परिचय
बारा जिल्ला समुन्द्र सतहवाट १५२ मि. देखि ९१५ मिटरको उचाईमा अवस्थित यो जिल्ला ११९० वर्ग कि.मि.(१,२९,५६३ हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.२ अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ । २६.५१ देखि २७.०२ उत्तरसम्म अक्षांस र ८४.५१ देखि ८५.१६ पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ल पर्दछ । बारा जिल्लाको कुल क्षेत्रफल १,२९,५६३ रहेको छ जसमध्ये६९,५१६ खेती योग्य जमित, बलौटो ५,११४ हेक्टर वन क्षेत्रले ४७,१८२ हेक्टर ओगटेका छ । २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या ७,६३,१३७ रहेको छ । जसमध्ये ३,८९,७८७ पुरुष र ३,७३,३५० महिला रहेका छन ।
जिल्लाका प्रमुख धार्मिक स्थलहरुः
श्री गढीमाई मन्दिर, श्री कंकाली मन्दिर, श्री चुरियामाई मन्दिर, जीतपुर गढिमाई मन्दिर, श्री सनुखिया माई मन्दिर, ऐतिहासिक हलखोरिया दह, रनिवास मन्दिर (रामजानकि मन्दिर), सहजनाथ महादेव मन्दिर, ऐतिहासिक सिद्धेश्वर महादेव मन्दिर
जिल्लाका प्रमुख ऐतिहासिक स्थलहरुः
कलैया उ.म.न.पा. भित्र पर्ने दरवार, सिद्धेश्वर संस्कृत मा.वि., सिम्रौनगढ न.पा. भित्र पर्ने रनिवास मन्दिर, कंकाली मन्दिर, पत्थरको पिलर, झरौखर पोखरी, ईशरा पोखरी, काँटघाँट, आदर्श कोतवाल भित्र पर्ने कोतवाल, बारागढी , काइलामन, सुर्वण न.पा. भित्र पर्ने कव्ही दरवार
बारा जिल्ला देशकै महत्वपूर्ण औद्योगिक क्षेत्रको रुपमा पनि रहको छ । यस जिल्लामा सूर्या नेपाल कम्पनी लि. , डाबर नेपाल , हिमाल आईरन जगदम्बा स्टिल भगवती स्टिल नेशनल हेल्थकेयर नेपाल फर्मास्युटिकल लगायत स्टिल, फलाम , सिमेन्ट, औषधी, खाद्य पदार्थहरुका उद्योगहरु रहेका छन
निर्वाचन क्षेत्रकाे विभाजन
बारा जिल्लामा प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार बारा जिल्लाको स्थानियतहको विभाजन साविकका उपमहानगर, नगरपालिका र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा उपमहानगर, ५ वटा नगरपालीका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | कलैया उपमहानगरपालिका | कलैया नगरपालिका(१-२५) महेशपुर (२-९), रघुनाथपुर (१-७), बसतपुर, भोडाहा, मटियर्वा, मनहर्वा (४-६) र बन्जरिया (९) | २७ |
२ | जीतपुर सिमरा उपमहानगरपालिका | गढीमाई नगरपालिका, इनर्वासिरा, अमलेखगंज, मनहर्वा (१,२,३,७,८,९), हरैया (१), प्रस्टोका (१ र २), र रामपुर टोकनी (३) गाविस | २४ |
३ | कोल्हवी नगरपालिका | कोल्हवी नगरपालिका(१-११), अमाव बछनपुर्वा, रामपुर्वा सिंहासनी(१,२), हरैया(६), करैया(८,) र सिहर्वा (५) गा.वि.स. | ११ |
४ | निजगढ नगरपालिका | निजगढ नगरपालिका | १३ |
५ | महागढीमाई नगरपालिका | महागढीमाई नगरपालिका, पिपराबिर्ता, कबहीजब्दी,प्रशुरामपुर (१), मझरिया (८), मधुरीजब्दी, महेशपुर (१) गा.वि.स. | ११ |
६ | सिम्रौनगढ नगरपालिका | सिम्रौनगढ नगरपालिका, बिसुनपुर (३-९), देवापुरटेटा, भगवानपुर, कचोर्वा गा.वि.स. | ११ |
७ | पचरौता नगरपालिका | पिपरपाती पचरौता, पकडिया चिकनी, बेलदारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर (१,२) र कुडवा गा.वि.स. | ९ |
८ | आदर्श कोटवाल गाउँपालिका | पटेर्वा, टेढाकट्टी, इनरवामाल, महेन्द्रआदर्शर लक्ष्मीपुरकोतवाली | ८ |
९ | करैयामाई गाउँपालिका | हरैया (२-५,७-९), करैया (१-७,९) सिहोर्वा (१-४,६-९), तेतरिया, उमजन, नरही | ८ |
१० | देवताल गाउँपालिका | बड्कीफुबरिया २-६, पिप्राराढीगोठ, दक्षिण झिटकैया, पिपरपातिजब्दी र रौवाही गा.वि.स. | ७ |
११ | परवानीपुर गाउँपालिका | बहुअरी, लिपनीमाल, रामपुर टोकनी (१,२,४-९) र बुनियाद गा.वि.स. | ५ |
१२ | प्रसौनी गाउँपालिका | प्रसौनी, खुटवाजब्दी, प्रस्टोका (३-९) र बन्जरिया गा.वि.स. | ७ |
१३ | फेटा गाउँपालिका | भुलही, भरबलीया, रघुनाथपुर (८,९), बतरा, पुरैनिया र फेटा गाविस | ७ |
१४ | बारागढीगाउँपालिका | पथरा, विसुनपुर्वा, खोपवा, पिप्रा बसतपुर, नरही र सिहासनीगा.वि.स. | ६ |
१५ | सुवर्ण गाउँपालिका | कवहीगोठ, बगही, हर्दिया, परशुरामपुर (२-९) मझरिया(१-७,९) बड्की फुलवरिया (१,७,८,९) गा.वि.स. | ८ |
१६ | विश्रामपुर गाउँपालिका | छतवा, बरैनिया, विश्रामपुर र इटिहायी गाविस | ५ |
जम्मा | १६७ |
१. नामः कलैया उपमहानगरपा
२०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । स्थापनाकालमा यस उ. मा. न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ११ वडामा विभाजित यस उ. मा. न.पा. मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो । एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजिक भएको कारणले यस उ. मा. न.पा. पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित हुने क्रममा छ।
बारा जिल्लाको दुइ मध्यकोे एक उपमहानगरपालिका कलैया सांस्कृतिक विविधताको धनी नगरपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या ७,६३,१३७ मध्ये यस उपमहानगरपालिकाको पछिल्लो तथ्याँक अनुसार कुल २२,१२५ घरधुरीमा १,३६,२२२ जनसंख्या रहेको छ । वि.सं. २०३९ सालमा स्थापना भएको कलैया उपमहानगरपालिका हाल जिल्लाको ४ निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ ।
केन्द्रः साविक कलैया नगरपालिका
जनसङ्ख्याः १३६३२२
क्षेत्रफलः १०८.९४ (वर्ग कि.मि.)
वडा संख्याः २७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कलैया(१, ४ र ६) | ९४९२ | २.१६ |
२ | २ | महेशपुर (९) र कलैया(२) | ५०३२ | ३.४१ |
३ | ३ | कलैया(३,१३) | ४९६४ | ५.६३ |
४ | ४ | कलैया(५) | ५८०३ | ०.८२ |
५ | ५ | कलैया(७) | ५७१३ | ०.५६ |
६ | ६ | कलैया(८) | ६२७९ | ०.८७ |
७ | ७ | कलैया(९ र १०) | ३४४३ | २.०३ |
८ | ८ | कलैया(११) | २७४२ | २.५७ |
९ | ९ | कलैया(१२) | ४५२९ | १.६६ |
१० | १० | मटियर्वा(१-९) | ६९८८ | ६.०६ |
११ | ११ | कलैया(१४ र १८) | ४७०३ | ३.५८ |
१२ | १२ | कलैया(१५ र १६) | ६०३८ | ६.१ |
१३ | १३ | कलैया(१७) | ५१६९ | ६.०७ |
१४ | १४ | कलैया(१९) | ५४२६ | ४.६ |
१५ | १५ | कलैया(२०) | ४०९६ | ५.८१ |
१६ | १६ | कलैया(२१) | ६२५९ | ६.४९ |
१७ | १७ | बन्जरिया (९) र कलैया(२२) | ३१८६ | २.०७ |
१८ | १८ | कलैया(२४) | ६१४८ | ३.२५ |
१९ | १९ | रघुनाथपुर(१-७) | ४२८१ | १.८ |
२० | २० | बसतपुर(१-९) | ७७४५ | ५.८१ |
२१ | २१ | भोडाहा(१-५) | ३७४९ | ३.९९ |
२२ | २२ | भोडाहा(६-९) | ३६२६ | ५.३३ |
२३ | २३ | कलैया(२३) | ४१३३ | ४.३३ |
२४ | २४ | मनहर्वा(४-६) | ३५०८ | ८.७५ |
२५ | २५ | कलैया(२५) | ३८६२ | ४.३६ |
२६ | २६ | महेशपुर(२-५) | ४३९९ | २.३३ |
२७ | २७ | महेशपुर(६-८) | ४९०९ | ८.५ |
जम्मा | १३६२२२ | १०८.९४ |
कलैया उपमहानगरपालिकाको नक्सा
२. नामः जितपुरसिमरा उपमहा
मुलुकभरका उच्च १७ स्थानीय तहमध्येको एक हो, जीतपुरसिमरा उपमहानगरपालिका । गढीमाई नगरपालिकाबाट जीतपुरसिमरा उपमहानगरपालिकामा परिणत यस उपमहानगरपालिकामा साविकका भवानीपुर जीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर, छातापिपरा, अमलेखगञ्ज, इनर्वासिरा गाविसको पुरै भाग र मनहर्वा गाविसको (१,२,३,७,८,९), हरैयाको (१) र रामपुरटोकनी (३) नम्बर वडा समेटिएको छ । यस उपमहानगरपालिकामा २४ वटा वडा छन । राष्ट्रिय जनगणना २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या १२७,३०७ रहेको छ भने क्षेत्रफल करीव ३१४ वर्ग किमी छ ।
यस उपमहानगरपालिकाको पूर्वमा निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र करैयामार्इ गाउपालिका, पश्चिममा वीरगञ्ज महानगरपालिका, उत्तरमा हेटौडा उपमहानगरपालिका र दक्षिणमा परवानीपुर गाउपालिका, प्रसौनी गाउपालिका र कलैया उपमहानगरपालिका रहेका छन् । साविकको भवानीपुरजीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर र छातापिपरा गाविसलाई समेटेर गढीमाई नगरपालिका बनाइएको हो । गढीमाई नगरपालिकामा १६ वटा वडा रहेका थिए । हाल जीतपुरसिमरा उपमहानगरपालिकामा साविकका तपसिल बमोजिम क्षेत्रहरु समेटिएका छन:
केन्द्रः साविक गढिमाई नगरपालि
जनसङ्ख्याः १२७३०७
क्षेत्रफलः ३०९.६७ (वर्ग कि.मि.)
वडा संख्याः २३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गढीमाई(१) | ८९३३ | ४२.७५ |
२ | २ | गढीमाई(२) | १०५४८ | १५.४८ |
३ | ३ | गढीमाई(३) | ३९६४ | ८.५८ |
४ | ४ | गढीमाई(४) | ५२२४ | ११.८६ |
५ | ५ | गढीमाई(५) | ४५७३ | ४.८९ |
६ | ६ | गढीमाई(६) | २०९० | ०.९७ |
७ | ७ | गढीमाई(७) | १४७१९ | १.९८ |
८ | ८ | गढीमाई(८) | ५२२३ | १०.४३ |
९ | ९ | गढीमाई(९) | ३२९२ | ०.७४ |
१० | १० | गढीमाई(१०) | ३९३४ | ३.२३ |
११ | ११ | गढीमाई(११) | ५२६८ | ८.८१ |
१२ | १२ | गढीमाई(१२) | ४५४२ | ७.१ |
१३ | १३ | गढीमाई(१३) | १९४६ | २.३८ |
१४ | १४ | गढीमाई(१४) | ५१७७ | ८.६६ |
१५ | १५ | गढीमाई(१५) | ५९५६ | ११.२४ |
१६ | १६ | गढीमाई(१६) | ४७४१ | १४.८४ |
१७ | १७ | हरैया (१) र मनहर्वा(१,२,८) | ४४२६ | १७.६८ |
१८ | १८ | मनहर्वा(३,७,९) | ५४६७ | ८.९४ |
१९ | १९ | इनर्वासिरा(१-६) | ६१६६ | ७.८ |
२० | २० | इनर्वासिरा(७-९) | ५९९३ | ७.७३ |
२१ | २१ | अमलेखगंज(१-६) | ३७६४ | ४५.७ |
२२ | २२ | अमलेखगंज(७-९) | ३३२७ | ६३.५१ |
२३ | २३ | रामपुर टोकनी(३) | ३५२० | ४.३९ |
२४ | २४ | प्रस्टोका(१,२) | ४५१४ | २.५१ |
जम्मा | १२७३०७ | ३१२.२ |
जीतपुर सिमरा उपमहानगरपालिकाको नक्सा
३. नामः कोल्हवी नगरपालिका
केन्द्रः साविक कोल्हवी नगरपालि
जनसङ्ख्याः ५११८२
क्षेत्रफलः १५७.४ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रामपुर्वा (३) र कोल्हवी(१,२,३) | ७७४५ | १०.०५ |
२ | २ | कोल्हवी(४) | ३२७४ | २४.४२ |
३ | ३ | कोल्हवी(५) | ३६८७ | २७.२५ |
४ | ४ | कोल्हवी(६) | २९८६ | ६.७७ |
५ | ५ | कोल्हवी(७,८,९) | ५१७० | २.८७ |
६ | ६ | कोल्हवी(१०,११) | ७२९५ | ३१.७७ |
७ | ७ | रामपुर्वा (७-९) र बछनपुर्वा(८,९) | ३११९ | २.२५ |
८ | ८ | सिहोर्वा (५), हरैया (६) र करैया(८) | ४०१९ | २६.४८ |
९ | ९ | रामपुर्वा (१,२),अमाव(४,५),बछनपुर्वा(४) र सिंहास्नी(१,२) | ४७१० | ८.१ |
१० | १० | बछनपुर्वा (६,७) र अमाव(२,६-९) | ४२२१ | ९.५१ |
११ | ११ | रामपुरवा (४-६) , बछनपुर्वा (१,२,३,५) र अमाव(१,३) | ४९५६ | ७.९५ |
जम्मा | ५११८२ | १५७.४२ |
कोल्हवी नगरपालिकाको नक्सा
४. नामः निजगढ नगरपालिका
नेपालको मधेश प्रदेश, बारा जिल्लामा अवस्थित निजगढ नगरपालिका यस जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्येको १ स्थानीय तह र ५ वटा नगरपालिकाहरु मध्येको एक नगरपालिकामा पर्दछ। वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स. को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको हो ।
प्राकृतिकरुपमा अत्यन्त सुरम्य निजगढ नगरपालिका उत्तर तर्फ चुरे पहाडको उचाइ देखि दक्षिणको समतल मैदान सम्म फैलिएको विविधतायुक्त वन, वनस्पति, हावापानी तथा सांस्कृतिकरुपले समृद्ध हरियालीपूर्ण भूगोल हो । यस नगरपालिकाको कुल क्षेत्रफल २८९.४ वर्ग कि.मि. रहेको छ भने यस नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् । नेपालको पूर्व पश्चिम राजमार्ग समेतले छिचोलेको निजगढ नगरपालिकामा विभिन्न जात जाति तथा समुदायको मिश्रित बसोबास रहेको छ । यस नगरपालिकाको जनसंख्या हाल करीब ५० हजारको हाराहारीमा रहको अनुमान छ ।
निजगढ नगरपालिका वि.सं. २०७२ साल फाल्गुन ३ गते खुल्ला दिसामुक्त घोषणा हुनुका साथै वि.सं. २०७३ सालमा पूर्ण रुपमा साक्षर घोषणा भएको नगरपालिका हो । यस नगरपालिकामा १ वटा बहुमुखी क्याम्पस, ७ वटा सामुदायिक माध्यमिक विद्यालयहरु, २० वटा आधारभुत विद्यालयहरु र १२ वटा संस्थागत विद्यालयहरु रहेका छन् । त्यसैगरी, स्वास्थ्य संस्था तर्फ १ प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य चौकीहरु, ४ आधारभूत स्वास्थ्य केन्द्रहरु र एउटा संस्थागत अस्पताल संचालनमा रहेका छन्।
बकैया खोला, धन्सार खोला, भमरा खोला, बगर खोला, लाल खोला, भक्तलाल खोला, गढवन, शक्तिखोला जस्ता विभिन्न साना ठूला खोलानालाहरु यस नगरपालिका भई बग्ने खोलानालाहरु हुन्। यस नगरपालिकाको सिंगौलमा रहेको झरना तथा वडा नं. १३ स्थित शक्ति खोला क्षेत्र पर्यटकीय दृष्टिकोणले निकै आकर्षक रहेको छ । जीविकोपार्जनको मुख्य श्रोत कृषि पेशा रहेको यस नगरपालिकाको अधिकांश क्षेत्र वनजंगल तथा खोलानालाहरुले ओगटेको छ ।
निजगढ नगरपालिका केरा क्षेत्र (Banana Zone) को रुपमा समेत विकसित भइरहेको छ । यस नगरपालिकामा माउन्टेन बाइकिङ, जिपलाइन, ट्रेकिङ तथा इको टुअरिज्म, होमस्टे लगायतका पर्यटकीय एडभेन्चरहरु प्रबर्द्धन गरी नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य (Tourist Destination) बनाउन सकिने प्रचुर संभाव्यताका साथै यस नगरपालिकालाई औद्योगिक तथा शैक्षिक हबको रुपमा विकास गर्न सकिने समेत उत्तिकै संभावनाहरु विद्यमान् रहेको छ ।
यस नगरपालिकामा पर्यटकीय सम्भावना बोकेका शहिद हिरालाल पार्क, भ्यू टावर, मोहरी पार्क, हरि डाँडा, शिव सत्येश्वर मन्दिर, पर्वतनाथ महादेव मन्दिर, कृष्ण मन्दिर, रामजानकी मन्दिर, पल्युन साम्तेलिङ गुम्बा, हलखोरिया दह लगायत अन्य मठ मन्दिर, गुम्बा चर्च, मदरसा आदि रहेका छन् भने यस क्षेत्रमा बसोबास रहेको आदिवासी जनजाति कछडिया समुदायको संग्राहलय समेत निर्माणको क्रममा रहेको छ । दशैं, तिहार, ल्होसार, फागु पुर्णिमा, बुद्ध पूर्णिमा, माघी यस नगरपालिकामा मनाइने मुख्य चाडपर्वहरु हुन् । प्रत्येक बर्ष बाला चतुर्दशीका दिन यस नगरपालिका क्षेत्रको बकैया खोला किनारमा ठूलो मेला लाग्ने गर्दछ ।
केन्द्रः साविक निजगढ नगरपालिका
जनसङ्ख्याः ३७६८७
क्षेत्रफलः २८९.४३ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | निजगढ(१) | २२५० | ६.७९ |
२ | २ | निजगढ(२) | १५७० | १६.८४ |
३ | ३ | निजगढ(३) | १९०० | ३५.१ |
४ | ४ | निजगढ(४) | २९४४ | ७३.५१ |
५ | ५ | निजगढ(५) | २२६२ | ११.९४ |
६ | ६ | निजगढ(६) | ३२३१ | ४.०६ |
७ | ७ | निजगढ(७) | ५१७८ | ३.५२ |
८ | ८ | निजगढ(८) | ३३८४ | ४.४३ |
९ | ९ | निजगढ(९) | ४३५२ | ४.३२ |
१० | १० | निजगढ(१०) | २७४४ | १४.५३ |
११ | ११ | निजगढ(११) | २८९७ | ५२.५५ |
१२ | १२ | निजगढ(१२) | २८८७ | २१.७९ |
१३ | १३ | निजगढ(१३) | २०८८ | ४०.०६ |
जम्मा | ३७६८७ | २८९.४४ |
निजगढ नगरपालिकाको नक्सा
५. नामः महागढीमाई नगरपालि
केन्द्रः साविक महागढीमाई नगरपा
जनसङ्ख्याः ५९४२४
क्षेत्रफलः ५५.३२ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | महागढीमाई(१) | ६९२५ | ६.२२ |
२ | २ | महागढीमाई(२,८) | १०९९८ | ७.४३ |
३ | ३ | महागढीमाई(३) | २८१४ | ०.५२ |
४ | ४ | महागढीमाई(४) | ४६३० | ६.१५ |
५ | ५ | कवहीजब्दी (१-४) र महागढीमाई(५) | ३६५० | ५.०७ |
६ | ६ | महागढीमाई(६,९) | ७५१३ | ५.४३ |
७ | ७ | महागढीमाई(७) | ४८६१ | ४.०२ |
८ | ८ | मझरिया (८), पर्शुरामपुर(१) र कबहीजब्दी(५-९) | ५३३१ | १२.०२ |
९ | ९ | पिपराबिर्ता(१-९) | ४५८५ | ४.५५ |
१० | १० | महेशपुर (१) र महागढीमाई(१०) | ४४७३ | २.४४ |
११ | ११ | मधुरीजब्दी(१-९) | ३६४४ | १.४७ |
जम्मा | ५९४२४ | ५५.३२ |
महागढीमाई नगरपालिकाको नक्सा
६. नामः सिम्रौनगढ नगरपालि
केन्द्रः साविक सिम्रौनगढ नगरपा
क्षेत्रफलः ४२.६५ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बिशुनपुर (३-५) र सिम्रौनगढ(१) | ४२८२ | २.६१ |
२ | २ | सिम्रौनगढ(२) | ३७४७ | १.६ |
३ | ३ | बिशुनपुर (६-९) र सिम्रौनगढ(३) | ३८१४ | २.२३ |
४ | ४ | सिम्रौनगढ(४,५) | ४५३१ | ४.८४ |
५ | ५ | सिम्रौनगढ(६) | ४२४४ | ४.३१ |
६ | ६ | सिम्रौनगढ(७,९) | ५५२१ | २.८८ |
७ | ७ | सिम्रौनगढ(८) | ५५१० | ३.४७ |
८ | ८ | कचोर्वा(१-५) | ६३९९ | २.०९ |
९ | ९ | कचोर्वा(६-९) | ५४९८ | ६.३२ |
१० | १० | देवापुरटेटा(१-९) | ५३७५ | १.९४ |
११ | ११ | भगवानपुर(१-९) | ५९५७ | ९.१७ |
जम्मा | ५४८७८ | ४१.४६ |
७. नामः पचरौता नगरपालिका
केन्द्रः साविक बेनौली गा.वि.स.
जनसङ्ख्याः ४०५२४
क्षेत्रफलः ४४.०१ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पिपरपाती पचरौता(१-९) | ६०१९ | ३.७३ |
२ | २ | बिसुनपुर(१,२) र श्रीनगर बैरिया(३,७) | ३७९५ | ३.८७ |
३ | ३ | श्रीनगरबैरिया(१,२,८,९) | ३५५५ | ४.५८ |
४ | ४ | बेल्दारी(१-४,९) र पकडिया चिकनी(९) | ३८७५ | ३.१२ |
५ | ५ | बेल्दारी (५-८) र पकडिया चिकनी(१,८) | ४३२६ | ५.३८ |
६ | ६ | पकडिया चिकनी(२-७) | ३७८९ | ४.१८ |
७ | ७ | बेनौली(१-९) | ५७९५ | ७.६२ |
८ | ८ | अमरपट्टी(१-९) | ४४०२ | ६.४८ |
९ | ९ | कुडवा(१-९) | ४९६८ | ५.०७ |
जम्मा | ४०५२४ | ४४.०३ |
पचरौता नगरपालिकाको नक्सा
८. नामः अदर्श कोटवाल गाउँ
केन्द्रः साविक महेन्द्र अदर्श
जनसङ्ख्याः ३१३६४
क्षेत्रफलः ३६.२५ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | महेन्द्र आदर्श(१-६) | ३४९६ | ५.२५ |
२ | २ | महेन्द्र आदर्श(७-९) | १४७८ | ३.९२ |
३ | ३ | इनरवामाल(१-३,६) | ४७५६ | ५.३१ |
४ | ४ | इनरवामाल(४,५,७-९) | ४६२३ | ४.३९ |
५ | ५ | टेढाकट्टी(१-९) | ५५८४ | ३.८७ |
६ | ६ | पटेर्वा(१-९) | ४४८८ | ७.२५ |
७ | ७ | लक्ष्मीपुरकोतवाली(१-५) | ३५०० | ३.०२ |
८ | ८ | लक्ष्मीपुरकोतवाली(६-९) | ३४३९ | ३.२३ |
जम्मा | ३१३६४ | ३६.२४ |
आदर्श कोटवाल गाउँपालिकाको नक्सा
९. नामः करैयामाई गाउँपालि
केन्द्रः साविक करैया गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २९१६५
क्षेत्रफलः ४७.६९ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हरैया(२-५) | ३२७४ | ५.०९ |
२ | २ | करैया(१-४) | १६९७ | २.११ |
३ | ३ | करैया (६,७) र हरैया(७-९) | २८६० | ३.५६ |
४ | ४ | सिहोर्वा(६-९) | २६९६ | ३.८६ |
५ | ५ | तेतरिया(१-९) | ३८३४ | ६.३६ |
६ | ६ | करैया (५,९) र सिहोर्वा(१-४) | २९४१ | ५.८४ |
७ | ७ | उमजन(१-९) | ६४९९ | ११.२२ |
८ | ८ | नरही(१-९) | ५३६४ | ९.६४ |
जम्मा | २९१६५ | ४७.६८ |
करैयामाई गाउँपालिकाको नक्सा
१०. नामः देवताल गाउँपालिका
नेपालको बारा जिल्लामा अवस्थित देवताल गाउँपालिका मधेश प्रदेश अन्तर्गतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो। साविक बडकीफुलवरिया(२-६) , पिप्राढिगोठ, दक्षिण झिटकैया, पिपरपाती जब्दी र रौवाही गाविस मिलेर बनेको यो गाउँपालिका २३.३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यो गाउँपालिका बारा जिल्लाको जिल्ला सदरमुकाम कलैया देखी करिब १० कि.मी. को दुरीमा अवस्थित छ। यस गाउँपालिकाको पूर्वमा सुवर्ण गाउँपालिका, पश्चिममा कलैया उपमाहानगरपालिका, दक्षिणमा भारत र उत्तरमा माहागढीमाई नगरपालिका संग सिमाना जोडिएको छ।
यस गाउँपालिकामा बसोबास योग्य क्षेत्र सहितको उर्वर खेती योग्य जमिन रहेको छ। पसाह खोला, गण्डक नहर र आकाशे पानीले यहाँको सम्पूर्ण क्षेत्र मौसमी रुपमा सिचित हुन्छ। विशेष गरी धान, मकै, गेहुँ, दलहन, उख्खु जस्ता यहाका मुख्य बालीहरु हुन। प्राय यहाँका जनताहरु कृषिमा आश्रित छन। मिश्रीत बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलीचालीको भाषा भोजपुरी रहेको छ। धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने चाडपर्वहरुमा कृष्णाष्टमी, तीज, जनैपुर्णिमा, दशै, तिहार, छट पुजा, माघे सक्रान्ती, फागुपूर्णिमा(होली) आदि रहेका छन।
केन्द्रः साविक पिप्राढीगोठ गा.
जनसङ्ख्याः २५३६१
क्षेत्रफलः २३.३१ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बड्का फुलबारिया(२-६) | २८३२ | ३.४५ |
२ | २ | झिटकैया दक्षिण(१-५) | ६२१८ | ३.७४ |
३ | ३ | झिटकैया दक्षिण(६-९) | ३६०८ | १.७२ |
४ | ४ | पिप्राराढीगोठ(१,२,३,६) | २१६७ | २.२ |
५ | ५ | पिप्राराढीगोठ(४,५,७,८,९) | ३००७ | ४.८३ |
६ | ६ | रौवाही(१-९) | ३९२२ | २.६८ |
७ | ७ | पिपरपाति जब्दी(१-९) | ३६०७ | ४.६९ |
जम्मा | २५३६१ | २३.३१ |
देवताल गाउँपालिकाको नक्सा
११. नामः परवानीपुर गाउँपालिका
केन्द्रः साविक लिपनीमाल गा.वि.
जनसङ्ख्याः २४७४५
क्षेत्रफलः २९.२५ (वर्ग कि.मि.)
वडा संख्याः
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुनियाद(१-९) | ६१९६ | ५.४६ |
२ | २ | रामपुर टोकनी(१,२,४-९) | ३५०५ | ३.९७ |
३ | ३ | लिपनीमाल(१-७) | ४४११ | १.७६ |
४ | ४ | लिपनीमाल(८,९) | ५६५१ | १.५७ |
५ | ५ | बहुआरी(१-९) | ४९८२ | २.७२ |
जम्मा | २४७४५ | १५.४८ |
परवानीपुर गाउँपालिकाको नक्सा
१२. नामः प्रसौनी गाउँपालिका
केन्द्रः साविक प्रसौनी गा.वि.स
जनसङ्ख्याः २५४१४
क्षेत्रफलः २६.३५ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | प्रसौनी(१,३,६) | ३९८८ | २.०६ |
२ | २ | बन्जरिया (८) र प्रसौनी(२,४,५,७) | ३२९६ | २.७ |
३ | ३ | प्रसौनी(८,९) | २०५५ | १.५६ |
४ | ४ | खुतावाजब्दी(१-९) | ६६७७ | २.६७ |
५ | ५ | प्रस्टोका(३,४,५,९) | ३४९५ | ३.३७ |
६ | ६ | प्रस्टोका (६-८) र बन्जरिया(७) | ३६६९ | १.२४ |
७ | ७ | बन्जरिया(१-६) | २२३४ | ६.६४ |
जम्मा | २५४१४ | २०.२४ |
प्रसौनी गाउँपालिकाको नक्सा
१३. नामः फेटा गाउँपालिका
साविकमा नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक बारा जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रका पाँच गाउँ विकास समितिहरु भलुही भरवलिया, फेटा, बतरा, रघुनाथपुरको वडा नं. ८ र ९, पुरैनियाको संयोजन भई हाल मधेश प्रदेश अन्र्तगतका स्थानिय तहहरु मध्ये फेटा गाउँपालिका एक २०७३।११।२७ गठित स्थानिय तह हो । भौगोलिक रुपमा ग्रामिण क्षेत्र भए ता पनि फेटा गाउँपालिकाको पर्यटकिय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ ।
व्यवसायीक माछापालनले यस गाउँपालिकालाई थप पृथक पहिचान दिएको छ । अवलोकन भ्रमण, खैरातीमाई सामुदायिक वनवाट जडिबुटी उत्पादन गरि संकलनको दृष्टिकोणवाट र बारा जिल्लाको त्रिवेणी धाम जस्तो महत्वपूर्ण धार्मिक तिर्थ स्थलको सम्भावना बोकेको साविक फेटा गाउँ विकास समितिको नामबाट फेटा गाउँपालिका भनी यस स्थानिय तहको नामाकरण गरिएको हो ।
केन्द्रः साविक फेटा गा.वि.स.को
जनसङ्ख्याः २८३९५
क्षेत्रफलः २६.१ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भलुही भर्बलिया(१-९) | ७३७५ | ५.८४ |
२ | २ | फेटा(१,९) | १६४२ | २.८५ |
३ | ३ | फेटा(२-८) | ६२२४ | ४.९५ |
४ | ४ | बतरा(१-९) | ४०७६ | ४.३७ |
५ | ५ | रघुनाथपुर(८,९) | १७७१ | २.४३ |
६ | ६ | पुरैनिया(७-९) | २०४५ | ०.७६ |
७ | ७ | पुरैनिया(१-६) | ५२६२ | २.४६ |
जम्मा | २८३९५ | २३.६६ |
फेटा गाउँपालिकाको नक्सा
१४. नामः बारागढी गाउँपालिका
केन्द्रः साविक खोपवा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २९५५५
क्षेत्रफलः ३९.२९ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पिप्राबसतपुर(१-९) | ४३९१ | ५.५५ |
२ | २ | विसुनपुर्वा(१-९) | ५५३६ | ७.७४ |
३ | ३ | खोपुवा(१-९) | ६०३३ | ६.९४ |
४ | ४ | पथरा(१-९) | ५३३९ | ८.५ |
५ | ५ | सिहासानी(३-९) | ४५४९ | ७.९२ |
६ | ६ | गढहाल(१-९) | ३७०७ | २.६४ |
जम्मा | २९५५५ | ३९.२९ |
बारागढी गाउँपालिकाको नक्सा
१५. नामः सुवर्ण गाउँपालिका
सुवर्ण गाउँपालिका नेपालको संविधान २०७२ बमोजिम गठित स्थानिय तह पुन: संरचना आयोगको सिफारिस बमोजिम साविकको गा.वि.स. कवहीगोठ, बागही, हर्दिया, प्रशुरामपुर(वडा नं. २,३,४,५,६,७,८,९), मझरिया(वडा नं. १,२,३,४,५,६,७ र ९) तथा बडकी फुलवरिया(वडा नं. १,७,८ र ९) हरुलाई समायोजन गरी स्थापना भएको हो । यस सुवर्ण गाउँपालिकाको नामाकरण प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा कवहीगोठका राजा सुवर्ण शमसेर ज.ब.रा.को नामबाट भएको हो ।यस गाउँपालिकाको केन्द्र साविक गा.वि.स. कवहीगोठ रहेको छ । यस सुवर्ण गाउँपालिकामा विधालय, स्वास्थ्य चौकी, ईलाका हुलाक कार्यालय, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेश लगायतका कार्यालयहरु रहेको छन । यस गाउँपालिकाको पुर्वमा पचरौता नगरपालिका, पश्चिममा देवताल गाउँपालिका, उतरमा महागढीमाई नगरपालिका र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको सिमाना रहेको छ ।
केन्द्रः साविक कवहीगोठ गा.वि.स
जनसङ्ख्याः ३५१४१
क्षेत्रफलः ३६.८४ (वर्ग कि.मि.)
वडा संख्याः ८
सुवर्ण गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हर्दिया(२,८),बगही(१-३) र कवहीगोठ(१,२,) | ४२१० | ४.८ |
२ | २ | कवहीगोठ(३-७,९) | ५०५४ | ३.५४ |
३ | ३ | हर्दिया (१), बगही(४-९) र कवहीगोठ(८) | ५३७१ | ९.९७ |
४ | ४ | हर्दिया(३-७,९) | २४८८ | १.०८ |
५ | ५ | परशुरामपुर(२,३,४,७) | ३०२४ | ३.५९ |
६ | ६ | मझरिया(१-७,९) | ३९९५ | ४.२४ |
७ | ७ | बड्कीफूलवरिया(१,७,८,९) | ५७५८ | ७.९ |
८ | ८ | परशुरामपुर(५,६,८,९) | ५२४१ | १.७२ |
जम्मा | ३५१४१ | ३६.८४ |
सुवर्ण गाउँपालिकाको नक्सा
१६. नामः बिस्रामपुर गाउँपालि
केन्द्रः साविक बिस्रामपुर गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २४८९२
क्षेत्रफलः १९.८१ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | छतवा(१-९) | ६०९१ | ५.२५ |
२ | २ | बरैनिया,(१-९) | ५१७५ | ३.०४ |
३ | ३ | विश्रामपुर(३-९) | ४१६८ | १.९१ |
४ | ४ | विश्रामपुर(१,२) | २५२६ | ३.१ |
५ | ५ | इटियाही(१-९) | ६९३२ | ६.५१ |
जम्मा | २४८९२ | १९.८१ |
विश्रामपुर गाउँपालिकाको नक्सा
श्रोतः नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नुभएमा सल्लाह तथा सुझाव दिनुहोला । तपाँइ आफ्नो जिल्लाको कुनै पनि स्थान र बिशेषको चिनारी लेखेर प्रकाशन गर्न चाहानुभएमा अवश्य लेखि पठाउनुहोला । जसको लागि chinari2020@gmail.com अथवा info@localhost मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
सर हाल को जनसङ्ख्या कति हो,(बारा जिल्लाको)
Total 763,137
Male – 389,787
Female – 373,350