सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग ९

गजलकार श्री सुरेश कुमार पाण्डे द्वारा लिखित समसामहिक गजल संग्रहहरूको संकलन भाग ९ प्रकासन भएको छ ।

Suresh Kumar Pandey

________________________

आँखा भिजाउनलाई पानी हुन्छ आँखामै,
भन्न पर्दैन आफुले कहानी हुन्छ आँखामै।

आफै बोलाउछन् इसारा सम्झिनेहरू लाई,
चञ्चल स्वभाव र मनोमानी हुन्छ आँखामै।

नसोच बोलेन ऊ वर्षिए तप तप मोती बनी,
लुकेको रहश्य नै जिन्दगानी हुन्छ आँखामै।

फाटेको लुगा तनमा देखिन्छ सबैले सबैको,
पग्लेको हृदय जानी नजानी हुन्छ आँखामै।

लेखेको निदारमा देखिदैन ठिक को गलत,
सबैको रहश्य समेत बयानी हुन्छ आँखामै।

चिनाउँछन् आँखा सबैको कथा रहश्य पनि,
को हुन्छ वेईमान को छ दानी हुन्छ आँखामै।

________________________

फैलियो बतास कताकता हतास हुनथाल्यो,
मनमा किन हुरि बतास नै खास हुनथाल्यो।

भन्छन् अपराध बढ्यो देश नर्कतुल्य बनेछ,
किन यसरी अनौठो सनतरास हुनथाल्यो।

हामी लड्दै छौं छुवाछुतमा अंझैपनि देशमा,
मनको आगन दुश्मनको निवास हुनथाल्यो।

केछ खबर सुनाउने लायक हिंजोको आज,
जहां हेर्यो साम्राज्यवादी क्लास हुनथाल्यो।

एउटै विचारका मानिस पनि लडेको देख्दा,
विदेशीहरू भित्रिने झन् आभास हुनथाल्यो।

सयौं फूलको बगैचामा भमराकै शङ्खनाथ,
त्यो देख्दा कलीको सपना नाश हुनथाल्यो।

________________________

खै किन यो सरकार पनि निरास हुनेगर्छ,
जब की कामै नगरेपनि श्याबास हुनेगर्छ।

नेता मख्ख परेर लक्जरी कारमा गुडेपनि
प्रसंशा कसैले गर्दैन बरू उपहास हुनेगर्छ।

जनता विश्वमै कामगर्ने ठाउँ खोज्दै गर्दा,
नेताले गरेकै भासन पनि बक्वास हुनेगर्छ।

नागरिक खाडीमा चिन्तित छ देशको बारे,
रेमिटेन्स खानेहरू विदेशका दाश हुनेगर्छ।

स्वाभिमानका लागि लड्न लजाउनेहरूकै,
हेरौँ त अकालमा जहाँ कही लाश हुनेगर्छ।

देशमा दुश्मनकै बिषालु दृष्टिकोण हुनेहुँदा,
नागरिकै एकतामा भविश्य खास हुनेगर्छ।

________________________

सबैले गर्छन् जीतमै सपना साहाकार हुने कुरा,
सिखरमा पुराउने श्रोत आफ्नै विचार हुने कुरा।

किन गर्थ्यो यार देश र जनताकै बारेमा कसैले,
आमूल परिवर्तन र सुन्दर सफा मुहार हुने कुरा।

हिंजै सबै भ्रष्टाचार बिरोधमा खुब बोलेका थिए,
आज भुलेछन् त्यो वाइरल अखबार हुने कुरा।

सबैमा तछाड मछाड हुन्छ पद प्रतिष्ठाका लागि,
निष्ठाको लागि छैन कसैको बफादार हुने कुरा।

युवा खाडिमा पठाई आफू गाडिमा चड्ने गर्दा,
कसलाई याद आउँथ्यो देशमै रोजगार हुने कुरा।

विचारमा एकता हुने भन्छन् घन्टौ गर्छन भाषन,
व्यवहारमा उस्तै छ सधैँ गर्छन् कुटामार हुने कुरा।

________________________

सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग १ 

सुरेशकुमार पान्डेको गजल संग्रह!

सबैले गर्छन् जीतमै सपना साहाकार हुने कुरा,
सिखरमा पुराउने श्रोत आफ्नै विचार हुने कुरा।

किन गर्थ्यो यार देश र जनताकै बारेमा कसैले,
आमूल परिवर्तन र सुन्दर सफा मुहार हुने कुरा।

हिंजै सबै भ्रष्टाचार बिरोधमा खुब बोलेका थिए,
आज भुलेछन् त्यो वाइरल अखबार हुने कुरा।

सबैमा तछाड मछाड हुन्छ पद प्रतिष्ठाका लागि,
निष्ठाको लागि छैन कसैको बफादार हुने कुरा।

युवा खाडिमा पठाई आफू गाडिमा चड्ने गर्दा,
कसलाई याद आउँथ्यो देशमै रोजगार हुने कुरा।

विचारमा एकता हुने भन्छन् घन्टौ गर्छन भाषन,
व्यवहारमा उस्तै छ सधैँ गर्छन् कुटामार हुने कुरा।

________________________

सोंचेको थिएं यो विद्रोह गर्नेहरू खास गरेका छन्
यो कत्ती सोचेको थिएन उस्तै बक्वास गरेका छन्।

नेता बनेपछि जसले ढुकुटी रित्तायो देशको फेरी,
सोचेकै थिएन जनता उसैलाई साबास गरेका छन्।

जसका बा आमा उपचार बिना मरेका थिए यहाँ,
उता छोरा बुहारीले संस्कारको तमास गरेका छन्।

देशभक्त भनी नथाक्ने नेताहरूको व्यवहार देख्दा,
यस्तै लाग्छ आफूले आफैलाई उपहास गरेका छन्।

क्रान्तिका गफ लगाउनेहरू खुबै बन्दुक पड्काउँथे,
विन मौसमको बाजाले क्रान्ती खल्लास गरेका छन्।

हिंजो बञ्जर जमिनमै हाड छाला घोटे पुर्वजहरूले,
आज उन्कै सपनामा कुपुत्रले सत्यनाश गरेका छन्।


के बदलियो तिमि बाहेक सहर उस्तै छ,
माझिको लागि यो खोला बगर उस्तै छ।

मिल्दो जुल्दो देखिन्छन् अनुहार सबैको,
मुर्झाएकै परायजसो सबै अधर उस्तै छ।

बोकी काँधमै जिम्मेवारी आँखामा आँसु,
उड्छन् आकासमा युवा खबर उस्तै छ।

लथालिङ्ग छ देश ऋणमा डुबेकै जनता,
मनमा जिउने छैन रहर तर कर उस्तै छ।

रोजगार सुन्य छ आत्मनिर्भर नभएपनि,
जिउने मर्ने रहर देशमा सकभर उस्तै छ।

घेरेका छन् साम्राज्यवादीहरूले देशलाई,
कुनै बेला सिक्किम पुराउन् डर उस्तै छ।
——————————————–

बनाए उनैले दाश खुवाई जुठोपुरा उनैले,
देखाई महको डल्लो लुकाए छुरा उनैले।

बोकेर हिंड्छन् जनताहरू उनैलाई सधैँ,
जजसले देखाउँछन सपना अधुरा उनैले।

लगाई धाग भएनभएकै पारे भ्रमजालमा,
समाई नाडी उनैले पठाए भुरी भुरा उनैले।

खाई डालर विदेशीका लडाए जनता यहाँ,
मराए निर्दोश बा आमै बनाए टुहुरा उनैले।

नबुझेर हामीहरू जीवन बितायौँ नाटकमा,
बल्झिछौँ हामी बुनेको जाल माकुरा उनैले।


कसैको लागि त भ्रष्टाचार नै कारोबार हुनेरहिछ,
उस्लाई साथ सहयोग गर्ने पनि सरकार हुनेरहिछ।

नयाँ पुस्तामा यही रोग सर्यो भने समश्य आउला,
पुँजिवादमा यो सल्किने खतरा लगातार हुनेरहिछ।

राजनीति केका लागि गर्छन् भनेर खोज्नुपर्ने भयो,
यसैभित्र लुकेको देश विदेशमा भ्रष्टाचार हुनेरहिछ।

सङ्घीयता र समानुपातीक शब्दले छुट दियो खुबै,
जस्ले अखण्ड समाजमै पनि ठूलो दरार हुनेरहिछ।

भन्थे एमसीसीले देशको काया पलट् गर्छ नेताहरू,
साँच्चै यो त देश छियाछियापार्ने हथियार हुनेरहिछ।

नतमस्तक देखिन्छन् नेता साम्राज्यवादी दलाल झैं,
उठ भन्दा उठ्ने बसभन्दा बसने व्यवहार हुनेरहिछ।


सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग २

सुरेशकुमार पाण्डेको गजल संग्रह (२)

न सम्झिनु छ नबिर्सिनु छ सफर उस्तै छ,
जीवनमा जीउने आफूलाई रहर उस्तै छ।

कसैले धार्ने हात लगाउँदैमा मर्दैन कोही,
तर बोलीमा जहर छ अनि नजर उस्तै छ।

अगाडी बाघ नआउँदासम्मनै बन्छन् बाघ,
भित्रभित्रै मनमा डरकै त्यो असर उस्तै छ।

हेर भ्रष्टाचार बिरूद्धका अनुहारहरू यहाँ,
दिनौँ लुटमार र भ्रष्टाचारकै खबर उस्तै छ।

मन आत्तियर केगरौँ साथ दिएन समयले,
मुर्झाएको जस्तै छ सबैको अधर उस्तै छ।

जनतामा जाने लाएकको काम नि केगर्यो,
जेन्जी बिद्रोह सल्किएको भर्खर उस्तै छ।


भन्छन् भन्नेहरू खाडी नजाउ समाधान देशमै हुन्छ,
लगनसङ्ग गर ऋण उधार आदानप्रदान देशमै हुन्छ।

साथि काम पनि त हुनुपर्यो छानो मानो नभईनहुने,
काम,दाम र मानो छानो नभए अपमान देशमै हुन्छ।

बुझौंन परदेश गएपनि गास बासकै व्यवस्था गर्नहो,
जहां गएपनि नेपाली देशभक्तको परान देशमै हुन्छ।

औषधी उपचार चाहिन्छ मानिस भएपछि सबैलाई,
दया कसले गर्ला आफ्नो भोको जहान देशमै हुन्छ।

अब चुनाव नजिक आयो मतदान कसिरी हुनेहोला,
फेरी उस्तै झुटा आस्वासनका उखान देशमै हुन्छ।

क्रान्तिका कुराले पेट भर्दैन मित्र दाल भात चाहियो,
सङ्घारमै आउने परिवर्तनको अपसान देशमै हुन्छ।


एकले आर्काको खुट्टा ताने देश जोगाउने कसले,
आफ्नै सन्तान दुश्मन ठाने देश जोगाउने कसले।

आफै बनाएका बिधि र बिधान गर्छन् उलङ्घन,
नियम कानुन् आफै नमाने देश जोगाउने कसले।

ए साथि कामरेड भन्दैमा क्रान्तिकारी हुँदैन यहाँ,
आत्मियतानै मनले नजाने देश जोगाउने कसले।

कसैले त सही बोलौं देश र जनताको मर्म बुझेर
सबैले बने सि थोत्रा उखाने देश जोगाउने कसले।

पेसाको लागि पार्टीका पेसेबर बनेका हुन्छन् यहाँ,
युवा कामै नगरि जीवनधाने देश जोगाउने कसले।

भाषनले पेट भरिदैंन क्रान्ति हुँन्न झुटा नारा लगाई,
चुनावमै विदेशी दलाल छाने देश जोगाउने कसले।


बोकेर भारी बनेका झुटका साहुकार देखाउन,
लिएर जिम्मा गर्दैनगर्ने यस्तै व्यवहार देखाउन।

आफूनै अब्बल सम्झिन्छन् बनेर नेताका चम्चा,
फुटाउने व्यवहारमा जुटाउने समाचार देखाउन।

आफूलाई अब्बल ठान्नेहरू कहिल्यै हुँदैन राम्रो,
सफल पार्न भन्दै आफैलाई बफादार देखाउन।

चुनाव नजिकै आयो चाल हेरौँ मौका परस्तको,
खरायो समेत गर्छ आफूलाई खुँखार देखाउन।

काम गरेका कति छौ व्यवहारमै रिजल्ट आउला,
प्रयास नगरे हुन्छ आफूलाई सधैँ अपार देखाउन।

सजग रहौँ थालिसकेका छन् छचल्किन मनुवा,
बानाउँदै छन् फेरी शङ्घर्षको आधार देखाउन।


जसलाई सोधेपनि आफ्नै पार्टी सुन्दर हुनसक्छ,
उनलाई जस्तो सिकायो त्यसैको असर हुनसक्छ।

नागरिकहरू अब आफै सचेत भएर मतदान गरौँ,
उसैलाई छानौं जस्मा देश बनाउने रहर हुनसक्छ।

सानो पार्टी भन्दा विचार व्यवहार प्रधान् हुनेहुँदा,
उनैलाई ठुलो गराए देश आत्म निरभर हुनसक्छ।

भ्रष्टाचार मुक्त बनाउ देशमा आमूल परिवर्तन गरौं,
सबैलाई जमिन सबैलाई ओटलाग्ने घर हुनसक्छ।

हाम्रै हातमा छ अखण्ड देश र जनताको भबिश्य,
देशभक्ता छानौँ स्वर्गतुल्य यो धर्ती सगर हुनसक्छ।

सयौँ फूलका बगैचा हो देश हिमालयको काखमा,
हिमाल पहाड तराईमा फूल जस्तै अधर हुनसक्छ।


समय भन्दा अमूल्य कुनै संसार हुन सक्दैन,
यो स्वास भन्दा गतिसिल रफ्तार हुन सक्दैन।

भागेर कहाँ जानसकिन्छ समश्यसँग नलडी,
शङ्घर्षको योगदान पनि वेकार हुन सक्दैन।

यो देश बनाउने र समाज बदल्ने त हामिनै हौँ,
किन की विदेशी देशको बफादार हुन सक्दैन।

समश्य समाधान हुन्छ आत्मनिर्भर भएपछि,
अनुदान मात्र विकासको आधार हुनसक्दैन।

यो व्यवस्था भनेको धनबाट धन कमाउने हो,
यही अबस्थामा निर्मूल भ्रष्टाचार हुन सक्दैन।

राजनीति पेसाकै लागि हुनथालेपछि साथिहो,
यस्तो राजनीति त सेवाए ब्यापार हुन सक्दैन।


मिसाए थोरै पौरख र प्रतिभा गजल बनिहाल्छ
भोगेका तित्ता मिठा अनुभव असल बनिहाल्छ।

सम्झनानै त हो यो जीवन कुनै दिनको धुवाँमा,
गुन्गुनाए संझनामा गजल हरेकपल बनिहाल्छ।

एउटा नयाँ विचारको जन्म हुन्छ कतैबाट पनि,
हावाहुरिमा उडि आएपनि छलफल बनिहाल्छ।

वर्गिय प्रेममा उम्रिएको गजल अमूल्य हुने हुँदा,
अदिश्य भएपनि सदियौँसम्म अटल बनिहाल्छ।

सबैमा हुन्छ प्रतिभा सबैमा हुन्छ भावनाहरू नि,
उनैलाई तिखारे पनि गजल निश्चल बनिहाल्छ।

आउ तिमि र हामी एउटै झण्डा छोपौँ अंघी बढौँ,
क्रान्तिपनि हुन्छ यो देश पनि अब्बल बनिहाल्छ।


सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग ३

सुरेशकुमार पाण्डेको गजल संग्रह

फकाएर हुन्छ या धम्काए हुन्छ अब,
जलाएर हुन्छ साथि समाए हुन्छ अब।

कसरी हुन्छ जीत त्यसैमा नै ध्यान भयो,
आक्रोश क कसमाथि खनाए हुन्छ अब।

जलाएर घर उनैले खरानी बेच्नेभए यहां,
जसरी पनि सधै आफै अघाए हुन्छ अब।

गलति अरूको देखाए उनैले बनेर चोखो,
सुन देखि नुनसम्म पनि पचाए हुन्छ अब।

देखिन ओभानै पानी माथि सधैंभरी आफु,
अरूलाई मैलाकै आरोप लगाए हुन्छ अब।

राजनीति गर्छन् कुहेको आलु गनाए जस्तै,
अन्यायको लाठिले न्याय धपाए हुन्छ अब।


निकास छैन विकास छैन तमास हुन्छ दिनौँ,
काटमार हुन्छ देशैभरी रूवाबास हुन्छ दिनौँ।

काम छैन युवा विदेशी बाजारमा श्रम् बेच्दा,
बृद्धा बा आमालाई पिढानै खास हुन्छ दिनौँ।

वेरोजगारले निम्तायको होला युवाहरू यहाँ,
गाउँमा मदिराकै मातमा जुवातास हुन्छ दिनौँ।

मर्दकी दशौटी भन्ने समाज देख्दा घिन लाग्छ,
महिलाहरूमै पनि पश्चिमकै बतास हुन्छ दिनौँ।

राजनीति गर्नेहरू झोलेभए नगर्ने गाए भजन,
भन्छन् यस्तै तमास गरौँ विकास हुन्छ दिनौँ।

देशको रक्षा गर्न पठाएका नेताजी ढिला नगरी,
सिमापारी पुग्छ र विदेशीको दास हुन्छ दिनौँ।


राजनीति दलहरूलाई त सधै खबरदार हुनेगर्छ ,
तरपनि जनतासङ्ग उस्तै धोका लगातार हुनेगर्छ।

पत्रकार कुनै भिखारी सङ्ग लिदैनन् अन्तरवार्ता,
कीन कि धेरैजसो धन्मानकै यो अखबार हुनेगर्छ।

हिंजो हात्थिछाप लगाई पर्वाशमा चन्दा उठाउने,
नेता बन्यो र आज यो सहरकै साहुकार हुनेगर्छ।

एकगास खानकै लागि जस्ले गिट्टी कुट्छ बगरमै
उसैलाई सङ्काकै दृष्टिकोणले चिरफार हुनेगर्छ।

गरिब श्रमजीवि त डराएर मात्र हो डर हट्यो भनि,
उनैको अंगालोमा जीतेकै यो सारा संसार हुनेगर्छ।

रूढीवाद कुसंस्कार गरिब श्रमजीविकै दुश्मन् हो,
त्यसैको ओटमा सधैं देशभित्र भ्रष्टाचार हुनेगर्छ।


जसलाई फालेपनि भ्रष्टाचार रोकिएन,
आलो पालोको त्यो व्यवहार रोकिएन।

हिंजै त हो भाई बहिना मारिए कलिला,
आन्दोलन हुन्छ उस्तै लगातार रोकिएन।

पेसाकै लागि बनेका हुन्छन् पेसेवर धेरै,
रत बनेका हुन्छन् उनै खुँखार रोकिएन।

जातीय क्षेत्रिय नारा भुनाएर नेताहरूले,
राजनीतिको गर्नथाले व्यापार रोकिएन।

असमान सन्धि सम्झौताको बिरोध गर्दा,
दशकौँ बित्यो उस्तै हुन्छ करार रोकिएन।

भ्रष्टाचारको बिरूद्ध रगत बगाए हजारौँ,
फेरी घुम्दै आउँछ उही सरकार रोकिएन।


व्याथा आफ्नो अर्कैको कहानि हुनेगर्छ,
कतै फुत्त निस्केला ऊ सावधानी हुनेगर्छ।

छाडेर जान्छन् ज जसले जन्माए हुर्काए,
मुटुमा च्याँप्न नसक्ने पनि नादानी हुनेगर्छ।

कुन ठाउँमा होला अचेल सर्वणकुमार त्यो,
जस्का कथाहरू सर्वत्र मनोमानि हुनेगर्छ।

अचेल त बुढा बुढी बृद्धाश्रममै रमौन थाले,
जस्को आजिवन औलादमै लगानि हुनेगर्छ।

अमूल्य धरोहर गुमाएकै हुन्छौँ हामि सबैले,
भूल जानेर हुन्छ कसैबाट नजानि हुनेगर्छ।


कति उर्जा मिल्छ मलाई तिम्रो समर्थनले,
सितल दिन्छ ओट लगाई तिम्रो समर्थनले।

म एउटा पाठक यो श्रृष्टिको नियाल्दै गर्दा,
पुराएछ उंचाईमा फकाई तिम्रो समर्थनले।

सोंचेकै थिएन बसुला मायाको भकारीमा,
डोरायो हात मेरो समाई तिम्रो समर्थनले।

भुँई मान्छेको नि आउँदो रहिछ जन्मदिन,
आकासमा पुरायो उठाई तिम्रो समर्थनले।

मलाई यतिधेरै दियौँ मान सम्मान् तिमिले,
थपेकै छ उर्जाको भरपाई तिम्रो समर्थनले।

यति धेरै मायाँ कता राखौँला यो हृदयभित्र,
राख्छु सदियौँसम्म सजाई तिम्रो समर्थनले।


यही प्रछाईँ त हो जो हमसफर बनेको हुन्छ,
जस्तै खोला बग्नकै लागि बगर बनेको हुन्छ।

अरू दुःख सुख्खका साथि कहाँ भेटौं हामी,
आफ्नै पौरखले आर्कैको सहर बनेको हुन्छ।

अरूको आसै नगर्नु है मात्र आफ्नै पौरखले,
सबैको ओट लाग्ने सुन्दर घर बनेको हुन्छ।

छोरा भनेर के गरौं दुश्मन् खुसि पार्छन् उनि,
खै कुन स्वार्थको गहिरो असर बनेको हुन्छ।

नाटक पनि कतिहो कति अल्छिहरूको यहाँ,
कस्तो नाटक खेल्छन् त्यही डर बनेको हुन्छ।

बा आमाले छोरा छोरीको अनुहार मात्र देखे,
औलाद आर्कैको अधरमा वेखबर बनेका हुन्छ


घरघरमै बनाएका छन् पार्टी सरकार बनाउन,
स्वार्थ पुरा गर्न जनतालाई हतियार बनाउन।

कसैलाई जातको त कसैलाई क्षेत्रकै खिचलो,
थालेकै हुन्छन् राजनीतिलाई व्यापार बनाउन।

देश जता गएपनि बाल छैन जिते पुग्छ आफै,
नारा घन्काउँछन् आ आफ्ना संसार बनाउन।

जातीय क्षेत्रिय नारा फेरी सुनिन थाल्यो देशमा,
शान्ति प्रिय समाजमा फेरी उस्तै दरार बनाउन।

भन्छन् पार्टी वाइपास गर्छौँ सुसाशन ल्याउँछौँ,
आफ्नै पार्टी खोलेर थाले नयाँ औजार बनाउन।

किन थाल्दैनौँ मोरा देश बनाउने अभियान तिमी,
घरघरमै एउटा बलियो देशको करणधार बनाउन।


सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग  ४

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ४

हृदयभित्र कति छ कति रहर भन्नै गारो,
अटाउँदैन मनमा यो धर्ती सगर भन्नै गारो।

यात्रु हुँ मनको घुम्छ मन् संसारनै नियाल्न,
दुःख कष्ट आउनेछ कति सफर भन्नै गारो।

वेमौसम वर्षिन्छ पानी र आकासबाट पनि,
धमिलो हुन्छ मन मिले सि नजर भन्नै गारो।

औलादहरू समेत गर्नथाले मनपरी अचेल,
कस्तो पर्ला बा आमालाई असर भन्नै गारो।

हृदय पोल्छ असहनिय हुन्छ पिडा मनमा,
क कसलाई सुनाउँ मनको खबर भन्नै गारो।


विद्रोही पनि त उनैका खास भए आज,
कुनै दलाल कुनै उनैका दास भए आज।

तिमी र मलाई सपना मात्र देखाए उनैले,
हाम्रो ठान्यौं उही दुष्टकै पास भए आज।

दुश्मनकै लागि उठाएका हतियार उनैले,
उनै पनि त यहाँ जीउँदा लास भए आज।

लेखि नथाक्ने क्रान्ति अर्ती उपदेश उस्तै,
उनकै कथाहरू पनि बक्वास भए आज।

उसैले गरायो खरानी देश नर्कमा पुरायो,
सबैका सपनाहरू सत्यनास भए आज।

बेचि खायो देश पोलि खायो सिद्दान्त नै,
उसैका अर्तिहरूपनि उपहास भए आज।


अचेल अल्छिहरूको तमास देखेर हैरान हुन्छु,
उस्तै नेताहरूको नि बक्वास देखेर हैरान हुन्छु।

जस्लाई आफ्नो सम्झियौं बिसवास पनि गय्रौं,
उस्लाई आज दुश्मनकै दास देखेर हैरान हुन्छु।

साहित्येमा तातेताते सर्दा सिकियो गजल नी,
उसैमा पनि राजनीति खास देखेर हैरान हुन्छु।

न्यायको कामना गर्नेहरूनै अन्यामा बोल्दैनन्,
समाजमा यस्तै जीउंदालास देखेर हैरान हुन्छु।

बा आमाले अमृत सेवाए केही दिएनन् होला,
छोराको बिष खाने प्रयास देखेर हैरान हुन्छु।

औकात भुलेका लाई कसरी सकिउने हमीले,
अरूले सधैं गरेको उपहास देखेर हैरान हुन्छ।


मानिसलाई मृत्युको कुनै खबर हुँदैन,
कसैलाई पनि मर्ने साँच्चै रहर हुँदैन।

संसारमै जन्मे पछि मृत्यु अकाट्य हो,
कुन्बेला यही सास रोकिन्छ भर हुँदैन।

मानिस तिमि किन लोभि पापी बन्छौ,
दुःख सुख्ख नपाएको त अधर हुँदैन।

दिएको हुन्छ जिउने आधार प्रकृतिले,
मानिस झैं पसु पंक्षिलाई परपर हुँदैन।

भन्छन् विवेकसिल प्राणी मानिसलाई,
तर मान्छेलाई मान्छेकै भन्दा डर हुँदैन।


मानिसले औलादकै लागि जीवन लोटाए,
भोको बसे दुःख सहे तर तनमन लोटाए।

भन्नेहरूले खुब सम्झाए मुर्ख कत्ति नबनौँ,
तर आफूले उनैका लागि सबै धन लोटाए।

जसले फोहोर सम्झियो आफ्नै जीवनलाई,
साँच्चै उस्कै लागि यो धर्ती र गगन लोटाए।

तिम्रो थोरै भूलले अरूलाई नर्कमा पुराउँछ,
त्यो जानि जानि झन उनैले कफन लोटाए।

जसले जिन्दगीनै नर्क बनायो दुश्मन ठानेर,
जसले उसैको दामनमा आफ्नोपन लोटाए।


लेख्छु तरपनि वाद्यता हो वा रहर थाहा छैन,
कहा गएर टुङ्गिन्छ आफ्नो सफर थाहा छैन।

अब आफ्नै प्रछाईं सङ्गपनि डर लाग्नथाल्यो,
गनतब्य तर्फ छ की छैन यो डगर थाहा छैन।

जीवनमा कसैले हरायो भने त्यो आफ्नैले हो,
कुनवेला मुटुनै दुश्मन् बन्छ के भर थाहा छैन।

कथा झैं कथा नहोला तर हुन्छ सबैको व्यथा,
शब्दले कहा कहां छोयो त्यो खबर थाहा छैन।

देखेकै छौं त्यो प्राक़पनको उठान एकछिनमै,
आउंछ तुफान त्यसपछिको असर थाहा छैन।

आमाको दुधनै अमृत समान हुन्छ छोराछोरी,
मदिरापानले कस्तो दिनेछ अफर थाहा छैन।


राजनैतिमा पनि राजनीति हुन थाल्यो,
घर घरमा पार्टी भए वेथिती हुन थाल्यो।

जनता भन्दा धेरै नेता जात भन्दा पार्टी,
यो देशमा यस्तो जातिबिती हुन थाल्यो।

पुराना त्यागी नेताहरू छन् साथ न दिई,
सबै एउटै घानभित्र बिक्रिती हुन थाल्यो।

देशमा विकास कसरी मात्र खिचातानी,
साच्चै अराजकताकै प्रगति हुन थाल्यो।

देशको छातिमा विदेशीको पर्खाल हुन्छ,
सोंचौ हामि किन यस्तो क्षती हुन थाल्यो।

दलाललाई छानी देशको रक्षक बनाउदा,
देशनै पराधिन हुने सहमती हुन थाल्यो।


जस्लाई आफ्नै भबिश्यसङ्ग सरोकार हुदैन,
आफ्नै सन्तान सङ्ग समेत कत्ति प्यार हुदैन।

त्यो जीवन पसुतुल्य पनि हुनसक्दैन साथि,
उसैको कारण अरूको जिउने आधार हुदैन।

मत यत्ति भन्छु राम्रो बिचार व्यवहार अप्नाए,
छोरा त्यो भन्दा राम्रो बालाई समाचार हुदैन।

आफ्नैसङ्ग हार्यो जसले कसैसङ्ग हार्दैनथ्यो,
आफ्नै दृष्टीमा त्यो समय भन्दा गद्दार हुदैन।

भन्छन् जवनलाई लगाम दिनुपर्छ आफैले,
कसैको जिब्रो भन्दा धारिलो हतियार हुदैन।


सबै युवाहरूलाई हुनुपर्छ काम आफ्नै देशमा,
काम अनुसारको सबैलाई दाम आफ्नै देशमा।

विदेशीहरूको चलखेल बढ्यो यसलाई रोकौं,
असमान सन्धि लगाउ लगाम आफ्नै देशमा।

वर्ष वर्षमा हुन थाल्यो गृहयुद्ध विकास हुदैन,
आपसि युद्धमा लगाउ बिराम आफ्नै देशमा।

भोका नेताकै देख्यौ धनको मोह कति छकति,
भयो आफै लगाम आफै खाम आफ्नै देशमा।

देश भुटे जनता लुटे बनेका छन नेता उनिहरू,
संसार भरिमा हुंदैछन् बद्नाम आफ्नै देशमा।


सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग  ५

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ५

तिमि बिनाको संसार जस्तै संसार नहोला,
जिन्दगी जिउने कुनै पनि आधार नहोला।

समयले मागगरे अनुसार चल्नैपर्ने रहिछ,
फूल बाँट्नेलाई काँडाको उपहार नहोला।

मानौं की दालाल भरिएका छन् देशभित्र,
यो पनि मान्नै पर्छ सबै नेता गद्दार नहोला।

साथि बनेर सगसँगै हिंड्नु पर्छ हामिहरू,
शङ्घर्ष बिना खुसिको समाचार नहोला।

थाहाछैन कुन घडी रोकिन्छ हृदयमै सास,
अमूल्यछ समय उस्लाई इन्तिजार नहोला।

सुख्ख दुःखको अहसास हुन्छ मित्रतामा,
बर्गिय मायाँ झैं कसैलाई सरोकार नहोला।


अहिलेको चुनाव खास हुन्छ विचार पुराए,
संसदमा भ्रष्टाचार मुक्त नयाँ सरकार पुराए।

मानिसमा मिठास भई पुग्दैन पार्टी हेर्नुपर्छ,
भनाई गराई जाँचे संसदमा व्यवहार पुराए।

देश युवा बिहिन भएको छ विदेशी भरियो,
अब हाम्रो देशमा विकासको आधार पुराए।

जस्ले जीवनभरी देश जनताकै हितमा गर्यो,
अखण्ड देशको संसद भित्र पहेरेदार पुराए।

देशलाई दुश्मनबाट जोगाउनु छ बनाउनु छ,
अबको पालो निडर र पौरखी औतार पुराए।

श्रमजीविहरूको देश हाम्रो एकता हुनुपर्छ,
हिमाल पहाड तराईबाटनै मिलनसार पुराए।


हुन त सबैका सपनाहरू उस्तै खास हुनसक्छ,
कसैका पास हुन्छन् त कसैका नास हुनसक्छ।

मित्र यो मिनिसको आफ्नै खालको जिन्दगी हो,
कसैलाई स्वतन्त्र हुनेरहर केही दाश हुनसक्छ।

आमा हजुरले छोडेर गएपछि त एक्लै भएको हु,
हजुरले दिएको जिन्दगी पनि उपहास हुनसक्छ।

हजुर मरेर पनि जीवित हुनुहुन्छ यिनै आँखामा,
यो सरिर हजुर बिनाको जिउँदै लाश हुनसक्छ।

मलाई थाहा छ कुनै जुनि हुँदैन त्यो हाम्रो भ्रम हो,
मात्र मानव मन मष्तिकमै भ्रमको बास हुनसक्छ।

स्वार्थका लागि दाई भाइमा फुट कसले सम्झाउँने
कसैको फाइदा छैन फुटमा सधैँ तमास हुनसक्छ।


लेख्ने रहर लाग्दो रहिछ नजानेर के भयो,
छचल्किन्छन् शब्द मनलाई बानेर के भयो।

श्रमजीवि हरूका कथा लेख्ने मानिस हामि
स्वतन्त्र गजल हो यो तिमि नमानेर के भयो।

श्रमजीवि जनताहरू भोगेका पिडाहरू हुन्,
भोगिन ज जस्ले सही उस्ले नठानेर के भयो।

ढल्छ एकदिन बुजुर्वा किल्ला मक्कि सकेछ,
मर्णसन् कुसंस्कार लाई तिमि धानेर के भयो।

चाहिंदैन हतियार दिएकैत छ पिडा कुरितीले,
चिब्रोमै हुनेरैहिछ धार घनले न हानेर केभयो।

पाइलै पछि भेट्टिन्छन् अवसरबाद समाजमा,
घरीघरी उनैलाई जनताहरूले छानेर केभयो।


माफ गर मर्नु भन्दा पहिले मलाई मर्नु छैन,
जीवनमा ठोक्कर खाएर न अघाई मर्नु छैन।

हो म बन्न सक्छु आफै पनि जटिल समस्या,
तँ कालकै समेत कठालो न समाई मर्नु छैन।

जस्ले जन्मदातालाई पनि जलाएर फर्कियो,
हो अब उस्लाई त्यो कालसँग डराई मर्नु छैन।

आमाको काखमा खेल्ने उमेरमै मज्दुर भएं,
सुख सुविधाका लागी दुष्ट फकाई मर्नुछैन।

हाम्रो समाजमा धर्म गर्नेहरूले दिन्छन् बली,
यो पाप धर्मकै परिभाषा न संझाई मर्नु छैन।

लाग्छ यो हाम्रो जिन्दगी शङ्घर्षकै लागि हो,
अब समाजको दुश्मनलाई नतर्साई मर्नु छैन।


पेटभरी दालभात खादाँँ न अघाए कस्को के लाग्छ,
बुढा बाआमाको रगत पिएर रमाए कस्को केलाग्छ।

मलाई सोध कसैले त म केखाई जिएको थिएंहोला,
त्योवेला जस्तै दुःखकै उपाधी पाए कस्को केलाग्छ।

भन्नेहरूले भन्छन् किन सुद्ध लेख्न सक्दैनौँ तिमिले,
मन मर्जि जसले जे आरोप लगाए कस्को केलाग्छ।

आमाको काखमा खेल्ने उमेरमा बाल मजदुर हुदा,
खेलौना बानाई जसले जहाँ पठाए कस्को केलाग्छ।

कसैले भन्छन् खेल भाग्यको तक्दिरलाई दोश दिंदै,
त्यही आडमा जस्ले गरे नि अन्याए कस्को केलाग्छ।

आफ्नै लागि बाचनु के जीवन अर्कैको अमानत हो,
गलतीमा औलादको भविश्य खाए कस्को केलाग्छ।

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ६

इमानका कुरा गर्नेहरू पनि वेइमान हुनथालेपछि,
कसको केलाग्छ राजनीतिनै उखान हुनथालेपछि।

ऊ सहिद भयो देश जोगाउन र जनतन्त्र ल्याउँदा,
लाजपनि लजाए छ दलाल सन्तान हुनथालेपछि।

खै पुर्खाको के थियो मनसाय बुझ्न छाडे सन्तान,
कुरा नैतिक्ताका व्यवहार र पुँजिप्रधान हुनथाल्यो।

खै किन हुन्छ तकरार एउटै सन्तानमा हिंजोआज,
मानव समाजका लागि पैस मात्र परान हुनथाल्यो।

शान्ति गीत सबैले गाउँछन् अशान्तिको बिउ छर्दै,
उनैको नै हिंशक गतिबिधिमा योगदान हुनथाल्यो।

_______________________________

यो समयको पनि कस्तो कस्तो खेला हुँदोरहिछ,
सुख्खमा धेरै हुन्छन् दुःखमा अकेला हुँदोरहिछ।

जसले समय दियो र धन दियो अघीबढान भनि,
उसैमा घमन्ड र अभिमान त्यही वेला हुँदोरहिछ।

दुनियाँ मत्लबी मानिस भित्रको हरायो मनवता,
देखियो भोगियो संसार स्वर्थको भेला हुँदोरहिछ।

हामिले त सारा जीवननै आर्कैको लागि खर्चियौँ,
त्यसैले त आफ्नै भागमा मस्तै झमेला हुँदोरहिछ।

जब बुढो हुन्छ मानिस बल्ल मिल्दो रहिछ सिक्षा,
संम्झनामा पुरान दिन र हातका ठेला हुँदोरहिछ।

कथामै मात्र श्रवणकुमार यथार्थमा जन्मिनै छाडे,
अन्तिममा त आफ्नै निदार र हत्केला हुँदोरहिछ।

_______________________________

म आफैले भोगेको पल गजल बनाई लेखें,
जसले जेजे भनेत पनि अब्बल बनाई लेखें।

कसैको मन फाट्यो कसैको मन छोयो पनि,
जसले जसरी बुझेतपनि सफल बनाई लेखें।

पसिनाको कथा रगत रङ हो प्रेमको सुगन्ध,
जसले जेजे भोगेका त्यो असल बनाई लेखें।

सबैका लागि परिश्रमको खाँजो बाचुञ्जेल,
उनै सिपालुलाई सधैँ मैले अटल बनाई लेखें।

काम खोज्न विदेश चार्ने बटुवाको पिर मर्का
उनैका बा आमाकै आसुको भल बनाई लेखें।

आफै गजल गीत लेखें कविता र कथा लेखें
छोयो छोएन मन् सुख दुःख पल बनाई लेखें।

_______________________________

अमेल मित्रता हुन्छ चुनावी प्रचार खुब हुन्छ,
चुनावको बेलामा भोटरसँग प्यार खुब हुन्छ।

महंगी बड्छ र जनतामा कालो बादल उस्तै,
फेरी जनतासँग सरकारकै तकरार खुब हुन्छ।

छिमेक मौकामा चौका हन्छ दलाल छन् खुबै,
असमान सम्झौता विदेशी व्यापार खुब हुन्छ।

चुनाव हारेका पच्छार्ने दाउँमा उस्तै यताउता,
निर्दोशलाई भ्रष्टाचारमा कारागार खुब हुन्छ।

जनता दुखी देशमा लुटपाट उस्तै गुण्डागर्दी,
विदेशीकै निसानामा फेरी सरकार खुब हुन्छ।

जसले जितेपनि पैसा प्रधान समाजमा साथी,
आसेपासेको सुसार देशमा हुनेहार खुब हुन्छ।

_______________________________

आँखा सँग आँखा जुदाए कस्को के लाग्छ,
चोर दैलोबाट मन भित्राए कस्को के लाग्छ।

कतै पेटमा भोक त कतै खोट छ नजरमा,
नजर नजरमै दुःखबिसाए कस्को के लाग्छ।

घुमि घुमि आउँछ त्यो मुहार भुलाए नभुल्ने,
केही ठेंश लाग्दा हरेसखाए कस्को केलाग्छ।

जीवन फूल हो अह जीवन काडाँ पनि त हो,
शङ्घर्षको त्यो बाटो समाए कस्को केलाग्छ।

दुनियाँ यो मात्र छैन आँखाबाट डुल्दा मनमा,
आँधी तुफान बनेर जुर्मुराए कस्को के लाग्छ।

सबथोक भुलभुल्या रहिछ जीवन रामछायां,
कालको केभर छर झुलाए कस्को के लाग्छ।

_______________________________

सत्तामा पुग्न एकता हुन्छ इमान्दार छैन देशका लागि,
दलालीगर्न तछाडमछाड सोरोकार छैन देशका लागि।

बिक्छन् नेता र नैतिक्ता देशमा हुन्छ अनैतिक संबन्ध,
युवा बिहिन भयो यो देश रोजगार छैन देशका लागि।

नुन देखि शुनसम्म सिङ्गार देखि धुनसम्म आयात हुदा,
दु:ख लाग्छ आफ्नो कुनै कारोबार छैन देशका लागि।

पुजी हुन्छ खर्च बम बारूदमै खरानी भयो आसियाना,
जोगाउन अश्मिता आफ्नो औजार छैन देशका लागि।

घर घरमै राजनीति गर्ने बा छोराको छुट्टाछुट्टै पार्टी हुन्छ,
निश्पक्ष हुन सक्नेभैन कुनै पनि समाचार देशका लागि।

नेता भन्छन् आफैलाई विजन छैन विकासको साथमा,
सक्दैनन् भन्न कुनैले विकासको आधार देशका लागि।

_______________________________

उनैको कला बेचेर धनी झन धनमान हुदैछन्,
गुमनाम भए उन्कै प्रतिभाकै कदरदान हुदैछन्।

सधैँ कम्जोर नसम्झिनु श्रमजीविहरूलाई तिमि,
गरिबहरू हक हितका लागि साबधान हुदैछन्।

वेला कुवेलामा समेत लाग्नेगर्छ मनभित्र मेला,
जति शंघर्ष गरेपनि उस्तै नयाँ उखान हुदैछन्।

जुटेका हुन्छन् लोभमा फुटप्रस्तहरू पनि यहाँ,
यो वेलामा सिद्धान्त मिचेकाहरू छटान हुदैछन्।

देश र जनताको लागि त के गरे के गर्नेछन खै,
वेलावेला छुट्टिएका अब एउटै बथान हुदैछन्।

चुनाव नजिकै आएको छ सरकार बनाउनु तिमि,
नयाँ नयाँ नियमहरूकै फेरी पनि उठान हुदैछन्।

_______________________________

विचारको पनि त गर्छन् व्यापार यिनैहरू,
बनाउछन् भत्काउछन सरकार यिनैहरू।

हाम्रो एकता नहुदा फाइदा कस्लाई भयो,
विदेशीका भएका छन् बफादार यिनैहरू।

जहां जान्छन् अवसरबाद त हुन्छन् उनैका,
सग्लो समाजमै पनी पार्छन् दरार यिनैहरू।

गर्छन् म्याउं उनिहरू फाइदा निकाल्नलाई,
मौका मिलेपछि गर्छन् अत्याचार यिनैहरू।

जसले लगायो चर्का नारा भ्रष्टाचार बिरोधी,
हुन अपराध र भ्रष्टाचारकै औतार यिनैहरू।

कुरा मात्र गर्छन् सधैं धर्म न्याय निसाबका,
पद र धन सेवाय कहागर्छन् प्यार यिनैहरू।

_______________________________

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ७

_______________________________

गजल

फेरीपनि जनताको बिचमा पर्खाल उठेको छ,
किन अँझैपनि भ्रष्टाचारको कमाल उठेको छ।

कीन यो देशकै नागरिक सधैँ सहिद हुन परेको,
अहिले देश विदेश यस्तै एक सवाल उठेको छ।

भ्रष्टाचारकै नाउमा विद्रोहको उठ्छ सधैँ आँधी,
रोकिएन बरू नयाँ रूपमा सञ्जाल उठेको छ।

खबरदारी गर्न कुन तैयार हुन्छ निस्वार्थ देशमा,
व्यक्ति फर्क व्यवस्थामा उस्तै चाल उठेको छ।

उस्तै छ व्यवस्था उस्तै छ जनताको समश्य पनि,
मनमा सवाल मष्तिकमा फेरी बबाल उठेको छ।

अब साहिद् निर्णायक आन्दोलनको हुन्छ तैयारी,
जताततैबाट भ्रष्टाचार मास्न महाकाल उठेको छ।

_______________________________

यही एउटा जीवन पराधिन भएर के बाचौँ,
सधैँभरी जताततै ऋणैऋण भएर के बाचौँ।

मायाँ प्रेम हौस त मुनामदनको जस्तो होस्,
स्वर्थमा मायाँ प्रेम एकछिन भएर के बाचौँ।

भन्न त भन्छ केही कोसेलि पनि ल्याइदिन्छ,
जहिले पनि एक्लै तिमिबिन भएर के बाचौँ।

आफैलाई नचिन्नेले संसार नै बदल्छु भन्छन्,
यस्तै बिचार मनभित्र एकिन भएर के बाचौँ।

दुई ढुङ्गाको तरूल जस्तै भएर जिउनु परेको,
उस्तै समश्य आफ्नो रातदिन भएर के बाचौँ।

आफ्नै प्रछाईंले पनि दु:ख दिने रहिछ साथी,
रित्तो आकास र रित्तो जमिन भएर के बाचौं।

_______________________________

जीतको यो पर्थम् पाइलो हार पनि हुनसक्छ,
खेलाडीलाई जीवनको आधार पनि हुनस्क्छ।

माझिलाई पनि समुन्दरसँग निरन्तर लडाउँदा,
उस्कै अन्तिम लक्ष त्यो किनार पनि हुनसक्छ।

महासय बुझ्नैपर्छ मत स्कुल नदेखेको माष्टरहुँ,
मेरालागि काम ज्ञानकै भण्डार पनि हुनसक्छ।

देशभक्त थिए जो देशको लागि सहिद हुनपुगे,
उन्कै दृष्टिमा सम्झौता कारागार पनि हुनसक्छ।

आमूल परिवर्तन चाहानेहरू कति छन् कति,
उन्का जरा काट्नखोज्ने गद्धार पनि हुनसक्छ।

श्रमजीविसँग हार्नलाई यही एउटा जीवन त हो,
जीत्नका लागि हामिसँग संसार पनि हुनसक्छ।

_______________________________

अपराध पनि त उस्तै लगातार हुन्छ देशमा,
जस्तै प्रत्येक ठाउँमा भ्रष्टाचार हुन्छ देशमा।

सु साशनकै लागि धेरैले छोरा छोरी गुमायो,
उनैको लाश माथि नै कारोबार हुन्छ देशमा।

अखण्ड देशको लागि जीवनभरी लड्नेहरू,
गुमनाम तर फुटपरस्तकै उभार हुन्छ देशमा।

फेशबुकमा बा आमाको फोटा पुज्नेहर भन,
माता पिताको कत्तिको सुसार हुन्छ देशमा।

प्रगतिवादी लेख रचनाका कृती प्रसस्तै छन्,
भनौं त के के प्रगतिका आधार हुन्छ देशमा।

जनताले भोट दिए र ठुला ठुला पार्टी बनाए,
भ्रष्टाचार र अराजककै उपहार हुन्छ देशमा।

_______________________________

जीवन पनि रहश्य नै हुन्छ होला कता जान्छ,
जस्तै अबिरल बग्ने पानी खोला कता जान्छ।

पसिना बगाएर जीवन धान्नेहरू भन्छन् सधैँ,
दिनरात बोक्यौं आफैले झोला कता जान्छ।

मरेर स्वर्गमा जान खोज्नेहरूलाई हुँदैन थाहा,
खरानी परेपछि यो आफ्नै चोला कता जान्छ।

यत्ती त बुझ्नुपर्छ मानिस् चेतनसिल हुनेहुँदा,
घरभित्र आएको त्यही खटोला कता जान्छ।

बनाउछन् साम्राज्यवादीहरू बारूद बोम सधैँ,
सकिएन भ्रष्टाचार बोमका गोला कता जान्छ।

_______________________________

हाम्रो देशमा जब जब आन्दोलन हुनेगर्छ,
सरकारी सम्पती आगोमा दनदन हुनेगर्छ।

मारिन्छन् अकालमै कलिला बालबालिका,
अबिभावकको पनि जिउँदै निधन हुनेगर्छ।

शान्ति र सुव्यवस्थाकै नाममा हिँसक हुँदा,
प्रसाशनको तर्फबाट समेत दमन हुनेगर्छ।

उजुरी कसलाई गरौँ हामी जनताहरू सधैँ,
विदेशी इसारामा संपती उत्खनन् हुनेगर्छ।

अहिले जो नोक्सान् गरे जेन्जीको नाम मा,
उनैको कुरामा छलफल जन जन हुनेगर्छ।

नाम जेन्जीको धेरै जमघट अपराधीहरूकै,
जहिल्यै पनि नेर्देशन कर्ता त डन हुनेगर्छ।

_______________________________

सकियो वर्षदिनको तिहार पनि अब,
बाँकी रहला यही यादगार पनि अब।

ठाउँ ठाउँमा घुमेको नाचेको गाएको,
वर्गिय मित्रताकै यो संसार पनि अब।

सबैका फरक फरक तिनै अनुहारले,
बताएको अनुभवी बिचार पनि अब।

जनता खोज्छन् डर भित्रपनि खुसी,
जिउँनलाई नयाँ आधार पनि अब।

भ्रष्टाचारबाट मुक्त सुसाशनकै लागि,
सर्ब हितमा नयाँ सरकार पनि अब।

दिनौँ आवस समाचार सबैको हितेसी,
नीजि नबनोस् कुनै अखबार पनि अब।

_______________________________

अब पनि उस्तै लगातार भए के गर्ने,
भन देशमा झनै भ्रष्टाचार भए के गर्ने।

सबैको हल आतङ होइन नयां पुस्ता
समाजमा सधैं कुसंस्कार भए के गर्ने।

बंदुक , बारूधमा चलेको गृहयुद्धमा,
फेरी पनि उस्तै नरसंहार भए के गर्ने।

जता मरेपनि मर्ने नेपालीको छोरा हो,
आफ्नै घांटी रेट्ने औजार भए के गर्ने।

पुंजिवादले लोभ नसानसामा भरेकै छ,
व्यवस्था लुटमारकै आधार भए के गर्ने।

एउटै आमाका कोखबाट जन्मेका छोरा,
बिच संपत्तीमै यहां लुटमार भए के गर्ने।

_______________________________

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ७

_______________________________

समय समयमा यस्तै प्रकारका व्यवहार देखिन्छन्,
देशभक्ती आवरणभित्र विदेशी बफादार देखिन्छन्।

खै देशको मायाँ कत्ति छैन की देशका छोराहरूमा,
नेताहरूको त कुरै छाडौँ नीतिनै व्यापार देखिन्छन्।

देशमा सधैँ भ्रष्टाचार र सुसाशनका चर्का कुरा हुँदा,
जनता सडकमा सधैँ सदनमा साहुकार देखिन्छन्।

भ्रष्टाचारको बिरोध समेत तमासा हुनथाल्यो देशमा,
सुसाशनका कुरा गर्नेहरू आफै भ्रष्टाचार देखिन्छन्।

स्वतन्त्रताका कुरा गर्नेहरू आफै छमछम कट्पुतली,
नाचो नाचेको साम्राज्यवादी ताल अनुसार देखिन्छन्।

_______________________________

मानिस पनि कस्ता कस्ता खास भेटिन्छन्,
कोही कोही साँच्चै जिउँदा लास भेटिन्छन्।

देशभक्ती कुरा गर्नेहरूलाई भन्छन् झोले,
त्यही त देशमा एनजीओको रास भेटिन्छन्।

साँचा होनहार समाजसेवकहरू आजभोली,
जताततै अवसरबादको उपहास भेटिन्छन्।

अचम्म लाग्छ मानिसहरूको चाला देख्दा,
आफ्नो विवेक गुमाएका धेरै दास भेटिन्छन्।

अचेल राजनीतिलाई बद्नाम गर्नेहरू साँच्चै,
कमि छैन नेताहरूको आसपास भेटिन्छन्।

खान पिनको कत्ती छैन लिमेट धेरैजसोमा,
उनैको अनुसाशनका वक्बास भेटिन्छन्।

_______________________________

मानिस पनि कस्ता कस्ता खास भेटिन्छन्,
कोही कोही साँच्चै जिउँदा लास भेटिन्छन्।

देशभक्ती कुरा गर्नेहरूलाई भन्छन् झोले,
त्यही त देशमा एनजीओको रास भेटिन्छन्।

साँचा होनहार समाजसेवकहरू आजभोली,
जताततै अवसरबादको उपहास भेटिन्छन्।

अचम्म लाग्छ मानिसहरूको चाला देख्दा,
आफ्नो विवेक गुमाएका धेरै दास भेटिन्छन्।

अचेल राजनीतिलाई बद्नाम गर्नेहरू साँच्चै,
कमि छैन नेताहरूको आसपास भेटिन्छन्।

खान पिनको कत्ती छैन लिमेट धेरैजसोमा,
उनैको अनुसाशनका वक्बास भेटिन्छन्।

_______________________________

यस्तो चालाले सपना साहाकार हुनसक्दैन,
बिना पैसाको त अचेल घरबार हुनसक्दैन।

फिजुल खर्च गर्दा पछुताउनु पर्ला दुःखमा,
छोरा स्वास्निको भन्दा बफादार हुनसक्दैन।

मानिस उस्तै भए के लाग्छ पार्टी उस्तै त हो,
व्यवहारमै हो भासनमा भ्रष्टाचार हुनसक्दैन।

जनता बलियो वीर बफादार पक्कै छन् यहाँ,
नेपाली समाज खै कीन होसियार हुनसक्दैन।

देशको लागि प्राण दिनेपनि हुन यही देशका,
सबै नागरिक किन देशकै औतार हुनसक्दैन।

नेताहरूका भाषन सुन्दा पशुपनि मख्ख हुदा,
अक्सर सोचछु उस्तै कीन व्यवहार हुनसक्दैन।

_______________________________

खै न निकास पाउँछ न विकास हुन्छ देशमा,
सडक र संदनमा किन तमास हुन्छ देशमा।

नागरिक रैती विदेशीका गोठाला बनाइन्छन्,
नेताहरूलाई भने विदेशी खास हुन्छ देशमा।

हुन त पुँजिवादी समाजमा पैसाको खेला हो,
पद र प्रतिष्ठाको लागि वक्बास हुन्छ देशमा।

युवाहरू पनि कौवाको पछि भाग्न थाल्छन्,
त्यहि त सपना पनि सत्यनास हुन्छ देशमा।

भन्नेहरूले भन्छन् देश कहिल्यै गुलाम भएन,
नेता धेरै त दलाल बनेरै उपहास हुन्छ देशमा।

गृहयुद्ध गर्छन् भ्रष्टाचार मौलाएपछि सधैँभरी,
भ्रष्टाचार उस्तै छ न्यायको लाश हुन्छ देशमा।

_______________________________

मेला पर्व यो गरिबको घर किन आउछ,
देखेर मायुस हुन्छ अधर किन आउछ।

आतङ्को सायामा कसरी मनाउ मेला,
बिकि सक्यो खोला बगर किन आउछ।

विदेशमै छन् लाखौं श्रमजीबि परदेशी,
हिशाँ भएकै उनैमा खबर किन आउछ।

बेघर भए युवा रोजगार बिहिन छ उस्तै,
नसामा धुत् छन् यो जहर किन आउछ।

खुलेका छन् भट्टीहरू चलखेल विदेशी,
हाम्रै पसिनाले पाल्ने कर किन आउछ।

ठोकर पछि ठोक्कर घायल भयो जहाँ,
मानिसलाई यस्तो सफर किन आउछ।

_______________________________

लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्म जयन्तीको शन्दर्भमा

जन्मायो काठमाण्डौको डिल्ली बजार उन्लाई,
साहित्य जगतले नै पुरायो सारा संसार उन्लाई।

लक्ष्मी पुजाकै दिन देवकोटा परिवारमा उदायो,
साहित्यले बनायो जगतमै राष्ट्रकै उद्दार उन्लाई।

तिलमाधव अंमरराज्य लक्ष्मी देवीकै कोखबाट,
भयो जन्म बनाए साहित्यमै खुबै प्यार उन्लाई।

पाँच पुत्रि चार पुत्रका भए उनिर मानदेवी पनि,
जीम्मा लिएकी र भनिन्छ पालन हार उन्लाई।

संसार छाड्यो भौतिक सरिरले भदौ उन्निस गते,
मृत्यु पछि जीवित राख्ने एउटै आधार उन्लाई।

सम्झिनछौँ सम्मान गरेर लेखक मुना मदनका,
नेपालमा कलम चलाउने साहित्यकार उन्लाई।

नेपाली धर्तीमा जन्मिएका महा कवी देवकोटा,
सम्झि रहेका छौँ हामिहरूले लगातार उन्लाई।

_______________________________

रूम कि हाँसु यो तिम्रो व्यवहार गराउदै छ,
आज जस्ले परायालाई हकदार गराउदै छ।

किनारामै बसेको छु माझि बनि समुन्दरको,
भमोरी बनेर सङ्कटमा मज्धार गराउदै छ।

मुसाफिर बनेर जीवन जिउने शुत्र खोजेको,
तर कालको परछाईँले इन्तिजार गराउदै छ।

खोला हिंड्ने बाटो पनि रहिछ लिलामी मा,
किन वेकार यो देशलाई सरकार गराउदै छ।

हिमाल उस्तै रोएको देख्छु पहाड मधेश नी,
दुष्टको कु दृष्टीले नै देशमा दरार गराउदै छ।

देख्दा देशभक्त झैं देखिनेहरू दलाल बन्दा,
विदेशीले आफ्नै स्वार्थ अनुसार गराउदै छ।

_______________________________

कता कता लाग्छ यहाँ साहिद तिहार आउदै छ,
रङ्ग र बासी मिठाईलिएर दोकानदार आउदै छ।

धेरै खर्चिलो न बनाऊ ऋणी भए दुःख पाउला,
गाउँ घरमा समेत विदेशीको बाजार आउदै छ।

भैलोलाई समेत दक्षिणा सोंच बिचार गरेर दिनु,
दिनानुदिन नयाँ नयाँ भैलो लगातार आउदै छ।

तिहार दँशै चाढबाड सबैको घरमा आउछ सधैँ,
नेताको घरमा उपहार लिएर सरकार आउदै छ।

होस गर्नु सचेत रहनु देश विदेशमा बस्नु भएका,
साबधान दिन्दिनै लुटमारको समाचार आउदै छ।

खुसि हुनकै लागि कुनै तिहार पर्खिनु पर्दैन यहाँ,
उस्तै हो चाढवाड सधैँ समय अनुसार आउदै छ।

_______________________________

पुँजिवादमा जस्लेपनि बिचारको व्यापार गर्नथाले,
पसिनाको मूल्य छैन ब्रहमलुटको बिचार गर्नथाले।

गरिब सर्वहारको नारा सबैले लगाउछन् देशभित्र,
उनैलाई लुटेर अचेल धनमानको उद्दार गर्नथाले।

गरिबलाई सरकारमा पठाएर ढुक्क नहुनु कहिल्यै,
उनको भन्दा अलिक राम्रो बरू साहुकार गर्नथाले।

आफैले चुनेका इमान्दार भनेर वेईमान सँग लडी,
हेरौं त उनै पनि अपराधसँग साच्चै प्यार गर्नथाले।

पद प्रतिष्ठाका भोका थिए क्यारिरिष्ट लोभी पनि,
त्यसैले त कुर्चिका लागि सधै मारामार गर्नथाले।

हिंजो गरिबको लागि र देशको लागि भनेर लड्दा,
गौरव लाग्थ्यो आज पदकै लागि हुनेहार गर्नथाले।

_______________________________

आगनमा फोहोर भए घर छाडी फरार हुन्छन्,
उनै हुन् मार्क्सवादी बाट ख्रूचेव र जार हुन्छन्।

सकिन्न यस्ताको व़खान गरी जस्को छैन नीति,
जस्लाई सामन्य कुरा घर छाड्ने आधार हुन्छन्।

के भनौं खै राजनीतिनै पेसाका लागि बनाउँदा,
नेता झोला बोकी हिड्छन् नीति व्यापार हुन्छन्।

सर्वहारा सुकुमबासीको नारा लगाउनेहरू यहाँ,
केही वर्ष पछि उनैको माझमा साहुकार हुन्छन्।

आफ्नै ख्याल गरौं नगरौं चिन्ता नगर आर्कैको,
सबै मानिसहरूको नै आआफ्नै बिचार हुन्छन्।

मन चङ्गा त कटौतीमै गङ्गा भन्ने कहावत सुन्दा,
आफू ठिकहौं केही गद्दार केही बफादार हुन्छन्।

_______________________________

यो वर्ष दशैँ गयो अब तीहार आउन थाल्यो,
मेला पर्व पछि छिट्टै सरकार आउन थाल्यो।

वर्षैपछि सरकार देशमा ऋणको भारी हुन्छ,
आन्दोलन पनि त लगातार आउन थाल्यो।

न्याय मिल्दैन जस्लाई चोट दुख्यो उसैलाई,
त्यसैले आज समाजमा दरार आउन थाल्यो।

सरकारले भन्छ युवाले हामिलाई कुर्ची दिए,
अब अमेरिका बाट रोजगार आउन थाल्यो।

पराणको बाजी लगाएर ल्यायको गणतन्त्र,
साँच्चै आज गुमाएपछि प्यार आउन थाल्यो।

छिमेकीले सधैँ कोखेनजरले हेर्थ्यो अचेल त,
उतैबाट पनि किन लोकाचार आउन थाल्यो।

_______________________________

उनि न्यायकै लागी सरकार बनाएका छन्,
आफ्नै बारे आफै समाचार बनाएका छन्।

मुद्दाको पनि मुद्दा बनाए र त्यसैको लागि,
देश विदेशमा राम्रो व्यापार बनाएका छन्।

वेरोजागर छन् देशभित्र धेरै यही बहानामा,
काम पाउछन् त्यसैले रोगार बनाएका छन्।

स्वतन्त्र पत्रिकाले लेखेन उन्को पक्षमा रता,
तिम्रै खर्चले आफ्ना अखबार बनाएका छन्।

उन्ले कपालकै छाला निकाल्छन् आर्काको,
आफ्नै गुनगाण गर्ने औतार बनाएका छन्।

तिमिले भन्छौ देशमा न्याय मिल्दैन कहिल्यै,
भन्नेलाई जेलमा थुन्ने आधार बधाएका छन्।

_______________________________

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ८

_______________________________

ए मानिस कालको पनि कदर गर्न सिक,
जीवनभरी सधैँ पौरखमा रहर गर्न सिक।

समयको गतीसँगै कालको नजिक पुग्छौँ,
सचेत भएर प्रेमसँग सबै सफर गर्न सिक।

जीवन शङ्घर्ष नै हो लड्छौँ पाइलै पछि,
यही संदेशको सबैलाई खबर गर्न सिक।

तेरो मेरो सबै हिसाब यहीँ छाडेर जाने हौँ,
सम्मान् आफ्नो धर्ती र सगर गर्न सिक।

भौतिक सरिर सँग जाँदैन अस्तित्व केही,
रहन्छन् बिचारका अशँ अम्मर गर्न सिक।

_______________________________

जनताको मनभित्र अचेल कयो सवाल भरिएका छन्,
क कस्को बिस्वास गरौँ देशभित्र दलाल भरिएका छन्।

हामी चाहान्छौं देशमा आमूलपरिर्तन होस भन्ने याहाँ,
तर देशमा आई एनजीओका जञ्जाल भरिएका छन्।

विकास छैन निकास छैन नेता बनेका छन् डाँकाहरू,
एक्काईसौँ शताब्दीमा पनि अनिकाल भरिएका छन्।

हुट हुटी छैन बरू धकधकी हुन्छ पद प्रतिष्ठाको मन्मा,
गीत नाचोमा साम्राज्यवादको स्वरताल भरिएका छन्।

समानता र समावेसीका कुरा गर्छौ बिनासित्तै देशमा,
जहाँ असमान्ताका अग्ला अग्ला पर्खाल भरिएका छन्।

_______________________________

मानवता भन्दा राम्रो बिचार कस्तो हुनसक्छ,
मित्रताकै एकनास व्यवहार कस्तो हुनसक्छ।

वुद्धको देश भन्छन् र हिँशक बन्छन् न बुझी,
त्यो भन्दा नराम्रो कुसंस्कार कस्तो हुनसक्छ।

हामी लड्न तैयार छौँ मर्न तैयार छौँ तर पनि,
बुझ्न सकेनौँ प्रेमको आधार कस्तो हुनसक्छ।

हतियार बनायौँ महल बनायौँ अर्कैका लागि,
खै आफू जोगिने होसियार कस्तो हुनसक्छ।

हेरौँ त जस्को पछि लागेर ज्यान दिए युवाले,
भए उनै अनैतिक यो संसार कस्तो हुनसक्छ।

जसलाई देशको बागडोर थमाएर ढुक्क भयौँ,
उनै बने देशका बेच्ने गद्धार कस्तो हुनसक्छ।

_______________________________

लैण्डुपहरू हुन उनिहरू धेरै होसियार हुनेगर्छन्,
उन्कै इसारामा बन्ने र बिग्रिने सरकार हुनेगर्छन्।

नारा देशभक्तिका लगाउने तर काम दलालीको,
उनैले गर्दा समाजमा ठुला ठुला दारार हुनेगर्छन्।

जनताले चिन्न सक्दैनन् दलालहरू सितिमिति,
देशभक्त जस्तो देखिने अक्सर गद्दार हुनेगर्छन्।

नेताको चाप्लुसि गर्नेहरूको कत्ति कम छैन यहाँ,
दासहरूको जनतासँग नराम्रो व्यवहार हुनेगर्छन्।

लोभले लाभ र लाभले बिलाप हुदै आए छ यहाँ,
भ्रममा नपरौँ सधै विदेशीले चाहे अनुसार हुनेगर्छ।

कसको समाचारलाई बिस्वास गरौँ मित्रहरू हामी,
साँचै यो देशमा सबैका आआफै अखबार हुनेगर्छ।

_______________________________

लाइने कुरा सुन्दासुन्दै ढल्छन् सरकार के गरौँ,
कसैको बनाउन घरबार भत्काए दरबार के गरौँ।

देवतालाई पनि बली दिनुपर्ने परमपरा छ कस्तो,
बदलिंदैन उस्तै छ सामाजको व्यवहार के गरौँ।

कोई कर्मचारी खराब भन्छन् कसैले नेता खराब,
यो व्यवस्थालाई कसैले गर्दैनन् खबरदार के गरौँ।

राणा राजा गए अब गणतन्त्रपनि अनिशचित छ,
उठाउँछन् एक अर्काको बिरूद्ध हतियार के गरौँ।

देश र जनताको लागि राजनीति गर्ने पाखा लागे,
राजनीतिलाई पेसा बनाए गर्दैछन् व्यापार के गरौँ।

सबैले समानअन्तर सरकार चलाएका छन् देशमा,
उनैका खास प्रसंसामा आउछन् समाचार के गरौँ।

_______________________________

कहिले लिएर आउछ काल थाहा हुदैन,
समयले कुन्वेला गर्छ बबाल थाहा हुदैन।

रहिस धनको मातमा चुर साशकहरूमा,
रित्तो हुनसक्छ सुनको थाल थाहा हुदैन।

समयको झटारोमा को कोपर्छ खै कहिले,
केभनौँ हामीले कस्तो छ हाल थाह हुदैन।

जीवन चलेकै छ जसरितसरी दुःख काटी,
कहिले हुन्छ समयको कमाल थाहा हुदैन।

लडाई चल्छ देशभित्र मर्छन् नागरिक हरू,
कसले पुरा गर्यो स्वार्थि सवाल थाहा हुदैन।

मौसम जस्तै बद्लिने हुन्छन खलपात्र केही,
कुन्वेला बदलिन्छ उन्को चाल थाहा हुदैन।

_______________________________

मौसम पनि किन यस्तो खुँखार हुनथाल्यो,
मानिसको प्राणनै लिने हतियार हुनथाल्यो।

कहिले बम वर्षिन्छ कहिले गोली र भुकम्प,
देखेर देशलाई असंञ्जमा संसार हुनथाल्यो।

कसैको कुभलो सोचेनौँ हाम्रो सन्तान कत्ती,
तर किन देश नै डुबाउने आधार हुनथाल्यो।

नेपाली विरहरूले सबैको भलो गर्दै हिंड्यौँ,
किन कुन्नी आफ्नै परछाईँ गद्दार हुनथाल्यो।

योजना त अब्बल देश बनाउनै सबै मिजुली,
सबै दलहरू मास्ने यहाँ सरकार हुनथाल्यो।

जलाउँदै देशको सम्पत्ती मास्दैछन् सनत्तती,
कस्को इसारा अनैतिक व्यवहार हुनथाल्यो।

_______________________________

विदेशीहरू पनि आफ्नै सामान बेच्न सफल हुन्छन् ,
जस्तो डुप्लेकेट पनि यहाँ आएर ओरिज्नल हुन्छन्।

विकाश नहुनुमा देशको गलति होइन हात छ उन्को,
त्यही त देशको मामिलामा उनैको दख्खल हुन्छन्।

आमा पनि छोरा झुट नबोले पाप लाग्छ भन्नुहुन्थ्यो,
देशमा ज्यान पाल्न दिनरात झुट हुन्छन् छल हुन्छन्।

न्याय नियमका कुरा हुन्छन् हिंजो आज गाउँ घरमा,
शंघर्ष हुन्छ लडाई हुन्छन् बली चड्ने निर्बल हुन्छन्।

गरिबका बिचार कसले सुन्छन् पुँजिवादी समाजमा,
साच्चै धन्मानहरूका बिचारमा सदियौँ छल हुन्छन्।

अवसरबादको युगमा दिनौं रङ बदल्छन् मानिसहरू,
लाटा सोजा गरिबहरू मात्र बिचारमा अटल हुन्छन्।

_______________________________

दुश्मन पनि मित्र बन्यो अचेल यो धन खास हुनेरहिछ,
धन सम्पती बिना आज भोली जिउदो लास हुनेरहिछ।

हेर त मरेको मानिसलाई पनि जिउदो बनायो लोभमा,
जीउदोलाई समेत मारिदिन्छन् कस्तो तमास हुदोरहिछ।

मैले भ्रष्टाचारकै बिरोधमा आन्दोलन गर्छु सडकमै सधैं,
आजको समाजमा त मानिस पैसाको दाश हुदोरहिछ।

खेल उस्तै हुन्छ खेलाडी बदलिएका भएपनि मैदानमा,
ज जसले जित्यो उसैको प्रसंसामा स्याबास हुदोरहिछ।

राजनीति पनि एक खेल नै हो दाउपेच जान्नुपर्छ साथि,
जसले जान्दैन ऊ फेल मात्र होइन उपहास हुदोरहिछ।

_______________________________

खुब दमन भयो आफू मोटाउन लछार पछार,
अपराधी बाटो आफै समाउन लछार पछार।

मानिसको जात कत्ती लाग्दैन मानिस जस्तो,
आफुले क्षणभर सुख्ख पाउन लछार पछार।

दया छैन माया छैन मानवता बिहिन सरिरमा
मानव बेच टाँसी खान लगाउन लछार पछार।

बाग र श्याल जस्ता छन् मानवकै आवरणमा,
कम्जोरलाई आफैले कजाउन लछार पछार।

बनका कण्ठमूल सुमुन्दरकै हिरा धर्ती चाट्यो,
सकेन कसैले पनि छ थकाउन लछार पछार।

कसैले मन पराव़स नपराव़स मत्रीबन्ने होडमा,
आफु बसन र अरूलाई हटाउन लछार पछार।

_______________________________

लौ हेरौँ धर्मात्माहरूको अनुहार असली,
हाम्रो समाजको धर्म गर्ने आधार असली।

पशुको बली चढाई स्वर्ग जाने बाटो बनाए,
किन ढाट्नु कुरा देखेको छ संसार असली।

कतै खसी छन् कतै बोका,कतै राङ्गा,सुगुर,
यसैमा समेत धर्मको हुदै छ दरार असली।

भन्न मन लाग्छ मानव समाज नै संसारमा,
सबै भन्दा बिषालु हुन्छ र खुँखार असली।

धर्मका ठेकेदार भन त तिमिहरूले आफै,
क कसले गर्छौ प्राणीसँग प्यार असली।

स्वर्ग र नर्कको सपना देखाएर गर्छौ हत्या,
के यो होइनर सबैभन्दा अत्याचार असली।

_______________________________

के मेला के पर्व गरिबहरू लाई आउदो हो,
मुटुमा जहिले पनि पिर सजाई आउदो हो।

अहिले त दशैँको सङ्घारमा रूवाबास छ,
कालले किन साइनो न लगाइ आउदो हो।

भ्रष्टाचार र सुशासनकै लागि मरेका हुन्छन्,
आन्दोलनपनि त कुनै डोरी समाई आउदै हो।

चलाउँछन् गोली फैलाउँछन् आतङ्क याहां
केभनौं कहाँबाट आदेश भरपाई आउदो हो।

विदेशमा बसेका हुन्छन् गरिब श्रमजीविहरू,
उनिहरूलाई नि पर्व खाइ नखाई आउदो हो।

कति छ कति विभेद मानिसमा संसार भरीनै,
मेलापर्व भन्ने त खै के गरिबलाई आउदो हो।

_______________________________

पछिल्लो अध्यावधिक मिति २०८२ पाैष ८ गते मंगलवार

चिनारी नेपाल साहित्य डेक्स काठमाडाैं

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *