जुनसुकै बहाना बनाएपनि देशमा प्रहार हुनेगर्छ,
जब विदेशी कटपुतली देशको सरकार हुनेगर्छ।बग्छन् रगतका खोला मारिन्छन् निर्दोसहरू पनि,
साच्चै विदेशीको निसानामा सिहँदरबार हुनेगर्छ।देशले खोज्छ समाजवाद जनवाद जनताहरूले,
विदेशीले खोज्छ देश त्यसैले सधैँ दरार हुनेगर्छ।

पद प्रतिष्ठा छाड्न मान्दैनन् नेता पदमै मर्छु भने,
कथा सुनाई मालेमा आफू हिट्लर जार हुनेगर्छ।

बानि बसेका ऐया सिगर्ने पद किन छाड्थे उनि,
उन्कै माखा धपाउन पनि झोले बफादार हुनेगर्छ

हुन्छ बोद्रोह भरिए भित्र बाहिर भ्रष्टाचारको घैंटो,
तुफान चलेपछि लुक्न सक्दैन उजगार हुनेगर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

जेन्जी पुस्तालाई कसैले हतियार गराएछन्,
बुझ्नैपर्छ यो सत्तामा पुग्ने आधार गराएछन्।हेर जेल तोडे र फरार भएका कैदी अपराधी,
हिनामिना आगलगि र कैदी फरार गराएछन्।फाइदा कसले उठायो आन्दोलनबाट जेन्जी,
साम्राज्यवादीलाई देशको हकदार गराएछन्।

निर्दलिय व्यवस्था भोगने बा बाजेलाई सोधौं,
जसले जन्माए र जेन्जीको औतार गराएछन्।

उनैको रगत पसिनाले सिंचेको बञ्जर भूमि,
ज जसले तिमिलाई समेत उपहार गराएछन्।

उनैका छोरा नाती दुश्मनको भाउतामा लागी,
देशभित्र आगोको भेट सिहं दरबार गराएछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

खेलाडी कोही खेल कसैको खास भयो कसैलाई,
घर पोलियो र जान्यान गयो तमास भयो कसैलाई।दुश्मनहरू निर्दोशको सिकार गर्दा ढुकेका हजारौँ,
कसैको हात लगाम सत्ताको आस भयो कसैलाई।मिन बिनाको दाईँ छ भर नपरौँ अनुसाशनको सधैँ,
केही आसमा भएपनि त वाइपास भयो कसैलाई।

गर्छौ पाप धर्मकै कुरा लगाई आगो अर्कैको घरमा,
खै कसैको छानो तर धर्ती आकास भयो कसैलाई।

हामि धेरै मरेर स्वर्ग जाने आसमा छिया छिया छौँ,
हाम्रै यो पसिना रगत स्वर्गको बास भयो कसैलाई।

सबै गर्छ तर भ्रममा पर्छ आफ्नै छायाँसँग मान्छी,
कसैको दया र मायाँपनि सत्यनाश भयो कसैलाई।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

सुकेको छैन सडकमा रगत अँझै आलो छ,
नफालौँ आ-आफ्नो इज्जत अँझै आलो छ।उठायो फेरी भ्रष्टाचारीले सिर कुना कुना बाटै
गोलीकै घाउ सुकेकै छैन खत अँझै आलो छ।परिवार र आफ्नतीको हृदयमा घाउ छ आलै,
सबैको मन्भित्र हुँदै छ भत्भत अँझै आलो छ।

उड्नसक्छ फेरीपनि आंधी तुफान उस्तै यहाँ,
नगर हलचल यहाँ सत्प्रतिसत अँझै आलो छ।

हेर जलेका छन् घर दनदन् छ लावा छातिमा,
मेलमिलापकै छ यहाँ जरूरत अँझै आलो छ।

देश जलेको वेला हृदयभित्र वाण चलेकै वेला,
नदेखाए हुन्छ आफ्नो कुनै मत अँझै आलो छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

सितल हवाले छुँदा आभास हुन्छ मेरो देशको,
मन्भित्र त्यो हिमालय खास हुन्छ मेरो देशको।जता गएपनि नक्शा बसेको छ यिनै आँखामा,
रत सधैभरी यो हृदयनै पास हुन्छ मेरो देशको।जहिलेपनि सिखरमै पुगेका हुन्छन् दलालहरू,
त्यसैले त संसारमा उपहास हुन्छ मेरो देशको।

आफ्नै दुश्मन् छ अब कसैसँग के गुनासो गरौँ,
कसरी यो पालोमा निकास हुन्छ मेरो देशको।

सोझा छन् जनता विर छन् लडाकु छ रगत नै,
नेता छन् लोभी र त तमास हुन्छ मेरो देशमा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

बिना पार्टीको यहाँ निर्दलिय सरकार हुनेगर्छ,
जस्तै गनतव्य बिना जीवनकै रफ्तार हुनेगर्छ।यो बहुदल पनि त जनान्दोलनले ल्याएको हो,
अचेल तानाशाह होइन स्वतन्त्र बिचार हुनेगर्छ।कयौँ वर्ष जेल नेल भयो अमूल्य समय गुमायो,
खै इमान्दारहरूलाई किन यस्तै उपहार हुनेगर्छ।

धान खायो मूसाले उस्तै चोट पायो भ्यगुताले,
हाम्रो समाजमा यस्तो किन बारमबार हुनेगर्छ।

बनेको भत्काउन सजिलो हुन्छ बनाउन भन्दा,
मेर दुश्मन पनि कसैको लागि औतार हुनेगर्छ।

म मानिस पातिले बारेको बुकुरामा जन्मिएको,
हिसा नागर मेरा लागि त्यो पनि दरबार हुनेगर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

कुनै तानाशाह मुटुमा किलो बनेपछि
जुर्मुराउछन् जनता अग्तिलो बनेपछि।हरकसैलाई आफ्नै सरिर हुन्छ प्यारो,
तर पनि निचोर्नै पर्छ पिलो बनेपछि।मतलबी छ समाज पैसाको मात उस्तै,
बा आमानै छाड्छन् बोजिलो बनेपछि।

हावा र पानी बिना जिउन सकिन्न कुनै,
सोंच्नैपर्ने हुन्छ पानी धमिलो बनेपछि।

फलामले फलाम अवश्य काट्छ साथि
फलाम त्यही प्रकार धारिलो बनेपछि।

सरकारलाई संवैधानिक बनाउन सिकौं,
हिंड्न गारैहोला बाटोमा हिलो बनेपछि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

देश डुब्न थाल्यो देशभक्तको कदर नहुदा,
नेताहरूलाई आफ्नो देशको खबर नहुदा।उठिबास भयो युवाशक्ति भए देश बिहिन,
विकास शुन्य छ देश बनाउँने रहर नहुदा।स्वर्ग तुल्य हिमाल पहाड तराई छ नेपाल,
खोलाले बस्ती खोज्छ बाटो बगर नहुदा।

बोकेर झोला बालख देखी वृद्धासम्म गए,
उपहासको श्रोत बने आत्मानिर्भर नहुदा।

नेता र जनताको मित्रताले देश बन्छ सधैँ,
अराजक फैलियो कसैलाई पनि डर नहुदा

सुरेशकुमार पाण्डे दाङ घोराही १८

जहिले पनि देशभित्र भ्रष्टाचारको रास हुनेगर्छ,
नागरिकहरूको आन्दोलन यहाँ खास हुनेगर्छ।सधैँभरी देशको हितका लागि आन्दोलन भयो,
देशभक्तको ज्यान गयो त्येसैमा तमास हुनेगर्छ।जसले निस्वार्थ काम गर्छ देश जनताका लागि,
साँच्चै भन्नुप्रदा अचेल उसैको उपहास हुनेगर्छ।

सात साल, सत्र साल,छत्तिस ,छयालिस सालमै,
हेर्दै आएका छौँ गनतव्य पनि वाइपास हुनेगर्छ।

आठ साल देखि विद्रोह न भएका होइनन् यहाँ,
मुट्ठीभरको स्वार्थमा राष्ट्रियताको नास हुनेगर्छ।

राष्ट्रियताका नारा त दलाल लुकाउने छाता भयो,
देशको सत्यनास देशभक्तको उठिवास हुनेगर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

देशभन्दा पनि माथिको कुनै रहर नगरौँ,
प्रिय जेन्जी लुटेराहरूलाई खबर नगरौँ।खबरदार गरौँ विदेशीसँग प्रतिगमिलाई,
प्वाँख बिनाको आकासमा सफर नगरौँ।तिमिले सोंचेका थियौँ भ्रष्टाचार मासने,
सजग बनौँ अब कसैकोपनि भर नगरौँ।

बलिको बोका बनाउँनेहरूको छैन कमि,
आफ्नै हातले गन्तव्य बिना डगर नगरौँ।

सात दशक सम्म लडेर रगतमा लेखेको,
यो देशको सम्विधानलाई वेकदर नगरौँ।

विदेशीहरूको दृष्टी सधैँ छ हिमालसम्म,
आफ्नै सन्तानहरूलाई अब वेघर नगरौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

कालो दिन जन्मायो निर्दयी सरकार गोली चलायो,
आन्दोलन उप्र घृणित गर्यो व्यबहार गोली चलायो।जेन जीको आन्दोलन ठिक थियो वा थिएन साथि,
बुझ्नै नसकी गर्न खोजेकै हो किनार गोली चलायो।मारिए चौध जना प्रदर्शनकारी दिए कुर्वानी आफ्नै,
लुकाउन आफ्नै सरकारले भ्रष्टाचार गोली चलायो।

जेन जेको सिद्धान्दान्त् विदेशमा सात भागमा छन्,
मर्म बुझ्ने जन्मिएन यो देशमै औतार गोली चलायो।

नेपालको यो अनावश्याक गृहयुद्धले विदेशमै पनि,
फैलियो नकारत्मक गृणीत समाचार गोली चलायो।

घाइतेको उपचार गर मृतकहरूको जिम्मालेउ अब,
माफी माग तेर्छाई जनतामा औजार गोली चलायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

मौकामा चौका हान्न खोज्नेहरू खञ्जर लुकाउछन्,
ढाक्छन् खोला बगिरहेका सहरमा बगर लुकाउछन्।दुश्मनलाई चिन्न सजिलो छ आफ्नालाई असजिलो,
पिठ्यूँमा बार गर्नेहरू जहिलेपनि अधर लुकाउछन्।भन्छन् केही गर्छन् केही दुई जिउरे हुन्छन् धेरैजसो,
हाम्रो अनुहार देखेपछि उनिहरूले रहर लुकाउछन्।

अंध्यारो छ जताततै तर रहिरहने छैन सधै अन्ध्यारो,
दियो जलाए पछि अंध्यारो आफै सफर लुकाउछन्।

गुनासो के गरौं कोसँग गरौँ सबै छन् यहाँ उस्ताउस्तै,
भएपनि कसैलाई डरको आफैले असर लुकाउँछन्।

बटेकाछन् सबै जगेडा त केही थोरै मात्र बचेका हौँ,
आउँन नदिई असल समाचार त्यो खबर लुकाउछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

चोरलाई चाबी दिएर कसरी इन्साफ हुन्साफ हुनसक्छ,
त्यो व्यवहारले बरू जताततै आफ्नै उपहास हुनसक्छ।उसले देशको लागि के गर्यो र समाजको लागि के गर्यो,
दलालहरू त बरू उनै विदेशीको लागि खास हुनसक्छ।आत्मानिर्भर आफ्नो देश नहुँदासम्म विदेश नगए भयो,
गन्दैनन् कसैले दुःख देखाउँदा आफ्नै तमास हुनसक्छ।

उमिदवार छान्दा पनि अलि देशभक्त छानौँ अब त फेरी,
हामिले गलती गर्यौं भने उस्तै विदेशीकै दास हुनसक्छ।

राम्रोलाई छाडि हाम्रैलाई छान्छन् र त दुःख पाए जनता,
अझैं कुरा बुझेनौँ भने मिसन चौरासी बक्वास हुनसक्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

अन्यायको बिरोध गर्ने रहर बनाए हुन्थ्यो,
खुब सुन्दर यो गाउँ र नगर बनाए हुन्थ्यो।फुलैफूलको बगैचामा चिसो पवन चल्दा,
भमरा दोषमुक्त त्यो नजर बनाए हुन्थ्यो।पत्थरलाई भगवान बनाउन खोज्नेहरू,
पत्थरलाई साँच्चाई पत्थर बनाए हुन्थ्यो।

सिकाउँछन् कला गहुथलीलेहरूले पनि,
लिएर शिक्षा आफ्नो घर बनाए हुन्थ्यो।

कायरहरू विवेकसिल हुन कहाँ रूचाए,
जीवन शंघर्षलाई हमसफर बनाए हुन्थ्यो।

कतिसम्म अनुदान र ऋणको बलमा बाचौँ,
अब आफ्नै देश आत्मनीर्भर बनाए हुन्थ्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

जिउदा समेत लाश जस्तै उपहास बनेर जिएका,
यी मन्त्रीहरू पनि विदेशीका दाश बनेर जिएका।कसै कसैमा मात्र हुन्छ विदेशी सङ्ग लड्ने सहास,
धेरैजसो हुन्छन् दलालि गर्दै खास बनेर जिएका।धेरै श्रमजिवीले खाडिबाट देशको कथा लेख्छन्,
कतै देख्दैन उनिहरू जिउंदा लाश बनेर जिएका।

बरू देशमा जसलाई छान्यो देशको रक्षेक भनी,
उनै भेटिन्छन् यो देशभित्र तमास बनेर जिएका।

कुनै एउटा घाउछैन विदेशीले दिएको देशलाई,
कयौ त भेटिन्छन् फोहोरको रास बनेर जिएको।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

व्यवहार मिलेपछि त आफ्नोपन लागेको हुन्छ,
मुर्झाएको बगैचा पनि सधैँ चमन लागेको हुन्छ।आत्मबिस्वास भए कतै सङ्का हुनुहुँदैन साथि
देशभक्तले बाँधेको टालो कफन लागेको हुन्छ।आउँछ त्यो दिन मानिस मानिसकै काम लाग्ला,
आज जसलाई सबथोक यो धन लागेको हुन्छ।

एक्लो आवाज भित्तामा ठोकिएर फर्किँदा यहाँ,
मलाई त बलियो माध्यम संगठन लागेको हुन्छ।

सम्मान त उसैलाई गर्दछन् आउँछ कहिले कसो,
उस्लाई कसले सोध्छ जो दनादन लागेको हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

जीवनमा यस्ता कयौँ न चिताएका खेल हुनेगर्छन्,
नाताहरू टुट्छन् कयौँ हमसफर बेमेल हुनेगर्छन्।जसलाई हामिले अब्बल ठानेकाहुन्छौँ दुनियामा,
र मनमै बिस्वास हुन्छ अक्सर उनै फेल हुनेगर्छन्।बा आँमा छोरा पढाए हुर्काए वृद्धाबस्थाका लागि,
बद्लामा उनैको आँखामा आँशुको भेल हुनेगर्छन्।

इमानदार श्रमिकले विदेश साहुको बफादार भयो,
अन्तिम अवस्थामा उनैको हात जेलनेल हुनेगर्छन्।

मानिसहरूले बस्तुलाई तिखारेर चमत्कार बनायो,
आफ्नै कलाको अगाडी आफू ओझेल हुनेगर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

न सुख्ख सङ्ग गास हुन्छ न कपास हुन्छ गरिबको,
महल बनाउछन् न ओटलाग्ने बास हुन्छ गरिबको।केभनौं मित्र भनि साध्यछैन संसारकै श्रमजीवीहरू,
समाधानको साटो समस्याको रास हुन्छ गरिबको।आवाद उनैले बनाउंछन् बञ्जर भूमिमा जहांकाहीं,
बिडम्वनाभनौं जहिलेपनी उठिबास हुन्छ गरिबको।

जसले अरूको भलोमा बफादारीपूर्ण गर्यो परिश्रम,
दु:खकै कुरा जतततै लावारिस लाश हुन्छ गरिबको।

हेरन जस्ले बनायो गगनचुम्बी सिशमहल ठुलासहर,
उनि वेनाम छन् तर ती सिप खास हुन्छन गरिबको।

कतै अनमोल उपहार उनकै कथाले सम्मान पाउंदा,
सधैभरी जीवनका योजना उपहास हुन्छ गरिबको।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

संसारमा मेरै देश वेमिसाल सुन्दर छ,
मधेश पहाडको सिर हिमाल सुन्दर छ।बग्दैछन् खोलाहरू छ्याङ् छ्याङ गर्दै,
ढुङ्गा माटोकै बिच मायाँजाल सुन्दर छ।वीर युवाहरू दुनियाँको शान बनेका,
कसतो लाग्छ कथामा बबाल सुन्दर छ।

दुई ढुङ्को तरूल भयिपनि देश हाम्रो,
निडर नत सिमानामा पर्खाल सुन्दर छ।

यत्ति दुःख लाग्छ नाईके भएनन् नेता,
भएपनि आर्थिकमा कङ्गाल सुन्दर छ।

स्वर्ग कतै छ भने विश्वमै छ यँहि देशमै,
विकास नभएपनि यो नेपाल सुन्दर छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १

संसारमा मेरै देश वेमिसाल सुन्दर छ,
मधेश पहाडको सिर हिमाल सुन्दर छ।बग्दैछन् खोलाहरू छ्याङ् छ्याङ गर्दै,
ढुङ्गा माटोकै बिच मायाँजाल सुन्दर छ।वीर युवाहरू दुनियाँको शान बनेका,
कसतो लाग्छ कथामा बबाल सुन्दर छ।

दुई ढुङ्को तरूल भयिपनि देश हाम्रो,
निडर नत सिमानामा पर्खाल सुन्दर छ।

यत्ति दुःख लाग्छ नाईके भएनन् नेता,
भएपनि आर्थिकमा कङ्गाल सुन्दर छ।

स्वर्ग कतै छ भने विश्वमै छ यँहि देशमै,
विकास नभएपनि यो नेपाल सुन्दर छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

यो प्यार हो मित्र यसको कुनै आकार हुनुहुँदैन,
भन्छ कतै पर्खाल वा कसैको छेकवार हुनुहुँदैन।यस्मै लाग्छ ठुलो पर्खाल दुश्मन् हुन्छन् यसैका,
भन्छन् तर राजनीतिको जस्तै तकरार हुनुहुँदैन।झिना मसिना कुरा हुन्छ बादविवाद हुन्छन सँगै,
त्यो अमूल्य धरोहरमा विवादित बिचार हुनुहुँदैन।

भनिन्छ फेरी फुल्छ फूल आउँछ वासना यसैमा,
कसरी सम्भव होला एक आर्कामा हार हुनुहुँदैन।

जस्तै साम्राज्यवादी एक्लौटे अधिकारका लागि,
अरूदेशभित्र विकास र उन्को निखार हुनुहुँदैन।

कलम र तरवार हिंशा र अहिन्साको भिडान्तमा,
जे सुकै भएपनि उनिहरूलाई छेकबार हुनुहुँदैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

अतिकर्मणमा परेका धेरै गाउँ र सहर हुन्छन्,
सरकार त यस्ता समाचारबाट वेखबर हुन्छन्।कस्ले भन्छ हामि छुट्टाछुट्टै पार्टीका मन मिल्दा,
गन्तव्य एउटै हो तर फरक मात्र डगर हुन्छन्।आएपछि समय नै खराब अरूलाई दोष केको,
दुश्मनको योजना हाम्रै गलतीमा निर्भर हुन्छन्।

कहिले आफ्नैसँग र कहिले दुश्मन सँग लड्यौँ,
कहिले आफ्नै मनसँग लडाईको सफर हुन्छन्।

एउटा मात्र सङ्कटमा पर्दैन मान्छे कहिलेकसो,
हिंडी रहँदा बाटैमा आफ्नै छाँयासँग डर हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्,
उनिहरूले धुरिमा चडेपनि पास सम्झिने भन्छन्।आफूले आफैलाई बनाई कटपुतली विदेशी सामु,
सधैँकालाई आफुलाई उन्कै दाश सम्झिने भन्छन्।देश डुब्नथाल्यो दलालिल गर्दा स्वाभिमान गुम्यो,
फेरिपनि किन हो जिउँदो लाश सम्झिन खोज्छन्।

बनेका हुन्छन् नेता विदेशीका कमारा कमारी बन्दै,
आफैलाई उनैले आज मधुमास सम्झिन खोज्छन्।

कलो खानेहरू र्याल चुहाएका हुन्छ उसैको अँघी,
उसैले दिएको गास बासको रास सम्झिन खोज्छन्।

लाज लाग्दैन आफूलाई नेता ठान्नेहरू यो देशका,
देशभक्तीलाई किन हो उपहास सम्झिन खोज्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

कुसंस्कार भरिएका चाढ पर्वहरूले दास बनाएका छन्,
महिलाहरूलाई यिनैले त साच्चै उपहास बनाएका छन्।दिदी बहिनीहरू माइतिमा आउन कुनै पर्व नकुर्नु तिमी,
छाड रूढिवाद जस्ले तिमिलाई नै तमास बनाएका छन्।हुने खानेहरूले उपयोग गरेका हुन्छन् धनको खेलो मा,
आफ्नै लागि सधैँ यिनैले मेला पर्व खास बनाएका छन्।

गरिब श्रमजीविलाई न थिए महान यिनिहरू कुनै वेला,
न अहिले बरू ऋण लागेर जिउँदा लास बनाएका छन्।

खुसी हुनका लागि पातिले बारेको बुकुरामै पुगेर हेरौँ,
व्यश्यालयमा जिउँदा लासका पनि रास बनाएका छन्।

कसरी सम्झाउँ मैले दिक्क लाग्छ आआफ्नै हुन्छ राँको,
दिएर मिठो बिष पुजिँवादले आफ्नै गास बनाएका छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

हुँदैन कसलाई कत्ती खबर जिन्दगिको,
कहाँ गएर टुङ्गिने छ सफर जिन्दगिको।अर्कैको लागि आफ्नो बगाएका पसिना,
यो कर्तव्यहो की होला रहर जिन्दगिको।के थियो जन्मायो जसले हुर्कायो उसैले,
सुकेर बन्यो खोला त्यो बगर जिन्दगिको।

घाउ सुकेपनि यही खाटो नसुक्ने मनमा,
झल्किन्छ प्रतिबिम्वनै अधर जिन्दगिको।

एक मुट्ठी सहासले नै चलेको हुन्छ पुर्जा,
कहाँसम्म पुग्छ सहास केभर जिन्दगिको।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

कसैलाई कर छ कसैलाई रहर पनि हुन्छ,
योजिन्दगी कसैकसैमा निर्भर पनि हुन्छ।आफ्नै छायाँले समेत पच्छाउँदैन कहिले,
प्रश्न चिन्ह बोकेको कुनै सफर पनि हुन्छ।उसले जन्मायो हुर्कायो घरभरी छोराछरी,
उसकै वृद्धावास्थामा रित्तो घर पनि हुन्छ।

जन्मिन्छन् जीव मर्छन् यो प्रकृतीकै देनहो
कयौं खाडापर्छन् कसैको भर्खर पनि हुन्छ।

ठग्न खोज्छन् आफ्नै भित्रका बहेरूपी ले,
आफ्नो दर्दमै उज्यालो उन्का अधर हुन्छ।

पैसानै रहिछ ठुलो यो मानिसकै समाजमा,
जीवन डुबाएर पनि औलाद वेखबर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

ढिलाभयो देश जोगाउन कहिले खबरदार गर्ने हामिले,
स्वाभिमानको रक्षागर्न संसार कहिले ग्वार गर्ने हामिले।चुच्चे नक्सा त हामिसँग छ भूभाग अरू कसैसँग पुग्यो,
यो अन्यायको बिरूद्ध किन छिट्टै उपचार नगर्ने हामिले।साम्राज्यवादीहरूको एकताले देश सङ्कटमा परेकै छ,
कहिलेसम्म उनिहरूको यो दमन चिरफार नगर्ने हामिले।

समय आयो उठौँ मधेश जागौँ पहाड जुर्मुराउ हिमाली ,
अब विश्वमै चिनाउ देश किन यो उजगार नगर्ने हामिले।

कालापानि लिपुलेख लिम्पियाधुरा किन छाड्ने भूभाग,
सरकार देउ ज्ञापन दुबैलाई किन केरकार नगर्ने हामिले।

कहिले खोस्छ ब्रिटिष्टले कहिले खोस्छ भार चीनले देश,
भनिदेउ विश्वका बुद्दीजीवि देशसँग प्यार नगर्ने हामिले ?

सुरेशकुमार पाण्डे दाङ घोराही १८

मानिस भित्र राक्षशले बास गरे झैं लाग्छ,
भित्रभित्रै मानवताको लाश गरे झैं लाग्छ।बालिकहरू किन जन्मायो बन्नलाई बाबा,
त्यो कर्मले आफ्नो उपहास गरे झैँ लाग्छ।कति हैवान बन्यो उसले देखायो मर्दान्गी,
उस्लाई बालत्कार नि खास गरे झैँ लाग्छ।

छि छि निन्दनिय अपराध फाँशी दिनुपर्ने,
नियम कानुन् किन वाईपास गरे झैँ लाग्छ।

कस्तो यो मानव समाज लिप्त भ्रष्टाचारमै,
असङ्ख्या अपराधको राश गरे झैँ लाग्छ।

अपराधीलाई किन सफाई दिन्छन् देशमा,
खै किन कानुनले नै तमास गरे झैँ लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

देशमा काम छैन राजनीतिकै व्यापार हुनेगर्छ,
कमिसन नै जीवन यापनको आधार हुनेगर्छ।आफ्नै घुस्छन् दलाल बनी कमिसनका लागि,
उनैको बलमा हिंजोआजको सरकार हुनेगर्छ।विदेशमै पठाउँ छ रत रेमिटेंस भित्रिन्छ साथि,
त्यसैले त यो देशको विदेशी हकदार हुनेगर्छ।

केहि कमि छ भने छ नेताको नियतिको कमी,
त्यसैले त देशभरि नै अचेल भ्रष्टाचार हुनेगर्छ।

लगायौँ नारा असमान सन्धिकै बिरोधमा सधैँ,
यहाँ जुनसुकै गएपनि असमान करार हुनेगर्छ।

जस्ले भ्रष्टाचार गर्यो अपराध गर्यो सफा भयो,
सोझा निर्दोशलाई मात्र सधैँ चिरफार हुनेगर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

आयो तीजको पर्वमा अब खास हुनुपर्छ,
गाउ घरमा धेरै खुसिहरूको रास हुनुपर्छ।छाडौं खर्चिलो नबनाउ चाड पर्व हामिले,
ऋण लागे पछि त कसैको दास हुनुपर्छ।प्रगतिमा रमाउंन खुसी साटासाट सबैले,
सबै चेलि बेटीको दु:खको नास हुनुपर्छ।

अन्याय हुन्छ अत्याचार छ महिला माथि,
त्यसैको बिरोध गर्न उठ्ने सहास हुनुपर्छ।

मिलेर लडौं वर्गिय लडाई पुरूष महिंला,
आफ्नै देशमा गास,बास,कपास हुनुपर्छ‌।

नजाउ विदेश युवाहरू गरौं केही देशमा,
यो देशले निकास पाउन विकास हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८