नेपालको राष्ट्रिय गान
सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम फैलिएका, मेची महाकाली ।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल ।
ज्ञानभुमि, शान्तिभुमी तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
रचनाकार : प्रदिप कुमार राई (व्याकुल माईला)
सङ्गीतकार : अम्बर गुरुङ
नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त समाज नेपालको अनुपम पुँजी हो । विश्वको उच्चतम हिमशिखर सगरमाथालाई अँगाल्दै पूर्व–पश्चिम फैलिएर रहेको नेपाल विश्वमानचित्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, अद्वितीय प्राकृतिक छटाको देश, सांस्कृतिक विविधताको देश एवं सगरमाथाको देशको रूपमा समेत परिचित छ । भौगोलिक, साँस्कृतिक एवं भाषिक विविधतायुक्त नेपाल आर्थिक समृद्धिका लागि कृत सङ्कल्पित छ ।
- जिल्ला र स्थानिय तहको जानकारीको लागी यहाँ क्लिक गर्नुहोस ।
- नेपालको इतिहास थाहा पाउनको लागी यहाँ क्लिक गर्नुहोस ।
- नेपालका प्राकृतिक श्राेत साधन र भाैगोलीक अवस्था थाहा पाउनको लागि यहाँ क्लिक गर्नुहोस ।
- नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदावारे थाहा पाउनको लागि यहाँ क्लिक गर्नुहोस ।
- नेपालका रितिरिवाजवारे थाहा पाउनको लागि यहाँ क्लिक गर्नुहोस ।