नेपालको भौगोलिक चिनारी


नेपालको भौगोलिक चिनारी

 

दक्षिण एसियामा अवस्थित नेपाल एक भू-परिवेष्ठित राष्ट्र हो । समुद्री सतह देखि करिब ११२७ की.मी. टाढा रहेकाे नेपाल एसियाका दुई विशाल मुलुकहरु भारत र चीनको बीचमा रहेको छ ।

नेपालको क्षेत्रफल १,४७,५१६ वर्ग की.मी. अर्थात ५६,९५६ वर्गमाईल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ की.मी.र उत्तर दक्षिण चौडाई १९३ की.मी सरदर रहेको छ ।

नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी आक्षांश र ८० डिग्री ४ मिनेट देखी ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।

विश्वको कूल भु– भागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र दक्षीण एसियाको ३ प्रतिशत भाग नेपालले  ओगटेको छ ।

नेपालको दक्षिणमा भारतको बिहार र उत्तर प्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बंगाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्बत पर्दछ ।

नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरिशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानि निर्धारण गरिएको छ । नेपालको समय ग्रीनवीच मानक समय भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल बैशाख १ गतेदेखि लागु गरिएको हो ।

विश्वका ८,००० मिटर भन्दा अग्ला १४ चुचुराहरुमध्ये नेपालमा ८ वटा पर्दछन । ६००० मिटर  र सोभन्दा अग्ला चुचुराहरु १,३०० भन्दा बढि छन् ।

मुस्ताङ जिल्लामा मात्रै यस्ता लगभग ३०१ चुचुराहरु रहेका छन् । नेपालमा हिमालयका साथसाथै काेशी, गण्डकी,  कर्णालीजस्ता ठुलानदीहरु  र रारा, फेवा, से-फाेक्सुण्डाे जस्ता सुन्दर तालहरु छन् ।

भू–स्वरुपको विविधताका साथै जलवायु र मौसमको अत्याधिक विभिन्नताले गर्दा उष्ण, अर्धोष्ण, सुक्ष्म तापीय, टाइग्रा र टुण्ड्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् ।

नेपालको भौतिक स्वरुपमा उचाईगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गाैतम बुद्धको देश, तेश्रो ध्रुवकाे देश तथा विशिष्ट झण्डाको देशको रुपमा समेत परिचित छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *