नेपालको अन्तर्राष्ट्रिय सम्बन्धः ऐतिहासिक सिंहावलोकन

नेपाल दुई विशाल छिमेकी मुलुकहरू भारत र चीनबिचमा अवस्थित एक भूपरिवेष्ठित राज्य हो। देशको अस्मितालाई जोगाइराख्न नेपाल कहिले तिब्बत र चीनसँग जुध्नुपर्यो त कहिले अङ्ग्रेजसँग । विगतमा ज्यादै कठिन दिनहरूमा पनि नेपाल कसैको अधीनमा रहेन, आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतालाई जोगाई राख्न सक्षम भयो।

सन् १८१६ मार्च ४ (वि.सं. १८७२) मा भएको सुगौली सन्धिपश्चात् नेपालको परराष्ट्र नीतिले नयाँ दिशा लिएको देखिन्छ भने बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालको आधुनिक विश्वसँग नियमित सम्पर्क सुरु भएको मान्न सकिन्छ ।

नेपालको परराष्ट्र सम्बन्धको औपचारिक सुरुवात भने सन् १८५० मा जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरसँगै  प्रारम्भ भएको पाइन्छ । त्यस्तै सन् १९२३ मा चन्द्रसमसेरका पालामा ब्रिटिस सरकार र नेपालबिच शान्ति र मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। वि.सं. २००७ सालको राजनैतिक परिवर्तनपश्चात् चीन, सोभियत सङ्घ र फ्रान्ससँग नेपालको दौत्य सम्बन्ध स्थापना भएपछि नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरको  हो।

१४ डिसेम्बर १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य बनि एफ्रो एशियाली सङ्गठनको बाङडुङ सम्मेलनमा भाग लियो। सन् १९६१ देखि असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा सम्मिलित भई सक्रिय सदस्यका रूपमा नेपालले आजपर्यन्त विश्वको विभिन्न मञ्चहरूमा भाग लिँदै आएको छ ।

असंलग्न शिखर सम्मेलनमा नेपालले उपनिवेशवाद, जातीवाद, रङ्गभेद नीति, भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकार आदि विषयहरूमा आफ्नो धारणा राख्दै आएको छ । असंलग्न परराष्ट्र नीतिकै कारण नेपालको अन्तर्राष्ट्रिय जगतमा कुनै पनि बाह्य दबाब रहेको छैन र यो नै नेपालको परराष्ट्र नीतिको आधार स्तम्भ बन्न पुगेको छ ।

संयुक्त राष्ट्र सङ्घको घोषणा पत्रअनुसार नेपालले बेलाबेलामा निशस्त्रीकरण, रंगभेद नीति उपनिवेशवादको विरोध एवम् कुनै पनि देशमा विदेशी फौजको हस्तक्षेप विनासर्त हटाउनुपर्दछ भन्ने दृष्टिकोण राख्दै आएको छ । फलस्वरूप नेपाल दुई पटकसम्म सुरक्षा परिषद्को सदस्यमा समेत निर्वाचित भयो। संयुक्त राष्ट्र सङ्घले गठन गरको  समितिहरूमा पनि नेपाल संलग्न भएको छ । असंलग्न परराष्ट्र नीतिले विश्व समुदायबिचमा नेपालको सकारात्मक छवि निर्माण गरको  छ । नेपालले संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विभिन्न निकायहरूको सदस्यतासमेत प्राप्त गरको  छ ।

असंलग्न आन्दोलनको एक संस्थापक सदस्य भएको नाताले नेपाल विश्वशान्तिको कामना गर्दछ । नेपालको संविधानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने तथा विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरू गर्ने गरी अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुने कुरा उल्लेख गरको छ । यसै अनुरूप संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त,

अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा नै हाल नेपालको परराष्ट्र नीति सञ्चालन हुँदै आएको छ । छिमेकी मित्र राष्ट्रहरू र अन्य सबै मुलुकहरूसित आर्थिक, सामाजिक एवम् अन्य क्षेत्रमा समानताको आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी नेपालमा शान्तिलाई अन्तर्राष्ट्रिय मान्यताको आधारमा संस्थागत गर्दै जाने नीति राज्यले अवलम्बन गर्नेछ भन्ने व्यवस्था गरी देशको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको प्रष्ट हुन्छ ।

हाल नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेको परिप्रेक्ष्यमा यसको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको भए पनि नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको सञ्चालन गर्ने एकल अधिकार सङ्घ अन्तर्गत रहेको छ । प्रदेश र स्थानीय तहले सङ्घसँगको परामर्श, समन्वय र स्वीकृतिमा मात्र अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूमा कार्य गर्नसक्ने व्यवस्था संविधानमा नै रहेको छ ।

कुटनीतिक स्तरमा वि.सं. २००७ साल पूर्व नेपालको दौत्य सम्बन्ध भएका मुलुकहरू
१. संयुक्त अधिराज्य(बेलायत) वि.सं. १८७२ (सन् १८१६)
२. सयुक्त राज्य अमेरिका वि.सं.२००४ बैशाख १२ (सन् १९४७ अप्रिल २५)
३. भारत वि.सं. २००४ जेठ ३१ (सन् १९४७ जुन १३)
४. फ्रान्स वि.सं. २००६ बैशाख ८ (सन् १९४९ अप्रिल २०)

२००७ सालपछि नेपालको दौत्य सम्बन्ध भएका मुलुकहरू

क्र.स.  राष्ट्र / दौत्य सम्बन्ध भएको मिति
चीन – सन् १९५५ अगष्ट १
सोभियत सङ्घ – सन् १९५६ जुलाई २०
जापान – सन् १९५६ सेप्टेम्बर १
स्वीटजरल्यान्ड – सन् १९५६ नोभेम्बर १०
श्रीलङ्का – सन् १९५७ जुलाई १
इजिप्ट – सन् १९५७ जुलाई १६
जर्मनी –  सन् १९५८ अप्रिल ४
अस्ट्रिया – सन् १९५९ अगष्ट १५
इटाली –  सन् १९५९ अगष्ट ३१
१० सर्बिया – सन् १९५९ अक्टोबर ७
११ पोल्यान्ड – सन् १९५९ नोभेम्बर २५
१२ मलेसिया – सन् १९६० जनवरी १
१३ फिलिपिन्स –  सन् १९६० फेब्रुअरी १२
१४ अस्ट्रेलिया – सन् १९६० फेब्रुअरी १५
१५ म्यानमार – सन् १९६० मार्च १९
१६ पाकिस्तान – सन् १९६० मार्च २०
१७ नेदरल्यान्ड – सन् १९६० अप्रिल २
१८ लाओस – सन् १९६० मे २०
१९ इजरायल – सन् १९६० जुन १
२० स्विडेन – सन् १९६० जुन १०
२१ थाइल्यान्ड – सन् १९५९ नोभेम्बर ३०
२२ इन्डोनेसिया – सन् १९६० डिसेम्बर २५
२३ मङ्गोलिया – सन् १९६१ जनवरी ५
२४ हङ्गरी – सन् १९६१ जनवरी ५
२५ न्युजिल्यान्ड – सन् १९६१ मे १
२६ अफगानिस्थान – सन् १९६१ जुलाई १
२७ अर्जेन्टिना – सन् १९६२ जनवरी १
२८ चिली – सन् १९६२
२९ ग्रिस – सन् १९६२ फेब्रुअरी २
३० टर्की – सन् १९६२ नोभेम्बर १५
३१ लेबनान – सन् १९६३ अगष्ट १८
३२ मेल्जियम – सन् १९६३ अगष्ट १९
३३ इरान – सन् १९६४ डिसेम्बर १४
३४ क्यानडा – सन् १९६५ जनवरी १८
३५ जोर्डन -सन् १९६५ अगष्ट २०
३६ डेनमार्क – सन् १९६७ डिसेम्बर १५
३७ बुल्लोरिया – सन् १९६८ अप्रिल १५
३८ रोमानिया – सन् १९६८ अप्रिल २०
३९ अल्जेरिया – सन् १९६८ अप्रिल २९
४० स्पेन – सने १९६८ मे १३
४१ इराक – सन् १९६८ अक्टोबर ३०
४२ सिङ्गापुर – सन् १९६९ मार्च २५
४३ सुडान – सन् १९६९ जुलाई ११
४४ सिरिया – सन् १९७० फेब्रुअरी २६
४५ इथियोपिया – सन् १९७१ अप्रिल १५
४६ कुबेत – सन् १९७२ फेब्रुअरी २५
४७ बङ्गलादेश – सन् १९७२ अप्रिल ८
४८ अल्बानिया – सन् १९७२ मे २३
४९ नर्बे- सन् १९७३ जनवरी २६
५० उत्तर कोरिया – सन् १९७४ मे १५
५१ दक्षिण कोरिया – सन् १९७४ मे १५
५२ फिनल्यान्ड – सन् १९७४ सेम्टेम्बर २१
५३ तान्जानिया – सन् १९७५ जनवरी १०
५४ मोरक्को – सन् १९७५ फेब्रुअरी १८
५५ क्युवा – सन् १९७५ मार्च २५
५६ कम्बोडिया – सन् १९७५ अप्रिल १८
५७ भियतनाम – सन् १९७५ मे १५
५८ केन्या – सन् १९७५ जुन ३
५९ मेक्सिको – सन् १९७५ नोभेम्बर २५
६० लक्जबर्ग – सन् १९७५ नोभेम्बर २५
६१ नाइजेरिया – सन् १९७५ डिसेम्बर २०
६२ लिबिया – सन् १९७५ डिसेम्बर ३०
६३ पेरु – सन् १९७६ जनवरी २८
६४ ब्राजिल – सन् १९७६ फेब्रुअरी ७
६५ पोर्चुगल – सन् १९७६ सेप्टेम्बर १
६६ बहराइन – सन् १९७७ जनवरी १३
६७ ओमान – सन् १९७७ जनवरी २१
६८ कतार – सन् १९७७ जनवरी २१
६९ संयुक्त अरव इमिरेटस – सन् १९७७ जनवरी २२
७० साउदी अबर – सन् १९७७ मार्च १५
७१ कोस्टारिका – सन् १९७७ अगष्ट १६
७२ माल्दिभ्स – सन् १९८० अगष्ट १
७३ साइप्रस – सन् १९८० अगष्ट १८
७४ मौरिसस – सन् १९८१ फेब्रुअरी १२
७५ आइसल्यान्ड – सन् १९८१ मे २५
७६ भेटान – सन् १९८३ जुन ३
७७ होलिसी – सन् १९८३ सेप्टेम्बर १०
७८ माल्टा – सन् १९८३ सेप्टेम्बर २५
७९ बुनाई – सन् १९८४ फेब्रुअरी ३
८० पानामा -सन् १९८४ फेब्रुअरी १५
८१ ट्युनिसिया – सन् १९८४ अप्रिल १४
८२ सोमालिया – सन् १९८४ अक्टोबर २४
८३ जिम्बाब्वे – सन् १९८४ नोभेम्बर २७
८४ गाबोन रिपब्लिक – सन् १९८५ जुन १७
८५ यमन – सन् १९८५ ८िसेम्बर २५
८६ फिजी – सन् १९८६ जुन १२
८७ जाम्बिया – सन् १९८६ सेप्टेम्बर १०
८८ मोजाम्बिक-  सन् १९८६ सेप्टेम्बर ३०
८९ निकारागुवा – सन् १९८६ अक्टोबर ५
९० भेनेजुयला – सन् १९८७ अप्रिल २८
९१ कोलम्बिया – सन् १९८७ मे ७
९२ बोलिभिया – सन् १९८७ मे २१
९३ इथोपिया – सन् १९९२ अप्रिल २०
९४ लाटभिया – सन् १९९२ अप्रिल २०
९५ युक्रेन – सन् १९९३ जनवरी १५
९६ अमेरिका – सन् १९९३ मार्च २६
९७ काजकिस्थान – सन् १९९३ मार्च २६
९८ बेलारुस – सन् १९९३ जुलाई १९
९९ मोलडोभा – सन् १९९३ जुलाई २०
१०० चेक रिपब्लिक – सन् १९९४ मार्च २
१०१ सोल्भाक रिपब्लिक – सन् १९९४ मार्च ४
१०२ गियाना -सन् १९९४ जुन २
१०३ साउथ अफ्रिका – सन् १९९४ जुलाई २८
१०४ अजबैजान – सन् १९९५ फेब्रुअरी २८
१०५ सेचिलेस – सन् १९९६ अक्टोबर १०
१०६ स्लोभानिया – सन् १९९७ डिसेम्बर २
१०७ मेसिडोनिया -सन् १९९८ जनवरी ६
१०८ क्रोएशिया – सन् १९९८ फेब्रुअरी ६
१०९ आयरल्यान्ड – सन् १९९९ अगष्ट १९
११० बोस्निया अर्जगोभिना – सन् २००० जनवरी १२
१११ ल्युथानिया – सन् २००५ फेब्रुअरी ८
११२ सान मारियो – सन् २००५ अगष्ट १०
११३ रिपब्लिक अफ ताजकिस्तान – सन् २००५ सेप्टेम्बर १३
११४ जर्जिया – सन् २००५ सेप्टेम्बर २२
११५ तुर्किमिनिस्थान – सन् २००५ अक्टोबरी १७
११६ इक्वेडर – सन् २००६ जुन २१
११७ पाराग्वे – सन् २००६ अगष्ट २
११८ ग्वाटेमाला – सन् २००६ अगष्ट ८
११९ होन्डुरस – सन् २००६ अगष्ट १८
१२० भानुअट – सन् २००६ सेप्टेम्बर १९
१२१ आन्डोरा – सन् २००६ सेप्टेम्बर २२
१२२ कंगो – सन् २००६ सेप्टेम्बर २२
१२३ हाइटी – सन् २००७ मे २३
१२४ सेन्ट भिन्सेन्ट – सन् २००७ सेप्टेम्बर २७
१२५ डोमिनिक रिपब्लिक – सन् २००७ सेप्टेम्बर २८
१२६ बोस्वाना – सन् २००९ जनवरी ८
१२७ माली – सन् २००९ नोभेम्बर १९
१२८ लेसोथो – सन् २०१० मे १८
१२९ मोन्टेनेग्रो -सन् २०११ जुलाई १८
१३० सोलमन इजल्याण्ड – सन् २०११ डिसेम्बर १५
१३१ उरुग्वे – सन् २०१२ अप्रिल १८
१३२ मोनाको -सन् २०१२ मे १५
१३३ स्लामिक रिपब्लिक अफ मौरिटानिया – सन् २०१२ डिसेम्बर ४
१३४ टुभालु – सन् २०१२ डिसेम्बर ११
१३५ इन्डेपेन्डेन्ट स्टेट अफ सामो – सन् २०१३ मार्च २८
१३६ पपुवा न्युगिनी – सन् २०१३ अप्रिल १२
१३७ काजकिस्तान – सन् २०१५ जुन ३०
१३८ जमैका – सन् २०१५ अक्टोवर १
१३९ रिपब्लिक अफ गिनी – सन् २०१६ मे १२
१४० इसाल्भाडोर – सन् २०१६ सेप्टेम्बर २१
१४१ युगान्डा – सन् २०१७ जुन १२
१४२ कोट डिभोइर – सन् २०१७ जुन १६
१४३ रिपब्लिक अफ डिबोटी – सन् २०१७ जुलाई १४
१४४ एन्ट्युग एण्ड बार्बुडा – सन् २०१७ जुलाई २५
१४५ काबो भेर्ड – सन् २०१७ अगष्ट ३
१४६ लाइबेरिया – सन् २०१७ अगष्ट १७
१४७ निगर – सन् २०१७ सेप्टेम्बर २०
१४८ इरिस्ट्रा – सन् २०१७ अक्टोवर ३१
१४९ बहामस – सन् २०१७ नोभेम्बर ७
१५० लिचटेन्सटिन – सन् २०१७ नोभेम्बर २४
१५१ एंगोला – सन् २०१७ डिसेम्बर ९
१५२ बुर्किनाफासो – सन् २०१७ डिसेम्बर २९
१५३ बिनीन – सन् २०१८ जनवरी २३
१५४ उज्जेकिस्तान – सन् २०१८ जनवरी २६
१५५ सेन्ट किट्स एण्न नाभी – सन् २०१८ मे ३०
१५६ बुरुन्डी – सन् २०१९ जुन ६
१५७ रुवान्डा – सन् २०१९ जलाई २०
१५८ मडकास्कर – सन् २०१८ डिसेम्बर २६
१५९ सुरेनामी – सन् २०१८ अक्टोबर ११
१६० टोगो – सन् २०१९ मार्च २२
१६१ इक्वाटोरिल जिनीया – सन् २०१९ अप्रिल ३०
१६२ इस्वाटिनी – सन् २०१९ मे ९
१६३ सेन्ट लुसिया – सन् २०१९ अगष्ट २७
१६४ घाना – सन् २०१९ सेप्टेम्बर २५
१६५ डोमिनिका – सन् २०२१ अप्रिल ३०
१६६ गाम्बिया – सन् २०२१ मे २४
१६७ शेरालियोन -सन् २०२१ जुन २९
१६८ बार्बाडोस -सन् २०२१ डिसेम्बर ८
१६९ तिमोर लेस्ते – सन् २०२२ फेब्रुअरी ११
१७० रिपब्लिक अफ पालाउ – सन् २०२२ मार्च २१
१७१ रिपब्लिक अफ साउथ सुडान – सन् २०२२ मार्च २८
१७२ बेलिज – सन् २०२२ अप्रिल १

स्रोतः नेपाल सरकार परराष्ट्र मन्त्रालय

पछिल्लो अध्याविधक २०८० चैत्र ११ गते

Leave a Comment

Your email address will not be published. Required fields are marked *