परिचय
सल्यान जिल्ला कर्णाली प्रदेश अन्तर्गत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित एक जिल्ला हो । यो जिल्ला प्राक्रितिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासको ढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जल सम्पदाको रुपमा रहेको छ ।
कुपुण्डेदह यहाँको धार्मिक स्थलको रुपले प्रसिद्व रहेको छन् । यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रुपले प्रसिद्व रहेका छन् । यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँ प्रसस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रा पालन व्यवसायका साथ कृषि व्यवसाय नै यस जिल्लाको प्रमुख व्यवसायको रुपमा रहेको पाईन्छ । प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचित उपयोग सहित जिल्लाको चौतर्फी विकासका लागि सबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो |
सल्यान जिल्लाको भाैगोलीक अवस्थिती
नेपालको राजधानी काठमाण्डौ देखी करिब ४९६ कि.मी. (मोटर बाटो) को दुरीमा रहेको छ । यस जिल्लाको जिल्ला सदरमुकाम खलङ्गा रहेको छ । जिल्ला ववइ नदिको ३२६ मिटर उचाइ देखी २८२७ मिटर उचाइको खर्शुवास लेकसम्म फैलिएको छ । र जिल्ला सदरमुकाम १५३६ मिटर उचाइमा रहेको छ । करीव साढे दुई लाख जनसङ्ख्या भएको यस जिल्लाको क्षेत्रफल १,९५१ वर्ग कि.मी. (१,९५,१७८ हेक्टर) रहेको छ । यो जिल्ला २८० ३१। देखी २८० ५३। उत्तरी अक्षाम्श र ८२० ०। देखी ८२० ४६। सम्म पुर्वी देशान्तर सम्म फैलिएको छ ।यस जिल्लाको पूर्वमा रोल्पा पश्चिममा सुर्खेत र बर्दिया उतरमा जाजरकोट र रुकुम दक्षिणमा दाङ र बाँके जिल्ला रहेका छन् । जिल्लाको जनसंख्या २४४९४३ रहेको छ ।
सल्यान जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला हो खैरावाङ भुवनेश्वरी मन्दिर लक्षमीपुर शक्तिपिठ छाँयाक्षेत्र मन्दिर कृष्ण मन्दिर देवस्थलका साथै कुपिण्डे ताल र कछुवा दह जस्ता तालहरु पनि रहेका छन् । जिल्लाको उतर पश्चिममा बग्ने भेरी नदी र मध्ये भागबाट बग्ने शारदा नदिका साथै मर्म खोला‚ वनगाड खोला‚ कोर्वाङ खोला‚ दार्मा खोला‚ मोखला खोला‚ चाक्ला खोला जस्ता खोलाहरु एंव ज्यूला वेशी र फांटहरुले जिल्लालाइ उर्वरता प्रदान गरेका छ्न् । यस जिल्लामा अदुवा‚ बेमौसमी तरकारी र खसी बाख्रा पालनको राम्रो सम्भाव्यता रहेको छ ।
सल्यान जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
सल्यान जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार सल्यान जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः शारदा नगरपालिका
नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेश मा पर्दछ । शारदा नगरपालिका विश्व मानचित्रमा ८२००२’४०” देखि ८२०१६’३६” पूर्वी देशान्तरसम्म र २८०१८’५१” देखि २८०२७’४४” उत्तरी आक्षांससम्म फैलिएर शारदा नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित पहाडी क्षेत्रमा अवस्थित छ । १९८.३४ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस शारदा नगरपालिकाको उत्तरमा सिद्बकुमाख गाउँपालिका पश्चिमतर्फ बनगाड कुपिन्डे नगरपालिका, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका र पूर्वमा छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका रहेका छन् ।
नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट सल्यान जिल्लाको तत्कालिन ७ गा.वि.स खलंगा, मार्के, ह्विल्चा, कजेरी, सजैवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर घोषणा भई २०७१/०२/०२ गतेबाट औपचारिक रुपमा स्थापित तथा सञ्चालनमा आएको हो । यस नगरपालिकाको नामाकरण यस नगरपालिका भइ बग्ने शारदा नदिबाट गरिएको हो । शारदा नदी शारदा नगरपालिकाको मात्र नभइ सल्यान जिल्लाको पनि प्रमुख नदीको रुपमा मानिन्छ । यस नदिलाई आर्थिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ ।
केन्द्रः साविक शारदा नगरपालिका
क्षेत्रफलः १९८.३४ (वर्ग कि.मि.)
वडा संख्याः १५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
शारदा |
१ |
|
|
२ |
शारदा |
२ |
|
|
३ |
शारदा |
३ |
|
|
४ |
शारदा |
४ |
|
|
५ |
शारदा |
५ |
|
|
६ |
शारदा |
६ |
|
|
७ |
शारदा |
७ |
|
|
८ |
शारदा |
८ |
|
|
९ |
शारदा |
९ |
|
|
१० |
शारदा |
१० |
|
|
११ |
शारदा |
११ |
|
|
१२ |
शारदा |
१२ |
|
|
१३ |
शारदा |
१३ |
|
|
१४ |
शारदा |
१४ |
|
|
१५ |
शारदा |
१५ |
|
|
२. नामः बागचौर नगरपालिका
पश्चिम नेपालको मध्य पहाडी भुभागमा अवस्थित कर्णाली प्रदेश अन्तर्गत साविक राप्ती अञ्चलको सल्यान जिल्लामा पर्ने बागचौर नगरपालिकाको उत्तरतर्फ पश्चिम रुकुम तथा दार्मा गाउँपालिका, दक्षिणतर्फ छत्रेश्वरी गाउँपालिका, पश्चिमतर्फ सिद्धकुमाख गाउँपालिका तथा शारदा नगरपालिका र पूर्वतर्फ रोल्पा जिल्ला रहेका छन् । यस बागचौर नगरपालिकाको कुल क्षेत्रफल १६३.१४ बर्ग कि.मि. रहेको छ । विश्व मानचित्रमा यसको अवस्थिति २८° २६’ उत्तरी आक्षांशदेखि २८° ३१’ उत्तरी आक्षांश र ८२° १४’ पूर्वी देशान्तरदेखि ८२° २३’ पूर्वी देशान्तर सम्म छ ।
स्थानीय विकास मन्त्रालयले २०७२ आश्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा घोषणा भएको यस नगरपालिका समुन्द्र सतहबाट करिब ११०० मिटरदेखि २२०० मिटरको उचाइमा रहेको छ । लौराबाङ्ग शिर भएर बग्ने शारदा नदी यस नगरको प्रमुख नदी हो भने मोखला बाजेको गुफा यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । राप्ती अञ्चलको प्रमुख नदी राप्तीको मुहानको रुपमा सुपरिचित बाँफुखोलाको पानीढल पनि यसै नगरमा अवस्थित छ ।
बागचौर नगरपालिकामा ब्राह्मण, क्षेत्री, कामी, दमाई, मगर, ठकुरी, सार्की, तामाङ, गाइन आदि जातजातीको बसोबास रहेको पाइन्छ । यहाँका अधिकांश बासिन्दाले हिन्दु धर्म मान्छन् भने थोरैको संख्यामा क्रिश्चियन र ईस्लाम धर्म पनि मान्ने गरेको पाईन्छ । यस नगरका मानिसहरुको मुख्य पेशा कृषि हो । यहाँ सबैभन्दा बढी मकै, गहुँ, जहुँ, आलु, कोदो, सुन्तला, अदुवा, टिमुर, आदि उत्पादन हुने गरेका छन् । बागचौर नगरपालिका भित्र पर्ने मुख्य बजार क्षेत्रहरूमा मोखला, कालाखेत, थारमारे, बागचौर, खरिबोट, रारेचौर, बाङ्गेलाखुरी, पेदिखोला, सिमखोली, बाफुखोला, दोभानबजार, बगरबजार, रातामाटा, पातिहाल्न, कोटबारा टाट्केबजार, कोट्मौला पातिहाल्न शन्देशबजार, खोरबारे, पिपलनेटा, चौरपानी, रातापोखरा आदि पर्दछन् ।
केन्द्रः साविक बागचौर नगरपालि
क्षेत्रफलः १६३.१४ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बागचौर |
१ |
|
|
२ |
बागचौर |
२ |
|
|
३ |
बागचौर |
३ |
|
|
४ |
बागचौर |
४ |
|
|
५ |
बागचौर |
५ |
|
|
६ |
बागचौर |
६ |
|
|
७ |
बागचौर |
७ |
|
|
८ |
बागचौर |
८ |
|
|
९ |
बागचौर |
९ |
|
|
१० |
बागचौर |
१० |
|
|
११ |
बाफुखोला |
६-९ |
|
|
१२ |
बाफुखोला |
१-५ |
|
३. नामः बनगाड कुपिण्डे नगरपा
वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको वश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृंखलाको मध्यभागमा अवस्थित छ। पूर्वमा कुमाख तथा सिद्धकुमाख गाँउपालिका पश्चिममा सुर्खेत जिल्ला, उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा शारदा नगरपालिका तथा कालिमाटी गाँउपालिका छन्। विश्व मानचित्रमा यसको अवस्थिति २८० २०’ ०” उत्तरी आक्षांशदेखि २०० ४०’ ०” उत्तरी आक्षांश र ८१० ५८’ ०” पूर्वी देशान्तर देखि ८२० ८’ ३०” पूर्वी देशान्तर सम्म छ। करीव ३३८२१ व.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिका समुन्द्र सतहबाट ५५० मिटर देखि २३०० मिटर सम्मको उचाईमा रहेको छ। प्राकृति सम्पदा साँस्कृति विविधता भएको यस नगरपालिकामा अवस्थित कुपिण्डे दह मुख्य पर्यटकीय महत्वको स्थल हो।
यस नगरपालिका नेपाल सरकारद्बारा गाँउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनअनुसार २०७३ फाल्गुन २७ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार घोषणा गरियको हो। साविकका ७ गा.वि.स. हरु देवस्थल, बामे, मुलखोला, घाँजरी पिपल, कुपिण्डेदह, माँझकाडा र निगालचुलालाई मिलाएर स्थापना गरिएको यस नगरपालिकामा १२ वडा रहेका छन्। साविक देवस्थल, बामे, घाँजरी पिपल, मुलखोला गा.वि.स. मा प्रचलित वनगाडी सँस्कृति र सल्यान जिल्लालाई नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सफल कुपिण्डेदहको संयोजनबाट वनगाड कुपिण्डे नगरपालिका नामकरण गरिएको हो। साविकका गा.वि.स. अनुसार नगरपालिकाको वडा विभाजन तलको तालिकामा प्रस्तुत गरिएको छ।
केन्द्रः साविक देवस्थल गा.वि.स
क्षेत्रफलः ३३८.२१ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
देवस्थल |
१-९ |
|
|
२ |
बामे |
१-५ |
|
|
३ |
बामे |
६-९ |
|
|
४ |
मुलखोला |
१-३,५,६ |
|
|
५ |
मुलखोला |
४,७-९ |
|
|
६ |
घाजरीपिपल |
३,४,६,८ |
|
|
७ |
घाजरीपिपल |
१,२,५,७,९ |
|
|
८ |
कुपिण्डेदह |
१-५ |
|
|
९ |
कुपिण्डेदह |
६-९ |
|
|
१० |
माझकाँडा |
१-५ |
|
|
निगालचुला |
१ |
|
||
११ |
माझकाँडा |
६-९ |
|
|
१२ |
निगालचुला |
२-९ |
|
४. नामः कालिमाटी गाउँपालिका
कालिमाटी गाउँपालिका नेपालको कर्णाली,प्रदेश अन्तर्गको सल्यान जिल्लामा पर्दछ | भौगोलिक हिसाबले ८० डिग्री २० मिनेट देखि ८३ डिग्री २८ मिनेट पूर्बी देशाअन्तर र २७ डिग्री ३१ मिनेटदेखि 2७ डिग्री ३७ मिनेट ३० सेकण्ड उत्तरी अक्षाशमा अबस्थित रहेको छ | ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिका उत्तरमा बनगाड कुपिण्डे नगरपालिका ,शारदा नगरपालिका र सुर्खेत जिल्ला पश्चिमतिर बर्दिया जिल्ला ,पूर्वमा त्रिबेणी गाउँपालिका र दाङ जिल्ला दक्षिमा बाँके जिल्ला रहेको छ | यस गाउँपालिका को नामकरण यस भागकै प्रसिद्द कालिमाटी गंगमाला भगवतीको नामबाट रहन गएको हो |
केन्द्रः साविक कालिमाटी रामपुर
क्षेत्रफलः ५००.७२ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
लक्ष्मीपुर |
१-९ |
|
|
२ |
कालिमाटी रामपुर |
१,३,५,६,८ |
|
|
३ |
कालिमाटी रामपुर |
२,४,७,९ |
|
|
४ |
कालिमाटी काल्चे |
६-९ |
|
|
५ |
कालिमाटी काल्चे |
१-५ |
|
|
६ |
काप्रेचौर |
१-४ |
|
|
७ |
काप्रेचौर |
५-९ |
|
५. नामः त्रिवेणी गाउँपालि
त्रिवेणी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी ४ ओटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगम स्थल भएकालेनै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ११९.११ वर्ग कि.मि रहेको छ ।
यस गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ । त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८ं १४ं देखि २८ं २०ं उत्तरी आक्षांश र ८२ं ०८ं देखि ८२ं २०ं पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ ।
सल्यान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये त्रिवेणी गाउँपालिका विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका हुनुका साथसाथै यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासी यो गाउँपालिकाका दरिलो अनि दीगो विकासका श्रोत हुन् । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।
केन्द्रः साविक त्रिवेणी गा.वि.
क्षेत्रफलः ११९.११ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
काभ्रा |
१-९ |
|
|
२ |
काँरागिठी |
१-९ |
|
|
३ |
फलाबाङ |
१-५ |
|
|
४ |
फलाबाङ |
६-९ |
|
|
५ |
त्रिवेणी |
१-६ |
|
|
६ |
त्रिवेणी |
७-९ |
|
६. नामः कपुरकोट गाउँपालिका
वि.सं. २०२८ सालपछि राप्ती लोकमार्गको स्थापनासँगै कपुरकोट सल्यान जिल्लाको प्रवेशद्वारको रुपमा रहेको छ । साविकको धनवाङ गाविसमा पर्ने यो स्थान सदरमुकाम खलंगा देखि ४२ कि.मि. दक्षिण र दाङको तुलसीपुरदेखि १९ कि.मि. उत्तरको पहाडी भञ्ज्याङमा अवस्थित छ । वि.सं. १९५० तिर स्वर्गद्वारीका महाप्रभुले कपुरकोट, फलावाङ हुँदै सुर्खेततिर जाने क्रममा यहाँका वासिन्दाहरुलाई कपुरका बोटहरु लगाउन प्रोत्साहित गर्नुभएपछि क्रमशः कपुरका बोटहरु बढ्दै गएको र दाङको औंलो छल्न चिसो पहाडी कोट तर्फ मानिसहरु आई बस्ने क्रममा यस सुरम्य स्थानको नाम कपुरकोट रहन गएको हो भनिन्छ । यो स्थान समुद्री सतहबाट करिब १५०० मिटर उचाईमा रहेको छ ।
कर्णाली प्रदेशको सल्यान जिल्लामा पर्ने कपुरकोट गाउँपालिका साविकका चारवटा गा.वि.स. धनवाङ, रिम, सिनवाङ र गर्पा मिलेर बनेको हो । सल्यान जिल्लाको कुल क्षेत्रफल १९५१ वर्ग किलोमिटर मध्ये यस गाउँपालिकाले ११९.२१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । पश्चिममा त्रिवेणी, उत्तरमा छत्रेश्वरी गाउँपालिका, पूर्वमा रोल्पा र दक्षिणमा दाङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस गाउँपालिकाको भौगोलिक अवस्थिति २८० डिग्री २४’ उत्तरी अक्षांश र ८००डिग्री २३’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।प्रदेश ५ को प्रवेशद्वारको रुपमा रहेको यस गाउँपालिकाका अग्ला पहाडहरुको संगमको रुपमा रहेको भौगोलिक बनावटले गर्दा अत्यन्तै रमाइलो र अनुकुल वातावरणको कारण वेमौसमी तरकारी खेतीका साथै फलफूल खेतीको लागि उर्वर भूमिको बरदानको रुपमा पनि लिन सकिन्छ ।
केन्द्रः साविक धनवाङ गा.वि.स.को कार्यालय
क्षेत्रफलः ११९.२१ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सारपानी गर्पा |
१,७-९ |
|
|
२ |
सारपानी गर्पा |
२-६ |
|
|
३ |
धनवाङ |
२,३,६,७ |
|
|
४ |
धनवाङ |
१,४,५,८,९ |
|
|
५ |
रिम |
१-९ |
|
|
६ |
सिन्वाङ |
१-९ |
|
७. नामः छत्रेश्वरी गाउँपालि
छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार, केार्बाङझिम्पे, लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचैार नगरपालिका र दक्षिणमा त्रिवेणी र कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स. मा रहेको छायाँक्षेत्र स्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो ।
यो मन्दिर सल्यान जिल्लामा मात्र नभइ देशै भरी नै प्रख्यात छ । जसको बारेमा श्री स्वथानी व्रतकथामा समेत उल्लेख गरिएको छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फगुन २२ गते भएको हो । यस गाउँपालिकामा सामुदायिक र संस्थागत जम्मा ४३ वटा शिक्षण संस्थाहरु संचालन रहेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २१२४२ रहेको छ जसमध्य महिलाको जनसंख्या ११२२३ र पुरुषको जनसंख्या १००१९ रहेको छ ।
केन्द्रः साविक छायाँक्षेत्र गा
क्षेत्रफलः १५०.६९ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दामाचौर |
१-४ |
|
|
२ |
दामाचौर |
५-९ |
|
|
३ |
कोर्वाङझिम्पे |
१-३,९ |
|
|
४ |
कोर्वाङझिम्पे |
४-८ |
|
|
,५ |
लेखपोखरा |
१-९ |
|
|
६ |
छायाँक्षेत्र |
१,८,९ |
|
|
७ |
छायाँक्षेत्र |
२-७ |
|
८. नामः सिद्ध कुमाख गाउँपालिका (ढाैरचाैर)
सिद्ध कुमाख गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो | कर्णाली प्रदेश अन्तर्गतको सल्यान जिल्लामा पर्ने यो सिद्ध कुमाख गाउँपालिका साविकको सिद्धेश्वरी, बाँझकाँडा र चाँदेकरेञ्जी गा.बि.स. मिलेर याे गाउँपालिका बनेको छ । सल्यान जिल्लाको कुल क्षेत्रफल १९५१ बर्ग किलोमिटर मध्ये यस गाउँपालिकाले ८९.३६ वर्ग किलोमिटर क्षेत्रफल अोगटेको छ ।
पूर्वमा बागचाैर नगरपालिका, दक्षिणमा शारदा नगरपालिका, पश्चिममा बनगाड कुपिण्डे नगरपालिका तथा उत्तरमा कुमाख गाउँपालिकासँग भाैगोलिक सिमाना जोडिएको यस गाउँपालिकाको भाैगोलिक अवस्थिति २८ डिग्री २४ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । सल्यान जिल्लाको दोस्रो ठुलो पहाड तथा धार्मिक र पर्यटकीय स्थल कुमाख यसै गाउँपालिकामा पर्दछ । समुद्री सतह देखि यस पहाडको उचाइ २५३७ मिटर रहेको छ । साविकका जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गा.वि.स. हरूलाइ काखमा लिएको यस रमणिय पर्वतको टुप्पामा सिद्ध मन्दिर छ । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ ।
काेजाग्रत पूर्णिमाको दिन मन्दिरदेखि करिव १ किमि तल समथर भुभागमा सल्यान जिल्लाकै ठुलो मेला लाग्दछ । यहि कुमाख लेक र कुमाख लेकको टुप्पोमा रहेको सिद्ध बाबाको मन्दिरलाइ संयोजन गरेर नै यस गाउँपालिकाको नाम सिद्ध कुमाख राखिएको हो । तथापी नेपाल सरकारले स्थानीय तह घोषणा गर्दा यस गाउँपालिकाको नाम ढोरचाैर राखेर घोषणा गरिएको थियो । गाउँपालिकाको दोस्रो गाउँसभाले उक्त नाम सर्वसम्मतले परिवर्तन गरी मिति २०७४ साल पौष २४ गतेको नेपाल राजपत्रमा प्रकाशन गरी सिद्ध कुमाख गाउँपालिका भएको हो ।
केन्द्रः ढोरचौर
क्षेत्रफलः ८९.३६ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बाँझकाँडा |
१-९ |
|
|
२ |
सिद्धेश्वरी |
१-५ |
|
|
३ |
सिद्धेश्वरी |
६-९ |
|
|
४ |
चाँदकरेन्जी |
१-४ |
|
|
५ |
चाँदकरेन्जी |
५-९ |
|
नेपालको कर्णाली प्रदेशमा पर्ने कुमाख गाउँपालिका प्राकृतिक तथा धार्मिक एवं भौगोलिक बनावट र कृषि क्षेत्रले महत्त्वपूर्ण गाउँपालिका मानिन्छ । सल्यान जिल्लाको उत्तरी भागमा अवस्थित कुमाख गाउँपालिका साविकका कालागाउँ , वडागाउँ, जिमाली, मर्मपरिकाँडा र स्वीकोट गाउँ विकास समितिहरु समावेश गरी २०७३ सालमा गठन गरिएको हो।यस गाउँपालिका भाैगाेलिक अवस्थीत समुद् सतहबाट ४५०—२५३७ मि. उचाइमा रहेकाे छ भने २८° ४१’ ०३ उत्तर अक्षांश र २८° ५६’ ४३ पूर्वी देशान्तर सम्म फैलिएको छ |
यस गाउँपालिकाको पूर्वमा सल्यान जिल्लाको दार्मा गाउँपालिका र बागचौर नगरपालिका, पश्चिमा बनगाड कुपिण्डे नगरपालिका , दक्षिणमा ढोरचौर गाउँपालिका तथा उत्तरमा रुकुम जिल्लाको चौरजहारी नजरपालिका र जाजरकोट जिल्लाको भेरी नगरपालिका पर्छ । यस गाउँपालिकाको जनसख्या कुल २४८५९ रहेको छ । यस गाउँपालिकाको कुल क्षेफलमा १७७.२७ वर्ग कि.मी रहेको छ । यस गाउँपालिकामा कुमाख जस्ता सल्यान जिल्लाकै उच्च डाँडाहरु पनि रहेक छन् । यस गाउँपालिकाको केन्द्र साविक मर्मपरिकाँडा गा.वि.स. को रागेचौरमा रहेको छ ।
साविक जिमाली गा.वि.स को दक्षिणमा अवस्थित प्रसिद्ध कुमाख लेकको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको पाइन्छ । सल्यान जिल्लाकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको सिद्धबाबाको मन्दिर तथा रहस्यमय सिद्धगुप यसै कुमाख लेखमा रहेकोले पनि यस स्थलको एतिहासिक तथा धार्मिक महत्व रहेको छ । यस कुमाख लेकको फेदीमा हरेक वर्षमा मंसिर शुक्ल पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । मेलामा प्रदर्शन हुने सोरठी,पैसेरी,स्यरिङगे र टप्पा जस्ता नाँचगानहरू हेर्न तथा सिद्धबाबाको मन्दिरमा पुजापाठ गर्न मानिसहरु टाढा टाढाबाट आउने गर्दछन ।
सो अवसरमा आफुले चिताएको पुरा हुने भाकल सहित सद्धबाबाको मन्दिरमा बोकाको बलि दिने धार्मिक परम्परा रहि आएको छ । यस गाउँपालिका मुख्य गरी क्षेत्री,ब्राम्हण,मगर,ठकुरी र दलित समुदायको बसोबास रहेको छ । हिन्दु धर्मालम्बीको बाहुल्यता रहेको यस गाउँपालिकामा सात प्रतिशत मानिसहरूको मातृभाषा नेपाली रहेको छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि रहेको छ ।
यहाँ खानेपानीको आशिक सुविधा रहेको छ । यस गाउँपालिकामा मर्म खोलाबाट अशिक सिचाइ सुविधा पुगेता पनि धेरै जसो भुभाग सिचाइ सुविधाबाट बञ्चित छ । यस गाउँपालिकाको उत्तरी सिमानामा भेरी नदी भए पनि त्यसलाइ उपयोग गर्न सकिएको छैन । यस गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएका छन् । विधुत सुविधाबाट भने पूरै गाउँपालिकाका बन्चित रहेका छ तर विधुत विस्तार भने निकै तिब्र गतिमा काम संचलना भएको छ । टेलिफोन सेवा भने सुधार भइ अलि व्यावस्थित बन्दै गएको छ ।
केन्द्रः रागेचौर देखी त्रिवेणीको बिचमा
क्षेत्रफलः १७७.२८ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
स्वीकोट |
४-८ |
|
|
२ |
स्वीकोट |
१-३,९ |
|
|
३ |
मर्मपिरकाँडा |
१-९ |
|
|
४ |
कालागाउँ |
१,३-५ |
|
|
५ |
कालागाउँ |
२,६-९ |
|
|
६ |
बडागाउँ |
१-९ |
|
|
७ |
जिमाली |
१-९ |
|
१०. नामः दर्मा गाउँ
दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न. ४ ,पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका ,उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको वागचौर नगर पालिका पर्दछ ।
दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखी २८°५०ं उत्तरी आक्षांश र ८२° ३३’ देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखिी १०९७ देखि २४८७ मिटर सम्मको उचाइमा अवस्थित छ । संस्कृतिक विविधता रहेको यस गाउँपालिकामा विभिन्न किसिमका चाडपर्वहरु जस्तै दशैं,तिहार ,माघी,कृष्णाजन्माष्टमी,होली,महाशिवरात्रि ,चैते दशैं जस्ता चाडपर्वहरु मनाउने गरिन्छ । धार्मिक हिसावले यस गाउँपालिकामा हिन्दु र क्रिष्चियन धर्मावलम्वि रहेका छन ।
केन्द्रः दार्मा-३, फारुलाचौर
क्षेत्रफलः ८१.४६ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दर्माकोट |
१,३,७,८ |
|
|
२ |
दर्माकोट |
२,४-६,९ |
|
|
३ |
भल्चौर |
१,३,४ |
|
|
४ |
भल्चौर |
२,५-९ |
|
|
५ |
ढाकाडाम |
१-४ |
|
|
६ |
ढाकाडाम |
५-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति सल्यान र जिल्ला प्रशासन कार्यालय सल्यान। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । सल्यान जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
घाजरीपिपल हो धाँजरीपिपल होइन ।
तपाइको सुझाव अनुसार हामिले हाम्राे लेखमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
चिनारी नेपाल ।।