Sindhuli

नेपालमा पूर्वाधार विकासमा यातायार र राजमार्गको अवस्था

यातायात आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र सामाजिक एकीकरणको माध्यम हो । विकासको आधारभूत पूर्वाधारको रूपमा रहेका यातायातका साधनहरूको माध्यमबाट क्षेत्रीय असमानता कम गर्न, आर्थिक क्रियाकलापलाई गतिशीतला प्रदान गर्न र अन्य क्षेत्रको विकास तथा सेवा प्रवाहलाई सहज बनाउन सकिन्छ ।

हालसम्म नेपालमा सडकलाई यातायातको मुख्य माध्यमको रूपमा लिइँदै आएको भए तापनि, हवाईमार्ग, रेलमार्ग, जलमार्ग, रज्जुमार्गजस्ता अन्य माध्यमहरूको विकासबाट पनि पर्याप्त फाइदा लिन सकिने सम्भावना रहेको छ ।

पूर्व–पश्चिम जोड्ने निर्माणाधीन मध्य–पहाडी राजमार्ग, हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण जोड्ने सडकहरूको निर्माणबाट छिमेकी राष्ट्रहरूसँग व्यापार तथा आवगमनमा सहज हुने तथा देशको आर्थिक, सामाजिक विकासमा महत्वर्पुण उपलब्धि हासिल गर्न सकिने पर्याप्त सम्भावना रहेको छ ।

नेपालका केही राजमार्गहरू तालिका नं. १

सडकको नाम लम्बाइ (कि.मी.) सुरू स्थान अन्तिम स्थान
पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग १०२७.६७ काँकडभिट्टा, झापा गड्डाचौकी, कञ्चनपुर
त्रिभुवन राजपथ १५९.६६ त्रिपुरेश्वर, काठमाडौं सिर्सिया, पर्सा
अरनिको राजमार्ग ११२.८३ माइतीघर, काठमाडौं कोदारी, सिन्धुपाल्चोक
सिद्धार्थ राजमार्ग १४६.९४ बेलिह्य, रुपन्देही पृथ्वीचोक, कास्की
पृथ्वी राजमार्ग १७३.४३ नौबिसे, धादिङ पृथ्वीचोक, कास्की
कर्णाली राजमार्ग २३३ बांगे सिमल, सुर्खेत जुम्ला खलंगा, जुम्ला
वि.पी.मार्ग १५८ बर्दिबास, महोत्तरी धुलिखेल, काभ्रे
पासाङल्हामु मार्ग ११७.१० काठमाडौं धुन्चे, रसुवा
सगरमाथा राजमार्ग १७८.९७ कदमाहचोक, सप्तरी दिक्तेल, खोटाङ
राप्ती राजमार्ग १६८.६८ अलिमिया, दाङ खौलापा, रुकुम
महाकाली राजमार्ग ४१५.१५ मोहनापुल कैलाली टिंकरपास दार्चुला
मध्यपहाडी राजमार्ग (पुष्पलाल राजमार्ग १७७६ चियो भञ्ज्याङ पाँचथर जुलाघाट बैतडी
नारायणघाट मुग्लिङ राजमार्ग ३६.१६ नारायणघाट चितवन मुग्लिङ चितवन
धुलिखेल सिन्धुली भित्तामोड राजमार्ग २०८.८८ बर्खेखोला काभ्रेपलाञ्चोक भित्तामोड महोत्तरी
मेची राजमार्ग ३९१.०६ केचना मेची घरिला ताप्लेजुङ
कोशी राजमार्ग १११.४६ रानी मोरङ हिले धनकुट्टा
रत्न राजमार्ग ११३.०८ जमुनिया बाँके बांगे सिमल सुर्खेत
सेती राजमार्ग ६५.९६ स्याउले बजार डडेलधुरा सिलगढी डोटी

जिल्लागत रूपमा पूर्व पश्चिम राजमार्गको लम्बाइ तालिका नं. २

जिल्ला लम्बाइ (की.मी.) जिल्ला लम्बाइ (की.मी.)
झापा ५४.८ चितवन ३६.१
मोरङ ३६.३ नवलपरासी ९८.३
सुनसरी ४३.९ रूपन्देही ४४.५
सप्तरी ५९.० कपिलवस्तु ५९.८
सिराहा ४३.३ अर्घाखाँची ४.१
धनुषा २८.६ दाङ ७३.०
महोत्तरी १७.५ बाँके ८३.०
सर्लाही ३०.२ बर्दिया ६४.३
रौतहट २६.४ कैलाली ८२.६
बारा ४७.१ कञ्चनपुर ४४.३
मकवानपुर ५०.६ जम्मा १०२७.६७

पूर्व–पश्चिम राजमार्गमा पर्ने विभिन्न स्थानहरूबीचको दूरी नेपालको विभिन्न दृष्टिकोणले सबैभन्दा महइभ्वपूर्ण राजमार्गको रुपमा रहेको पूर्व–पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग मा पर्ने विभिन्न स्थानहरूबीचको दूरी तालिका ३ मा दिइएको छ । झापा जिल्लाको काँकडभिट्टाबाट सुरुभई कञ्चनपुर जिल्लाको गड्डाचौकीमा अन्त्य हुने यो राजमार्गको लम्बाई १०२७.६७ किलोमिटररहेको छ ।

काँकडभिट्टादेखि इटहरीसम्मको दूरी ९२.४ किलोमिटर, काँकडभिट्टादेखि ढल्केबरसम्मको दूरी २५७.८१ किलोमिटर र काँकडभिट्टादेखि नारायणगढसम्मको दूरी ४७३.४७ किलोमिटर रहेको छ । यस्तै काँकडभिट्टादेखि बुटवल ५८८.६७ किलोमिटर, कोहलपुर ८२४.२८ किलोमिटर र कैलालीको अत्तरिया ९७९.१ किलोमिटर रहेको छ ।

यसैगरी इटहरी, ढल्केबर, पथलैया, नारायणगढ, बुटवल, कोहलपुर, अत्तरिया आदि स्थानहरूबाट तालिकामा देखाइएका अन्य विभिन्न स्थानहरूबीचको दूरी पनि सजिलै थाहा पाउन सकिन्छ ।

 पूर्व–पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग मा पर्नेविभिन्न स्थानहरूबीचको दूरी (किलोमिटरमा) तालिका नं. ३

ढल्केवरबाट इटहरिबाट काँकडभिटाबाट स्थान गडड्ाचाैकीबाट नारायणगढबाट पथलैयाबाट
२५७.८१ ९२.४० ०.०० काँकडभिट्टा १०२७.६७ ४७३.४७ ३६७.६३
२४६.५६ ८१.१५ ११.२५ चारआली १०१६.४२ ४६२.२२ ३५६.३८
२४०.२९ ७४.८८ १७.५२ विर्तामोड १०१०.१५ ४५५.९५ ३५०.११
२०८.५० ४३.०९ ४९.३१ दमक ९७८.३६ ४२४.१६ ३१८.३२
१६५.४१ ०.०० ९२.४० इटहरी ९३५.२७ ३८१.८७ २७५.२३
१४८.०१ १७.४० १०९.८० इनरुवा ९१७.८७ ३६३.६७ २५७.८३
११६.८६ ४८.५५ १४०.९५ भारदह ८८६.७२ ३३२.५२ २२६.६८
८६.०७ ७९.३४ १७१.७४ रूपनी ८५५.९३ ३०१.७३ १९५.८९
६५.३९ १००.०२ १९२.४२ कदमहा ८३५.२५ २८१.०५ १७५.२१
६२.१४ १०३.२७ १९५.६७ लाहान ८३२.०० २७७.८० १७१.९६
३३.८९ १३१.५२ २२३.९२ मिर्चैया ८०३.७५ २४९.५५ १४३.७१
०.०० १६५.४१ २५७.८१ ढल्केबर ७६९.८६ २१५.६६ १०९.८२
९.९० १७५.३१ २६७.७१ बर्दिवास ७५९.९६ २०५.७६ ९९.९२
४२.३७ २०७.७८ ३००.१८ नवलपुर ७२७.४९ १७३.२९ ६७.४५
६९.४३ २३४.८४ ३२७.२४ चन्द्रनिगाहपुर ७००.४३ १४६.२३ ४०.३९
१०९.८२ २७५.२३ ३६७.६३ पथलैया ६६०.०४ १०५.८७ ०.००
१३८.८९ ३०४.३० ३९६.७० हेटौडा ६३०.९७ ७६.७७ २९.०७
२१५.६६ ३८१.०७ ४७३.४७ नारायणगढ ५५४.२० ०.०० १०५.८४
वुटवलबाट नारायणगढ
बाट
काँकडभिट्टा
बाट
स्थान गड्डाचौकीबाट अत्तरियाबाट कोहलपुरबाट
११५.२० ०.०० ४७३.४७ नारायणगढ ५५४.२० ५०५.६३ ३५०.८१
४०.०० ७५.२० ५४८.६७ बर्दघाट ४७९.०० ४३०.४३ २७५.६१
२२.५४ ९२.६६ ५६६.१३ सुनवल ४६१.५४ ४१२.९७ २५८.१५
०.०० ११५.२० ५८८.६७ बुटवल ४३९.०० ३९०.४३ २३५.६१
३१.७० १४६.९० ६२०.३७ जितपुर ४०७.३० ३५८.७३ २०३.९१
४६.३० १६१.५० ६३४.९७ गोरुसिङ्गे ३९२.७० ३४४.१३ १८९.३१
६५.५७ १८०.७७ ६५४.२४ चनौटा ३७३.४३ ३२४.८६ १७०.०४
९९.८६ २१५.०६ ६८८.५३ भालुवाङ ३३९.१४ २९०.५७ १३५.७५
१२६.८८ २४२.०८ ७१५.५५ लमही ३१२.१२ २६३.५५ १०८.७३
१६२.०६ २७७.२६ ७५०.७३ अमेलिया २७६.९४ २२८.३७ ७३.५५
२३५.६१ ३५०.८१ ८२४.२८ कोहलपुर २०३.३९ १५४.८२ ०.००
३१२.०८ ४२७.२८ ९००.७५ कर्णाली १२६.९२ ७८.३५ ७६.४७
३९०.४३ ५०५.६३ ९७९.१० अत्तरिया ४८.५७ ०.०० १५४.८२
४३९.०० ५५४.२० १०२७.६७ गड्डाचौकी ०.०० ४८.५७ २०३.३९

स्रोतः सडक विभाग /नेपाल परिचय

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *