परिचय
काेशी प्रदेश को पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे जस्ता अग्ला होचा पहाडी डाँडाहरु रहेको यस जिल्लाको सुनकोशी र रावाले बनाएका बेंसीहरु झनै मूल्यवान छन ।

माझ किराँतको रुपमा परिचित खोटाङ, लालिगुराँश, चिमाल, र विभिन्न जातका लेकाली धुपी सल्लाले उत्तरी क्षेत्रलाई सोभायमान बनाएको यस जिल्लाको दक्षिणी क्षेत्रतर्फ खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको खोटाङ वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले सुसज्जित रहेको छ । यति मात्र होईन पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिध्द हलेशी महादेवको तिर्थस्थल रहेको छ ।

खोटाङ जिल्लामा राई, क्षेत्री, व्राम्हाण, नेवार, तामाङ, शेर्पा, मगर, कामी, दमाई, सार्की आदी जातिहरुको वसोवास रहेको छ । विविध जातजातिहरु अनुसार आ—आफ्नै किसिमको धर्म, संस्कृति, भाषा र संस्कारहरु रहेका छन् ।


भिडियो सामाग्रीः Purvi Blues ले तयार गरेको भिडियो हेर्न यहा Click गर्नुहोस ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार खोटाङ जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा १० वटा स्थानीयतह निर्माण गरेको छ । जसमा २ वटा नगरपालीका र ८ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
१. नामः हलेसीतुवाचुङ नगरपा
हलेसी तुवाचङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरीमा अवस्थित रहेको छ । हलेसी माहादेवस्थानको नामले प्रख्यात यो नगरपालिकाको केन्द्र हलेसी माहादेवस्थानको मन्दिरबाट पश्चिमपटि ५ किलो मिटरको दुरीमा रहेका दुर्छिममा पर्दछ । साविकका ११ वटा गाविसहरु मिलेर ११ वटा वडामा फैलिएको यो नगरपालिकाको क्षेत्रफल २८०.१७ बर्ग किलो मिटर रहेको छ भने यस नगरपालिकाको पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिपु्रङ गाउंपालिका र पुर्वि भागमा रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ भने उत्तरी भेगमा लामीडांडा गाउंपालिका पर्दछ ।
प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०७८ को जनगणना अनुसार जनसंख्या २७०७८ रहेको छ । जिल्लाकै सुखा क्षेत्रको रुपमा रहेको यस जिल्लामा ज्यादै कम पानी पर्ने भएको कारण प्राय सवै गाविसहरु सुखा ग्रस्त क्षेत्रमा पर्दछन, पानी कम पर्ने र पानीका मुहान समेत नभएको कारण यस नगरपालिकाका मानिसहरुको मुख्य समस्या खानेपानीको रहेको कारण घण्टौ समय खानेपानीकोलागी खर्च हुने गरेको छ भने मौसमी बाहेक करेसा बारीमा घरायसी तरकारी उत्पादन गर्न समेत सकिएको देखिदैन ।
यस नगरपालिकाका दुइ तिरको भाग दुधकोशी नदि सुनकोशी नदिले घेरेको भए पनि कोशी आसपासका केहि भाग बाहेक अधिकांस भुभाग सुखा ग्रस्त रहेका छन । यस भेगको खानेपानी व्यवस्थापनकालागि दुधकोशीबाट पानी तानेर उपलव्ध गराउने योजना तयारी अन्तिम चरणमा पुगेको भए पनी सम्पन्न गर्नकोलागि अझैै केहि समय पर्खिनु पर्ने देखिन्छ । नगरपालिकाका केहि गाविसहरुलाइ सुन्तलाको पकेट क्षेत्र तोकिएको र मोटरबाटो करिडोरलाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको भए पनि आवश्यक सिंचाइको सुविधा नपुगेको कारण यो त्यति प्रभावकारी रुपमा अगाडी बढन सकेको देखिदैन ।
सुखा क्षेत्रमा उत्पादन हुने बदाम यस यस नगरपालिका क्षेत्र भित्रको राम्रो आम्दानीको श्रोत बन्दै आएको छ । यहां उत्पादन बदाम जिल्लाका अन्य भाग लगायत काठमाण्डौ र छिमेकी जिल्ला ओखलढुंगालाइ समेत चाहिंदो मात्रामा आपुर्ति गराउंदै आएको छ । यस क्षेत्रमा बदम खेतिलाइ अझ व्यवस्थित तरिकाले व्यवसायिक रुपमा उत्पादन गर्न सकेमा यस समुदायका मानिसहरु आत्प निर्भर वन्न सक्ने देखिन्छ ।
केन्द्रः साविक दुर्छिम गा.वि.स
जनसङ्ख्याः २७०७८
क्षेत्रफलः २८०.१७ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बाहुनीडाँडा |
१-९ |
|
|
२ |
डिकुवा |
१-९ |
|
|
३ |
च्यास्मीटार |
१-९ |
|
|
४ |
वडहरे |
१-९ |
|
|
५ |
दुर्छिम |
१-९ |
|
|
६ |
मंगलटार |
१-९ |
|
|
७ |
महादेवस्थान |
१-९ |
|
|
८ |
धितुङ |
१-९ |
|
|
९ |
सल्ले |
१-९ |
|
|
१० |
अर्खौले |
१-९ |
|
|
११ |
राजापानी |
१-९ |
|
२. नामः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
खोटाङ जिल्लाको तत्कालीन सदरमुकाम रहेको साविकको दिक्तेल गा.वि.स र आसपासका लफ्याङ्ग, खाल्ले र बाम्राङ्ग गा.विसहरूलाई समेटेर वि.सं २०७१ बैशाख २५ गते दिक्तेल नगरपालिका घोषणा भएको थियो । संघीय नेपालको पुनर्संरचनासँगै खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा केन्द्र रहने गरी एक मात्र नगरपालिकाको रूपमा वि.सं. २०७३ फाल्गुण २७ गते सविकको दिक्तेल नगरपालिका र साविकका नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा, पाथेका, खार्मी, जालपा,नुनथला,बुईपा र विजयखर्क गा.वि.सहरूलाई समावेश गरी रूपाकोट मझुवागढी नगरपालिकाको गठन भयो । तत्कालीन रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक प्रथम नगर सभा वि.सं. २०७४/०६/२६ बाट स्वीकृत गरी नामको अगाडी दिक्तेल थप्ने सिफारिस भई नेपाल राजपत्र खण्ड ६७, संख्य ५७, भाग ५ मिति : २०७४ फागुन १४ गते प्रकाशित सूचना बमोजिम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नामकरण रहन गयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित छ। यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ भने कुल २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ। यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् ।
रूपाकोट, महुरेगढी, मझुवागढी, जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा लालीगुराँस, चिमाल र विभिन्न जातका लेकाली धुपी सल्लाले शोभायमान बनाएको, खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरिपूर्ण साथै रावा, साप्सु, तावा, मेवा र दिखुवा जस्ता जल स्रोतहरू रहेको वास्तवमै प्राकृतिक स्रोत र जल साधनका दृष्टिले सुसज्जित नगरको रूपमा रहेको छ । यस नगरपालिकाभित्र धेरै जाति जनजातिहरूको बसोवास भए तापनि मुख्य गरी राई, क्षत्री ब्राह्मण, दलित, नेवार, तामाङ, मगर, गुरुङ, सन्यासी, शोर्पा आदि जातिको बाहुल्य पाइन्छ । यस क्षेत्रमा आदिवासी राई, नेवार, तामाङ, मगर, गुरुङ जातिको प्रमुख उपस्थिति रहेको छ भने राई र नेवारी संस्कृतिको उच्च प्रभाव परेको देखिन्छ ।
भाैगोलीक अवस्थिती
यस नगरपालिकाको भौगोलिक बनौट विविध छ जहाँ पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेंसी आदि विविध धरातलीय स्वरूप पाइन्छ । नगरपालिकाको सवै भाग पहाडी धरातल रहेकाले मूलतः यस नगरपालिकामा शीतोष्ण हावापानीको प्रधानता छ । मैदानी क्षेत्र कम भए तापनि बसोबास तथा कृषि उपयुक्त धरातल रहेको छ । मध्यपहाडी लोकमार्ग र अन्य सडकहरूको निर्माणले यस नगरपालिकालाई यातायातका दृष्टिले क्रमशः सुगम बनाउँदै लगेको छ ।
केन्द्रः साविक दिक्तेल गरपालि
जनसङ्ख्याः ४३००८
क्षेत्रफलः २४६.५१ (वर्ग कि.मि.)
वडा संख्याः १५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दिक्तेल |
१-३ |
|
|
२ |
दिक्तेल |
४-६ |
|
|
३ |
दिक्तेल |
७-९ |
|
|
४ |
दिक्तेल |
१३-१५ |
|
|
५ |
दिक्तेल |
१०-१२ |
|
|
६ |
नेर्पा |
१-९ |
|
|
७ |
चिउरीडाँडा |
१,२,५,७,९ |
|
|
८ |
चिउरीडाँडा |
३,४,६,८ |
|
|
९ |
निर्मलीडाँडा |
१-९ |
|
|
१० |
पाथेका |
१-९ |
|
|
११ |
खार्मी |
१-९ |
|
|
१२ |
जालपा |
१-९ |
|
|
१३ |
नुनथला |
१-९ |
|
|
१४ |
वुईपा |
१-९ |
|
|
१५ |
विजयखर्क |
१-९ |
|
३. नामः ऐसेलुखर्क गाउँपालि
ऐसेलुखर्क गाउँपालिका २७० १८’ ४०” देखि २७० २६’ १५” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४३’ ३०” देखि ८६० ४९’ ४०” पुर्वी देशान्तर सम्म रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको केन्द्र वडा नं. ३ को ऐसेलुखर्क वजारमा रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको सिमाना पुर्वमा केपिलास गढि गाउँपालिका, पश्चिममा ओखलढुङ्गा जिल्ला सिमाना हुदै वहने दुधकोशी नदि, उत्तरमा सोलुखुम्वु जिल्ला, दक्षिणमा रुपाकोट नगरपालिका रहेको छ ।
ऐसेलुखर्क गाउँपालिकाको क्षेत्रफल १२५.९३ वर्ग कि.मि. रहेको छ । कुनै पनि ठाउँको एक वर्ष सम्मको औषत मौषमलाई त्यस ठाउँको हावापानी भनिन्छ । नेपालमा उष्ण मनसुनी हावापानी, न्यानो समशितोष्ण हावापानी, ठण्डा समशितोष्ण, लेकाली हावापानी र हिमाली हावापानी गरी नेपालमा पाँच किशिमका हावापानी पाईन्छ तयसैले नेपालको हावापानीमा विषमता पाईन्छ । यस ऐसेलुखर्क गाउँपालिकामा हावापानीमा विषमता पाईन्छ ।
यहाँ उष्ण हावापानी, ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईन्छ । यहाँको तापक्रम अधिकतम ३८० से. देखि न्युनतम ५० से. सम्म पाईन्छ । साथै यहाँको वार्षिक औषत १४८ मि.मी. वर्षा हुन्छ ।यस ऐसेलुखर्क गाउँपालिकाको भुगोल पहाडि धरातलमा रहनुको साथै ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईने भएकोले यहाँ मकै,कोदो आलु, गहु, फापर जस्ता अन्नहरु उत्पादन हुन्छ ।
केहि भागमा धान पनी उनपादन हुन्छ । त्यसैले यहाँको प्रमुख खाना भात ,गेडागुडी, सागपात, सिन्की, गुन्दु्रक,ढिडो, , मासु रोटी ,पुवा, खिचडी आदी ।यस ऐसेलुखर्क गाउँपालिकाको प्रमुख व्यापारिक स्थानमा ऐंसेलुखर्क हो । यहाँ हप्ताको एक दिन शनिवारे हटिया लाग्दछ । यो स्थान ७ वटै वडा लगायत सोलुखुम्वु जिल्लाको जुवु, लोखिम, कुरिमा, सोताङ गुदेल लगायतका क्षेत्रहरुको व्यापारिक केन्द्र पर्दछ ।
केन्द्रः साविक ऐसेलुखर्क गा.वि
जनसङ्ख्याः १३२१७
क्षेत्रफलः १२५.९३ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
राखावाङ्देल |
१-९ |
|
|
२ |
वाकाचोल |
१-९ |
|
|
३ |
ऐसेलुखर्क |
१-९ |
|
|
४ |
जलेश्वरी |
१-९ |
|
|
५ |
महेश्वरी |
१-९ |
|
|
६ |
ज्यामिरे |
१-९ |
|
|
७ |
माक्पा |
१-९ |
|
४. नामः रावाबेसी गाउँपालिका (लामिडाँडा)
राज्यको पुनर्संरचना हुँदा यस गाउँपालिकाको नाम लामिडाँडा राखिएको थियो । यो गाउँपालिकाको नाम साविक लामिडाँडा गाविसमा अवस्थित लामिडाँडा विमानास्थलको नामबाट राखिएको हो । वि.सं.२०७३ फागुन २६ गते मन्त्रिपरिषदको निर्णयबाट सदर गर्दै लामिडाँडा गाउँपालिका नामकरण गरिएको हो । तर, तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम नयाँ नेतृत्व चयन भएर आएपछिको मिति २०७४ असार २५ गते भएको पहिलो गाउँसभाले गाउँ
पालिकाको नाम परिवर्तन गरी रावाबेसी राख्ने र केन्द्र खार्पाबाट कुभेन्डेबेसी सार्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यस निर्णयलाई मिति २०७४ पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको थियो । गाउँपालिकाको नाम रावाबेसी स्थानीय रावाखोलाको नामबाट राखिएको हो । रावाखोलाको बेसीमा अवस्थित भूभागमा रहेका साविकका छ वटै गाविसहरू समेटेर यो गाउँपालिका बनेको हुनाले यसको नाम रावाबेसी नै राख्नु उपयुक्त हुने निर्णय पहिलो गाउँसभाले गरेको हो । त्यसैले राज्यको पुनर्संरचना आयोगले लामिडाँडा गाउँपालिका भनी गरेको नामाकरण स्थानीय शासन ऐन २०७४ को अधिकार प्रयोग गरी मिति २०७४।०३।२५ को गाउँसभाबाट निर्णय भई मिति २०७४।०९।२४ गतेको मन्त्रीपरिषण्दको निर्णयबाट सदर भएको हुनले यस गाउँपालिकाको नाम रावाबेसी रहन गएको पाइन्छ ।
खोटाङ जिल्लाका दशवटा स्थानीय तहका आठ वटा गाउँपालिकाहरूमध्ये एक रावाबेसी गाउँपालिका हो । जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । यो जिल्लाको सदरमुकाम दिक्तेलभन्दा करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ । रावाबेसी गाउँपालिका नक्सामा हेर्दा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ लाम्चो परी बसेको छ । यस पालिकाका दुई वटा वडाहरू वडा नम्बर ४ र ५ उत्तरबाट दक्षिण रावाखोला तर्फ ढल्केका छन् भने बाँकी सबै वडाहरूमा वडा नम्बर ६ पूर्वदक्षिणबाट उत्तर रावाखोला तर्फ ढल्किएको छ भने क्रमशः वडा नम्बर १,२ र ३ दक्षिणतर्फबाट उत्तरपश्चिम ढल्किएका छन् । यसरी हेर्दा यस गाउँपािलकाका सबै वडाहरू रावाखोलालाई बीचमा पारी आम्नेसाम्ने रहेका छन् । वडा नम्बर ३ को उत्तर पश्चिमी भाग दूधकोशी नदीतर्फ ढल्किएको छ ।
स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र डुम्रेधारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको देखिन्छ ।
रावाबेसी गाउँपालिका खोटाङ जिल्लाको उत्तर पश्चिमी भागमा पर्दछ । यसको नाम पहिले लामिडाँडा गाउँपालिका र केन्द्र साविक खार्पा गाविसको कार्यालयमा रहेको थियो । हाल यसलाई परिवर्तन गरी नाम रावबेसी गाउँपालिका र केन्द्र साविक कुभिन्डेको हरमटारमा सारिएको छ । रावाबेसी गाउँपालिकामा सडकमार्ग र हवाइ मार्ग दुवै किसिमले पुग्न सकिन्छ ।
लामिडाँडा विमानस्थलमा राजधानी काठमाण्डौबाट सिधा हवाइ सम्पर्क रहेको छ भने सगरमाथा राजमार्ग हुँदै जिल्लाको सदरमुकाम जाने क्रममा मौरेगढी भन्ने ठाउँमा मध्यपहाडी राजमार्गलाई भेट्दछ । यस गाउँपालिकाको ा वडा नम्बर १, २ र ३ को दक्षिणी सिरानबाट करिब १५ किलोमिटर क्षेत्र मध्यपहाडी राजमार्गले कहीँ छुँदै र कहीं नजिकबाट जिल्लाको सदरमुकाम दिक्तेलतर्फ अगाडि बढ्दछ ।
लामिडाँडा विमानस्थल जिल्लाको सबै भन्दा पुरानो विमानासथल हो । विमानस्थलबाट करिब पाँच किलोमिटर उत्तरपश्चिम झरेपछि दुघकोशी नदी पुग्न सकिन्छ । जुन नदीमा ६३० मेघावाटको दूधकोशी जलाशययुक्त आयोजना बन्ने क्रममा रहेको छ । यहाँको वडा नम्बर ३ मा अवस्थित लामिडाँडा विमानास्थलबाट करिब १५ किलोमिटर मोटरबाटोबाट प्रसिद्ध तिर्थस्थल हलेसी महादेवको मन्दिर पुग्न सकिन्छ । यद्यपि हलेसी महादेव मन्दिर छिमेकी हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित छ ।
केन्द्रः वडा नं. १, कुभिण्डेको हरमटार
जनसङ्ख्याः १११९९
क्षेत्रफलः ९७.४४ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
कभिण्डे |
१-९ |
|
|
२ |
खार्पा |
१-९ |
|
|
३ |
लामिडाँडा |
१-९ |
|
|
४ |
धारापानी |
१-९ |
|
|
५ |
दुवेकोल |
१-९ |
|
|
६ |
हौचुर |
१-९ |
|
५. नामः जन्तेढुङ्गा गाउँपा
खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ। यस गाउँपालिकाको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ। विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ।
भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको बिशेष महत्व हुने गर्दछ। यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन्। पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डिथान, भानुमति आदि रमणिय स्थानहरु रहेक छन्।
केन्द्रः साविक चिसापानी गा.वि.
जनसङ्ख्याः १२०१६
क्षेत्रफलः १२८.६८ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
देविस्थान |
१-९ |
|
|
२ |
वोपुङ |
१-९ |
|
|
३ |
काहुले |
१-९ |
|
|
४ |
ड शिवालय |
१-९ |
|
|
५ |
चिसापानी |
१-९ |
|
|
६ |
दिप्लुङ |
१-९ |
|
६. नामः खोटेहाङ गाउँपालिका
खोटेहाङ गाउँपालिका काेशी प्रदेश अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन। त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाे छ भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ।
यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ अत्यन्तै सम्भावना बोकेको पाइन्छ।
त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की, मगर साथै थामि जातिको पनि वसोवास रहेको छ।
केन्द्रः साविक खोटाङबजार गा.वि
जनसङ्ख्याः १६८४६
क्षेत्रफलः १६४.०९ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
लिकुवापोखरी |
१-९ |
|
|
२ |
वाफलुखा |
१-९ |
|
|
३ |
सवाकटहरे |
१-९ |
|
|
४ |
बडकादियाले |
१-९ |
|
|
५ |
चिप्रिङ |
१-९ |
|
|
६ |
ईन्देंणीपोखरी |
१-९ |
|
|
७ |
खोटाङबजार |
१-९ |
|
|
८ |
सिम्पानी |
१-९ |
|
|
९ |
लिच्कीराम्चे |
१-९ |
|
७. नामः केपिलासगढी गाउँपालि
केपिलासगढी गाउँपालिका कोशी प्रदेश अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । केपिलासगढी गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ४२ किलोमिटर उत्तर-पुर्व तर्फ १६१० मिटरको उचाइमा १९१.९३ वर्ग कि.मि क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा पुर्व तर्फ टेम्के मैयुम गाउँपालिका र साल्पा सिलिचोङ गाउँपालिका छन भने पश्चिम तर्फ ऐसेलुखर्क गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेका छन त्यस्तै उत्तर तर्फ ऐसेलुखर्क गाउँपालिका, सोलुखुम्वुको सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका रहेका छन भने दक्षिण तर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र भोजपुरको टेम्के मैयुम गाउँपालिका रहेका छन ।
यस गाउँपालिकामा जम्मा ७वटा वडाहरु (फेदि–१, खार्तम्छा–२, बास्पानी–३, बाक्सिला–४, सप्तेश्वर–५, दिप्सुङ–६ र सुङ्देल–७) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ४ अन्तर्गत बाक्सिला बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने पूर्वमा लौरेडाँडा, ढोलटासे, ढालतरवार डाँडा, घ्याड्डखर्क, वाहानेडाँडा, चिलिमढुङ्गा पूर्व दक्षिणमा जुगे हक्कुले र ४ नं. वडाको केपिलिसगढी डाँडा अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट दक्षिण-पुर्व तर्फमा अवस्थित मैयुमडाँडा पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ ।
यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की ,मगर, लिम्वु साथै शेर्पा जातिको पनि वसोवास रहेको छ । जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या १३२३१ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।
केन्द्रः साविक बाक्सिला गा.वि.
जनसङ्ख्याः १३२३१
क्षेत्रफलः १९१.५५ (वर्ग कि.मि.)
वडा संख्याः७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
फेदी |
१-९ |
|
|
२ |
खार्ताम्छा |
१-९ |
|
|
३ |
बास्पानी |
१-९ |
|
|
४ |
बाक्सिला |
१-९ |
|
|
५ |
सप्तेश्वर |
१-९ |
|
|
६ |
दिप्सुङ |
१-९ |
|
|
७ |
सुङ्देल |
१-९ |
|
८. नामः दिप्रुङ चुइचुम्मा गाउँपालिका
खोटाङ जिल्लाका ८ वटा गाँउपालिकाहरु मध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । यो गाउँपालिका खोटाङ जिल्ला सरदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करीव २१ कोष (६७.२ कि.मि.)को दूरीमा अवस्थित छ । साविकका याम्खा, टेम्मा, डाँडागाँउ, छोरम्बु, बतासे, छितापोखरीर सत्तेश्वर छितापोखरी गा.वि.स हरु समावेश भएका यस गाउँपालिकाका ७ वटा वडा छन भने कुल क्षेत्रफल १३६.४८ वर्ग किमी रहेको छ । यस गाँउपालिकाको पूर्वमा साकेला गाँउपालिका, उत्तरमा रुपाकोट मझुवा गढी नगरपालिका र साकेला गाँउपालिका, पश्चिममा हलेशी तुवाचुङग र उदयपुर जिल्लासँग र दक्षिणमा खोटेहाङ गाँउपालिका रहेको छ ।
केन्द्रः याङसोलाटार
जनसङ्ख्याः १६३०५
क्षेत्रफलः १३६.५९ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
याम्खा |
१-९ |
|
|
२ |
डाँडागाउँ |
१-९ |
|
|
३ |
छोरम्बु |
१-९ |
|
|
४ |
बतासे |
१-९ |
|
|
५ |
स. छितापोखरी |
१-९ |
|
|
६ |
छितापोखरी |
१-९ |
|
|
७ |
टेम्मा |
१-९ |
|
९. नामः साकेला गाउँपालिका
साकेला गाउँपालिका काशी प्रदेश अन्तरगत खाेटाङ जिल्लामा पर्दछ । साकेला गाउँपालिका खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल बाट करिव ५ किलाेमिटर पूर्व तर्फ करिव ६२०-२९९० मिटर उचाइमा ७९.९९ वर्ग किलाेमिटरमा अवस्थित छ । यस गाउँपालिकामा जम्मा ५ ओटा वडाहरु (वाजे च्यानडाँडा – १, रतन्छा-२, खिदिमा-३, मात्तिम-४ र मात्तिम-५) रहेकाे छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे मानेभन्ज्याङ भन्ने ठाउमा रहेकाे छ । यस गाउँपालिकाकाे पुर्व तर्फ भाेजपुर जिल्ला पश्चिम र उत्तर तर्फ दिक्तेल रुपाकाेट मझुवागढि र दक्षिण तर्फ दिप्रुङ चुइचुमा पर्दछ ।
यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रकाे दृष्टिकाेणले हेर्ने हाे भने गाँउपालिकाबाट पुर्व दिशातर्फ पर्ने वडा नम्वर १ र ३ मा अवस्थित ट्यामुके डाँडा र वडा नम्वर ३ मा अवस्थित सेल्मे डाँडाले अत्यन्तै सम्भावना वाेकेकाे पाइन्छ । त्यतिमात्र हाेइन गाँउपालिकाबाट उत्तर तर्फ पर्ने वडा नम्वर १ मा अवस्थित चखेवा भन्ज्याङ र पूर्व तर्फ पर्ने वडा नम्वर ३ मा अवस्थित तावा भन्ज्याङ पनि सुन्दरताले भरिपुर्ण रहेकाे छ ।
यस गाउँपालिकामा विशेष गरेर राई जातिहरुकाे बाहुल्यता रहेता पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, भुजेल साथै केहि मात्रामा मगर जातिकाे पनि बसाेवास रहेकाे छ । यस गाउँपालिकाकाे जम्मा जनसङ्ख्या ९६२३ रहेकाे छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेकाे छ भने केहि मात्रामा सरकारि नाेकरि, व्यापार व्यवसाय, वैदेशिक राेजगार, सिकर्मि तथा डकर्मि पेशामा निर्भर रहेकाे छ ।
केन्द्रः वडा नं. ४, मानेभञ्ज्याङ
जनसङ्ख्याः ९६२३
क्षेत्रफलः ७९.९९ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
च्यानडाँडा |
१-९ |
|
|
२ |
रतन्छा |
१-९ |
|
|
३ |
खिदिमा |
१-९ |
|
|
४ |
मात्तिम |
४,६,८,९ |
|
|
५ |
मात्तिम |
१-३,५,७ |
|
१०. नामः बराहपोखरी गा
वराहपोखरी गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करीव २१ कोष (६७.२ कि. मि.)को दूरीमा अवस्थित छ । प्रसिद्ध वराहपोखरीको नामले प्रख्यात यो गाउँपालिकाको केन्द्र वराहपोखरी तालबाट दझिणपट्टि १५ कि.मि.को दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साविकका गा.वि.स.हरु क्रमश: वराहपोखरी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गरी ६ वटा वडामा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल १४१.६ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको पूर्वमा जन्तेढुङ्गा गाउँपालिका, उत्तरमा खोटेहाङ गाउँपालिका र पश्चिम-दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लासँग छुट्ट्याएको छ ।
प्राय: जनजाति राई, मगर, क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, भुजेल, वि.क., परियार, नेपाली लगायत अन्य जातजातीहरुको बसोबास रहेको यस गाउँपालिकाको वि.सं. २०७८ सालको जनगणना अनुसार ११,३९७ कूल जनसंख्यामध्ये ५,६७० (४९.७%) जना पुरुष र ५,७२७ (५०.३%) जना महिलाको जनसंख्या रहेको छ । यस गाउँपालिकाको साक्षरता दर ७१.९% (पु: ७९.२% र म: ६४.७%), जनघनत्व : ८१, जम्मा घरधुरी संख्या : २,५६८ तथा लैंगिक अनुपात :९९ पुरुष प्रति १०० महिला रहेको छ ।
खोटाङको दक्षिणी नाकाको रुपमा रहेको यस गाउँपालिका प्राकृतिक सम्पदाले धनी छ । विशेषगरी सुनापाताल डाँडा, घोप्टेथला, गोकुलथुम्का डाँडा, साउनेचउर फाँट, धाप्लाङघाट फाँट आदी यस गाउँपालिकाका धार्मिक एवं पर्यटकीय ठाउँहरु हुन् । यस गाउँपालिकाको दक्षिणमा वंशिलाघाट, चमेरेघाट, कम्पुघाट, धाप्लाङघाटले उदयपुरसँग व्यापार लगायत अन्य पक्षमा सघाउ पुर्याउँदै आएको छ । उल्लेखित व्यापारिक नाका तथा बजार केन्द्रले उदयपुरका बेल्टार, गाईघाट लगायत भित्री मधेश र तराईका बजारसँग सम्बन्ध गाँसेको छ ।
केन्द्रः बाघखोर भञ्ज्याङ
जनसङ्ख्याः ११३९७
क्षेत्रफलः १४१.५७ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बराहपोखरी |
१-९ |
|
|
२ |
सुन्तले |
१-९ |
|
|
३ |
साउनेचौर |
१-९ |
|
|
४ |
फाक्टाङ |
१-९ |
|
|
५ |
पौवासेरा |
१-९ |
|
|
६ |
मौवाबोटे |
१-९ |
|
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला समन्वय समिति खोटाङ । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले खोटाङ जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।