नेपालमा जातप्रथाका विभिन्न अवधारणाहरू
जातप्रथा वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ । वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त भएदेखि जातप्रथा र छुवाछुतको अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् । वि.सं. २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो …