पृथ्वी जयन्ती

शाहावंशिय श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहाको जन्मदिनको अवसरमा पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवसको रूपमा  मनाउँने पहिलेनै घोषणा गरेको थियो र उक्त दिन  सार्वजनिक बिदाको घोषणा हाल आएर गय्रो।देशभित्र राजतन्त्रको हालिमुहाली र देशका जनताको राजाहरूप्रतिको चरम आक्रोशका कारण राजनीति पार्टी र आम जनतालेपनि राजाहरूलाई दुश्मनको रूपमा हेर्दै आएको अवस्थामा राजाहरू सबैलाई एउटै घानमा हाल्न पुगे।

राजहरूले देशको लागि दिएको थोर धेरै योगदान समेतलाई उपक्षा गरियो।खास गरेर२०४६को जन आन्दोलनपछि राजाबादीहरूले गरेको सड्यन्त्र पछि झनै राजपरिवार पर्ती जनाक्रोश बढ्यो।राजापरिवारको हत्या पछि ज्ञानिन्द्रले जनाधिकारको घांटी नमुठे पछि त झनै राजपरिवार प्रति घृणा जाग्यो।

त्यो भन्दा पहिले कतिपय राजनीतिक नेता वा पार्टी पंक्ती द्वारा शेरेमोनियल किंग खास गरेर गिरिजाले यस्तो बिचार अगाडी सारेका थिए।कतिपय  नेताहरूले आ आफ्नो स्वार्थका लागी राजपरिवारको दलालि र चाक्रिपनि गर्दै आए तर राष्ट्रिय हितका कुराहरूलाई उठाएनन्।

६२-६३को ऐतिहाशिक जनआन्दोलन पछि देशमा राजतन्त्रको बिरोधी आवाज मात्र सुनिन्थ्यो।यस्तो अबस्थामा पृथ्वीनारायणको योगदानको समेत उपक्ष गरियो।कतिपयले आजपनि पृथ्वीनारायण शाहालाई हत्यारा भन्छन,कसैले त पृथ्वीनारायण शाहाको अस्तित्व नभयको हावापनि फैलाएका थिए।

यस्तो अवस्थामा नेपाल एकिकरणका एउटा यौध्दालाई सरकारको तर्फ बाट समान्दिनु भनेको विस्वामा आफ्नो पहिचानलाई जोगाउँनु पनि हो। जुनसुकै उदेश्यले भयपनि त्यो वेला पृथ्वीनारायण शाहाले बाइसे तथा चौबिसे राजाहरूलाई एकतित्र गरी एउटा देश सृजना गर्ने यिनै आधुनिक नेपालको राष्ट्रिय निर्माताको रूपमा चिनिएकाछन्।

जस्लाई देशले उपक्ष गर्नु मिल्दैनथ्यो बिगतमा त्यो दिनलाई राष्ट्रिय एकता दिवस् को रूपमा मनाउँने निर्णय गरेको थियो।अहिले त्यसबारे सरकारले सार्वजनिक अबकासको घोषणा गरेको छ त्यो निर्णयपनि स्वागत योग्यनै छ। नेपालमा २००७साल सम्म राणाहरूको जहानियाँ शासन थियो।सात सालको घटना पछि देशमा आएको सिमित प्रजातन्त्र पछि योगी नरहरिनाथले नेपालमा राष्ट्र पिता पृथ्वीनारायण शाहाको जन्मोउत्सव मनाउँनुपर्छ भनेर प्रकृय सुरूगरेका थिए।

पृथ्वीनारायण नरभूपाल शाह र कौसल्यवती शाहको छोरा हुँन।उन्ले स-साना क्षेत्र जस्तै भिरकोट कास्की लम्जुङ्ग,गोरखामा राज्य गरिरहेका शाह वशंलाई पुरै नेपालको राजवशंमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाले।त्यसमा उन्को के उदेश्य थियो,त्यो द्वौरानमा उन्ले कसकसको हत्या कुन कुनरूपमा गरे त्यो छुट्टै अध्यायनको बिषय हुनसक्छ,तर पनि उन्ले एकिकरणमा आफ्नो साराजिवन योगदान दिएको बारेमा उपक्ष गर्न मिल्दैन्।

उन्ले सुरूगरेको एकिकरण अभियानको आन्दोलन बड्दै गयो र नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी र दक्षिणमा मगध पश्चिममा सतलज नदी सम्म बिस्तार भएको इतिहाश भेट्टिन्छ।विस.१८७१ कार्तिक१८गते सुरूभयको नेपाल अंग्रेज युद्ध पश्चात भयको सुगौली सन्धि भन्दा पहिले यो भुभाग नेपालको अधिनस्त थियो।

पृथ्वीनारायण शाहा १८३१माघे सक्रान्तीका दिन५२वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देह त्याग गरेपनि एकिकरण आन्दोलन उन्को छोरा बहादुर शाह र बुहारी रानी राजेन्द्र लक्ष्मीले अगाडी सराका हुँन।

नेपाल एकिकरण अभियानको पूर्ण विराम भने उन्को पनाती राजा गिर्वण युद्ध विक्रम शाहाको पालामा भएको नेपाल अंग्रेज युद्धपछि भयो। १८७३सालमा सुगौलीको सन्धि नहुँञ्जेलसम्म ७२वर्ष सम्म एकिरण आन्दोलन चलेको थियो।यो अबधी सम्म टिष्टा देखुन सतलजसम्म बिशाल नेपाली भूभाग थियो।

त्यो सुगौलीको घृणित सन्धिबाट यो देश एकप्रकारले अर्ध उपनेवेशिक भयो। वि.स.२००८साल देखी योगी नरहरिनाथले सरकार सँग समनवय गरेर एउटा समारोह समिति गठनगरी आफै त्यो समितीमा बसेर राष्ट्रिय एकता दिवसको रूपमा पृथ्वी जयन्ती को रूपमा मनाउँन प्राराम गरिएको थियो।पछि २०६२/६३को जनान्दोलन त्यसमा रोकलाग्यो करिव ११वर्ष पछि उन्को जन्मदिन मनाउँन थालियो र अहिले अवकास पनि घोषणा भएको छ।

पृथ्वीनारायण अल्पायुमै मरे उन्को मृत्युको बारेमा पनि वेग्ला वेग्लै धारणाहरू भेटिन्छन।शाशनकाल पनि छोंटो देखीन्छ।यि यावत कुराको वाबजुद एउटा देशभक्तले देश हितमा एउटा इंटा राखेको छ भने त्यो ऐतिहाशिक बिषय हो र त्यस्को सम्मान गर्नुपर्छ भन्ने हाम्रो मान्नेता हो।

हाम्रा पुर्वजहरूले देखाएको महान बाटो लाई हामिले भुल्नु भुलाउँनु हुँदैन।अहिले देश बिखण्डनको अवस्थामा छ।संघिय ढांचा त्यसैको परिणाम हो।देशलाई पृथ्वीनारयाण शाहाले जस्तै अखण्ड राख्ने प्रयात्न गर्नुपर्दछ।हिंजोको त्यो त्याग बलिदानलाई भुल्यौं भने देश शुरक्षित हुंनपनि सक्दैन्।

आज देशलाई संघियतामा लगेर सात टुक्रामा परिणित मात्र गरिएको छैन देशको पुरै अर्थव्यवस्थालाई चौपट पार्न लागिपरेकाछन्। आर्को तिर साम्राज्यवादको देशभित्र इन्ट्रि छिमेकीको लगातार अतिक्रमणले देश घाइते भयको यो अवस्थामा यो एकता दिवस् ले ऐतिहाशिक महत्व राख्द छ। त्यसकारण पृथ्वीनारायण शाहा जस्ता देशभक्त यौद्धाहरूबाट शिक्षालिएर युवाहरूले देशलाई जोगाउँनुपर्छ त्यो अहिले सबै देशभक्तको कर्तव्य हो।

सुरेशकुमार पान्डे
प्रकासन मिति २७ पुष २०७९

Leave a Comment

Your email address will not be published. Required fields are marked *