गोबिन्द राज ओझा (राजन) को गिती कविता..

तिमिले बोलाएकि रहेछौ…………

तिमिले बोलाएकि रहेछौ मैले थाहा पाईन

तिम्रो आवाज मैले सुन्न सकिन

सम्झना थियो मन भरिको भन्न सकिन

मनको कुरा तिमिलाई बुझाउन सकिएन

संङघर्ष गरेर म यहाँ पुगेको थिए

तिम्रो ठाउँमा पुग्न नसकि तिमिलाई बोलाए

जे भनेर तिमिले मलाई बोलाउछौ

यो समयमा म खुसि नै छु

जे छ त्यसैमा सन्तोष भएर बाच्नुपर्छ

लुकेर नबस तिमि यि नयनले देखिसकेको छु

मेरी मायालुको लागि…………

मेरी मायालुको लागि माया दिलमा रहेको छ
रमाई रमाई बसेको यो क्षणको महत्व छ

आफैले कर्म गरेर जिन्दगिको रेखा बदल्नु छ
तिमिले गित गाउछौ प्रिय मैले त रमाउनु छदैछ
मलाई लाग्छ तिमि सँग युगौ युग पहिलेको नाता छ
तिम्रो साथ मैले हुदा हेर्ने जगत बेग्लै छ

के भयो मलाई तिमि सँग बोल्न भुले
तिमि साथमा हुदा पनि मैले के के सोचे
मुहार मेरो सधै खुसि भइरहेको हुन्छ
समय आउछ पक्कै लक्ष्यमा पुगिन्छ

यो मेरो समय खुसिले रमाएको छ
मेरी मायाको लागि माया दिलमा रहेको छ

रचनाकार गोबिन्द राज ओझा (राजन)  दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल govinda ojha poem

Leave a Comment

Your email address will not be published.