Rauta Pokhari Udaypur

उदयपुर जिल्ला Udapur District

परिचयः

जिल्ला समन्वय समिति उदयपुरका अनुसार महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर (२०६३०० हे.) रहेको छ ।

यो जिल्लाको  सिमानामा पूर्वमा  सुनसरी र धनकुटा जिल्लाको केही भाग, पश्चिममा  सिन्धुली र धनुषाको केही भाग,उत्तरमा भोजपुर तथा खोटाङ र अेाखलढुङ्गाको केही भाग,  दक्षिणमा सिराहा र सप्तरी जिल्ला   रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत श्रृङ्खला अन्तरगत धारिला विकट डाँडाहरु छरिएका र पातलिएका बस्तीहरु छन् भने महाभारत फेदीदेखि चुरे श्रृङ्खला विचमा समथर फाँटहरु र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट

त्रियुगा नदीको किनारमा चुरे र महाभारततर्फको विचमा रहेका भित्री मधेसका फाँटहरु मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यका नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से)मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि  २३१० मिटर उचाइसम्म रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३ लाख १७ हजार ५३२ रहेको छ

 उदयपुरू जिल्लामा रहेका प्रमुख पर्यटकीय, ऐतिहासिक एवं अन्य पर्यटकीय क्षेत्रहरु ।

यस जिल्लामा केही  पर्यटकीय क्षेत्रहरु रहेका छन् । तीमध्ये केही ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका पर्यटकीय क्षेत्र छन् भने केही ऐतिहासिक एवं अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् ।  प्रमुख पर्यटकीय स्थलहरु निम्नानुसार रहेका छन ।

(१) त्रिवेणी मेला                                                         (६) उदयपुर सिमेन्ट फयाक्ट        

(२) ताप्ली पोखरी                                                       (७) चौदण्डी दरबार     

(३) उदयपुर गढी                                                         (८) रौता पोखरी (छ) गिद्धगया         

(४) बेलका दरबार (भग्नावशेष)                                   (९) राजदह

(५) पातले छाँगो                                                           (१०) चित्रेथाम

उदयपुरको बेतेनी डाँडा, फोटो करन राइ
उदयपुरू जिल्लामा रहेका प्रमुख धार्मिक तथा ऐतिहासिक महत्वका वाेकेका स्थलहरु ।

रौता भगवती पञ्चावती मन्दिर, चौदण्डी शिवालय, इन्द्रेश्वर महादेव ढिम्की, खाट मन्दीर, बागचौरी, असारीको शिवालय, चुरिया माई, राम जानकी मन्दिर, मोतिगडा, शिद्धेश्वर महादेव चुहाडे,गणेश र भगवती मन्दिर, शिव मन्दिर जलजले, राधा कृष्ण मन्दिर गाईघाट, दनुवार जातिको इष्ट देवको मन्दिर कटारी–२, गुप्तेश्वर महादेवको मन्दिर, ककनी मन्दिर कालीखोला आदि धार्मिक महत्वका स्थलहरु हुन भने चौदण्डी गढी, उदयपुर गढी, बेलकातरी दरवार, खाट बजार, रंग महल, टंकेला गुफा यस जिल्लाका प्रमुख ऐतिहासिक महत्वका वाेकेका स्थलहरु रहेका छन ।

राधाकृष्ण मन्दिर उदयपुर
उदयपुरू जिल्लामा रहेका प्रमुख नदीहरु

सप्तकोसी, रसुवा, त्रियुगा, बरुवा, कंग खोला, द्वार खोला, तावा खोला, वैद्यनाथ खोला, ककरु खोला, बादुरा खोला, कमला खोला रहेका छन ।

उदयपुरू जिल्लामा प्रमुख ताल/पोखरी

उदयपुर जिल्लाका प्रमुख पोखरीहरुमा रौता पोखरी, सुके पोखरी, ताप्ली पोखरी, झिल्के पोखरी, थान पोखरी, जोगिदहको
पोखरी  रहेका छन ।

जोगि पोखरी उदयपुर फोटो सामाजीक सञ्जाल
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार उदयपुर जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ वटा नगरपालीका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः कटारी गरपालिका

कटारी नगरपालिका नेपालको कोशी प्रदेशको पश्चिम दक्षिण दिसामा अवस्थित छ । विश्वको उच्च शिखर सगरमाथा र हलेसी माहादेवको प्रवेश द्वार मानिने यस नगरपालिकाको पूर्व तिर उदयपुर जिल्लाको उदयपुरगढी गाँउपालिका र ताप्ली गाँउपालिका, पश्चिममा सिन्धुली जिल्लाको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुङ्गा जिल्लाको मानेभञ्जाङ्ग गाँउपालिका र खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिका तथा दक्षिणमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र धनगडी नगरपलिका रहेको छ । यस नगरपालिका महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला बीच रहेकोले महाभारत श्रृङ्खला अन्तर्गत धारीला, विकट, डाँडाहरु बीच छरिएका र पातलिएका बस्तीहरु छन् ।

यस नगरपालिकालाई महाभारत फेदी देखि चुरे श्रृङ्खलाको बीचमा दुई वटा ठूला–ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस नगरपालिकालाई भित्री मदेशको रुपमा गणना गरिन्छ ।२०७१ सालमा कटारी नगरपालिका घोषणा गर्दा कटारी गा.वि.स. र त्रिवेणी गा.वि.स. समावेश गरिएको थियो र २०७३ सालमा आएर रिस्कु गा.वि.स., सिरिसे गा.वि.स. लिम्पटार गा.वि.स. सोरुङ्गछविसे गा.वि.स. हर्देनी गा.वि.स., मयांखु गा.वि.स. र लेखानी गा.वि.स. समावेश गरिएको छ । यस कटारी नगरपालिको कुल क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर र रहेको छ भने यस नगरलाई १४ वटा वडामा विभाजन गरिएको छ । उदयपुर जिल्लाको पश्चिम उपत्यका भित्र रहेको मदन भण्डारी सडक र सिद्धिचरण राजमार्गले छोएको यस नगरपालिकाको केन्द्र कटारी बजारमा रहेको छ । यस क्षेत्रको तापमान गर्मीमा ३५ देखि ४० डिग्री सेल्सियस सम्म पुग्छ भन्ने जाडो मौसममा २० देखि २५ डिग्री सेल्सियस सम्म पुग्दछ ।

यस नगरपालिकको प्रमुख जाती बाहुन, क्षेत्री, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, राई, गुरुङ्ग, बादी, दुलो, सार्की, तिल, सन्यासी, दशमी, मुसहर, कुत, भूर्ती, भुजुल, सुधी, हलुवाई, दास,चौधरी, साह, लिम्बु, ठकुरी, भुजेल, मल्लहा, हजाम, दनुवार, राजवंशी, राजपूत, थामी आदी मुख्य जातीको समुदाय रहेको छ । यहाँका मानिसहरुको आय आर्जनको मुख्य स्रोतको रुपमा खेतीपाति तथा पशुपालन व्यवसाय भएतापनि हाल नोकरी, व्यापार–व्यवसाय, साना तथा घरेलु उद्योग, सरकारी सेवाका साथै अन्य पेशामा संलग्न रहेका छन् । चुनढुँगाको खानी प्रचुर मात्रामा रहेको यस पालिकाका विभिन्न स्थानबाट चुनढुँगा सिमेण्ट उद्योगमा निर्यात भएबाट पनि यस क्षेत्रका मानिसहरु उद्योग व्यावसायमा संलग्न भएको प्रष्ट हुन्छ ।यस क्षेत्रमा धान, मकै, गहुँ प्रमुख खेती हो भने यस नगरपालिकाको पहाडी पूर्वी भेगमा आँप, कटहर, भुई कटहर तथा दक्षिण तर्फको पहाडी भेगमा अमिलो जातको फलफूल सुन्तला, कागती, ज्यामीर, जुनार, नास्पाती, निबुवा तथा अदुवाको व्यवसायीक खेती गरिन्छ ।

कटारी नगरपालिकाको महाभारत क्षेत्रमा रहेका विभिन्न वडाहरुमा चौकीभन्जाङ,  सिरिसे भञ्ज्याङ्ग, राउतखर्क, वेतिनी, गहुँबारी, चुलाथुम हुदै लेखानीको रमाइलो डाँडाहरुमा पर्यटकीय क्षेत्रहरु रहको छ । कटारी नगरपालिकाको वडा नं.११ को बेतिनीबाट तराईको समतल हरियाली फाँट देखि लिएर उत्तर तर्फको हिमाल र प्रकृतिक  दृश्यको अवलोकन गर्न सकिन्छ ।यस नगरपालिका अन्तर्गत अस्पताल सहित स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई, गाँउघर क्लिनिक र यस नगरबाट संचालित नगर स्वास्थ्य संचालनमा रहेको छ भने यस नगरपालिका अन्तरगत विभिन्न तहका विद्यालय र मानविकी संकायको क्याम्पस सञ्चालनमा रहेको छ र हाल यस पालिकामा वन विज्ञान संकायको स्नातक तहको पठनपाठन सुरु समेत गरेको छ । भौगोलीक तथा विविधताले भरिपूर्ण यस कटारी नगरपालिका उदयपुर जिल्लाकै सुन्दर र रमणिय छ ।

केन्द्रः साविक कटारी गरपालिका कार्यालय

जनसङ्ख्याः ५९५९७

क्षेत्रफलः  ४२४.८९ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कटारी

१-३

कटारी

४,५

कटारी

६,८

कटारी

७,९

कटारी

१०,११

रिस्कु

२,६,७,९

रिस्कु

१,३-५,८

सिरिसे

२-९

लिम्पाटार

लिम्पाटार

१-८

सिरिसे

१०

सोरुङ्गछविसे

१-६,८,९

११

सोरुङ्गछविसे

हर्देनी

१-४,६

लेखानी

१२

हर्देनी

५,७-९

मयाखु

१३

मयाखु

१-३.५-९

१४

लेखानी

१.२.४-९

२.    नामः चौदण्डीगढी गरपालिका

वि.सं १५ औं शताब्दीमा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेका थिए । उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई छोराहरुको अशंमा ६ टुक्रा गर्नुपरेको थियो पाल्पालाई । समयको फेरले गर्दा त्यही राज्य पनि टुक्रिदै चोइटिदै जाँदा पूर्वतिर पाल्पादेखि टुक्रिएको मकवानपुरले टुक्रामा परेर चौदण्डीगढी हुन पुग्यो भने चौदण्डीवाट विजयपुर धरानसम्म पुग्नुपर्यो ।

वस्तुस्थितिमा चौदण्डीगढीको स्थापना मकवानपुरवाट फुटेर गएपछि भएको हो । वि.सं १७८० तिर चौदण्डीगढी प्रखर अस्तित्वमा आएका थिए । मकवानपुरका राजा मकवानपुरका राजा माणिक सेनका सन्तान जगन्सेनले चौदण्डीगढी दरवार वनाएर राज्य खडा गरेका थिए ।

पाल्पाली राजा रामराज सेन मगरदेखि प्रारम्भ गरेर चन्द्रसेन,रुद्रसेन,रुद्रसेन तीन पुस्तासम्म पाल्पा राज्य वलियो रह्यो । मुकुन्दसेनले पाल्पा राज्यलाई अझ सुदृढ र विस्तार गरे । पछि छोराहरुको कारणले भागवण्डा गरी छ टुक्रा गरेपछि मकवानपुर शक्तिशाली राज्यको रुपमा एकफेर चम्कियो । तर मकवानपुरवाट पनि जगत्सेन चौदण्डीगढीको राजा भएर विस्तारपूर्वक राज्य चलाएका थिए ।

परन्तु यो विस्तार मुकुन्दसेनकै पालामा भएको हुनुपर्छ । किन भने ढुङ्गाहरुको अध्ययनले त्यही वताउँछ । चौदण्डीगढीको किल्लामा प्रयोग गरेको ढुङ्गाहरुले त्यही इतिहास वताउँछ,कि जगत्सेन त्यहाँ छुट्टिएर गएर राज्य गरेको मात्रै देखिन्छ । त्यस्तै मकवानपुरको गढीको ढुङ्गाले पनि पुरानै हो भन्ने इतिहास वताउँछ ।

कमला नदी र कोशी नदीको वीचमा स्थापना भएको नयाँ राज्य कालान्तरमा गोर्खाली राजा पृथ्वीनारायण शाहको अभियानका क्रममा चौदण्डी पनि नेपाल राज्यभित्रै गाभिन पुगेको थियो । १६ जुलाई १७७३ का दिन पृथ्वीनारायण शाहले चौदण्डीमाथि गरी विजय प्राप्त गरेका थिए । चौदण्डीगढी एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । यो ठाउँवाट पूर्वमा मकालु हिमाल,धनकुटाको पाख्रीवास,हिले,पात्तलेपानी,सुन्सरीको ईटहरी,

मोरङको विराटनगर लगायत भोजपुरको केही भाग समेत अवलोकन गर्न सकिन्छ । पश्चिमतर्फ खोटाङ्गको सुनापतल डाँडा आदि दृश्यावलोकन गर्न सकिने,उत्तरतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा,चिसापानी,सोखरे डाँडा,दक्षिणतर्फ चौदण्डीगढी नगरपालिकाको सवै वडाका साथै,सप्तरी,सिराहा आदि दृश्यावलोकन गर्न सकिन्छ । चौदण्डीगढीमा एउटा दिर्घजिवि वरको वृक्ष छ जुन स्थानीयका अनुसार करिव ३५० वर्ष भएको अनुमान गरिएको छ ।

चौदण्डीगढी” नामाकरणः तत्कालीन राजा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेकामा उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई ६ टुक्रा गरि वाड्नु परेको थियो । त्यही क्रममा राज्य टुक्रिदै,चोइटिदै जाँदा पूर्वतिर टुक्रिएको मकवानपुरको एक टुक्रा राज्य चौदण्डीगढी को रुपमा रहन गई नामाकरण भएको र यसै एतिहासिक ठाँउको नामबाट यस नगरपालिकाको नाम “चौदण्डीगढी” नामाकरण भएको हो ।

भौगोलिक अवस्थिति (Location)

अक्षांश:२६०४१२६” उत्तरी आक्षांश देखि २६०५४२७” उत्तरी आक्षांश सम्म

देशान्तर: ८६०४६०७” पूर्वी देशान्तर देखि ८६०५९३२” पूर्वी देशान्तर सम्म

सीमाना पूर्वः बेलका नगरपालिका,  उत्तरः खोटाङ र भोजपुर जिल्ला,पश्चिमः त्रियुगा नगरपालिका र दक्षिमाणः सप्तरी जिल्ला

कुल क्षेत्रफलः २८३.७८ वर्ग कि.मी.

केन्द्रः साविक वेल्टार बसाह गरपालिकाको कार्यालय

जनसङ्ख्याः ५३६३१

क्षेत्रफलः  २८३.७८ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चौदण्डी

१-९

वेल्टार बसाह

५,६

वेल्टार बसाह

९,१०

वेल्टार बसाह

७,८,११

सुन्दरपुर

१-९

वेल्टार बसाह

२,३

वेल्टार बसाह

१,४

सिध्दिपुर

१-९

हडिया

२-६

१०

हडिया

१,७-९

३.    नामः त्रियुगा गरपालिका

नेपालको विभिन्न कालखण्डमा अस्तित्वमा आएका शासकीय प्रणालीमध्ये वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाले अबलम्बन गरेको विकेन्द्रिकरण र स्थानीय स्वायत्त शासनको जगको रुपमा विकास गरिएका स्थानीय निकायहरु मध्ये त्रियुगा नगरपालिका पनि एक हो । जनताको नजिकको राजनीतिक संरचनाको रुपमा विकास गरिएका तत्कालीन स्थानीय निकायहरु शासनमा जनसहभागिता, अपनत्वबोध र जनस्वामित्व स्थापित गरी प्रजातान्त्रिक साझेदारीको मोडलमा विकास गरिएको थियो । संवैधानिक राजतन्त्र र एकात्मक व्यवस्थालाई अन्त्य गर्दै स्थापित गणतन्त्र नेपालमा संघीयताको पदार्पण भएसंगै विगतका स्थानीय निकायहरुको स्वरुपमा आमूल परिवर्तन भयो ।

वि.सं. २०७२ को नेपालको संविधानले तीन तहको शासकीय प्रबन्ध व्यवस्था गरेको छ । जस अनुरुप विगतका स्थानीय निकायहरुलाई सरकारको हैसियत प्रदान गरेको छ । नेपालको संविधानको धारा ५६ को उपधारा (१),(२),(४),र (६) बमोजिम निर्धारित नेपालको शासकीय संरचना अनुरुप उदयपुर जिल्लाका आठ स्थानीय तह मध्येको एक त्रियुगा नगरपालिका १६ वडाहरुमा संरचित छ । नेपालको संविधानको अनुसूची ८ र ९ ले तोकेको स्थानीय तहको एकल तथा साझा अधिकार क्षेत्र भित्र सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तको जगमा स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य संवैधानिक अधिकार बमोजिम स्थानीय तहको शासकीय प्रबन्धको सामान्य निर्देशन, नियन्त्रण र संचालन त्रियुगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले गर्दछ ।

नेपालको संविधान अनुसार स्थानीय तहको कार्यपालिकीय, व्यवस्थापिकीय, न्यायिक तथा आर्थिक अधिकार समेत स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य प्रचलित कानून बमोजिम नगरपालिकावाट कार्यान्वयन हुने गर्दछ । यस नगरको कार्य विभाजन नियमावली बमोजिम यस नगर कार्यपालिकालाई प्राप्त अधिकार नगर प्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत र निज मार्फत विषयगत शाखा, पदाधिकारी र वडा कार्यालयहरुबाट सम्पादन गर्ने गरिएको छ ।

त्रियुगा नगरपालिकाको भौगोलिक अवस्थिति

सगरमाथा अंचल उदयपुर जिल्ला २६.४१’१७” उतरी अक्षाश देखि २६.५६’४२” उत्तरी अक्षांशसम्म र ८६.३२’११.५” पुर्बी देशान्तर देखि ८६.५०’२९” पुर्बी देशान्तर सम्म मा अबस्तित साबिकका त्रियुगा नगरपालिका, जाल्पा चिलाउने, खाबू, साउने तथा जोगीदह गाविसहरु एक आपसमा मिलाएर नया नगरपालिकाको रुपमा त्रियुगा नगरपालिका कायम गरिएको छ | जिल्ला सदरमुकाममा रहेको साबिक त्रि न पा तथा आसपासका गा बि स ( भित्रि मधेस ) तथा पहाडी भू भाग समेतमा रहेको ) लाइ सम्मिलन गराई सदरमुकाममा रहेको यस क्षेत्रलाइ नगरपालिका बनाइएको छ | जिल्लाको मुख्य ब्यापारिक नाका तथा तराई र पहाडी भूभाग लाइ जोड्ने केन्द्रको रूपमा रहेको यस क्षेत्रलाइ जिल्ला सदरमुकामको नगरपालिकाको रुपमा प्रस्ताब गरिएको छ | जिल्ला सदरमुकाममा रहेको साबिकको त्रियुगा नगरपालिकामा आसपासका गा बि स हरु समेत गाभी अझ बृहत क्षेत्र ओगटेको समक्ष नया त्रियुगा नगरपालिकाको रुपमा कायम गरिएको छ |

आक्षाश् : २६.४१’१७” उतरी अक्षाश देखि २६.५६’४२” उत्तरी अक्षांशसम्म

देशान्तर :  ८६.३२’११.५” पुर्बी देशान्तर देखि ८६.५०’२९” पुर्बी देशान्तर सम्म

सिमाना : पूर्व : चौदण्डीगाडी न पा,  उत्तर: रौतामाइ गा पा र खोटांग जिल्ला, पश्चिम : उदयपुर गढी गा प र सप्तरी जिल्ला र

दक्षिणमा : सप्तरी जिल्ला

केन्द्रः साविक त्रियुगा गरपालिकाको कार्यालय

जनसङ्ख्याः १०२७२५

क्षेत्रफलः  ५४७.४३ (वर्ग कि.मि.)

वडा संख्याः १६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जोगीदह

१,२-५,७,८

जोगीदह

६,९

त्रियुगा

त्रियुगा

त्रियुगा

त्रियुगा

९,१०

त्रियुगा

११

त्रियुगा

१२,१३

त्रियुगा

१४,१५

त्रियुगा

१६,१७

१०

त्रियुगा

११

त्रियुगा

१२

त्रियुगा

१३

त्रियुगा

४,५

१४

साउने

१-९

१५

खाँवु

१-९

१६

जल्पाचिलाउने

१-९

 ४.    नामः वेलका गरपालिका

प्राचीन  कालमा  यस  ठाउँमा बेलका  राजा, बेलका रानीले  राज्य  गर्दथे । यहाँ  नागाहरुको  सभ्यताका परिचयहरु दिने जंगलमा पोखरी, बगैंचाहरु र दरबारका  भग्नाबषेशको रुपमा र्इंटाका टुक्रा, माटोका भाडाहरुको प्रशस्तै पाईन्छ । यस क्षेत्रमा  प्राचिन  शीसाका  टल्कने बस्तुहरु – मोतिमालाहरु, सिमाला, जिमालाहरु, फूटवल आकारका बस्तुहरु अझै पनि पाईन्छ । प्राचिन  कालमा बेलका  राजा, बेलका रानीको अनुग्रहमा यस क्षेत्रका  मानिसहरु  रक्षित भएको  कुरा  किंबदन्तीको  रुपमा सुनिन्छ । कुनै मानिसहरु जंगलमा  हराएमा राति  ठूलो  चम्किलो  शहर  उत्पन्न  हुने, त्यहि  खाना  बासको  ब्यवस्था हुने र विहान  उठ्दा खेरी प त्करमा  सुतिरहेको  हुने अचम्म  हुन्थ्यो  भनिन्छ । मानिसहरुले आफूलाई  ऋण  चाहिएमा, भाकल गरेर ऋण समेत प्राप्त हुने  भन्ने कुरा  किंबदन्ति सुनिन्छ । हालसम्म  पनि  मानिसहरु  बेलका  राजारानीको  पूजाआजा गर्ने गर्दछन् । बेलका राजा बेलका रानीको किम्बदन्तीबाट यस नगरपालिकाको नाम बेलका नगरपालिका नामाकरण गरिएको हो ।

बेलका नगरपालिका उदयपुर जिल्लाको पूर्वी भागमा अवस्थित छ। राजनैतिक रुपले ४ वटा गाउँपालिका र ४ वटा नगरपालिकासहित जम्मा ८ वटा स्थानीय तहमा विभाजित उदयपुर जिल्ला भित्रि मधेश देखि चुरे पहाड हुदै महाभारत पर्वत शृंखलासम्म फैलिएको छ । पूर्वमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुर जिल्लाको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डीगढी नगरपालिका र सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका त्यसैगरी दक्षिणमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका यस नगरपालिकको सिमाना रहेको छ । समुन्द्र सतहदेखि १३६.२मिटरसम्मको उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर रहेको छ । उत्तरी अक्षाशं २६०४२’०९”  देखि ८६०५५’२९” सम्म र पूर्वी देशान्तर  ८७०१०’०६” सम्म  फैलिएको यस  नगरपालिकाको  कार्यालय रामपुर  बजारमा  रहेको  छ ।

भौगोलिक  विविधताको  कारणले  विकासको  प्रचूर सम्भावना भएको यस नगरपालिकाको मध्ये  विन्दु  भएर पूर्व पश्चिम  निर्माण  भएको  मदन  भण्डारी  लोकमार्गले  आर्थिक विकासको  सम्भावनालाई  फराकिलो बनाएको छ । विभिन्न  पर्यटकीय  विन्दूहरु  पूर्वी  क्षेत्रमा  रहेको  सप्तकोशी  नदी  र  बराहक्षेत्र, मैनामैनी क्षेत्रमा  भएका  विभिन्न  ऐतिहासिक  र  भौगोलिक  सम्पदाहरु, कोशी टप्पु र खेलकुदको हवको रूपमा विकास हुन सक्ने यहाँको भूगोलको कारण विकासको प्रचूर संभावना छ।

यस  नगरपालिकामा  सबैभन्दा  बढी  प्रयोग  हुने भाषा  नेपाली  र  दोश्रो  भाषामा  वान्तवा  भाषा  रहेको  देखिएको छ । त्यसै गरी  थारु  भाषा  पनि  उल्लेखनीय  रुपमा  प्रयोग  हुने  देखिएको  छ । त्यसैगरी यस नगरपालिकामा  विविध धर्मावलम्वीहरुको बसोवास रहेको छ । सबैभन्दा  बढी जनसंख्या हिन्दु धर्मालम्बीहरुको रहेको छ । त्यसैगरी बौद्ध तथा क्रिश्चियन  धर्म  मान्नेहरुको  प्रतिशत  पनि  उल्लेखनीय  संख्यामा रहेको छ ।

केन्द्रः साविक रामपुर ठोक्सिला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५१०४३

क्षेत्रफलः  ३४४.७३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तापेश्वरी

४-९

तापेश्वरी

१-३

रामपुर ठोक्सिला

३-६

रामपुर ठोक्सिला

रामपुर ठोक्सिला

८,९

कटुञ्जेववला

१,२

कटुञ्जेववला

३-९

मैनामैनी

१-८

मैनामैनी

रामपुर ठोक्सिला

रामपुर ठोक्सिला

 ५.    नामः उदयपुरगढी गाउँपालिका

संघीय संरचना अनुसार काेशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको ८ वटा स्थानीय तहमध्येउदयपुरगढी गाउँपालिकाएक हो । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट ३६ किलोमिटर उत्तर – पश्चिम क्षेत्रमा रहेका साबिकका भलायडाँडा, पंचावती, डुम्रे, बर्रे, तावाश्री गरी ५ वटा गा.वि.स. लाई समेटेर उदयपुरगढीको निर्माण गरिएको हो ।

उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोल पार्क, भ्यू टावर, टुँडिखेल, ताप्ली पोखरी, पुरानो उदयपुरगढी, जोगीधारा, अँधेरी झरना, भालुदह जस्ता पर्यटकीय स्थल तथा पञ्चावती माईको मन्दिर, हाडेटार महादेव, केउरेनी महादेव, काभ्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव थान धार्मिक स्थलहरु अवस्थित छन् ।यहाँका मानिसहरुले मनाउने मुख्य चाडपर्व दशैं, तिहार, हरितालिका तीज, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, बुद्धपूर्णिमा, नागपञ्चमी, माघेसंक्रान्ती, साउने संक्रान्ती, श्री कृष्ण जन्माष्टमी, चैंतेदशैं, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कुशेऔंसी लगायत हुन् ।

यस गाउँपालिकाको बासिन्दाहरुको प्रमुख आम्दानीको श्रोत कृषि, पशुपालन तथा पर्यटन व्यापार हो । नेपालको विकासको धरोहर राष्ट्रिय गौरवको आयोजना यसै गाउँपालिकासँग जोडिने मदन भण्डारी लोक राजमार्ग फाष्ट ट्रयाक धरान, चतरा, हेटौडा सडकमार्गको विकासले गति लिने विश्वास छ ।प्रशस्त खोलानाला, उर्बर खेतियोग्य जमिन, हरियाली वनजंगल, वनस्पती, जडिबुटीहरु यस गाउँपालिकामा अर्थोपार्जनका प्रमुख आधारहरु हुन् । पञ्चावती मन्दिरको आसपासमा निर्मित टुँडिखेल, भ्यू टावरबाट देखिने सुन्दर हिमालको दृश्यावलोकनले यस गाउँपालिकाको अर्को रमणीय विशेषतालाई झल्काएको छ ।

उत्तरी आक्षांश : २६४६’५३.४६” – २७०२’४९.८६”

पूर्वी देशान्तर : ८६२६’५९.२२” – ८६३७’४.७५”

सिमाना :

पूर्व : त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका

पश्चिम : कटारी नगरपालिका

उत्तर : ताप्ली गाउँपालिका

दक्षिण : सिरहा जिल्ला

केन्द्रः साविक पञ्चावती गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८९२६

क्षेत्रफलः  २६९.५१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तावाश्री

१-६

तावाश्री

७-९

वर्रे

२-४

वर्रे

१,५-९

डुम्रे

१-९

पञ्चावती

१-३,५-९

पञ्चावती

भलायडाँडा

३,९

भलायडाँडा

१,२,४-८

 ६.    नामः ताप्ली गाउँपालिका

कोशी प्रदेश अन्तर्गत पर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा आवस्थित पूर्व पश्चिम लम्बिएर रहेको उदयपुर जिल्ला प्रकृति सुन्दरता भरिपूर्ण रहेको एक जिल्ला हो । उदयपुर जिल्लाका  साबिकका ५ गाउँविकास समितिहरु अाेख्ले, लेखगाउँ, इनामे, ठानागाउँ र रुपाटार संयोजन भई हाल एक नम्बर प्रदेश अन्तरर्गतका स्थानीय तहहरु मध्ये ताप्ली गाउँपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानीय तह हो।

यस गाउँपालिकाको पूर्वमा रौतामाई र सुनकोशी गाउँपालिका, पश्चिममा कटारी नगरपालिका, उत्तरमा हलेसी तुवाचुंङ्ग नगरपालिका र दक्षिणमा उदयपुरगढी गाउँपालिका सँग सिमाना जोडिएको छ भने यसको जम्मा क्षेत्रफल ११९.११ वर्ग किलोमिटर रहेको छ । वडा नं २ स्थित ताप्ली रानी पोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी यस गाउँपालिकाको नामकरण गरिएको हो |

भाैगोलिक अवस्थिति : ६०२८’१४” पुर्व – ८६०३६’२०” पूर्व र २७००१’१७” उत्तर २७००८’५४”  उत्तर

प्राकृतिक भूभाग : महाभारत क्षेत्र

उचाई : ३०० मिटर सुनकोशी (ठानागाउँ ) देखि इनामे (निगालबास ) २३१० सम्म

जलवायु क्षेत्र : समशीतोष्ण देखि उष्ण जलवायु (subteopical to warm temaperate climatae)

तापक्रम स्तर : १५.८९० सेल्सियस देखि २८.४८० सेल्सियस सम्म

केन्द्रः साविक रुपाटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १३३४४

क्षेत्रफलः  ११९.११ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ओख्ले

१-९

लेखगाउँ

१-९

ईनामे

१-९

ठानागाउँ

१-९

रुपाटार

१-९

 ७.    नामः रौतामाई गाउँपालिका

रौतामाई गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपले यस प्रदेशकै फरक विषेशता बोकेको क्षेत्र हो । महाभारत पर्वत क्षेत्र अन्तरगत रहेका साविकका पोखरी, रौता, आँपटार, भुट्टार, लाफगाउँ र नामेटार गाविस मिलाएर वि.सं. २०७३ सालमा यस गाउँपालिकाको गठन गरिएको हो ।

उदयपुर जिल्लामा विद्यमान ८ स्थानीय तहहरु मध्ये रौतामाई गाउँपालिका जिल्लाको मध्य उत्तरी भागमा अवस्थित रहेको छ । साविक पोखरी, रौता, आँपटार, भुट्टार, लाफगाउँ र नामेटार गा.वि.स. गरी ६ वटा गाविस मिलेर बनेको यो गाउँपालिका २०४.०८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

कोशी प्रदेश अन्तरगत पहाडी भेगको विशेषता बोकेको यो गाउँपालिको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकासका संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा   व्याख्या गरिएको छ ।

धरातलीय अवस्था
काेशी प्रदेश अन्र्तगत उदयपुर जिल्लाको रौतामाई गाउँपालिका भिरपाखा र खर्कहरु रहेको पहाडी पहिचानको रुपमा रहेको छ । यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले अधिकांश भुभाग भिरपाखा, वन, खेतीयोग्य जमिन  तथा खोला नालाले  ओगटेको छ । अधिकांश भूभाग भिरालो रहेको यो गाउँपालिका पहाडी क्षेत्र अन्तर्गत पर्दछ । यस गाउँपालिकाका बेंशी क्षेत्र र पहाडका बीच बीचमा कम भिरालो भएका स्थानहरुमा बस्ती विकास भएका छन्  । धेरै भिरालो बाहेकका स्थानमा मानव वस्तीका साथै खेतीयोग्य जमीनहरु छन्। पहाडी भूभाग भएता पनि यस गाउँपालिकाको बेंशी क्षेत्रमा धान उत्पादन हुन्छ भने अन्य भागमा गहुँ, मकै, कोदो बढी उत्पादन हुने गर्दछन्। यसैगरी यस गाउँपालिकाका प्रायः सबै स्थानमा मौसम अनुसारका तरकारी उत्पादन हुने गर्दछ । यस गाउँपालिका बेंशी क्षेत्रमा बाहेक अन्य स्थानमा मैदान परेको जमिन छैन

भौगोलिक अवस्थिति

समुन्द्री सतहबाट ३६० देखि २३१० मिटर सम्मको उचाईमा रहेको रौतामाई गाउँपालिका भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ५३ मिनेट ० सेकेण्ड देखि २७ डिग्री ३ मिनेट ५७ सेकेण्ड उत्तरी अक्षांश र ८६ डिग्री ३५ मिनेट १३ सेकेण्ड देखि ८६ डिग्री ४६ मिनेट ० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । रौतामाई गाउँपालिका उदयपुर जिल्लाको मध्य उत्तरी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा खोटाङ जिल्ला, पश्चिममा उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका, दक्षिणमा त्रियुगा नगरपालिका र उत्तरमा सुनकोसी गाउँपालिका र खोटाङ जिल्लासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ९.८९ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल २०४.०८ वर्ग किमी रहेको छ ।

अन्य विस्तृत विवरण रौतामाई गाउँपालिकाले तयार गरेको पार्शर्वचित्रको लागि यहाँ जानुहोस ।

केन्द्रः साविक भुट्टार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०३२४

क्षेत्रफलः  २०४.०८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

नामेटार

१-९

भुट्टार

१-९

लाफागाउँ

१-९

पोखरी

१-८

आँपटार

२-७

आँपटार

१,८,९

पोखरी

रौता

३,४

रौता

५,९

रौता

१,२,६-८

८.    नामः सुनकोशी गाउँपालिका (लिम्चुङबुङ गाउँपालिका)

लिम्चुङबुङ गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्थानीय सरकार संचालन  ऐन २०७४ , बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ  ।

केन्द्रः 

जनसङ्ख्याः ९६८९

क्षेत्रफलः  १०६.८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

वास्वोटे

१-९

ताम्लीछा

१-९

वाराहा

१-९

वलम्ता

१-९

जाते

१-९

श्रोतः नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नुभएमा सल्लाह तथा सुझाव दिनुहोला । तपाँइ आफ्नो जिल्लाको कुनै पनि स्थान र बिशेषको चिनारी लेखेर प्रकाशन गर्न चाहानुभएमा अवश्य लेखि पठाउनुहोला । जसको लागि chinari2020@gmail.com अथवा info@localhost  मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *