Dhanusha Jilla

धनुषा जिल्ला Dhanusha District

परिचय

मधेश प्रदेशका ८ वटा जिल्ला मध्येमा धनुषा पनि एक हो । प्राचीन कालमा हालको जनपुर क्षेत्र मिथिलापुरीको सभ्यता उपनिषदकालको समयमा सर्वौच्च शिखरमा पुगेको पाइन्छ । त्यस समयका शासकहरु सभ्य र उदार भएको कारण मिथिलापुरीमा अध्यात्मिक शिक्षा दर्शन तथा उपनिषदहरुको अत्यन्त विकास भएको इतिहासमा पाइन्छ । सत्ययुगको अन्त्यतिर गएर बैष्णब भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट मिथिलापुरीको खोज र पुनर्जागरण गरी मिथिलाराज्य जनकपुरको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ। नेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिलापुरी क्षेत्रको महत्व पौराणिककालदेखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढीरुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा श्रीवृद्धि भई रहेको छ ।

रामजानकी तस्विरः Welcome Nepal

धनुषा जिल्लाको नामाकरणको सम्वन्धमा अनिकालवाट मुक्ति दिलाउन आफै हलो जोत्न थाल्दा भुमीवाट वालिका जानकी उत्पन्न भईन् जसको कारणवाट यस प्रदेशको गाथा पवित्र र विस्थापित भएको पाईन्छ । सर्वगुण सम्पन्न श्रीजानकी को विवाहका लागि स्वयंवर लिन ईच्छुक विभिन्न प्रदेशवाट आएका शक्तिसम्पन्न राजकुमारहरु मध्येवाट शिवधनुषमा तांदो चढाउने लाई वरको रुपमा ग्रहण गर्ने राजा शीरध्वजको शर्तमा अयोध्यावाट आएका दशरथपुत्र श्रीराम वाहेक कोही उतिर्ण हुन सकेनन् । श्रीरामले सो धनुषमा तांदो चढाउन लाग्दा अत्यधिक वजनले सो धनुष खण्डीत हुन पुग्यो । सो धनुषको एक टुक्रा झरेको स्थानलाई धनुषाधाम भनिन्छ । यसै वाट जिल्लाको नाम धनुषा भनी नामाकरणाजनविश्वास रहि आएको छ।

ऐतिहासिक चिनारी
जनकपुर नगरीले नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । त्रेतायुगका राजा महर्षि जनकको उत्कृष्ट राजधानी जनकपुर अहिले एक विशिष्ठ धार्मिक र पर्यटकीय स्थलका रुपमा समेत विकसित हुदै गईरहेको छ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामसंग जानकीको विवाह पश्चात यस क्षेत्रको गरिमा अझ उत्कर्षमा पुगेको पाईन्छ । यहा भगवान राम र सीताको शुभबिबाह सम्पन्न भएको हुनाले देशका विभिन्न स्थानवाट वैवाहिक कार्यकोलागि यसै स्थानमा आउने गर्दछन । यस स्थानमा विवाह गर्नाले वर वधुको जीवन सफल हुने विश्वास सर्वत्र गरिन्छ ।
त्यस्तै श्रीरामचन्द्र भगवानले आफ्नो वाणवाट जमिनको पानी निकाली नुहाएको स्थान आज गंगासरको नामले प्रसिद्धि छ । यस स्थानमा नुहाउनाले मानिसको छाला सम्बन्धि रोगहरु र पानी खानाले पेट सम्बन्धिका रोगहरु निको हुने  रहि आएको छ ।रामजानकी मन्दिरमा मार्ग महिनाको पञ्चमी तिथिमा भगवान रामचन्द्र र सीताको बिबाहको स्मरण स्वरुप बिबाहपञ्चमी पर्व मनाउन नेपाल लगायत भारतका विभिन्न स्थानहरुबाट लाखौ धर्माबलम्बीहरु आई रामजानकी बिबाह महोत्सबमा भाग लिई रामजानकी मन्दिरको श्रद्धापूर्वक दर्शन गरी फर्किन्छन् ।
Janakpur-Airport
जनकपुर विमानस्थल तस्विरः Aviation Nepal
यस अबसरमा यो महोत्सब मनाउन गठित समिति र स्थानीय प्रशासनिक क्षेत्रको समेत सहयोगमा विवाह पञ्चमीको मध्यान्हमा राम बिबाह महोत्सबको कार्यक्रमहरु सम्पन्न गरिन्छ । यसको साथै प्रत्येक वर्ष तिहारपछिको षष्ठी तिथिमा यहाका पोखरीहरुमा गरिने छठ पूजाको पनि आफ्नै किसिमको महत्व रहेकोछ । दशै तिहारको विदाको समयमा नआउने व्यक्तिहरु पनि देश वा बाहिर जहाँ रहेपनि यो छठ पर्वको अवरमा आई आ–आफ्नो परम्परा अनुसार पूजाआर्जा गर्ने गर्दछन् । रामजानकीको पबित्रस्थल जनकपुरको साथै यसै जिल्लाभित्र धनुषाधाम गा.वि.स.मा स्थित धनुषाधामको पनि कम महत्व रहेको छैन । भगवान रामचन्द्रले सीताको कन्यार्थका समयमा महर्षि दधिचि ऋषिको हाडबाट निर्मित धनुष उठाएर भाचिदा ३ टुक्रामध्ये एउटा टुक्रा आई धनुषाधाममा रहेको भनाई रहेको छ ।
यस पवित्रस्थलमा नेपाल र भारत एबं विदेशका श्रद्धालु भक्तजनहरु रामजानकीको साथै यहाको पनि दर्शन गरी फर्किने गर्दछन् । यसको साथै यहँको धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष माघ महिनामा नेपाल लगायत विदेशका श्रद्धालुभक्तजनहरु आई १५ दिन यस क्षेत्रको कचुरी ठेराबाट मिथीला बिहारी भगवानको डोला सहित जनकपुरको वरिपरि भारतका केही भाग एवं महोतरीका केही भागको समेत परिक्रमा गरी फर्किने अर्को धार्मिक परम्परा पनि यस क्षेत्रको महत्वपूर्ण परम्पराको रुपमा रहेको छ । नेपालमा पशुपतिनाथ पछि सबै भन्दा बढी धार्मिक श्रद्धालु आउने स्थलहरुमध्येमा जनकपुरको स्थान दोस्रो रहेको छ ।
Photo of Janakpur
रामजानकि मन्दिर जनकपुर तस्विरः Gaurav Upadhyay Baral
 भौगोलिक अवस्थिति र जनसांख्यिक अवस्था
नेपालको मानचित्रमा यो जिल्ला २५० ३५’ देखि २७० ५’ उत्तरी आक्षाँश रेखा र ८५० ५’ देखि ८६० २’  पूर्वी देशान्तर रेखाको बीचमा रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल ११९० वर्ग किलोमिटर रहेको छ । लगभग माप अनुसार उत्तर–दक्षिण औसत लम्बाई ४५.२७ कि.मी., पर्व–पश्चिम औसत चौडाई २७.४७ कि.मी., अधिकतम लम्वाई ५८ कि.मी., कम लम्वाई ३९ कि.मी., वढी चौडाई ३४ कि.मी., कम चौडाई २२ कि.मी. रहेको झण्डै चरा स्वरुपको यो जिल्ला नदीनाला र वनजंगल जस्ता प्राकृतिक श्रोत साधनमा पनि धनी नै मानिन्छ ।
धनुषा जिल्लाको हालको स्वरुप कोशी देखि गण्डकी र गंगा देखि हिमालय सम्म फैलिएको वृहद मिथिला प्रदेशको युगान्तरमा खुम्चिदै गइ सानो स्वरुप नै हो भन्नु अतिश्योक्ति नहोला । किंवदन्ती अनुसार पुर्व वैदिक युगमा जनविहीन रहेको यो क्षेत्रको अन्वेषण माथव विदेधले गरेका थिए मुखमा अग्नी लिई यस वनले ढाकिएको अनकन्टर प्रदेशमा आईपुग्दा उनको मुखमा रहेको अग्नी वाहिर आई सम्पुर्ण वनको विनाश भए पश्चात यहाँ मानव वसोवास शुरु भएको थियो । यो जिल्ला जनकपुर अञ्चलकै सदरमुकाम जनकपुर यसै जिल्लामा पर्दछ ।

यस जिल्लाले पुर्वमा सिरहा, पश्चिममा महोत्तरी, उत्तरमा सिन्धुली, उदयपुर र दक्षिण तर्फ भारतको विहार राज्यका विभिन्न जिल्लाको सिमानालाई छोएको छ । व्यापारिक र प्रशासनिक बाहेक धार्मिक महत्व ओगटेकोे यो जिल्लाको महत्व नेपालमा मात्र नभएर नेपाल बाहेक भारत लगायत विश्वका विभिन्न देशका हिन्दु धर्माबलम्बीको वीचमा रहेको छ ।२०७८ सालको जनगणना अनुसार धनुषा जिल्लामा १,७७,१४३ घरधुरीमा पुरुष ४२९८९३  र महिला ४,३७,८५४ गरी जम्मा ८,६७,७४७ जनसंख्या रहेको छ ।

ganga sagar dhanusha
गंगासागर जनकपुर धनुषा
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार धनुषा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १८ स्थानियतह र्निमाण गरिएको छ । जसमा १ वटा उपमहानगरपालीका, ११ वटा नगरपालीका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः जनकपुरधाम उपमहानगरपालिका

महर्षी जनकको पूण्यभूमि, माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित जनकपुर नगरपालिकाको स्थापना वि.सं. २०१७ सालमा भएको हो । वि.सं.२०७१ साल बाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप-महानगरपालिकामा परिणत भएको हो । नेपालको संविधान -२०७२) अनुसार यो उप-महानगरपालिका प्रदेश नं.२ मा पर्दछ । मधेश प्रदेश को राजधानी यसै उप-महानगरपालिकामा अवस्थित छ । समुद्री सतहबाट ९० मीटर उचाइमा रहेको छ । संघीय राजधानी काठमाण्डौं देखि ४५० कि.मि.को दुरीमा रहेको जनकपुरधाम उप-महानगरपालिका २५ वडामा विभाजित रहेको छ । यस उप-महानगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग कि.मि. रहनुका साथै भू-सतह प्रायः सबै समतल रहेको छ । यसको सिमा क्षेत्र पर्ूवमा औरही गाउंपालिका छ भने पश्चिममा पिपरा गांउपालिका उत्तरमा लक्ष्मीनिया गांउपालिका छ भने दक्षिणमा नगर्राईन नगरपालिका रहेको छ ।

 स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाति तथा समुदायका मानिसहरुले मनाउने चार्डपर्व जस्तै दशैं, तिहार, छठ, माघे संक्रान्ती, होली, कृष्ण जन्माष्टमी, बकर्रर् इद, उलर् इद फितर, बुद्ध जयन्ती, रामनवमी, जानकीनवमी, विवाहपञ्चमी, झुला पर्वर् रहेका छन् । स्थानीय स्तरमा वोलिने भाषा नेपाली, मौथिली, भोजपुरी, हिन्दी, उर्दु, थारु छन । प्रमुख पोशाकको रुपमा धोती कर्ुता, पेन्ट, शर्ट, कोट, गुन्यु चोली, सारी व्लाउज रहेका छन् । यहां हिन्दु, मुस्लिम, बौद्ध, क्रृश्चिन, जैन धर्मावलीहरुको बसोवास रहेको छ । पौराणिक र ऐतिहासिक पर्यटकिय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, मणिमण्डप, र्स्वर्गद्वार, लगायतका छन ।

केन्द्रः साविक जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय

जनसङ्ख्याः १९४५५६

क्षेत्रफलः ८५.९९ (वर्ग कि.मि.)

वडा संख्याः २४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जनकपुर

जनकपुर

जनकपुर

जनकपुर

जनकपुर

जनकपुर

जनकपुर

जनकपुर

जनकपुर

१०

जनकपुर

१०

११

जनकपुर

११

१२

जनकपुर

१२

१३

जनकपुर

१३

१४

जनकपुर

१४

१५

जनकपुर

१५

१६

जनकपुर

१६

१७

कनकपट्टी

१-९

अन्दुपट्टी

६-९

मानसिंहपट्टी

१-५

१८

जनकपुर

१८

१९

जनकपुर

१९

गोलपुर

१-२

२०

जनकपुर

२०

२१

जनकपुर

२१

२२

जनकपुर

२२

२३

जनकपुर

२३

२४

जनकपुर

२४

२५

जनकपुर

१७

 २.    नामः क्षिरेश्वरनाथ गरपालिका

नेपालको तराईमा रहेका जिल्लाहरुमध्ये संघीय गणतन्त्र नेपालको मधेश प्रदेश मा अवस्थित धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका मिती २०७१ बैशाख २५ गते नेपाल सरकार द्धारा घोषणा गरिएको ७२ नगरपालिका मध्ये एक हो । धनुषा जिल्लाको उत्तरमा अवस्थित ५०.८५ वर्ग कि.मि. क्षेत्रफल रहेको क्षिरेश्वरनाथ नगरपालिकामा साविकका रम्दैया भवाडी, हरिहरपुर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर र गोलापुर गाँउ विकास समितिलाई समायोजन गरी गठन गरिएको छ । यो नगरपालिका आर्थिक सामाजिक, सांस्कृतिक, शैक्षिक हिसाबले विकसीत नगरपालिकाको रुपमा चिनिन्छ ।

यस नगरपालिकामा समायोजन गरिएको साविकको ५ वटा गाविसमध्ये साविक रम्दैया भवाडी  गाविसलाई विभाजन गरी हालको १ नं. र २ नं. वडा बनाईएको छ भने साविकको सखुवा महेन्द्रनगर गाविसलाई विभाजन गरी हालको ३ नं., ४ नं., ५ नं. र ६ नं. वडा बनाईएको छ, साविकको हरिहरपुर गाविसलाई विभाजन गरी हालको ७ नं. वडा बनाईएको छ, साविकको दिगम्बरपुर गाविसलाई विभाजन गरी हालको ८ नं., र ९ नं. वडा बनाईएको छ, साविकको गोपालपुर गाविसलाई विभाजन गरी हालको १० नंं. वडा वनाईएको छ ।  यस नगरपालिकाको भौगोलिक सिमाना पूर्वमा धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिका , पश्चिममा बटेश्वर गाउँपालिका , उत्तरमा मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका , दक्षिणमा लक्ष्मीनिया गाउँपालिका रहेको छ । यस नगरपालिकाको भौगोलिक फैलावट अक्षाशः– २६°४७’२२” उत्तरदेखी २६°५४’३०”उत्तर सम्मको बिचमा देशान्तरः– ८७°५५’३२” पूर्वदेखी ८७°०’३५” पूर्वसम्मको  बिचमा रहेको छ ।

केन्द्रः साविक क्षिरेश्वरनाथ नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५१०७५

क्षेत्रफलः ६०.३९ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

क्षिरेश्वरनाथ

११

क्षिरेश्वरनाथ

१०

१०

गोलपुर

३-९

 ३.    नामः गणेशमान चारनाथ गरपालिका

केन्द्रः साविक गणेशमान चारनाथ नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४४०८२

क्षेत्रफलः २४४.३१ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गणेशमान चारनाथ

गणेशमान चारनाथ

गणेशमान चारनाथ

गणेशमान चारनाथ

गणेशमान चारनाथ

५,६

गणेशमान चारनाथ

गणेशमान चारनाथ

गणेशमान चारनाथ

गणेशमान चारनाथ

१०

१०

गणेशमान चारनाथ

११

११

रघुनाथपुर

 ४.    नामः धनुषाधाम गरपालिका

मिथिलाको पवित्र भूमी, माता जानकीजीको वैवाहिक कार्यक्रमको वखत श्री रामले उचालेको शिवको धनुष खण्डित भई तीन टुक्रा हुन पुग्दा त्यस मध्येको एक टुक्रा खसेको प्रसिद्ध भूमीको रुपमा परिचित, धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो धनुषाधाम। धनुषाधाम नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा पर्दछ । यस नगरपालिकाको स्थापना साविकका गा‍.वि.स हरु धनुषा गोविन्दपुर, धनुषाधाम, उमाप्रेमपुर र यज्ञभुमी गाभिएर २०७१ साल बैशाख २५ गते भएको हो । यस नगरपालिकामा जम्मा नौ वटा वडाहररु छन् । धनुषाधाम नगरपालिकाको केन्द्रिय कार्यालय धनुषाधाम बजारमा रहेको छ ।

केन्द्रः साविक धनुषाधाम नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५२०२४

क्षेत्रफलः ९१.६४  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धनुषाधाम

धनुषाधाम

भूतही पटेर्वा

धनुषाधाम

धनुषाधाम

धनुषाधाम

धनुषाधाम

धनुषाधाम

धनुषाधाम

धनुषाधाम

 ५.    नामः नगराइन गरपालिका

केन्द्रः साविक नगराइन नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३८०३७

क्षेत्रफलः४९.१९ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

फूलगामा

७,८,९

नागराईन

१-४,६-९

फूलगामा

२,३,६

फूलगामा

१,४,५

घोडघास

६-९

लग्मागाडा गुठी

१-९

देवदिहा

४,५,७,८,९

देवदिहा

१,२,३,६

घोडघास

१-५

 ६.    नामः विदेह गरपालिका

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम कायम स्थानीय  तह मध्ये प्रदेश नं. २ धनुषा जिल्ला अन्र्तगत विदेह नगरपालिका २०७३  घोसना गरिएको हो । प्राचीन मिथिला राज्यको राजा मिथिको वंशमा जन्मेका राजा शिरध्वज जनकको अर्को नाम राजा विदेह पनि हो, मिथिलाको राजधानी जनकपुर थियो । तिनै राजा विदेहको नामवाट यस विदेह नगरपालिकाको नामाकरण  विदेह नगरपालिका  गरिएको हो ।

केन्द्रः साविक गिद्दा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३७६९७

क्षेत्रफलः ५२.६७  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ठाडी झिजा

४-७,९

दुहवी

१-४

दुहवी

५-९

ठाडी झिझा

१-३,८

एकराही

५-९

गीद्दा

१-३

एकराही

१-४

गिद्धा

४-९

बफै

१-९

इटहर्वा

१-९

 ७.    नामः मिथिला गरपालिका

मिथिला नगरपालिका नेपालको प्रदेश न. २ अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्दछ। विशव मानचित्रमा ८५° ५४’ पूर्व देशान्तरदेखि ८६° १’ ३०” पुर्बी देशान्तरसम्म र २६° ५४’ १५” अक्षाशदेखि २७° ७’ ३५” उत्तरी अक्षाशसम्म फैलिएर रहेको मिथिला नगरपालिका  २ न. प्रदेशको  एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४  वर्ग किलोमिटर  क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा सिन्धुली जिल्ला, पशिचमतिर महोतरी जिल्ला, बटेश्वर गौपलिका, दक्षिनमा क्षिरेस्वरनाथ नगरपालिका र बटेश्वर गाउपालिका र पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका  रहेका छन् । मिथिला नगरपालिकालाई २०७१ पौष २८ गत्ते नगरपालिका घोषणा  गरिएको थियो । नगरपालिका घोषणा गर्दा साविकका, नकटाझिल, ढल्केबर र बेगाडावर गा. वि . स. समावेश गरि जम्मा ९ वडाहरु रहेका थिए भने मिती २०७३ फागुन २२ गत्ते साविकका तुलसी,  पस्पवलपुर गाविस र क्षिरेश्वर नगरपालिका वडा न. ८ र ९ समवेश गरि जम्मा १० वाडा कायम गरेको थियो भने २०७४ साल जेष्ठ ८ गत्तेको मन्त्रिपरिषद्को निर्णय अनुसार साविकमा बटेश्वर गाउपालिकामा समायोजना हुन गएको साविकको बेगाडाबर गा.वि स. को वडा ५,६ र ७ को तत्कालिन मिथिला नगरपालिकाको वडा नं ८ लाई पुन: मिथिला नगरपालिकामा समायोजन भइ हाल ११ वटा कायम भएको छ । धनुषा जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा सम्भावना बनेको नगरपालिकाको रुपमा मिथिला नगरपालिका त छदैछ असका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरित नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दिगो बिकासको क्ष्रोतका रुपमा रहेका छन्। राष्ट्रिय जनगणना २०७८ को  तथ्याङ्क अनुसार यस नगरपालिका को कूल जनसंख्या ४८६७६ जना रहेकोमा महिलाको जनसंख्या २४३६२ र पुरुषको २४३१४ रहेको छ ।  यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबस रहेको छ ।

केन्द्रः साविक मिथिला नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४८६७६

क्षेत्रफलः १८१.९० (वर्ग कि.मि.)

वडा संख्याः १०

क्र. स. नयाँ वडा  समावेश गा. वि .स /नगरपालिका  जनसंख्या  महिला पूरुष घरधूरी संख्या  क्षेत्रफल(वर्ग कि. मि )
मिथिला (६) ३५८१ १७०६ १८७५ ७३१ ६.५३
मिथिला (१ ,२ ) ५९६७ २९९० २९७७ १२५८ ७.६६
क्षिरेश्वरनाथ ना. पा. (८, ९ ) ६११५ ३०३५ ३०८० १२४५ १३.९८
पुस्पवलपुर (१-९) २७८४ १४३३ १३५१ ६४१ ३२.६४
मिथिला (३ ) २९७३ १४५९ १५१४ ५५२ ३१.९५
मिथिला (५ ) ३१६२ ३०२४ ३१३८ १२७३ ४.५
मिथिला (४ ) ३९८७ १९७४ २०१३ ९०२ १५.८१
मिथिला (७ ) ४२८९ २२०२ २०८७ ९६१ १९.९५
मिथिला (८ ) ४४४० २२२८ २२१२ १०१९ ६.०३
१० १० मिथिला (९ ) ४२२१ २१६८ २०५३ १०३६ ८.३५
११ ११ तुलसी (१ – ९  ) ४१५७ २१४३ २०१४ १०३८ ४०.५४
जम्मा  ४८६७६ २४३६२  २४३१४  १०६५६  १८७.९४ 

 ८.    नामः शहीदनगर गरपालिका

शहिदनगर नगरपालिका नेपालकाे प्रदेश नं.२ अन्तरगत धनुषा जिल्लाकाे दक्षीण भागमा अवस्थित एक सुन्दर नगरपालिका हाे ।वि.सं.२०७३ सालमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय ७५३ स्थानिय तह लागु गर्दा धनुषा जिल्ला साविककाे बालाबाखर,चाेराकाेयलपुर,यदुकुहा, नन्नुपट्टि, खरीहानी ६, पचहर्वा, हठ्ठीपुर हरवाडा, धवाैली, बिसरभाेरा र गाेठकाेयलपुर गा.वि.समितीहरुलाइ समायाेजन गरेर शहिदनगर नगरपालिका बनाएकाे हाे ।यस नगरपालिकाकाे कुल क्षेत्रफल ५७.३७ कि.मी. रहेकाे र कुल जनसंख्या ५३८१२ रहेकाे छ । यस नगरपालिकाकाे पुर्वमा कमला नगरपालिका पश्चिममा हंसपुर नगरपालिका र अैारही गाउँपालिका उतरमा सबैला नगरपालिका दक्षीणमा विदेह नगरपालिका र कमला नगरपालिका रहेकाे छ । शहिदनगर नगरपालिकामा बढी संख्यामा हिन्दु धर्मालम्वि र मुस्लिम धर्मालम्वि हरु रहेका छन् ।

केन्द्रः साविक यदुकुहा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५३८१२

क्षेत्रफलः ५७.३७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बालाबाखर

१-९

चोराकोयलपुर

१-९

यदुकुहा

१-९

ननुपट्टी

१-९

खरीयानी

पचहर्वा

१-९

हठीपुर हडबरा

१-९

धबौली

१-९

बीसरभोरा

१-९

गोठकोयलपुर

१-९

 ९.    नामः सबैला गरपालिका

केन्द्रः साविक सबैला नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६२२८२

क्षेत्रफलः ६४.४७ (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सबैला

सबैला

सबैला

पटेर्वा

१-९

सबैला

सबैला

सबैला

सबैला

१०,११

सबैला

४-६

१०

खरिहानी

१-५,७-९

११

कजरामोल

६-९

१२

रघुनाथपुर

४,५,७,८

१३

रघुनाथपुर

१,२,३,६

 १०.          नामः कमला नगरपालिका

कमला नगरपालिका संघीय नेपालको मधेश प्रदेश  अन्तर्गत धनुषा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र नं. क अन्तर्गत रहेको छ । यो नगरपालिका पूर्ण रुपले तराइ भू भागमा अवस्थित छ । साविकका माची झिटकहिया दुवरकोट हथलेटवा बल्हा सघरा लक्कर सिग्याही मडान र हरिने गरी ६ वटा गा.वि.स. का सम्पूर्ण वडाहरु समावेश गरी जम्मा ९ वटा वडामा विभाजित यस नगरपालिका कूल क्षेत्रफल ६५.८५ वर्ग कि.मी.मा फैलिएको छ । यस नगरपालिकाको केन्द्र साविक माची भिटकहिया गा.वि.स. कार्यालय रहेको स्थान माची भिटकिहयामा रहेको छ । एतिहासिक प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको यस कमला नगरपालिकाको नामाकरण प्रसिद्ध  कमला नदीको नामबाट नामाकरण गरिएको हो । धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट करीब २१ कि.मी. पूर्वमा अवस्थित रहेको यस नगरपालिकाको केन्द्र साविकको माची झिटकिहया गाँउपालिकाको कार्यालयमा रहेको छ । 

भौगोलिक अवस्थिति

कमला नगरपालिका समुन्द्री सतहबाट ७६ मिटर देखी ९१ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ । यो नगरपालिका भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ३८ मिनेट ६० सेकेन्ड देखी २६ डीग्री ४५ मिनेट ३६ सेकेन्ड उत्तरी अक्षांश र ८६ डिग्री ५ मिनेट २४ सेकेन्ड देखी ८६  डीग्री १२ मिनेट ० सेकेन्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस नगरपालिकाको पूर्वमा कमला नदी सिरहा जिल्ला पशचिममा धनुषा जिल्लाको शहिदनगरपालिका र कमला नदी सिरहा जिल्ला र दक्षिणमा जनकनन्दनी गाउँपिलका रहेको छ । कूल क्षेत्रफल ६५.८६ वर्ग  कि.मी. रहेको यो नगरपालिका जिल्लाको कूल क्षेत्रफल ११८९.५५ वर्ग  कि.मी.  को ५.५३ प्रतिशत भू भाग ओगटेको छ ।

केन्द्रः साविक माचि झिटकहिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४४५९७

क्षेत्रफलः ६५.८५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दुबरकोट हथलेटवा

४५७८९

माची झिटकहिया

१,२,३,८

माची झिटकहिया

४-७,९

बल्हा सघारा

१-९

लक्कर

१-९

सियाहिमदान

५-९

सियाहिमदान

१-४

हरिने

१-९

दुवरकोट हथलेवटा

१,२,३,६

 ११.          नामः मिथिला बिहारी नगरपालिका

नेपाल अधिराज्यको तत्कालीन मध्यमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चल हाल मधेश प्रदेश अन्तर्गत पर्ने छ वटा जिल्लाहरु मध्येको एक दक्षिण भारत तर्फ सिमाना जोडिएको धनुषा जिल्लाका १८ बटा स्थानीय तह मध्ये मध्य भागमा पर्ने साविकको ६ वटा गांउ बिकास समितिहरु – न. पा. का भूतही पर्टेवा, मिथिलेश्वर निकास, अन्दुपट्टी, तारापट्टी, सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल समाबेस गरी २ नं. प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये मिथिला बिहारी गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो ।  भौगोलिक रुपमा तराई को सुगम क्षेत्रमा अबस्थित रहेपनि मानव बिकास सुचनाङ्क तथा बिकासको दृष्टीमा पुछारमा रहेको घना बस्ती भएको मिथिला राज्यको ऐतिहासिक परिक्रमा मेला मुख्य दुईवटा (डोला) लगायतका घुम्ती शिबिर मध्ये मिथिला बिहारी भगवानको नामबाट स्थापित रहेको छ । हिन्दु धर्मको पबित्र स्थान सितामाताको अर्थात भगवान रामको ससुराली पहिचान बोकेको जनकपुर नगरी भएकोले यसले मिथिला बिहारीलाई थप पृथक पहिचान दिएको छ । धार्मिक दृष्टीले ऐतिहासिक रहेको मिथिला बिहारी (राम भगवानको) नामबाट मिथिला बिहारी भनी यस स्थानिय तहको नामाकरण गरिएको हो । मिति एक २०७४।०२। ११ गते राजपत्रमा प्रकाशन गरी मिथिला बिहारी गा.पा. लाई नगरपालिकामा स्तरोन्नती गरियो तर लागु हुन सकेन । सर्बोच्च अदालतको अन्तरिम आदेश मिति २०७४।०५ । २७ मा जारी मिथिला बिहारी गाउ“पालिकालाई नगरपालिकामा परिणत भयो ।

मिथिला बिहारी मन्दिर प्राचिन कालीन मिथिलाको राजधानी एवं सिताको पावन जन्म भूमि जनकपुर भन्दा पूर्व – उत्तर मा पर्ने करिब ८ कि.मी. दुरीमा मिथिला बिहारी मन्दिर साबिक कचुरी  ठेरा गा.वि.स.१ हाल मिथिला बिहारी नगरपालिका ८ कचुरी गाँउमा अवस्थित छ । मिथिला विहारी मन्दिर स्थापना करिव २०० वर्ष भन्दा पहिले श्री श्री १०८ श्री लाडली लाल शरण जी महाराजा द्धारा भएको हो ।  यस मन्दिरका वर्तमान महन्थ  श्री श्री १०८ वैष्णव श्री राम नरेश शरणको भनाई अनुसार  यसै प्रसिद्ध मन्दिरको नामबाट मिथिला विहारी न.पा.को नामाकरण  भएको हो ।  यसको आफनै धार्मिक, पर्यटकीय मुल्य, मान्यता एवं महत्व रहेको छ । मिथिला एवं मधेशको एक सुप्रसिद्ध धार्मिक १५ दिने माध्यमिकी परिक्रमा को शुरुवात यसै स्थानबाट हुने गरेको छ । यस मन्दिरको ठीक २ कि.मी. पूर्व मिथिला बिहारी न.पा.को कार्यलय अवस्थित छ भने ५ कि.मी. पूर्वमा त्रेताकालिन सुप्रसिद्ध परशुराम तलाऊ तथा १० कि.मी. पूर्वमा धनुषाधाम स्थान रहेको छ ।

१५ दिने माध्यमीक परिक्रमाको डोला यस मिथिला बिहारी मन्दिर बाट शुरु भई सर्व प्रथम विश्राम स्थलको रुपम मंदिरबाट करिब १ कि.मी .पश्चिम पर्ने मूल सडक भन्दा दक्षिण एवं जल्लाद पुल भन्दा ५०० मि. पूर्व मूल सडक भन्दा दक्षिण तिरको खाली ठाउँ लाई लिईन्छ भन्ने यसको ठीक विपरित तिर मूल सडक भन्दा उत्तर कव्रगाह रहेको छ । मेला – यस पावन भूमिमा सर्वप्रथम १५ दिने माध्यमिकी परिक्रमाको पहिलो डोला उठने दिनमा भव्य मेला लाग्ने गर्दछ । यस वाहेक छठ पर्वको पारन अर्थात समापन दिनको मेलामा लागि विभिन्न धार्मिक भजन किर्तन एवं नाचगाना हुने गर्दछ जसमा स्थानीय बासिन्दाहरु रमाइलो गरि धुमधामको साथ खुशीयाली मनाउने गर्दछन् ।शरद पूर्णिमा ,राम नवमी एवं कृष्ण जन्म अष्टमीमा (दही कादो ) को दिनमा पनि भजन किर्तन गरिन्छ ।सम्पति – मिथिला विहारी मन्दिर करिव १५ कठ्ठामा घेरिएको एक सुन्दर रमणीय प्राङ्गण छ । यसको आफनो १.५  विग्हामा फुलवारी एवं करिव १४ विघा जमिन रहेको अवस्था छ । यस सम्पूर्ण सम्पतिको हेरचाह एवं व्यवस्थापन स्वयं मन्दिरको महन्थ श्री श्री १०८ वैष्णव श्री राम नरेश शरण जी महाराज वाट गरिन्छ ।  सम्पूर्ण सम्पत्ती खरिदमान सिंह, जितमान सिंह १५० वषर््ा पहिले दानबाट आएको हो भन्ने हालको महन्थ श्री श्री १०८ वैष्णव श्री राम नरेश जी महराजको भनाई छ ।

केन्द्रः साविक तारापट्टी सिर्सिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३८२७३

क्षेत्रफलः १८१.९० (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भूतही पटेर्वा

१-८

मिथिलेश्वर निकास

१-५

मिथिलेश्वर मौवाही

१-९

कजरारमौल

१-५

मिथिलेश्वर निकास

६-९

तारापट्टी सिर्सिया

१-५

तारापट्टी सिर्सिया

६-९

ठेरा कचुरी

१-५

अन्दुपट्टी

१-५

१०

ठेरा कचुरी

६-९

 १२.नामः हंसपुर नगरपालिका

केन्द्रः साविक बाघचौरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४४९४९

क्षेत्रफलः ४८.७१  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मानसिंपट्टी

६-९

बाघचौरा

१-७

हंसपुर कठपुल्ला

१-९

सुगामधुकरही

१-९

सुगा निकास

१-९

बाघचौरा

८-९

सोनिगामा

१,३,८,९

नौवाखोर परसाही

१-९

झठियाही

१-९

सोनिगामा

२,४,५,६,७

 १३.          नामः जनकनन्दिनी गाउँपालिका

केन्द्रः साविक खजुरीचना गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २७१४६

क्षेत्रफलः २७.६२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

इनर्वा

१-९

बल्हा गोठ

१-९

प्रखे महुवा

१-९

खजुरीचना

१-९

पतनुका

१-९

बल्हा कठाल

१-९

 १४.          नामः बटेश्वर गाउँपालिका

केन्द्रः साविक बटेश्वर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१७४२

क्षेत्रफलः २८.१४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लक्ष्मीनिवास

१-९

भुचक्रपुर

१-९

बटेश्वर

४,६-९

बटेश्वर

१-३,५

शान्तिपुर

१-९

 १५.          नामः मुखियापट्टी मुसहरमनिया गाउँपालिका

केन्द्रः साविक तुल्सीयाही जब्दी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८२०८

क्षेत्रफलः २८.१४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मुखियापट्टी मुसहरमनिया

६-९

मुखियापट्टी मुसहरमनिया

१-५

तुल्सीयाही जब्दी

१-९

तुल्सीयाही निकास

१-९

बहेडा बेला

१-४

बहेडा बेला

५-९

नगराइन

 १६.          नामः लक्ष्मीनियाँ गाउँपालिका

लक्ष्मीनियाँ गाउँपालिका मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ | धनुषा जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरि  १८ स्थानीय तह मध्ये लक्ष्मीनियाँ  गाउँपालिका एक हो | साविकका ३ वटा गाविसहरु समावेश गरी बनेको यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् | गाउँपालिकाको उत्तरमा बटेश्वर गाउँपालिका र छिरेश्वर नगरपालिका,दक्षिनमा जनकपुर उपमहानगरपालिका, पुर्वमा मिथिला बिहारी नगरपालिका र  पश्चिममा भंगहा नगरपालिका छ | यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ | यस गाउँपालिकाको कुल जनसंख्या ३१८८१ |

केन्द्रः साविक लक्षमीपुर बगेवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३१८८१

क्षेत्रफलः ३०.६६  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिनुरजोडा

१-५

सिनुरजोडा

६-९

सपही

१-४

सपही

५-९

बनिनिया

१-९

जनकपुर  (लक्षमीपुर बगेवा ,,,)

२५

जनकपुर (लक्षमीपुर बगेवा ,,,,)

२५

 १७.          नामः औरही गाउँपालिका

केन्द्रः साविक देउरी परवाहा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४०५३

क्षेत्रफलः ३६.३२  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पौडेश्वर

१-८

देउरीपरवाहा

१-९

पौडेश्वर

औरही

५-९

औरही

१-४

चक्कर

५,७,८,९

चक्कर

१,२,३,४,६

 १८.          नामः धनौजी गाउँपालिका

केन्द्रः साविक धनौजी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१,९४२

क्षेत्रफलः २२  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लखौरी

धनौजी

झोझी कटैया

धनौजी

बहुअर्वा

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय  र जिल्ला समन्वय समिति धनुषा। याे लेखमा  कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले धनुषा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *