Sindhuli Photo

सिन्धुली जिल्ला Sindhuli District

परिचय

जिल्ला सम्न्वय समिति सिन्धुलीका अनुसार नेपालको मानचित्रमा बाग्मती प्रदेशमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । नेपालको एकिकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो । मकवानी शासकहरुमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए । यी राजाभगवान श्रीरामको परम भक्त भएकाले आँफुलाई रघुपति राघव र क्षार सिन्धु तरेर लंका दोहन गर्न सक्ने पराक्रमी राजा समान भएकोले यीनले आफुलाई सिन्धुल उपनामले  परिचित गराएका थिए । पछि यीनै राजाको नामबाट यो वस्तिको नाम सिन्धुली रहन गएको हो । (महानन्द सापकोटा) प्राकृतिक रुपमा यो जिल्ला भित्री मधेसको समथर भूमि देखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्र देखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ ।

Photo of Sindhuli
विपी राजमार्ग तस्विरः सुविन भट्राइको सामाजिक सञ्जालवाट
भाैगोलिक अवस्थिती

गणितिय भूगोल अनुसार यो जिल्ला विश्व मानचित्र २६ डिग्री ५५” देखि २७ डिग्री २२” उत्तरी अक्षांस र ८५ डिग्री १५” देखि ८६ डिग २५” पूर्वी देशान्तरमा अवस्थित छ । यस जिल्लाको सबैभन्दा होचो भाग समुन्द्रि सतह देखि २७८७ मिटरको उचाईमा छ । धरातलिय स्वरुप विविध भएकै कारण यस जिल्लाको हावापानी फरक-फरक नै छ । चुरे पहाडको नजिक तथा वरपरका भागहरुमा अधिकतम तापक्रम ७ र ८ डिग्री सेल्सियसको सरदरमा हुन्छ भन महाभारत नजिक तथा वरपरका भागहरुमा अधिकतम तापक्रम १९ र २० डिग्रीको सरदरमा हुन्छ । सिन्धुली जिल्लाको कुल क्षेत्रफल २४९१ वर्ग कि.मि. छ । २०७८ सालको प्रतिवेदन अनुसार यस जिल्लामा कूल जनसंख्या ३००,०२६ जनसंख्या रहेकाे छ । जसमा महिलाहरु १,५२,९६१ र पुरुषहरु १,४७,०६५ को संख्यामा छन् । यस जिल्लामा ६९३६४ घरधुरिहरु रहेका छन्।

सिन्धुली
तस्विरः सुविन भट्राइको सामाजिक सञ्जालवाट
हावापानी , जडिवुटी, जातजाती र भेषभुषा

सिन्धुली जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४.८ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।

सिन्धुली जिल्लामा तामाङ्ग जातिको वाहुल्यता रहेको छ । हायू र थामी जस्ता लोपोन्मुख अल्पसंख्यक जातिहरु पनि यस जिल्लामा बसोबास गर्दै आइरहेका छन् । यस जिल्लाको कमला र मरिनखोलाका छेउछाउका भागमा आदिवासी राई, दनुवार र माझीका व्यापक बस्तीहरु छन् भने डाँडीगुरासे गा.वि.स. को गुराँसे डाडामा नेपालकै दुर्लभ जाती हायूहरु बस्दछन् । यस जिल्लामा ७४ प्रकारका जात जातिहरु पाइन्छ । जातीय विविधताको स्वरुप भाषा र धर्ममा पनि विविधता पाईन्छ । धर्ममा पनि विविधता पाईन्छ । धर्ममा हिन्दु धर्म मान्नेहरु ७५%, बौद्द धर्म मान्नेहरु २३% र अन्य धर्म मान्नेहरु २% रहेका छन् ।

सिन्धुली
तस्विरः सुविन भट्राइको सामाजिक सञ्जालवाट
सिन्धुली जिल्लामा रहेका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु

सिन्धुलीगढी, हरिहरपुरगढी, भद्रकाली मन्दिर, कमलामाई मन्दिर, कालिकामाई मन्दिर, शिध्दवावा मन्दिर, पंचकन्या पोखरी, लंगुरेश्वर—मधुगंगा, बाबाधाम, सर्वशिद्घेश्वर महादेव गुफा, कुशेश्वर महादेव आदी ।

Sindhuli
सिन्धुली तस्विरः Purvi Blues
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार सिन्धुली जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः कमलामाई गरपालिका

 इतिहासमा ‘जननी, जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने वाक्यांशलाई गौरवशाली परम्परा बनाई राख्न कुनै कालखण्डमा सजीव भुमिका निर्वाह गरेकोे सिन्धुली जिल्ला आज पनि आफ्नै अपार प्राकृतिक श्रोत साधन र ऐतिहासिक तथा पुरातात्विक सम्पदामा जीवन्त रहन सक्षम रहेको छ । सिन्धुलीय मानवताको अथक परिश्रम अनि पसिनाले सिंचित हुँदै वर्तमानको राज्यको संघिय पुनसंरचना पश्चात दुई नगरपालिका र ७ गाउँपालिकाहरुमा विकेन्द्रित भएर सिंगो नेपालको राष्ट्रियतामा एक अविरल धारको रुपमा निरन्तर प्रवाहित भैरहेको छ। ने

नेपालको प्रसिद्ध कमला नदीको उद्गमस्थलमा रहेको कमलामाई देवीको नामलाई समाविष्ट गरी वि.संं. २०५३ मा तत्कालीन सिद्देश्वर र भिमान गा.वि.स. लाई समायोजन गरी घोषित कमलामाई नगरपालिका रोमन, सिन्धु, पर्सियन सभ्यता जस्तै मानव विकास क्रममा सिन्धुलीवासीको मौलिक परम्परा, सांस्कृतिक, सामाजिक संरचनालाई जगेर्ना गर्दै एउटा शहरी वातावरणलाई अत्यावश्यकिय सबै खाले पुर्वाधारहरुको जोडजाम, वन्दोवस्ती सहित परिवर्तनको संवाहक भई सङ्घीय नेपालको पुनःसंरचनामा साविक कमलामाई नगरपालिका, डाढी गुराँसे, भद्रकाली, जलकन्या, रानीचुरी, रानीवास गा.वि.स.हरु समाहित भई पुन कमलामाई नगरपालिकाको रुपमा प्रतिस्थापित छ ।

४८२.५७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस नगरपालिका चुरे तराईको प्रचण्ड गर्मी देखी महाभारतको उच्च श्रृङ्खलासम्म विस्तारित भएको छ ।

केन्द्रः साविक कमलामाई नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७१०१६

क्षेत्रफलः ४८२.५७ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

डाडीगुराँसे

१-९

भद्रकाली

१-९

जलकन्या

१-९

कमलामाई

१,२,५,९

कमलामाई

कमलामाई

कमलामाई

७,८

कमलामाई

३,१०

कमलामाई

११,१२,१४

१०

कमलामाई

१३,१५-१८

११

रानीचुरी

१-३,५

१२

रानीचुरी

४,६-९

१३

रानीबास

१-३,८,९

१४

रानीबास

४-७

 २.    नामः दुधौली  गरपालिका

सिन्धुली जिल्ला अन्तर्गत साविक दुधौली, टाँडी र लदाभीर गाविसहरु समावेश गरी नेपाल सरकारको २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार दुधौली नगरपालिकाको स्थापना भएकोमा नेपालको संविधान को धारा २९५ को उपधारा ३ बमोजिम गठीत गाउँ पालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन बमोजिम नेपाल सरकारको मिति २०७३ फाल्गुण २२ को निर्णय बमोजिम साविक दुधौली नगरपालिका र हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरु समावेश गरी स्थानीय तहको रुपमा यो नगरपालिका कायम भएको छ ।

यस नगरपालिकाको सिमाना मध्ये पूर्वमा उदयपुर जिल्ला, पश्चिममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका, उत्तरमा सिन्धुली जिल्लाकै फिक्कल र तीनपाटन गाउँपालिका  र  दक्षिणमा धनुषा र उदयपुर जिल्ला रहेको छ । यस नगरपालिकाको भौगोलिक क्षेत्रफल ३९०.३९ वर्ग किलोमिटर र जनसंख्या (२०७८ को जनगणना अनुसार) ७०२०७ रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक दुधौली नगरपालिकाको कार्यालय रहेको स्थान दुधौली वजारमा रहेको छ ।

केन्द्रः साविक दुधौली  नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७०२०७

क्षेत्रफलः ३९०.३९  (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हत्पते

१,७-९

हत्पते

२-६

निपाने

१-९

सिर्थौली

१-५

सिर्थौली

६-९

हर्षाही

१-९

दुधौली

१,२

दुधौली

३,४

दुधौली

५,६

१०

दुधौली

७,८

११

दुधौली

९-११

१२

जिनाखु

१-९

१३

अरुणठाकुर

१-९

१४

ककुरठाकुर

१-९

 ३.    नामः गोलञ्जोर गाउँपालिका

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ३ नं प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाईएकीकृत गरी ७ वटा वडा कायम गर्ने गरी नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयले देशभरिका अन्य स्थानीय तह जस्तै यस गोलन्जोर गाउँ पालिकालाई स्थानीय तहको रूपमा लागू गरिएको हो । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो ।

गाउँपालिकाको सिमानामा पूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका रहेका छन्। हाल यस गाउँपालिकाको केन्द्र हालको वडा नं. ३ ग्वालटारमा रहेको छ । यस गाउँपालिका भित्र विकासका संभाव्य क्षेत्रहरू मुख्यतया कृषि, जलस्रोत, पर्यटन, जडीबुटी लगायतका प्राकृतिक स्रोत साधन आदि रहेका छन्। यस गाउँपालिका भित्र क्षेत्री, ब्राम्हण, मगर, नेवार, कामी, दमाई, सार्की, भुजेल, माझी, तामाङ, सुनुवार, राई आदि जाति जनजातिको बसोबास रहेको छ ।

केन्द्रः साविक भूवनेश्वरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८७३७

क्षेत्रफलः १८४.१३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

डुडभञ्ज्याङ

१-९

वितिजोर

१-९

भुवनेश्वरी

१-९

तीनकन्या

१-९

रतनचुरा

१-९

बाशेश्वर

१-९

भिमेश्वर

१-९

 ४.    नामः घ्याङलेख गाउँपालिका

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं. ३ मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ ।

घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ । यस गाउँपालिकामा ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाको जम्मा कूल क्षेत्रफल १६६.७७ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको वडा नं. १ अमले अन्तर्गत घ्याङलेख गाउँपालिकाको सबभन्दा अग्लो चुचुरो महाभारत तथा फापरचुली समुन्द्री किनाराबाट २१०० मिटर उचाईमा पर्दछ । उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावा पानी पाईने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाईन्छ । काष्ठ र प्रकाष्ठ दुबै खाले वनस्पतिको उपलब्धता यस क्षेत्रको वनजंगलको विशेषता रहेको छ

केन्द्रः साविक बस्तिपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२६५२

क्षेत्रफलः १६६.७७  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

अमले

१-९

बस्तिपुर

१-९

तामाजोर

१-९

नेत्रकाली

१-९

शान्तेश्वरी

१-९

 ५.    नामः तीनपाटन गाउँपालिका

नेपाल सरकारले नेपालको संविधान बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो। यस तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ । २८०.२६ वर्ग.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा दुधौली न.पा.,पश्चिममा कमलामाई न.पा., उत्तरमा गोलान्जोर गा.पा. र दक्षिणमा कमलामाई न.पा. पर्दछन् । यस गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते साविकको वेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ्ग, आम्वोटे र लाम्पन्टार गा.वि.स. समाबेश गरी जम्मा  ११ वडा कायम गरिएको छ ।

केन्द्रः साविक लाम्पानटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३४८८९

क्षेत्रफलः २८०.२६ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बेलघारी

१-९

भिमस्थान

१-५

भिमस्थान

६-९

जरायोटार

१४-६

जरायोटार

२,३,७-९

बालाजोर

१-९

तोश्रामखोला

१-९

बाहुनतिल्पुङ

१-९

आम्बोटे

१-९

१०

लाम्पानटार

१-३

११

लाम्पानटरा

४-९

 ६.    नामः फिक्कल गाउँपालिका

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्‍नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरुलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । महाभारत श्रृङखलामा पर्ने २३८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो जिल्लाकै सर्वोच्च शिखर हो । मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध फिक्कल चुचुरो यस गाउँपालिका भित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको  छ ।

केन्द्रः साविक खङसाङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५९१०

क्षेत्रफलः १८६.०६ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

महादेवडाँडा

१-९

पोखरी

१-९

खोलागाउँ

१-९

खाङसाङ

१-९

सोल्पाठाना

१-९

रत्नावती

१-९

 ७.    नामः मरिण गाउँपालिका

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कपिलाकोट, कल्पबृक्ष र महादेवस्थान ३ गाविस समेटी गठन गरेको क्षेत्र नै मरिण गाउँपालिका हो ।

यस गाउँपालिकाको नामाकरण सिन्धुली जिल्लाकै प्रशिद्द खोला मरिण खोलालाइ आधार मानी गरिएको छ । पूर्वमा कमलामाइ नगारपालीकाको सिमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालीका, उत्तरमा काभ्रे जिल्ला र घ्याङ्लेख गाउँपालिका र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल ३२४.५५ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा समथर फाँट, चुरे क्षेत्र, खोला खोल्सी, अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग रहेको छ ।

गाउँपालिकाको मध्य भागमा मरिण नदी,  उत्तरमा महाभारत शृङ्खला र दक्षिणमा चुरेशृखलाहरु रहेको छ । मानविय रुपमा तामाङ बाहुल्यता रहेको यस गाउँपालिकामा मगर, माझी , विश्वकर्मा, दमाई, सार्की, बाहुन, क्षेत्री, नेवार लगायतका जातीहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसङ्ख्या २८,८०८ छ । मानविय चेतना तथा भौतिक, आर्थिक र पुर्वाधार विकासको दृष्टिकोणबाट यस मरिण गाउँपालिका पिछडिएको देखिन्छ ।

पर्यटकीय हिसाबले पन्चकन्या पोखरी, ठाकुर दरवार, धुरी ढुङ्गा र टुडिखेल एतिहासिक महत्व बोकेको स्थानको रुपमा हेरीएको छ यि ठाउँहरु पनि यसै गाउँपालिकामा पर्दछन । दक्षिणतर्फ चुरे श्रृखला र उत्तरतर्फ महाभारत पर्वतको बीचमा अवस्थित मरिण खोँच क्षेत्र जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । मरिण खोला लगायतका विविध साना ठुला खोला, खहरेबाट सिन्चित भइ आएको यो क्षेत्र परापूर्व कालदेखि नै अन्न र पशुजन्य उत्पादनको भण्डारको रुपमा यस जिल्लामा परिचित छ ।

केन्द्रः साविक कपिलाकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २७८२२

क्षेत्रफलः ३२४.५५  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कपिलाकोट

३,५

कपिलाकोट

१,२,४

कल्पबृक्ष

६-९

कल्पबृक्ष

१-५

महादेवस्थान

१-३,९

कपिलाकोट

६-९

महादेवस्थान

४-८

 ८.    नामः सुनकोशी गाउँपालिका

स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कुशेश्वोर दुम्जा , झागाझोली रातमाटा , पुरानो झागाझोली, सित्तलपाटी र मझुवा   ५ गा.वि.स. समेटी रथापना  गरिएको क्षेत्र नै सुनकोशी गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण  नेपालको प्रसिद्ध ठुलो नदि सप्तकोशीको सहायक नदि सुनकोशीलाई आधार मानी गरिएको छ ।

पूर्वमा गोलान्जोर गाउँपालिकाको सीमा क्षेत्र, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी  गाउँपालिका र दक्षिणमा घ्याँग्लेख गाउपालिका र कमलामाई नगरपालिका सीमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल १५४.६८ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा ससाना टार देखि खोला खोल्सी, अग्लो होचो डाँडा काँडा हुदै  महाभारत शृंखला सम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरु भागी सुनकोशी नदीमा समाहित भएका छन l तिनै खोलानालाहरुलाई आधार मानि वडाहरुको प्राय सिमांकन कायम भएको छ । यहाको हावापानी नेपालको हिमाल पहाड तराइ जस्तै तिन प्रकारको रहेको पाइन्छ l यस गाउँपालिका २७.४१८१ डिग्री उतर अक्षरंश र ८५.८६७५ डिग्री पुर्व देशान्तरमा रहेको छ l

मानवीय रुपमा  यस गाउँपालिकामा ब्राह्मण ,क्षेत्री ,तामांग, मगर, नेवार, विश्वकर्मा, दमाई, सार्की, माझी, हायु, सुनुवार   लगायतका विभिन्न  जातिहरु बसोबास रहेको छ l यस गाउँपालिकाको कुल जनसङ्ख्या १८३७५ छ । मानवीय चेतना तथा भौतिक, आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणबाट यस गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले कुशेश्वर महादेव मन्दिर, फापर चुली, वि.पी पार्क , सहिद स्मारक, सुनकोशी नदीमा जलयात्रा गर्ने र  विभिन्न मठमन्दिर, गुम्बाले  महत्व बोकेको स्थानको रुपमा रहेको छ।

केन्द्रः साविक पुरानाझाँगाझोली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८,३७५

क्षेत्रफलः १५४.६८  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कुशेश्वर दुम्जा

२-५,९

कुशेश्वर दुम्जा

१,६-८

झाँगाझोली रातामाटा

१-५

झाँगाझोली रातामाटा

६-९

पुराना झागाझोली

१-९

सितलपाटी

१-९

मझुवा

१-९

 ९.    नामः हरिहरपुरगढी गाउँपालिका

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेकोप्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार,सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक महेन्द्रझ्याडी ,हरिहरपुरगढी ,क्यानेश्वोर ,पिपलमाडी गा.बि.स.ले ओगटेको भूभाग नै हरिहरपुरगढी गाउँपालिका हो ।

यस गाउँपालिकाको नामाकरण  ऐतिहासिक हरिहरपुरगढी दरबारलाई आधार मानी गरिएको छ । पूर्वमा मरिण गाउँपालिकाको सिमा क्षेत्र पश्चिममा मकवानपुर र रौतहट जिल्लाको सिमा क्षेत्र उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिका भौगालिक कुल क्षेत्रफल ३४३.९ बर्ग कि.मि. छ ।भौगालिक धरातलीय रुपमा समथर फाट चुरे क्षेत्र खोला खोल्सी अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग पाईन्छ । गाउँपालिकाको मध्य भागमा मरिण दक्षिण पुर्बी भागमा क्यानखोला ,पश्चिम भागमा बाग्मती र उत्तरी भागमा कोखाजोर नदीहरु पाईन्छ l

मानविय रुपमा तामाङ, राई , मगर, माझी , पहरी, विश्वकर्मा, दमाई, बाहुन , क्षेत्री, नेवार लगायतका जातीहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसख्या २६५०५ छ । मानविय बसोबासको हिसावले लगभग ३०० वर्ष भन्दा अगाडि नै यस क्षेत्रमा बसोबास गरेको किम्बदन्तीहरु पाईन्छ । मानविय चेतना तथा भौतिक , आर्थिक पुर्वाधार विकासको दृष्टिकोणबाट यस हरिहरपुरगढी गाउँपालिका पिछडिएको देखिन्छ । यहाँको मुख्य पेशा कृषि हो ।

केन्द्रः वडा नं. २ झनझने

जनसङ्ख्याः २६५०५

क्षेत्रफलः ३४३.९  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हरिहरपुरगढी

१-९

पिपलमाडी

१,२,९

पिपलमाडी

३-८

महेन्द्रझ्याडी

२-५

महेन्द्रझ्याडी

१,६-९

क्यानेश्वर

६-८

क्यानेश्वर

१,२,९

क्यानेश्वर

३-५

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला समन्वय समिति सिन्धुली। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । सिन्धुली जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

2 thoughts on “सिन्धुली जिल्ला Sindhuli District”

  1. खड्ग बहादुर श्रेष्ठ सुनकोशी ३ ,बोहोरेटार,सिन्धुली।

    कृपया सुनकोशी गाउँपालिकाको परिचय हुनुपर्ने ठाउँमा सिन्धुली जिल्लाको पो परिचय छ त।कसरी यस्तो भयो?

    1. तपाइको सुझाव अनुसार हामिले हाम्राे लेखमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
      चिनारी नेपाल ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *