परिचय
जिल्ला समन्वय समिति सोलुखुम्बुका अनुसार याे जिल्ला काेशी प्रदेशको उत्तर भागमा पर्दछ । यस जिल्लाको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पुर्वमा भोजपुर र संखुवासभा,पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङगा र खोटाङ जिल्लाहरु पर्दछन । यहाँका मनोरम हिमशिखर, विश्वको सर्वाेच्च शिखर सगरमाथा र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेको छ । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ । यहाँ रहेका विभिन्न जातजाति , भेषभुषा भाषा संस्कृत रहनसहन आदिको विविधताले यसको महत्वमा थप भुमिका खेलेको छ । विश्वको साहसी पर्वतारोही तथा प्राकृतिक तथा साँस्कृतिक वैभवका पारखीहरुलाई यस जिल्लाले सधैं आकर्षित गरिहरेको पाईन्छ।

सोलुखुम्बु जिल्लाको भौगोलिक अवस्थिती
विश्वको सबैभन्दा अग्लो भू–भाग सगरमाथा (८८४८.८६ मिटर) देखि नेचाबेतघारी गाविसको तुइन्टार (६०० मिटर) उचाइको भू–भाग यसै जिल्लामा पर्दछ । विभिन्न उच्च पर्वतीय हिमश्रृंखला, डाँडा, पाखा–पखेरा, खोंच, बेंशी, खोल्सा, खोल्सी, ताल तलैया, वौद्ध–संस्कृति, ३ जातका सल्ला, जडीबुटीको खानी, यती जस्ता दुर्लभ वन्यजन्तु तथा अति दुर्लभ वौद्ध सांस्कृतिक संपदाको धनी यो जिल्ला नेपाल राज्यको दुर्गम जिल्लाहरुमध्येमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. (के.त.बि. २०६८) अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । यस मध्ये उच्च हिमाली क्षेत्र १९२५११ हेक्टर (५६.६६%), उच्च पहाडी क्षेत्र १४४४६४ हेक्टर (४२.५१%) र मध्य पहाडी क्षेत्र २८०१ (०.८२%) रहेको छ । यो जिल्ला २७ड्ढ२०’३९” उत्तरी अक्षांशदेखि २८ड्ढ६’२४” उत्तर सम्म र ८५ड्ढ०’२१” पूर्वी देशान्तरदेखि ८७ड्ढ०’१” पूर्वसम्म फैलिएर रहेको छ ।
यसको उत्तरमा रहेको खुम्बु क्षेत्र र दक्षिणमा रहेको नेचा तल्लो भागको उचाइमा निकै ठूलो अन्तर रहेको छ ।यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्लाहरु पर्दछन् ।
साेलुखुम्वु जिल्लामा रहेका प्रमुख नदीनाला र तालतलैयाहरु
यस जिल्लामा दूधकोशी नदी, इङ्खु खोला, लिखु खोला, बेनी खोला, हुँगा खोला, लोदिङ्ग खोला, सोलु खोला, भोटेकोशी र खहरे खोला जस्ता ठूला–साना नदीहरु निरन्तर बग्ने गर्दछन् । प्रमुख कुण्ड तथा पोखरीहरु गोक्यो, इम्जा, दूधकुण्ड, साल्पापोखरी, पाँच पोखरी, भुत पोखरी, सुकेपोखरी, जालिमपोखरी पर्दछन् ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार साेलुखुम्बु जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा ८ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा १ वटा नगरपालिका र ७ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
१ | सोलुदुधकुण्ड नगरपालिका | दुधकुण्ड नगरपालिका, टाप्टिङ,तिङला, गोराखानी र टाक्सिन्दु गा.वि.स. | ११ |
२ | माप्य दुधकोशी गाउँपालिका | जुभिङ (२-४,६), बासा, काँकु र वाकु गा.वि.स. | ७ |
३ | खुम्वु पासाङल्हमु गाउँपालिका | जुभिङ (१,५,७-९), चौरिखर्क, खुम्जुङ र नाम्चे गा.वि.स. | ५ |
४ | थुलुङ दुधकोशी गाउँपालिका | नेले, काँगेल, पंचन, जुबु, मुक्लि, देउसा र लोखिम गा.वि.स. | ९ |
५ | नेचासल्यान गाउँपालिका | सल्यान, नेचाबतासे, र नेचाबेतघारी गा.वि.स. | ५ |
६ | माहाकुलुङ गाउँपालिका | बुङ, छेस्काम र गुदेल (१-७) गा.वि.स. | ५ |
७ | लिखु पिके गाउँपालिका | गोली, चौँलाखर्क र भकाञ्जे गा.वि.स. | ५ |
८ | सोताङ गाउँपालिका | गुदेल (८,९), सोताङ र पावै गा.वि.स. | ५ |
जम्मा | ५२ |
१. नामः साेलुदुधकुण्ड नगरपालिका
नेपालको नं. १ प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्ला सतहत्तर जिल्ला मध्ये उच्च हिमाली जिल्ला हो । यहि जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाको सदरमुकाम पनि हो । नेपालको एक महत्वपुर्ण प्रयटन गनतव्यको रुपमा रहेको यस सोलुदुधकुण्ड नगरपालिकाको उत्तर तर्फ नुम्बुर हिमाल र यस हिमालको काखमा अवस्थित दुधकुण्ड पोखरी पर्दछ भने राजनितिक विभाजनमा उत्तर तिर खुम्बु पासाङ ल्हामु गाउँपालिका, पूर्वमा काँकु, बासा र खुम्बु पासाङ ल्हामु गाउँपालिका, पश्चिममा लिखुपिके गाउँपालिका र रामेछाप जिल्ला तथा दक्षिणमा नेचा-सल्यान गाउँपालिका र ओखलढुङ्गा जिल्ला पर्दछन् । प्रमुख पर्यटन केन्द्रको रुपमा रहेको यस जिल्लामा संसारकै उच्च सर्बोच्च शिखर सगरमाथा(८८४८.८६ मिटर) रहेको छ । संसारका विभिन्न देशबाट पर्यटकहरु बिदा मनाउन तथा पर्वतारोहणका लागि यस क्षेत्रमा आउने गर्छन ।
सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका तत्कालिन बेनी, लोदिंग, तामाखानी, सल्लेरी र गार्मा गा. वि. स. मिलेर दुधकुण्ड नगरपालिकाको स्थापना बिक्रम सम्बत २०७१ मंसिर १७ गते भएको थियो । पुर्वाञ्चल विकास क्षेत्रमा रहेको यस नगरपालिका २७° ५०′ २१″ उत्तरी अक्षांश र ८६° ५८′ ६१″ पुर्बी देशान्तरमा अवस्थित छ । तत्कालिन नगरपालिकाको क्षेत्रफल २५४.३ वर्ग किमी रहेकोमा मिति २०७३ साल फाल्गुन २७ गते तत्कालिन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिंग समाबेश भई सोलुदुधकुण्ड नगरपालिका कायम रहेको छ ।
केन्द्रः साविक दुधकुण्ड नगरपा
जनसङ्ख्याः २५६७८
क्षेत्रफलः ५३८.०९(वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | टाक्सिन्दु(१-९) | १८८८ | १६८.८ |
२ | २ | दुधकुण्ड(१,२) | १६३१ | १५५.०९ |
३ | ३ | दुधकुण्ड(३) | १०१६ | ३३.२ |
४ | ४ | दुधकुण्ड(४) | १८२४ | १९.६५ |
५ | ५ | दुधकुण्ड(५) | ४११३ | १३.८५ |
६ | ६ | दुधकुण्ड(६) | २३१३ | १३.७ |
७ | ७ | दुधकुण्ड(७-९) | २३६३ | १८.८६ |
८ | ८ | केरुङ(१-९) | ३५८० | ३४.२३ |
९ | ९ | गोराखानी(१-९) | ११२९ | ३७.६१ |
१० | १० | टाप्टिङ(१-९) | १९३७ | ४३.०९ |
११ | ११ | तिङला(१-९) | ३८८४ | २६.९७ |
जम्मा | २५६७८ | ५६५.०५ |
सोलुदुधकुण्ड नगरपालिकाको नक्सा
२. नामः माप्यदूधकोशी गाउँपा
साविकमा नेपाल अधिराज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने सगरमाथा अञ्चलको पाँच पहाडी जिल्लाहरु मध्येको एक सोलुखम्बु जिल्लाका तीनवटा गाउँ विकास समितिहरु काँकु, वाकु र बासा पुरै एवम् जुभिङ गाउँ विकास समितिको वडा नम्बर २,३,४ र ६ को संयोजन भई हाल १ नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहरुहरु मध्ये माप्य दुधकोशी गाउँपालिका २०७३।११।२२ गते गठन भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, साँस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेको छ ।
विभिन्न जातजातिहरु बीचको सामाजिक, साँस्कृतिक र धार्मिक सहिष्णुता, सद्भाव, सहकार्य र एकता हाम्रो माप्य दुधकोशी गाउँपालिकाको अनुपम विशेषता हो । दुधकोशी नदीबाट जलविधुत र जलपर्यटनको प्रवद्र्धन एवम् वडा नम्बर छ स्थित वाप्साखानीमा रहेको आंशिक रुपमा पहिचान भएको विशाल तामाखानीको उत्खनन् र प्रशोधन गरी बृहत्तर आर्थिक विकासको ढोका खोल्न सकिने सम्भावना यस गाउँपालिकामा रहेको छ । सदरमुकाम सल्लेरीबाट काँकु, बासा र जुभिङ हुँदै खुम्बुक्षेत्र जोड्ने सडकको विकास गरी नियमित सडक यातायात सञ्चालनको व्यवस्था मार्फत पर्यटन मार्गका विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।
केन्द्रः वडा नं. ३ बासा स्वास्थ्य चौकी नजिकै माझगाउँखोला सोमबारे खास्ताप बासा
जनसङ्ख्याः १२६४८
क्षेत्रफलः १६७.६७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जुभिङ(२-४,६) | १५२८ | २२.४३ |
२ | २ | बासा(७-९) | १४५१ | २२.४ |
३ | ३ | बासा(१-६) | १६९६ | १२.५१ |
४ | ४ | काँकु(१,२,८,९) | १३६३ | १३.०७ |
५ | ५ | काँकु(३-७) | २०७२ | ३५.७६ |
६ | ६ | वाकु(१,५-८) | २३२९ | २०.३२ |
७ | ७ | वाकु(२-४,९) | २२०९ | ४१.१८ |
जम्मा | १२६४८ | १६७.६७ |
माप्य दुधकोशी गाउँपालिकाको नक्सा
३. नामः खुम्बु पासाङल्हामु
खुम्बु पासाङ्ल्हामु गाउँपालिका आफैं खुम्बु र पासाङ्ल्हामु शब्दहरू मिलेर बनेको हो, खुम्बु भनेको जिल्लाको माथिल्लो भाग हो र पासाङ्ल्हामु सगरमाथा (समुद्र सतहभन्दा अग्लो हिमाल) को पहिलो महिला आरोहणको नाम हो। यो बहादुर शिखर आरोहण पासाङ्ल्हामु शेर्पाको स्मरण र खुम्बु क्षेत्रको ८८४८.८६ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथाको सम्झनामा मनोनयन गरिएको हो । यसलाई विश्वको तेस्रो ध्रुव र विश्वको शीर्षको रूपमा पनि चिनिन्छ। सगरमाथाको वरिपरि र हिमालय पर्वतमालामा ल्होत्से, नुप्से, छयु, मैदाबलम, पुमोरी, थमसेरकु, आदि धेरै चुचुराहरू छन्। यो विश्व प्रसिद्ध खुम्बु आइसफल हो। यस क्षेत्रको मनोरम हिमाली मनोरम दृश्यहरू हेर्न संसारभरका पर्यटकहरू ट्रेकिङका लागि खुम्बु क्षेत्रमा आउँछन्।
खरिखोला, लुक्ला, फाकदिङ, मञ्जु, नाम्चे, खुम्जुङ, खुन्दे, तेङ्बोचे, फोर्चे, पाङ्बोचे, फिरिचे, दिङबोचे, थामे, गोक्यो, लबुचे, गोर्खेप आदि यस क्षेत्रका प्रमुख बस्ती हुन् । लुक्ला एयरपोर्ट (तेन्जिङ-हिलारी एयरपोर्ट (LUA)) विश्वको शीर्ष एयरपोर्टहरू मध्ये एक हो र यसलाई नाम्चे र सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। यस क्षेत्रमा अधिकांश शेर्पा जातिको बसोबास छ, शेर्पासँग सम्बन्धित भाषा संस्कृत बौद्धहरूको पहिचान हो। टेङ्बोचे गुम्बा, पाङ्बोचे गुम्बा, रिमिजुङ गुम्बा, खैरखोला गुम्बा लगायतका महत्वपूर्ण गुम्बाहरु आस्थाको धरहरा हुन् । पर्यटकीय गन्तव्यहरू हिमालयमा हाइरोग्लिफ, हिमाल आरोहण र पदयात्रामा छन्। सगरमाथा आधार शिविर, कालापाथरलगायत अधिकांशको गन्तव्य बनेको छ।
केन्द्रः साविक चौरीखर्क गा.वि.
जनसङ्ख्याः ८७२०
क्षेत्रफलः १५३९.११ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जुभिङ(१,५,७-९) | १५५७ | ७१.५५ |
२ | २ | चौरीखर्क(४,७,८) | २२८६ | ५३.६७ |
३ | ३ | चौरीखर्क(१-३,५,६,९) | १६१० | २८०.४२ |
४ | ४ | खुम्जुङ(१-९) | २०१२ | ७०२.१६ |
५ | ५ | नाम्चे(१-९) | १२५५ | ४३१.३१ |
जम्मा | ८७२० | १५३९.११ |
खुम्वु पासाङल्हमु गाउँपालिकाको नक्सा
४. नामः थुलुङदूधकोशी गाउँपा
थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश, सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखीम गा. वि. स. मिलेर स्थापीत भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका र दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ । जनसङख्याको आधारमा हेर्दा नगरपालिका पछिको ठुलो गाउँपालिकाको रुपमा स्थापीत यस गाउँपालिकाको जनसङख्या १८३५४ र क्षेत्रफल १४४.६० वर्ग कि. मी. रहेको छ । यस गाउँपालिकामा विशेष गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की, भुजेल लगायत अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। यस गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकिय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।
केन्द्रः साविक मुक्ली गा.वि.स.
जनसङ्ख्याः १८३५४
क्षेत्रफलः १४४.६ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नेले(१-९) | २४०२ | १६.४२ |
२ | २ | काँगेल(१-९) | १७५० | ११.४४ |
३ | ३ | पंचन(१-९) | १४५६ | १६.२५ |
४ | ४ | जुबु(१-४,९) | १३१६ | १२.२९ |
५ | ५ | जुवु(५-८) | १९२१ | १७.७५ |
६ | ६ | मुक्ली(१-९) | २२४४ | १५.१२ |
७ | ७ | देउसा(४-७,९) | २००३ | ९.४ |
८ | ८ | देउसा(१-३,८) | १९७६ | १५.०८ |
९ | ९ | लोखिम(१-९) | ३२८६ | ३०.८५ |
जम्मा | १८३५४ | १४४.६ |
५. नामः नेचासल्यान गाउँपालि
नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे कोशी प्रदेश अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि. (८६०८.०० हेक्टर) रहेकाे छ । यस गाउँपालिकाकाे भवन १४५० मिटर उचाइमा र उत्तरी अक्षांस २७ं २१’ १४” र पुर्वि देशान्तर ८६ं ३८’ २७” मा अवस्थित छ । याे गाउँपालिकालाइ ५ वटा वडामा विभाजन गरिएकाे छ । यस गाउँपालिकाकाे कुल जनसङ्या ११,३८१ तथा घरधुरी सङ्या २,७८३ रहेकाे छ । हिन्दु,किरात,वाैध्द र क्रिष्चियन धर्मावलम्बीहरू बसाेबास गर्ने याे ठाउँमा ब्राम्हण, क्षेत्री,राइ,शेर्पा,तमाङ,मगर,कामी, दमाइ,सार्की,नेवार जातीकाे बाहुल्यता रहेकाे छ यहाँकाे मुख्य खाध्यान्न बाली तर्फ धान,मकै,गहुँ,काेदाे छ भने फलफुलतर्फ आँप,कटहर,लिचि,केरा,सुन्तला,मेवा,नासपाती आदि उत्पादन हुन्छ। पञ्चमी डाँडा, सुकेपाेखरी,फुर्केपाेखरी,लाैरेश्वर, हावा आउने अोडार, थाम डाँडा जस्ता एेतिहासिक तथा पर्यटकिय ठाउँहरू समेत रहेका छन। यस गाउँपालिकाकाे सिमाना पुर्वमा दुधकाैशिका गाउँपालिका र खाेटाङ जिल्ला, पश्चिममा अाेखलढुङगा जिल्ला उतरमा साेलु दुधकुण्ड नगरपालिका र दक्षिणमा अाेखलढुङगा जिल्ला सम्म फैलिएकाे छ ।
केन्द्रः साविक नेचाबेतघारी गा.
जनसङ्ख्याः ११३८१
क्षेत्रफलः ९४.४९ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सल्यान(५-८) | २६६८ | २६.६४ |
२ | २ | सल्यान(१-४,९) | २०९१ | १२.६१ |
३ | ३ | नेचावेतघारी (२-४ ) र नेचावतासे(१-३) | २९४८ | ७.३६ |
४ | ४ | नेचाबेतघारी(१,५-९) | १६५१ | ७.५४ |
५ | ५ | नेचावतासे(४-९) | २०२३ | १३.३९ |
जम्मा | ११३८१ | ६७.५४ |
नेचासल्यान गाउँपालिकाको नक्सा
६. नामः महाकुलुङ गाउँपालिका
माहाकुलुङ गाउँपालिका नेपालका ७५३ स्थानीय तहमध्ये एक हो । यो कोशी प्रदेश को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन् बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापीक, सिलुछो डाँडा, केन्पा डाँडाको तीन तिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७.३७’ देखि २७.६२’ उत्तरी अक्षांश र ८६.५०’ देखि ८६.८४’ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ । २७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।
केन्द्रः साविक बुङ गा.वि.स.को
जनसङ्ख्याः ११८४७
क्षेत्रफलः ६४८.०५ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुङ(१,२,४-६,९) | ३२६९ | १९.५४ |
२ | २ | बुङ (३,७,८) र छेस्काम(७) | १९७० | १२४.१४ |
३ | ३ | छेस्काम(१-६,८,९) | ३२७७ | ४११.२१ |
४ | ४ | गुदेल(१-४) | १८०८ | ६९.२८ |
५ | ५ | गुदेल(५-७) | १५२३ | २३.८८ |
जम्मा | ११८४७ | ६४८.०५ |
माहाकुलुङ गाउँपालिकाको नक्सा
७. नामः लिखुपिके गाउँपालिका
काेशी प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अबस्थित लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालको संविधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह बर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साविक गाउँ विकास समितिहरु गोलि, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७ गते लिखु पिके गाउँपालिका स्थापना गरिएको हो । विश्वसंम्पदा सुचिमा सुचिकृत नेपालको पहिचान सर्वोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत बिशेष ऐतिहासिक महत्व रहेको छ ।
भौगोलिक अवस्था : क्षेत्रफल:- १२४ .३८ वर्ग किलोमिटर
सिमाना : यस लिखु पिके गाउँपालिकाको पुर्वी सिमानामा सोलुखुम्बु जिल्लाकै सोलुदुधकुण्ड नगरपालिका पश्चिमी सिमानामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका,उत्तरी सिमानामा सोलुदुधकुण्ड नगरपालिका र उमाकुण्ड गाउँपालिका रहेका छन भने दक्षिणी सिमानामा ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका रहेको छ । यो गाउँपालिका प्रदेश नं. ३ सँग सिमाना जोडिएका स्थानिय तहहरु मध्यको एक हो ।
प्रमुख नदिनाला धार्मिक दर्शनिय स्थल:-यस गाउँपालिकामा सप्तकोशी नदिको एक सहायक लिखु नदि, किन्जा खोला, घट्टे खोला, खिम्जा खोला पिके क्षेत्र यस गाउँपलिकाको मुख्य पर्यटकिय क्षेत्रको रुपमा चिनिन्छ । यहाँबाट विश्वको अग्लो शिखर सगरमाथा लगएताका हिमालहरुको अवलोकन गर्न सकिन्छ । यस गाउँपालिका भित्र आफ्नै मौलिक विशेषता र महत्व रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पनि छन । देबी थान,बौद्ध,खवतरी कुल मन्दिर,गुरु रिम्पोक्षे गुम्बा,ओर्गेन साङ छोलिङ गुम्बा,चण्डी स्थान , सेती भुमे मन्दिर, लगाएत अरु धेरै धार्मिक स्थल हरु रहेका छन ।
केन्द्रः साविक चौलाखर्क गा.वि.
जनसङ्ख्याः ५३३४
क्षेत्रफलः १२४.३८ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गोली(६-९) | ६०१ | ३५.९ |
२ | २ | गोली(१-५) | १२६३ | २७.६२ |
३ | ३ | चौँलाखर्क(५-९) | ११७९ | १०.०३ |
४ | ४ | चौँलाखर्क(१-४) | ९६६ | ५.५३ |
५ | ५ | भकाञ्जे(१-९) | १३२५ | ४५.३१ |
जम्मा | ५३३४ | १२४.३९ |
लिखु पिके गाउँपालिकाको नक्सा
८. नामः सोताङ गाउँपालिका
नेपाल एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा सोलुखुम्बु जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । जसमा १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । सोताङ गाउँपालिका सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित छ । १०३ वर्ग कि.मी.को मध्यम क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या १०८९१ रहेको छ । वि.सं. २०७३-११-२७ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णयसँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भएसँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ ।
स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ५ वटा वडामा विभाजन गरिएको छ । साविक सोताङ गा.वि.स., पावै गा.वि.स.र गुदेल गा.वि.स.को ८ र ९ समावेश गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र पश्चिममा सोलुखुम्बुकै थुलुङदुधकोशी र माप्यादुधकोशी गाउँपालिका, उत्तरमा खुम्बुपासाङल्हामु गाउँपालिका र दक्षिणमा खोटाङ जिल्ला रहेको छ । यो गाउँपालिका सदरमुकाम सल्लेरीदेखि लगभग ६३ कि.मि. सडक दुरी टाडा रहेको छ । यसगाउँपालिकाको मुख्य धार्मिक पर्यटकिय स्थलहरुमा पञ्चकन्या कालिका देवी मन्दिर, धर्मपिक पर्यटकिय स्थल लगायत अन्य थुप्रै प्राकृतिक सम्पदाहरुले सजिएर रहेको गाउँपालिका हो । यसमा आदिबासी जनजातीको बाहुल्यता रहेको छ ।
केन्द्रः साविक सोताङ गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ९०२५
क्षेत्रफलः १०३ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पावै(६-९) | १४९० | १२.७५ |
२ | २ | पावै(१-५) | ७९४ | ३२.३७ |
३ | ३ | सोताङ(१-३) | १९९१ | १२.१५ |
४ | ४ | सोताङ (६) र गुदेल(८,९) | १९७७ | ३५.१२ |
५ | ५ | सोताङ(४,५,७-९) | २७७३ | १०.६१ |
जम्मा | ९०२५ | १०३ |
सोताङ गाउँपालिकाको नक्सा
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला समन्वय समिति साेलुखुम्बु । जिल्ला प्रशासन कार्यालय साेलुखुम्बु । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले साेलुखुम्बु जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहानु भएमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।
beautiful