,९६२ मानिसको बसोबास रहेको छ । यस जिल्लामा पक्की सडक १९५ कि.मि., ग्राभेल ३९९ कि.मि. र कच्ची सडक ६५७.५ कि.मि. रहेको छ । अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। समग्रमा यस जिल्लाको भाैगोलिक अवस्थितीलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

  • अ‌‌क्षांशः २६0  २३” उत्तरदेखि २६‍0 ‌‌ ५५” उत्तरसम्म
  • देशान्तरः-८७ ‌ ५” पूर्वदेखि ८७0  १६” पूर्वसम्म।
  • सिमाना: पूर्व  मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्ला र उदयपुर जिल्ला (सप्तकोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार), र दक्षिण भारतको विहार राज्य पर्दछ।
  • क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
  • औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
  • औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
  • भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
  • स्थानीय निकायः जिल्लामा २ वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका पर्दछ ।
Photo of Sunsari
तस्विरमा सुनसरी जिल्लाको भाैगोलिक अवस्थिती

सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गरिएको छ ।

हावापानी

यस जिल्लाको हावाहावापानी उष्ण मनसुनी रहेको छ । हावापानीमा खासै धेरै उतारचढाव रहेको पाईदैन । तर गर्मियाममा धेरै गर्मी र जाडो मौसममा सितलहर चलेको अवस्थामा वाहेक केही मात्रामा ठन्डा हुन्छ । यस जिल्लाको औषत अधिकतम तापक्रम र न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन ।

सुनसरी जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू

सुनसरी जिल्लामा रहेका प्रमुख धार्मिक क्षेत्रहरूमा बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, पंचकन्या, बिष्णुपादुका,  प्राचिन हरिद्वार चतारा धाम आदी हुन ।

Photo of Sunsari

पञ्चकन्या मन्दिर तस्वीरः Everythingnepal

सुनसरी जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरू

सुनसरी जिल्लामा रहेका प्रमुख पर्यटकिय क्षेत्रहरूमा चिमडी दह, भेडेटार, ठिगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ठ विज्ञान केन्द्र ।

Photo of Sunsari

कोशिटापु वन्यजन्तु आरक्षण केन्द्र तस्वीरः Everythingnepal

वराह क्षेत्र सुनसरी
वराह क्षेत्र सुनसरी तस्वीरः Everythingnepal
 सुनसरी जिल्लामा रहेका प्रमुख नदी ताल तलैयाहरू

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी,  कोकाहा,  सुनसरी , बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन् ।

Photo of Sunsari

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।

स्थानियतहको विभाजन

नेपाल  सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले  संघीय संरचना अनुसार सुनसरी जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा १२ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा २ वटा उप महानगरपालीका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।

१.    नामः ईटहरी उपमहानगरपालिका

पुर्वाञ्चलको मुटु इटहरीको नामाकरण बारे खोज्दै जांदा यहांको आदिवासी चौधरी थारु हरुको बोलिचालीबाट यस ठांउको नामाकरण भएको बुढापाकाहरु बताउंछन। पुर्वाद्धदेखि नै यस ठांउमा ईटाको प्रयोग विभिन्न्ा प्रयोजनका लागी हुदै आएको थियो। त्यसैताका राणा शासनको समयमा शान्ति सुरक्षार्थ थाना, चौकी राखी अपराधीहरुलाई सजाय दिने नियतले ईट र काठ मिलाएर बनाइएको तुरुङ्ग खुट्टालाई चेपुवा भित्र राखेर सजाय दिने एक साधन निर्माण गरिएको थिए। यहांको आदीवासी चौधरीहरुको भाषामा ईट्टालाई ईट, र काठ लाइ हरी भनिने भएकोले उक्त इट र हरी मिलेर इटहरी नामाकरण रहन गएको बुढापाकाहरु बताउछन । मिति २०७१।८।१६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार इटहरी नगरपालिका ,खनार गा.वि.स,पकली गा.वि.स,एकम्बा गा.वि.स र हासपोसा गा.वि.स मिलेर इटहरी उप-महानगरपालिका घोषित भएको थियो |

भाैगाेलीक अवस्थिती

अक्षांश :२६.६२ देखि २६.७४

देशान्तर :८७.२३ देखि ८७.३२

रितिरिवाज धर्म संस्कृती र पर्यटकि स्थल

  • किराँत, हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चीयन आदि
  • मुख्य जातजातीहरु : ब्रामण, क्षेत्री, नेवार, राई लिम्बु, थारु, गुरुङ्ग, तामाङ्ग, मुसहर, मुसलमान सार्कि, दमाई, कामी, सेर्पा, मल्लिक(डुम), चमार आदि
  • मुख्य चार्डपर्व र मेलाः चाडपर्वः वडादशैं, भाइटिका, तीज, होली, श्रीकृष्णा जन्म अष्टमी, बुधपूर्षिमा, ल्होसार, छैट, रामनवमी, इद, वकरिद, रमजान, उभौली, उध्ौली, महपूजा, सिठीनखः आदि
  • जात्राहरुः सिरुवा मेला (कचना महादेव इटहरी ४), जितिया, चौठी चाँन्द, एकादशी, गोठाले, सुखराती
  • (दिवाली), सिरुवा, होली
  • तालतलैयाः इटहरी वडा नं.२ र ३ को सिमानामा पर्ने प्राकृतिक मनोरम तालतलैयाहरु रहेका छन्।
  • काव्यबाटीका : इटहरी वडा नं. ५ मा रहेको कलात्मक भ्रमण स्थाल।
  • मेचीकाली पोखरीः इटहरी नगरपालिकाको प्राङ्गणमा रहेको यस पोखरीको वीचमा रहेको सिसमहल अनौठो प्राकृतिक दर्शनीय स्थल छ। डुंगा विहार सशुल्क माछा मार्न पाउने ब्यवस्था यसका थप विशेषता हुन।
  • कृष्ण प्रणामी धार्मीक वनः बुढीखोलाको किनारमा अवस्थित, कृष्ण प्रणामी मन्दिर धार्मीक वन एकपटक दर्शनीय छ। मानव धर्म सेवा मन्दिर, आइतबारे बप्तिस चर्च,
  • तरहरा कृषि फर्मः ब्यवस्थित कृषि प्रणालीका लागि हेर्नलायक स्थल।
  • मठमन्दिर : कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर, तलाउ भित्रको बुढासुब्वा मन्दिर,

मौसमः उष्ण मनसुनी हावापानी

  • तापक्रम अधिकतम २० ं देखी ३८ ं से48टीग्रेड र न्यूनतम १९ ं देखी २४ ं सेण्टीग्रेड
  • बार्षिक सरदर बर्षा २१० से.मी. प्रतिबर्ष

मौसमः उष्ण मनसुनी हावापानी

  • तापक्रम अधिकतम २० ं देखी ३८ ं से48टीग्रेड र न्यूनतम १९ ं देखी २४ ं सेण्टीग्रेड
  • बार्षिक सरदर बर्षा २१० से.मी. प्रतिबर्ष

बोलिने मुख्य भाषाहरु : नेपाली, थारु, मैथिली, राई, लिम्बु, नेवारी, तामाङ्ग, सुनुवार, हिन्दी

केन्द्रः साविक ईटहरी उपमहानगरपालिका कार्यालय

जनसङ्ख्याः १९७२४१

क्षेत्रफलः  ९३.७८ (वर्ग कि.मि.)

वडा संख्याः २०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ईटहरी

२१,२६

ईटहरी

ईटहरी

ईटहरी

ईटहरी

ईटहरी

ईटहरी

ईटहरी

ईटहरी

१०

ईटहरी

१०

११

ईटहरी

११

१२

ईटहरी

१२

१३

ईटहरी

१३,१४

१४

ईटहरी

९,१५

१५

ईटहरी

१६

१६

ईटहरी

१७,२०

१७

ईटहरी

१९,२२

१८

ईटहरी

१८

१९

ईटहरी

२३,२५

२०

ईटहरी

२४

 २.    नामः धरान उपमहानगरपालिका

महाभारतकालीन ईतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको ईतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको किंवदन्ती र दन्तकाली मन्दिरको अवस्थिति एवं ५०० वर्ष पहिले बंगालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरुबाट यो स्थान पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ । हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।

विजयपुरमा धेरै अघि देखि बसोबास भएको भएता पनि वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।

सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतको केहि केहि क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएकोमा २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गा.वि.स.लाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गा.वि.स.लाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि धरान नगरपालिकालाई उपमहानगरपालिका घोषित गरिएको हो ।  संघीय पुनर्संरचना आयोगको निर्णयानुसार वर्तमान धरान फेरि २० वटा वडामा पुनर्संरचित भएको छ।

विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना नगरपालिका बन्न प्रयासरत छ ।

केन्द्रः साविक धरान उपमहानगरपालिका कार्यालय

जनसङ्ख्याः १,६६,५३१

क्षेत्रफलः  १९२.३२ (वर्ग कि.मि.)

वडा संख्याः २०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धरान

१,४

धरान

२,६

धरान

धरान

२०,२१

धरान

२२

धरान

२३

धरान

धरान

धरान

१०

धरान

१०

११

धरान

११

१२

धरान

५,१२

१३

धरान

१३

१४

धरान

१४

१५

धरान

१५

१६

धरान

१६

१७

धरान

१७,२७

१८

धरान

१८

१९

धरान

१९

२०

धरान

२४-२६

 ३.    नामः इनरुवा नगरपालिका

इनरुवा नगरपालिका नेपालको कोशी प्रदेश अन्तरगत सुनसरी जिल्लाको सदरमुकाममा अवस्थित रहेको छ । यो नगरपालिकाको क्षेत्रभित्र तत्कालिन महेन्द्र राजमार्ग र हाल पूर्व – पश्चिम लोकमार्गको करीब ७ कि.मि.लम्बाइ रहेको छ।भौगोलिक सिमाङ्कन अनुसार पूर्वमा गढी र पश्चिममा भोक्राहा नरसिंह गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका तथा दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको छ । यो नगरपालिकालाई राजनीतिक हिसाबले १० वटा वडाहरूमा विभाजन गरिएको छ । यस जिल्लामा रहेका ६ वटा नगरपालिकाहरूमध्ये इनरुवा एक हो भने अन्य नगरपालिकाहरूमा धरान र इटहरी उपमहानगरपालिका, रामधुनी, दुहबी, बराहक्षेत्र हुन् ।राज्य पुनर्संरचना भए पश्चात मिति २०७३/११/२७ बाट इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (स्थानीय सरकार) को रुपमा रहेको छ ।

केन्द्रः साविक इनरुवा नगरपालिका कार्यालय

जनसङ्ख्याः ७४९१४

क्षेत्रफलः ७७.९२  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

इनरुवा

१,२

इनरुवा

७,८

इनरुवा

३,५

इनरुवा

४,६

इनरुवा

९,१०

मधेशा

१-९

चाँदबैला

१-९

डुम्राहा

२,७-९

बबिया

१-९

१०

जल्पापुर

१-९

  ४.    नामः दुहवी नगरपालिका

दुहवी नगरपालिका नेपालका ७ प्रदेश मध्ये काेशी प्रदेश  को सुनसरी जिल्लामा अवस्थित छ । नेपाल सरकार (मन्त्रि परिषदको) को मिति २०७१/०१/२५ को निर्णयानुसार गठित आयोगबाट घोषणा भएको दुहबी भलुवा नगरपालिकाले ३३.४४ वर्ग किलोमिटर ओगटेको थियो । नेपाल सरकार स्थानीय तह निर्धारण आयोगको २०७३ फाल्गुनको निर्णय अनुसार सुनसरी जिल्लाका अन्य गा.वि.स. सोनापुर, सिमरिया, तनमुना र पुर्वकुशाहा समेतलाई मिलाएर कुल ७६.६७ वर्ग किलोमिटर क्षेत्रफल कायम गरिएको छ  । २०७८ सालको जनगणना अनुसार दुहवी नगरपालिकामा ३२,७९७ जना पुरुष र ३३,२७७ जना महिला गरी कुल जनसंख्या ६६,०७४ जना रहेको छ ।

पुर्वमा मोरङ जिल्लाको बुढीगंगा गाउंपालिकासंग सिमाना जोडिएको छ भने पश्चिममा गढी गाउंपालिका, उत्तरी भागमा इटहरी उपमहानगरपालिका र दक्षिणी भागमा बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका रहेको छ । भौगोलिक अवस्थितिका हिसाबले यो नगरपालिका ८७१२’२७” देखि ८७१७’५४” पूर्वी देशान्तर र २६२९’१५” देखि २६३७’११”उत्तरी अक्षांशसम्म लगभग केराको पात जस्तो आकारमा फैलिएको छ । १२ वटा वडाहरुमा विभाजित यस नगरपालिकाको उत्तरतर्फ अग्लो र दक्षिणतर्फ क्रमशः पानिढलो छ । उत्तरतर्फको अग्लो भागबाट उत्पति भएका स-साना खोल्साहरु मिलेर निर्माण भएका बुढी खोला,  टेग्रां खोला, धनुष्ना खोला आदि दक्षिण तर्फ बगेको छ । भौगोलीक परिवेशमा यो नगरपालिका त्यति धेरै विषम अवस्थितिमा नभए पनि बुढी खोला र अन्य स-साना खोला र खोल्साको पृष्टभूमिमा अवस्थित भएका कारण यहाँ स्थानीय स्तरका विविधताहरु देखिन्छन् ।

केन्द्रः साविक दुहवी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६६०७४

क्षेत्रफलः ७६.६७  (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दुहवी

१,२

दुहवी

३,१०

दुहवी

दुहवी

दुहवी

६,७

दुहवी

८,९

दुहवी

११-१४

सोनापुर

१-३

सोनापुर

४-९

१०

सिमरीया

१-९

११

तनमुना

१-९

१२

पूर्व कुशाहा

१-९

 ५.    नामः रामधुनी नगरपालिका

किम्बदन्ती अनुसार त्रेतायुगमा रामचन्द्र वनबास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ। रामचन्द्रको पाउ स्पर्स भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले रामचन्द्रले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विगुत(खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो। रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ। यसदेखि बाहेक रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनीवाली बसेको जनश्रुति पनि छ। रामधुनी सुनसरी जिल्लाको साविक सिंगीया गा.वि.स. वडा नं. २ मा पर्दछ । सुनसरीको झुम्का बजारदेखि करिब ७ कि.मी. पश्चिममा पर्ने धुनिवनमा अवस्थित रामधुनिमा भगवान रामले धुनि जगाएको भन्ने धार्मिक विश्वास छ । तर ऐतिहासिक खोजीका आधारमा त्यस स्थानमा सर्वप्रथम वनखण्डी वावाले धुनि जगाएर साधना गरेका थिए । उनको समय करिब ३०००  वर्ष अगाडितिरको मानिएको छ।

रामधुनिमा मुख्य रूपमा धुनिमन्दिर र दरवार मन्दिर छन्। धुनिमन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ। यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ। त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ। धुनिवन सुनसरी खोलाको किनारमा छ , जसको क्षेत्रफल करिव १००० विगाहा छ। एउटा किंवदन्तीमा वनखण्डी वावाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए भनिन्छ। रामधुनी र धरान पिण्डेश्वरको एक आपसमा सम्बन्ध रहेको पाइन्छ। पिण्डेश्वरको अखण्ड ज्योती निभेमा रामधुनिको आगो लगेर बाल्नु पर्दछ भने रामधुनिको निभेमा पिण्डेश्वरबाट ल्याएर त्यहाको मूढा सल्काउनु पर्छ भन्ने मान्यता छ।

पिण्डेश्वरका बाघम्बर र चिताम्बर, रामधुनिका वनसखण्डी तथा चतराका औलियाबाबा समकालिन थिए भनिन्छ। उनीहरूका बारेमा कैयौ प्रकारका चमत्कारी कथाप्रसंगहरू समेत जोडिएका छन रामधुनि धार्मिक पर्यटनमात्र नभएर फिसिङ्ग, जंगलसफारी, नौकाशयर, वर्ड वाचिङ्ग र जलक्रिढा पर्यटनका लागि समेत महत्वपूर्ण छ। कोशीनदी र कोशी टप्पु वन्यजन्तु आरक्ष चतरा र वराहक्षेत्र यस स्थानबाट नजीकै पर्दछन्। रामधुनिलाई एउटा पार्कका रूपमा समेत विकास गर्न सकिने संभावना छ। यस बाट उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन भई स्थानीय मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन समेत सहयोग पुग्ने देखिन्छ।

 “भादगाउ” (हाल वर्डा नं. २ मा पर्ने पुरानो भादगाउ) र सिनुवारी गाउ (हालको वर्डा नं. ६ मा पर्ने गाउ) को विचमा साविकको गाउ पञ्चायतको कार्यलय रहदा दुवै नाउलाई समावेश गरी “भादगाउ सिनुवारी” नामाकरण गरिएको यस गा.वि.स. लाई आधुनिक अवस्थामा “झुम्का” भनेर चिनिन्छ । करिब २०२५-२६ साल तिर महेन्द्र राजमार्गको निर्माणको क्रममा हालको बजार क्षेत्रमा बयरका बुट्यानहरु थिए । त्यस वेला झुम्का बजार क्षेत्रलाई धाति भनिने गरिन्थ्यो । तत्कालिन अवस्थामा मनोरञ्जनको साधनको रुपामा नाटकहरु ल्याइन्थ्यो । र त्यही समयमा हालको बजार क्षेत्रमा ठूली एकादशीमा भारतको लखनऊ बाट ल्याइएका नाटकका नर्तकीले बयरका बुट्यान संग मिल्दो जुल्दो तत्तकालिन चर्चामा रहेको हिन्दी चलचित्र “मेरा साया” को “बरेलीकी बजारमे झुम्का गिरा रे” भनि गाएको लोकप्रिय गीतको प्रभावले सुरु सुरुमा “झुम्का |गिरा रे ” भनि सम्बोधन गरिने यस क्षेत्रको नामाकरण पछि गएर “झुम्का” रहन पुग्यो ।

इनरुवा नगरपालिका र इटहरी उपमहा नगरपालिकाकाे विचमा पर्ने रामधुनी नगरपालिका नक्सामा हेर्दा झण्डै डमरुकाे आकारमा रहेको देखिन्छ । यस अघि भादगाउँ सिनुवारी र सिगिंया गाविसलाई मिलाएर निर्माण गरिएको रामधनी भासि नगरपालिकालाई हाल अाएर गाउँ र नगरपालिकाहरु पुनरव्यवस्थित गर्ने क्रममा बक्लौरी गाविसका सबै र डुम्राहा गाविसका केही वडाहरुलाई मिलाएर रामधुनी नगरपालिका निर्माण गरिएको हो । यस नगरपालिकाको सिमाना पुर्वमा इटहरी उपमहा नगरपालिका, पश्चिममा बराह नगरपालिका, उतरमा धरान उपमहानगरपालिका तथा दक्षिणमा ईनरुवा नगरपालिका पर्दछन् ।

धार्मिक तथा प्रयटकिय क्षेत्र
१. रामधुनी मन्दिर क्षेत्रमा ( रामधुनी पार्क, बनभोज स्थल, ध्यान केन्द्र, प्रशिक्षण केन्द्र आदि ) ।
२. कालीझौडा सामुदायिक बन क्षेत्रमा ( झैडा पार्क, बनभोज स्थल, प्रशिक्षण केन्द्र खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन आदि )
३. पुर्व उतर सामुदायिक बन क्षेत्र ( पुव उत्तर पार्क, बनभोज स्थल, प्रशिक्षण केन्द्र, बायो व्रिकेट उत्पादन केन्द्र, फोहर मैला व्यवस्थापनकेन्द्र, नर्सरी व्यवस्थापन केन्द्र संचालन आदि )
४. ईक्राही सामुदायिक वन क्षेत्रको ( सिक्दार माझि  पार्क चिडिया खाना )
५. डंग्राहि पोखरी कृषी बन बाटिकामा वालमैत्री उधान  र पार्क
६. सुनसरी मोरङ्ग सिचाईको मुल नहरमा बजार क्षेत्र भरि पार्कको रुपमा विकास गर्ने ।
७. वा.नं. ४ शिवनगर गाउँ लाई आदिवासि गाउँ तथा घरवास प्रयटन केन्द्र निर्माण

८. रामधुनी मन्दिर,  वा.नं. १० रामधुनी,   दरवार मन्दिर,  वा.नं. १० रामधुनी,    लङ्गोट मन्दिर, वा.नं. १० रामधुनी,   रामजानकी मन्दिर, वा.नं. ४ शिवनगर,   झुम्केश्वर मन्दिर, वा.नं. ५ झुम्का बजार,    राधाकृष्ण मन्दिर, वा.नं. ४ शिवनगर,    हनुमान मन्दिर,  वा.नं. २ झुम्का मन्दिर ,  शिव मन्दिर,  वा.नं. ३ पिप्राहा र परियारपुर,    ग्रामथान मन्दिर सवै वार्डको थारु गाउँ टोलमा  दिनाभद्री मन्दिर आदि ।

भाैगाेलिक अवस्थिति

२६.२७डिग्रि देखि  २६.३६डिग्री उतरी अक्षांस र ८७.३३डिग्री देखि  ८७.३४डिग्रीपुर्वी देशान्तर सम्म फैलिएको छ भने समुन्द्र सतह देखि १८२ देखि १८५ मिटर उचाइमा रहेको छ ।

 

केन्द्रः साविक रामधुनी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५१७५२

क्षेत्रफलः ९१.६९  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रामधुनी

१,२

रामधुनी

४,८

रामधुनी

३,६,७

रामधुनी

९,१०

रामधुनी

बकलौरी

३,५-७,९

बकलौरी

१,२,४,८

डुम्राहा

३,४

डुम्राहा

१,५,६

६.    नामः बराहक्षेत्र नगरपालिका

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

केन्द्रः साविक महेन्द्रनगर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ९१०८७

क्षेत्रफलः  २२२.०९ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बराहक्षेत्र

१,५,७-९

बराहक्षेत्र

२-४,६

भरौल

भरौल

२,६-९

भरौल

१,४,५

महेन्द्रनगर

१,२,५,६

महेन्द्रनगर

महेन्द्रनगर

३,७-९

प्रकाशपुर

२-५,९

१०

प्रकाशपुर

१,,६-८

११

मधुवन

१-९

७.    नामः देवानगञ्ज गाउँपालिका

देवानगजञ्ज गाउँपालिका राष्ट्रकाे नयाँ संरचना अनुसार सीमामा पर्ने एउटा स्थानीय तह हाे । विभिन्न ५ वटा साविककाे गाविसहरूलाई मिलाएर याे गाउँपालिका बनेकाे छ । नेपालका ७५३ स्थानीय तह मध्ये सुनसरीमा १२ वटा स्थानीय तह रहेका छन् जस मध्ये देवानगञ्ज पनि एक हाे । याे गाउँपालिका पूर्ण मधेशी, मुस्लीम, दलित र जनजातीकाे वाहुल्यता भएकाे क्षेत्र हाे । देवानगञ्ज गाउँपालिकामा साविककाे राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाविसलाई मिलाएकाे छ । याे गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकाे दक्षिणी सिमा भारतकाे विहार राज्यकाे अररिया जिल्ला सँग जाेडीएकाे छ । ग्रामिण परिवेश भएर पनि सदरमुकाम इनरूवा काैवा खाेज मुख्य सडक आसपास क्षेत्र शहरीकरणा तर्फ उन्मुख छ । यहाँका ९० प्रतिशत स्थानीयहरू कृषि पेशामा आधारित रहेका छन् ।

खुल्ला सिमानाका कारण चाेरी डकैतीकाे त्रास रहेकाे यस गाउँपालिकामा विभिन्न बालिहरूकाे उत्पादन भने राम्राे छ । सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक रूपमा सुविधाहरू पुगेकाे भए पनि पूर्ण रूपमा त्यसकाे उपयाेग र उपभाेग गर्न नपाएकाे अवस्था रहेकाे छ । कृषिमा आश्रितका लागि समयमा खाध, मल विउ बिजनकाे पर्याप्त उपलब्धता नभएकाे गुनासाे वर्षेनी आउने गरेकाे छ । यसकाे सम्वाेधन नभएका कारणले एकातिर चाेरी डकैतीकाे त्रास र अर्का तिर खेत भएर पनि उत्पादनकाे लागि सहज र सरल सुविधा पाउन नसकेकाे अवस्था विधमान छ । यस गाउँपालिकामा वसाेवास गर्ने स्थानीयहरूमा आपसी सदभाव, मेलमिलाप र भातृत्वकाे सम्वन्ध प्रगाढ छ । जसका कारण गाउँपालिकामा सामाजिक सदभाव कायम छ । यस क्षेत्रका नागरिकहरू आफ्नाे अधिकार र कर्तव्य पालना गर्न सदा तत्पर देखिन्छन् । यहाँ हिन्दु , इस्लाम, बौद्द र इसाई धर्म मान्नेहरूकाे बाहुल्यता रहेकाे छ ।

केन्द्रः साविक देवानगञ्ज गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३९०३०

क्षेत्रफलः ५३.५६  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मध्यहर्षाही

१-९

देवानगञ्ज

१-९

कप्तानगञ्ज

४-९

कप्तानगञ्ज

१-३

साहेवगञ्ज

१-९

राजगञ्ज सिनुवारी

५,६,८,९

राजगञ्ज सिनुवारी

१-३,७

 ८.    नामः कोशी गाउँपालिका

केन्द्रः साविक लौकही गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४८८०४

क्षेत्रफलः ७५.९८  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लौकही

१-९

पश्चिम कुशाहा

१,२,५-८

पश्चिम कुशाहा

३,४,९

श्रीपुरजब्दी

८,९

श्रीपुरजब्दी

५,७

श्रीपुरजब्दी

१-४,६

हरिपुर

१-६

हरिपुर

७-९

  ९.    नामः गढी गाउँपालिका

केन्द्रः साविक औरावनी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३८७३९

क्षेत्रफलः ६७.७  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मधेली

१-९

औरावनी

१-९

छिटाहा

१-४,७,८

छिटाहा

५,६,९

सतेरझोडा

४-७

सतेरझोडा

१-३,८,९

१०.  नामः बर्जु गाउँपालिका

द्वापर युगको महाभारतको कथासंगको सन्दर्भ जोडिएको एतिहासिक स्थल तथा पर्यटकीय, धार्मिक महत्व बाेकेकाे बर्जु तालको नामबाट यस गाउँपालिकाको नाम बर्जु गाउँपालिका रहन गएको हो । यस गाँउपालिकामा दन्तय कथा अनुसार पहाडबाट निस्केको एक दैता बाँध रहेको छ र त्यही नामको अधारमा एउटा गाँउ पनि दैता र एउटा पोखरी दैतापोखरी रहेको छ । ऎतिहसिक समतल भुभागको रुपमा रहेको नेपालको सबै भन्दा ठूलो १६० विगाहा क्षेत्रफलमा रहेको बर्जु ताल रहेको छ । स्थानीय बुढापाकाहरुको भनाई अनुसार बर्जु गाँउपालिकाको चिमडी बजार देखि २.५ किलोमिटर दक्षिणमा रहेको बिरजु थान र स्थानीय चिमडी बजार देखि १ किलोमिटर पश्चिममा रहेको बर्जु तालको नामाकरण बारे ऐतिहासिक किवदन्ती रहेको छ । बिरजु र बर्जु दुई दाजु भाई थिए । उनीहरुलाई एउटा दैवीशक्ति भएको र धामीझाक्री गर्थे । ती दुई दाजुभाईको ऐतिहासिक स्थानको रुपमा रहेको बिरजु थान र बर्जु ताल रहेको छ ।

केन्द्रः साविक अमहिबेलाहा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३६२४९

क्षेत्रफलः  ६९.४३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रामगञ्ज बेलगाछिया

१-३,८

रामगञ्ज बेलगाछिया

४-७,९

अमडुवा

१,२,४,९

अमडुवा

३,५-८

अमहिबेलाहा

१-९

चिमडी

१-९

 ११.          नामः भोक्राहा नरसिंह गाउँपालिका

सुनसरीको भोक्राहा गाउँपालिका जिल्लाको दक्षिण पश्चिमी भागमा पर्दछ । यस गाउँपालिकाको उत्तरी भागमा वराह र पूर्वी भागमा भने इनरूवा नगरपालिका पर्दछन् । अन्य दुईतिर हरिनगरा र कोशी गाउँपालिकाहरू रहेको यस गाउँपालिकाको बीच भागबाट पूर्वपश्चिम  राजमार्ग गएको छ । भोक्राहा भेग उर्बर जमिनले भरपुर छ । उर्बर जमिन रहेको भोक्राहा गाउँपालिका कृषि उत्पादनका दृष्टिले निकै सम्पन्न छ । यस भेगबाट केही खोलाहरू पनि बगेका छन् । सप्तकोशी नदी नजिकै रहेको यस गाउँपालिकालाई भूमिगत जलस्रोतका लागि महत्वपूर्ण मान्न सकिन्छ । सागसब्जी र फलफुल उत्पादनका क्षेत्रमा यो गाउँपालिका जिल्लामा निकै प्रख्यात छ । यसको नजिकै रामधुनी, चतरा, प्रकाशपुर, चकरघट्टी र वराहक्षेत्र जस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको अवस्थिति रहनाले यो गाउँपालिका भेग ऐतिहासिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

अघि भोक्राहा गाउँपालिका क्षेत्रको ठूलो भूभागलाई घना जंगलले ढाकेको थियो । कोशी नदीका किनारी भागमा केही जातजातिका मानिसहरूका ससाना वस्तिहरू थिए । तत्काल घना जंगलका कारण मानिसले खोला या नदीको किनारी भागमा तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । भोक्राहा गाउँपालिका भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको संकेत गरेका छन् । भोक्राहा नाम आफैं पनि ऐतिहासिक छ । अझ नरसिंह र भोक्राहा गाविस मिलेर यो गाउँपालिका बनेको हो । नरसिंह नाम भने झनै ऐतिहासिक देखिन्छ । किनकि अघि यस भेगमा नरसिंह विष्णुको एउटा पुरानो प्रतिमा पाइएको थियो, जसका आधारमा यस गाविसको नामनै नरसिंह राखिएको हो । यहाँ प्राप्त नरसिंहको प्रतिमालाई इसाको पाँचौं शताब्दीतिर निर्मित प्रस्तर प्रतिमा मानिएको छ । उक्त प्रतिमा हाल काठमाडौंको राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ ।

यसबाट यो गाउँपालिका क्षेत्र ऐतिहासिक कालदेखि नै प्रख्यात स्थल थियो भन्ने देखिन्छ । विक्रमको पाँचौं शताब्दीसम्ममा यसको नजिकै पर्ने वराहक्षेत्रको ख्याति भारतको ठूलो भूभागसम्म फैलिएको देखिन्छ । तसर्थ मेला पर्वका अवशरमा भारततिरबाट वराहक्षेत्रमा थुप्रै मानिसहरू तीर्थयात्राका लागि आउने गर्दथे । तत्काल मोरङ झाडी अति घना भएकाले वराहक्षेत्र जान पनि नदी किनाराको बाटो हिंड्नु पर्दथ्यो । सम्भवत हरिनगरा तथा भोक्राहा हुँदै भारततिरका तीर्थयात्री वराहक्षेत्रतिर जाने र फिर्ने गर्दथे । तत्काल यस भेगमा केही ससाना वस्ति पनि थिए । त्यहाँ वैष्णव मन्दिर पनि बनेका हुँदा तिनै मन्दिरमा राखिएको नरसिंह विष्णुको प्रतिमा यस भेगमा पाइएको हो । कालान्तरमा कोशीको बाढीका कारण यहाँका बस्ति नासिए र मन्दिर भत्किए । तर तत्कालको या विक्रमको पाँचौं शताब्दीतिरको नरसिंह विष्णुको प्रतिमा भने कोशीको बगरमा हजारौं बर्ष त्यत्तिकै रह्यो र पछि प्राप्त हुन पुग्यो । यहाँका पुराना वसोबासका भग्नावशेषहरू पनि बेलाबेलाको कोशीको बाढीका कारण बगेर गए र नासिए पनि । यसरी भोक्राहा भेग नेपालको सुनसरी जिल्लामा पर्ने एक ऐतिहासिक क्षेत्र हो भन्ने कुरा स्पष्ट छ ।

ऐतिहासिक कालमा भोक्राहा भेगमा बेलाबेलामा मानिसहरूको बस्ति बस्ने र नासिने क्रम चल्यो । यसै क्रममा यो स्थान कुनै बेला विभिन्न राज्यको अधीनमा पर्ने र स्वतन्त्र हुने कार्य पनि चलिरह्यो । कुनै बेला मत्स्यदेश भित्र पर्ने भोक्राहा लगायतको वरपरको ठूलो स्थानमा धेरै पहिलेदेखि नै मानिसको बसोबास भएको अनुमान छ । सुनसरीको चतरा, चकरघट्टी, रामधुनी र इटहरी सरहनै भोक्राहा गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि मानिसहरूको बसोबास थियो । मध्यकालमा कुनै बेला भोक्राहा भेग पनि मोरङे राजाहरूकोअधीनमा थियो भन्ने देखिन्छ । किनकि मध्यकालताका अहिलेका सुनसरी, मोरङ र झापा मोरङअन्तर्गत पर्दथे । मुरेहांगको मोरंग विजयपछि यो स्थान पनि मुरेहांगको अधिनमा प¥यो । यसैगरी विजयनारायणले यसलाई विजयपुर राज्यमा पारे भने पछि यो भेग विभिन्न राजा र रजौटाका अधीनमा पर्ने र तिनबाट छुट्कारा पाउने क्रममा नै यस भेगमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरे ।

पाल्पाली सेनको अधीनमा परेको भोक्राहा लगायतको विजयपुर राज्य मकवानपुरको अधिनमा राखिएको थियो । यस भेगको राजा भने लोहांगसेन थिए, जो मकवानपुरमा बसेर शासन गर्दथे । अझ पछि भने मकवानपुरे सेन राजा हरिहरसेनका नाति विधाता इनद्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा भोक्राहा लगायतको स्थान विजयपुरको अभिन्न अंग बन्न पुग्यो । कोशी पूर्वको ठूलो क्षेत्र विजयपुर राज्य भित्र पर्दथ्यो । तर भोक्राहा भेगलाई बेलाबेलामा कोशीको बाढीले दुख दिने गरेको हुनाले यहाँ बस्ति बस्ने र पुन नासिने क्रम नियमित रूपमा चलेर गयो । तसर्थ यसको अविछिन्न इतिहास पाउन नसकिएको हो । वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिने क्रममा भोक्राहा लगायतको विजयपुर भेग पनि बृहत्तर नेपालभित्र पर्न पुग्यो । त्यसपछि केही समयसम्म साँगुरीगढीबाट यस भेगको शासन चल्यो । पछि यस भेगको शासन रंगेली सदरमुकामबाट चलाउन लागियो । यता वि.सं. १९७१ साल पछि भने मोरङको राजधानी विराटनगरमा स¥यो । त्यसपछि भोक्राहा भेग मोरङको एक महत्वपूर्ण क्षेत्र बन्न पुग्यो । तर यस भेगको जमिन निकै उर्बर भएको हुनाले यस स्थानमा राज्यको पनि चासो रहीरह्यो ।
नामकरण
भोक्राहाको नामकरणका बारेमा अनेक प्रकारका तर्कहरू पाइन्छन् । हालको भोक्राहा शब्द भोकाको अपभ्रंश भई बनेको मानिन्छ । भोक्राहाको नामकरणका बारेमा स्थानीय जनमानसमा प्रचलित एक किंवदन्तीअनुसार अघि यस भेगमा कोशीको बाढीले गर्दा बालुवानै बालुवा रहेकाले  कृषि उत्पादन राम्रोसँग हुँदैनथ्यो । तसर्थ त्यस भेगमा यदाकदा भोकमारी पर्ने पनि गर्दथ्यो । यता त्यसको छेउछाउमा बस्ने मानिसहरूले यस भेगलाई अन्न नफल्ने तथा भोकमारी लाग्ने स्थानका रूपमा भोक्राहा भनेका हुन्भन्ने मान्यता छ ।

केन्द्रः चिरौली चोक आसपास

जनसङ्ख्याः ४९२८०

क्षेत्रफलः ६३.३७  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भोक्राहा

३,४,८

भोक्राहा

१,२

भोक्राहा

५,६

भोक्राहा

७,९

नरसिंह

१,४

नरसिंह

२,८,९

नरसिंह

३,५,६

नरसिंह

१२.          नामः हरिनगरा गाउँपालिका

हरिनगर गाउँपालिका  नेपालको  संविधान बमोजिम कोशी प्रदेश भित्र समेटिएको ३७ जिल्ला मध्ये पूर्वी तराई भूभागमा पर्ने  सुनसरी जिल्लाको एक गाउँपालिका हो । यो गाउँपालिका साविकका हरिनगरा, रामनगर भुटाहा, घुस्की, बसन्तपुर गौतमपुर (च‍ोरघटिया) समेत गरी  पाँच वटा गाउँ विकास समितिहरुका भूभाग गाभेर यो गाउँपालिका गठन गरिएको छ । नामांकरणका हिसाबले साविकको हरिनगरा गाउँ विकास समितिमा यस गाउँपालिकाको केन्द्र रहेको र सोही “हरिनगरा” भन्ने शब्दलाई आधार मानेर “हरिनगर गाउँपालिका” भन्ने नाम कायम गरिएको छ । भूगोलका हिसावले कुल क्षेत्रफल ५२.२९ वर्ग किलो मिटर रहेको तराइको समथर भूभाग‍‍‍‍मा यो गाउँपालिका रहेको छ जसको पूर्वमा गढी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पश्चिममा छिमेकी राज्य भारत उत्तरमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका र दक्षिणमा भारत र नेपालकै देवानगञ्ज गाउँपालिका रहेको छ ।

प्रशासनिक विभाजनका हिसाबले भूगोल जनंख्या समेतका आधारमा ७ वटा वडामा विभाजन गरिएको छ जसमा साविकको रामनगर भुटाहाको १, २, ६, ८ र ९ नं वडाका भूभागहरु समेटी १ नं वडा कायम गरिएको छ भने साविकको सोही गाबिसकै ३, ५ र ७ नं वडाका भूभागहरु समेटी हालको २ नं वडा कायम गरिएको छ । यसैगरी साविकको गौतमपुर (चोरघटिया) गाउँ बिकास समितिका १ देखि ९ नं वडाका भूभागहरु समेटेर हालको ३ नं वडा कायम गरिएको छ भने साविकको हरिनगरा गाउँ विकास समितिको १ देखि ९ नं वडाका सबै भूभाव समेटी हालको ४ नं वडा कायम गरिएको छ । यसै गरी साविकको बसन्तपुर गाउँ विकास समितिका १ देखि ९ नं वडाका पूरै भूभाग समेटी हाल ५ नं वडा कायम गरिएको छ भने साविकको घुस्की गाउँ विकास समितिको १, ३, ६, ८ र ९ नं वडाका भूभागहरु समेटी हालको ६ नं वडा कायम गरिएको र सोही गाउँ विकास समितिको बाँकी २, ४, ५ र ७ नं वडाका भूभागहरु समेटी हालको ७ नं वडा कायम गरिएको छ ।

केन्द्रः साविक हरिनगरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४९८४५

क्षेत्रफलः ५२.२९  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रामनगरभुटाहा

१,२,६,८,९

रामनगरभुटाहा

३-५,७

गौतमपुर

१-९

हरिनगरा

१-९

बसन्तपुर

१-९

धुस्की

१,३,६,८,९

धुस्की

२,४,५,७

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय  र जिल्ला समन्वय समिति सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरी याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले सुनसरी जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहानु भएमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

1 thought on “सुनसरी जिल्ला Sunsari District”

Leave a Comment

Your email address will not be published. Required fields are marked *