नेपालको परराष्ट्र नीति र यसका मूल आधारहरू

राणाकाल सुरु हुनुभन्दाअघि नेपालको वैदेशिक सम्बन्ध विस्तार हुन सकेको थिएन । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले राणा शासनलाई अक्षुण र चिरस्थायी बनाउन अंग्रेजहरूलाई खुशी पार्ने नीति अपनाएका थिए । यसै उद्देश्यले उनले भारतलगायत बेलायतको समेत भ्रमण गरका थिए। जङ्गबहादुर राणाले अपनाएको नीतिलाई उनका उत्तराधिकारीहरूले पनि अपनाए । तर सन् १९४७ मा अंग्रेजहरू भारतबाट फिर्ता हुन बाध्य भएपछि नेपालका राणा शासकहरू कमजोर बन्न पुगे। परिणामस्वरूप राणा शासनको पतन भई नेपालमा प्रजातन्त्रको स्थापना भयो।

वि.सं. २००७ सालसम्म भारत, बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिका गरी चार मुलुकहरूसँग दौत्य सम्बन्ध कायम भैसकेकाले राणाकालको अन्त्यतिर वैदेशिक सम्बन्ध विस्तारमा केही विविधीकरण देखिए पनि  परराष्ट्र नीतिको ठोस आधार भने तयार भएको थिएन । राणाशासनको पतन भई प्रजातन्त्रको उदय भएपछि तत्कालीन एकतर्फी परराष्ट्र नीतिमा परिवर्तन आयो र नेपालले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सक्रियताका साथ भाग लिन थाल्यो। संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यताप्रति आस्था, असंलग्नता एवम् छिमेकी मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध नै नेपालको परराष्ट्र नीतिका प्रमुख आधारहरू हुन्।

नेपालको परराष्ट्र नीतिका प्रमुख आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

१. असंलग्नता
कुनै शक्ति राष्ट्रको सैनिक गठबन्धनमा संलग्न नरही अन्तर्राष्ट्रिय घटनाक्रमप्रति निरपेक्ष वा तटस्थ दृष्टिकोण अवलम्बन गर्नु नै असंलग्नता हो। असंग्लनता भनेको कुनै गठबन्धनबाट स्वतन्त्र रहनु हो। तर विश्व घटनाप्रति मौनदर्शक बन्नु कदापि होइ नेपाल प्रारम्भदेखि नै असंलग्न आन्दोलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

२. पञ्चशीलप्रति आस्था
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको क्रममा पञ्चशीलको निम्नलिखित पाँच बुँदाहरूलाई प्रमुख आधारका रूपमा लिइएको छ जुन नेपालको परराष्ट्र नीतिको एक महत्वपूर्ण आधार हो ।

१. एकले अर्को मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने

२. अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने

३. समानता र पारस्परिक हित कायम गर्ने

४. अनाक्रमण (एकले अर्को मुलुकविरूद्ध आक्रमण नगर्ने)

५. शान्तिपूर्ण सहअस्तित्वको भावनालाई स्वीकार गर्ने

. संयुक्त राष्ट्र सङ्घप्रति आस्था संयुक्त राष्ट्र सङ्घप्रति आस्था र विश्वास राख्दै विश्व शान्ति र राष्ट्रराष्ट्रबिच मैत्री र सहयोग अभिवृद्धि गर्न यसको भूमिका र प्रभावकारिता बढाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ । विश्वशान्तिको स्थापना गर्न संयुक्त राष्ट्र सङ्घअन्र्तगत लेवनान र इजरायलको सीमाक्षेत्र, युगोस्लाभिया र सोमालिया आदि मुलुकहरूमा शान्ति सेना
खटाइएको छ ।

. क्षेत्रीय सहयोग अभिवृद्धि गर्न जोड छिमेकी मुलुकहरूबिच सहयोग र समझदारी बढाउन सन् १९८५ मा स्थापित दक्षिण
एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) उपयुक्त हुने हुँदा यसको प्रभावकारिता र सुदृढीकरणका लागि नेपालले जोड दिंदै आएको छ । सार्क सचिवालयको स्थापना नेपालमा हुनुलाई यसै परिप्रेक्ष्यमा हेर्न सकिन्छ ।

यसैगरी नेपाल बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक), एसिया सहयोग वार्ता, साङ्घाई सहयोग सङ्गठन आदि जस्ता क्षेत्रीय सहयोग सङ्गठनमा समेत आबद्ध रहेको छ ।

. निःशस्त्रीकरण शस्त्रास्त्रको होडबाजीलाई न्यून गरी त्यस क्षेत्रमा भइरहेको अथाह धनराशिलाई शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा लगानी गरी सामाजिक सेवाको स्तर बढाउनुपर्ने एवम् आणविक हातहतियार हटाउने कुरामा नेपालले आफ्नो आवाज बुलन्द बनाएको छ ।

. भूपरिवेष्ठित मुलुकको हकहितको सुरक्षा नेपाल एक सानो तथा विकासोन्मुख मुलुक भएकोले सबै भूपरिवेष्ठित मुलुकहरूले व्यहोर्नुपरेको समस्याको उचित रूपमा निराकरण गर्दै यी मुलुकहरूको हक हित सुरक्षित गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ ।

. साना तथा अविकसित मुलुकहरूको हकहितको सुरक्षा नेपाल एक सानो तथा विकासोन्मुख मुलुक भएकाले यसले आफूजस्ता मुलुकहरूको हकहित अभिवृद्धि गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा जोड दिंदै आएको छ ।

. समस्याको शान्तिपूर्ण समाधान कुनै पनि अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान हुनुपर्ने कुरामा जोड दिंदै बल प्रयोग, धम्की तथा युद्ध कुनै पनि समस्याको स्थायी समाधान होइन भन्ने कुरामा नेपाल विश्वस्त छ ।

. असल छिमेकीपनको भावना नेपाल दुई ठुलाठुला मुलुक (भारत र चीन) द्वारा घेरिएको सानो मुलुक भएकाले यी दुवै मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम गर्दै विश्वका अन्य मुलुकहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नीति नेपालले लिएको छ ।

१०. दबाब र भेदभावको विरोध नेपालले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद, विस्तारवाद, जात तथा रंगभेदभाव, प्रभुत्ववाद आदिको खुल्ला रूपमा विरोध गर्दै स्वाधीनता एवम् रंगभेदविरोधी आन्दोलनको समर्थन गर्दै आएको छ ।

११. स्वतन्त्र परराष्ट्र नीति नेपालले विश्व रंगमञ्चमा कसैको अनुयायी नभई आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्र रूपमा आफ्नो स्पष्ट अवधारणा राख्दै आएको हुँदा नेपाल असंग्लन राष्ट्र भए पनि विश्वमा घट्ने घटनाहरूप्रति संवेदनशील हुँदै आएको छ ।

श्रोत नेपाल परिचय – पछिल्लो अध्याविधक २०८० चैत्र ३ गते

Leave a Comment

Your email address will not be published. Required fields are marked *