SURESHKUMARPANDEY

सुरेशकुमार पाण्डेको गजल संग्रह (२)

गजल::
सरकार किन तिमीलाई घिन लाग्दा इनै सन्तान भए,
गोली ठोक्यो अनि छोरा मार्यो र दुईव़टा चिहान भए।

के अपराध थियो सार्वजनिक गर कानूनि प्रकृयामा,
तिम्रो दृष्टिमा किन मार्नै पर्ने गरिबका खानदान भए।

साम्राज्यवादकै अगाडी घुंडा टेकेका छौं तिमी आफै
भन यो देशमा सधैभरी किन भ्रष्टाचारी सम्मान भए।

के दोश थियो यो देशमा जन्मिएका माग्न कहांजाने,
काम,माम,दाम रक्षा शुरक्षा नदिएरै यो धुनधान भए।

चुनाव लड्दा जनता संग गरेका ति वाचा कबुल पनि,
अध्यान गरौं त आफैले पनि घोषणापत्र उखान भए।

उठ्छन् एकदिन जुर्मुराई जनताको हुंकारले संसर मै,
कति हिटलर जार जस्ता फन्नेखां हरू अफ्सान भए।

सुरेशकुमार पाण्डे ३१-१२-२०२३,

गजल::
उत्खनन् हुन्छ ढुङ्गा सरकारलाई खबर हुँन्न,
हिँजो खोला हिंड्ने ठाउँमा आज बगर हुन्न।

बाढी पहिरो आउँछ ज्यान जान्छ अकालमै,
यो गाउँमा कुनवेला रूव़ाबास हुन्छ भर हुन्न।

मानिस त्यत्तिकै कहाँ पुज्छन् ढुङ्गाहरू यहाँ,
अन्धविस्वास गर्ने त कसैलाई पनि रहर हुन्न।

जहिले पनि भ्रष्टाचार छ उस्तै लडाई झग्डा,
यस्तो अगत्तिलो त कुनै देशको पिक्चर हुन्न।

भन्छन् भुइजाल निरोधक घर बनाउँनु हामी,
ढुङ्गा माटोले बनाएको जस्तै बलिय घर हुन्न।

आज स्वर्गतुल्य लाग्यो म जन्मिएकै गाउँमा,
त्यो भन्दा अमूल्य आफुलाई कुनै अफर हुन्न।

सुरेशकुमार पाण्डे ०१-०-१-२०२४

गजल:
जसले ठुलठुला घर बनाए किन उनै वेघर हुन्छन्,
यो दुनियाँमा श्रमजिविहरू नै सधै वेकदर हुन्छन्।

तन र मन् खियाए छैन निश्चित गास बास उनैको,
जब कुनै उपाए लाग्दैन उनै तक्दिरको भर हुन्छन्।

पुरा एउटा सपनापनि हुँदैन गरिब श्रम्जिविहरूको,
अफ्शान भने हजारौँहजार उनिहरूकै रहर हुन्छन्।

हिंजो आज सरकार कहाँ हुन्छ र गरिबको पक्षमा,
जताततै अन्याय र अत्यचार भएको खबर हुन्छन्।

तिमीले आफ्नै कर्मलाई मात्र दोश दिन्छौ सधैभरी,
ति अपराधी भ्रष्टाचारिहरू सधै कीन निडर हुन्छन्।

हाम्रो देश पनि मजदुर जन्माउँने हेचरी बन्न पुगेछ,
बिदेशीको हस्तक्षेप र अधिनमा किन नगर हुन्छन्।

सुरेशकुमार पाण्डे ०२-१ ०२४

Jan 3, 2024, 4:29 AM

गजल::

ज्ञान दिएकै हुँन् छोरधारा र ठाडे भिर पनि,
सिकारीहरू मिर्ग माथि चलाएको तिर पनि।

फरक यत्तिमात्र हो अपराधी महलमा पुग्यो,
निर्दोश ढेर भयो , काम लागेन तक्दिर पनि।

हिंजो ढढ्यानकै ढुङ्गा पनि हाम्रा साथि थिए,
भए साम्राज्यवाद उनैको लागि हाजिर पनि।

पौरखी छौँ बलिया छौँ तर बुद्धिहिन भएछौँ,
सधै हारिन्छ लड्न नजाने पछि माहिर पनि।

भनिन्छ भोक मिठो की भोजन भएन थाहा,
ज्यान नै लिन्छ खान नजान्दा यो खिर पनि।

भन्छन् चिन्ता कत्ति नगर्नु आफैलाई खान्छ,
अंरेयार सोधेर कहा आउँछ र त्यो पिर पनि।

सुरेशकुमार पाण्डे ०३-०१-२०२४

Jan 4, 2024, 6:05 AM

गजल:

हाम्रो समाज भित्र बढी चमत्कार हुन्छ,
नाटक गर्छन् कतै झुटको ब्यापार हुन्छ।

जस्लाई भ्रष्टाचार रोक्न दिइन्छ जिम्मा,
उस्कै पहिलो योजनामा भ्रष्टाचार हुन्छ।

युवा देशकै रिढ हुन्छन् तर हाम्रो देशमा,
धेरै झोला छाप नोटङ्की औतार हुन्छ।

बैंशको मात नै धेरै लाग्दो रहिछ कसैमा,
देख्दा बित्तिकै ढल्न आफै लाचार हुन्छ।

दुश्मन बलियो होइन हामि कम्जोर भयौँ,
हामिलाई जहाँ दुख्छ त्यँही प्रहार हुन्छ।

कीन देशकै राजनीति समाजलाई देख्दा
दुःख लाग्छ घिन लाग्छ र दिक्दार हुन्छ।

सुरेशकुमार पाण्डे ०४-०१-२०२४,

Jan 5, 2024, 3:51 AM

गजल:

खेलैखेलमा क्रान्तिकारी योजना फेल गराए,
अवसरबादले आफुलाई दुष्टको रखेल गराए।

संघार सम्म पुगेकै थियौं आमूल परिवर्तनको,
धेरै लाई मराए अनि कसैलाई जेलनेल गराए।

सत्ता र भत्ताको खेलमा उपयोग भए जनता,
सत्ताकै साझेदारी समेत सधैभरी वेमेल गराए।

सहीदको खेती गरे उनैको रगतमा पौडी खेले,
भ्रमित पार्न उखानमै पानी जहाज रेल गराए।

अपराधीको बिगबिगी देश भित्र के गरौँ हामी,
भ्रष्टाचारीकै भेल भयो सोझालाई जेल गराए।

रोजगार सुन्य भयो देश नै गराए युवा बिहिन
बिदेश जान राजधानीमा युवा पेलापेल गराए।

सुरेशकुमार पाण्डे ०५-०१-२०२३,

Jan 6, 2024, 6:16 AM

गजल:

विवेकसिल भन्छन् अन्तिम समयसम्म कुरा बुझ्दैनन्
मानिसले समाज बिकासको बारेमापनि पुरा बुझ्दैनन्।

रोजी बेटीको साइनो लगाउँनेहरू छन् कस्ता कस्ता,
मुखमा राम राम तर कोखामा राख्छन् छुरा बुझ्दैनन्।

भ्रम जालमा पर्छन् पटक पटक ठोकिने जीवन भरी,
सबै छाडेर जानै पर्छ यही समाजमा अधुरा बुझ्दैनन्।

पुरूष प्रधान समाजमा आफ्नो हक अधिकार खोजे,
तर कटपुत्ली बनाउँन दिएकै हो लाली चुरा बुझ्दैनन्।

असमान सन्धि गर्छन् नेताहरूले देश बनाउन फिजि,
छिमेक बाट बोकेर आउँदैछन् कुम्ला कुटुरा बुझ्दैनन्।

राष्ट्रघात त यही सरकारले पनि कति गर्यो कति हेरौँ,
त्यत्तिकै कहाँ आएको होर भैंशा नश्ल मुर्रा बुझ्दैनन्।

सुरेशकुमार पाण्डे ०६-०१-२०२४,

Jan 7, 2024, 5:33 AM

गजल:

जता पनि अपहेलित सधैभरी निर्वल हुन्छ,
मानिसमा लोभ भयो भने मात्र कल हुन्छ।

धनमानको कुनै पनि काम रोकिदैन अहिले
गरिब आफ्नै काम निकाल्न असफल हुन्छ।

सरकारले पनि उसैको मदत् गर्नेरहिछ सधै,
जजसको सम्पत्ति प्रसस्तै चल अचल हुन्छ।

हिंजो गरिब मुक्तिका धाग लगाउँनेहरू खै,
सुन्नु भयो संसदमा कहिल्यै छलफल हुन्छ।

हो आगोले आगोलाई त पोल्दैन कैल्यै पनि,
पानी पनि त आआफ्नै ठाउँमा अटल हुन्छ।

हामिले वर्ग बिहिन समाज हुनुपर्छ भन्नेगर्छौँ,
उस्ले भन्छ गणतन्त्र भन्दा राम्रो निर्दल हुन्छ।

हिंजो राणा शाशन र राजाको साशन भोग्यौँ,
इतिहास हेर्दा सबैमा समस्याको भल हुन्छ।

सुरेशकुमार पाण्डे ०७-०१-२०२४,

Jan 8, 2024, 5:00 AM

गजल:

अन्याय अत्याचार देख्छु र गजल: लेख्छु,
आफैले मन भित्र गरेको छलफल लेख्छु।

एकान्तमा सोंच्छु समानता भनेको के हो,
मष्तिकभित्र घुम्ने धेरै उथलपुथल लेख्छु।

समाजभित्र छुवाछुत छदै छ बिभेद उस्तै,
बुद्धिजिविलाई देख्छु वे-अक्कल लेख्छु।

जनताहरूले को सङ्ग माग्ने हक हधिकार,
त्यही सोच्छु दिनरात अनि पलपल लेख्छु।

चार दशकबाट अन्यायकै बिरोध लडिरहें,
कोई सुन्छ व़ा सुन्दैन बिचार अटल लेख्छु।

राजनीति देख्दा दु:ख लाग्छ र उठ्छ रिश,
आ-आफ्नै स्वार्थमा गर्दा दलबदल लेख्छु।

सरकार मनपरी गर्छ युवा देशबिहिन भए,
नागरिक माथि भएको देख्छु छल लेख्छु।

सुरेशकुमार पाण्डे ०८-०१-२०२४,

Jan 9, 2024, 5:38 AM

गजल:

अन्याय अत्याचार बढ्यो निसानामा निर्दल भयो,
आयो बहुदल र आपसमा नै दिनदिनै कल भयो।

मानिसलाई लोभले यति सम्म गरायो हिंजो आज,
नीति सिधान्त उस्को ब्यवहारबाटै वेदख्खल भयो।

देश र जनताको लागि भनेर सहीदको भयो खेती,
गणतान्त्रिक ब्यवस्था भित्र समस्याको भल भयो।

राष्ट्र भक्ति र क्रान्तिकारी चर्का नारा लगायौँ सधै,
संसदमा राष्ट्रको न जनताको बारे छलफल भयो।

बरू राष्ट्रिय सम्पदालाई निजीकरण गर्नथाले छन्,
देशको ढुकुटी नै नेताको नाममा चल अचल भयो।

फेरी कुर्लियो एकहुल भन्छ पुरानै ब्यवस्था ल्याऊँ,
हाम्रो देशभित्र सधै गृहयुद्ध हुँने नीति अटल भयो।

भ्रष्टाचारी अपराधीलाई सम्मान हुँदा अमिलो हुन्छ,
देशभक्तका लागि बिद्रोही हतियार नै गजल: भयो।

सुरेशकुमार पाण्डे ०९-०१-२०२४,

Jan 10, 2024, 5:22 AM

गजल:

खुब उध्दुम मचाए भनेर क्रान्तिकारी आन्दोलन्,
सोझा वेरोजगार युवाहरू लाई नारी आन्दोलन्।

जनतालाई बनाए उल्लु पुगे संसदमा बने मन्त्री,
भन्छन् फेरी नि क्रान्तिकारी छ जारी आन्दोलन्।

हामिलाई त भेंडा र बनाए बलिकै बोका नेताले,
अँझै गर्छौँ भन्छन् मैदानमा उतारी आन्दोलन्।

एउटा राजा फाले र कयौं राजा बने लुट मचाए,
अब समाजवाद लेउँन गर्छौँ तैयारी आन्दोलन्।

कुहिराको काग भयो आज अँझै होस आएन खै,
पतन भयो उहिल्यै पुगेर सिमा पारी आन्दोलन्।

कसैले पेसा बनाए अनी कसैले प्रणा दिए देशमा
देश घायल भयो बन्यो छुतकै बिमारी आन्दोलन्।

सुरेशकुमार पाण्डे १०-०१-२०२४,

Jan 11, 2024, 6:28 AM

गजल:

आ-आफ्नो कम्जोरीले हार्छन् जन दरबार बाट,
फेरी बोलावा आउँछ उनै नेतालाई सरकार बाट।

परिवार वादमा देशको राजनीति संसार लजायो,
देख्दा यिनी सिर्श नेताको घृणित ब्यवहार बाट।

सरकारको सेरोफेरोमा घुम्छन् यी छमछम नाच्दै,
कसरी मुक्ति हुन्छ यस्तो नीतिगत भ्रष्टाचार बाट।

देश देश रहेन बन्यो विदेशीको अखाडा सधैभरी,
खतरामै रहिरह्यो स्वाभिमान यी दोकानदार बाट।

बुजुर्वा गणतन्त्रकै पनि कुनै नियम त हुनुपर्ने हो,
कसरी चल्छ देश बिना नीतिको यो औजार बाट।

जनता आहाल भए देश घायल भयो कुनिति ले,
अब मुक्त बनाउँ देश राजनीतिको ब्यपार बाट।

सुरेशकुमार पाण्डे ११-०१-२०२४,

Jan 12, 2024, 4:42 AM

गजल:

के बदलियो र खै जातिय छुव़ाछुत उस्तै छ,
मनभित्रको कुसंस्कार शामन्ती भुत उस्तै छ।

भन्छन् देशभित्र गणतन्त्र आएको धेरै भयो,
जनताको झन-झन समस्या अकुत उस्तै छ।

कसैलाई धनकै मात कसैलाई मात सत्ताको,
फरक छैन ब्यवहारिक नसामा धुत उस्तै छ।

प्रसाशन भयो फेल र घुमछन् अपराधी यहाँ,
तमासा बनेर टुलुटुलु हेर्छ त्यो सबुत उस्तै छ।

सबै भन्दा खतरा देशको लागि भयो अहिले,
अरू राणा राजाकै पालाझैं छुतपुत उस्तै छ।

एकिकरण गरेर दिए नेपाल पृथ्वीनारयणले,
बन्दैछन् बाइसे चौविसिय फुत फुत उस्तैछ।
सुरेशकुमार पाण्डे १२ -०१-२०२४,

Jan 12, 2024, 8:49 AM

गजल:

आफ्नो रगत छर्यो देश विशाल बनायो,
टिष्टा देखि सतलज सम्म नेपाल बनायो।

उठायो चन्द्रमा र सुर्य अङ्कित झण्डा,
रत बाइसे र चौविसियको काल बनायो।

सबै नेपालीहरू एउटै मालामा उने पछि,
एउटै सिमाना ढाक्ने यो सञ्जाल बनायो,

सगरमाथा बनायौँ अनी फैबताल देशमा,
मधेश बनायौँ पहाड सँगै हिमाल बनायो।

पृथ्वी जयन्तीले एकताको संदेश बोक्छ,
सलाम छ आफ्नै छातीलाई ढाल बनायो।

संसारमै देश गुलाम हुनदिएन देशभक्तले,
मन मष्तिकमा एकताको मिसाल बनायो।

सबै जात जाति भाषा भासि अटाउँनुपर्छ,
जिवनभरी नकुनै जातिय पर्खाल बनायो।

सुरेशकुमार पाण्डे ०१२-०१-२०२४,
(२७-पुस् २०८०)
दाङ घोराही १८

Jan 13, 2024, 4:32 AM

गजल:

आ-आफ्नो कम्जोरीले हार्छन् जन दरबार बाट,
फेरी बोलावा आउँछ उनै नेतालाई सरकार बाट।

परिवार मै घुम्यो राजनीति देखि संसार लजायो,
देख्दा यिनी सिर्श नेताको घृणित ब्यवहार बाट।

सरकारको सेरोफेरोमा घुम्छन् यी छमछम नाच्दै,
कसरी मुक्ति हुन्छ यस्तो नीतिगत भ्रष्टाचार बाट।

देश देश रहेन बन्यो विदेशीको अखाडा सधैभरी,
खतरा मै रहिरह्यो स्वभिमान यी दोकानदार बाट।

बुजुर्वा गणतन्त्र कै पनि कुनै नियम त हुनुपर्ने हो,
कसरी चल्छ देश बिना नीतिको यो औजार बाट।

जनता आहाल भए देश घायल भयो कुनिति ले,
अब मुक्त बनाउँ देश राजनीतिको ब्यपार बाट।

सुरेशकुमार पाण्डे ११-०१-२०२४,

Jan 14, 2024, 4:59 AM

गजल:

राजनीतिमा पनि सधैभरी ब्यापार हुनेभयो,
पुजिसनमा खै सदासर्वदा गुनेगार हुनेभयो।

राष्ट्रियता गणतन्त्रको के आस गर्छौ जनता,
देश टुक्रा- टुक्रा र समाजमा दरार हुनेभयो।

रेमिटेन्स् र करमा चलेको देश ऋण चुलिंदा,
हाम्रो देश आज गुलामीको आधार हुनेभयो।

छैन उत्पादन् त्यसैले त युवा खाडीमा पुग्छन्,
कृषिप्रधान देश सधै बिदेशी बजार हुनेभयो।

आन्दोलनको कमान अवसरबादको हातमा,
जती शङ्घर्ष गरेपनी सबै वेकार हुनेभयो।

विरहरूको देश कहिल्यै कसैको गुलाम भैन,
दलाल नेताले गर्दा नागरिकको हार हुनेभयो।

सुरेशकुमार पाण्डे १४-०१-२०२४,

Jan 15, 2024, 5:12 AM

गजल:
न राज्या सभा चाहिन्छ जनतालाई देशमा,
न चाहिन्छ सङ्घियता खाई नखाई देशमा।

जनतालाई स्वांयस्त्त सँगै रोजगार चाहिन्छ,
विकास हुन्छ माटोमा पसिना बगाई देशमा।

हेरौँ प्रकृतीले दिएको अमूल्य उपाहर याहाँ,
जानुपर्छ बिदेश पेटभरी खान नपाई देशमा।

कतै गरिबको सरकार भयो नत छोरा मन्त्री,
उनै शामन्तले राजगरे जनता फकाई देशमा।

न बनौँ भेंडा बलिका बोका सधैभरी जनता,
कसैले दिंन्न कसैलाई आफु न अघाई देशमा।

सानो देश नौवटा संसद भित्र हुन्छ मारामार,
त्यसैले त हुन्छ सधै बिदेशिकै रजाई देशमा।

सुरेशकुमार पाण्डे १५-०१-२०२४,

Jan 16, 2024, 5:58 AM

गजल:
खोज्दा कहाँ भेटाउँ त्यो अनुहार यहाँ,
आमाको आसिर्वाद र मिठो प्यार यहाँ।

जन्मिएका मानिस सबै नमरि सुःख छैन
सुनो-सुनो लाग्छ आफ्नो घर संसार यहाँ।

झल्किन्छन् ती पुराना सम्झना ओरिपरी,
कसरी तिर्न सकिन्छ र दुधको भार यहाँ।

जस्लाई पाल्यो हुर्कायो उसैले पोल्नुपर्ने,
कसले बनायो अनौठो यो संस्कार यहाँ।

मानिसमा इख हुँनुपर्छ र सहास हुनु पर्छ,
आमा बाट मैले पाएको यो औजार यहाँ।

खोस्न सक्दैन् कसैले सम्झना आमाको,
पखालन्छ आँखा आँसुले लगातार यहाँ।
सुरेशकुमार पाण्डे १६-०१-२०२४(०२माग२०८०)

Jan 17, 2024, 5:39 AM

गजल:
सदनमा कुर्ची फाले सडकमा राँको बाले सधै,
राजनीति पनि कुन्नि किन यस्तै गर्न थाले सधै।

छैन रोजगार युवाहरूलाई पठाउँछन् खाडिमा,
खाए कमिसन नेत बिदेशी भित्राउँदै पाले सधै।

प्रकृतिले दिएकै छ हिमाल पहाड र तराई हाम्रो,
स्वर्ग तुल्य देशको श्री सम्पती सबै पखाले सधै।

विर थिए पुर्खा रत गुलाम भएन कहिल्यै नेपाल,
लाछी लोभिकै हातमा गयो र सत्ता खंगाले सधै।

देशले थेग्नै नसक्ने सङ्घियता अंगाले लोभमा,
मागे अनुदान लाग्यो ऋण स्वाभिमान ढाले सधै।

विर गाथा बोकेको हिमाल पहाड तराई हेर्दाहेर्दै,
निजी स्वार्थमा कसिङ्गर झैं सम्झिएर फाले सधै।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७-०१-२०२४,

Jan 18, 2024, 6:32 AM

गजल::

हामिले आफैलाई भ्रष्टाचारी किन नभन्ने,
आफै धन् सम्पत्तिको पुजारी किन नभन्ने।

के फरक प्रतिकृयाबादीमा बिचार बाहेक,
लोभ लालचको महा बिमारी किन नभन्ने।

पद प्रतिष्ठापनि नभई हुदैन पैसा चाहिन्छ,
व्यबहारमा उनैको हाराहारी किन नभन्ने।

दुश्मनलाई चिन्न सजिलै छ छदम् गारो छ,
भित्रे अवसरबादलाई दो धारी किन नभन्ने।

पसिना मात्रै कहां बेच्छौं र हामी नैतिकता,
बेच्नेहरू झन इमानकै व्यपारी किन नभन्ने।

छैन खै जनताबाट लिएको धनको हिसाब,
आफैलाई शोशक अहङ्कारी किन नभन्ने।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८-०१-२०२४,

Jan 19, 2024, 5:30 AM

गजल:

मानिस हौँ हाम्रो पनि मनमा थुप्रै रहर हुन्छ,
जानि अन्जानी कुनै गलती नहौस् डर हुन्छ।

तिमीले त सधै भरी मेल मिलापकै गर्छौ कुरा,
तर व्यबहारमा तिम्रो मयाँ सुकेको बगर हुन्छ।

आफ्नै लागि मात्रै त बाँच्छन् जिव जन्तु पनि,
मानव हौँ र त अर्कैको लागि बाँच्ने कर हुन्छ।

भन्छन् उसले ढुङ्गामा समेत देख्यो भविश्य,
कलाकारहरू लाई आफ्नै कलामा भर हुन्छ।

पराणीहौँ जिन्दगी सबैलाई प्यारो हुन्छ साथि,
देश र जनताको लागि काम गरौँ कदर हुन्छ।

भन्छन् कागज पनि बिदेश बाट आउँछ सधै,
जुन देशमा धेरै मात्रामा खरकट्टिमा खर हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोर १८
१९-०१-२०२४,

Jan 20, 2024, 6:13 AM

गजल::

देशमा आजसम्म ज-जस्का सरकार भए,
उनिहरू नै साम्राज्यवादका बफादार भए।

जनता त सधै झुटको भमरिमा पर्छन् यहा,
भोट दिन आन्दोलन् गर्न सधै लाचार भए।

बिचरा सोजा जनता इमानदारको मिसाल,
छैन रोजगार देश छाडे सिमाना पार भए।

हिंजैं हो प्रवाशी नेपाली सँग सरण माग्थे,
आज उन्का राजधानीमै ठुला दरबार भए।

भयो महंगी भ्रष्टाचार अपराध को विकास,
भैन समाधान समस्या सयबाट हजार भए।

भन्छ धागीहरू देश समाजवाद अन्मुख छ,
बिचार सँग कत्ती मेल नखाने व्यबहार भए।

सुरेशकुमार पाण्डे २०-०१-२०२४,

Jan 21, 2024, 5:25 AM

गजल:!

जब बन्द कोठाभित्र बलात्कार हुन्छ,
भन मित्र त्यसको को पहरेदार हुन्छ।

असाय अबला सँग अत्याचार भएको,
कुन आधारमा व्यापार वा प्यार हुन्छ।

फसाउँन त सकिन्छ युवाहरूलाई पनि,
गवा हुँदैन जुनवेला त्यो दुराचार हुन्छ।

होनहार प्रतिभा त गुमायो देशले याहाँ
ऊ परिवारकै पनि जिउँने आधार हुन्छ।

खै त्यो आमाको मर्म कसले बुझ्नेहोला,
त्यही छोरानै जसको सारा संसार हुन्छ।

कसैले काँधमा राखेर निसाना लगायो,
हिंजो आज यस्तो पनि थुप्रै करार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१-०१-२०२४,

Jan 21, 2024, 7:53 AM

गजल:: (सहयात्राको ३५वर्ष पुरा भएछ हाम्रो।)

तिम्रै लागि गजल: लेखौं जानि नजानी लाग्छ,
तिमी बिनाको अधुरो आफ्नो कहानी लाग्छ।

भएन तक्रार कुनै भुलेको वेलामा जिवनभरी,
कस्तो समज्दार मलाई तिम्रो यो बानी लाग्छ।

न आएका होइन केही हुरी बतास जिवनमा,
पाखा लागे दुष्टका इरादा भए खरानी लाग्छ।

तिम्रो अधरमै देख्छु संसार कै उज्यालो घाम,
तिम्रो हिया सधै मेरो मनको राजधानी लाग्छ।

जति प्रसंसा गरेपनि त्यो सबै थोरै हुन्छ तिम्रो,
समग्र भन्नुपर्दा रूपरङ्ग आंखाको नानि लाग्छ।

सुरेशकुमार पाण्डे २२-०१-२०२४,

Jan 22, 2024, 5:10 AM

गजल::

सबै व्यास्थ हुन्छन् कसैलाई फुर्सत छैन,
देशको अबस्था कस्तो छ अबगत छैन।

गरिब भयो देश अल्छी नेताहरूले गर्दा,
संसारमा पहिलेको जस्तो इज्जत छैन।

गठबन्धन् भन्छन् अपबित्र हुन्छ एकता,
आलुको बोरी जस्तै भयो एउटै मत छैन।

खै बिपक्ष कुन पक्ष कुनहो छुट्टाउँन गारो,
कसैलाई विकासको देशमा जरूरत छैन।

भन्छन् गणतान्त्रिक सम्बिधान छ देशमा,
भ्रष्टाचार उस्तैछ नागरिकलाई राहत छैन।

कसले पताउँछ नेताकै बकवास सधैभरी,
यहाँ नियम कानुन छैन कत्ती बर्कत छैन।

यी देशका होनहार करणधार हुन बनाए,
बन्छन् प्रतिभा छ सरकारको नियत छैन।
सुरेशकुमार पाण्डे २२-०१-२०२४,

अहिले त इतिहासकै ठुलो कृति बनेको होला।
नमन् तथा सुप्रभात

Jan 23, 2024, 5:37 AM

गजल::

राम्रो लागोस् नलागोस औंठाको स्टिकर जिन्दावाद,
मन राख्नलाई भएपनि लाईक सकभर जिन्दावाद।

सुख भोगि गरायो प्रविधीले सबै छन् रेडिमैन्ट याहाँ,
भएकाछान् प्रफुल्ल न लेखि शब्द हरहर जिन्दावाद।

जन्मोउत्सवमा केक समेत स्टिकरकै छ बधाई पनि,
पाइन्छ मम, चाउमिन उस्तै पाइन्छ बर्गर जिन्दावाद।

हेर्नै पर्दैन लेख्नै पर्दैन पढ्नै पर्दैन सबै छन् तयारिमै,
मनमा लाइक कमेटको मात्र हुनेगर्छ डर जिन्दावाद।

सबै भए,नेता सबै भए लेखक जो सँग नेट हुन्छ यहाँ,
उसैलाई आउँछ लेख्नेपनि धेरैको आफर जिन्दावाद।

ए मित्र छाड यो स्टिकरकै परमपरा लेख्ने बस्छ बानि,
रचनामा स्टिकर राख्दा हुन्छ यो मन् पर्पर जिन्दावाद।

सुरेशकुमार पाण्डे २३-०१-२०२४,

Jan 24, 2024, 5:39 AM

गजल::

एकता हुन्छ भने ओडार पनि घर हुनसक्छ,
परिवार भित्र बाचुञ्जेल राम्रो भर हुनसक्छ।

हामी प्रवाशी जीवनमा भाडामा बसेका थ्यौँ,
त्यो अनुभवपनि सङ्घर्षकै सफर हुनसक्छ।

तन् खियाएर पसिना बगाई आसियाना बन्यो,
एसैलाई संभारने यो मन भित्र रहर हुनसक्छ।

म जन्मिंदा ढुङ्गा माटोको चारपाखे घर थियो,
खरको छानो समेत मायाँको डगर हुनसक्छ।

कहाँ बाट कहाँ पुराउँछ थाहा छैन जिन्दगिले,
आफ्नै काल आफै भिरेको मफलर हुनसक्छ।

हिंड्दा हिंड्दै पराण कता अल्झिन्छ केथाहा,
सुख्ख हुँन्छ कसैलाई मनमा परपर हुनसक्छ।

हरेश नखानु मित्र जीवन सङ्घर्षकै सफर हो,
कहिले राम्रै कामको समेत वे-कदर हुनसक्छ।

सुरेशकुमार पाण्डे

Jan 25, 2024, 4:54 AM

गजल::

आज सङ्घीयताले देश खरानी बनायो,
इतिहाश नराम्रो देशको कहानी बनियो।

बच्चा बयासी हजार रिन लिई जन्मिन्छ,
नागरिकहरू को आखामा पानी बनायो।

देश परनिर्भर छ कसरी थेग्छ ऋण सधै,
सत्तालोभि कङ्गाल जानी जानी बनायो।

पक्ष र विपक्ष छुट्टाउँ नै गारो छ देशभित्र,
लोभिहरू जहिलेपनि मनोमानी बनायो।

आसे,पासे,गासे नेताहरूको भए चाकर,
युवाहरू तह लगाउँन राहादानी बनायो।

गाउँ सहर मा सिङ्गदरबार भन्नेहरू आफै,
भ्रष्टाचारी को अखाडा राजधानी बनायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५-०१-२०२४,

Jan 30, 2024, 7:20 AM

नमन् सर
धेरै जम्मा भए यता?

गजल::

अखण्ड देशको लागि पराणको बलिदान दिए,
मुक्ती गराए स्वतन्त्रताको उनैले पहिचान दिए।

कसैलाई झुण्डायो राणाले कसैले खाए गोली,
झुकाएनन् सिर कटाए बरू नयाँ उखान दिए।

एक थोपा आँसु बगाउँ हामी नेपाली जनताले,
सहिदको नाउमा स्वतन्त्रतालाई सम्मान दिए।

धर्मभक्त,शुक्रराज,गंगालाल र दशरथ चन्द ले,
यो देशका जनताहरूलाई आफ्नो परान दिए।

ए नेता थोरै याद गरौँ यिनको कुर्वानी तिमी ले,
मन्त्री बनाए र उनैले राजधानीमा मकान दिए।
सुरेशकुमार पाण्डे ३०-०१-२०२४(१६-माघ२०२८)

गजल::

सहिदले दिएको बलिदान न भुलौं,
असल यो बिधिको बिधान न भुलौं।

पहिलो सहिद लखन थापा भन्छन्,
देश जनता प्रतिका उखान न भुलौँ।

दशरथ,गंगालाल,धर्मभक्त ,शुक्रराज
हुँन हाम्रो स्वतन्त्रताकै परान नभुलौँ।

सहिद कुनै पार्टीको हुँदैन देशका हुँन,
राष्ट्रले गर्छ सहिदलाई सम्मान नभुलौँ।

खोज्नु पर्छ उनिहरूका योगदान यहाँ,
लगाए उन्को नाउमा दोकान न भुलौँ।

खबरदार छ सहिदको अपमान नगरौँ,
पक्ष विपक्षलाई गर्न आवहान न भुलौँ।

ए जनताहरू सहिदको गरौँ सम्मान,
सहिद पराण देशकै हुँन शान न भुलौँ।

सुरेशकुमार पाण्डे २९-०२-२०२४,

Feb 1, 2024, 4:38 AM

गजल::

जसले देश जोगाउंन भनि कम्मर कसेका छन्,
उनि नै साम्राज्यावादको अधिनमा बसेका छन्।

नागरिकले भन्छन विकास किन हुदैन देशमा,
थाहा छैन र नेता आफ्नै बचनमा फसेका छन्।

यो देशका त देवताले पनि बली मागेको देख्दा,
लाग्छ मानिस र देवताले जिलाव घसेका छन्।

देख्दा स्वर्ग तुल्य देश हिमाल पहाड मधेश हेरौं,
देशकै अर्थव्यवस्था झन पछिझन खसेका छन्।

हामिले विना स्वार्थको मानिस भेट्न गारै होला,
सबै मान्छे मन र मष्तिकमा स्वार्थ धसेका छन्।

यत्ती कुरा हो नेता ऐयासी गर्न देश बिदेश घुम्दा,
देशका युवा काम खोज्न खाडिमा पसेका छन्।

सुरेशकुमार पाण्डे ०१-०२-२०२४

Feb 2, 2024, 5:22 AM

गजल:!

न धन् रहिरहन्छ न जवानी रहन्छ,
तिम्रो मेरो शेष मात्र कहानि रहन्छ।

जीवन छ योजना छ स्वार्थी मनमा,
जल्छन् चितामै न त खरानी रहन्छ।

स्वार्थको कुम्लो बोकेर नजानु तिमी,
समाजमा राम्रै गरेको लगानी रहन्छ।

सबैको अन्तिम गन्तव्य त्यो बगर हो,
त्यसैमा हियाको यो राजधानी रहन्छ।

प्रकृतीले सिकाएको छ रित्तै जानेहो
राक्षस भएपनि न त्यो सैतानी रहन्छ।

बुझाइदिन्छ जती दन्किएपनि आगो,
सबै पखाल्छ यहाँ शेष पानी रहन्छ।

सुरेशकुमार पाण्डे

Feb 3, 2024, 5:06 AM

गजल::

कुनै दिन देश बाट नै देश विहिन हुन्छ,
त्यही वेला तिमिलाई पनि एकिन हुन्छ।

अंग्रेज हरूले काम सुरू गरिसक्यो त्यो,
बोल्दै नबोली आफ्नै काममा लिन हुन्छ।

जब चाबुक चलाउँनु पर्छ तिमी र मलाई,
छर्लङ्गै बल्ल हामी लाई त्यही दिन हुन्छ।

बुद्धिजिवी भएपनि बुद्धु भए त के गरौँ,
बुद्दी अलिपछि समय बितेको छिन हुन्छ।

थाहा छ हामि सोझा भएर रित्तिएका हौँ,
ढ्याम-ढ्याम बजी रहने रित्तो टिन हुन्छ।

अहिले डालरमा फ्रुक्क परेका छौ भोली,
आउने दिनमा हेरौँ आफै सँग घिन हुन्छ।

सुरेशकुमार पाण्डे ०३-०२-२०२४

Feb 5, 2024, 5:33 AM

गजल:!

साँच्चै सुन्दर आसियाना लाग्छ त्यो ओडार पनि,
पारिवारिक एकता भए डराउँछन् साहुकार पनि।

आधा जीवन खरको छानो र गोठे घरमा बितायौँ,
कति प्यारो र भरपर्दो थियो त्यो खरकै झार पनि।

भाडाको पक्की घर भन्दा पातिले बारेको बुकुरो,
आफ्नो लागि त त्यही थियो अमूल्य संसार पनि।

जहाँ मिठो मायाँले भरिएको हुन्छ घर परिवारको,
त्यहाँ काम लाग्दैनन् दुश्मनहरूका औजार पनि।

तिमीले स्वर्गका कुरा गर्छौ मरेपछिको झुटो कथा,
यहाँ नर्कका सौदागर बनेका हुन्छन् दरबार पनि।

अब त बुझौँ यो दुष्टको हत्थकण्डा स्वर्ग नर्क को,
कति दिनसम्म रहिरहला मुर्खताकै व्यवहार पनि।

सुरेशकुमार पाण्डे ०५-०२-२०२४,

Feb 6, 2024, 4:16 AM

गजल::

मानिस हो मानिस भएरै जिउँन खोज्यो जिवनभरी सधै,
पसिना बगायो तन खियायो सङ्घर्ष गर्यो ऊ नडरी सधै।

सोंचथ्यो इमान पनि कुनै चिज हो वेइमान बन्नु हुँदै हामी,
उसैलाई आउँछ आफर पनि वेइमानहरूकै घरिघरी सधै।

देख्छ भुलभुल्याँकै सहर जिवन उनैको सुखमय भएको,
सडक देखि सदन सम्म भएको छ भ्रष्टाचार मनपरी सधै।

संसार बदल्छु भन्दै कम्मर कसेको यो क्रान्तिकारी आफै,
दुनिया हेर्छ र नियाल्छ आफुलाई भन्छ वाह सुस्तरी सधै।

पूर्व जनमका कथा सुनाउँनेहरू लुटेका छन् स्वर्ग आजै,
क्रान्तिकारी नर्कबाट स्वर्गकै भविश्य देख्छन् खर्खरी सधै।

चर्को घाम छर्लङ्गै छ आफ्ना आँखा तोपेर सुर्य खै भन्छन्,
ऊ भन्छ म आमूल परिवर्तनको सम्वाहक हुँ बेस्सरी सधै।

सुरेशकुमार पाण्डे

Feb 7, 2024, 3:49 AM

गजल::

निदाउँछन् गिट्टी कुट्दाकुट्दै निद्रा नै खास हुन्छ,
भोजन भन्दा पनि गरिबको भोकमै मिठास हुन्छ।

जाडो त सबैलाई आउँदो होला बिना भेदभावको,
कसै कसैको चिसो बगरमा पनि गास बास हुन्छ।

ए सरकार भन् कहिले सम्म उपहासको श्रत बनौँ,
कहिले काम पाउँछौँ र कहिले यहाँ विकास हुन्छ।

खान र लगाउँनमै युवा देश विहिन भएको देख्दा,
सहनसिलता टुट्छ यो मन पनि सधै हतास हुन्छ।

हो गणतन्त्र ल्याउँदा सहिदको खेति भएको थियो,
अहिले जुन नेता छाने पनि विदेशीको दाश हुन्छ।

जसले जहाज नै देखेन जीवनमा हिँजो आज यहाँ,
बाकसमा उडेर आएको उनैको छोराकै लास हुन्छ।

सुरेशकुमार पाण्डे ०७-०२-२०२४,

Feb 8, 2024, 6:16 AM

गजल:

किन साम्राज्यवाद हाम्रो देशको हकदार हुन्छ,
उसैको जि हजुरीमा व्यास्थ सधै सरकार हुन्छ।

आफ्नो मातृत्वको रक्षा नगरी दुष्टको दलाली,
नेताहरूको सधै बिचार फरक व्याबहार हुन्छ।

आजको वैज्ञानिक युगमापनि रूढिवादी उस्तै,
जब की नयाँ- नयाँ खोजमा सारा संसार हुन्छ।

साहित्यकार हुनुपर्छ समाजलाई सचेत गराउँने,
राष्ट्रियताको उन्नतीमा प्रगतिसिल विचार हुन्छ।

याहाँ सधै समस्या मात्र मौलाउँछ हाम्रो देशमा,
हाम्रो समाज त कुरितीमै सधैभरी बिमार हुन्छ।

मजदुर जन्मायो हिमाल पहाड र तराई देश ले,
त्यसैले रेमिटेन्समा मात्र याहाँ कारोबार हचन्छ।

सुरेशकुमार पाण्डे ०८-० २०२४,

Feb 9, 2024, 3:13 AM

गजल:!

देशका युवाहरू लाई राहादानी चाहिन्छ,
लेखकलाई राम्रा नराम्रा कहानी चाहिन्छ।

सरकारलाई रेमिटेन्स भए पुग्छ देशभित्र,
मन्त्रीलाई आसियाना राजधानी चाहिन्छ।

खेतिगर्न छाडे किसान कृषिप्रधान देशमा,
खेतिका लागि मल विउ र पानी चाहिन्छ।

कल कारखाना कसले बनाउँने यो देशमा,
त्यसको लागि यहाँ ठुलो लगानी चाहिन्छ।

अचेल छोरा विदेश र आमा बाले घर धान्ने,
बुहारीलाई भने सहरमा मनोमानि चाहिन्छ।

नर्क तुल्य गरायो देशभित्र छाडा संस्कारले,
साखै हुँन जुवा रक्सि नराम्रो बानि चाहिन्छ।

सुरेशकुमार पाण्डे ०९-०२-२०२४,

Feb 10, 2024, 4:40 AM

गजल::

जसलाई छाने पनि त्यही गुनेगार हुन्छ,
विदेशीको रखेल देशको सरकार हुन्छ।

सोझालाई लागु हुन्छ नियम कानुन् नी,
अपराधी सँग त सरकारको प्यार हुन्छ।

पाइदैन मर्दा मलामि र विवहाको जन्ती,
बरू कुना कुनामा देशको गद्धार हुन्छ।

सडक देखि सदन सम्म हेर्दा अचम्मै परें,
जता हेर्छौँ उतै देशभित्र भ्रष्टाचार हुन्छ।

कुसंस्कारले छिया-छिया छ समाज हाम्रो,
नयाँ-नयाँ रोग भित्रे समाज बिमार हुन्छ।

झार फुक आजको वैज्ञानिक युगमा पनि,
जातिय छुवाछुत समाजमा लगातार हुन्छ।

सुरेशकुमार पाण्डे १०-०२-२०२४,

Feb 11, 2024, 5:11 AM

गजल::

अचेल मानिस किन असाय र लाचार हुन्छ,
छोरा छोरीलाई आमा र बा ठुलो भार हुन्छ।

निर्णय कार्यन्वयन किन हुन सक्दैन साच्चै,
केन्द्रीयता लागुगर्न नेतालाई धेरै हतार हुन्छ।

जहाँ मुना र मदनका कथा हुन्छन् समाजमा,
भन जनता त्यहाँ देश सँग कसरी प्यार हुन्छ।

तिमीले सधै भन्नेगर्छौ देश विदेशीले नै लुट्यो,
किन नलुटोस् उस्ले लुट्ने सधै आधार हुन्छ।

जिउँदा सँग लड्छौँ विरहरूको समाज हो यो,
साँच्चै हो मुर्दा सँग मात्र डरले हाहाकार हुन्छ।

जिवित छँदा त खुब गालि गर्दै श्रापथ्यो उसैले
मरेपछि लासमा झण्डा उडाउँने व्यवहार हुन्छ।

सुरेशकुमार पाण्डे ११ ०२ -२०२४

Feb 12, 2024, 4:26 AM

गजल::

जातिययताको आगो सल्काएर हिंड्छन्,
स्वार्थमा आर्काको रगत बगाएर हिंड्छन्।

कस्तो राजनीति गर्छन् अचेल नेताहरू ले,
अर्काकै रगत पसिनामा अघाएर हिंड्छन्।

उनिहरू सोजासाझा जनतालाई सधैभरी,
अपराधी बनेर पैतालामा दबाएर हिंड्छन्।

ति मानाव रूपि सैतानहरू सधैभरी याहाँ,
मौकामा आमाको छाती चिराएर हिंड्छन्।

लगाउँछन् अतिरञ्जित नाराहरू सडकमै,
कयौं युवाहरू त्यो बाटो समाएर हिंड्छन्।

बिद्रोही जालमा पर्छन् र अमूल्य जिन्दगी,
युवाहरू व्यार्थै माटोमा मिसाएर हिंड्छन्।

सुरेशकुमार पाण्डे

Feb 14, 2024, 5:01 AM

गजल::

कसैले पुजा गर्छ कसैले व्यापार गर्छ,
सबै आ- आफ्नै स्वार्थी व्यवहार गर्छ।

ढुङ्गामा पराण हाल्छन् कलाकारहरू,
तर भ्रम दिन्छ ढुङ्गाले र गद्धार गर्छ।

माटो र ढुङ्गालाई पुज्नैपर्छ मानिस ले,
ऊ जिउँने मर्ने सङ्केत लगातार गर्छ।

हुन्छ कहिले भुइचालो कहिले पहिरो,
प्रकृतीलेपनि दुश्मनकै मद्तगार गर्छ।

जातियताको सिकार भए लैला मज्नु,
तर मृत्युपछि संसारले नै सत्कार गर्छ।

मानिस मानिसमै के फरक हुन्छ भनौँ,
किन कसैले जीवन सँग खेलबार गर्छ।

सुरेशकुमार पाण्डे १४-०२-२०२४

Feb 15, 2024, 5:33 AM

गजल::

अत्याचारको बिरोध गर्छ आफै अत्याचार गर्छ,
नेता बनेर ऊ समाजमा अनैतिक व्यवहार गर्छ।

हिंसक छ र अहिंशाको गफ लगाउँछ गफडि,
अपराधी अन्मुक्त गर्छ र त ऊ बालात्कार गर्छ।

समाजपनि कस्तो समाज हो चमत्कार खोज्ने,
जबकी सधै संसारले पसिनाको कारोबार गर्छ।

हो हाम्रै देशको सरकार पनि अनौठो बन्दै गयो,
कहिले नागरिकता बेच्छ घाटाको व्यापार गर्छ।

भन्छ सर्वहारा सुकुमवासीको हितेशी हौँ हामी,
व्यवहारमा भ्रष्टाचार र तस्करकै मदतगार गर्छ।

जसलाई जनताले भर गर्छन् र पुग्छ सिखरमा,
परायजसो उसैले देश र जनता सँग गद्दार गर्छ।

सुरेशकुमार पाण्डे १५-०२-२०२४,

Feb 16, 2024, 6:04 AM

गजल::

लथालिङ्गै छ बाटो उस्तै साधन सवारी हुन्छन्,
कतै पहाड हुन्छन् त कतै ढुङ्गाकै घारी हुन्छन्।

उफ्!नेपालीको जिन्दगी अकाल मै गयो चोला,
दुर्घट्ना कहिले डाँडा वारि कहिले पारी हुन्छन्।

खै किन भन्छन् बैकुण्ठमा बास हुन्छ मरेपछि,
लाग्छ कथा सुनाउँने मानिसक बिमारी हुन्छन्।

भनौँ त कसले देखेको हुन्छ बैकुण्ठ नगर त्यो,
नबोलौँ यस्ता झुटा सबैलाई झुट भारि हुन्छन्।

थाह छ देशलाई ठेकेदार नै चलाउँछ सधै भरी,
त्यसैले त जताततै देशभित्र भ्रष्टाचारी हुन्छन्।

दुर्घटामै मर्छन् निर्दोश जनता दिनानु दिन याहाँ,
हुँदैन बिमा पनि देशका नेतानै अल्लारी हुन्छन्।

सुरेशकुमार पाण्डे १६-०२-२०२४,

Feb 17, 2024, 6:33 AM

गजल::

देशभक्ती बिचार मा नागरिक अटल हुँदैन,
सङ्घीयता बिरूद्धमा राजनीति दल हुँदैन।

अनिकाल रहिरहन्छ शान्ति सुब्यवस्थाको,
सडक सदनमा विकासको छलफल हुँदैन।

हामिहरू दुनिया भरी किन उपहास हुन्छौ,
चलिरहन्छ जबसम्म विकासको भल हुँदैन्।

ह्याप्छन् दुष्टहरूले र गर्छन् अतिकर्मण सधैं,
अखण्ड देश र नेपाली एकताको बल हुँदैन।

नबन्दा सम्म स-ससाना उद्योग धन्दा देशमा,
रोजगार मिल्दैन सम्पत्ती चल अचल हुँदैन।

देशमा खतरा रहिरहन्छ जनता सचेत नभए,
नेतामा अखण्ड देशबनाउँने अक्कल हुँदैन्।

सुरेशकुमार पाण्डे १७-०२-२०२४,

Feb 18, 2024, 5:02 AM

गजल::

हिँजो व्यवस्था राम्रो बनाउँन आन्दोलन खास भयो,
आज अवसरबादकै हातमा सत्ता देशको नाश भयो।

पाल्यौं हुर्कायौं नेपाली छोरालाई र पठायो खाडिमा,
आर्काको देशकै लागि होनहार युवाको लाश भयो।

नयाँ जनवादकै लागि भनेर चलेको कथित जनयुद्ध,
नेतालाई सत्तामा पुराउँदा क्रान्तीकै नारा बतास भयो।

उता बिदेशी आँ गरेको छ यता प्रतिगामि जुर्मुराउँदा,
नागरिकको समस्या त झन पछि झन ठुलै रास भयो।

कसलाई चुन्ने यो देशमा जनताले को छ खै देशभक्त,
जसलाई छानेर पठाएपनि त्यो विदेशको दाश भयो।

छैन बाटो दुर्घटना हुन्छ दिनौं रोजागर बिहिन मुलुक,
विदेशीको चलखेल उस्तै नागरिकको उठिबास भयो।

सुरेशकुमार पाण्डे

Feb 19, 2024, 5:08 AM

गजल:!

आफै सँग शङ्घर्ष गर्नुपर्छ जीवनको सफर उस्तै छ,
खोला सुस्याउँछ उसैको छातिमा मौन बगर उस्तै छ।

दक्दिरका कुरा गर्छन् शोषित पिडित जनता हरूले,
उनिहरू लाई नै मरेपछि स्वर्गमा पुग्ने रहर उस्तै छ।

हलो बनाउँने र दाम्ला नाम्ला बाटेर गुजार चल्द्थ्यो,
आज उन्कै अपमान अनि अल्छिको कदर उस्तै छ।

बा र आमाले छोरा छोरीको लागि आफ्नै रगत बेचे,
उनै औलादले गर्दा आँसुमा भिजेको अधर हुस्तै छ।

सपना र यो जना त आफ्नै मन मष्तिकमा छन् थुप्रै,
तर कहाँ पुगेर दफन् हुन्छन् मानिस वेखबर उस्तै छ।

जब निकास विहिन हुन्छ यो मन र मष्तिक आफ्नो,
उस्लाई मानिसमा भन्दा बरू ढुङ्गामा नै भर उस्तै छ।

सुरेशकुमार पाण्डे १९-०२-२०२४

Feb 20, 2024, 5:10 AM

गजल::

जहिले पनि देशमा भ्रष्टाचारीको सरकार हुन्छ,
अरूलाई लुटि खाने उनिहरूको व्यवहार हुन्छ।

किसानहरू आकास तर्फ हेर्छन् निदार छोप्दै,
मल,बिउ, पानी बिनाको किसान लाचार हुन्छ।

अवसरबादले उसैको खेत बारी खोस्ने दाउँमा,
एकछिनकै लागि ऋण दिन्छ र मद्तगार हुन्छ।

गरिब किसानले खेत बेच्यो र बारी पनि बेच्यो,
ऊ आफै झन् पछिझन् कङ्गाल लगातार हुन्छ।

त्यो टुक्रा बारिको साहुलाई दिएर गयो खाडिमै,
यसरी नै गरिबको स्वाभिमान को व्यपार हुन्छ।

फर्किन्छन् कुनै कुनै त लाश रातो बाकस भित्रै,
यस्तै गरिबको प्राण सँग धनको कारोबार हुन्छ।

सुरेशकुमार पाण्डे २०-०२-२०२४,

Feb 21, 2024, 5:11 AM

गजल::

जब संसद भित्र नेताको बबाल हुन्छन्,
सम्झिनुहोस् देशमा धेरै सवाल हुन्छन्।

असमान सन्धिको बिरोधी आवरणमा,
त्यो भित्र लुकेका विदेशी जाल हुँन्छन्।

आज पनि भोकै सुतेछन् राजधानीमा
कयौँको सिरानीमा रित्ता थाल हुन्छन्।

सोझा छन् तर मुर्ख भने छैनन् जनता,
कुन्दिन् यो कालको पनि काल हुन्छन्।

धेरैछन् क्रान्तिको नारामा पलेका यहाँ,
जो घरिघरी उनै क्रान्तिका ढाल हुन्छन्।

अल्छिहरू हुन्छन् पेसेवर पेसाकै लागि,
बिचार मुखि व्यवहारमा कङ्गाल हुन्छन्।

मित्रले नेपाली आइडीमै सिम देने भयो,
मख्ख नपरौँ यसैमा कयौँ चाल हुन्छन्।

सुरेशकुमार पाण्डे २१-०२-२०२४,

Feb 22, 2024, 5:57 AM

गजलः

भन्छन् गाउँ गाउँमा सिहँ दराबार आयो,
जनता माथि अब ठुलो कार्यभार आयो।

छिमेकले सिमकार्ड दिने भयो हामिलाई,
राम्रै हो गाढा मित्रताको समाचार आयो।

सोंचौँ त गम्भिर भएर घाट के फाइदा छ,
कस्को रद्धी बिक्यो कस्को व्यपार आयो।

देश नै सिक्किमको नजिकै छ थाहा छैन,
किन छिमेकीलाई तिमीमा यो प्यार आयो।

हो नहुँनु भन्दा त भयो उस्कै बिक्रि बढेछ,
तिमीलाई झन् अब त ठुलो संसार आयो।

माछो-माछो भ्यगुतो भयौँ सबै जनताहरू,
अगत्तिलो र बेकारको सधै सरकार आयो।

सुरेशकुमार पाण्डे १०-०२-२०२४,

Feb 23, 2024, 5:27 AM

गजल::

यो देशमा कृषियोग्य खेत बारी सक्कियो,
बजार भाव राम्रो नहुँदा व्यापारी सक्कियो।

अड्डा अदालतमा समेत घुसेपछि राजनीति,
न्यायलयमै पनि अब इमानदारी सक्कियो।

जङ्गलराज भएकोछ नयाँ समाज बनाउँदा,
धनको प्रभाव बढ्यो क्रान्तिकारी सक्कियो।

लाला बाला नपाले पछि त ढुक्कै छ अचेल,
किनेर पुग्छ दाउरा घाँसको भारी सक्कियो।

छोरा खाडी गयो र बुहारी सहरमा बस्छिन,
बा आमाको सेवार्थ छोरा बुहारी सक्कियो।

देश कहाँ रह्यो धुँदा धुँदा बन्नथाल्यो परदेश,
उस्तै मानिस मरेपछि सबै बिमारी सक्कियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३-०२-२०२४,

Sat 5:02 AM

गजल::

गरिब भनी सकेपछि त्यो सँग धन कहाँ हुन्छ,
इमानदार सँग वेइमानी गर्ने लगन कहाँ हुन्छ।

नेताहरू देश बिक्रीगर्यो भन्दै कराउँछौ तिमी,
उसलाई लाग्ने तिमी भन्दा अमन कहाँ हुन्छ।

जसले नदी बेच्यो बगर बेच्यो देशको गरिमा,
वेइमानी बिना यत्रो धनको जतन कहाँ हुन्छ।

को जिवीत रहिरहन्छन् याहाँ मर्नै पर्छ सबैले
मान्छेलाई त्यो काल पनि दनादन कहाँ हुन्छ।

म पैसालाई हेर्छु सधै हाँसो लाग्छ किनहोला,
बिना रूपैयाँ मान्छेको लाश दफन कहाँ हुन्छ।

साम्राज्यवादी यो देशभित्र पसिसक्यो नेताजी,
भनौँ यो भन्दा ठुलो दुष्टको संगठन कहाँ हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४-०२-२०२४,

Sun 6:13 AM

गजल::

लाश जलेको केही दिन भित्र त्यहाँ निसानी हुँदैन,
जस्तै बिस्तरा हुँदैन सुतेको खाटमा सिरानी हुँदैन।

कथा कहानी रहन्छ केही दिन मानिसको मुखमा,
केही दिन पछि आफन्तिको आँखामा पानी हुँदैन।

संसार यस्तै छ जन्माउँछन् आफ्नो काल आफैले,
तर भन्न भुल्दैनन् मानव जात कत्ति नादानी हुँदैन।

किन छ यस्तो तनातनी र लोभ लालच समाजमा,
मानव समाजमा आज निस्वार्थ जानि-जानि हुँदैन।

भन्छन् मर्ने त मर्यो बाँचेका रमाऊँ एकैछिन पछि,
थाहा छ सबैलाई, मर्दैनमर्ने कुनै जिन्दगानी हुँदैन।

केही क्षणको मात्र र अमूल्य हुन्छ जिन्दगी सबैको,
तर पनि कुन्नी किन मानव समाज साबधानी हुँदैन।

स्वर्ग नर्क कतै छ भने यही समाजभित्र हुन्छ भन्छु,
धेरै दिन अडिने यो समाजमा झुटको कहानी हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५-०२-२०२४,

Mon 4:56 AM

गजल::

जस्तै धनिले गरिब मार्छन् ठुलाले सानालाई मार्छन्,
भन्दैन बा आमा पनि दाईले भाई,भाईले दाई मार्छन्।

दुश्मन् बनेर जित्न सकिन र त मितेरी लगायो दुष्टले,
सोझा मान्छेलाई केथाहा कति साइनो लगाई मार्छन्।

उसले सपना रातीमा होइन दिउसोमै देख्छ सधैभरी,
तर उसको योजना बिफल गर्ने योजना बनाई मार्छन्।

बा र आमालाई पाल्न कठिन छ अचेल महंगिले गर्दा,
बरू बा र आमाको जिवनभरीको कमाई खाई मार्छन्।

यो कलियुग भन्छन् कसैले वैज्ञानिक भन्छन् कसैले,
बुझ्न गारै हुन्छ दुबैको मर्म गलत बाटो समाई मार्छन्।

जलमा थलमा आकास पत्ताल मार्ने मात्र काम भयो,
शक्तिसाली,कम्जोरलाई सधै फकाई- फकाई मार्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६-०२-२०२४,

Thu 6:15 AM

गजल::

ढुङ्गा तरास्यो मानिसले भगुवान बनायो,
आफुले बरू आफैलाई सैतान बनायो।

मर्नेवेलापनि भ्रमित भएर मर्छन् मानिस,
भ्रमजालमा दुर्वल आफ्नै जहान बनायो।

डराउँछन् आफ्नै छायाँ देखेर मान्छेहरू,
चमत्कारको कथाभित्र नै तुफान बनायो।

केछ र संसारमा तिम्रो मेरो कथा बाहेक,
देवता कहिले त आफैलाई हैबान बनायो।

जन्मिएका मर्छन् मरेका जन्मिदैनन् यहाँ,
मान्छे आफै अस्पत्ताल र सम्सान बनायो।

चितामा आगो आफैले लगायो मानिसले,
आफु गोण भएर धुँवालाई प्रधान बनायो।

पौरखीले जसरी देखाए विकास गरेर यहाँ,
अल्छि आफुलाई चिनाउँन उखान बनायो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *