हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन


नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गरिएको छ।

१) उष्ण मनसुनी हावापानी

२) न्यानो समशीतोष्ण हावापानी

३) ठण्डा समशीतोष्ण हावापानी

४) लेकाली हावापानी

५) ध्रुवीय वा हिमाली हावापानी

 

Photo : Narayan Bhusal, Chinari Nepal

१) उष्ण मनसुनी हावापानी

अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाबर, दून र चुरे क्षेत्रको

१,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२

डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द

महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता

पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई

प्रदेशमा अधिक गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा

अधिक गर्मी हुन्छ । यसैगरी दाङ, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।

२) न्यानो समशीतोष्ण हावापानी 

चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट)सम्मको उचाइमा

पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भनेशिशिरमा बढी ठण्डा हुन्छ । गृष्म ऋतुमा

तापक्रम २४ देखि ३० डिगी्र सेि न्टगडे्र सम्म पुग्छ भने हिउदमा ० डिगी्र से.सम्म झर्छ । नेपालमा पानी

पार्ने मनसुनी हावादक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ

भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।

३) ठण्डा समशीतोष्ण हावापानी

महाभारत पर्वत श्रृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा पाइने

यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा

१५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म

पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ ।

यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।

४) लेकाली हावापानी

नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,००० फिट)

उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत,

वैशाख, जेठमा १०० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल

नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतीपाती हुँदैन, तर यहाँका ठूला हिमाली

फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।

५) ध्रुवीय वा हिमाली हावापानी

हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ

सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मी.(१६०००फिट) भन्दा

माथिको भू–भागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहँुदा यहाँ मध्यान्हपछि हिउँको भीषण

हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।

2 thoughts on “हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन”

Leave a Comment

Your email address will not be published. Required fields are marked *