परिचय
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार नेपालको कोशी प्रदेशमा रहेको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराईमा पर्दछ । विसं २०७८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ९९८,०५४ रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल सँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार राज्य रहेको छ। यसको उत्तरमा इलाम तथा पश्चिममा मोरङ जिल्ला रहेका छन् । समुन्द्रि सतहवाट नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल-५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई नदिमा ७०२ मी. पनि यसै जिल्लामा पर्दछन्। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् ।


झापा जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरू
झापा जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कनकाई धाम कोटीहोम, अर्जुनधारा जलेश्वर धाम, जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदीहरुमा कनकाई नदी, बिरिङ नदी, रतुवा नदी, मावा नदी, र मेची नदी रहेका छन् ।


झापा जिल्लाको भौगोलिक स्थिति
- अक्षांश :- २६.२०” देखि २६.५०” उत्तर
- देशान्तर :- ८७.३९” देखि ८८.१२” पूर्व
- सिमाना :- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत
- क्षेत्रफल :- १,६०६ वर्ग कि.मि.
- औषत लम्वाई :- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
- औषत चौडाई :- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
- उचाई :- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार इलाम जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा १५ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा ६ नगरपालिका र ९ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | मेचीनगर नगरपालिका | मेचीनगर नगरपालिका, ज्यामीरगढी, धाइजन, वाहुनडाँगी र दुवागढी गा.वि.स. | १५ |
२ | दमक नगरपालिका | दमक नगरपालिका | १० |
३ | कन्काई नगरपालिका | कन्काई नगरपालिका गा.वि.स. | ९ |
४ | भद्रपुर नगरपालिका | भद्रपुर नगरपालिका र पृथ्वीनगर गा.वि.स. | १० |
५ | अर्जुनधारा नगरपालिका | शनिअर्जुन र खुदुनावारी गा.वि.स. | ११ |
६ | शिवशताक्षी नगरपालिका | धरमपुर, पाँचगाछी र शिवसताक्षी गा.वि.स. | ११ |
७ | गौरादह नगरपालिका | गौरादह नगरपालिका र वैगुनधुरा गा.वि.स. | ९ |
८ | विर्तामोड नगरपालिका | विर्तामोड नगरपालिका र गरामनी गा.वि.स. | १० |
९ | कमल गाउँपालिका | तोपगाछी र लखनपुर गा.वि.स. | ७ |
१० | गौरीगंज गाउँपालिका | कोरोबारी, महाभारा, खजुरगाछी र गौरिगंज गा.वि.स. | ६ |
११ | बाह्रदशी गाउँपालिका | राजगढ, चकचकी र डांगीवारी गा.वि.स. | ७ |
१२ | झापा गाउँपालिका | कुमरखोद, टाघनडुब्बा र शरणामती गा.वि.स. | ७ |
१३ | बुद्धशान्ति गाउँपालिका | बुधवारे र शान्तिनगर गा.वि.स. | ७ |
१४ | हल्दिवारी गाउँपालिका | हल्दीवारी, गोलधाप र जलथल गा.वि.स. | ५ |
१५ | कचनकवल गाउँपालिका | घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुबाडी गा.वि.स. | ७ |
जम्मा | १३१ |
१. नामः मेचिनगर नगरपालिका (Mechinagar Municipality)
काेशी प्रदेशको झापा जिल्लामा अवस्थित मेचिनगर नगरपालिका जनसंख्याको आधारमा देशकै सबैभन्दा ठुलो नगरपालिका हो मेचिनगर नगरपालिकालाइ नेपालको पूर्वी सिमानाको प्रवेशद्वार पनि भनिन्छ । झापा जिल्लाको मेचिनगर नगरपालिका २०५३ सालमा नगरपालिका घोषणा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उधोग तथा वाणिज्यको केन्द्र समेत हो । मेचिनगर नगरपालिकालाइ दुइ वटा राजर्माग र्पुव पश्चिम महेन्द्र राजर्माग र मेची राजर्मागले जोडेको छ । झापा जिल्लाका १५ वटा स्थानीय तह मध्ये एक मेचिनगर नगरपालिका तत्कालिन साविकका ५ वटा मेचिनगर नगरपालिका र ज्यामीरगढी, धाइजन, बाहुनडाँगी र दुवागढी गाविसहरु समेटी २०७३ सालमा मेचिनगर नगरपालिका घोषणा भएको हो ।
मेचि नदीको नामबाट नै यस नगरपालिकाको नाम रहन गएको छ । यस नगरपालिकामा विभिन्न धर्म तथा जात जातीका मानीसहरु बसोबास गर्दछन । जसको आफ्नै मातृभाषा, भेषभुषा र रहनसहन छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ, जसले सर्वलंैगिक संस्कृति झल्काउछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो । दशैं, तिहार जस्ता राष्ट्रिय चाड पर्वका अलावा होली, गाइजात्रा, ल्होसार, ईद, माघे सक्रान्ती, जनै पुर्णिमा आदि जस्ता पर्वहरु मनाइन्छ । यस नगरपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालन लगायत व्यापार व्यवशाय र उद्योगको प्रचुर सम्भावना रहेको छ ।
भौगोलिक अवस्थिति:
मेचिनगर नगरपालिकाको पूर्वमा भारत पश्चिममा अर्जूनधारा र विर्तामोड नगरपालिका उत्तरमा बुद्दशान्ती गाँउपालिका र ईलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका रहेका छन् । १९२.८५ वर्ग कि.मी. कुल क्षेत्रफल रहेको यस मेचिनगर नगरपालिका ८८ डिग्री ०२ मिनेट पुर्वी देशान्तर देखि ८८ डिग्री ११ मिनेट २६ सेकेन्ड देशान्तर सम्म र २६ डिग्री, ३३ मिनेट, २३ सेकेन्ड उत्तरी अक्षांस देखि २६ डिग्री, ४८ मिनेट, २० सेकेन्ड उत्तरी अक्षाँस सम्म फैलिएको छ । पूर्वमा नेपाल भारत सिमाना मेची नदी सहित देशको सबैभन्दा लामो पूर्व पश्चिम लोकमार्गको सुदुर पूर्वीखण्ड भएकोले यसलाइ नेपालको पुर्वी सिमानाको प्रवेशद्धार समेत भनिन्छ । काठमाण्डौबाट करीव ४७५ कि.मि.दक्षिण र्पूवमा मेचिनगर नगरपालिका रहेको छ भने विराटनगरबाट करिव ११५ कि. मी.र्पूवमा रहेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्गढीबाट १९ कि. मि.को दुरीमा यस नगरपालिकाको केन्द्र मेचिनगर नगरपालिकाको र्कायालय रहेको छ ।
केन्द्रः साविक मेचिनगर नगरपालि
जनसङ्ख्याः १३३०७३
क्षेत्रफलः १९२.८५ (वर्ग कि.मि.)
वडा संख्याः १५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाहुनडाँगी(७,९) | ६३४१ | १३.१ |
२ | २ | बाहुनडाँगी(४,६) | ६८०४ | १३.५ |
३ | ३ | बाहुनडाँगी(३,५) | ७२२७ | १८.५ |
४ | ४ | बाहुनडाँगी(१,२) | ५४३९ | १२.४ |
५ | ५ | मेचीनगर(८,९) | ५३२६ | ९.१७ |
६ | ६ | मेचीनगर(१०) | १५७३८ | ४.४३ |
७ | ७ | मेचीनगर(११,१२ ) र ज्यामिरगढी(८,९) | १३१८८ | १६.२१ |
८ | ८ | मेचीनगर(७,१३) | ८२९६ | १२.१ |
९ | ९ | मेचीनगर(४,६) | ११९८९ | १३.५ |
१० | १० | मेचीनगर(१,३) | १५५०० | ८.०५ |
११ | ११ | धाइजन(१,२,७-९) | ६५५० | ९.५५ |
१२ | १२ | धाइजन(३,६) | ८१३९ | ७.०१ |
१३ | १३ | दुवागढी(२,५) | ७४०४ | १२.३ |
१४ | १४ | दुवागढी(१,६-९) | ६९०४ | १९.१ |
१५ | १५ | ज्यामिरगढी(१,७) | ८२२८ | २३.६ |
जम्मा | १३३०७३ | १९२.५२ |
२. नामः दमक नगरपालिका (Damak Municipality)
नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ। बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।
बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।
केन्द्रः साविक दमक नगरपालिका का
जनसङ्ख्याः १०७२२७
क्षेत्रफलः ७०.८६ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | दमक(१) | १३७३८ | ३.६८ |
२ | २ | दमक(२,३,४) | ११६३२ | ११.०९ |
३ | ३ | दमक(५,६,७) | ११०३७ | २०.६१ |
४ | ४ | दमक(८,९,१६) | ११२९७ | ९.५४ |
५ | ५ | दमक(१०) | १५१७१ | २.०५ |
६ | ६ | दमक(११) | ६३७८ | ०.६२ |
७ | ७ | दमक(१२) | ७३८७ | १.२३ |
८ | ८ | दमक(१३) | १०७१७ | १.७२ |
९ | ९ | दमक(१४,१५) | १३९९६ | ९.७ |
१० | १० | दमक(१७-१९) | ५८७४ | १०.६२ |
जम्मा | १०७२२७ | ७०.८६ |
३. नामः कन्काई नगरपालिका(Kankai Municipality)
नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको कनकाई नदि र हिन्दु धार्मिक आस्थाको कोटीहोम साविक सुरुङ्गा गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा सुरुङगा गाविस र घैलाडुब्बा गाविसलाई समेटि २०७१/०१/२५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदिको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ। जम्मा ५३१४८ जनसंख्या रहेको यस नगरको ७९.१ वर्ग किमिमा फैलिएकोछ। यो नेपालकै पहिलो विधुत चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो।
केन्द्रः साविक कन्काई नगरपालि
जनसङ्ख्याः ५३१४८
क्षेत्रफलः ८०.९८ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कन्काई(१) | ४९४७ | १३.०३ |
२ | २ | कन्काई(२) | ४९९८ | १४.९३ |
३ | ३ | कन्काई(३) | १३१९६ | ८.२१ |
४ | ४ | कन्काई(४) | ७४४६ | ११.२२ |
५ | ५ | कन्काई(५) | ६३४९ | ११.८४ |
६ | ६ | कन्काई(६) | २६७२ | ९.४१ |
७ | ७ | कन्काई(७) | ४५३७ | ३.३३ |
८ | ८ | कन्काई(८) | ५३७७ | ५.७९ |
९ | ९ | कन्काई(९) | ३६२६ | ३.२२ |
जम्मा | ५३१४८ | ८०.९८ |
४. नामः भद्रपुर नगरपालिका(Bhadrapur Municipality)
सन् १७७३ मा तत्कालिन राजा रण वहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिम तर्फ कुमाउँ गढवाल र पूर्वतर्फ टिष्टासम्म पुगेको थियो । बिराटनगर र रंगेली बीच पर्ने धनपुर भन्ने स्थान र झापा बजारमा (साबिक कुमरखोद गा.वि.स) सन् १८१४ मा अंग्रेजहरुले आक्रमण गरी आफ्नो कब्जामा लियो र सन् १८१५ नोभेम्बर २८ मा सुगौली सन्धीमा हस्ताक्षर भयो । यसरी मेची नदी सदाको लागि पूर्वी अन्तराष्ट्रिय सिमाना हुन पुग्यो । तत्कालिन झापा जिल्ला मोरङ गोश्वारा अन्र्तगत पर्दथ्यो, पछि तत्कालिन कुमरखोद गाविस अन्तरगत रहेको झापा बजारमा मोरङ गोश्वारा सर्न आएको हुदाँ यस जिल्लाको नाम झापा रहन गयो ।
वि.सं. २००७ साल पछि गोश्वरा तत्कालिन चन्द्रगढी गा.वि.स.मा सर्न पुगी चन्द्रगढी सदरमुकाम कायम भयो । पछि चन्द्रगढी गा.वि.स.का केही भागहरु भद्रपुर नगरपालिकामा गाभेर भद्रपुर नै जिल्ला सदरमुकाम कायम गरिएको थियो । वि.सं. २००८ सालमा स्थापना भएको यो नगरपालिकामा वि.सं. २०३८/३९ सालमा चन्द्रगढी र महेशपुर गा.वि.स.का केही वडाहरुलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो । वि.सं. २०७१ मा साबिक चन्द्रगढी र महेशपुर गा.वि.स.लाई भद्रपुर नगरपालिका गाभेर पुरै चन्द्रगढी भद्रपुर नगरपालिका बन्न गयो भने वि.सं. २०७३ को स्थानीय तहको पुर्नःसंरचना प्रक्रियामा साबिक भद्रपुर नगरपालिका र पृथ्वीनगर गा.वि.स मिलाएर १० वडामा विभाजन गरी भद्रपुर नगरपालिका बनेको हो ।
भद्रपुर नगरपालिका नेपालको पूर्वी तराई क्षेत्रमा पर्दछ र समुद्र सतहदेखि ६८ मिटर उचाईदेखि ११३ मिटरमा अवस्थित रहेको छ । भौगोलिक अवस्थितिका हिसाबले यो नगरपालिका २६°२५’२१’’ उत्तरदेखि २६°३७’००’’ उत्तरी अक्षांश र ८८°०६’४५’’ पूर्वदेखि ८८°०२’०९’’ पूर्वी देशान्तरमा फैलिएको छ । यस नगरपालिकाको पूर्वमा भारतको पश्चिम बगांल र बिहार प्रान्त, पश्चिममा बिर्तामोड नगरपालिका, हल्दीबारी गाउँपालिका, उत्तरमा मेचीनगर नगरपालिका र दक्षिणमा कचनकवल गाउँपालिका पर्दछ । मेची नदी र देउनिया खोलाको बेसिन क्षेत्रमा अवस्थित, मलिलो तथा सिंचित भूमि, तराइँको समथर भू–भाग तथा मेची राजमार्ग रहेको शहरी विस्तारका लागि समेत सम्भावना बोकेको शहर हो ।
‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, समृद्धिसहितको भद्रपुर नगर’ — यो महान लक्ष्य र कार्यदिशाबाट प्रेरित भई आफ्नो काम, कर्तव्य र अधिकार समुचित उपयोग गर्दै अगाडि बढिरहेको भद्रपुर नगरपालिकाले अब्बल र नमूना नगरपालिका बन्ने प्रयास र प्रयत्न गर्दै आएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि स्थानीय तहले भौतिक विकासमा निकै ठूलो फड्को मारिसकेका छन् भने शिक्षा, स्वास्थ्य, कृषि, मानव संसाधन विकासका लागि पनि फरक ढंगले कामहरु भइरहेका छन् ।
केन्द्रः साविक भद्रपुर नगरपालि
जनसङ्ख्याः ७०९१३
क्षेत्रफलः ९६.३५ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पृथ्वीनगर(१,२,७-९) | ५८४१ | १०.८७ |
२ | २ | पृथ्वीनगर(५,६,३) | ७५६८ | १०.५६ |
३ | ३ | भद्रपुर (१)र पृथ्वीनगर(४) | ६६७७ | १६.४६ |
४ | ४ | भद्रपुर(२) | ७०७७ | १४.३४ |
५ | ५ | भद्रपुर(५,७) | ६८२२ | ५.०७ |
६ | ६ | भद्रपुर(४,६) | ७१५४ | ४.५८ |
७ | ७ | भद्रपुर(३,९,१५) | ८१९३ | ८.५८ |
८ | ८ | भद्रपुर(८,१०) | ५६९८ | ४.१ |
९ | ९ | भद्रपुर(११,१२) | ७७८७ | १३.३८ |
१० | १० | भद्रपुर(१३,१४) | ८०९६ | ८.४१ |
जम्मा | ७०९१३ | ९६.३५ |
५. नामः अर्जुनधारा नगरपालि
नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।
यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री र देशान्तर ८७.९९ रहेको छ । सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ ।
यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ ।
केन्द्रः साविक शनिअर्जुन नगरपा
जनसङ्ख्याः ८४०१८
क्षेत्रफलः १०९.८६ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खुदुनावारी(१,२) | ६६०४ | १८.६५ |
२ | २ | खुदुनावारी(३,४,५) | ५५२३ | १५.७६ |
३ | ३ | खुदुनावारी(६,७,८,९) | ६६७६ | १६.८५ |
४ | ४ | शनि अर्जुन(३) | ६३७६ | १२.६३ |
५ | ५ | शनि अर्जुन(४,६) | ९८१८ | १०.७१ |
६ | ६ | शनि अर्जुन(५) | ११३५३ | ५.९६ |
७ | ७ | शनि अर्जुन(२) | ४७२२ | ३.१६ |
८ | ८ | शनि अर्जुन(१) | ६५१० | ३.५३ |
९ | ९ | शनि अर्जुन(७) | ७८९७ | ६.८७ |
१० | १० | शनि अर्जुन(८) | ६८९८ | ६.३ |
११ | ११ | शनि अर्जुन(९) | ११६४१ | ९.४४ |
जम्मा | ८४०१८ | १०९.८६ |
६. नामः शिवसताक्षी नगरपालि
नेपाल सरकारले मिति २०७३/११/२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरि साविकको शिवसताक्षी नगरपालिका, पाँचगाछी गा.वि.स तथा धरमपुर गा.वि.स सम्मिलित गरी यस शिवसताक्षी नगरपालिका गठन गरेको हो । जम्मा ११ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५.४८ वर्ग कि.मी. रहेको छ । साविक धरमपुर गा.वि.स. हाल वडा नं. १, २ र ३ साविक पाँचगाछि गा.वि.स हाल वडा नं. ४ र ५ को रूपमा रहेको छ भने वडा नं. ६ र ७ ले साविक शिवगंज गा.वि.स तथा वडा नं. ८, ९, १० र ११ ले साविक सतासीधाम गा.वि.स.लाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका, उत्तरमा इलाम जिल्ला, पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन् । सताक्षीधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरूले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन् ।
केन्द्रः साविक शिवसताक्षी नगरपा
जनसङ्ख्याः ७४०७७
क्षेत्रफलः १४५.८७ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | धरमपुर(८,९) | ६२०३ | ९.९५ |
२ | २ | धरमपुर(५,६,७) | ५९९७ | १३.०२ |
३ | ३ | धरमपुर(१,२,३,४) | ४५३५ | १०.८ |
४ | ४ | पाँचगाछी(१,३,४,६,७) | ६२२१ | ११.९५ |
५ | ५ | पाँचगाछी(२,५,८,९) | ४६३३ | ९.५५ |
६ | ६ | शिवसताक्षि(१) | ६०८८ | १४.३ |
७ | ७ | शिवसताक्षि(२,३,४) | ८०३४ | २०.२८ |
८ | ८ | शिवसताक्षि(५,६) | ९४०९ | ८.१ |
९ | ९ | शिवसताक्षि(८) | ६६४२ | १०.७८ |
१० | १० | शिवसताक्षि(९) | ७३४० | १४.४२ |
११ | ११ | शिवसताक्षि(७) | ८९७५ | २२.३३ |
जम्मा | ७४०७७ | १४५.४८ |
७. नामः गौरादह नगरपालिका (Gauradaha Municipality)
पुर्वि नेपाल झापा जिल्लाको पूर्व पश्चिम राजमार्ग वाट १० कि.मि. दक्षिण भागमा अवस्थित गौरादह नगरपालिका प्रशस्त सम्भावना वोकेको नगर मध्ये एक हो। झापाको क्षेत्र नम्बर ५, दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा अवस्थित यो नगरपालिकाको कुल क्षेत्रफल १४९.८६ वर्ग कि.मि. रहेको छ। तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा र साबिकको गौरादह गरी यी ४ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएकोमा नेपाल सरकारको राजपत्रमा मिति २०७३ फागुन २७ गतेको निर्णय अनुसार साबिक बैगुनधुरा गा.बि.स लाई समेत समेटी बृहत नगरपालिका घोषणा भएको हो। यस नगरपालिकामा ९ वटा वडामा बिभजित भएको छ। यस गौरादह नगरपालिकाले जनतालाई सार्वजनिक सेवामा पँहुचको बिकास र विस्तार, सिहंदरबार आफ्नै घरआगनमा आएको अनुभूति दिलाउन,चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेहि, जनताप्रति उत्तरदायि बनाउन र सुशासनको प्रत्याभुती दिने आफ्नो निति अनुरुप मुख्य कार्यालय र ९ वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ।
केन्द्रः साविक गौरादह नगरपालि
जनसङ्ख्याः ६०४५१
क्षेत्रफलः १४९.८६ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गौरादह(१,२) | ९७८० | १५.४७ |
२ | २ | गौरादह(३) | ४९३३ | ८.४ |
३ | ३ | गौरादह(४) | ४७१३ | ९.५२ |
४ | ४ | गौरादह(५,६) | ७४६१ | १६.०२ |
५ | ५ | गौरादह(७,८) | ८१३८ | २३.३९ |
६ | ६ | गौरादह(९,१०) | ६६७७ | २१.८९ |
७ | ७ | गौरादह(११,१२) | ६८७५ | १७.१२ |
८ | ८ | गौरादह(१३) | ५५९९ | ११.५३ |
९ | ९ | बैगुन्धुरा(१ देखि ९) | ६२७५ | २६.५६ |
जम्मा | ६०४५१ | १४९.९ |
८. नामः विर्तामोड नगरपालिका (Birtamod Municipality)
नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको काेशी प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।
बिर्तामोड नगरपालिका प्रदेश नं १ को राजधानी बिराटनगरबाट करिव १०० कि.मि. र झापाको सदरमुकाम भद्रपुरबाट करिव १८ कि.मि. दुरीमा अवस्थित रहेको छ । यस नगरपालिकाको उत्तरमा अर्जुनधारा नगरपालिका, पूर्वमा मेचिनगर नगरपालिका,दक्षिणमा हल्दिबारी र बाह्रदशी गाउँपालिका र पश्चिममा कन्काई नगरपालिका सिमाना रहेका छन् ।
बिर्तामोड नगरपालिकाको कार्यालय बिर्ताबजारमा अवस्थित छ । यस नगरपालिका अन्तर्गत १० वटा वडा कार्यालयहरु रहेका छन भने २ वटा निर्वाचन क्षेत्र – २ र ३ नं क्षेत्र रहेको यस नगरपालिकाको कुल क्षेत्रफल ७८.२४ वर्ग कि.मि छ । २६°,६३’,७९’’ उत्तरी अक्षांश र ७८°,९४’,५९’’ पूर्वी देशान्तर बीचमा यो नगरपालिका फैलिएको छ ।
केन्द्रः साविक विर्तामोड नगरपा
जनसङ्ख्याः ११६,१९२
क्षेत्रफलः ७८.२४ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बिर्तामोड(१) | १३७०७ | २.९७ |
२ | २ | बिर्तामोड(२,३,४) | १३४१५ | १४.५१ |
३ | ३ | बिर्तामोड(८,९) | १३२८३ | ५.९८ |
४ | ४ | बिर्तामोड(७) | १६६६८ | २.०४ |
५ | ५ | बिर्तामोड(६) | २२४८४ | २.६६ |
६ | ६ | बिर्तामोड(५) | ८७१० | ७.७८ |
७ | ७ | गरामनी(१,२) | ८२७३ | ८.४६ |
८ | ८ | गरामनी(३,४,५) | ५९३७ | ८.५१ |
९ | ९ | गरामनी(६,७,८) | ५५४६ | ८.९३ |
१० | १० | गरामनी(९) | ८१६९ | १६.४ |
जम्मा | ११६१९२ | ७८.२४ |
९. नामः कमल गाउँपालिका(Kamal Gaunpalika)
नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ६०,४५१ रहेको छ, जसमध्ये पुरूष २८,६९५ र महिला ३१,७५६ रहेका छन् । बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।
केन्द्रः साविक तोपगाछी गा.वि.स
जनसङ्ख्याः ६०४५१
क्षेत्रफलः १०४.५७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तोपगाछी(१,२,९) | ६७४१ | २१.९ |
२ | २ | तोपगाछी(३,८) | ६६६८ | १५.६ |
३ | ३ | तोपगाछी(७) | ६४२१ | ११.७ |
४ | ४ | तोपगाछी(४,५,६) | ८००० | १५.४ |
५ | ५ | लखनपुर(१) | १०८५२ | १३.७ |
६ | ६ | लखनपुर(२ देखि ४) | ७९१० | ९.६९ |
७ | ७ | लखनपुर(५,९) | ७३०२ | १६.६ |
जम्मा | ५३८९४ | १०४.५९ |
१०. नामः गौरीगञ्ज गा
केन्द्रः साविक गौरीगञ्ज गा.वि.
जनसङ्ख्याः ३५५०६
क्षेत्रफलः १०१.३५ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | महाभारा(१ देखि ९) | ७२०८ | २५.६१ |
२ | २ | कोरोवारी(१ देखि ९) | ६२५० | २४.८२ |
३ | ३ | गौरीगंज(५ देखि ८) | ७०८५ | ११.८८ |
४ | ४ | गौरीगंज(१-४,९) | ४८४२ | १५.८७ |
५ | ५ | खजुरगाछी(१-४,९) | ४२७६ | ८.३८ |
६ | ६ | खजुरगाछी(५ देखि ८) | ५८४५ | १४.८ |
जम्मा | ३५५०६ | १०१.३६ |
११. नामः बाह्रदशी गा
बाह्रदशी गाउँपालिका प्रदेश नं १ मेची अञ्चल झापा जिल्ला को दक्षीण भेगमा अवस्थित रहेकाे छ। नेपाल सरकारकाे पछिल्लाे राज्य पनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डागिबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरणा गरिएकाे हाे । यसकाे भाैगाेलिक अवस्थालाई हेर्दा दिक्षाणा मा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिवारी गाउँपालिका उत्तरमा विर्तामोड र कनकाई नगरपालिका र पश्चिम मा हेर्दा झापा गाउँपालिकाकाे समथल भुमिसँग जाेडिएकाे छ । यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर देखी १२३ मिटर सम्मकाे उचाईमा अवस्थित छ । यस गाउँपालिका काे कुल क्षेत्रफल 80.04 km2 रहेकाे छ भने कुल जनसख्या ३७९४६ रहेको छ । याे गाउँपालिका ७ वटा वडामा विभाजन भएकाे छ । जसमा दिक्षाण तिर राजगढ (वडा नं १,२,३) रहेका छन् भने मध्ये भागमा चकचकी (वडा नं ४,५ ) रहेका छन् त्यसै गरी उत्तरी भागमा डागिबारी (वाडा नं ६,७) रहेका छन् ।
यस गाउँपालिका भित्र विभिन्न जातजाति र विभिन्न धर्म सम्प्रदायका मानिसहरुकाे बसोबास रहेकाे छ । दक्षािण भागमा आदिवासि जनजातिकाे बाहुल्यता रहेकाे छ भने मध्य र उत्तरी भागमा अन्य जातिकाे बाहुल्यता रहेकाे छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध छन् भने केहि जनसंख्या व्यपार व्यसायमा पनि आवद्ध छन् । यस गाउँपालिकाकाे दक्षािणा भेगमा राजगढ बजार रहेकाे छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डागिबारी बजार रहेकाे छ । यस गाउँपालिका भित्र जम्मा १६ वटा सामुदायीक र १३ वटा संस्थागत विद्ययालय रहेका छन् भने ५ वटा स्वास्थ चाैकीहरु रहेका छन् ।
केन्द्रः साविक चकचकी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ३७९४६
क्षेत्रफलः ८८.४४ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | राजगढ(१,२,९) | ४५५१ | ९.४२ |
२ | २ | राजगढ(३,४,५) | ६२६४ | १४.८१ |
३ | ३ | राजगढ(६,७,८) | ६७४२ | ११.०३ |
४ | ४ | चकचकी(१-३,८,९) | ४४४८ | ८.२२ |
५ | ५ | चकचकी(४,५,६,७) | ७३०७ | १३.७७ |
६ | ६ | डांगीवारी(६,७,८) | ५३६० | १२.३३ |
७ | ७ | डांगीवारी(१-४,९,५) | ३२७४ | ८.८७ |
जम्मा | ३७९४६ | ७८.४५ |
१२. नामः झापा गाउँपा
झापा गाउँपालिका पुर्बी नेपालको मेची अन्चल अन्तर्गत झापा जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो | बि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा झापा जिल्लामा साबिकको कुमरखोद, टाघनडुब्बा र शरणामति गाउँ बिकास समितिहरुलाई झापा गाउँपालिका बनाईएको हो| झापा गाउँपालिकाको कूल क्षेत्रफल ९४.१२ वर्ग कि.मी रहेको छ | यो गाउँपालिका ७ वडा मा विभाजन गरिएको छ | २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या ३४६०१ रहेको छ | यस गाउँपालिकाको सिमाना पूर्वमा बाह्रादशी गाउँपालिका पश्चिममा गौरिगंज गाउँपालिका र शिवसताक्षी नगरपालिका उत्तरमा कन्काई नगरपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |
केन्द्रः साविक टाघनडुब्बा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ३९३०२
क्षेत्रफलः ९४.१२ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कुमरखोद(१,२,३,४) | ४९३७ | १३.२४ |
२ | २ | कुमरखोद(५,६,७,८,९) | ५१८६ | १७.२५ |
३ | ३ | टाघनडुब्बा(१,५,७-९) | ६३०८ | ८.४९ |
४ | ४ | टाघनडुब्बा(२-४,६) | ६३०५ | १३.७८ |
५ | ५ | शरणामती(१,२,३) | ६१३३ | ११.५८ |
६ | ६ | शरणामती(४,५,६) | ५७५७ | १४.७९ |
७ | ७ | शरणामती(७,८,९) | ४६७६ | १४.९८ |
जम्मा | ३९३०२ | ९४.११ |
१३. नामः बुद्धशान्ति
बुद्धशान्ति गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत झापा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । बुद्धशान्ति गाउँपालिकाको कूल क्षेत्रफल ७९.७८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या ५३०१० रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मेचीनगर नगरपालिका पश्चिममा अर्जुनधारा नगरपालिका उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका सम्म फैलिएको छ ।
यस गाउँपालिकाको कार्यालय झापाको मेचीनगर नगरपालिका तथा इलामको रोङ गाउँपालिकालाई जोड्ने मेची राजमार्गमा रहेको बुधबारे चोकको पश्चिममा रहेको साबिक बुधबारे गा. बि. स. को कार्यालय लाई तोकिएको छ. यसै स्थानको करिब १०० मि. पूर्व मा बुधबारे बजार पनि रहेको छ. प्रत्येक हप्ता को बुधबार हाट-बजार लाग्ने बुधबारे बजार साबिक बुधबारे तथा शान्तिनगर गा.बि. स. को एकमात्र पुरानो बजार हो जहाँ अहिले पनि सदाझैँ उत्तिकै जनसहभागिता र उत्साह पुर्बक किनमेल तथा हाट बजार गर्ने संस्कृति पाईन्छ ।बुद्धशान्ति गाउँपालिका बिशेस गरि धान खेति को लागि चिनिने गर्छ भने यहाँका कृषकहरु सुपारी ,नरिवल ,चिया ,मकै लगायत अन्य खेति मा पनि संलग्न भएको पाईन्छ ।हाल धेरै संख्यामा यहाका कृषकहरु गाइ ,कुखुरा , खसी ,सुँगुर आदि जस्ता पशुपालनमा पनि आकर्षित रहेको र उल्लेखनिया मुनाफा आर्जन गरेको पनि पाईन्छ ।
बुद्धशान्ति गाउँपालिकाले शहरीकरणलाई व्यवस्थित गरि आधुनिक शैलीको नगर व्यवस्थापन गर्न यहाँ रहेका आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटन क्षेत्रको बिकास तथा प्रबर्धन गर्न बुद्धशान्ति गाउँपालिका तथा गाउँपालिकाबासी अग्रसर तथा उत्साहित रहेको देखिन्छ . यहि हौसला तथा उर्जालाइ बिकासको आधार मान्ने हो भने यो गाउँपालिका ले चाडै नै आधुनिक सहर को रुपमा काँचुली फेर्छ भन्ने बिश्वास गर्न सकिन्छ। विविध जातजाति,धर्म,वर्ग,पेशा व्यवसाय भएका मानिसहरुको शान्तिपूर्ण रुपमा धार्मिक सहिष्णुता कायम राख्दै आपसी मेलमिलाप तथा हातेमालो गरि बसोबास गरेको यस गाउँपालिकामा थुप्रै सम्भावनाहरु रहेका छन् ।
पहाडको चिसो संगसंगै मधेशको सुरुवाती तापको सम्मिश्रण रहेको यो गाउँपालिकालाई अनुकुल वातावरण,प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपयुक्त पर्यटकीय गन्तव्य स्थल को रुपमा लिन सकिन्छ । यहाँ झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भूभागको मनोहर दृष्यावलोकन गर्न सकिने गरि यस गाउँपालिकाको वडा नं ७ स्थित धारागोला भ्यु टावर को निर्माण तिब्र गति मा भइरहेको छ ।यस क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरी आन्तरीक तथा बाह्य पर्यटकको पहिलो रोजाईको स्थान बनाउने लक्ष्य राखीएको छ ।
केन्द्रः साविक बुधबारे गा.वि.स
जनसङ्ख्याः ५३०१०
क्षेत्रफलः ७९.७८ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुधवारे(१,३,६) | १०३८७ | ९.५८ |
२ | २ | बुधवारे(२,४,५) | ९१४९ | ११.०७ |
३ | ३ | बुधवारे(७,८,९) | १२२४० | १०.६८ |
४ | ४ | शान्तिनगर(१) | ११६९२ | १७.७३ |
५ | ५ | शान्तिनगर(३,४,५) | ४०२७ | १७.६५ |
६ | ६ | शान्तिनगर(२,७-९) | ३२५० | ९.९३ |
७ | ७ | शान्तिनगर(६) | २२६५ | ३.१५ |
जम्मा | ५३०१० | ७९.७९ |
१४. नामः हल्दीबारी गा
झापाको हल्दीबारी गाउँपालिकाको सीमाना भद्रपुर नगरपालिकासँग जोडिएको छ । यसको दक्षिणतिर भने केचनाकवल गाउँपालिका पर्दछ । हल्दीबारी लगायतका यी स्थानहरू ऐतिहासिक रूपमा निकै महत्वपूर्ण छन् । यस भेगको इतिहास साहित्यिक स्रोतहरूका आधारमा आजभन्दा करिव ३००० वर्ष अगाडिसम्म पुग्ने गर्दछ । यसको सीमावर्ती गाउँ केचनाकबलमा पर्ने किचकवध स्थानमा महाभारतका पात्र किचकको बध भएको थियो भन्ने साहित्यिक विवरण पाइन्छ ।
प्राप्त कथाअनुसार गुप्तवासमा विराटराजाको दरबारमा बसेका पाण्डवमध्यको भीमले किचकलाई यही स्थानमा बध गरेका थिए भनिन्छ । यसै नामका आधारमा यसलाई किचक बध भनिएको हो भन्ने विश्वास छ । यसैगरी यस भेगलाई विराटको साल किचकको राज्यभित्र पर्ने पनि बताइन्छ । विभिन्न किंवदन्ती तथा लोकपरम्पराका आधारमा किचक किराती थिए । तिनको राज्यको पश्चिमी सीमाना भने माईनदी थियो । किचक बध क्षेत्रमा गरिएको उत्खनन्ले पनि त्यस भेगमा इसापूर्व कालमा मानिसहरूको वस्ति बसिसकेको दर्साएको छ । कालान्तरमा सम्भवत बाढीका कारण यस भेगको पुरानो वस्ति विनास भयो र यस भेगको इतिहास पनि टुट्न पुग्यो ।
महाभारतको कथा र विभिन्न लोकोक्ति तथा किंवदन्तीका आधारमा हल्दीबारी लगायतको किचकबध क्षेत्रमा विस्तारै कालक्रमले गर्दा वस्ति विनास भयो र निर्जन जंगलका रूपमा परिणत हुनपुग्यो । त्यसपछि पुन बौद्ध कालमा यस भेगमा मानिसहरूको बस्ति बसेको अनुमान छ । शाक्यमुनि बुद्धको समयताका यस भेगमा थुप्रै वस्तिहरू थिए । तसर्थ बुद्ध बारम्बार यस भेगको भ्रमणमा आउने गरेको किंवदन्ती पाइन्छ । हल्दीबारीको केही दक्षिणतिर कर्णसुवर्ण नामको एउटा प्रख्यात शहर थियो, जहाँ हजारौंको सङ्ख्या मा बौद्ध भिक्षुभिक्षुणीहरू बस्तथे भनिन्छ । बुद्धको अवसानका साथमा यहाँको वस्ति कारणवस विनास भयो र यो स्थान जंगलले ढाकेर रह्यो ।
प्राचीन कालमा झापाको हल्दीबारी लगायतको क्षेत्र पुण्ड्रबर्धन अन्तरगत पनि रह्यो । पुण्ड्रवर्धनको सीमा पूर्वमा तिष्टा थयो भने यसको फैलावट उत्तरमा महाभारत पर्वत श्रेणी तथा दक्षिणमा गंगा नदी थियो । त्यसपछि यो भेग विभिन्न रजौटाको अधिनमा पर्दै विजयपुरको अधिनमा पर्न पुग्यो । विजयपुरमा विजयनारायणले राज्य स्थापना गरेपछि यो भेग पनि विजयनारायणको अधिनमा परेको हो । यसैगरी विजयपुर पाल्पाली सेनको अधिनमा पर्दा हल्दीबारी भेग पनि सेनहरूको एउटा भूभाग बन्न पुग्यो । नेपाल एकीकरण पछि भने यो स्थान बृहत्तर नेपालमा परेको हो ।
एकीकरणपछि हल्दीबारी लगायतको झापा पनि मोरंग भेगबाट शासित थियो । राणकालतिर भने यताको प्रशासन झापाबाट चलाउन लागियो । यहाँ झापाको मतलव अहिलेको कुमारखोत हो । उक्त स्थान अघि चारैतिरबाट जंगलले झापिएको या घेरिएको हुनाले तथा जंगलको बीचमा वस्ति बसेको हुनाले स्थानीय राजवंशी भाषामा यसलाई झापा भनियो । यही आधारमा यस जीवल्लाको नाम पनि झापा रहेको हो । आजभोलि पनि झापाबजार भन्नाले कुमारखोतलाई बुझिन्छ । नेपाल एकीकरण पछि झापा जीवल्लाको प्रशासनिक कार्य झापा गोश्वाराले हेर्ने गर्दथ्यो । पछि झापाको झापा क्षेत्र हेर्ने गोश्वारा झापा बजारमा सारियो । यहाँ झापाको अर्थ राजबंशी भाषामा ढकनी या विर्को या छोप्ने कुरा भन्ने हुन्छ । अघि कुमारखोद गाउँ चारैतिरबाट जंगलले घेरेको या छोपेको हुनाले यसलाई झापा भनियो र पछि त्यही गाउँमा रहेको गोश्वाराको नामका आधारमा यस जीवल्लाको नाम पनि झापा रह्यो भनिएको छ । हल्दीबारी यही कुमारखोदको सीमावर्ति गाउँ हो ।
नेपाल एकीकरणपछि झापालाई झापा प्रगन्नाभित्र राखिएको थियो, जुन प्रगन्नाभित्र सुनसरी, मोरंग र झापाको सम्पूर्ण क्षेत्र पर्दथ्यो । वि.सं. २०१८ सालको राजनैतिक विभाजन पश्चात् मोरंगबाट सुनसरी र झापा जीवल्लालाई अलग गरेपछि झापा जीवल्लाको वर्तमानको स्वरूप कोरिएको हो । झापाका मुख्य ऐतिहासिक स्थानमा अर्जुनधारा, कोटीहोम, कन्काईमाई, कलवलगुडी, केचनाकवल, कृष्णथुम्की, चन्द्रगढ, चिल्लागढ, दोमुखा, धनुषकोटिधाम, बाह«दसी, पातालगंगा, विराटपोखर, किचकबध, साताक्षीधाम र समयगढ हुन् । यिनै पुराना वस्तिक्षेत्रको सीमावर्ति गाउँ हल्दीबारी ऐतिहासिक रूपमा पनि प्रख्यात छ । हुलाकी मार्ग यहींबाट भद्रपुरतिर गएको छ । तसर्थ हल्दीबारी भद्रपुरको सीमावर्ती गाउँ रहेको छ ।
केन्द्रः वडा नं ५ धनुषपोखरी
जनसङ्ख्याः ३२७२२
क्षेत्रफलः ११७.३४ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गोलधाप(१ देखि ९) | ८३३१ | १८.०७ |
२ | २ | हल्दिवारी(१ देखि ९) | ९४१४ | १८.६ |
३ | ३ | जलथल(१ देखि ४) | ५३३४ | १२.४५ |
४ | ४ | जलथल(५,७) | ५८५६ | ४५.४३ |
५ | ५ | जलथल(८,९) | ३७८७ | २२.८ |
जम्मा | ३२७२२ | ११७.३५ |
१५. नामः कचनकवल गाउँपा
केन्द्रः साविक बनियानी गा.वि.स
जनसङ्ख्याः ३९५३५
क्षेत्रफलः १०९.४५ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | घेराबारी(१ देखि ९) | ७२२० | ३०.७३ |
२ | २ | पथरीया(६,८,९) | ३९८१ | ११.९१ |
३ | ३ | पथरीया(१,२,३,४,५,७) | ६४१० | १३.५४ |
४ | ४ | केचना(१ देखि ९) | ६४७९ | १५.९६ |
५ | ५ | पाठामारी(१ देखि ९) | ४७३२ | ११.३९ |
६ | ६ | बनीयानी(१ देखि ९) | ६४७६ | १५.२२ |
७ | ७ | बालुवाडी(१ देखि ९) | ६०१९ | १०.८९ |
जम्मा | ४१३१७ | १०९.६४ |
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापा । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले झापा जिल्लाकाे कुनै स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।
धेरै राम्राे सामग्री छ ।सबै स्थानीय तहहरुको अक्षांश र देशान्तर राखिएको भए अझ राम्रो हुने थियो।