विश्वमा लोकतन्त्रको उदय

लाेकतन्त्र

प्राचीन युनानले परिभाषित एवम् अभ्यास गरेको प्रजातन्त्र र रोमन गणतन्त्रले युरोपमा ठुलो प्रभाव पार्यो । एथेन्सका कानुनका ज्ञाता तथा गीतकार सोलोन (Solon 638-558 BCE) ले थोरै धनीले धेरै गरिबमाथि शासन गर्यो भनी तत्कालीन शासन प्रणालीको विरोध गर्दै प्रजातन्त्रको पक्षमा आवाज उठाएका थिए ।

solon
एथेन्सका कानुनका ज्ञाता तथा गीतकार सोलोन

अत प्रजातन्त्र भनेको जनताद्धारा जनताका लागि जनताले नै तय गरेको विधिद्धारा गरिने शासन पद्धति हो । त्यही प्रजातन्त्रको परिवर्तित एवम् विकसित रूपलाई लोकतन्त्र भनिन्छ । एथेन्सका क्लेसथेन्स (Chisthenes) ले नयाँ शासन व्यवस्थाका लागि डेमोस र केटस (Demos and Kratas) शब्दको प्रयोग गरेका थिए । यसको अर्थ जनताको शासन थियो । त्यसैले क्लेसथेन्सलाई प्रजातन्त्रका पिता मानिन्छ ।

Chisthenes
प्रजातन्त्रका पिता क्लेसथेन्सलाई

आधुनिक विश्वमा लोकतन्त्रको विकास बेलायतबाट भएको मानिन्छ । १५ जुन १२१५ मा बेलायतका राजाजोनले म्याग्नाकार्टा पारित गरेका थिए । यसमा राजाले कानुनअनुसार शासन गर्नुपर्छ र आफ्नो इच्छाले गर्न पाइँदैन भन्ने लेखिएको थियो । बेलायतको गृहयुद्ध (सन् १६४३—१६६१) पछि राजनीतिक दल टोरी र ह्विगको स्थापना भयो । सन् १६७९ मा बेलायतले बन्दी प्रत्यक्षीकरण (Act of Habeas Corpus) पास गर्याे जसमा गैरकानुनी किसिमबाट थुनामा राख्न नपाइने व्यवस्था थियो । सन् १६८८— ८९ मा बेलायतको संसद् र राजाको बिचमा शक्तिका निम्ति सङ्घर्ष भयो । यस सङ्घर्षलाई गौरवमय क्रान्ती वा रक्तहीन क्रान्ती भनिन्छ ।

belayat

यसमा राजाको हार भयो र संसद् विजयी भयो । यसमा बेलायती राजा जेम्स द्वितीयलाई निष्कासित गरी यिनकी छोरी मेरी र पति विलियमलाई संयुक्त रूपमा गद्दीमा राखियो । सन् १६८९ मा बेलायतको संसद्ले बिल अफ राइट्स पास गर्याे । यसले बेलायतमा संवैधानिक राजतन्त्रको व्यवस्था गर्याे  ।सन् . १७२१— १७४२ सम्म रबर्ट वालपोल बेलायतका प्रथम प्रधानमन्त्री भए ।

रबर्ट वालपोल
बेलायतका प्रथम प्रधानमन्त्री रबर्ट वालपोल

बेलायतमा भएको गौरवमय क्रान्तीको  प्रभाव अमेरिका र फ्रान्समा पर्यो ।अमेरिकीहरू बेलायती उपनिवेशबाट मुक्त हुनका लागि सन् १७७५ देखि १७८३ सम्म भएको स्वतन्त्रताको आन्दोलनलाई अमेरिकी स्वतन्त्रता सङ्ग्राम भनिन्छ । यस सङ्ग्रामको नेतृत्व जर्ज वासिङ्टनले गरेका थिए । यस युद्धमा अमेरिका विजयी भयो ।

American freedom war
अमेरिकी स्वतन्त्रता सङ्ग्राममा

४ जुलाई १७७६ मा एकीकृत देशका रूपमा अमेरिका बन्यो । जर्ज वासिङ्टन (३० अप्रिल १७८९ — ४ मार्च १७९८) मा अमेरिकाका प्रथम राष्ट्रपति भए । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा सहयोग गर्न फ्रान्सले अमेरिकाको पक्षमा सेना पठाएको थियो । ती सैनिक जवानले अमेरिकनहरूले आफ्नो देशका निम्ति बलिदान गरेको देखेका थिए । त्यसैले अमेरिकी स्वतन्त्रता सङ्ग्रामपछि स्वदेश फर्केका फ्रान्सेली सैनिक जवानले फ्रान्समा राजतन्त्रको विरुद्धमा आन्दोलन गरेका थिए ।

फ्रान्सेली सैनिक
फ्रान्सेली सैनिक

सन् १७८९ मा भएको राज्य क्रान्तीपछि फ्रान्समा लुई सोह्रौँको शासनका साथै गणतन्त्रको स्थापना भएको थियो । फ्रान्सको राज्यक्रान्ती  प्रभाव सम्पूर्ण विश्वमा पर्यो । सन् १९१७ मा रुसमा भएको जार शासन विरुद्धको आन्दोलनपछि साम्यवादको स्थापना भयो । सन् १९११ मा चीनमा भएको राज्यक्रान्ती पछि छिङ वंशको शासनको अन्त्य र गणतन्त्रको स्थापना भएको थियो ।

प्रजातन्त्रको आन्दोलन संगसंगै १२ अगस्ट १९४६ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भयो ।दोस्रो विश्व युद्धपछि विश्वभरि लोकतन्त्र र स्वतन्त्रताको प्रभाव पर्यो। छिमेकी देशको स्वतन्त्रताको आन्दोलन र विश्वका अरू देशमा भएको लोकतन्त्र र स्वतन्त्रताको आन्दोलनको प्रभाव नेपालमा पनि पर्यो । वि.सं. २००७ साल फागुन ७ (१९ फेब्रुअरी १९५१) मा नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो ।

rana saashan
नेपालका राणा शासक

नेपालमा वि.सं. २०६२ — २०६३ को आन्दोलनपछि वि.सं. २०६५ जेष्ठ १५ (२८ मई २००८) मा गणतन्त्रको स्थापना भएको हो । विश्वमा लोकतन्त्रले नागरिक शासन, स्वतन्त्रता र मानवअधिकारको प्राप्तिलाई महत्व दिँदै आएको छ । यसले विकासमा नयाँ सोच र अवधारणालाई जोड दिँदै आएको छ । विकासमा जनताको सहभागिता र समानसहभागिता सुनिश्चित गर्नुपर्ने मान्यता लोकतन्त्रको सार हो ।

2062-2063 jana aandolan
नेपालमा वि.सं. २०६२ — २०६३ मा चलेको जन आन्दोलन

सामाजिक समावेशिता र विकासमा समताको अवधारणाले प्रवेश पाउनु लोकतन्त्रको महत्वपुर्ण प्रभावको रूपमा लिने गरिएको छ । नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर गर्ने र प्राथमिकीकरण गर्ने (voice and choice) अधिकार लोकतन्त्रका सुन्दर पक्ष हुन् । आमलोकतन्त्रको प्रभाव स्वरूप राज्यको एकाधिकारको अन्त्य भएको छ र निजीकरण र सहकारीलाई समेत राज्यको अर्थतन्त्रको आधारको रूपामा स्थापित गरिएको छ । विकासमा सुशासन र जनउत्तरदायित्वको बहस भइरहेको छ ।

श्रोतः सि.डि.सि नेपालको सहयोगमा चिनारी नेपालको संकलनमा तयार पारिएको   ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *