सुदूरपश्चिम प्रदेश Sudurpashchim Province
सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी भूभागमा पर्छ । यो प्रदेश २८डिग्री२२’ देखि ३०डिग्री०९’ उत्तरी अक्षांश र ८०डिग्री३’ देखि ८१डिग्री२५’ पूर्वी देशान्तरसम्म फैलिएको छ । सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतराखण्ड राज्य, उत्तरमा कर्णाली प्रदेश चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदुरपश्चिम प्रदेशको कुल …