मुलुकी संहिता

वि.सं. १९१० मा जङ्गबहादुर राणाले युरोप यात्राबाट फर्केपछि त्यहाँको शासन व्यवस्थाबाट प्रभावित भएर नेपालमा पनि हुकुमी कानुनले मात्र चल्दैन भन्ने सोची मुलुकी ऐनको निर्माण गर्न लगाए । यद्यपि यो कानुनले कतिपय विकृतिहरू र कुसंस्कारलाई मान्यता दिएर अझै संस्थागत गरेको भए पनि पहिलो लिखित कानुनका रूपमा यसका धेरै सकारात्मक पक्ष पनि थिए । मानवको जीवनमा जन्मेदेखि मृत्यु नभएसम्म हुने गतिविधिमा आधारित कानुनलाई मुलुकी ऐन भनिएको छ ।

वि.सं. २०२० सालमा यस कानुनका केही असान्दर्भिक दफाहरू संशोधन गरी समयसापेक्ष सुधार गरेर मुलुकी ऐन २०२० जारी गरियो । झन्डै १६४ वर्ष पुरानो मुलुकी ऐनले विद्यमान परिवर्तित परिस्थितिमा काम नगर्ने हुँदा एक्काइसौँ शताब्दीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश एवम् विश्वव्यापी मानव अधिकारका मान्यता समेतलाई विचार गरी वि.सं. २०७४ मा मुलुकी संहिता ऐन जारी गरियो । यो ऐन २०७५ भर्दौ १ गतेबाट लागु भएको हो । यसअन्तर्गत पाँचओटा ऐनहरू रहेका छन् । यीमध्ये मुलुकी देवानी संहिता २०७४ र मुलुकी अपराध संहिता २०७४ सर्वसाधाराण, न्यायिक निकाय तथा कानुन कार्यान्वयन गर्ने अधिकारी सबैका लागि बनेका कानुन हुन् ।

मुलुकी देवानी कार्यविधि २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी (कसुर सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ न्यायिक निकाय तथा कानुन कार्यान्वयन गर्ने अधिकारीका लागि बनेका कानुन हुन् । यी कानुनको कार्यान्ययका व्रmममा कसैले पनि कानुन थाहा छैन भन्न पाउँदैन भन्ने मान्यतामा राखिएको हुन्छ । कानुन थाहा थिएन गल्ती भयो भनेर कुनै पनि अपराधबाट छुट पाइँदैन । सबै नागरिकले कानुन जानेको छ भन्ने मान्यता राखेर कारबाही गरिन्छ । त्यसैले सो कानुनका केही महत्वपुर्ण  बुँदाहरूका बारेमा यहाँ जानकारी गराइएको छ ।

मुलुकी संहिताहरू
१. मुलकी देवानी संहिता २०७४
२. मुलुकी देवानी कार्यविधि संहिता २०७४
३. मुलुकी अपराध संहिता २०७४
४. मुलुकी फौजदारी कार्यविधि संहिता २०७४
५. फौजदारी कसुर *सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४

मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता देवानी प्रकृतिका मुद्दाहरूको निरुपण गर्नका लागि बनेका हुन् भने बाँकी तीनओटा कानुन फौजदारी मुद्दा निरूपण गर्नका लागि बनेको हुन् । यी सबै कानुनको मुख्य उद्देश्य देशमा शान्ति, सुरक्षा र न्याय कायम गर्नु हो । अन्यायमा परेकालाई न्याय दिलाउनु र अन्याय गर्ने व्यक्ति वा अपराधीलाई कानुनबमोजिम सजाय दिलाई समाजमा नैतिक आचरण, अनुशासन र सदाचार कायम गराउनु हो ।

मुलुकी देवानी संहिता ऐन

मुलुकी देवानी संहिता ऐनमा उल्लेख भएअनुसार मुलुकमा कानुन र व्यवस्था कायम गर्न यो ऐन बनेको हो । यसले सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार र सुविधा एवम् आर्थिक हित कायम राख्न मदत गर्छ । आर्थिक, सामाजिक र सा्ंस्कृतिक क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्न सहयोग गर्छ । विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्ध कायम राख्नका लागि पनि यसले मार्गदर्शन गर्छ ।

देवानी संहितामा भएका  कानुनी प्रावधानहरू 

  • देवानी संहिताको सामान्य सिद्धान्त कानुनको अज्ञानता क्षम्य हुने छैन । कानुन सबैले जानेको अनुमान गरिने छ । कसैले पनि सार्वजनिक हित विपरीत हुने गरी कुनै काम कारबही गर्न पाउने छैन । कानुन विपरीतको काम अमान्य हुने छ ।
  • कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि, नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नुपर्ने छ ।
  • प्रत्येक व्यक्तिले आफुले गरेको गलत कार्यको परिणाम आफैँंले व्यहोर्नुपर्ने छ । कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन हुँदैन ।
  • कसैले पनि आफुले गरेको गल्तीबाट भएको फाइदा लिन पाउने छैन । आफ्नो संरक्षकत्व, माथवरी, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हितविपरीत गरिएको काम अमान्य हुने छ ।
  • प्रत्येक व्यक्तिले अन्य व्यक्तिको व्यक्तित्वलाई स्वीकार गर्नुपर्ने छ । प्रत्येक व्यक्तिले आफु रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानिनोक्सानी नहुने गरी असल
    छिमेकीपन कायम गर्नुपर्ने छ ।
  • कुनै व्यक्ति उपर फौजदारी कसुरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानुनबमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन ।
  • कानुन विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहवरमा मान्यता दिइने छैन ।
  • विषय, प्रसङ्ग वा प्रकृतिले कुनै कानुनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागु हुने अवस्थामा बाहेक यो संहिता वा देवानी कानुनसम्बन्धी अन्य प्रावधान विदेशीको हकमा पनि समान रूपमा लागु हुने छ ।
  • देवानी संहिताको भाग २ मा व्यक्तिसम्बन्धी कानुन, भाग ३ मा पारिवारिक कानुन, भाग ४ मासम्पत्तिसम्बन्धी कानुन, भाग ५ मा करार तथा दायित्वसम्बन्धी कानुन र भाग ६ मा निजी अन्तर्राट्रिय कानुनसम्बन्धी कानुनी व्यवस्था रहेको छ । यी कानुनका केही अंशहरू यसप्रकार रहेका छन ।
  • बिस वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने छ ।
  • पुरुष र महिला दुवैको मन्जुरी बा भएको विवाहबदर हुने छ ।
  • हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिबिच भएको विवाह बदर हुन्छ ।
  • कुनै पुरुषसँगको सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबिच स्वतः विवाह भएको मानिने छ । तर बहु विवाह भएको, जबर्जस्ती करणी भएको, उमेर नपुगी विवाह भएका र हाडनाता करणी भएको अवस्थामा भने शिशु जन्मिए पनि स्वतः विवाह भएको मानिँदैन ।
  • विवाहित पतिपत्नीले सम्बन्ध विच्छेद गर्न चाहेमा पति वा पत्नीमध्ये जसले पनि सम्बन्ध विच्छेद गर्न सक्ने छन् ।
  • प्रत्येक व्यक्तिले जन्मेपछि आफ्नो धर्म, संस्कृति, चलन र परम्पराअनुसार आमा वा बाबु वा संरक्षकले राखेको नाम पाउने छ ।
  • बच्चा जन्मेको तीन महिनाभित्र अभिभावकले जन्म दर्ता गर्नुपर्ने छ ।

फौजदारी न्यायका सामान्य सिद्धान्तहरू

* कानुनबमोजिमको काम कसुर नहुने
* कानुनबमोजिम बाहेक सजाय नहुने
* तथ्यको भ्रममा परी गरेको काम कसुर नहुने
* एउटै कसुरमा दोहोरो सजाय नहुने
* स्वच्छ सुनाइबाट वञ्चित नहुने
* आफ्ना विरुद्ध साक्षी हुन कर नलाग्ने
* कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने
* बालबालिकाले गरेको काम कसुर नहुने
* होस ठेगानमा नभएको व्यक्तिले गरेको काम कसुर नमानिने
* मन्जुरी लिई गरेको काम कसुर नहुने
* भलाइका लागि मन्जुरी लिई गरेको काम कसुर नहुने
* भलाइका लागि संरक्षकको मन्जुरी लिई गरेको काम कसुर नहुने
* असल नियतले दिइएको जानकारीबाट क्षति पुगेमा कसुर नहुने
* डर त्रासमा परी गरेको काम कसुर नहुने
* अन्य हानिनोक्सानी बाट बचाउन असल नियतले गरेको काम कसुर नहुने
* निजी रक्षाको लागि गरेको काम कसुर नमानिने
* ज्यान लिने अधिकार नहुने
* मामूली हानिनोक्सानी भएकोमा कसुर नहुने
* बालबालिकाबाट गराएको कसुरमा उमेर पुगे पछि सजाय
* सङ्गठित संस्थाबाट भएको कसुरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने
* समूहबाट भएको कसुरमा सबै सदस्यलाई सजाय हुने
* अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पूर्ति पाउने अधिकार हुने
* कसैले पनि सगोलका अंशियारको लिखित मन्जुरी नलिई सगोलको सम्पत्ति हस्तान्तरण गर्न पाउने छैन ।
* कसैले पनि एउटा व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति दोहोरो पारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्नु हुँदैन ।                                                                   * १४वर्ष पुरा भएको व्यक्तिलाई निजको मञ्जुरी लिएर काममा लगाउन पाइने छ तर १६ वर्ष पुरा नगरेको व्यक्लिाई जोखिमपूर्ण काममा लगाउन पाइने छैन वा पारिश्रमिक काममा लगाउन पाइने छैन भने दिनमा आठ घन्टाभन्दा बढी काममा लगाउन पाइने छैन । बढी समय काममा लगाएमा प्रत्येक घन्टाको उचित पारिश्रमिक दिनुपर्नेछ ।
* कसैले पनि त्रुटिपूर्ण उत्पादन गरी कुनै वस्तु वा सेवा बिक्री वितरण गर्नुगराउनु हुँदैन ।
* कसैले पनि अन्य व्यक्तिको हकभोग र स्वामित्वको जग्गा निजको मन्जुरी नलिई आवाद गर्न वा भोगचलन गर्न वा गराउनु हुँदैन ।
* परापुर्व कालदेखि भाग बन्डाबमोजिम पानी प्रयोग गर्दै आएको ठाउँमा सबै व्यक्तिहरूले भागबन्डाअनुसार कुलोको पानी उपयोग गर्न पाउने छन् ।
* कसैले पनि कानुनबमोजिम लिखत नगरी लेनदेन गर्नु हुँदैन ।

मुलुकी अपराध संहिता २०७४

देशमा विभिन्न क्षेत्रबाट विभिन्न तरिकाले हुन सक्ने अपराध नियन्त्रण गरी देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि मुलुकी अपराध संहिता ऐन लागु गरिएको छ । यसले अपराधीलाई कानुनी दायराभित्र ल्याई सजाय दिलाउन र त्यस्ता अपराधबाट पीडितलाई न्याय दिलाउने सहयोग गर्छ । अपराध संहिता फौजदारी अपराधसँग सम्बन्धित छ । यस संहिताको भाग १ मा सामान्य प्रावधान रहेको छ । जसअन्तर्गत परिच्छेद दुईमा फौजदारी न्यायसम्बन्धी सामान्य सिद्धान्तहरूको व्यवस्था रहेको छ । भाग दुईमा फौजदारी कसुरहरू र भाग तीनमा व्यक्तिगत गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुरसम्बन्धी व्यवस्थाहरू रहेका छन् । फौजदारी संहितामा भएका केही प्रावधानहरू यसप्रकार रहेका छनः

* कसैले कुनै अपराधिक षड्यन्त्र गुर्नु हुँदैन । यस्तो कसुर गर्ने उद्योग र दुरुत्साहन पनि गर्नुहुँदैन ।
* जन्म कैदको अवधि २५ वर्षको हुने छ ।
* कसैले पनि राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु र गराउनु हुँदैन ।
* कसैले लेखेर वा बचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट धर्म वर्ण जात जाति सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायमा व्यक्तिहरूका बिचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन । यस्तो कार्य गरेमा एक वर्षसम्म कैद र दशहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
* सार्वजनिक सेवा अवरुद्ध गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तिस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।                                                      * झुठा अफवाह फैलाउने व्यक्तिलाई एकवर्षसम्म कैद वा दशहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
* झुठा जानकारी दिएमा एकवर्षसम्म कैद वा दशहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
* झुठा प्रमाण बनाएमा पाँच वर्ष कैद र पचासहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
* झुठा उजुरी गरेमा कसुरदारले पाउने भन्दा बढी सजायहुने छ ।
* खाद्य पदार्थमा मिसावट गरेमा पाँचवर्षसम्म कैद र पचासहजार रुपियाँसम्म जरिवाना हुने छ ।
* बिक्री गर्नुपर्ने वस्तु बिक्री नगरी जम्माखोरी गरेमा पाँचवर्ष सम्म कैद र पचास हजार रुपियाँसम्म जरिवाना हुन्छ ।
* पशुपक्षी छाडा छाडेमा तीन महिनासम्म कैद र पाँचहजार रुपियाँसम्म जरिवाना हुने छ ।
* सार्वजनिक स्थानमा अश्लील व्रिmयाकलाप वा व्यवहार गर्न, यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इसारा गर्न हुँदैन । त्यस्तो कार्य गरेमा छ महिनासम्म कैद वा पाँचहजार रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।
* राष्ट्रिय झन्डा, गान वा निसान छापको अपमान वा क्षति गर्नु हुँदैन । त्यसो गरेमा तीनवर्षसम्म कैद वा तिसहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
* जातीपातीका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेमा तीनवर्षसम्म कैद र तिसहजार रुपियाँसम्म जरिवाना हुन्छ ।
* महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राखेमा तीनमहिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजायहुने छ ।
* ज्यान मार्ने नियतले वा ज्यान जान सक्ने थाहा हुँदाहुँदै कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई जन्म कैदको सजाय हुने छ ।
* कसैले कसैलाई कुटपिट गरेमा तीनवर्षसम्म कैद वा तिस हजार रुपियाँसम्म जरिवान वा दुवै सजाय हुन सक्छ।
* कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेमा करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी सातवर्षदेखि जन्मकैद सम्मको सजाय हुन्छ ।
* कसैले कसैलाई यौन दुव्र्यवहार, बाल यौन दुव्र्यवहार, अप्राकृतिक मैथुन गरेमा तीन वर्षदेखि तिसहजार रुपियाँसम्म जरिवाना हुने छ ।
* नाप्ने, तोलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपूर्ण प्रयोग गरेमा तीन वर्षसम्म कैद र तिसहजार रुपियाँसम्म जरिवाना हुने छ ।                                               * दुई वा बढी व्यक्तिको कुराकानी उनीहरूको अनुमति बेगर कुनै उपकरण प्रयोग गरी सुनेमा वा रेकर्ड गरेमा दुई वर्षसम्म कैद वा बिस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
* अनुमतिविना कसैको तस्वीर खिचेमा वा तस्बिरको स्वरूप बिगारेमा एक वर्षसम्म कैद वा दशहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
* कसैले कसैलाई गाली गरेमा एक वर्षसम्म कैद वा दशहजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । बेइज्जती गरेमा दुई वर्षसम्म कैद वा बिस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । विद्युतीय माध्यमबाट बेइज्जती गरेमा सो सजायमा थप एक वर्षसम्म कैद वा दश हजार रुपियाँसम्म जरिवाना हुन्छ ।

देवानी मुद्दा फौजदारी मुद्दा

यसअन्तर्गत कनुनबमोजिम फौजदारी मुद्दाको रूपमा परिभाषित गरिएबाहेकका कानुनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पत्तिसम्बन्धी मुद्दा पर्छ, जस्तैः

– नाता कायम वा सम्बन्ध विच्छेद

– दस्तुर, पारिश्रमिक, तलब, भत्ता, ज्याला

– अंश, अपुताली, दान, बकस, संरक्षक, माथवर, मातृक तथा पैतृक         अख्तियारी, धर्म पुत्र वा धर्म पुत्री

– कुनै करार, अर्ध करार, अनुचितसमृद्धिअन्तर्गतको कुनै हक वा दावी

– दुष्किृति, अर्ध दुष्किृति वा त्रुटिपूर्णउत्पादनसम्बन्धी हक वा दावी

– सुविधाभार, क्षतिपूर्ति र देवानी प्रकृतिको अन्य कुनै विषय

यसअन्तर्गत मारपिट, चोरी, डकैती, ज्यान आदि विषयसम्बन्धी मुद्दाहरू पर्छन् । देवानी मुद्दाबाहेकका मुद्दाहरू फौजदारी मुद्दा हुन् । जस्तैः

– ज्यानसम्बन्धी, कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसुर

– राज्यविरुद्धका कसुर

– मनव बेचविखन तथा ओसारपसारसम्बन्धी कसुर

– नागरिकतासम्बन्धी कसुर

– लागु औषधसम्बन्धी कसुर

– सवारी साधनल गर्न दुर्घटनासम्बन्धी कसुर

– राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसुर

– करणीसम्बन्धी कसुर

– चोरी, डाँका, लुटपिट, ठगी, नाप तौलसम्बन्धी कसुर

– गोपनीयता र गाली बेइज्जतिसम्बन्धी कसुर

– अपराध संहिता २०७४ को भाग २ र ३ मा उल्लिखित सबै अपराधसम्बन्धी कसुरहरू

लेखन तथा संकलन – चिनारी नेपाल
श्राेतः नेपाल सरकार पाठयक्रम विकास केन्द्र सानोठिमी ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *