Dang valley

दाङ जिल्ला Dang District

परिचय

लुम्विनी प्रदेशमा पर्ने दाङ जिल्लाका अधिकतम भू-भाग उर्वर भएकोले यसले पर्याप्त आर्थिक सम्भावना बोकेको जिल्ला हो ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले पनि यस जिल्ला छुट्टै पहिचान र महत्व बोकेको जिल्लाको रूपमा चिनिन्छ ।  नेपाल मानचित्रमा ८२ २’ देखि ८५0 ५४’ सम्म पूर्वी देशान्तर र २७० ३६ देखि २८० २९ सम्म उत्तरी अक्षांशबीच फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको लक्षिणी सीमानामा भारतको उत्तर प्रदेशको बलारामपुर र श्रावस्ती गरी दुई वटा जिल्ला पर्दछ भने पश्चिममा सल्यान बाँके जिल्ला पर्दछ ।त्यसैगरी उत्तरमा सल्यान, प्यूठान र रोल्ला जिल्ला पर्दछन् । त्यस्तै पूर्वी सीमानामा प्यूठान र अर्घाखाँची तथा कपिलवस्तु जिल्ला पर्दछन् ।

भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेशका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिर बाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतबाट निर्मित दुई उपत्यका रहेका छन् । माथिल्लो उपत्यका दाङ र तल्लो उपत्यका देउखुरीको नामबाट परिचित छन् । दाङ उपत्यका नेपालकै ठुलो उपत्यकाकै रुपमा मात्र परिचित नभई एसियाकै ठुला उपत्यकाहरु मध्ये एक मानिन्छ । जिल्लाको घोराही उप-महानगरपालिकाको सैघा र बंगलाचुली गाउँपालिकाको स्यूजा, काभ्रे, लोहारपानी, हाँसीपुर स्थानहरु पहाडी क्षेत्रमा पर्ने र विकट मानिन्छन् । पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । दाङ उपत्यका महाभारत र चुरे पहाडको बीचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला बीचमा रेहेको छ ।

दाङ जिल्ला
तस्विरमा दाङ जिल्लामा रहेको सबैभन्दा ठुलो त्रिशुल

जिल्लाको कुल क्षेत्रफलको करिव २/३ क्षेत्रफल (१९२९.५५ बर्ग कि.मि.) वन जंगलले ढाकेको छ भने कृषि क्षेत्र ६९९.५ बर्ग कि.मि., अनुत्पादित क्षेत्र २०४.४५ बर्ग कि.मि. र चरीचरण क्षेत्र  १२९.५ बर्ग कि.मि. रहेको छ ।यहाँ कोइला र चुनढुङ्गाको साथै तामा, मट्टीतेल लगायतका खनिज पदार्थको प्रचुर सम्भावना रहेको मानिन्छ । जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याइलो माटो, चुरे क्षेत्रमा बलौटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोलानालाहरुमा प्रशस्त मात्रामा वालुवा, ढुङ्गा तथा यी दुबैको मिस्कट पाइन्छ । जिल्लामा थारु, क्षेत्री, ब्राह्मण, नेवार, मुसलमान, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको र यो जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार महिला २९३७४२ र पुरुष २६४११० गरी कुल जम्मा ५५७८५२ रहेको छ ।

ऐतिहासिक चिनारी

दाङ जिल्ला भनेर चिनिने यस क्षेत्रले दाङ र देउखुरी नामक दुईवटा उपत्यकाहरुका साथै यी उपत्यकाका वरिपरि रहेका पहाडी क्षेत्रका र तिनीहरुको पानी ढलीलाई बुझाउदछ । पहाडहरुका वीचमा रहेको मैदानी भू–भागलाई बुझाउने संस्कृतको ‘द्रोण’ शब्दबाट ‘दाङ’ शव्दको उत्पत्ति भएको र पहिलो बस्ती ‘देवपुर’ शव्दबाट ‘देवपुरी’ शब्द उत्पत्ति भएको र सो शब्द अपभ्रशं भै ‘देउखुरी’ शब्द बनेको मानिन्छ (स्व. श्री टेकनाथ गौतम) । थारुजातीका मानिसहरु दाङ जिल्लाका प्रथम वासिन्दा मानिन्छन्र यिनीहरु यस जिल्लामा पश्चिम–दक्षिणबाट यहाँ आएर बसेको मानिन्छ । थारुहरु पछि यस ठाउँमा आएर वसोवास गर्नेहरुमा दोश्रो स्थानमा बाहुनहरु जातिका मानिसहरु थिए । त्यस पछि मात्र अन्य जात–जातिका मानिसहरु पहाडबाट यहाँ आई वसोवास गर्नथालेको मानिएको छ ।

Shree Hanseswar Dev Temple at
१९८२ सालमा स्थापित पुरानो सैली र इतिहास बोकेको मन्दिर : Shree Hanseswar Dev Temple

वि.सं. २०१४ सालसम्म पनि यस जिल्लामा थारुहरुको वाहुल्यता थियो भने दोस्रोस्थान बाहुनको थियो । त्यसपछि मात्र अन्य जात–जातीका मानिसहरुको उपस्थिति रहेको थियो । नयाँ मुलुकमा (वाँके, वर्दिया, कैलाली र कञ्चनपुर) जमिन आवाद गर्न पाइने व्यवस्थाले गर्दा यहाका प्रथम वासिन्दाका रुपमा परिचित तथाव्यापक वाहुल्यतामा रहेका थारुजातिका मानिसहरु नयाँ मुलुकतर्फ वसाई सराई गर्न लागे । सो को लगत्तै बिर्ताउन्मुलन हुनुका साथै छोटो समयको अन्तराल भित्रै भूमीसुधार कार्यक्रम पनि सुरु हुन थाल्यो जसलेगर्दा थारुहरुले आफ्नो स्वामित्वमा रहेको जमिन धमाधम बेच्न लागे । साथसाथै दाङमा औलो उन्मूलन कार्यक्रमका कारण औलोको प्रकोपमा कमी आई औलोको कारण वाट हुनसक्ने मृत्युको डर पनि कम हुदै जान थाल्यो, यस पछि थारुहरुले छाडेको जमिनमा पहाडबाट वसाईसराई गरी आउने अन्य जातजातीका मानिसहरुको ओइरो लाग्न थाल्यो ।

दाङ जिल्ला
तस्विरमा दाङ जिल्लामा रहेको धार्मिक क्षेत्र

फलस्वरुप थारुहरुको वाहुल्यतामा कमी हुन थाल्नुका साथै अन्य जात–जातिहरुको उपस्थिति पनि देखिन थाल्यो। धेरै पहिले देखि नै दाङको उत्तरी काँठ पहाडी राजाहरुका अधिनमा थियो भने दक्षिणको मैदानी भु–भाग थारु राजाका अधिनमा थियो । बिक्रमको १४औं शताब्दी को आखिरी तिर यो जुम्लाको अधिनमा थियो । पछि वि.सं.१४८० तिर सवारीकोटका राजा रतनपाण्डेले थारुको राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित (कतिपय पुस्तकहरुमा रत्न परिक्षक लेखिएको पाइएको छ ) नामले दाङका राजा भए । रत्न परिक्षितको छोरा नभएकाले उनले केही समयपछि बझाङबाट राजकुमार झिकाई आफ्ना ठाउँमा राजाको रुपमा स्थापित गराएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे । रतननाथले दाङ छाड्दा यस राज्यको विस्तार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसीपुर भनिने इलाका सम्म थियो ।

विक्रम सम्वत्१८४३ मा नेपालको एकिकरणका क्रममा दाङका राजा नवल सिंहले गोर्खाली संगको तापाकोलडाईमा (तापा हाल काभ्रे गा.वि.स.मा पर्दछ) विरगति प्राप्त गरे । पछि उनका राजकुमार दिलेर सिंहले दाङकोपुरै क्षेत्रकोरक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तुलसीपुरको समथर मैदानी भू–भाग मात्र बचाई त्यहीका राजा भएर बसे । गोर्खालीले जितेको दाङको देउखुरी क्षेत्र पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए । वि.सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ पनि नेपालमा मिल्यो । वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजाका बंशज तेजबहादुर शाहलाई ‘राजा’ पद र पश्चिमी दाङको क्षेत्र फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ खण्डीत भयो । नेपाल एकिकरण पछि दाङ जिल्ला सल्यान गौंडाका मातहतमा थियो ।

दाङ तुल्सिपुर
दाङ तुल्सिपुर

वि.सं. १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका मातहतमा, वि.सं. १९९६ सालमा भैरहवा गोश्वाराका मातहतमा र वि.सं. २००३ सालमा नेपालगंज गोश्वाराका मातहतमा राखिएको थियो । वि.सं. २००७ सालसम्म यस जिल्लामा माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । वि.सं. २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । वि.सं. २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ मानिए पछि यहाँ अञ्चलाधिस रहन थाले । वि.स. २०१८ सालमा फलावाङ राज्यको उन्मूलन भयो  त्यसपछि दाङको पश्चिमी भाग र पहिले देखि नै सल्यानमा रहेको दाङको उत्तरी पानी ढली वि.सं. २०३० सालतिर दाङमा मिल्यो त्यसपछि मात्र दाङ आजको अवस्थामा आएको हो।

दाङ जिल्लामा रहेका धार्मिक स्थलहरू

अम्विकेश्वरी मन्दिर घोराही,कालिका भगवती मन्दिर घोराही, कालिका भगवती मन्दिर घोराही, पाण्डवेश्वर शिव मन्दिर, बराहक्षेत्र वाह्रकुने ताल घोराही–७, गढीटाकुरा मन्दिर हापुर, जाल्पादेवी मन्दिर रामपुर, कालिका– मालिका मन्दिर विजौरी, बगार बाबा मन्दिर सतवरिया, वागेश्वरी मन्दिर स्युजा, देवीकोट मन्दिर हाँसीपुर, शुक्रेश्वरी मन्दिर उरहरी सुकौरा, शिद्धेश्वर शिव मन्दिर उरहरी, त्रिसिद्धेश्वरी मन्दिर तुल्सीपुर, ॐ शिरडी साई मन्दिर घोराही, राधाकृष्ण मन्दिर तुल्सीपुर, सत्यसाई केन्द्र घोराही,  रामजानकी मन्दिर कोइलावासआदि प्रमुख मन्दिरहरु हुन्। यी मन्दिरहरु वाहेक अन्य थुपै्र मन्दिरहरु यस जिल्लामा अवस्थित छन्।

तस्विरमा दाङ जिल्लाको धार्मिक जिल्ला
तस्विरमा दाङ जिल्लाको धार्मिक जिल्ला तस्विरः कुलदिप न्याैपाने
दाङ जिल्लामा रहेका प्रमुख नदि, झरना र तालहरू

राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रही पूर्वबाट पश्चिमतर्फ बगेको छ । यी नदीहरु बाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा सिस्ने खोला, कटुवा खोला, सेवार खोला, पत्रे खोला, संक्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला आदि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटै दह, किचेनी तह, ज्यामिरे दह पर्दछन् भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।

दाङ जिल्लामा रहेको ताल
दाङ जिल्लामा रहेको ताल
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार दाङ जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  २ उपमहानगरपालिका १ नगरपालिकार ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः तुल्सिपुर उपमहानगरपालिका 

तुलसीपुर उपमहानगरपालिका विश्वमानचित्रमा अवश्थििति उत्तरी गोलाद्र्धमा रहेको हाम्रो देश नेपालको पश्चिमी भेगमा रहेको सबैभन्दा ठुलो उपत्यका दांग जिल्लामा रहेको छ । यसको कुल क्षेत्रफल ३८४.८ वर्ग कि.मी. रहेको छ । यस उपमहानगरको करिब ७० प्रतिशत भुभाग दांग उपत्यकाको समथर भुभागमा रहेको छ । बाकी भुभाग पहाडी भुभागमा रहेको छ ।

महाभारत पहाड र चुरे लेकको विचमा रहेको यस उपमहानगरपालिकामा तुई दांग उपत्यका सहित दांग उपत्यकाको मध्य भागमा रहेका अधिकांस वस्तीहरु यसभित्र रहेका छन । प्रशस्त खेतियोग्य जमीन,सुन्दर मानववस्तीहरु,विभिन्न बजार केन्द्रहरु, खोला नाला, वनजंगलले ढाकीएको तुलसीपुरमा पार्क, मैदान,चरण क्षेत्र,विभिन्न पर्यटकीय स्थलहरु रहेका छन । यहा विभिन्न कला संस्कृती, धर्म संस्कार,जातजातिका रहन सहन,रितीरिवाज, लोकनाच, भाषा भेष, तथा विभिन्न कलात्मक मठ मन्दिर मस्जिद,गुम्बा चर्च पनि रहेका छन् ।

दाङ जिल्लाको मध्य भागमा रहेको यस उप–महानगरपालिका साविक तुलसीपुर नगरपालिका, हलवार, टरिगाउँ, उरहरी, पवननगर, मानपुर, विजौरी, डुरुवा र फुलवारी गा.वि.स. गाभेर  निर्माण भएको हो र यस नगरपालिकामा १९ वटा वडाहरू रहेका छन् । यसको पूर्वमा घोराही उप महानगरपालिका,पश्चिममा शान्तीनगर गाउँपालिका र दंगीशरण गाउँपालिका दक्षीणमा लमही नगरपालिका तथा र उत्तरमा सल्यान जिल्लाका कपुरकोट तथा त्रिवेणी गाउपालिका पर्दछन । यो उप–महानगरपालिका नेपालको संघीय राजधानी काठमाण्डौँबाट ४२५ कि.मी. पश्चिम दिशामा रहेको  छ ।

यस तुलसीपुर उप–महानगरपालिकामा खस (ब्राहमण, क्षेत्री, ठकुरी, दशनामी समुदाय, थारु, मगर, नेवार, गुरुङ, अल्पसंख्यक, कुमाल, गन्धर्व, वादी, मुस्लिम तथा क्रिश्चियन लगायत विभिन्न जातजाति भाषा, धर्म र
संस्कृती भएका मानिसहरूको बसोवास रहँदै आएको छ ।

केन्द्रः साविक तुल्सिपुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १७९७५५

क्षेत्रफलः ३८४.६३  (वर्ग कि.मि.)

वडा संख्याः १९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

पवननगर

१-४

पवननगर

५-९

तुल्सिपुर

१,७,१०

तुल्सिपुर

२,१६,१७

तुल्सिपुर

तुल्सिपुर

तुल्सिपुर

३,४,१५

तुल्सिपुर

८,११

तुल्सिपुर

१०

तुल्सिपुर

१३,१४

११

तुल्सिपुर

१९,२०

१२

तुल्सिपुर

१२,१८

१३

फूलबारी

१-९

१४

डुरुवा

२,३,८,९

१५

डुरुवा

१,४-७

१६

मानपुर

२-६

१७

मानपुर

१,७-९

१८

बिजौरी

१,३-५,७

१९

बिजौरी

२,६,८,९

 २.    नामः घोराही उपमहानगरपालिका

नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको  एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर  क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका , पश्चिममा तुलसीपुर उपमहानगरपालिका , उत्तरमा रोल्पा जिल्ला र  दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ ।

घोराही उपमहानगरपालिकाका ३५ हजार ४ सय १९ घरधुरीमा गरी कूल जनसंख्या २००५३० रहेको छ । जस्मा ४६.८ प्रतिशत पुरुष छन भने ५३.२ प्रतिशत  महिला रहेका छन । विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ ।

घोराही उपमहानगरपालिकामा ८५ वटा सरकारी तथा ३० वटा निजी गरी कुल १ सय १५ शिक्षण संस्था  रहेका छन् । ७३.५८ प्रतिशत कुल साक्षरता दर रहेको उपमहानगरपालिकामा ८९.६ प्रतिशत पुरुष साक्षर छन् भने ७७.४ जना महिला साक्षर रहेका छन् ।

नेपाल सरकारको २०७३ साल फाल्गुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गा.वि.स., सैघा गा.वि.स., धर्ना गा.वि.स., रामपुर गा.वि.स. र लक्ष्मीपुर गा.वि.स. समायोजन भई घोराही उपमहानगरपालिकामा परिणत भएको हो ।

केन्द्रः साविक घोराही नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २००५३०

क्षेत्रफलः ५२२.२१  (वर्ग कि.मि.)

वडा संख्याः १९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

रामपुर

५,७-९

रामपुर

१-४,६

लक्ष्मीपुर

१-३,६

लक्ष्मीपुर

४,५,७-९

धर्ना

१-९

सौडियार

१-४

सौडियार

५-९

त्रिपुर

४,११

त्रिपुर

१०,१२,१३

१०

त्रिपुर

१-३

११

त्रिपुर

५,८

१२

त्रिपुर

६,७,९

१३

घोराही

७,८

१४

घोराही

१०

१५

घोराही

११

१६

घोराही

१,९

१७

घोराही

२-४

१८

घोराही

५,६

१९

सैघा

१-९

 ३.    नामः लमही नगरपालिका

नेपालकाे संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३४५८ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ ।

३२६.६६ वर्ग किलाेमिटर क्षेत्रफल अाेगटेको  यस लमही नगरपालिका पूर्वमा ८२.६३ पूर्वी देशान्तर देखि पश्चिममा ८२.१९ डिग्री र उत्त्ररमा २८.०३ डिग्री उत्त्ररी अक्षांस देखि २७.८३ डिग्री दक्षिण सम्म चुरे पर्वतकाे वीचमा अवस्थित छ । याे क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरकाे उचाइमा छ । यस लमही नगरपालिका लार्इ पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएकाे छ । हाल यस नगरपालिकाकाे पूर्वमा राप्ती गाउँपालिका, उत्तरमा घाेराही उपमहानगरपालिका, पश्चिममा बाँकेको राप्ती सोनारी गाउँपालिका र दक्षिणमा राजपुर र गढवा गाउँपालिका पर्दछन् ।

केन्द्रः साविक लमही नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५९,०५०

क्षेत्रफलः ३२६.६६  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

लमही

१,३

लमही

२,४

लमही

५,६

लमही

७,८

लमही

११

लमही

९,१०

सतवरिया

१-३

सतवरिया

४-७

सतवरिया

८,९

४.    नामः बंगलाचुली गाउँपालिका

बंगलाचुली गाउँपालिका नेपालको लुम्बिनी प्रान्तको दाङ जिल्लाको एउटा गाउँपालिका हो। २०७२ चैत १२ गते नेपाल सरकारले नयाँ स्थानीय प्रशासनिक संरचना लागू गरेको थियो, नयाँ स्थानीय प्रशासनिक संरचना कार्यान्वयनसँगै गाविसलाई नगरपालिका र गाउँपालिकाले विस्थापित गरेको छ ।

केन्द्रः साविक काभ्रे गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२३७३

क्षेत्रफलः २४५.१४  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

स्यूजा

४-८

स्यूजा

१-३,९

काभ्रे

६-९

काभ्रे

१-५

लोहरपानी

३-७

लोहरपानी

१,२,८,९

हाँसिपुर

३-६

हाँसिपुर

७-९

 ५.    नामः  दंगीशरण गाउँपालिका

दंगीशरण गाउँपालिका लुम्विनी प्रदेश को दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका गोल्टाकुरी , हेकुली ,  र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २३६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हेकुलीमा रहेको छ । दंगीशरणको अधिकतम तापक्रम ३४.९ डिग्री सेल्सियससम्म पुग्छ भने हिउँदमा न्यूनतम ४.८ डिग्री सेल्सियससम्म पुग्न जान्छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी थारु जाति ९,८०७ जना (४५.६५%), दोस्रोमा क्षेत्री ६,३२९ (२९.४६%) र तेस्रोमा ब्राहृमण (पहाडी) १,०६० (४.६९%) हरूको बसोबास रहेको छ ।

गाउँपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ भने स्थानीय बासिन्दाको अरु आम्दानीको श्रोतको रुपमा साना उद्योग, व्यापार, सेवामुलक व्यवसाय, नोकरीको साथै वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था पर्याप्त मात्रामा रहेका छैनन् ।

प्राविधिक तथा थप गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाबाट अध्ययनका लागि स्थानीय विद्यार्थीका अन्य क्षेत्र जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् ।

योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चार्डपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, अट्वारी, बुद्ध जयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चार्डपर्वको रुपमा रहेको पाईन्छ ।

केन्द्रः साविक हेकुली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३६६८

क्षेत्रफलः ११०.७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

गोल्टाकुरी

१-५

गोल्टाकुरी

६-९

हेकुली

२,३,८

हेकुली

१,४,९

हेकुली

५-७

श्रीगाउँ

१-४

श्रीगाउँ

५-९

 ६.    नामः गढवा गाउँपालिका

विक्रम संवत् २०२२ साल अगाडि यस गाउँपालिकामा रहेको मौजाहरूमा थारु (चौधरी) र अहिर (यादव) जातिको वसोवास रहेको थियो । यहाँ वसोवास गर्ने क्रममा यस ठाउँमा ठूलठूला पानी जम्ने ठाउँ भएकोले पशुपालन गर्ने यादवहरूले आफ्नो भाषामा गहिरो र खाल्डाखुल्डी जम्ने ठाउँलाई “गडाहा” भन्ने गर्थे, यस ठाउँलाई ‘गडाहा’‘गडाहा’ भन्दा भन्दै  पछि ‘गढवा’ भन्न थालिएको हो भन्ने जनश्रुति पाइन्छ ।

त्यस्तै एक अर्को भनाईअनुसार पहिला अन्य गाउँमा रहेका ईनार कुवाको पानी बाक्लो हुने गथ्र्यो बाक्लो पानीलाई थारु भाषामा “गाहार पानी” भन्ने गरिन्छ । यहाँको पानीलाई ‘गाहार’ पानी भन्दा भन्दै अप्रभंश हुन गई पछि गएर यस ठाउँको नाम नै “गढवा” रहन गएको हो र पछि यसैबाट गढवा नाम रहन गएको कुरामा स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ ।

वि.सं. २०२१ सालपुर्व यस गढवा गाउँपालिकामा थारु र यादव जातिको मौजा रहेको र उनीहरूले मात्र वसोवास गर्दै आएकोमा वि.सं २०२१ सालमा भूमिसुधार ऐन लागु भएपछि यस ठाउँमा अन्य जातजातिका मानिसहरूको आगमन भएको कुरा स्थानीय बासीन्दाहरूको दावी पाइन्छ ।

वि.सं २०३६ सालको जनमतसंग्रह पछि दाङ जिल्लाको केही गाउँ पञ्चायतको पुनरावलोकन गरिएको र साविक वडा नं ९ बनाइएको कुरा स्थानीय वुढापाकाहरूले भन्छन् तर यस सम्बन्धमा कुनै लिखित दस्तावेज भने पाईएको छैन । वि.सं २००६ साल अगाडि औपचारिक रूपमा स्थानीयस्तरमा लेखपढको व्यवस्था नभएकोले हुनेखाने व्यक्तिहरूले मात्र भारतको बनारस, गोरखपुर, वलरामपुर, तुलसीपुरमा आफ्ना बालबालिकालाई पढ्न पठाउने गर्दथे ।

वि.सं. २००६ सालमा भरतपुर पद्मोदय पब्लिक हाईस्कूल २०१६ सालमा गोवरडिहा सरस्वती हाईस्कूल र २०१७ साल गढवा जनता उ.मा.वि. स्थापना भएपछि स्थानीयस्तरमा नै पढ्ने लेख्ने व्यवस्था भएको थियो । विश्व मानचित्रमा अवस्थिति ८२०२८’०” देखि ८२०४८ु५०” पूर्वी देशान्तर र २७०४१’५०”देखि २७०५०’२०”उत्तरी अक्षांशसम्म फैलिएर रहेको गढवा गाउँपालिकानेपालको प्रदेश नं. ५ मा पर्दछ ।

गढवा गाउँपालिका साविकका गा.वि.सहरूगढवा, कोइलावास, गँगापरस्पुर र गोवरडिहा मिलेर बनेको हो । समुद्री सतहबाट १९५ मिटरदेखि ८८५ मिटरसम्मको उचाइमा रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँचीकपिलवस्तु जिल्ला, पश्चिममा  गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका तथा दक्षिणमाभारतको विहाररहेका छन् भने यस गाउँपालिकाले ३५८.५७ वर्ग कि.मी क्षेत्रफल ओगटेको छ ।

केन्द्रः साविक गढवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४५८९८

क्षेत्रफलः ३५८.५७  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

गोवरडिहा

१-३

गोवरडिहा

४-६

गोवरडिहा

७-९

गंगापरस्पुर

१-३,५

गंगापरस्पुर

४,६-९

गढवा

१-५

गढवा

६-९

कोइलाबास

१-९

 ७.    नामः राजपुर गाउँपालिका

दाङ जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित यस राजपुर गाउँपालिका साविकका गाविस बेला र राजपुर मिलेर बनेको छ | दाङ जिल्लाको सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको यस राजपुर गाउँपालिकाको क्षेत्रफल ५७७.३३ वर्ग क्षेत्रफलमा फैलिएर रहेको छ  | यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, पश्चिममा बाँके जिल्ला उत्तरमा लमही नगरपालिका तथा दक्षिणमा भारत छन्।

विश्व मानचित्रमा यसको अवस्थिति ८२०६’ देखि ८२०३०’सम्म पूर्वी देशान्तर २७०३९’ देखि २८००३’ उत्तरी आक्षांशसम्म छ । यो गाउँपालिका समुद्र सतहबाट १८७ मिटरदेखि ५२ मिटरसम्मको ८ उचाइमा अवस्थित रहेको छ । २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २८,४१० रहेको छ जसमध्ये महिलाको जनसंख्या १४,२३९ (५०.११ प्रतिशत) र पुरुषको जनसंख्या १४,१७१ (४९.८८ प्रतिशत) रहेको छ ।

केन्द्रः साविक राजपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८४१०

क्षेत्रफलः ५७७.३३  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

बेला

२,३

बेला

१,४,५

बेला

६-९

राजपुर

१-३

,५

राजपुर

४-६

राजपुर

७,८

राजपुर

 ८.    नामः  राप्ती गाउँपालिका

नेपालको मध्य पश्चिम क्षेत्रमा रहेको दाङ जिल्लाको पूर्वीभागमा अवस्थित राप्ती गाउँपालिका भित्री मधेश तथा चुरे क्षेत्रमा अवस्थित छ । राप्ती गाउँपालिका साविकमा भएका २ वटा गाउँविकास समितिहरु लालमटिया र सिसहनीयाको सवै भाग तथा हाँसिपुर गाउँविकास समितिहरु साविक वडा नं. १ र २ वडालाई पुर्नसंरचना गरी हाल ९ वटा वडामा पुर्नसंरचना गरिएको छ । हाल यसको प्रशासनिक केन्द्रको रुपमा मसुरिया राखिएको छ ।

यो गाउँपालिका २७ डिग्री ४९ मिनेट ५ सेकेण्ड देखि २७ डिग्री ५५ मिनेट १५ सेकेण्ड उत्तरी अक्षास सम्म र ८२ डिग्री ३६ मिनेट ८ सेकेण्ड देखि ८२ डिग्री ४८ मिनेट २६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । कूल क्षेत्रफल १६१.०७ वर्ग किलोमिटर रहेको छ ।यस गाउँपालिकाको पूर्वमा राप्ती नदीपारी अर्घाखाँची जिल्ला र दक्षिणमा राप्ती नदी तथा गढवा गाउँपालिका, उत्तरमा घोसखोला र वंगलाचुली गाउँपालिका तथा पश्चिममा लमही नगरपालिका पर्दछ । यस गाउँपालिकाको विचबाट करिव १५ कि.मि पूर्वपश्चिम राजमार्ग पर्दछ । यो गाउँपालिका समथर तथा सिंचाई सुविधा भएको कारण अति उर्वर समेत भएकाले कृषि खेती तथा तरकारी वालीको लागि राम्रो संभावना छ ।

यस गाउँपालिका क्षेत्रमा व्रामह्ण, क्षेत्री, ठकुरी, गुरुङ,मगर, थारु, दलित र मुश्लिमहरुको वसोवास रहेको छ । राप्ती गाउँपालिकामा जम्मा  जनसंख्या  २०७८ सालको जनगणना अनुसार जनगणना घर संख्या १०९४०, परिवार संख्या ११८३७ मा महिला २७४३८ र पुरुष २४७२० गरेर जम्मा ५२१५८ रहेको छ । राप्ती गाउँपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन्। यस गाउँपालिकाका वडाहरुको जनसंख्या तथा घरपरिवारहरुको तुलनात्मक अध्ययन गर्दा सबैभन्दा धेरै जनसंख्या वडा नं. १, २ र ३ मा रहेको छ । त्यस्तै सबैभन्दा थोरै घरधुरी वडा नं. ९ मा रहेको छ ।

राप्ती गाउँपालिका दाङ जिल्लाको सदुरपूर्वी क्षेत्रमा रहेको गाउँपालिका हो । नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानीय तहको नर्या सिमाकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरुबाट रुपान्तरण भई स्थापना भएको हो । यो गाउँपालिका जातिगत तथा सास्कृतिरुपमा बिशिष्टता र बिविधता बोकेको गाउँपालिका हो । आदिवासी थारु, मगर र क्षेत्री वाम्ह्हणहरुको समेत यस गाउँपालिकामा बसोवास रहेको छ ।

यस गाउँपालिकाको पूर्वी तथा दक्षिणी भागबाट समग्र देउखुरीकै सम्पत्ति, प्रमुख ऐतिहासिक श्रोतको रुपमा रहेको र समुन्नत कृषि प्रणालीको आधार राप्ती नदीले यस गाउँपालिकालाई चिनाएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्व तथा  प्रसिद्ध धार्मिक आस्थाको केन्द्रको रुपमा रहेका प्रसिद्ध भद्राक्षी देवी मन्दिर यसै गाउँपालिकामा पर्छ । स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेव पत्नी सतीदेविको देव्रे घुडा पतन भएको स्थान यो ऐतिहासिक तथा प्रसिद्ध ऐतिहासिक महत्वका स्थल यस गाउँपालिकाका भित्र पर्दछ ।

राप्ती गाउँपालिका नामाकरण सम्बन्धमा रहेको धारणा अनुसार यो क्षेत्र देउखुरी उपत्यकाको जलभण्डारको रुपमा रहेको राप्ती नदीको सिचित भूमी हो । यहाँ राप्ती र यसका सहायक नदीहरु पूर्वबाट क्रमश पश्चिम तर्फ बहेको छ । यस क्षेत्र भएर राप्ती नदी बहने हुनाले आदिकाल देखि यस क्षेत्रलाई राप्ती क्षेत्र नै भनिदै आएको हो । त्यसैले हाल राज्य पूर्नसंरचना यस गाउँपालिकाको नाम राप्ती राखिएको हो ।

केन्द्रः साविक लालमटिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४०७६३

क्षेत्रफलः १६१.०७  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

लालमटिया

लालमटिया

४,७

लालमटिया

१,२,८

लालमटिया

५,६,९

सिसहनिया

५,७

सिसहनिया

८,९

सिसहनिया

१-३

सिसहनिया

४,६

हाँसिपुर

१,२

 ९.    नामः  शान्तिनगर गाउँपालिका

शान्तिनगर गाउँपालिका प्रदेश नं. ५ मा पर्ने दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । नेपालको मानचित्रमा ८२७’५” देखि ८२१५’३०” पूर्वी देशान्तर र २८६’३५” देखि २८१५’३०” उत्तरी अक्षांसमा अवस्थीत रहेको यस गाउँपालिकाको दक्षिण तिर दंगीसरण गाउँपालिका, पूर्वमा तुलसीपुर उप-महानगरपालिका त्यस्तै उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका आवस्थित रहेको छ ।

कुल ११६.०२ वर्ग कि. मी मा फैलिएको शान्तिनगर गाउँपालिकाको २०७८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २७,६४१ रहेको छ ।   जम्मा सात वडा रहेको यस गाउँपालिका साबिक बाघमारे, शान्तिनगर र धनौरी गा.वि.स को समाबेशबाट गठन भएको छ ।

केन्द्रः साविक शान्तिनगर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २५२०३

क्षेत्रफलः ११६.०२  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

बाघमारे

१,७-९

बाघमारे

२-६

शान्तिनगर

३-७

शान्तिनगर

१,२,८,९

धनौरी

६,८,९

धनौरी

६,२,५

धनौरी

३,४,७

१०.          नामः  बबई गाउँपालिका

बबई गाउँपालिका ५ नं. प्रदेश अन्तर्गत दाङ जिल्लाका साविकका पञ्चकुले र पुरन्धारा गा.वि.स. मिलेर बनेको हो। यस गाउँपालिका जिल्ला सदरमुकाम घोराही देखि ४६ किलोमीटर पश्चिममा पर्दछ । २५७.४८ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका, पश्चिममा बाँके जिल्ला, उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगीशरण गाउँपालिका र बाँके जिल्ला पर्दछन्। बबई गाउँपालिका दाङ जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासका सम्भावना बोकेको गाउँपालिका हो।

सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी यो गाउँपालिकाकोदरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन्। २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३०,९६८ रहेको छ जसमध्ये महिलाको जनसंख्या १६,५२२ (५३.४ प्रतिशत) र पुरुषको जनसंख्या १४,४४६ (४६.६ प्रतिशत) रहेको छ । यस गाउँपालिकाकाे औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो ।

स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिका पठनपाठनको लागि आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरुमा प्रा.वि २२, नि.मा.वि. ६, मा.वि ६ गरी जम्मा ३४ वटा सामुदायिक शिक्षण संस्थाहरु रहेका छन्भने संस्थागत विद्यालयतर्फ प्रा.वि. ३, आ.वि. ३ र मा.वि. ३ गरी जम्मा ९ वटा रहेका छन्। विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

केन्द्रः वडा नं. ५ हापुरे

जनसङ्ख्याः ३०,९६८

क्षेत्रफलः २५७.४८  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

पुरन्धारा

पुरन्धारा

६,७

पुरन्धारा

४,५

पुरन्धारा

१,३

पुरन्धारा

२,८

पन्चकुले

१-४

पन्चकुले

५-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दाङ र जिल्ला प्रशासन कार्यालय दाङ। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । दाङ जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *