SURESHKUMARPANDEY

सुरेशकुमार पाण्डेको गजल संग्रह (३)

गजल
किन साम्राज्यवाद हाम्रो देशको हकदार हुन्छ,
उसैको जि हजुरीमा व्यास्थ सधै सरकार हुन्छ।

आफ्नो मातृत्वको रक्षा नगरी दुष्टको दलाली,
नेताहरूको सधै बिचार फरक व्याबहार हुन्छ।

आजको वैज्ञानिक युगमापनि रूढिवादी उस्तै,
जब की नयाँ- नयाँ खोजमा सारा संसार हुन्छ।

साहित्यकार हुनुपर्छ समाजलाई सचेत गराउँने,
राष्ट्रियताको उन्नतीमा प्रगतिसिल विचार हुन्छ।

याहाँ सधै समस्या मात्र मौलाउँछ हाम्रो देशमा,
हाम्रो समाज त कुरितीमै सधैभरी बिमार हुन्छ।

मजदुर जन्मायो हिमाल पहाड र तराई देश ले,
त्यसैले रेमिटेन्समा मात्र याहाँ कारोबार हचन्छ।

सुरेशकुमार पाण्डे ०८-० २०२४,

गजल!
देशका युवाहरू लाई राहादानी चाहिन्छ,
लेखकलाई राम्रा नराम्रा कहानी चाहिन्छ।

सरकारलाई रेमिटेन्स भए पुग्छ देशभित्र,
मन्त्रीलाई आसियाना राजधानी चाहिन्छ।

खेतिगर्न छाडे किसान कृषिप्रधान देशमा,
खेतिका लागि मल विउ र पानी चाहिन्छ।

कल कारखाना कसले बनाउँने यो देशमा,
त्यसको लागि यहाँ ठुलो लगानी चाहिन्छ।

अचेल छोरा विदेश र आमा बाले घर धान्ने,
बुहारीलाई भने सहरमा मनोमानि चाहिन्छ।

नर्क तुल्य गरायो देशभित्र छाडा संस्कारले,
साखै हुँन जुवा रक्सि नराम्रो बानि चाहिन्छ।

सुरेशकुमार पाण्डे ०९-०२-२०२४,

गजल:
जसलाई छाने पनि त्यही गुनेगार हुन्छ,
विदेशीको रखेल देशको सरकार हुन्छ।

सोझालाई लागु हुन्छ नियम कानुन् नी,
अपराधी सँग त सरकारको प्यार हुन्छ।

पाइदैन मर्दा मलामि र विवहाको जन्ती,
बरू कुना कुनामा देशको गद्धार हुन्छ।

सडक देखि सदन सम्म हेर्दा अचम्मै परें,
जता हेर्छौँ उतै देशभित्र भ्रष्टाचार हुन्छ।

कुसंस्कारले छिया-छिया छ समाज हाम्रो,
नयाँ-नयाँ रोग भित्रे समाज बिमार हुन्छ।

झार फुक आजको वैज्ञानिक युगमा पनि,
जातिय छुवाछुत समाजमा लगातार हुन्छ।

सुरेशकुमार पाण्डे १०-०२-२०२४,

गजल:
अचेल मानिस किन असाय र लाचार हुन्छ,
छोरा छोरीलाई आमा र बा ठुलो भार हुन्छ।

निर्णय कार्यन्वयन किन हुन सक्दैन साच्चै,
केन्द्रीयता लागुगर्न नेतालाई धेरै हतार हुन्छ।

जहाँ मुना र मदनका कथा हुन्छन् समाजमा,
भन जनता त्यहाँ देश सँग कसरी प्यार हुन्छ।

तिमीले सधै भन्नेगर्छौ देश विदेशीले नै लुट्यो,
किन नलुटोस् उस्ले लुट्ने सधै आधार हुन्छ।

जिउँदा सँग लड्छौँ विरहरूको समाज हो यो,
साँच्चै हो मुर्दा सँग मात्र डरले हाहाकार हुन्छ।

जिवित छँदा त खुब गालि गर्दै श्रापथ्यो उसैले
मरेपछि लासमा झण्डा उडाउँने व्यवहार हुन्छ।

सुरेशकुमार पाण्डे ११ ०२ -२०२४

गजल:
जातिययताको आगो सल्काएर हिंड्छन्,
स्वार्थमा आर्काको रगत बगाएर हिंड्छन्।

कस्तो राजनीति गर्छन् अचेल नेताहरू ले,
अर्काकै रगत पसिनामा अघाएर हिंड्छन्।

उनिहरू सोजासाझा जनतालाई सधैभरी,
अपराधी बनेर पैतालामा दबाएर हिंड्छन्।

ति मानाव रूपि सैतानहरू सधैभरी याहाँ,
मौकामा आमाको छाती चिराएर हिंड्छन्।

लगाउँछन् अतिरञ्जित नाराहरू सडकमै,
कयौं युवाहरू त्यो बाटो समाएर हिंड्छन्।

बिद्रोही जालमा पर्छन् र अमूल्य जिन्दगी,
युवाहरू व्यार्थै माटोमा मिसाएर हिंड्छन्।
सुरेशकुमार पाण्डे

गजल:
कसैले पुजा गर्छ कसैले व्यापार गर्छ,
सबै आ- आफ्नै स्वार्थी व्यवहार गर्छ।

ढुङ्गामा पराण हाल्छन् कलाकारहरू,
तर भ्रम दिन्छ ढुङ्गाले र गद्धार गर्छ।

माटो र ढुङ्गालाई पुज्नैपर्छ मानिस ले,
ऊ जिउँने मर्ने सङ्केत लगातार गर्छ।

हुन्छ कहिले भुइचालो कहिले पहिरो,
प्रकृतीलेपनि दुश्मनकै मद्तगार गर्छ।

जातियताको सिकार भए लैला मज्नु,
तर मृत्युपछि संसारले नै सत्कार गर्छ।

मानिस मानिसमै के फरक हुन्छ भनौँ,
किन कसैले जीवन सँग खेलबार गर्छ।

सुरेशकुमार पाण्डे १४-०२-२०२४

गजल:
अत्याचारको बिरोध गर्छ आफै अत्याचार गर्छ,
नेता बनेर ऊ समाजमा अनैतिक व्यवहार गर्छ।

हिंसक छ र अहिंशाको गफ लगाउँछ गफडि,
अपराधी अन्मुक्त गर्छ र त ऊ बालात्कार गर्छ।

समाजपनि कस्तो समाज हो चमत्कार खोज्ने,
जबकी सधै संसारले पसिनाको कारोबार गर्छ।

हो हाम्रै देशको सरकार पनि अनौठो बन्दै गयो,
कहिले नागरिकता बेच्छ घाटाको व्यापार गर्छ।

भन्छ सर्वहारा सुकुमवासीको हितेशी हौँ हामी,
व्यवहारमा भ्रष्टाचार र तस्करकै मदतगार गर्छ।

जसलाई जनताले भर गर्छन् र पुग्छ सिखरमा,
परायजसो उसैले देश र जनता सँग गद्दार गर्छ।

सुरेशकुमार पाण्डे १५-०२-२०२४,

गजल:
लथालिङ्गै छ बाटो उस्तै साधन सवारी हुन्छन्,
कतै पहाड हुन्छन् त कतै ढुङ्गाकै घारी हुन्छन्।

उफ्!नेपालीको जिन्दगी अकाल मै गयो चोला,
दुर्घट्ना कहिले डाँडा वारि कहिले पारी हुन्छन्।

खै किन भन्छन् बैकुण्ठमा बास हुन्छ मरेपछि,
लाग्छ कथा सुनाउँने मानिसक बिमारी हुन्छन्।

भनौँ त कसले देखेको हुन्छ बैकुण्ठ नगर त्यो,
नबोलौँ यस्ता झुटा सबैलाई झुट भारि हुन्छन्।

थाह छ देशलाई ठेकेदार नै चलाउँछ सधै भरी,
त्यसैले त जताततै देशभित्र भ्रष्टाचारी हुन्छन्।

दुर्घटामै मर्छन् निर्दोश जनता दिनानु दिन याहाँ,
हुँदैन बिमा पनि देशका नेतानै अल्लारी हुन्छन्।
सुरेशकुमार पाण्डे १६-०२-२०२४,

गजल:
देशभक्ती बिचार मा नागरिक अटल हुँदैन,
सङ्घीयता बिरूद्धमा राजनीति दल हुँदैन।

अनिकाल रहिरहन्छ शान्ति सुब्यवस्थाको,
सडक सदनमा विकासको छलफल हुँदैन।

हामिहरू दुनिया भरी किन उपहास हुन्छौ,
चलिरहन्छ जबसम्म विकासको भल हुँदैन्।

ह्याप्छन् दुष्टहरूले र गर्छन् अतिकर्मण सधैं,
अखण्ड देश र नेपाली एकताको बल हुँदैन।

नबन्दा सम्म स-ससाना उद्योग धन्दा देशमा,
रोजगार मिल्दैन सम्पत्ती चल अचल हुँदैन।

देशमा खतरा रहिरहन्छ जनता सचेत नभए,
नेतामा अखण्ड देशबनाउँने अक्कल हुँदैन्।

सुरेशकुमार पाण्डे १७-०२-२०२४,

गजल:
हिँजो व्यवस्था राम्रो बनाउँन आन्दोलन खास भयो,
आज अवसरबादकै हातमा सत्ता देशको नाश भयो।

पाल्यौं हुर्कायौं नेपाली छोरालाई र पठायो खाडिमा,
आर्काको देशकै लागि होनहार युवाको लाश भयो।

नयाँ जनवादकै लागि भनेर चलेको कथित जनयुद्ध,
नेतालाई सत्तामा पुराउँदा क्रान्तीकै नारा बतास भयो।

उता बिदेशी आँ गरेको छ यता प्रतिगामि जुर्मुराउँदा,
नागरिकको समस्या त झन पछि झन ठुलै रास भयो।

कसलाई चुन्ने यो देशमा जनताले को छ खै देशभक्त,
जसलाई छानेर पठाएपनि त्यो विदेशको दाश भयो।

छैन बाटो दुर्घटना हुन्छ दिनौं रोजागर बिहिन मुलुक,
विदेशीको चलखेल उस्तै नागरिकको उठिबास भयो।

सुरेशकुमार पाण्डे

गजल!
आफै सँग शङ्घर्ष गर्नुपर्छ जीवनको सफर उस्तै छ,
खोला सुस्याउँछ उसैको छातिमा मौन बगर उस्तै छ।

दक्दिरका कुरा गर्छन् शोषित पिडित जनता हरूले,
उनिहरू लाई नै मरेपछि स्वर्गमा पुग्ने रहर उस्तै छ।

हलो बनाउँने र दाम्ला नाम्ला बाटेर गुजार चल्द्थ्यो,
आज उन्कै अपमान अनि अल्छिको कदर उस्तै छ।

बा र आमाले छोरा छोरीको लागि आफ्नै रगत बेचे,
उनै औलादले गर्दा आँसुमा भिजेको अधर हुस्तै छ।

सपना र यो जना त आफ्नै मन मष्तिकमा छन् थुप्रै,
तर कहाँ पुगेर दफन् हुन्छन् मानिस वेखबर उस्तै छ।

जब निकास विहिन हुन्छ यो मन र मष्तिक आफ्नो,
उस्लाई मानिसमा भन्दा बरू ढुङ्गामा नै भर उस्तै छ।

सुरेशकुमार पाण्डे १९-०२-२०२४

गजल:
जहिले पनि देशमा भ्रष्टाचारीको सरकार हुन्छ,
अरूलाई लुटि खाने उनिहरूको व्यवहार हुन्छ।

किसानहरू आकास तर्फ हेर्छन् निदार छोप्दै,
मल,बिउ, पानी बिनाको किसान लाचार हुन्छ।

अवसरबादले उसैको खेत बारी खोस्ने दाउँमा,
एकछिनकै लागि ऋण दिन्छ र मद्तगार हुन्छ।

गरिब किसानले खेत बेच्यो र बारी पनि बेच्यो,
ऊ आफै झन् पछिझन् कङ्गाल लगातार हुन्छ।

त्यो टुक्रा बारिको साहुलाई दिएर गयो खाडिमै,
यसरी नै गरिबको स्वाभिमान को व्यपार हुन्छ।

फर्किन्छन् कुनै कुनै त लाश रातो बाकस भित्रै,
यस्तै गरिबको प्राण सँग धनको कारोबार हुन्छ।

सुरेशकुमार पाण्डे २०-०२-२०२४,

गजल:
जब संसद भित्र नेताको बबाल हुन्छन्,
सम्झिनुहोस् देशमा धेरै सवाल हुन्छन्।

असमान सन्धिको बिरोधी आवरणमा,
त्यो भित्र लुकेका विदेशी जाल हुँन्छन्।

आज पनि भोकै सुतेछन् राजधानीमा
कयौँको सिरानीमा रित्ता थाल हुन्छन्।

सोझा छन् तर मुर्ख भने छैनन् जनता,
कुन्दिन् यो कालको पनि काल हुन्छन्।

धेरैछन् क्रान्तिको नारामा पलेका यहाँ,
जो घरिघरी उनै क्रान्तिका ढाल हुन्छन्।

अल्छिहरू हुन्छन् पेसेवर पेसाकै लागि,
बिचार मुखि व्यवहारमा कङ्गाल हुन्छन्।

मित्रले नेपाली आइडीमै सिम देने भयो,
मख्ख नपरौँ यसैमा कयौँ चाल हुन्छन्।

सुरेशकुमार पाण्डे २१-०२-२०२४,

गजलः
भन्छन् गाउँ गाउँमा सिहँ दराबार आयो,
जनता माथि अब ठुलो कार्यभार आयो।

छिमेकले सिमकार्ड दिने भयो हामिलाई,
राम्रै हो गाढा मित्रताको समाचार आयो।

सोंचौँ त गम्भिर भएर घाट के फाइदा छ,
कस्को रद्धी बिक्यो कस्को व्यपार आयो।

देश नै सिक्किमको नजिकै छ थाहा छैन,
किन छिमेकीलाई तिमीमा यो प्यार आयो।

हो नहुँनु भन्दा त भयो उस्कै बिक्रि बढेछ,
तिमीलाई झन् अब त ठुलो संसार आयो।

माछो-माछो भ्यगुतो भयौँ सबै जनताहरू,
अगत्तिलो र बेकारको सधै सरकार आयो।

सुरेशकुमार पाण्डे १०-०२-२०२४,

गजल:
यो देशमा कृषियोग्य खेत बारी सक्कियो,
बजार भाव राम्रो नहुँदा व्यापारी सक्कियो।

अड्डा अदालतमा समेत घुसेपछि राजनीति,
न्यायलयमै पनि अब इमानदारी सक्कियो।

जङ्गलराज भएकोछ नयाँ समाज बनाउँदा,
धनको प्रभाव बढ्यो क्रान्तिकारी सक्कियो।

लाला बाला नपाले पछि त ढुक्कै छ अचेल,
किनेर पुग्छ दाउरा घाँसको भारी सक्कियो।

छोरा खाडी गयो र बुहारी सहरमा बस्छिन,
बा आमाको सेवार्थ छोरा बुहारी सक्कियो।

देश कहाँ रह्यो धुँदा धुँदा बन्नथाल्यो परदेश,
उस्तै मानिस मरेपछि सबै बिमारी सक्कियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३-०२-२०२४,

गजल:
गरिब भनी सकेपछि त्यो सँग धन कहाँ हुन्छ,
इमानदार सँग वेइमानी गर्ने लगन कहाँ हुन्छ।

नेताहरू देश बिक्रीगर्यो भन्दै कराउँछौ तिमी,
उसलाई लाग्ने तिमी भन्दा अमन कहाँ हुन्छ।

जसले नदी बेच्यो बगर बेच्यो देशको गरिमा,
वेइमानी बिना यत्रो धनको जतन कहाँ हुन्छ।

को जिवीत रहिरहन्छन् याहाँ मर्नै पर्छ सबैले
मान्छेलाई त्यो काल पनि दनादन कहाँ हुन्छ।

म पैसालाई हेर्छु सधै हाँसो लाग्छ किनहोला,
बिना रूपैयाँ मान्छेको लाश दफन कहाँ हुन्छ।

साम्राज्यवादी यो देशभित्र पसिसक्यो नेताजी,
भनौँ यो भन्दा ठुलो दुष्टको संगठन कहाँ हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४-०२-२०२४,

गजल:
लाश जलेको केही दिन भित्र त्यहाँ निसानी हुँदैन,
जस्तै बिस्तरा हुँदैन सुतेको खाटमा सिरानी हुँदैन।

कथा कहानी रहन्छ केही दिन मानिसको मुखमा,
केही दिन पछि आफन्तिको आँखामा पानी हुँदैन।

संसार यस्तै छ जन्माउँछन् आफ्नो काल आफैले,
तर भन्न भुल्दैनन् मानव जात कत्ति नादानी हुँदैन।

किन छ यस्तो तनातनी र लोभ लालच समाजमा,
मानव समाजमा आज निस्वार्थ जानि-जानि हुँदैन।

भन्छन् मर्ने त मर्यो बाँचेका रमाऊँ एकैछिन पछि,
थाहा छ सबैलाई, मर्दैनमर्ने कुनै जिन्दगानी हुँदैन।

केही क्षणको मात्र र अमूल्य हुन्छ जिन्दगी सबैको,
तर पनि कुन्नी किन मानव समाज साबधानी हुँदैन।

स्वर्ग नर्क कतै छ भने यही समाजभित्र हुन्छ भन्छु,
धेरै दिन अडिने यो समाजमा झुटको कहानी हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५-०२-२०२४,

गजल:
जस्तै धनिले गरिब मार्छन् ठुलाले सानालाई मार्छन्,
भन्दैन बा आमा पनि दाईले भाई,भाईले दाई मार्छन्।

दुश्मन् बनेर जित्न सकिन र त मितेरी लगायो दुष्टले,
सोझा मान्छेलाई केथाहा कति साइनो लगाई मार्छन्।

उसले सपना रातीमा होइन दिउसोमै देख्छ सधैभरी,
तर उसको योजना बिफल गर्ने योजना बनाई मार्छन्।

बा र आमालाई पाल्न कठिन छ अचेल महंगिले गर्दा,
बरू बा र आमाको जिवनभरीको कमाई खाई मार्छन्।

यो कलियुग भन्छन् कसैले वैज्ञानिक भन्छन् कसैले,
बुझ्न गारै हुन्छ दुबैको मर्म गलत बाटो समाई मार्छन्।

जलमा थलमा आकास पत्ताल मार्ने मात्र काम भयो,
शक्तिसाली,कम्जोरलाई सधै फकाई- फकाई मार्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६-०२-२०२४,

गजल:
ढुङ्गा तरास्यो मानिसले भगुवान बनायो,
आफुले बरू आफैलाई सैतान बनायो।

मर्नेवेलापनि भ्रमित भएर मर्छन् मानिस,
भ्रमजालमा दुर्वल आफ्नै जहान बनायो।

डराउँछन् आफ्नै छायाँ देखेर मान्छेहरू,
चमत्कारको कथाभित्र नै तुफान बनायो।

केछ र संसारमा तिम्रो मेरो कथा बाहेक,
देवता कहिले त आफैलाई हैबान बनायो।

जन्मिएका मर्छन् मरेका जन्मिदैनन् यहाँ,
मान्छे आफै अस्पत्ताल र सम्सान बनायो।

चितामा आगो आफैले लगायो मानिसले,
आफु गोण भएर धुँवालाई प्रधान बनायो।

पौरखीले जसरी देखाए विकास गरेर यहाँ,
अल्छि आफुलाई चिनाउँन उखान बनायो।

गजल:
दिनौं मारिन्छन् बालिकाहरू बलात्कार हुन्छ,
गरिब असाय माथि अन्याय अत्याचार हुन्छ।

तानाशाही जन्मिए स्वतन्त्रताको आबरणमा,
राजधानिभित्र गणतन्त्रमाथि नै प्रहार हुन्छ।

कस्ले दिने न्याय कस्को भर पर्ने आज भोली,
भनौं देशमा काहाँ बिस्वासिलो पहेरेदार हुन्छ।

अन्याय अत्याचार महंगी भ्रष्टाचार बढ्दै गयो,
रोकिदैन किन कि न्यायमाथि नै व्यापार हुन्छ।

छोरा गुमाउँछन् र छोरी गुमाउँछन् बा आमाले,
भन के बित्छ होला जस्को त्यही संसार हुन्छ।

कती फस्छन् होल अपराधीहरू देशमा हाम्रो,
जब उक्त घटनाको निश्पक्षिय चिरफार हुन्छ।

सुरेशकुमार पाण्डे ०२-०३-२०२४,

गजल:
राजधानिमा लाठि चल्छ पत्रकार माथि,
चेली बलत्कृत हुन्छिन् स्कुल द्वार माथि।

कसले रोक्ने हो यसतो निन्दनिय घट्ना,
राजनीति गर्छन् नेता यस्तै व्यवहार माथि।

लाखौँ करणौ खर्च गर्छन हतियार किन्दा,
अङ्कूश लगाउँदैन कोही भ्रष्टाचार माथि।

अन्याय अत्याचारकै अपिल कहाँ गर्नुपर्छ,
आरोप लाग्छ सधै न्यायको औतार माथि।

देशमा हुन्छन् भ्रष्टाचार र अपराध दिनरात,
बस्छन् आयोग प्रश्न उठ्छ चिरफार माथि।

न्याय नै मरेको देश भयो रोकिएन अपराध,
जन आन्दोलन खत्तिनुपर्छ अब जार माथि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३-०३-२०२४

गजल!
हाम्रो देश हो तर चलाउँछन् सहकारी हरू,
विदेशीका दलाल ठेकेदार र व्यापारी हरू।

न्याय कानुनको आस नगरौँ जङ्गल राजमा,
फैलाउँदैछन् आइ एन जि ओ बिमारी हरू।

गाउँ सहर पुगे धर्म परिवर्तनका घुम्ती टोली,
ठुला-ठुला दाउँ लगाउँदैछन् यी जुवारी हरू।

भन्छ कसैले गौतमबुद्ध जन्मेको ठाउँ हाम्रो,
एउटै सन्तानमा खिचातानी लुटिए बारी हरू।

देश नागरिककै हो होइन मुठ्ठिभर दलालको,
उठौं जुटौँ र गरौँ सबै मिलेर खबरदारी हरू।

उस्तै लड्नु पर्छ जस्तो लडेका थिए खलङ्गा,
बाल बालिका बोकेर नै पुरूष सँगै नारी हरू।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४-०३-२०२४,

गजल:
उसले अरूको गर्धन शेर्न हतियार बनायो,
दुई धारको खतरनाक त्यो तरवार बनायो।

भन्थ्यो यसैले गर्छ शुरक्षा सदियौँ सम्म नी,
बिडम्वना तेसैले दुश्मनकै सरकार बनायो

के रहिछ याहाँ आफ्नै भनौदा भए दुश्मन्,
जस्लाई जन्मायो प्राणको हकदार बनायो।

पैसा प्रधान समाज आफैमा दुश्मन हुन्छ,
जस्ले मानव जीवनलाई नै औजार बनायो।

हो बालाई बा भन्दा छोरा छोरी लजाउँछन्
उहि बा जसले उसको राम्रो घरबार बनायो।

यी नेता पनि ढिड् भए जस्तै जनता हुन्छन्,
नेता बनेर जनतालाई उल्लु लगातार बनायो।

न विदेशी हस्तक्षेप न प्रतिगमन सत्ता प्रमुख,
सत्ता मह जनता उल्लू देश नाङ्गेझार बनायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५-०३-२०२४

गजल:
सबै विदेशी शक्तिले भने अनुसार हुन्छ।
हाम्रो देशमा सधै झुटको कारोबार हुन्छ।

आर्कि बालिका अपराधीको चढिन बली,
किन होला याहां न्यायको व्यापार हुन्छ।

अब छोरी जन्माउनै छाडे नगारिकहरूले,
असुरक्षित् हुनेभए दिनौं बलात्कार हुन्छ।

सरकार खै खुलेआम हिंड्छन् अपराधी,
यो देशको कुना-कुनामा भ्रष्टाचार हुन्छ।

असमान सन्धिका नारा हुन्छन् सडकमा,
रातौंरात असमान सम्झौता करार हुन्छ।

त्यत्तिकै कलम चलाउंदैन महासय मैले,
यो देशको व्यवस्था हेर्दा दिकदार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६-०३-२०२४,

गजल
नेता नैतिकता सँग मेल नखाने व्यवहार नबनाऊ,
राजनीतिलाई तिमी सधै आफ्नै व्यापार नबनाऊ।

कुन मुहार लिएर जान्छौ भोट माग्न जनता सामु,
कार्यक्रतालाई नै एक आर्काको सिकार नबनाऊ।

अतिकर्मण रोक्न गएका एमसीसी पारित गरायौ,
नागरिकता पारित गरायौँ झुटा यो दरार नबनाउ।

चितामा दिनदिनै लास जलेका हुन्छन् हात रित्तो,
शिक्षा लिएर आफैलाई पापको हकदार नबनाऊ।

देश छ र पो राजनीति गरेका छौँँ हामि तिमीहरू,
आफ्नो देशलाई भाड्ने यस्तो आधार नबनाऊ।

जसलाई व्यवस्थाको उपचार गर्न पठाएका थियौं,
थोरै त लाज मान यस्तो व्यवस्था बिमार नबनाऊ।
सूरेशकुमार पाण्डे दाङ घोराही १८
०७-०३-२०२४,

गजल:
छोरी सचेत बनौँ हत्या हुन्छ बलात्कार हुन्छ,
समाजिक बिभेद हुन्छ घृणित व्यवहार हुन्छ।

यो आधा आकास र आधा धर्ती तिम्रैपनि हो,
बाटो नबिराए हिडे जित्छौँ सारा संसार हुन्छ।

लाली र चुरा लगाएर जति सिङ्गारिन्छौ तिमी,
उस्तै नचाउँछ कटपुतली सरह व्यापार हुन्छ।

नारी जगतकी श्रृष्टीकर्ता आमा छोरी बुहारी,
महिँलानै यो समाजमा पहिलो हकदार हुन्छ।

तिमी जती सिङ्गार बटार गर्छौ कोमल बन्छौ,
तिम्रै त्यही व्यवहार कम्जोरीको आधार हुन्छ।

म पुरूष हुँ तर आमाको कोखबाट जन्मेको,
तेसैले महिँलामुक्ति आन्दोलनमा प्यार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८-०३-२०२४,

गजल:
जातिबिती महंगी र भ्रष्टाचार भयो,
देशभित्र सधैभरी वेरोजगार भयो।

युवा बिहिन भयो देश हिँजो आज,
असाय हाम्रो देशको सरकार भयो।

भएको थिएन कहिल्यै गुलाम देश,
आज गुलामी जस्तो आधार भयो।

अतिक्रमण भूमि र नदि नाला हुन्छन्,
छुवाछुतले पनि समाजमा दरार भयो।

कहिले सम्म हुन्छ यस्तो चाल चलन्,
सर्वसाधारण माथि सधै प्रहार भयो।

हो पाल्यौँ बाल बच्चाकै गास खोसेर,
उनिहरू पनि यो देशको गद्धार भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९-०३-२०२४

गजल:
को सुन्छ ती गरिब अबलाको पुकार देशमा,
जब की खुलेआमा हिँड्छन् खुखार देशमा।

मान्छे त्यत्तीकै गएको होइन सरणमा ढुङ्गाको,
बिद्रोही गर्न पनि चाहिनेरहिछ सञ्चार देशमा।

न्यायलय शिक्षण संस्था पनि असुरक्षित भयो,
भरिएका छन् गद्धार बिदेशी बफादार देशमा।

कसको विस्वास गरौं को छ मसिहा गरिबको,
सडक बाट सदन सम्म विदेशि औतार देशमा।

अभद्र छ जङ्गली राज नियम कानुन छैन कतै,
नागरिक अनभिग्य कस्को छ सरकार देशमा।

यो कवि बिदेशी भूमिबाट सुःख खोज्न आयो,
देखियो भोगियो यो अपच्या व्यवहार देशमा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१०-०३-२०२४

नागरिकता पारित गरायौँ झुटा यो दरार नबनाऊ।

चितामा दिनदिनै लास जलेका हुन्छन् हात रित्तो,
शिक्षा लिएर आफैलाई पापको हकदार नबनाऊ।

देश छ र पो राजनीति गरेका छौँँ हामि तिमीहरू,
आफ्नो देशलाई भाड्ने यस्तो आधार नबनाऊ।

जनताले व्यवस्थाको उपचार गर्न पठाएका थियौं,
थोरै लाज मान देशको व्यवस्था बिमार नबनाऊ।

सूरेशकुमार पाण्डे दाङ घोराही १८
११-०३-२०२४,

गजल!
कुनै जमानामा सतिप्रथाको याहाँ बास थियो,
प्रत्यक्ष बेडी महिँलामा अन्यायको रास थियो।

थिएन मतदानको अधिकार पुरूषको समान,
पसुतुल्य जिवन महिँला नर्तकी र दाश थियो।

लामू समय सम्म हक अधिकारको लडाईमा,
होमिए हजारौँ न्याँयप्रेमी शङ्घर्ष खास थियो।

तोड्दै सामाजिक बन्धन दिए त्याग बलिदान,
एकमात्र उदेश्य सामाजिक सत्रुकै नाश थियो।

त्यत्तिकै मिलेको अधिकार होइन महिँलालाई,
एउटा जज्बा थियो र लडाकुमा सहास थियो।

अँझै पनि बाँकीछ छोरा छोरी बराबर हुनलाई,
आज पनि नियाल्दा समाजभित्र तमास थियो।

साररिक मानसिक यातना उस्तै छ दाँसता नी,
हत्या हिंशा बलात्कार र जताततै लाश थियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२-०३-२०२४,

गजल
लाग्छ उसको रूपमा बढी श्रृङ्गार भयो,
त्यसैले त त्यो भित्र धेरै अहंकार भयो।

गठबन्धन् भन्दा गठ्बन्धनको बद्नाम,
अवसरबादकै जिउ पाल्ने आधार भयो।

तिमी भन्छौ देशभित्र विकास किन हुँदैन,
यो राजनीति देख्दा अचम्भ संसार भयो।

भन्छन् प्रतिगमनलाई पाखा लगाउछौँ,
प्रतिगामी जस्तै त आफ्नै व्यवहार भयो।

आयो अमेरिकन साम्राज्यावाद देशभित्र,
जतिवेला बाट त्यो एमसीसी करार भयो।

असमान सन्धि सम्झौता सबै खारेज गर,
देशभित्र बिदेशी आकार्मण बारबार भयो।

विक्री गर ए गद्धार आफ्नै आमालाई पनि
तिमीले चाहेको जस्तै यो सहर बजार भयो।
दाङ घोराही १८

गजल:
भन्छन् तपांइका लागि ,गर्छन् आफ्नै लागि सधैं,
उनैको शड्यन्त्रमा फसेका हुन्छन् अभागि सधैं।

अचेल साँचो सत्य पच्दैपच्दैन यो समाज भित्र,
संसदबाट गाउ र गाउंबाट संसद पसे धागी सधैं।

समाज उस्तै छ देश उस्तै बदलिएको परिभेसहो,
कसरि पाउँछ निकास सबै निकाएंमा दागी सधैं।

आत्मनिर्भर गराउंने तिर कसैको ध्यान छंदैछैन,
किन की उनको गुजारा चलेकै हुन्छ मागि सधै।

हामि मस्त निदाएको वेला अप्ठारो पार्न खोज्छ,
चारैतिरबाट घेर्छन् दुश्मनहरू आफु जागी सधैं।

नालायक दलालहरूको सहयोग पाएरै हुनुपर्छ,
आमाको छातिमा परेड खेल्छ सिमा नागि सधै।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४-०३-२०२४,

गजल:
युवाहरूलाई मिल्दैन रोजगार देशमा
न वृद्धाहरूको हुनेगर्छ उपचार देशमा

भ्रष्टाचार हुन्छ महंगि उस्तै छ अपराध,
बालिका हत्या हुन्छ बलात्कार देशमा।

चिया पसलमा चिया भन्दा रक्सी बढी,
बिक्रिहुन्छ कुना-कुनामा बिमार देशमा।

अपसोच देश कस्तो भयो हिंजो आज,
छैन सर्वसाधार्ण जिउँने आधार देशमा।

किसान भनौं भने जमिन छैन आफ्नो,
काम छैन दाम चल्दैन व्यापार देशमा।

हामी सधैभरी यही देशको लागि लढ्यौँ
आज अत्याचार मिल्यो उपहार देशमा।

सुरेशकुमार दाङ घोराही १८
१५-०३-२०२४,

गजल
जति ठुलो नामि यहाँ अस्पत्ताल हुन्छ,
उति धेरै समस्या सहरमा बबाल हुन्छ।

कमिसन खान्छन् र लुकाउँछन गलती,
औषधी माफियाको नि सञ्जाल हुन्छ।

हाम्रै देशमा सबैलाई चमत्कार चाहियो,
त्यसैले त समाजको नराम्रो हाल हुन्छ।

गर्छन् राजनीति आफ्नै पेट भर्न नेताले,
भनौँ त देश तेत्तिकै किन कङ्गाल हुन्छ।

वहान खस्छ मान्छे मर्छन् तक्दिर दोशी,
भनौँ सडक बनाउँदा कस्तो चाल हुन्छ।

गलती ढाकेर आफु मुक्त हुन्छन् नेताजी,
हाम्रो अगाडी सधैभरी उस्तै सवाल हुन्छ।

१६-०३-२०२४,

गजलः
आज यही मुटु पनि उस्तै धक-धक भयो,
जो दुश्मन् थियो उही शुभ चिन्तक भयो।

हिंजो प्रतिगमनकै बिरूद्धमा भयो एकता,
आज प्रतिगमन सच्चियो की छक्क भयो।

भन्छन् क्रान्ति गर्न नै बन्दुक पड्काएको,
सडक र सदनमा सधै यस्तै बकबक भयो।

आतङ्कित र आसङ्कित भयौँ नागरिक,
अब त आफ्नै छायाँ सँग पनि सक भयो।

हाम्रो देशका जनता कत्तिको दयालु छन्,
व्यवहारबाट दुनियाँभरि लाई छनक भयो।

नेता राजनीति गर्न छाडी आफैलाई खोज,
तिमीहरूको भनाई गराई धेरै फरक भयो।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
१७-०३-२०२४

गजलः
सधै देश र जनताको भविश्य सँग खेल हुन्छ,
विकासकै नाउँमा उखान टुक्कामा रेल हुन्छ।

झाङ्गिदै छ भ्रष्टाचार अपराधी मुक्त हुनथाले,
बदलाको भावनामा कम्जोर लाई जेल हुन्छ।

कसको सरकार छ देशभित्र थाहाछैन हाम्रो,
देशभक्ती योजना सङ्गारमा नपुग्दै फेल हुन्छ।

दक्ष युवा खाडीमा जानुपर्छ रोजगारकै लागि,
सरकारको भनाई र गराईमै सधै बेमेल हुन्छ।

जसको मुटुको टुक्रा फर्किन्छ रातो बाकसमा,
सपना टुट्छन् जीवनभरी आँसुकै भेल हुन्छ।

तिमी सुनको गाडीमा बसेर गएपनि नेता जी,
छिमेकी मै तिम्रो इज्जत होइन अपहेल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८-०३-२०२४,

गजलः
राष्ट्र्को ढुकुटीमा नेताहरूको बह्मलुट हुन्छ,
निजी स्वार्थमा पार्टीहरू बिच फुट जुट हुन्छ।

यि अवसरबादीहरूको बारे थाहा पाएर पनि,
किन एउटै सन्तानको बिचमा कुटाकुट हुन्छ।

लडाई त देशको लागि होइन प्रतिष्ठाकै लागि,
त्यसैले पद नपाएपछि उनिहरूको फुट हुन्छ।

आज भान्सा एउटै छ हिंजो पानी नचल्नेको,
चित्त बुझेन भने फेरी छुट्टिइने पनि छुट हुन्छ।

देशमा विदेशीको चलखेल धेरै भएको देख्दा,
हिंजोआज कुना-कुनामा उनिहरूकै गुट हुन्छ।

चुनावको वेला पार्टीहरूको तालमेल भएकै हो,
के फाइदा उनिहरूको आस्वासन नै झुट हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९-०३-२०२४,

गजलः
समाजभित्र अश्लिल बोल्छ छिट्टै भाइरल हुन्छ,
त्यो कहिले हुन्छ जस्मा देशभक्तिकै भल हुन्छ।

हाम्रो समाज कता जाँदै छ विक्रितीको घेरामा,
देश हितमा सडकमा नसदनमा छलफल हुन्छ।

जो अनुसासित र परिवर्तनसिल थिए मरेर गए,
अहिले त कुर्चिकै निमित्त आपसमा कल हुन्छ।

छिमेकिले दिएजस्तो गर्दा आउँछ हेडलाइनमा,
नेता र मिडियाहरू पनि खुसिले गलगल हुन्छ।

आधा देश खोस्यो पत्तै पाउँदैनन् देशका नेता,
कमिसनकै आसमा अचानो देश पलपल हुन्छ।

त्यो दुर्घट्नामा पर्छ कि भने हराउँछ संसार बाटै,
जस्मा देश र जनताको लागि त्याग अटल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२०-०३-२०२४,

गजलः
समाजभित्र अश्लिल बोल्छ छिट्टै भाइरल हुन्छ,
त्यो कहिल्यै हुन्न जस्मा देशभक्तिको भल हुन्छ।

हाम्रो समाज कता जाँदै छ विक्रितीको घेरामा,
देशहितमा सडकमा न सदनमा छलफल हुन्छ।

जो अनुसासित र परिवर्तनसिल थिए मरेर गए,
अहिले त कुर्चिकै निमित्त आपसमा कल हुन्छ।

छिमेकिले दिए जस्तो गर्दा आउँछ हेडलाइनमा,
नेता र मिडियाहरू पनि खुसिले गल-गल हुन्छ।

आधा देश खोसियो पत्तै पाउँदैनन् देशका नेता,
कमिसनको आसमा अचानो देश पलपल हुन्छ।

त्यो दुर्घट्नामा पर्छ कि भने हराउँछ संसार बाटै,
जस्मा देश र जनताको लागि त्याग अटल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१-०३-२०२४

गजलः

आफ्ना भनौदाले भन्न पागल पछि परेनन्,
सकेसम्म सधै गराउँन बिफल पछि परेनन्।

आफ्नै बर्गले बर्गियआन्दोलन तुहाएको हो,
क्रान्तिकारी मार्गबाट गर्न छल पछि परेनन्।

सम्झौताहिन शङ्घरष गरेर देश बिदेशभरी,
अवसरबादीहरू ले बदल्न दल पछि परेनन्।

भनौं त सङ्घीयताले केफाइदा भयो देशमा,
विदेशीलाई बनाउँन यहाँ असल पछि परेनन्।

जनताले एमसीसीको बिरोध पनि गरेकै थिए,
सरकारले त्यो पनि गर्न अम्मल पछि परेनन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२-०३-२०२४,

गजलः
दिनौंदिन दुर्घट्नामा पर्छन् सडकको उपचार हुँदैन,
गुल्टिन्छन् वहान मर्छन् गरिब त्यहाँ साहुकार हुँदैन।

साहुका त बसहरू मात्र गुल्टिन्छन् विमा गराएपछि,
जनतामार्ने सरकारलुट्ने सेवाए अर्को व्यापार हुँदैन।

गुड्छन् पहाड पखेरामा थोत्रा बस केजान्छ कस्को,
उस्तै सरकार धनिको बाहेक कसैको बफादार हुँदैन।

हाम्रो देशमा गाडी घुमाई घुमाई मार्छन् ड्राइवर हुरूले,
भाग्येको भरमा घटनाको समेत राम्ररी चिरफार हुँदैन।

सबैलाई थाहाभयो हाम्रो देश भ्रष्टाचारको मण्डि भयो,
यो देशमा जती अपराध,व्यविचार कतै लगातार हुँदैन।

नारा क्रान्तिकारी सरकार पनि कम्युनिष्टको झण्डा मा,
गफ हुन्छ यहाँ विकास हुँदैन रोजगारको आधार हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३-०३-२०२४,

गजलः
दिनौंदिन दुर्घट्नामा पर्छन् सडकको उपचार हुँदैन,
गुल्टिन्छन् वहान मर्छन् गरिब त्यहाँ साहुकार हुँदैन।

साहुका त बसहरू मात्र गुल्टिन्छन् विमा गराएपछि,
जनता मार्ने सरकार लुट्ने मात्र अर्को व्यापार हुँदैन।

गुड्छन् पहाड पखेरामा थोत्रा बस केजान्छ कस्को,
उस्तै सरकार धनिको बाहेक कसैको बफादार हुँदैन।

हाम्रो देशमा गाडी घुमाई घुमाई मार्छन् ड्राइवर हुरूले,
भाग्येको भरमा घटनाको समेत राम्ररी चिरफार हुँदैन।

सबैलाई थाहाभयो हाम्रो देश भ्रष्टाचारको मण्डि भयो,
यो देशमा जती अपराध,व्यविचार कतै लगातार हुँदैन।

नारा क्रान्तिकारी सरकार पनि कम्युनिष्टको झण्डा मा,
गफ हुन्छ यहाँ विकास हुँदैन रोजगारको आधार हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४-०३-२०२४

गजलः
भन्नेहरू किन भन्छन् तक्दिर उस्तै छ,
सधैं तन मन खियायौँ आखिर उस्तै छ।

आलो घाउमा नुन चुक नदलौँ कसैले,
आफुलाई सधैभरी आफ्नै पिर उस्तै छ।

कसलाई दोशदिने हाम्रो समाज नै उस्तै,
अपराधी हो फूलमाला र अविर उस्तै छ।

भन त उसले के दियो र हामिले केपायौँ,
आफ्नो जीवनमा ऋणको भिर उस्तै छ।

सबै बुन्छन् तानावाना उही बारीका मूला,
यो पनि उखान टुक्कामा माहिर उस्तै छ।

उ सँग आधुनिक हतियार भएर केलाग्यो,
मुटुकै आरपार पुग्ने नजरको तिर उस्तै छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

गजलः
राष्ट्रियता र गणतन्त्रको हितमा सबैले छलफल गरौँ,
जनताले लडेर ल्यायको अधिकारमा मल जल गरौँ।

देश एकढिक्का हुन्छ भने दुष्टको कत्ती केहि चल्दैन,
देशमा विकास गरेर राष्ट्रको ढुकुटी चल अचल गरौँ।

व्यापक छलफल गरौँ सधैं मैत्रिपूर्ण सडक सदनमा,
देश हितमा लिएको निर्णयलाई सबैले अम्मल गरौँ।

देशका मालिक त्यो देशको जिम्मेवार नागरिक हुन्,
राजनीतिक दलले पनि प्रयोग आफ्नै अक्कल गरौँ।

एकै ठाउँमा बसिरहने अधिकारी द्वारा भ्रष्टाचार हुन्छ,
देश र जनताकै हितमा समय समयमा फेरबदल गरौँ।

देश घायल छ नागरिक दुखी छन् देशमा खै रोजगार,
सबैभन्दा पहिले सरकार जनताको समस्या हल गरौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६-०३-२०२४,

गजलः
रङ्गमा सिङ्गार बटार मानव संसार भयो,
जस्को व्यापार भयो त्यो साहुकार भयो।

अरबौँको व्यापार रङ्गको उस्तै पिच्कारी,
फुकियो पेट्रोल उस्तै वेलुन व्यापार भयो।

कयौँ मरे दुर्घटनामा कयौँको मारामार छ,
आएछ आयातित् होली र हुनेहार भयो।

कतै मुद्धा चले कसैको बिक्यो पाटो पनि,
पर्व रिएक्सल गर्दा समाजमा दरार भयो।

देशका लाटा जनता कौवाको पछि भाग्ने,
छाम्दैनन् आफ्नै कान देशलाई भार भयो।

विदेशीले कमायो नक्लि समान बेरेर धन,
देशका जनता र देश दुबै नाङ्गेझार भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७-०३-२०२४,

गजलः
बुझ्ने कुरा सधै दिन एकनास कहाँ हुन्छ,
हामिले मात्र चाहाँदैमा बिकास कहाँ हुन्छ।

मानिसहरू आफुलाई विसाल ठान्छन् सबै,
आफुले चाहाँदैमा अबस्था खास कहाँ हुन्छ।

उसले आफुले गरेको कारनामा सुनाइरह्यो,
मानिस हाँसे त्यो भन्दा उपहास कहाँ हुन्छ।

उफ्रिएपनि सगरमाथा चढ्न सक्दै भ्यागुतो,
पोखरीभन्दा उसलाई राम्रो बास कहाँ हुन्छ।

नेता हरू चुनावी घोषणा पत्र लिएर हिंड्दा,
भन्न मन लाग्छ यसभन्दा बतास कहाँ हुन्छ।

कहिल्यै भएन गुलाम यो देश भन्दै हिंड्छौँ,
तर नेताहरू त याहाँ भन्दा दास कहाँ हुन्छ।

भनिन्छ देश कहिल्यै गुलाम नभएको हाम्रो,
समस्याको यो देशमा भन्दा रास कहाँ हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

गजलः
विकास कहाँ हुन्छ याहाँ त तमास हुन्छ,
महंगी हुन्छ उस्तै भ्रष्टाचारको रास हुन्छ।

आत्महत्या गर्छन् रोजागार नपाई याहाँ,
कसैको रातो बाकसमा फिर्ता लाश हुन्छ।

एकता गर्छन् सरकारमा पुग्न नेताले सधै,
जनताको बिचमा सदै झुट वक्बास हुन्छ।

दिनौँ गुल्टिन्छन् गाडी वेहालछ सडकको,
भन्छन् एमसीसी आए अब विकास हुन्छ।

कसैको देशमा किन गर्छ विकास कसैले,
सबैलाई आ -आफ्नै समस्या खास हुन्छ।

देशका धुरी खाँभा युवा देशबाट रित्तियो,
देश आज संसार भरिमा नै उपहास हुन्छ।

ऋण लिएर ऋण तिर्न थालेपछि केहोला,
यही चालाले एक दिन आफ्नै नाश हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९-०३-२०२४,

गजलः
जस्तो थियो यो देशको तस्विर उस्तै छ,
नागरिक भन्छन् हाम्रो तक्दिर उस्तै छ।

तुइनमा खोला तर्छौँ पुलछैन यो देशमा,
सडक राम्रो छैन देशभित्र भिर उस्तै छ।

भन्छन् हामि पुजा गर्छौँ तिर्थ बर्त पनि,
जिउँदै पोलेपनि त ठाडो सिर उस्तै छ।

भन्छन् हामि स्वतन्त्र छौँ अखण्ड पनि,
हत्थकडि उस्तै बेडी जञ्जिर उस्तै छ।

चढाउँछन् बली र कुलहरूलाई मदिरा,
हाम्रो समाज कता जान्छ पिर उस्तै छ।

हुँन्छ आमूल परिवर्तनका लागि लडाई,
हजारौँभए शहिद देश आखिर उस्तै छ।

सुरेशकुमार पाण्डे ३०-०३-२०२४,

गजलः
ए मान्छे तिम्रो राक्षस जस्तै बन्दै गयो व्यवहार आज,
तिमीलाई चेतनसिल प्राणि कसरी ठान्ने संसार आज।

जिउँदै प्राणि आगोमा हाल्छौ र खुसिले गदगद हुन्छौ,
तिमीलाई समेत त्यस्तै गराउँने बन्दैछन् आधार आज।

मानव बिहिन दया मायाँ छैन तिम्रो मन र मष्तिकमा,
हुर्किँदै गएको रैछ तिमी भित्र राक्षशको औतार आज।

ढुङ्गा पचायौ पानी पचायौ आगो,पसुका लास पचायौ,
यो चराचर जगतमा छँदैछैन तिमी भन्दा खुँखार आज।

तड्फाई तड्फाई मार्छौ खान्छौ उनैको रगत मासुपनि,
लुटेर आफु जस्तै को पसिनामा बन्छौ साहुकार आज।

तिमी सबै जीव जन्तु रूख बिरूवाको दुश्मन बनेकैछौ,
भनिदेउ अब तिम्रो जिन्दगिको कोहोला हकदार आज।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३१-०३-२०२४

गजलः
जताततै लुटमार छ तर सरकार वेखबर हुन्छ,
आफै दलालहरूको कमिसनमा निर्भर हुन्छ।

देशभक्तहरू त सधैं देश जोगाउँन सडकमा,
किन देशका गद्धारहरूको मात्र कदर हुन्छ।

सरकार भन्छ साम्राज्यवाद हाम्रो मदत् गर्ला,
यार सधै स्वाभिमानमा उसैको कुनजर हुन्छ।

एकता भएपछि कसैले हेर्ने थिएन कुनियतले,
किन की राक्षशलाई समेत मान्छेकै डर हुन्छ।

छोरा परदेश बुहारी बजारमा बारी हुन्छ बाँजै,
ए बाबु दुबै मिलेर बसे पो सुन्दर यो घर हुन्छ।

मान्छे केहिलिएर जाने होइन किन तेरो र मेरो,
मृत्युको भोली पल्ट जिन्दगी रित्तो बगर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१-०४-२०२४,

गजलः

पहिले नपाएर औषधी उपचार मरे,
जनताहरू कसैको नपाई उद्धार मरे।

आज अस्पत्ताल छन् र डाक्टर छन,
तर जनता नपाएर राम्रो व्यबहार मरे।

औषधी नक्ली डाक्टर नक्ली हुन्छन्,
जवाफदेही देशमा नभई सरकार मरे।

अस्पत्ताल पनि बद्शाला जस्तै देख्छु,
दिनौँ निर्दोश मान्छेहरू लगातार मरे।

हाम्रै सन्तान् मर्छन् देशमा र विदेशमा,
खानकै लागि बनेर कर्मि चौकिदार मरे।

देशभित्र उस्तै छ विदेशमै पनि उस्तै छ,
नपाएर देशमा जिउँने राम्रो आधार मरे।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२-०४-२०२४,

गजलः
कसैले आँखा मृगौला विक्रिगर्ने दोकान खोज्छन्,
कसै कसैले सित्तैमा पाउँने कसैको दान खोज्छन्।

लाचार छ समाज रोजगार र उपचारकै अभावमा,
नेतहरू देशबिदेशमा घुम्दै आफ्नो सान खोज्छन्।

विदेशीलाई काजु बादामले स्वागत गर्छ सरकारले,
देशका जनताले खानलाई मकै र धान खोज्छन्।

थाहा छ जो जमिन सँगै छुट्टियो आफन्त सँग सधैं,
उनैले आज आफ्नो स्वाभिमान र सन्तान् खोज्छन्।

यहाँ बिदेशका दललहरूकै धेरै बिगबिगी छ देशमा,
उनैले हामिबाट मान खोज्छन् र सम्मान खोज्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३-०४-२०२४

गजलः
थाहा छ यो देशभित्र सहकारी खास हुन्छन्,
देश जोगाउँन पठाएका उनैका दाश हुन्छन्।

नियम कानुन बनाएर मात्र कहाँ पुग्छ जनता,
आज धनको बलमा ति सबै वाईपास हुन्छन्।

खोला सुके बगर बिके डाँडा खुल्किए देशमा,
याहाँ दलाल छँदासम्म समस्याकै रास हुन्छन्।

देशको मायाँ त छ तर राजनीति बुझ्न नसक्दा,
दुष्ट मित्र छुट्टाउँन नसक्दा सपना नाश हुन्छन्।

जो देशका निर्माता हुन्छन् रिढ हुन्छन देशका,
उनै युवाहरूको सधैभरी विदेशमै बास हुन्छन्।

एसो सोंचौँ त मित्र गास बास कपासको लागी,
सधैं देशका युवाहरूकै परदेशमा लास हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४-०४-२०२४(२२-चैत्र२०८०)

गजलः
रहर हुन्छ कहिले सितल कहिले तुफान बन्ने,
नेपाली माटोमै जन्मेको यो माटोको शान बन्ने।

मेरा शब्द तरवार र बम बन्न सकेनन् थाहा छ,
दुश्मनको छातिमा पड्किएर नयाँ उखान बन्ने।

ति मरेर गए जसले इन्कलावको बोक्थे गाथा,
रहर थियो ज-जस्लाई शहिदकै खानदान बन्ने।

आफु नाचेर अरूलाई हंसाउँथे कलाकार हरू,
कोसिस् नगरेका होइनन् यो देशको परान बन्ने।

यहाँ दिनौँ भ्रष्टाचार हुन्छ अपराध हुन्छ देशमा,
कसैलाई रहर छैन यो देशको राम्रो जहान बन्ने।

सबैजसो समाज भित्र समस्याको श्रोत बनेका,
कोही देखिदैन यो देशको सपुत समाधान बन्ने।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५-०४-२०२४

पछिल्लो  अध्यावधिक २३-चैत्र२०८०

Leave a Comment

Your email address will not be published. Required fields are marked *