सुर्खेत जिल्लाको परिचय
संघिय संरचना अनुसार कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेत जिल्ला नेपालका ७७ जिल्ला मध्यको एक भित्रिमधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश: १.७ र ५.८ प्रतिशत भू-भाग ओगटेको सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्गनर हो । वीरेन्द्गनगर नगरपालिकाको सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ साल मा भएको थियो ।
नेपालको राजधानी देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा र समुी सतह देखि लगभग ६६५ मी. उचाईमा अवस्थित यो न.पा.को उत्तरमा महाभारत पर्बतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुदर पहाडले घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मि हुने सुन्दर उपत्यका हो । हाल १६ वटा वडामा विभाजित वीरेन्द्गनर नगरपालिका नेपालका ३६ वटा पुराना न.पा.मध्ये एक हो । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.स. २०१६ साल अघि दैलेख जिल्ला अन्तरगत रहेको थियो ।

नेपाल राज्यलाई १४ अचल ७५ जिल्लाको प्रशासिनक विभाजन पश्चात १७ वटा तत्कालीन गाँउ पंचायत र यसको जम्मा क्षेत्रफल ९५४ बर्गमिल रहने गरि घोषणा गरिएको यस जिल्लाको समय-समयमा सिमाना थपघट हुदै हाल यसको जम्मा क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ भने ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरु रहेका छन् । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्बत पर्दछन् भने कही बेसी कही पहाडी क्षेत्र रहेको यसको पूर्ब मालारानी गा.वि.स. देखी पश्चिम लगामसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो ।

सुर्खेत जिल्लाको भाैगोलीक अवस्थिती
भौगोलिक दृष्टिकोणले सुर्खेत जिल्लालाई ३ भागमा विभाजन गर्न सकिन्छ । जसमा जिल्लाको उत्तरी भागमा महाभारत श्रृङ्खला रहेको छ । महाभारत श्रृङ्खला भित्र सुर्खेत जिल्लाको १,००० देखि २,३६७ मिटर उचाई सम्मको करिब ४३ प्रतिशत भु-भाग रहेको छ । यस जिल्लाको साविककाे लेखगाँउ, जर्वुटा, नेटा, अवलचिङ्ग, पाम्का, मटेला, रजेना, गर्पन, राकम, काप्रिचौर, छाप्रे, लेखफर्सा, गुमी, रानीवास गाँउ विकास सिमित पर्दछन् । दोश्रो भौगोलिक क्षेत्र अन्तर्गत मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्र रहेको छ । यस क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भू-भाग ओगटेको छ ।

यो भू -भाग जिल्लाको मध्य भागमा समुद्र सतहबाट लगभग २५०देखि १,००० मिटरसम्मको उचाइमा पर्दछ । साविकका दशरथपुर, लेखफर्सा, गुमी, रामघाट, मेहेलकुना, मैनतडा, घुमखहरे, साहारे, वीरेन्द्गनर, लाटीकोईली, छिन्चु, उत्तरगंगा, कुनाथरी, घाटगाँउ, बाबियाचौर, सालकोट, गुटु, विध्यापुर, कयाण गा.वि.स.हरु आदिका धेरैजसो भूभाग यस क्षेत्रमा पर्दछन् । तेश्रो भौगोलिक क्षेत्र अन्तरगत चुरीया श्रृङ्खला पर्दछ । सुर्खेत जिल्लाको दक्षिण भागमा अवस्थित १००० देखि १५०० मिटर सम्मको उचाईमा रहेको यस क्षेत्रले जिल्लाको लगभग १३ प्रतिशत भू-भाग ओगटेको छ । यस भू-क्षेत्र भित्र साविकका लेखपराजुल, तातापानी, हरिहरपुर तथा छिचु गा.वि.स.हरु र वीरेन्द्रगर नगरपालिको केही क्षेत्र पर्दछन् ।

सुर्खेत जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
सुर्खेत जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार सुर्खेत जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ५ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | बीरेन्द्रनगर नगरपालिका | बीरेन्द्रनगर नगरपालिका, गढी, रतु र गर्पन गा.वि.स. | १६ |
२ | भेरीगंगा नगरपालिका | भेरीगंगा नगरपालिका र लेखपराजुल गा.वि.स. | १३ |
३ | गुर्भाकोट नगरपालिका | शुभाघाट नगरपालिका, मालारानी, धारापानी र सहारे गा.वि.स. | १४ |
४ | पञ्चपुरी नगरपालिका | सालकोट, बाबियाचौर, छाप्रे, विद्यापुर र तातापानी गा.वि.स. | ११ |
५ | लेकवेशी नगरपालिका | लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी गा.वि.स. | १० |
६ | चौकुने गाउँपालिका | लगाम, बेतान, बिजौरा, गुटु र घाटगाउँ गा.वि.स. | १० |
७ | बराहताल गाउँपालिका | हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडा र लेखगाउँ गा.वि.स. | १० |
८ | चिङ्गाड गाउँपालिका | रजेना, रानीवास, मटेला, अवलचिङ र पाम्का गा.वि.स. | ६ |
९ | सिम्ता गाउँपालिका | घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रिचौर, डाँडाखाली र खानीखोला गा.वि.स. | ९ |
जम्मा | ९९ |
१. नामः बीरेन्द्रनगर नगरपा
कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा भएकोमा नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निर्णय बमोजिम साविकका छिमेकी उत्तरगंगा र लाटिकोइली गाविस तथा मिति २०७१।०८।१६ गतेको निर्णय अनुसार जर्वुटा गा.वि.स गाभ्नुका साथै मिति २०७२।०३।१५ गतेको निर्णय बमोजिम एक वटा वडा थप गरि जम्मा वडा संख्या २५ कायम भएकोमा नेपाल सरकारको मिति २०७३-११-२७ को निर्णयअनुसार विस्तारित नगरमा साविकका गढी, रतु र गर्पन गा.वि.स. समावेश गर्दै २४५.८५ वर्ग कि.मी., १६ वडा भएको स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका रहेको छ । नेपालको राजधानी काठमाण्डौं देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुन्द्री सतहबाट लगभग ६६५ मी. मा अवस्थित यो नगरपालिकाको उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाब्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो । यस नगरपालिका पूर्वमा पाम्का र साटाखानी गा.वि.स., पश्चिममा हरिहरपुर गा.वि.स., कुनाथरी गा.वि.स र लेखगाउ“ गा.वि.स., उत्तरमा दैलेख जिल्लाको गोगनपानी गा.वि.स., दक्षिणमा भेरी नदी रहेका छन् ।
वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ वि.सं. २०२३ सालबाट भएको पाइन्छ । यस भन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्ष]त्रमा) औलो लाग्ने हुदा जिल्ला सदरमुकाम गढी गा.वि.स. मा रहेको र उपत्यकामा फाटफुट रुपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो ।
वीरेन्द्रनगर नगरपालिकामा औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट बसाई सरी स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको बाहुल्यता पाइन्छ । ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि यहाका प्रमुख जातिहरु हुन् । विभिन्न स्थानबाट बसाई सरी आएकाले यहाको चालचलन रीतिथिति / संस्कृतिमा समेत विविधता पाईन्छ ।
केन्द्रः साविक बीरेन्द्रनगर नग
क्षेत्रफलः २४५.०६ (वर्ग कि.मि.)
वडा संख्याः १६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | वीरेन्द्रनगर(१,२) | १०२०८ | ६.१ |
२ | २ | वीरेन्द्रनगर(१९,२०,२५) | १४३२६ | २९.२ |
३ | ३ | वीरेन्द्रनगर(१८) | १९६१९ | ६.६२ |
४ | ४ | वीरेन्द्रनगर(३,४) | १०२२७ | ७.१ |
५ | ५ | वीरेन्द्रनगर(५) | ६३३६ | ५.८ |
६ | ६ | वीरेन्द्रनगर(६) | ७६९१ | ०.६ |
७ | ७ | वीरेन्द्रनगर(७,८) | ९३९७ | ५.२ |
८ | ८ | वीरेन्द्रनगर(९,१०) | ७८२४ | १.४ |
९ | ९ | विरेन्द्रनगर(१५,१७) | ११६७८ | २८.८२ |
१० | १० | वीरेन्द्रनगर(१४,१६) | १८०९१ | १७ |
११ | ११ | वीरेन्द्रनगर(१३,२१) | १२१५१ | २६.७ |
१२ | १२ | वीरेन्द्रनगर(११,१२) | १४३५८ | ८.८२ |
१३ | १३ | वीरेन्द्रनगर(२२,२३,२४) | ५९८२ | २५.९ |
१४ | १४ | गढी(१ – ९) | २५७६ | २८.९६ |
१५ | १५ | रतु(१ – ९) | १५५७ | २४.६१ |
१६ | १६ | गर्पन(१ – ९) | १८४२ | २२.२३ |
जम्मा | १५३८६३ | २४५.०६ |
बीरेन्द्रनगर नगरपालिकाको नक्सा
२. नामः भेरीगंगा नगरपालि
सुर्खेत जिल्लाको सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पूर्वि क्षेत्रमा अवस्थित यो नगरपालिका जिल्लाको दोश्रो नगरपालिकाको रुपमा रहेको छ । यो नगरपालिका वि.सं. २०७१ साल मंसीर १६ को नेपाल सरकारको निर्णयअनुसार साविक छिन्चु, रामघाट र मैनतडा गाविसहरु मिलेर बनेको हो । हाल साविकको लेखपराजुल गाविससमेत थप गरिएको छ । पूर्वमा बबई नदी, पश्चिममा भेरी नदीसम्म फैलिएको यस नगरपालिकाको अक्षांश २८ं २२’ ११” उत्तरदेखि २८ं ३४’ ०८” उत्तरसम्म र देशान्तर ८१ ३१’ ५१” पूर्वदेखि ८१ं ५०’ १६” पूर्वसम्म फैलिएको छ । जनसंख्याको हिसाबले सुर्खेत जिल्लाका नौ वटा स्थानिय तहमा चौथो क्रममा रहेको यस नगरपालिका चौथो स्थानमा रहेको छ ।
२०७८ सालको जनगणनाअनुसार कुल जनसंख्या ४८ हजार २ सय ३ जना, पुरुष २२ हजार ५ सय ३८ जना र महिला २५ हजार ६ सय ६५ जना रहेका छन् भने क्षेत्रफल २५६.२ वर्ग कि.मी. रहेको छ । क्षेत्रफलको हिसाबले सुर्खेतका ५ नगरपालिकामध्ये यो नगरपालिका तेश्रो ठूलो नगरपालिका हो । यस क्षेत्रमा उद्योग, व्यापार, पर्यटन, व्यावसायिक कृषि पशुपालनको माध्यमबाट यस क्षेत्रका मानिसहरुको जिविकोपार्जन भएको देखिन्छ । सुर्खेतको पूर्व पश्चिम राजमार्गसम्म जोड्ने रत्न राजमार्गको अधिकतम खण्ड यसै नगरपालिका अन्र्तगत पर्ने र सुर्खेत जाजरकोट सडक पनि यसै नगरपालिका हुँदै जाने दु्रत आर्थिक विवकासको प्रवल सम्भावना यस नगरपालिकाले बोकेको छ ।
सबै जातजातिहरुको मिश्रीत बसोबास रहेको यस नगरपालिकामा विशेष गरी क्षेत्री, ब्राह्मण, दलित तथा मगर जातीहरुको बसोबास रहेको छ भने आदीबासी लोपोन्मुख राजी समुदायको पनि बसोबास रहेको छ । यो क्षेत्रमा खेतीयोग्य जमीनभएपनि सिंचाई अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यावसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य बैकल्पीक रोजगारीका अवसरहरु खोजी गरेको पाइन्छ । नगरपालिकाको नाम भेरीगंगा नामाकरण गर्नुमा यस क्षेत्रमा बग्ने भेरीनदी र स्थानिय गंगामाला देउतीबज्यै मन्दिरको उत्पती स्थल रहेको पाइन्छ । यी दुबैको समिश्रणबाट भेरीगंगा राखिएको हो । वि.सं. २०७३ भाद्र १३ गतेको स्थानिय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सुर्खेतको बैठकबाट यसलाई १३ वटा वडामा विभाजन गरिएको हो । यो नगरपालिकाको पूर्वमा गुर्भाकोट न.पा. र कालीमाटी गाउँपालिका सल्यान, पश्चिममा बराहताल गाउँपालिका, उत्तरमा लेखवेशी नगरपालिका र वीरेन्द्रनगर नगरपालिका तथा दक्षिणमा बर्दिया राष्ट्रिय निकुन्ज र बासगढी नगरपालिका बर्दिया पर्दछन् ।
केन्द्रः साविक भेरीगंगा नगरपा
क्षेत्रफलः २५६.२ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लेखपराजुल(१,२) | २४७२ | ३२.३९ |
२ | २ | लेखपराजुल(३,४,५,६) | ३३०१ | ४६.६३ |
३ | ३ | लेखपराजुल(७,८,९) | २१३३ | २६.९९ |
४ | ४ | भेरीगंगा(९,१०) | ४२७० | २७.८४ |
५ | ५ | भेरीगंगा(८) | ३९३९ | २०.३२ |
६ | ६ | भेरीगंगा(१,४) | ३५४२ | १९.४१ |
७ | ७ | भेरीगंगा(५) | १९६७ | ६.२३ |
८ | ८ | भेरीगंगा(६,७) | ३९४८ | ६.८६ |
९ | ९ | भेरीगंगा(२,३) | ४२१७ | १०.६१ |
१० | १० | भेरीगंगा(१२) | ५४९१ | ८.२५ |
११ | ११ | भेरीगंगा(१३,१४) | ४५४६ | १४.८२ |
१२ | १२ | भेरीगंगा(११) | ४३४७ | ८.३४ |
१३ | १३ | भेरीगंगा(१५,१६) | ४०३० | २७.५१ |
जम्मा | ४८२०३ | २५६.२ |
भेरीगंगा नगरपालिकाको नक्सा
३. नामः गर्भाकोट नगरपालि
कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बेनेकाे थियाे भने यसमा साविका सहारे, मालारानी र धारापानी गा.वि.स. थप गरी २०७३ फागुन २७ गुर्भाकोट नगरपालिका घाेषणा भएकाे हाे । जसकाे अक्षांश २८0 ३३, उत्तर देखि २८0 ५३, सम्म र देशान्तर ८१0 ८१, पुर्व सम्म फैलाएकाे छ । यस नगरपालिकाकाे २०७८ सालकाे राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ४८हजार २ सय १६ जना रहेकाेमा पुरुष २२ हजार १ सय ८३ र महिला २६ हजार ३३ जना रहेका छन भने क्षेत्रफल २२८।६० वर्ग कि.मी रहेकाे छ ।
यस क्षेत्रमा व्यापार, उद्याेग, पर्यटन, व्यवसायिक कृषि पशुपालन माध्यमबाट यस क्षेत्रका मानिसहरुकाे जिविकाेपार्जन भएकाे देखिन्छ । यस नगरपालिकामा सवै प्रकारका जातजातीहरुकाे मिश्रित प्रकारकाे बसाेवास रहेकाे देखिन्छ । विशेष गरी ब्राहमण, क्षेत्री, मगर, राजी तथा दलितहरुकाे उच्च बसाेबास रहेकाे छ । यस क्षेत्रमा मगरहरुकाे उल्लेखनिय बसाेबास रहेका पाइन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाइ मातृभाषाकाे रुपमा प्रयाेग गरेकाे पाइन्छ भने मगर भााषाकाे पनि प्रचलन रहेकाे छ । यस क्षेत्रमा खेतीयाेग्य जमिन भए पनि सिचाइकाे अभाव, तथा उच्च अाधसनिक प्रविधिकाे अभावमा यहाँका मानिसहरु जिविकाेपार्जनका लागि व्यवसाय,कृषि, पशुपालन ज्याला मजदुरीका अतिरिक्त अन्य बैकल्पिक राेजगारीका अवसहरु खाेजिरहेकाे पाइन्छ ।
नागरपालिकाकाे नाम गुर्भाकाेट नामाकरण गर्नुमा यस क्षेत्रकाे एेतिहासिक बाइसे राज्यकाे रुपमा रहेकाे गुर्भाकाेट हाे । प्रारम्भमा सल्यान जिल्ला रहेपनि याे क्षेत्र २०१८ सालकाे १४ अंचल ७५ जिल्ला विभाजन पछि सुर्खेत जिल्लामा गाभिन पुगेकाे हाे । यस नगरपालिकाको पुर्वमा सिम्ता गाउँपालिका र सल्यान जिल्ला पश्चिममा भेरी गंगा नगरपालिका र लेखवेशी नगरपालिका दक्षिणमा सल्यान जिल्ला र उत्तरमा लेखवेशी नगरपालिकाकाे विचमा गुर्भाकाेट नगरपालिका रहकाे छ । यस नगरपालिकाकाे राजधानि मेहेलकुना रहेकाे छ ।
केन्द्रः साविक शुभाघाट नगरपालि
क्षेत्रफलः २२८.६२ (वर्ग कि.मि.)
वडा संख्याः १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मालारानी(१ – ५) | १७७० | १५.३२ |
२ | २ | मालारानी(६,७,८,९) | ३४६१ | १४.९४ |
३ | ३ | धारापानी(१ – ९) | २८६५ | १९.६७ |
४ | ४ | सहारे(४,५,६) | ४३६० | २३.०६ |
५ | ५ | सहारे(१,२,३) | ३२१५ | १५.६१ |
६ | ६ | शुभाघाट(१५,१६) | ४५५२ | १६.६२ |
७ | ७ | शुभाघाट(१३,१४) | ३१७१ | ६.२२ |
८ | ८ | शुभाघाट(११,१२) | ४३२६ | ६.३२ |
९ | ९ | सहारे(७,८,९) | ४५२८ | १५.८५ |
१० | १० | शुभाघाट(३) | २०६८ | ७.३५ |
११ | ११ | शुभाघाट(१,२) | २६५३ | ३०.०६ |
१२ | १२ | शुभाघाट(४,५,६) | ३२१६ | २२.१४ |
१३ | १३ | शुभाघाट(७,८) | ४५३४ | ७.३६ |
१४ | १४ | शुभाघाट(९,१०) | ३४९७ | २८.१ |
जम्मा | ४८२१६ | २२८.६२ |
गुर्भाकोट नगरपालिकाको नक्सा
४. नामः पञ्चपुरी नगरपालि
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित पञ्चपुरी नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । जसको अक्षाशं २८० ३९’ ४६” उत्तर देखी २८० ५४’ ५०” उत्तर सम्म र देशान्तर ८१०१५’ २७” पुर्व देखि ८१०३१’ २९” पुर्व सम्म फैलिएको छ । यस नगरपालिकाको २०७८ सालको राष्ट्यि जनगणना अनुसार कुल जनसंख्या ३५ हजार ८ सय ३९ जना रहेकोमा १७ हजार २ सय ३० जना पुरुष र १८ हजार ६ सय ९ जना महिला रहेका छन, भने क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेका छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफल सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा कृषि पशुपालनको र पर्यटनको उच्च सम्भावना रहेको छ ।
केन्द्रः साविक बाबियचौर गा.वि.
क्षेत्रफलः ३२९.९ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सालकोट(१,२,३) | २२२१ | २८.१७ |
२ | २ | सालकोट(४,५) | ३१५६ | १३.१६ |
३ | ३ | सालकोट(६,७,८,९) | ३७५४ | ८.७७ |
४ | ४ | बाबियाचौर(६,७,९) | २९०२ | १५.३३ |
५ | ५ | बाबियाचौर(१,२,३) | ३६३५ | १८.७४ |
६ | ६ | बाबियाचौर(४,५,८) | ४१४८ | १२.८५ |
७ | ७ | छाप्रे(१ – ९) | ३१७० | ६१.१४ |
८ | ८ | विद्यापुर(५,६,७,८) | ३६२५ | २०.५७ |
९ | ९ | विद्यापुर(१,२,३,४,९) | ३४५६ | २२.०३ |
१० | १० | तातापानी(६,७,८,९) | ३०९८ | ७०.४६ |
११ | ११ | तातापानी(१,२,३,४,५) | २६७४ | ५१.६८ |
जम्मा | ३५८३९ | ३२२.९ |
पञ्चपुरी नगरपालिकाको नक्सा
५. नामः लेकबेशी नगरपालिका
नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णय अनुसार साविकका ५ वटा गाविसहरु लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी लाई एक आपसमा गाभेर १० वटा वडामा विभाजन गरी यो लेकवेशी नगरपालिकाको संरचना तयार पारिएको हो । नगरपालीका गठन हुनु पुर्व साविकका ५ वटा गाविसहरु मिलाएर एउटा स्थानिय तह बनाउने निक्र्यौल भइसकेपछि यसको वडागत सिमाङ्कन र नामाङ्कनका बिषयमा स्थानिय स्तरमा यस क्षेत्रका राजनितिक दल, बुद्धिजिवी, शिक्षक, समाजसेवी,जेष्ठनागरिक आदीका बिचमा ब्यापक छलफद तथा बहसहरु भए । सिमाङ्कनका बिषयमा सरकारले जनसंख्या र भुगोलको मापदण्ड तोकिएकोले सोहि बमोजिम नै वडा संख्या र तिनको सिमा निर्धारण गरियो ।
त्यसपछि यस नगरपालिको नामाकरण सम्बन्धमा यस क्षेत्रका विज्ञ तथा स्थानीयवासीहरूको भेलामा सबैले आ–आफ्नो राय सल्लाह तथा सुझावहरु पेश गरेका थिए । कसैले सिद्देढुङ्गा कसैले कल्याणपुर त कसैले दशरथपुर जस्ता बिभिन्न नामहरु प्रस्ताव गरे । यस क्षेत्रका माओबादी केन्द्रका नेता खड्ग घर्तिले यस नगरपालीकको लेक तथा चुचुराहरुको क्षेत्र साविकको लेखफर्सा, नेटा तथा साटाखानी र धान र गहँु उत्पादन हुने बेशी क्षेत्र लेखफर्साकै दक्षिण भेग, दशरथपुर, कल्याण र साटाखानीको दक्षिण भेग सबै क्षेत्रको भौगोलिक अस्थित्व कायम हुने खालको लेकवेशी नाम प्रस्ताव गर्नुभयो । लामो छलफल ताथ बिश्लेषण पछि नगरपालिकाको लेक र वेशी सबै भुभागको सम्बोधन हुने लेकवेशी नाम नै उपयुक्त नाम देखएकोले सबै पक्षबाट लेकवेशी नाम परित गरियो र यस नगरपालिकाको नाम लेकवेशी रहन पुग्यो ।
कर्णाली प्रदेश को प्रादेशिक राजधानी वीरेन्द्रनगरको पुर्वी सिामाना संगै सिमाना जोडिएको यो नगरपालिका भेरी नदीको किनारमा अवस्थित दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामाम यो नगरपालीका रहेको छ ।
नगरपालिका वडा नं. ८ मा रहेको भोटेको दरबाराट सुर्खेत जिल्ला सहित आसपासका अन्य जिल्लाहरुको केहि भुभागहरु दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रमा बिभिन्न महत्व बोकेका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेका खाँडदेवि मन्दिर, देवीडाँडा मन्दिर र भेरी नदी जस्ता अन्य दर्जनौ सम्पदाहरु रहेका छन ् । साविककका ५ वटा गाविसहका ४५ वटा वडाहरु लाई पुनसंरचना गरी यस नगरपालिकामा १० वटा वडाहरु बनेको छन् । सविकको कल्याण गाविस तथा हालको वडा नं. छ सबै वडाहरुको लागि भौगोलिक रुपमा बिच केन्द्र पर्न भएकोले नगरपालिकाको मुख्य केन्द्र वडा नं. ६ कल्याणमा स्थापना गरिएको छ । राज्यको बिकेन्द्रीकृत शाशनप्रणली तथा स्थानिय जनचाहना र आवश्यकताको सम्बोधन गर्ने हेतले यस नगरपालिकाले सरकारी निकायका बिभिन्न बिषयगत कार्यालयहरु र गैरसरकारी संघ÷संस्थाहरूसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
केन्द्रः साविक कल्याण गा.वि.स.
क्षेत्रफलः १८०.९२ (वर्ग कि.मि.)
वडा संख्याः
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लेखफर्सा (५-८ ) | ४३८३ | ११.४३ |
२ | २ | लेखफर्सा ( १-४,९) | २०३७ | १६.१५ |
३ | ३ | दशरथपुर (१-४ ) | २३५६ | ११.१८ |
४ | ४ | दशरथपुर (५-९) | ३२६६ | १०.३२ |
५ | ५ | नेटा (१-९) | ३३८४ | ३३.७६ |
६ | ६ | कल्याण (१-५) | ३५३१ | १९.७५ |
७ | ७ | कल्याण (६-९) | २८१५ | १७.७५ |
८ | ८ | साटाखानी (८,९) | २२१४ | १८.३८ |
९ | ९ | साटाखानी (५-७) | ३९७४ | १८.९४ |
१० | १० | साटाखानी (१-४) | ३७५० | २३.२६ |
जम्मा | ३१७१० | १८०.९२ |
लेकवेशी नगरपालिकाको नक्सा
६. नामः चौकुने गाउँपालिका
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम, बेतान¸ विजौरा¸गुटुर घाटगाउँ गा वि स हरु मिलेर बनेको हो । चौकुने गाउँपालिकाको अक्षांश २८० ४४’ २५’’ उत्तर देखि २८० ५८’ ४१’’ उत्तर सम्म र देशान्तर८०० ५८’ ५७’’ पूर्व देखि ८१० २१’ १५’’ पूर्व सम्म फैलिएको छ ।यसको क्षेत्रफल करिब ३८१.०३ वर्ग कि मि रहेको छ । सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगेका छन् । यस क्षेत्रमा पर्यटन, कृषि, पशुपालन,र्याफटिङ्ग व्यवसायको उच्च सम्भावना रहेको छ । यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ । बिशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित, राजीहरुको बसोबास रहेको छ ।
यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा चोइटिलो फुस्रो माटो भएको र अधिकांश जमिन भिरालो र कृषि कार्यको लागि अनुपयुक्त भएको हँुदा यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिमा भन्दा ज्यालादारीमा काम गर्नका लागि भारत तर्फ जानेगरेको देखिन्छ । साविकको गुटुगा.वि.स. वडा नं ६ मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो । हाल उक्त क्षेत्र चौकुने सिमेन्ट उद्योगको नामले समेत प्रसिद्ध रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको गुटुगाविस वडा नं. ६ मा रहेको छ ।
चौकुने गाउँपालिका लगाम, बेतान, बिजौरा, गुटुर घाटगाउँ गरी पाँचवटा साबिककागाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो । । चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएकोछ । पुरानो लगाम गाउँ विकास समितिका वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं १ र वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं २ कायम गरिएकोछ । बेतान गाउँ विकास समितिका १ देखि ९ वटा वडाहरुलाई चौकुने गाउँपालिकाको वडा नं ३ र बिजौरा गाउँ विकास समितिका वडा नं १,२,७,८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ४ र वडा नं ३,४,५र ६ लाई चौकुने गाउँपालिकाको वडा नं ५ कायम गरिएकोछ । त्यसैगरी गुटुगाउँ विकास समितिका वडा नं १,२,३,४ लाई चौकुने गाउँपालिकाको वडा नं ६ र वडा न ५,६,७ लाई चौकुने गाउँपालिकाको वडा नं ७ र वडा न ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ८ कायम गरिएकोछ । घाटगाउँगाउँ विकास समितिका वडा नं ५, ७, ८ र ९ लाई चौकुने गाउँपालिकाको वडा नं ९ र वडा नं १,२,३,४,६ लाई चौकुने गाउँपालिकाको वडा नं १० कायम गरिएकोछ ।
केन्द्रः साविक गुटु गा.वि.स.को
क्षेत्रफलः ३८१.०१(वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लगाम(३,४,५,६) | २३०८ | ७१.१४ |
२ | २ | लगाम(१,२,७,८,९) | १९१९ | ४४.३९ |
३ | ३ | बेतान(१ – ९) | २९१० | ७२.५१ |
४ | ४ | बिजौरा(१,२,७,८,९) | २६९६ | ३८.२४ |
५ | ५ | बिजौरा(३,४,५,६) | २४२३ | ३६.३६ |
६ | ६ | गुटु(१,२,३,४) | २३५६ | ४५.०८ |
७ | ७ | गुटु(५,६,७) | ३७९८ | १०.१२ |
८ | ८ | गुटु(८,९) | २६५० | ९.७७ |
९ | ९ | घाटगाउँ(५,७,८,९) | २३३० | २४.३१ |
१० | १० | घाटगाउँ(१,२,३,४,६) | ३५६० | २९.०९ |
जम्मा | २६९५० | ३८१.०१ |
चौकुने गाउँपालिकाको नक्सा
७. नामः बराहताल गाउँपालि
नेपालको पछिल्लो बदलिदो संरचना अनुरूप प्रदेश नं ६ को केन्द्रमा पर्ने सुर्खेत जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ९वटा स्थानीय निकायहरु ५ वटा नगरपालिका र ४ वटा गाउँपालिकाहरूमा विभाजन गरिएको छ । बराहतल गाउँपालिका जिल्लाको पश्चिम क्षेत्रको रमणीय स्थानमा अवस्थित प्राकृतिक तथा भौतिक, साँस्कृतिक श्रोत सम्पन्न गाउँपालिका हो । जिल्लाका ९ वटा स्थानीय निकायहरूमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो (४५५.०९वर्ग कि.मी.)यो गाउँपालिका स्रोतका तथा संम्भावनाका हिसाबले अन्य गाउँपालिकाभन्दा सक्षम तर विकासका हिसाबले पिछडिएको मानिन्छ । उत्पादनको क्षेत्रमा यो गाउँपालिकाले सुर्खेतका अन्य गाउँपालिकाहरू सरह उदाहरणीय भुमिका खेलेको छ । मुख्य गरि वनजंगल, वनपैदावार र कृषि उत्पादनलाई मुख्य आम्दानीको स्रोत मानेको यस गाउँपालिकाको कुनाथरीलाई मुख्य व्यापारीक केन्द्र बनाई काठ र तरकारी निर्यातका लागि प्रसिद्ध मानिदै आएको छ ।
सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर देखिपश्चिम क्षेत्रमा अवस्थित साविकका हरिहरपुर,तरङ्गा,कुनाथरी,पोखरीकाडा र लेखगाँउ गरि ५ वटा गा.वि.स.हरुलाई समावेश गरि बराहताल गाउँपालिका बनेको छ । यस गाउँपालिकाको अक्षांश २८० ३०’५४’’देखि२८० ४४’१२’’ उत्तर सम्म र देशान्तर ८१०
१८’४३’’पूर्व देखि८१० ३७’०४’’ पूर्व सम्म फैलिएको छ। यस गाउँपालिकालाई दशवटा वडाहरूमा विभाजन गरिएको छ । जसमा साविकको हरिहरपुरगा.वि.स.लाईवडा नं. १र२ मा,तरङ्गागा.वि.स.लाई ३ र४ मा,कुनाथरीगा.वि.स.लाई ५र८मा,पोखरीकाँडागा.वि.स.लाई६र७ मा र लेखगाँउगा.वि.स.लाई ९र १० वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्रको रूपमा हाललाई साविकको कुनाथरी गा.वि.स.को बड्डीचौर क्षेत्रलाई तोकिएको छ । जनचाहना र आवश्यकताको सम्बोधन गर्ने हेतुले यस गाउँपालिकालेसरकारी निकायका सेवा केन्द्र र गैरसरकारीसंघ – संस्थाहरूसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यस गाउँपालिका अन्तरगत हाल कायम गरिएका वडा र त्यस अन्तर्गत रहेका साविककागा.वि.स. तथा वडाहरूको विवरणलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
केन्द्रः साविक कुनाथरी गा.वि.स
क्षेत्रफलः ४५५.०९ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हरिहरपुर(१,२,३,८,९) | १५०४ | ४२.५८ |
२ | २ | हरिहरपुर(४,५,६,७) | २८७५ | ५६.७७ |
३ | ३ | तरङ्गा(१,२,७,८,९) | १३४२ | ५८.५१ |
४ | ४ | तरङ्गा(३,४,५,६) | २७७२ | ७०.७ |
५ | ५ | कुनाथरी(१,२,३,४) | ५१९९ | ३३.६३ |
६ | ६ | पोखरीकाँडा(३,४,५) | २३४३ | ४२.६१ |
७ | ७ | पोखरीकाँडा(१,२,६,७,८,९) | २४०५ | ५८ |
८ | ८ | कुनाथरी(५,६,७,८,९) | ३३५५ | ३५.२२ |
९ | ९ | लेखगाउँ(१,२,८,९) | १५९१ | २३.८८ |
१० | १० | लेखगाउँ(३,४,५,६,७) | २५५७ | ३३.१९ |
जम्मा | २५९४३ | ४५५.०९ |
बराहताल गाउँपालिकाको नक्सा
८. नामः चिङ्गाड गाउँपालि
सुर्खेत जिल्लाको उत्तर पृर्वमा रहेको यो क्षेत्र अधिकांश भुभाग पहाडी क्षेत्रले बनेको छ । साविकका, रजेना,रानीवास,मटेला,अवलचिङ्ग,पाम्का गा.वि.स हरु मिलेर चिङ्गाड गाउँपालिका बनेको छ । तुलानात्मक रुपमा गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८० ३१’ ५०” उत्तर देखि २८० ४३’ ५०” उत्तर सम्म र देशान्तर ८१० ४४’ ५१” पूर्व देखि ८१०५५’ १४” पूर्व सम्म फैलिएको छ । हाल प्रस्तावित यस गाउँपालिकाको २०७८ सालको राष्टिय जनगणना अनुसार कुल जनसङ्ख्या १५ हजार ६ सय जना रहेकोमा पुरुष ७ हजार ३ सय ६७ जना र महिला ८ हजार २ सय ३३ जनारहेका छन् । भने क्षेत्रफल १७०.१ वर्ग कि मि रहेको छ। पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा जातिय रुपमा ब्राहमण,क्षेत्री,मगरहरुको बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ ।
यस क्षेत्रमा खेतीयोग्य जमिनका अतिरिक्त ठुलो भू-भाग जंगलले ढाक्नुका साथै भिरालो जमिनले बनेको हुँदा यस क्षेत्रका मानिसहरु जिपिकोपार्जनका लागि कृषि,पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यावसायमा संलग्न रहेका छन् । अहिले पनि बाह्रै महिना सडक यातायातका पहुँच बाट बंचित यस क्षेत्रकका समुदायको समथर जमिनको अत्यन्त अभाव रहेको छ। यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । जसमा साविकको रजेना गा.वि.स. लाई वार्ड नं. १ ,रानीवास गा.वि.स.लाई वार्ड नं. २,मटेला गा.वि.स. लाई वार्ड नं. ३ र ४,अवलचिङ्ग गा.वि.स. लाई वार्ड नं. ५ र पाम्का गा.वि.स.लाई वार्ड नं. ६ मा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्रको रुपमा हाललाई साविकको अवलचिङ्ग गा.वि.स. हाल वार्ड नं. ५ लाई तोकिएको छ ।
केन्द्रः साविक अवलचिङ गा.वि.स.
क्षेत्रफलः १७०.१९ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रजेना(१ – ९) | २५५४ | ४०.२ |
२ | २ | रानीवास(१ – ९) | ३२४३ | ३७.१३ |
३ | ३ | मटेला(१ – ९) | ३०२१ | २४.७४ |
४ | ४ | मटेला(१ – ५) | २६०३ | २६.६३ |
५ | ५ | अवलचिङ(१ – ९) | २२१४ | १४.४१ |
६ | ६ | पाम्का(१ – ९) | १९६५ | २७.०८ |
जम्मा | १५६०० | १७०.१९ |
चिङ्गाड गाउँपालिकाको नक्सा
९. नामः सिम्ता गाउँपालि
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रीगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौ वटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रीगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ।
राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ विकास समितिको कार्यालयलाई कायम गरिएको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ ।
केन्द्रः साविक बजेडीचौर गा.वि.
क्षेत्रफलः २४१.६४ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | घोरेटा(१ – ९) | २८९२ | ३३.०५ |
२ | २ | काफलकोट(१ – ९) | २९७८ | २६.७४ |
३ | ३ | आग्रीगाउँ(१ – ९) | २५०१ | २३.५४ |
४ | ४ | बजेडीचौर(५ – ९) | १५९० | १३.२८ |
५ | ५ | बजेडीचौर(१ – ४) | २२४२ | १४.८९ |
६ | ६ | राकम(१ – ९) | ४२३५ | २७.२२ |
७ | ७ | काप्रिचौर(१ – ९) | २७६९ | ४३.२८ |
८ | ८ | डाँडाखाली(१ – ९) | २२०२ | २०.१४ |
९ | ९ | खानीखोला(१ – ९) | २६७४ | ३९.५ |
जम्मा | २४०८३ | २४१.६४ |
सिम्ता गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेत। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । सुर्खेत जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
समुन्द्री सतह बाट यसको उचाइ यति भनेर समाबेश गर्नु पर्यो
संसुर्खेत जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ ।
सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
चिनारी नेपाल ।।