गोबिन्द राज ओझा (राजन) को गिती कविता..

तिमिले बोलाएकि रहेछौ

तिमिले बोलाएकि रहेछौ मैले थाहा पाईन

तिम्रो आवाज मैले सुन्न सकिन

सम्झना थियो मन भरिको भन्न सकिन

मनको कुरा तिमिलाई बुझाउन सकिएन

संङघर्ष गरेर म यहाँ पुगेको थिए

तिम्रो ठाउँमा पुग्न नसकि तिमिलाई बोलाए

जे भनेर तिमिले मलाई बोलाउछौ

यो समयमा म खुसि नै छु

जे छ त्यसैमा सन्तोष भएर बाच्नुपर्छ

लुकेर नबस तिमि यि नयनले देखिसकेको छु

मेरी मायालुको लागि

मेरी मायालुको लागि माया दिलमा रहेको छ
रमाई रमाई बसेको यो क्षणको महत्व छ

आफैले कर्म गरेर जिन्दगिको रेखा बदल्नु छ

तिमिले गित गाउछौ प्रिय मैले त रमाउनु छदैछ

मलाई लाग्छ तिमि सँग युगौ युग पहिलेको नाता छ

तिम्रो साथ मैले हुदा हेर्ने जगत बेग्लै छ

के भयो मलाई तिमि सँग बोल्न भुले

तिमि साथमा हुदा पनि मैले के के सोचे

मुहार मेरो सधै खुसि भइरहेको हुन्छ

समय आउछ पक्कै लक्ष्यमा पुगिन्छ

यो मेरो समय खुसिले रमाएको छ

मेरी मायाको लागि माया दिलमा रहेको छ

तिमिले गर्ने मायाको बारेमा

तिमिले गर्ने मायाको बारेमा थाहा भयो

सधै सँगै बाच्ने तिम्रो वाचा बन्धन अहिले देखियो

तिमिले गर्ने मायाको बारेमा थाहा भयो

मेरो माया सच्चा र निस्वार्थ हृदृय देखी भयो

उनले म सँग बिहेको पस्ताव राखेको थिए

कोमल हातहरुले ईसारा गरेको थिए

तिमिलाई उपहार दिनको लागि फुल पनि ल्याईयो

तिमिले गर्ने मायाको बारेमा थाहा भयो

सयौ जुनि नछुटिने कसम खाएका थियौ

यो मनको चाहमा तिमि रहेकि थियौ

तिमिले गर्ने मायाको बारेमा थाहा भयो

सधै सँगै बाच्ने तिम्रो वाचा बन्धन अहिले देखियो

यो दुनियामा प्रेम भन्ने शब्द  ईश्वरको वरदान रहेछ

दिलको गहिराई बाट चाह हुदोरहेछ

हाम्रो माया प्रेममा ईश्वरले सधै साथ दिन्छन

तिमिलाई भेटन भनि यि आखाले बाटो हेर्छन

तिमिले गर्ने मायाको बारेमा थाहा भयो

सधै सँगै बाच्ने तिम्रो वाचा बन्धन अहिले देखियो

केहि भन्न मन छ मेरि मनकि

केहि भन्न मन छ मेरि मनकि मायालु

कुन शब्दले बोलाउ तिमि छौ कि रिसालु

तिम्रो त्यो हेराईमा जादु रहेछ

मेरो कहानि सुनेर तिम्रो चित्त बुझेछ

प्रश्न गरि सोध्न सक्छौ धेरै कुरा

कुन शब्दले बोलाउदा हुन्छ ईच्छा पुरा

मन्द मुस्कान छरेर मलाई खुसि बनायौ

मेरो काखमा आएर एकपल्ट त बस्यौ

के गर्ने ईच्छा छ मेरो मनकि मायालु

कुन शब्दले बोलाउ तिमि छौ कि रिसालु

केहि भन्न मन छ मेरि मनकि मायालु

कुन शब्दले बोलाउ तिमि छौ कि रिसालु

यो मेरो भाग्यको खेल

यो मेरो भाग्यको खेल पनि यस्तै रहेछ

माया गर्ने मनलाई पनि प्रश्न सोध्न परेछ

साचो मायाले दिलमा ठाउँ पाउछ

अनेक आशाहरु सँगै जिवन अगाडि बढछ

केहि काम गर्ने लक्ष्य लिएको थिए मैले

यो भाग्यको खेल रहेछ जिन्दगि भन्ने ठाने

माया गर्ने मान्छे तिम्रो समिप आउनु परेको छ

यो मेरो भाग्यको खेल पनि यस्तै रहेछ

तिमि सँग मेरो भेटघाट………

तिमि सँग मेरो भेटघाट होस

यात्रा टाढा होला साथ तिमिसँग रहोस

लज्जाएकि तिमिलाई कसरि हेँरुला

तिमि सँग गफ गर्दै हिडदै गरुला

सुनाउ तिमिले तिम्रो गाउँतिरका भाकाहरु

खुलस्त होस मनका ति कुराहरु

कति लज्जाउछौ , लज्जाएर तिमि लुक्न खोज्छौ

गफ गर्दै बसुला ,तिमि सँग म रमाउछु

ईशाराले तिमि सँग केहि भन्न खोजिरहेको छु

तिमि सँगै जिवन काटौला भन्ने सोचेको छु

मेरी मायालुको लागि

मेरी मायालुको लागि माया दिलमा रहेको छ

रमाई रमाई बसेको यो क्षणको महत्व छ

आफैले कर्म गरेर जिन्दगिको रेखा बदल्नु छ

तिमिले गित गाउछौ प्रिय मैले त रमाउनु छदैछ

मलाई लाग्छ तिमि सँग युगौ युग पहिलेको नाता छ

तिम्रो साथ मैले हुदा हेर्ने जगत बेग्लै छ

के भयो मलाई तिमि सँग बोल्न भुले

तिमि साथमा हुदा पनि मैले के के सोचे

मुहार मेरो सधै खुसि भइरहेको हुन्छ

समय आउछ पक्कै लक्ष्यमा पुगिन्छ

यो मेरो समय खुसिले रमाएको  छ

मेरी मायाको लागि माया दिलमा रहेको छ ।

मेरो दिलको मान्छे मलाई

मेरो दिलको मान्छे मलाई पनि साथमा लैजाउ

यो लामो यात्रामा मलाई पनि बाटो देखाउ

जव तिमि समिप हुन्छौ ,यो अनुहारमा मुस्कान आउछ

स्पर्श गरेर  मलाई हेर्दा यो दिलमा काउकुती लाग्छ

शिवरात्रिको यो  मेलामा नहेरिदेउ तिमिले

आउ एकान्तमा केहि कुरा गर्यौ हामिले

तिमि सधै रमाईरहनु, यो मेरो मनले भन्छ

तिम्रै मायाले मलाई जिवित बनाई राख्छ

पुगे म चौतारिमा केहि समय बस्न देउन

यो लामो यात्रामा मलाई पनि बाटो देखाउन

मेरो दिलको मान्छे मलाई पनि साथमा लैजाउ

यो लामो यात्रामा मलाई पनि बाटो देखाउ

यो एउटा युगको आवाज हो

यो एउटा युगको आवाज हो कसले रोक्नसक्छ

बिबेक पुर्याएर आफैलाई सम्झिएर कार्य गर्नुपर्छ

अस्तित्वको लागि लडाई लडनुपर्ने बाध्यता छ

सबैको हक अधिकारको लागि लडाई गर्नु छ

निश्वार्थ सेवा गर्न म यहा तयार छु

आफुलाई आफैले सम्झि  राखेको  छु

यो दिलबाट सबैलाई सम्झिराख्नु छ

मैले गरेको शृजनाहरु सुरक्षित राख्नु छ

मेरि आमालाई सम्झि मैले फर्कि आउनु छ

यो मेरो गाउँमा परिवर्तनको लागि केहि गर्नु छ

मेरो यो यात्रामा भएका कुरा तिमिलाई भन्नु छ

सबैको हक अधिकारको लागि लडाई गर्नु छ

कर्तव्य र भुमिकाको बारेमा सचेत रहनु छ

आज मैले धेरै गहिरिएर सोच्नुपर्ने छ

संविधान

संविधान हाम्रो देशको शान हो

संविधान सबैको पहिचान हो

यो देशको संविधान जो छ

मौलिक हक अधिकारहरु संविधानले सुनिश्चित गरेको छ

सबै जाति , भाषा , धर्मलाई सम्मान गरेको छ

सारा नेपालिहरुको  सम्मान गरेको छ

लोकतान्त्रिक व्यवस्था संविधानले सुनिश्चित गरेको छ

सबैलाई आफ्नो कर्तव्यको बोध गराएको छ

स्वतन्त्र राष्ट्रको पहिचान संविधानले दिएको छ

सबैलाई न्याय दिनु यसको उदश्ये रहेको छ

देशमा शान्ति सुरक्षा प्रदान गर्न संविधानले बोलेको छ

संबिधानले नै देशलाई धर्म निरपेक्ष बनाएको छ

देशमा न्याय नपाएर रुनुपर्ने छैन

खान नपाएर भोको पेटमा बस्नुपर्ने छैन

बस्ने बास नभएकालाई बस्ने झुपडि बनाउनेछ

सबै गरिव वर्गलाई निशुल्क उपचारको व्यवस्था गर्ने छ

गरिवि र विरोजगारहरुलाई रोजगारिको व्यवस्था गर्ने छ

स्वतन्त्र बाच्ने अधिकारको र गास, बास , कपासको सुनिश्चित गर्नेछ

देशमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरेको छ

संविधानले सबैलाई समान अधिकार दिएको छ

सबै देशबासिलाई मार्गदर्शन गरेको छ

सबै गरिव वर्गलाई निशुल्क उपचारको व्यवस्था गर्ने छ

तिम्रो हासो नै हो मेरो

तिम्रो हासो नै हो मेरो खुसि भनेको

तिम्रो मुस्कान नै हो मेरो जिन्दगि भनेको

तिमि हास प्रिय मेरो अनुहारमा खुसि आउछ

म देखि टाढा नजाउ तिमि यो मन रुन्छ

तिमि यो ठाउँमा आउ मेरो दिलले भन्छ

तिमि हास्दा तिमि सँगै मेरो मन हास्छ

मेरो बारेमा गित बनाई गाउनेछौ होला

भावना बगेर मन भित्र चित्र बनाउछौ होला

तिमि आउ, मेरि मायालु तिमि आउ

मन्द मुस्कान छरेर एकपल्ट हासिदेउ

प्राण  रहेसम्म लड्छौ राष्ट्र

प्राण  रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि

सुस्ता, कालापानि र लिपुलेक नेपालमा छ देखाउनका लागि

एक मुठी सास रहुन्जेल , हामी निरन्तर   लड्छौं

हाम्रो यो देशको भुमी,   एक इञ्ची पनि छोड्दैनौं

सुघौली सन्धीका बारेमा पनि गम्भिर भएर सोच्नुपर्छ

कालापानि, लिपुलेक र लिम्पियाधुराको बारेमा सबैले सोच्नुपर्छ

सिमाको सुरक्षाको लागि सबै नेपालिमा एकता हुन पर्छ                                                            आज सबैले नेपाल आमाको आशु पुछनुपर्छ

प्राण  रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि

सुस्ता, कालापानि र लिपुलेक नेपालमा छ देखाउनका लागि

यो मनले सम्झिएर तिमिलाई

यो मनले सम्झिएर तिमिलाई भेटन खोजे

मेरो यो दिलमा सजाएर तिमिलाई राखे

त्यो लामो यात्रा र तिमि सँग भएका कुराकानिहरु

त्यहाँ बसेको त्यो होटल साथमा खाना खाएका पलहरु

यो मनले सम्झिएर तिमिलाई भेटन खोजे

मेरो यो दिलमा सजाएर तिमिलाई राखे

आयौ तिमि भेट भयो मेरो मुहार खुसि भयो

यो मेरो दिलका कुराहरु तिमिलाई सुनाईने भयो

यो मनले सम्झिएर तिमिलाई भेटन खोजे

मेरो यो दिलमा सजाएर तिमिलाई राखे

तिमि सँग रमाएर अंकमाल गरे

अनि छुटिदा आशु झर्यो आशु पछेर बसे

यो मनले सम्झिएर तिमिलाई भेटन खोजे

मेरो यो दिलमा सजाएर तिमिलाई राखे

मैले तिमिलाई सम्झिएर

मैले तिमिलाई सम्झिएर बस्न थालेको छु

तिम्रो प्रेममा परेर घुम्न लागेको छु

अहिले यहाँ बसि मेरो लागि मस्किदेउ

प्रेमका शब्दहरुले यो मनलाई भरिदेउ

आउन आउ तिमि आउ मेरो मन  भुलाउछु

तिम्रो प्रेममा परेर घुम्न लागेको छु

सुन्दर सिर्जनाको एक टुक्रा हौ

तिमि मेरो विश्वासमा छौ

तिम्रो प्रेमको सागरमा डुबेको छु

तिम्रो प्रेममा परेर घुम्न लागेको छु

यो दिलको ढोका  

यो दिलको ढोका खुल्लै छ

तिमि आउछौ भनेर बाटोमा बसिएछ

तिम्रो झझल्को आईरहन्छ

किन मलाई तिम्रो सम्झनाले सताउछ

हेर्छु मैले तिमिलाई हासेर हिडेको

सम्झन्छु जिस्क्याएर खुसि भएको

तिम्रो मायामा डुबेर बसेको छु

मेरो रुमाल चिनो तिमिलाई दिएको छु

कल्पना डुबेर मैले बसेको छु

तिम्रो मायाले सतायर आएको छु

तिम्रो मनमा मायाको सागर

तिम्रो मनमा मायाको सागर बगिरहेछ

त्यहि सागरमा मेरो जिन्दगि पौडिरहेछ

मेरो सपनालाई तिमिले साकार हुन देउ

मलाई प्रेमको गहिराईमा डुब्न देउ

मेरो ढुकढुकीमा बास गर्न समय देउ

कति बेगले बग्छ दिलको माया महसुस गरिदेउ

यो ठाउँमा दीप बाले बल्न देउ

मायाको यो शिलशिला सधै भरि चल्न देउ

तिम्रो मनमा मायाको सागर बगिरहेछ

त्यहि सागरमा मेरो जिन्दगि पौडिरहेछ

मेरो सपनिमा सधै

मेरो सपनिमा सधै आएर बसिदियौ

मेरो भोक,निद्रा सबै खोसेर लग्यौ

कसरी बोलु म बोल्न नसक्ने बनायौ

मायाको बन्धनले बलियो गरि बाधिदियौ

यादमा डुबिरहेथे पलहरु  मायालुको आभासमा

मोहनिको  मन्त्रले बादिदियौ मनमा

ति नयनबाट आशु बगाई रिता व बनाईदियौ

तिम्रो त्यो परेलिमा मेरो माया लुकाई दियौ

यो जिन्दगिमा तिमिले

यो जिन्दगिमा तिमिले मलाइ साथ दिनुपर्छ

जिन्दगिको सुख,दु:खमा सँगै रहनुपर्छ

म टाढा जादैछु तिमि खोजि गर्न आउनु है

बाटो बिर्सन सक्छु मैले तिमिले सम्झाउनु है

यो जिन्दगिमा तिमिले मलाइ साथ दिनुपर्छ

जिन्दगिको सुख,दु:खमा सँगै रहनुपर्छ

लामो यात्रामा आराम गर्ने ठाउँ देखाउनु है

म टाढा जादैछु तिमि खोजि गर्न आउनु है

मेरो मायाले आयौ त्यति

मेरो मायाले आयौ त्यति टाढा बाट तिमि

यो सम्झना हो रुवाउछ जहिले नि

म यहाँ हासि खुसि बाचेको छु

सम्झनाहरु यो मनमा राखेको छु

यो मन हो मनमा के के सोचिन्छ

सबै आईसकेछन तिम्रो कहिले फर्कने विचार छ

मेरो मायाले आयौ त्यति टाढा बाट तिमि

यो सम्झना हो रुवाउछ जहिले नि

त्यो डाडामा कसैले गित

त्यो डाडामा कसैले गित गाएको सुनियो

उनको गितले बाटोमा रमाईलो भयो

त्यो ठाउँ नदिको बगरमा रमाएछ मन

साथिले फेरि गित सुनाए झनझन

उनका भावनालाई सम्मान गर्नुपर्छ

उनको स्वरमा स्वर मिलाएर हिडनुपर्छ

पसिना पसिना भएर आएको छिन उनि

लेकमा फुलेका लालिगुराउसलाई हेरि

यो समाजको लागि केहि सोचेर हिडियो

उनको गितले बाटोमा रमाईलो भयो

के दिउ तिमिलाई उपहार भनेर

के दिउ तिमिलाई उपहार भनेर सोच्दैछु

मैले आज किन यो मनलाई रुवाउदै छु

दिन त खोजे तिमिलाई म सँग केहि छैन

त्यहि कुरा सम्झियर बसे झुटा बोलेको हैन

ल्याएको थिए तिमिलाई भनि मिठो गित

त्यहि गितले बढेको हो हाम्रो प्रित

तस्विर खिचेर राखेको थिए मैले दिलमा

मायाको चिनो तिमिलाई दिन राखे यहाँ

के दिउ तिमिलाई उपहार भनेर सोच्दैछु

मैले आज किन यो मनलाई रुवाउदै छु

तिम्रो कथा सुन्छु

तिम्रो कथा सुन्छु मैले सुन्न देउ

तिम्रो काखमा एकछिन निदाउन देउ

यो दिन रमाईलो गरेर बिताउनु छ

सँगै रमाउन तिमिलाई बोलाउनु छ

कसरि समय गएछ ,कैले आएछ जवानि

हास्दै ,खेल्दै बिताए छौ यो समय पनि

हिमाल ,पाहाड सबैतिर घुम्नुपर्ने छ

हात समाएर ,सबै ठाउहरु देखाउनु छ

तिमिलाई सुनाउन यो कुरा भनेको छु

कहिले मेरो हुन्छौ भनि दिन गनेको छु

तिमिलाई देख्ने मेरो ईच्छा पुरा गर्ने छु

तिमिलाई आफ्नो मान्छे बनाउन आउदैछु

तिम्रो कथा सुन्छु मैले सुन्न देउ

तिम्रो काखमा एकछिन निदाउन देउ

यो दिन रमाईलो गरेर बिताउनु छ

सँगै रमाउन तिमिलाई बोलाउनु छ

सोच्छु जिबनको मेरो

सोच्छु जिबनको मेरो कथाको बारेमा

बसन्त ऋतु र प्रकृतिको बारेमा

जिन्दगिको गहिराईबाट आफुलाई हेर्छु

हर रात सपनिमा तिमिलाई देख्छु

यो मुटुमा बास गर्ने उनि नै थिईन एक

उपहार दिन भनेर फुलहरु ल्याईन अनेक

केहि कुरा भन तिमिलाई थाहा भएको

मन मुटु बाट भन्नलाई आतुर भएको

यो दिललाई सम्झाउन गाह्रो छ यहाँ

सोच्छु जिबनको मेरो कथाको बारेमा

मेरा यि नयनमा तिमिलाई…..

मेरा यि नयनमा तिमिलाई खोजिरहछु

यो मुटुमा बास गर्यौ कि भन्ने सोचिरहन्छु

दिनुपर्ला फुलको माला उपहार तिमिलाई

यो मनको कुरा जानेर मुखले बोल्नेलाई

केहि कुरा त सुनाएर जाउ जाने बेला

जानकारि देउ कता हिड्यौ भन्ने कुरा

किन होला तिम्रो सम्झना आईरहन्छ

यो मुटुमा बास गर्यौ कि भन्ने सोच आईरहन्छ

तिमिलाई खुसि बनाउनका यहाँ आएको छु

किन मनमा तिमिलाई राखेर बसेको छु

खोजिरहन्छु कता छौ कता भनेर

गयौ त्यहा यो दिल खुसि बनाएर

मलाई अब सञ्चो भईसक्यो

मलाई अब सञ्चो भईसक्यो हिडन सक्ने भईसके

मेरो दिलमा बसेछौ मैले तिमिलाई रोजिसके

तिम्रो साहरामा त्यो पर्वत चढने मन छ

त्यहि पर त्यो ठाउँमा मेरो आफ्नो घर छ

समय सँगै मैले तिम्रो साथ पाएछु

तिम्रो मिठो मुस्कानमा यो जिन्दगि भुलाएछु

जिन्दगिमा भरोसा त गर्नै पर्ने रहेछ

जता गए ,जहा गए पनि गन्तव्य एउटै रहेछ

फुल फुलेको सुन्दर यो बगैचामा

यहाँ बसेको छु तिम्रो सम्झनामा

हिड्न गाह्रो भयो टेक्न लौरो खोजिरहेछु

दु:ख पर्दा मैले तिम्रो साथ पाईरहेछु

 

यस्तो लाग्छ जिन्दगिमा तिमि

यस्तो लाग्छ जिन्दगिमा तिमि सँग भेट भएपछि

तिमि मेरो आफ्नो मान्छे दिल भित्र पसेपछि

यो धर्ति , यो आकाश भित्र पसेर हेरे मैले

मुहारमा हेरे मैले तिमिलाई खुसि देखे

यो घर मैले सजाएर राखेको छु

मनका कुरा मनमा राखेर बसेको छु

यो प्रकृतिको सुन्दरताले मन मेरो लोभ्यायो

जिन्दगिमा खुसि भई बाच्न सिकायो

मन शान्त भयो मेरो सितल हावा चलेपछि

यो मेरो मनको चाहनामा तिम्रो नाम लेखेपछि

कस्तो हुन्छ जिन्दगि एकपल्ट सोच्ने गर्छु

समय मिल्यो भने मैले तिमिलाई भेटने गर्छु

खान भनि रुखमा चढे सबै

खान भनि रुखमा चढे सबै फल काचो रै छ

यो संसारमा मेरो जस्तो व्यवहार कहाँ पाईन्छ

यो जिन्दगिलाई गहिरिएर सोच्ने बेला आएको छ

आज यो जिन्दगिमा के भएर गएको रहेछ

यो संसारमा सोचे जस्तो सबै कुरा कहाँ हुदोरहेछ

जिन्दगि आफ्नो गतिले सधै दिडिरहने भएछ

मेरा कुरा भन्न खोज्छन मेरा यि ओठहरु

बोलाएर उनलाई हेर्छन मेरा यि नजरहरु

यो मनमा आज सन्चो भएको छ

शितल हावाको शितलताले मन उडाएको छ

के के भयो सबै कुरा पानामा लेखिदेउ

एकचोटि भेट गरि अङ्कमाल गर्न देउ

जिन्दगिका अनेक मोडमा सुख ,दुख भोगेको छु

कसरि म आज अलमलमा परेको छु

तिमि सँग भेट गर्न खबर पठाएको छु

मनमनै जिन्दगिलाई बदल्न खोजिरहेको छु

यो मन मेरो सधै खुसि भईरहनेछ

खान भनि रुखमा चढे सबै फल काचो रै छ

तिमिलाई माया गर्न खोज्दा

तिमिलाई माया गर्न खोज्दा धेरै दुख पाए मैले

एउटै ठाउँमा बस्दा समेत बोल्न नसकि हिडे मैले

यो मन बाट माया बाडि तिमिलाई दिउ जस्तो लाग्यो

मनका सबै कुरा भन्न केहि समय लाग्ने भयो

मेरा नयनमा तिमि नै बसेकि हुन्छौ

यादमा आएर तिमिले निन्द्रा भगाउछौ

हर मुस्किलका क्षणमा तिम्रो साथ रहन्छ

यो मेरो मनले तिमिलाई माया गरि रहन्छ

तिमिलाई माया गर्न खोज्दा धेरै दुख पाए मैले

एउटै ठाउमा बस्दा समेत बोल्न नसकि हिडे मैले

जिवन के हो  

जिवन के हो ?  परिभाषा खोजिरहेको छु

कहाँ पुगिन्छ यात्रामा मैले सोचिरहेको छु

टुक्रिएको मनलाई मैले जोडने कोसिस गरेको छु

जिवन के हो  परिभाषा खोजिरहेको छु

दिल देखि माया गर्ने दिलमाया थियौ

सधै मलाई उनिले साथ दिई रह्यौ

जिवन के हो ?  परिभाषा खोजिरहेको छु

जिन्दगिको यात्रामा तिमि सँग घुम्दैछु

जिवन के हो  परिभाषा खोजिरहेको छु

कहाँ पुगिन्छ यात्रामा मैले सोचिरहेको छु

तिम्रो यादमा यहाँ बसेको छु

तिम्रो यादमा यहाँ बसेको छु मेरि दिलकि मायालु

केहि त बोल तिम्रो बोलि सुन्न आतुर छु

मेरो दिलले सधै तिमिलाई नै माया गरिरहने छ

यो मन , यो शृष्टिमा दिलबाट तिमि नै रोजेको छु

मैले यो मेरो दिलमा खोज्दा तिमिलाई पाउछु

माया प्रेमको साईनो तिमि सँग लगाउछु

तिम्रो यादमा यहाँ बसेको छु मेरि दिलकि मायालु

केहि त बोल तिम्रो बोलि सुन्न आतुर छु

 

यो दिलमा राज गर्यौ        

यो दिलमा राज गर्यौ मेरो मन रमायो

आशा गरेर भए पनि जिन्दगि चलिरह्यो

यि नयनले एकपल्ट तिमिलाई हेर्नुपर्यो

यो खुसि, यो उमङ्ग मेरो मन डुलिरह्यो

समिपमै रहु लाग्छ मलाई यो जिन्दगिमा

तिमि नै हौ मेरो भन्नु यो जगतमा

रमाई रह्यो मेरो मन खुसि नै खुसिमा

भन्नुपर्ने धेरै कुरा थियो केहि बोल्छु यो समयमा

खोज्दै हिडछु तिम्रो याद आई सम्झना बस्दा

आफ्नो मान्छे तिमि मेरो मनको चाहनामा रहदा

तिमि सँग रोकिए म कुन्नि के भएछ

मेरो दिलमा पनि तिम्रो लागि माया रहेछ

सुन्दर नदि यो हिमालबाट

सुन्दर नदि यो हिमालबाट बगिरहेको छ

यो तालमा कमलको फुल फुलेको छ

प्रकृतिले काचुलि फेर्दा बसन्त ऋतु आउछ

यि नदि ,नला, यो प्रकृतिले सुन्दरता बढाएको छ

मैले यहाँ बसेर उनको आवाज सुनेको छु

उनि सँग हास्दै ,खेल्दै रमाएको छु

जाडो मौसम आयो न्यानो लुगा किन्न सकिन

कहाँबाट नयाँ लुगा ल्याएर लगाउ भन्छ मन

गुराउसको फुल सँग रमाउछ मेरो मन

हेरिरहन्छु मैले यि नदि ,नला र झरना

मैले त्यहा पुगेर तिमि सँग

मैले त्यहा पुगेर तिमि सँग भेट गर्नेछु

मेरो घरबाट तिमिलाई बोलाउन आउनेछु

भोलि आउला, पर्सि आउला घर नआई कहाँ जाउला

यो जिन्दगिमा सधै बिछोड मात्र कति सहुला

माया प्रेमका भाषामा मिठा मिठा कुरा गरुला

उनेर प्रितिको फुलको माला तिमिलाई भेटौला

मनमा आश गरि राख  म घर फर्कछु

त्यो डाडापारि बसेर ठुलो स्वरमा गित गाउछु

शंका नमान है म अवश्य आउछु

आँखाबाट आशु नझार न अवश्य आउछु

मैले त्यहा पुगेर तिमि सँग भेट गर्नेछु

मेरो घरबाट तिमिलाई बोलाउन आउनेछु

मेरो मायालुको मनमा के छ

मेरो मायालुको मनमा के छ किन बोल्दिनौ

मेरो हातबाट के गल्ति भयो किन फर्केर हेर्दिनौ

केहि कुरा भन्छु मैले रिसानि हुदैन भने

सानो सानो कुरामा चित्त दुखाउदैनौ भने

सबै कुरा सोधे मैले दिलबाट विश्वास गरि

तिम्रो मन दुख्छ होला गालि मात्र गरे पछि

सबै कुरा मिलाउने मानिसको व्यवहार हुन्छ

तिमि नजिक आएर बसे तिमि सँग कुराकानि हुन्छ

तिम्रो दिलमा ठाउँ देउ मायाले भर्नु पर्ने छ

सुन्दर रुप तिम्रो मेरो आँखामा बसेको हुन्छ

मैले सबै कुरा अहिले नै तिमि सँग गर्नुपर्छ

गल्ति त गरे होला तिमिले मलाई माफि दिनुपर्छ

सपनाहरु त थिए होलान यो

सपनाहरु त थिए होलान यो जिन्दगिमा मेरा

साकार कसरि हुने हुन यो जिन्दगिमा

एउटा लक्ष्य थियो मेरो कहिले पुग्छ थाहा छैन

कसरी लक्ष्य सम्म पुग्ने कसैले साथ दिदैन

मेरो जिन्दगिका सपनाहरु सम्बोधन कसले गर्ला

लक्ष्य सम्म पुग्न मलाई साथ कसको मिल्ला

केहि गरौ मनले भन्छ सायद भाग्यले गर्न दिदैन

मेरा सपनाहरु पुरा गर्न म आफै सक्षम छैन

सपनाहरु त थिए होलान यो जिन्दगिमा मेरा

साकार कसरि हुने हुन यो जिन्दगिमा

निति, सिदान्त र बिधिको

निति, सिदान्त र बिधिको शासनका कुरा गर्छौ

आफ्नो फाईदा मात्र हेर्छौ देशलाई हामिले के दिन सक्छौ

सत्ताका भोगि,सत्ता नपाएर रोगि, कुरा मात्र ठुला गर्छौ

देश बनाउछु भन्नेहरुलाई छातिमा हात राखि कसम खुवाउछौ

यो देशलाई अध्यारो बाट उज्यालो तर्फ लैजानु छ

हामिले अझै संघर्ष गरेर अघाडि बढनु छ

सुनौलो भविष्यको आशा बोकि हामिले कार्य गर्नुपर्छ

यो देशलाई अध्यारो बाट उज्यालो तर्फ लैजानु छ

बसेकि थिईन मेरि मायालु

बसेकि थिईन मेरि मायालु मेरै बाटो हेरेर

मन दुखायर बसेकि होलिन बाटो कुरेर

परदेशको जागिर जान पाएको छैन घर

आशु झारेर बसेकि होलिन याद गरेर

बसेकि थिईन मेरि मायालु मेरै बाटो हेरेर

मन दुखायर बसेकि होलिन बाटो कुरेर

गरिविले गाउँमा एक छाक खान नपाउदा

एक जोर नयाँ लुगा लगाउने सपना पुरा नहुदा

बसेकि थिईन मेरि मायालु मेरै बाटो हेरेर

मन दुखायर बसेकि होलिन बाटो कुरेर

हामि मायाको गहिराईमा पुग्ने बेला

हामि मायाको गहिराईमा पुग्ने बेला तिमिले हार नमान

मध्यराति भयो मलाई छोडेर तिमि नहिड न

हामि मायाको गहिराईमा पुग्ने बेला तिमिले हार नमान

तिमिलाई दु:ख पर्दा रुन्छ यो मेरो मन

यति धेरै माया दिई नजाउ तिमिले छोडेर

तिमि  आउछौ कि भन्ने आशमा म बसे कथा लेखेर

भेटछु भन्ने आशा देखायौ एक पल्ट भए नि भेटन

हामि मायाको गहिराईमा पुग्ने बेला तिमिले हार नमान

चर्चा हुन्छ अधेरिमा पुर्णिमाको जुनको यहाँ

एक पल्ट भए नि भेटछु भेटु मैले कहाँ

हामि मायाको गहिराईमा पुग्ने बेला तिमिले हार नमान

मध्यराति भयो मलाई छोडेर तिमि नहिड न

म यहाँ एक्लो हुदा किन

म यहाँ एक्लो हुदा किन मन रुन्छ

एक्लो बस्दा यो मनमा किन डर लाग्छ

य डरले मन मेरो कता तिर भाग्छ

किन यो मन कहिले रुन्छ  कहिले हास्छ

आफैलाई फर्कि हेर्दा कस्तो कस्तो लाग्छ

उनलाई खोजिरहु जस्तो लाग्छ यादमा मन रुन्छ

अगाडि सार्न लागेका पाईला फछाडि सरे जस्तो लाग्छ

म यहाँ एक्लो हुदा किन मन रुन्छ

भन तिमि म के गरु, यो मेरो मनलाई कसरि शान्त बनाउ

यहाँ एक्लो बस्दाको डर यो मनबाट कसरि हटाउ

त्यो पारि डाडाबाट बादलले

त्यो पारि डाडाबाट बादलले ढाकेर आयो

तिम्रो गितले मलाई छमछमि नाच्ने बनायो

हामि सबैलाई तिम्रो गितले नचायो

अहिले नै मायालु सँग मायाको कुरा गरायो

जिन्दगिमा केहि गर्नुपर्छ भन्ने कुरा सिकायो

तिमि सँग खुसि भएर सधै-सधै मन मेरो रमायो

तिमि आउछौ भन्ने आशा बोकि बिताए समयहरु

मन भित्र बाट याद गरेर सोच्नुपर्छ केहि कुराहरु

यि नयनले हेर्दा मैले तिमिलाई देख्नुपर्छ

रमाईलो गरौ हामि सबैले रमाएर बाच्न सिक्नुपर्छ

त्यो पारि डाडाबाट बादलले ढाकेर आयो

तिम्रो गितले मलाई छमछमि नाच्ने बनायो

तिमिले नबोले पनि तिम्रो मनको

तिमिले नबोले पनि तिम्रो मनको कुरा बुझ्छु मैले

तिमि जहाँ भए पनि तिम्रो तस्विर हेरि बस्छु मैले

यो दिलमा माया तिम्रो सधै रहिरहन्छ

हरपल ,हरसमय तिम्रो याद आईरहन्छ

जति झगडा भए पनि मनले माया गरिरहन्छ

तिमि साथमा नभए यो दिलले बोलाउछ

म रोए प्रिय रोदनमा माया लुकेको हुन्छ

तिमि टाढा गए पनि मेरो मायाले नजिक ल्याउछ

नबोलेर बसे पनि मैले सबै कुरा बुझ्न सक्छु

जहाँ गएर बसे पनि मैले तिमिलाई बोलाउन सक्नेछु

तिमि सँग भेटघाट गर्न बसेको 

तिमि सँग भेटघाट गर्न बसेको यो दिनको

भेटनुपर्छ सम्झना गरि यो समयको

आएर मैले लज्जालु तिमिलाई हेरिरहुला

तिमि सँग रमाई रमाई यहि आएर बसौला

सुनिरहन मन लाग्छ मलाई तिम्रा मिठा शब्दहरु

हेर्न मन लाग्छ तिमिले अगाडि बढाउदा पाईलाहरु

लाज मानि लुकिरह्यौ तिमि मैले हेरिरहे

तिमि आउछौ कि भनेर तिमिलाई बोलाईरहे

तिमिलाई यहाँ आउ भनि ईशारा गरिरहे

सधै साथमा मिलिजुली जिवन जिउन खोजिरहे

कहाँ हो तिम्रो घर कहाँ

कहाँ हो तिम्रो घर कहाँ बस्ने गरेकि छौ

सधै मेरो सपनिमा कसरि आउछौ

हेरिरहन्छु आँखामा मोहनि लाग्ने बोलि छ

हसिलो तिम्रो अनुहार हेरिरहु लाग्छ

ईश्वरले बनाएकि अलौकिक परि जस्ति लाग्छौ

कहाँ हो तिम्रो घर कहाँ बस्ने गरेकि छौ

यो मन खुसि हुन्छ तिमिले यता हेरिदिदा

हल्लिन्छ यो मुटु मेरो तिमिले मस्केर बोलिदिदा

सुन्दर रुप तिम्रो स्वर्गकि परि जस्ति देखिन्छौ

कहाँ हो तिम्रो घर कहाँ बस्ने गरेकि छौ

रचनाकार गोबिन्द राज ओझा (राजन)  दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल govinda ojha poem

Leave a Comment

Your email address will not be published. Required fields are marked *