महाशिवरात्रि: सृष्टि, शक्ति र रूपान्तरणको महासंगम
नेपाली संस्कृति र सनातन हिन्दू धर्मको मुटुमा बसेको पर्व हो— महाशिवरात्रि। फाल्गुन कृष्ण चतुर्दशीको कालो रात, जसलाई वर्षकै सबैभन्दा अँध्यारो रातमध्ये एक मानिन्छ, त्यही रातमा ‘शिव’ नामक ज्योतिको प्रादुर्भाव हुनु आफैंमा एउटा रहस्यमयी र अर्थपूर्ण संयोग हो। शिवको अर्थ ‘कल्याण’…









