हुम्ला जिल्ला Humla District

हुम्ला जिल्लाको परिचय

कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२  छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र पर्दछ । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको नेपालको एक मात्र यस जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

जिल्लाको सदरमुकाम सिमकोट रहेको छ । सदरमुकामलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट यस जिल्लामा पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । जिल्लाको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । बहुमुल्य जडिबुटी‚ कोदो‚ फापर‚ चिनो‚ उवा जिल्लाको प्रमुख बाली हुन् । सडक लगायत अन्य भौतिक पूर्वाधारको विकास गर्न सकिएको खण्डमा पर्यटनको समेत प्रचुर संभावना रहेको छ ।

हुम्ला
तस्विरमासः सिमिकोट एयरपोर्ट
हुम्ला जिल्लाको ऐतिहासिक चिनारी

नेपाल राज्यको कर्णाली अञ्चलमा पर्ने हुम्ला जिल्ला एक उच्च संभावना भएके हिमाली जिल्लाको रुपमा चिनिन्छ । यो जिल्ला देशको सुदुर उत्तर पश्चिममा पर्दछ र देशको उत्तरी विन्दु यारी पनि यही पर्दछ । सन् १३९३ मा मेदिनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्नो ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि.सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि पनि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुको साथै तिव्वतको खोजेरसम्मको भू—भागलाई नेपालको प्रशासकीय क्षेत्रको रुपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोट उत्तर पश्चिममा अत्याधिक रुपमा बसेका नेपालीहरुको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरु नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ ।

वि.सं. २०१८ सालमा भएको नेपाल अधिराज्यको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रुपमा स्थापित हुन पुग्यो । यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसंग रहेको छ । अनगिन्ती हिमश्रृंखलाहरुले भरिएको यो जिल्लाको नामाकरण पनि यसैको सेरोफेरोमा आधारित छ । एक थरीको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।

हुम्ला जिल्लाको भौगोलिक अवस्थिति

 हुम्ला जिल्ला २९º ३५ु देखि ३०º ५७ु उत्तरी अक्षांश र ८१º १८ु देखि ८२º १०ु मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस जिल्ला नेपालमा डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरमा उचाइमा अवस्थित रहेको यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ ।

हुम्ला जिल्लाको जलवायुको अवस्था

हिमाली जिल्लाको रुपमा चिनिएटको हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ । समुद्र सतहको १५२४ मिटर देखि ७३३७ मिटर सम्मको उचाईमा अवस्थित यस जिल्लामा शितोष्ण, समशितोष्ण र उतोष्ण तीनै किसिमको हावापानी पाइन्छ । यस जिल्लाको अधिकतम तापक्रम, १०º देखि २५º सेल्सियस र न्यूनतम तापक्रम –१०º देखि –२८º सम्म पुग्ने गर्दछ । यस जिल्ला नेपालको सुदुर उत्तर पश्चिम भेगको हिमाली भागमा अवस्थित रहेको हुँदा तुलनात्मक रुपमा यहाँ वर्षा कम हुन्छ । यहाँको वार्षिक औषत वर्षा २५.४ देखि १४६.९ मिमि सम्म भएको पाइन्छ ।

विविधतापूर्ण हावापानी र भू–प्राकृतिक संरचनाका कारणले गर्दा नेपालको अन्य उच्च पहाडी जिल्ला जस्तै यहाँको हावापानी पनि विषम र विविधतापूर्ण रहेको पाइन्छ । उचाईको भिन्नता र पहाडी ढालको उत्तरी तथा दक्षिणी पाटाहरु समेतमा पनि हावापानीमा भिन्नता पाइन्छ र जिल्लाका चारैतिर अग्ला लेक तथा पहाडहरुमा प्रायः बाह्रै महिना हिउँ जमिरहन्छ ।यस जिल्लामा अग्ला हिमाल, पहाड र लेक भएको हुँदा जलश्रोत र पर्यावरणीय विविधतामा धनि रहेको यस क्षेत्रमा बाह्रै महिना हिउँ जमेको हुन्छ भने अन्य उच्च पहाडी भागमा पनि हिउँदको समयमा हिउँ पर्दछ ।

तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
हुम्ला जिल्लाको भेषभूषा मूल्य मान्यता र विश्वास

यस जिल्लामा पाईने हावापानीको विविधताका कारण रहन सहन र भेषभूषामा पनि विविधता रहेको पाइन्छ । हुम्ला जिल्लाको भौगोलिक वनावटलाई मुख्यतया तीन भागमा वाडेर हेर्दा जिल्लाको उत्तरी भागका गा.पा. हरुमा प्रायः जसो हिउ पर्ने र अत्यधिक जाडो हुने गर्दछ भने सो क्षेत्रमा सवै वौद्ध धर्मालम्वीहरुको वसोवास भएको हुँदा भेषभूषामा वख्खु, पाखोको सुरुवाल, दोचा लगाउने गरेको पाइन्छ भने जिल्लाको मध्य भागमा केही न्यानो हावापानी हुने हुँदा र प्रायः जसो हिन्दु धर्मालम्वीहरुको वसोवास भएकोले दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गर्दछन ।

त्यस्तै जिल्लाको दक्षिणी भागमा मध्य भागको तुलनामा न्यानो हावाँपानी पाईने र प्रायः हिन्दु धर्मालम्वीहरुको वसोवास भएकोले हिन्दु परम्परा अनुसार दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गरेको पाइन्छ । यस जिल्लाका महिलाहरुले स्थानीय परम्परागत गरगहनाका साथै आधुनिक गरगहना समेत लगाउने प्रचलन रहेको छ । स्थानीय गरगहनामा पोते, कौडाका माला, मुगा र सिक्काका माला साथै फुली वुलाकी, टोप औठी आदि लगाउने गरेको पाइन्छ भने वौद्ध धर्म मान्ने महिलाहरुले कानमा आङगुल, गलामा मोतीका माला र औंलामा औठी लगाउने गर्दछन ।

तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
तस्विरमा हुम्ला जिल्लाका वालवालीका

हुम्ला जिल्लाका हिन्दु तथा वौद्ध धर्मालम्वीहरु दुवैमा धामी, झाक्री तथा लामामा विश्वास रहेको पाइन्छ । प्रायः जसो ग्रामिण भेगका घर परिवारका सदस्य विरामी पर्दा कृषि तथा पशु समस्या देखा पर्दा समेत धामी, झाक्री तथा लामाबाट उपचार गर्ने प्रचलन रहेको छ ।दुवै धर्मालम्वीहरुले आ–आफ्नो संस्कार अनुसार जन्म देखि मृत्यूसम्मका विभिन्न संस्कारहरु जस्तै न्वारान, पास्नी, व्रतवन्ध, विवाह र मृत्यू पछि काजक्रिया गर्ने चलन रहेको पाइन्छ । मृत्यू पश्चात लाशलाई जलाउने र वच्चाहरुको भए जमिनमा गाड्ने चलन रहेको छ । मृत्यु हुँदा प्रायः १२ दिन काजक्रिया वसी १३ औ दिनमा क्रिया सक्ने चलन रहेको छ । वुवा मर्दा एक वर्षसम्म मासु नखाने र आमा मर्दा १ वर्षसम्म दुध नखाने चलन पनि रहेको छ ।

वौद्ध धर्मालम्वीहरुको भने लाश लाई लामाले जोखाना हेरी जलाउने जमिनमा पुर्ने वा काटेर चिल वा गिद्धलाई खुवाउने प्रचलन रहेको पाइन्छ । हिन्दु  धर्मालम्वी महिलाहरुमा नछुने (छुइ) हुँदा ७ दिनसम्म र सुत्केरी हुँदा अछुत भई छुन नहुने परम्पराले गर्दा १५ देखि ४५ दिनसम्म पशु राख्ने गोठमा राख्ने र त्यही खाना दिने प्रचलन रहेको छ । हिन्दु धर्मालम्वीहरुले छोरा जन्मेमा धुमधाम साथ पुरेत लगाई ९ दिनमा न्वारान गर्ने र छोरी भएमा ६ दिनमा नै न्वारान गर्ने प्रचलन रहेको पाइन्छ । केटाहरुको ७ देखि १६ वर्षको उमेरमा व्र्रतवन्ध गर्ने गरिन्छ भने त्यस पछि व्राह्मण, शाही, ठकुरी जस्ता माथिल्लो जातकाले आफु भन्दा तल्लो जातले छोएको नखाने परम्परा भए पनि हाल क्रमशः हट्दै गएको पाइन्छ । यस जिल्लामा हालसम्म पनि छुवाछुतको चलन रही रहेको पाइन्छ ।

तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
हुम्ला जिल्लाका प्रमुख नदीहरु 

कर्णाली, चुवाखोला, गल्फुगाड, गोठी खोला, हनुमानेखोला, कारङ्गखोला, टाक्चीखोला, कवाडीखोला, हिल्दुङ्गखोला,  टाकेखोला, कुमुचीयाखोला, लुरुप्याखोला, हेप्काखोला, डोजाम खोला ।

हुम्ला जिल्लाका धार्मिक, एतिहासिक एवं पर्यटकीय स्थलहरु 

खार्पुनाथ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमि उपत्यका, रलिङ्ग गुम्बा, याल्वाङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दुधकुण्ड, गोरख खाङ हिमाल (वि.सं. २०७१ बाट खुला गरिएको) , तातोपानीका मुहानहरु ।

तस्विरमा पर्यटकिय क्षेत्र डोल्पा
तस्विरमा हुम्लामा मनाइने ल्होसार
हुम्ला जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

हुम्ला जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार हुम्ला जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर  ७  वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

हुम्ला जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
सिमकोट गाउँपालिका ठेहे, वरगाउँ, सिमकोट, डाँडाफाया र स्याडा गा.वि.स.
नाम्खा गाउँपालिका हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.स.
खार्पुनाथ गाउँपालिका लाली, राया, छिप्रा र खार्पुनाथ गा.वि.स.
सर्केगाड गाउँपालिका जैर, सर्केदेउ, साया, बराई, रोडिकोट र गोठी गा.वि.स. वडा नं. १,२,४,५,६,७,८,९
चंखेली गाउँपालिका दार्मा, मिमी, श्रीमष्ठा, मेल्छाम र गोठी गा.वि.स. वडा नं. ३
अदानचुली गाउँपालिका श्रीनगर र कालिका गा.वि.स.
ताँजाकोट गाउँपालिका मैला र मदना गा.वि.स.
जम्मा ४४

१.    नामः सिमकोट गाउँपालिका

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर पश्‍चिम भाग मा सिमकोट गाउँपालिका अवस्थित रहेको छ । नेपालको संविधान धारा २९५ को उपधारा (३) वमोजिम कायम भएका स्थानिय तहहरु मध्ये सिमकोट गाउँपालिकापनि एक हो l यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाँउपालिका, पश्‍चिम र उत्तरमा नाम्खा गाउँपालिका,रहेको छन् । साविकका ५ गा.वि.सहरु सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया,स्याँडा मिलेर बनेको यस गाउँपालिका मा ८ आठ वडाहरु रहेका छन् ।

सुन्दर प्रकृतिक वनोट , जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग कि.मी रहेको छ ।  स्थानिय तह गठन पछिको पहिलो निर्वचन सम्पन भई स्थायी र अस्थायी कार्यलयहरुमा निर्वाचित जनप्रतिनिधीहरु वाट प्रभावकारी सेवा प्रवाह भइरहेको छ । सदरमुकाममा अवस्थित यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गरिरहेको छ ।

केन्द्रः साविक सिमकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ११९३५

क्षेत्रफलः ७८५.८९ (वर्ग कि.मि.)

वडा संख्याः

सिमकोट गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
ठेहे(६-९) ६७६ ५७२.०१
ठेहे(१-५) १३४६ २.७२
वरगाउँ(१-९) ६२२ ४६.३५
सिमकोट(७-९) ५०८ २४.२५
सिमकोट(३-६) २१४५ ६.८५
सिमकोट(१,२) २२७९ ३.९९
डाँडाफाया(१-९) २२०९ ३९.६५
स्याडा(१-९) २१५० ९०.०७
जम्मा ११९३५ ७८५.८९

Simkot Rural Municipality Map

 २.    नामः नाम्खा गाउँपालिका

नाम्खा गाउँपालिका नेपालकाे संविधान, २०७२ काे धारा २९५  उपधारा(३) बमाेजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हाे । याे  कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे  जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन ।

वि.स. २०७८ काे जनगणना अनुसार यस गाउँपालिकामा करिब ३५८९ जनसङख्या रहेकाे छ । यहाँ एक मात्र जाति तामाङ(लामा)हरूकाे मात्र वसाेबास रहेकाे छ ।  यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे अास्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ  उवा, फापर, काेदाे,अालु, चिनाे, कागुनाे, मकै, स्याउ, अाेखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी अादी जडिबुटीहरू यहाँकाे वन क्षेत्रमा उपलब्ध छन ।

केन्द्रः नाम्खा गा. पा.-४ याल्वाङ्ग

जनसङ्ख्याः ३५८९

क्षेत्रफलः २४१९.६४ (वर्ग कि.मि.)

वडा संख्याः

नाम्खा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
हेप्का(१-९) ९६२ १७७.७२
खगालगाउँ(६-९) ४९० १९१.७६
खगालगाउँ(१-५) ५३८ ९४.०८
मुचु(१-५) ३७२ ५८६.२५
मुचु(६-९) ४१५ १६८.५४
लिमी(१-९) ८१२ १२०१.२९
जम्मा ३५८९ २४१९.६४

Namkha Rural Municipality

 ३.    नामः खार्पुनाथ गाउँपालिका

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तरी पश्चिम भाग मा खार्पूनाथ गाउँपालिका अवस्थित रहेको छ । खार्पूनाथ गाउँपालिका हिमाली जिल्ला हुम्ला को सात वटै गाउँपालिका मध्येको एक गाउँपालिका हो । साविकका ४ गा.वि.सहरु लाली , राया , छिप्रा र खार्पूनाथ मिलेर बनेको यस गाउँपालिका मा ५ वडाहरु रहेका छन् । सबै वडा लाई समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई गाउँपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको खार्पूनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक गाउँपालिका हो । ७ गाउँपलिका रहेको हुम्ला जिल्ला मध्ये यस गाउँपालिकाको राष्ट्रिय जनगणन २०७८  अनुसार यस गाउँपालिकाको जनसंख्या ६,७३६ रहेको छ । सुन्दर प्रकृतिक वनोट , जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ८८० वर्ग कि.मी रहेको छ ।

जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि  साविकका गाउँविकास समितिहरुलाई गाउँपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७३ साल फाल्गुन २७ गते स्थापना भएको खार्पूनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक हिमाली जिल्ला हुम्लाको गाउँपालिका हो ।

केन्द्रः साविक खार्पुनाथ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६७३६

क्षेत्रफलः ८८० (वर्ग कि.मि.)

वडा संख्याः

खार्पुनाथ गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
लाली(१-९) १६९१ ३८.८९
राया(५-९) ९५२ १३.२१
राया(१-४) ११२७ ५५.७७
छिप्रा(१-९) १२३४ ३३.६४
खार्पुनाथ(१-९) १७३२ ७३८.४९
जम्मा ६७३६ ८८०

Kharpunath Rural Municipality Map

४.    नामः सर्केगाड गाउँपालिका

नेपालको संविधान अनुसार ६ नं प्रदेशको  जिल्लाहरु मध्येको एक हुम्ला हो । यस हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाँउपालिका रहेका छन् । यस सर्केगाड गाउँपालिकामा  जैर, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा वडाहरू रहेका छन् ।

केन्द्रः साविक साया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १०६८८

क्षेत्रफलः ३०६.७ (वर्ग कि.मि.)

वडा संख्याः

सर्केगाड गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जैर(१-९) २१५८ ५४.५७
सर्केदेउ(१-४,९) ११३४ ४६.१४
सर्केदेउ(५-८) ९८३ ५८.७४
साया(१-९) १२२५ २१.१५
गोठी(१,२,४-९) ९०१ १९.२३
बराई(१-९) १३६६ २१.५२
रोडिकोट(५-९) १५९४ ७३.१
रोडिकोट(१-४) १३२७ १२.२६
जम्मा १०६८८ ३०६.७१

 ५.    नामः चंखेली गाउँपालिका

केन्द्रः साविक श्रीमष्ठा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६५७९

क्षेत्रफलः १३१०.४  (वर्ग कि.मि.)

वडा संख्याः

चंखेली गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
दार्मा(७-९) ७०१ ७४.२
दार्मा(१-६) १७८० ६.८
मिमी(१-९) १५६७ ६३९
श्रीमष्ठा(१-६) ९१८ १६.३६
श्रीमष्ठा(७-९) ३८२ ५४०.६१
मेल्छाम (१-९) र गोठी (३) १२३१ ३३.४३
जम्मा ६५७९ १३१०.४

Chankheli Rural Municipality Map

 ६.    नामः अदानचुली गाउँपालिका

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका , पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन ।साविकका दुर्इ वटा गा.वि.स हरू श्रीनगर र कालीका मिलेर वनेकाे यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाकाे कुल जनसंख्या ८२६५ रहेकाे छ भने यसकाे क्षेत्रफल १५०.६१ वर्ग कि . मि रहेकाे छ । यस गाउँपालिकाकाे जनघनत्व ४७ जना प्रति वर्ग कि.मि  रहेकाे छ । सून्दर प्राकृतिक वनाेट , जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेकाे  छ ।

केन्द्रः साविक श्रीनगर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ८२६५

क्षेत्रफलः १५०.६१ (वर्ग कि.मि.)

वडा संख्याः

अदानचुली गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
श्रीनगर(६-८) १२०० ९.९
श्रीनगर(१-३) १४८९ ६.३३
श्रीनगर(४,५) १४२२ २८.९२
श्रीनगर (९) र कालिका (८-९) ९४१ २९.२१
कालिका(१-४) १७५० २२.६
कालिका(५-७) १४६३ ५३.६५
जम्मा ८२६५ १५०.६१

Tanjakot Rural Municipality Map

७.    नामः ताँजाकोट गाउँपालिका

यस ताँजाकोट गाउँपालिका नेपालको कर्णालि प्रदेश हुम्ला जिल्लाको दक्षिण पशिचम दिशामा अवस्थित छ ।यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ। साविकको मदना र मैला गा वि स लाई देशको संधिय प्रणालि अनुसार वि स २०७३ सालदेखि ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो ।यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। र गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ मा पर्छ । यसको क्षेत्रफल १८० वर्ग किलोमिटर र जनसंख्या ६०९२ छ।

यस गाउँपालिका अनर्तगत विभिन्न जातजाति जस्तै वाहुन, क्षेत्रि ,दलित ,जनजाति मानिसहरु वसोबास गरेका छन र तिनिहरुको आपनै रितिरिवाज चालचलन भेषभुषा रहनसहन र संस्कृति चाडपर्व रहेको छन । र प्रत्येकको मातृभाषा चाहि नेपालि हो । यहाका सबै मानिसहरु धर्म हिन्दु हुनाले धार्मिक, मठ, मन्दिर कुलदेवताको पाठपुजामा एकवदता रहन्छ । यस गाउँपालिकामा हावापानी नत  धेरै चिसो नत धेरै गर्मि छ प्राकृतिक रुपमा अन्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिउको प्रतिविम्व झल्काउने हिमालहरु गर्दा पर्यटकिय स्थल वनेको छ ।

यहाका मानिसहरु धेरै जसो कृषिमा आम निर्भर छन विभिन्न किसिमका घरेलु पशुपालन पनि आम्दानिको स्रोत मानिन्छ ।यस गाउँपालिकामा यातायातको सविधा नहुने वधुतको अभाव सुचना प्रविधिको राम्रो पहुच नहुनु राम्रो पुर्वाधारयुत विधालय र स्वास्थ्य चौकि नहुनु विडम्वनाको कुरा हो ।यस ताँजाकोट गाउँपालिका नेपालको कर्णालि प्रदेश हुम्ला जिल्लाको दक्षिण पशिचम दिशामा अवस्थित छ ।यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ। साविकको मदना र मैला गा वि स लाई देशको संधिय प्रणालि अनुसार वि स २०७३ सालदेखि ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो ।

यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। र गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ मा पर्छ । यसको क्षेत्रफल १८० वर्ग किलोमिटर र जनसंख्या ६०९२ छ। यस गाउँपालिकामा जम्मा माध्यामिक र आधारभुत गरि १८ वटा वियालय र २ वटा स्वास्थ्य चौकि र २ गैर सरकारी सस्था लागु भएका छन । यस गाउँपालिका अनर्तगत विभिन्न जातजाति जस्तै वाहुन, क्षेत्रि ,दलित ,जनजाति मानिसहरु वसोबास गरेका छन र तिनिहरुको आपनै रितिरिवाज चालचलन भेषभुषा रहनसहन र संस्कृति चाडपर्व रहेको छन । र प्रत्येकको मातृभाषा चाहि नेपालि हो ।

यहाका सबै मानिसहरु धर्म हिन्दु हुनाले धार्मिक, मठ, मन्दिर कुलदेवताको पाठपुजामा एकवदता रहन्छ । यस गाउँपालिकामा हावापानी नत  धेरै चिसो नत धेरै गर्मि छ प्राकृतिक रुपमा अन्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिउको प्रतिविम्व झल्काउने हिमालहरु गर्दा पर्यटकिय स्थल वनेको छ । यहाका मानिसहरु धेरै जसो कृषिमा आम निर्भर छन विभिन्न किसिमका घरेलु पशुपालन पनि आम्दानिको स्रोत मानिन्छ ।यस गाउँपालिकामा यातायातको सविधा नहुने वधुतको अभाव सुचना प्रविधिको राम्रो पहुच नहुनु राम्रो पुर्वाधारयुत विधालय र स्वास्थ्य चौकि नहुनु विडम्वनाको कुरा हो ।

केन्द्रः साविक मैला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६०९२

क्षेत्रफलः १५९.१ (वर्ग कि.मि.)

वडा संख्याः

ताँजाकोट गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मैला(८,९) ८१९ ९१.७१
मैला(१-३) ११५७
मैला(४,५,७) १९६३ ४.०३
मैला (६) र मदना (१-३) ११५२ ४६.९१
मदना(४-९) १००१ ८.४६
जम्मा ६०९२ १५९.११
Tanjakot Rural Municipality Map

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्ला। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । हुम्ला जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *