परिचय
नेपाल सरकारको संघीय संरचना अनुसार लुम्विनी प्रदेश अन्र्तगत पर्ने १२ वटा जिल्ला मध्ये अर्घाखाँची जिल्ला एक पहाडी जिल्ला हो । अर्घाखाँची जिल्लाको नामकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घका रूपमा दही चढाउँदा देवी उत्पत्ति भएकाले सोही स्थानबाट अर्घा शब्दको उत्पती भएको हो भन्ने भनाइ छ । त्यसैगरी खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्ची भन्ने प्रचलन भएकाले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने तर्क पनि पाइन्छ । बाईसे चौबीसे राज्य अनर्तगत भुरे राजाका पालामा चौबीसे राज्य अन्र्तगत पर्ने अर्घा दरबारका राजा र खाँची दरबारका राजा बिच सन्धि भएपछि यस जिल्लाको नाम अर्घाखाँची हुन गएको र सोही सन्धि भएको स्थानलाई सन्धिखर्क नामाकरण गरिएको जनविश्वास रहि आएको छ । सोही स्थानमा हाल अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको छ ।
पुर्विय दर्शन धार्मिक ग्रन्थहरुमा महत्वपुर्णका साथ वर्णित प्रसंग अनुसार देव देविको पुण्य तपस्थलिको रुपमा हेरिन्छ । धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताले सम्पन्न अर्घाखाँची जिल्ला सातैरंगी मिसिएको ईन्द्रेणी जस्तै छ । वि.स. १८४३ मा एकिकरणको शिलशिलामा अर्घाखाँची जिल्ला तत्कालीन पाल्पा राज्यमा गाभिएको थियो । वि.स. २०१८ सालमा गुल्मी जिल्ला अन्र्तगत रहेपनि नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि मात्रै अर्घाखाँची जिल्ला छुट्टै जिल्ला भएको हो ।
सामाजीक तथा भाैगाेलिक अवस्थीती
अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ्ग, उत्तरमा गुल्मी, दक्षिणमा रुपन्देही र कपिलवस्तु, जिल्लाहरु रहेका छन । विश्व मानचित्रमा यस जिल्लाको कुल क्षेत्रफलः ११९३ वर्ग किलोमिटर अक्षांश २७ डि. ४५ मि. देखि २८ डि. ६ मि. उत्तर, देशान्तर ८० डि. ४५ मि. देखि ८३ डि. २३ मि. पूर्व बीच यो जिल्ला अवस्थित छ । यस जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटरदेखि २५१५ मिटर रहेको छ भने औषत वर्षा २२०० मिलिमिटर (औषत वार्षिक) छ । यस जिल्लाको तापक्रम न्यूनतम् ६.५० देखि अधिकतम् ४०० सेन्टिग्रेड सम्म हुने गर्दछ ।
दक्षिणतर्फ चुरे र उत्तर तर्फ मध्यपहाडी क्षेत्रहरु मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले सरकारी वन ३४ प्रतिशत, सामुदायिक वन २२ प्रतिशत, कृषियोग्य जमीन ३९ प्रतिशत, नदी नाला ५ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ बमोजिम जिल्लाको कुल जनसंख्याः १७७०८६ रहेको छ भने जसमा पुरुष जनसंख्याः ८०६७२ र महिला जनसंख्याः ९६४१४ रहेको छ ।
जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् । यहाँ वसाेवास गर्ने अधिकांस हिन्दु धर्मावलमी भएपनी त्यसकाे अलवा मुस्लीम धर्मावलमी, वाैद्ध धर्मावलमी र इ्शाइ धर्मावलमीकाे वसाेवास गर्दछन। त्यसैगरी यहाँ वसाेवास गर्ने मुख्य जातिमा मगर, गुरूङ, व्राहमण, क्षेत्री, दलित जातजातीकाे वाहुल्यता रहेकाे छ । प्रशासनिक दृष्टिले यो जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका, गरी जम्मा ६ वटा पालिकाहरु रहेका छन् । जसमध्ये शितगङ्गा नगरपालिका भुगोलको हिसाबले देशकै सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको छ ।
प्राकृतिक तथा सांस्कृतिक सम्पदा
मध्यपहाडी र शिवालीक भु बनोटमा यहाँका प्रमुख खोला बाँगी खोला, झिमु्रक खोला, वाडगंगा खोला, मथुराबेशी खोला, सितखोला, खाँकबेशी खोला र रङसीङ खोला रहेका छन । अर्घाखाँची जिल्लामा २ वटा प्रमुख तालहरु रहेका छन जुन डम्मरुदह ताल सितगंगा नगरपालिकामा रहेको छ भने सेङलेङदह ताल भुमिकास्थान नगरपालीकामा रहेको छ ।
यहाँका मुख्य सांस्कृतिक सम्पदाहरुमा नरपानीमा रहेको प्रसिद्ध सुपा देउरालीको मन्दिर, पाँडिनी गाउँपालीकाको पँडेनामा रहेको पाँडिनी तपोभुमी, पाँडिनी गाउँपालीकाकै खिदिममा रहेको साततले (दुर्वासा)गुफा, छत्रदेव गाउँपालीकाको बल्कोटमा रहेको बल्कोटपौवा, छत्रदेव गाउँपालीकामै रहेको छत्रमहादेवको मन्दिर, मथुराबेसीमा रहेको कृष्ण मन्दिर, सन्धिखर्क नगरपालिकाको अर्घामा रहेको अर्घा दरबार, अर्घा भगवती मन्दीर, मालारानी गाउँपालिकामा रहेको मालारानी मन्दिर, अमिलेमा रहेकाे झरना यहाँका प्रमुख साँस्कृतिक सम्पदाहरु हुन ।
पहाडी जिल्ला भएपनि बाटोघाटोको हिसाबमा यो अत्यन्तै सुघम मानिन्छ । अर्घाखाँची जिल्ला जाने मुल सडक कपिलवस्तुको गोरुसिङे हुँदै जान सकिन्छ । जुन सडक पुर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) संग जोडिएको छ । त्यसैगरी पाल्पा, गुल्मी र प्युठान जिल्ला हुँदै पनि जिल्ला सडक संग जोडिएको छ । प्राकृतिक सम्पदाहरु बनजंगल, खोलानाला पर्याप्त मात्रामा रहेकाले प्राकृतिक सुन्दरताले जो कसैको मन लोभाउने गर्दछ । बिशाल वहुउद्देश्यीय नौमुरे जलविद्युत्त आयोजना, रमणिय ताल, बनजंगल, खोला नदि, पर्वतिय श्रृङखलाहरु, पौराणिक मठमन्दिरहरु, अर्घाखाँची जिल्लाका पर्यटकिय सम्भावनाका महत्वपुर्ण श्रोतहरु हुन ।
याे लेख तयार गर्दा हामीले विभिन्न लेख रचनामा प्रकासित भएका सामाग्री, अडियो भिडीयाेको सहयोगमा चिनारी नेपालले प्रकासन गरेको हाे । तपाइसंग जिल्ला विशेष कुनै लेख तथा रचना भएमा साथै यो लेखमा कुनै सुधार गर्नु पर्ने भएमा हामीलाइ लेखी पठाउन सक्नुहुने छ । जसको लागी chinari2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।
अर्घाखाँची जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
- प्रतिनिधीसभा सदस्यकोलागी निर्वाचन क्षेत्र संख्या १ रहेकाे छ ।
- प्रदेशसभा सदस्यकोलागी निर्वाचन क्षेत्र संख्या २ रहेकाे छ ।
अर्घाखाँची जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार अर्घाखाँची जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः सन्धिखर्क नगरपालिका
सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।
पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ ।वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।
सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना , वाङ्ला र पाली गा.वि.स.को वार्ड नं. ९ गाविसहरूलाई मिलाएर सन्धिखर्क नगरपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या ४२,४९२ रहेको छ।चारैतर्फ पहाडी तथा बिचबाट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ।
पाणीनि बहुमुखी क्याम्पस, जनज्योति मा.बि.,सन्खेतारि मा.बि, हटोरि मा.बि, एबम् केही निजी विद्यालयह्रु यहा सञ्चालित छन्। यसलाई पक्की सडकले जोडिएको पनि थुप्रै बर्ष भैसकेको छ। यस क्षेत्रको यो एउटा मुख्य ब्यापारिक क्षेत्र मानिन्छ। शिक्षा तथा स्वास्थ्यको राम्रो विकास भएको छ। यसको पुर्बमा वान्ला, पश्चिममा कुर गउ, उत्तरमा ब्यारे बजार, दक्षिणमा गच्छे बजार रहेको छ। यहा अत्यन्तै उर्बर् भूमिसमेत छ।
केन्द्रः साविक सन्धिखर्क नगरपा
कुल जनसङ्ख्या : ४२,४९२
क्षेत्रफल : १२९.४२ (वर्ग की.मी.)
वडा संख्या : १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सन्धिखर्क(१) | ८९५५ | ९.७५ |
२ | २ | सन्धिखर्क(२) | ६७०८ | ७.५१ |
३ | ३ | सन्धिखर्क(३) | १५०५ | २.९२ |
४ | ४ | सन्धिखर्क(४) | २३७३ | ११.८५ |
५ | ५ | सन्धिखर्क (५) र पाली (९) | २२५५ | ७.७५ |
६ | ६ | सन्धिखर्क(६,७) | ३४१९ | १९.४३ |
७ | ७ | सन्धिखर्क(८,९) | ३३१३ | १५.६३ |
८ | ८ | सन्धिखर्क(१०,११) | २९८१ | १४.९८ |
९ | ९ | सन्धिखर्क(१२) | २४६० | ११.१७ |
१० | १० | सन्धिखर्क(१३) | २७५८ | ८.८४ |
११ | ११ | सन्धिखर्क(१४) | ३०४४ | १२.३४ |
१२ | १२ | सन्धिखर्क(१५) | २७२१ | ७.२६ |
जम्मा | ४२४९२ | १२९.४३ |
२. नामः शितगंगा नगरपालिका
शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । सितगंगा अर्घाखाँची को दक्षिण मा रहेको ६१०.४३ वर्ग कि मि मा फैलिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या ३७६९१ जनसंख्या रहेकाे छ भने क्षेत्रफल को हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन ।
पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ ।
केन्द्रः साविक ठाडा गा.वि.स.को
कुल जनसङ्ख्या : ३७६९१
क्षेत्रफल : ६१०.४३ (वर्ग की.मी.)
वडा संख्या : १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सुवर्णखाल(१-९) | २००३ | २९.४७ |
२ | २ | सितापुर(१-९) | ३४९३ | ३१.८५ |
३ | ३ | ठाडा(१,२,७-९) | २२०९ | २३.८७ |
४ | ४ | ठाडा(३,४,६) | ३६७९ | १८.५३ |
५ | ५ | जुकेना(१-५) | २४१६ | २७.८ |
६ | ६ | जुकेना(६-९) | २६७३ | २४.८ |
७ | ७ | जलुके(१-४,७-९) | ३१७७ | ४१.८३ |
८ | ८ | जलुके(५,६) | ३००५ | ४०.०१ |
९ | ९ | सिद्धारा(१,७,८) | २८६० | ११७.८२ |
१० | १० | सिद्धारा(२-४,९) | १६८६ | ६६.५२ |
११ | ११ | सिद्धारा(५,६) | २७०० | २३.२३ |
१२ | १२ | ठाडा(५) | २५०८ | ६४.७८ |
१३ | १३ | सिमलपानी(३,४,६-९) | १८१९ | ५०.१ |
१४ | १४ | सिमलपानी(१,२,५) | ३४६३ | ४९.८२ |
जम्मा | ३७६९१ | ६१०.४३ |
भुमिकास्थान नगरपालिका नेपाल राज्यको लुम्बिनी प्रदेश अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो ।
यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको कूल जनसंख्या जम्मा २८१९२ (पुरुष-१२५५२ र महिला-१५६४०) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् ।
केन्द्रः साविक नुवाकोट गा.वि.स
कुल जनसङ्ख्या : २८१९२
क्षेत्रफल : १५९.१३ (वर्ग की.मी.)
वडा संख्या : १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ढाकावाङ्ग(२,३,६,९) | ३३९१ | १८.१३ |
२ | २ | ढाकावाङ्ग(१,४,५,७,८) | २६०६ | १७.७७ |
३ | ३ | धारापानी(६-९) | २६२८ | ११.८ |
४ | ४ | धारापानी(१-५) | २६८८ | १०.४१ |
५ | ५ | असुरकोट(१-९) | १७१७ | १४.४२ |
६ | ६ | खिल्जी(१-९) | ३१३६ | १५.५५ |
७ | ७ | नुवाकोट(१,५,७-९) | ३३६५ | २०.१४ |
८ | ८ | नुवाकोट(२-४,६) | २१२३ | ८.९३ |
९ | ९ | ढिकुरा(१-९) | ३५३२ | २०.८३ |
१० | १० | धनचौर(१-९) | ३००६ | २१.१४ |
जम्मा | २८१९२ | १५९.१२ |
४. नामः छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिका विश्वमान चित्रमा २८.०० देखि २८.०१ डिग्री उत्तरी अंक्षाश र ८३.१३ देखि ८३.८४ डिग्री पूर्वी देशान्तरमा नेपाल राज्यको अर्घाखाँची जिल्लामा अवस्थीत पहाडी भू-भागमा रहेको छ । समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ।यहाँको हावापानी समशितोष्ण प्रकारको छ । ८७.६२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसंख्या वि.सं. २०७८ सालको जनगणना अनुसार २१६११ रहेको छ ।
साविकका बल्कोट, केरुङ्गा,छत्रगञ्ज, ठूलापोखरा, भगवती गा.वि.स. को सबै भाग र चिदिका गा.वि.स.को १ नं. देखि ८ नं. वडा , अर्घातोष गा.वि.स. को २ नं. देखि ५ नं. वडा सम्म र मरेङ्ग गा.वि.स. को ७ नं. देखि ९ नं. वडा सम्मका गा.वि.स. भू-भागलाई मिलाई सिंगो छत्रदेव गाउँपालिका बन्नुका साथै साविकको छत्रगञ्ज हाल छत्रदेव-५ यसको प्रशासनिक केन्द्र भएको छ ।
यस गाउँपालिकाको नामाकरणसँग धार्मिक इतिहास मुखरीत भएको पाइन्छ । करिब ५००० वर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्रमहाराजाको शीर भगवान श्री कृष्णबाट क्षेदन भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरे बमोजिम भगवान श्री कृष्णले उलुक छत्र महाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुति छ । उक्त मन्दिरमा परम्परा देखि हालसम्म दशैमा ठूलो मेला लाग्ने गरेको छ । छत्रमहाराजको मन्दिर र छत्रमहाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको हो ।
केन्द्रः साविक छत्रगंज गा.वि.स
कुल जनसङ्ख्या : २१६११
क्षेत्रफल : ८७.६२ (वर्ग की.मी.)
वडा संख्या : ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चिदिका(१-८) | २६१७ | १२.०६ |
२ | २ | बल्कोट(१,५-८) | १८८७ | ६.८६ |
३ | ३ | बलकोट (२-४,९) र केरुङ्गा (१) | २८३५ | १३.०२ |
४ | ४ | केरुङ्गा(२-९) | २८७४ | १२.५४ |
५ | ५ | छत्रगंज(१-९) | २३३८ | ९.११ |
६ | ६ | ठूलापोखरा(१-९) | ३०८२ | १० |
७ | ७ | भगवती(१-९) | ३१५५ | ९.८५ |
८ | ८ | अर्घातोष (२-५) र मरेङ्ग (७-९) | २८२३ | १४.१८ |
जम्मा | २१६११ | ८७.६२ |
५. नामः पाणिनी गाउँपालिका
पौराणिक कथन अनुसार यस जिल्लाको पणेना भन्ने स्थानमा पाणिनी ऋषि आई महादेवको तपस्या पाइ संस्कृत व्याकरण तयार पार्न सफल भए भनिन्छ। पणेनाको वायव्य दिशामा (करीव ३ की. मी. टाढा ) दुर्वाशा ऋषीको आश्रम थियो भनीन्छ। यस पाणिनी गाउपालिकाको जम्मा क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका श्रिनगर¸ स्वर्गद्धारि¸ रेशुङ्गा जस्ता पर्यटकीय दृष्टिकोणले महत्त्वपुण रहेका स्थानहरुसंग राम्रो पहुच छ।निर्माणाधिन लुम्विनि౼ सन्धिखर्क౼ ढोरपाटन सडक सम्पन्न भएर यातायात सञ्चालन भएपछि गाउँपालिकाको पर्यटकिय विकासमा थप मद्धत पुग्ने देखिन्छ।
यस गाउँपालिकामा रहेका पाणिनी तपोभूमि¸ दुर्वाशेश्वर गुँफा¸ नर्तनाचल पर्वत¸ सिद्बेश्वर गुफा¸ आलमदेवि मन्दिर जस्ता महत्त्वपुण धार्मिक स्थलहरु रहेका छन।दक्षिणमा तराइ र उत्तरमा महाभारत पर्वत श्रङ्खलाको २५१५ मिटरसम्मको उचाइमा फैलिएको हुँदा यो गाउँपालिका वन वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले निकै धनी रहेको छ। दक्षिणमा भावरको केहि क्षेत्र¸ चुरे पर्वत श्रङ्खलाको केहि क्षेत्र र उत्तरमा महाभारत पर्वत श्रङ्खलासम्मको क्षेत्रमा विभिन्न जातका वोटविरुवाहरु¸ जडिवुटि ¸ स्तनधारि जिवहरु¸ चराचुरुङ्गिहरु¸ सरिसृप जिवहरु तथा अन्य जलचर थलचर जिवहरुले आश्रय पाएको पाइन्छ।
केन्द्रः दुर्गाफाट
कुल जनसङ्ख्या : २२२९१
क्षेत्रफल : १५१.४२ (वर्ग की.मी.)
वडा संख्या : ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पणेना(१-९) | १९५८ | १०.७ |
२ | २ | पोखराथोक(१-९) | ३३३८ | २२.७६ |
३ | ३ | खिदिम(१-९) | २९६९ | १९.०४ |
४ | ४ | पटौटी(१-९) | २५८९ | १६.४७ |
५ | ५ | मैदान(१-९) | ३१८६ | २९.५३ |
६ | ६ | धातिवाङ्ग(१-९) | १६०८ | १८.७२ |
७ | ७ | अड्गुरी(१-९) | ३४०४ | १८.५३ |
८ | ८ | पाली (१-८) र चिदिका (९) | ३२३९ | १५.६७ |
जम्मा | २२२९१ | १५१.४२ |
६. नामः मालारानी गाउँपालिका
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलार्इ समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ । भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ ।
यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाइ ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालार्इ पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् ।
घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।
केन्द्रः साविक खनदह गा.वि.स.को
कुल जनसङ्ख्या : २४१५०
क्षेत्रफल : १०१.०५ (वर्ग की.मी.)
वडा संख्या : ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | अर्घातोष १,६ र मरेङ् ४-६() | १७०३ | ५.८ |
२ | २ | अर्घातोष (७-९) र मरेङ् (१-३) | २०२० | ८.४७ |
३ | ३ | खनदह(१-९) | ३०२८ | १५ |
४ | ४ | खन(१-९) | ३५९२ | ९.७ |
५ | ५ | बाँगी(१-९) | ३६०६ | १४.६१ |
६ | ६ | हँसपुर(१,४-६) | ३२६८ | १२.२२ |
७ | ७ | हँसपुर(७,८,९) | १९१० | ८.०४ |
८ | ८ | हँसपुर (२,३) र गोखुङ्गा (१) | २३७६ | १०.०२ |
९ | ९ | गोखुङ्गा(२-९) | २६४७ | १७.१९ |
जम्मा | २४१५० | १०१.०५ |