SURESHKUMARPANDEY

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ७

गजल संग्रह क्रमश

(Date 1 Oct 2024 to 30 Dec 2024)

गजल
बाढी पहिरोले धेरै जन धनको नास भयो,
सरकार मौन छ निर्दोसहरूकै लाश भयो।

युवाशक्ती छैन देश बिकाशमै टेवा पुगोस्,
दुनियाँ भरिमा हाम्रै देशको उपहास भयो।

भन्छन् बौलायो प्रकृती आधार बनाउँछन्,
मानिसलाई प्रकृतीको दोहननै खास भयो।

सुख्ख कै लागि सुन्दर घर बनाए खोलामा,
खोला उर्यो ढाल्यो घर दुःखको रास भयो।

भूमाफियाले बेच्यो गरिबले किन्यो के दोश,
सजाए गरिबलाई न गास भयो न बास भयो।

भुँई मान्छेको लागि लेख्दा लगाए धार्ने हात,
अपराधीकै लागि लेख्नेहरू सधै पास भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ०९ २०२४ 1 Oct 2024, 03:40

गजल
ज्यान धनको त खति हुनेसम्म भयो,
बाढी पहिरोले दुरगती हुनेसम्म भयो।

पानि आफै पनि बाटो बनाउँछ भन्थे,
आफ्नै मनमा भत्भती हुनेसम्म भयो।

खोलामा घर बन्यो फटाहाकै जालमा,
आक्रोश समेत कुदरती हुनेसम्म भयो।

ज्यान गयो कसैले गलती हो भन्दैनन्,
त्यहाँ कुक्रमकै अनुमती हुनेसम्म भयो।

ए नेता हो केही त गर संसारभरी आज,
हाम्रो देशको वेइजती हुनेसम्म भयो।

के गर्नु के नगर्नु व्यवस्था देख्दै दिक्क,
केही गरौँ नागरिक अति हुनेसम्म भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ १० २०२४ 2 Oct 2024, 04:32

गजल
जताततै रूवाबासले गरौँ दँशै वहिस्कार लाग्छ,
यस्तो वेला खुसिहुनु नरमाइलो व्यवहार लाग्छ।

दिनौँ बाढी पहिरो अकालमै मारिएका छन् यहाँ,
हाम्रो देश सँग प्रकृती रिसाएको लगातार लाग्छ।

धनको लोभमा खोला रोके बनाए महल बगरमा,
मान्छे धनकै लोभमा अन्धो भयो वेसुमार लाग्छ।

भनिन्छ पानीले आफ्नो निकास खोज्छ आफैले,
तर मान्छेको जातलाई यो ठटौले समाचार लाग्छ।

कैयौँ पटक ठोक्कींदा पनि होस नाउँने जात हाम्रै,
त्यसैले त हाम्रो देशको हुनसकिन निखार लाग्छ।

कसरी मनाउँ हामी दँशै र तिहार दुःखको घडीमा,
जता हेर्छौ उतै रूवाबास देख्दा दिकदार लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ १० २०२४ 3 Oct 2024, 07:31

गजल
बिश रूपियाँ झोलङ्गे पुल पार गर्दा लाग्छ,
उनिसँग कानुन नियम तकरार गर्दा लाग्छ।

रोजगार छैन सौचालयमा तिर्नैपर्छ रूपियाँ,
निरङ्कूश साशन खत इन्कार गर्दा लाग्छ।

कसरी बाँचने निर्धनहरू यस्तो गणतन्त्रमा,
अपजस् भ्रष्टाचार को उजगार गर्दा लाग्छ।

साग सब्जिमा लाग्छ कर कुखुरा र खशिमा,
अचेल कर पसु पंक्षिको सुसार गर्दा लाग्छ।

जनता लुटिए तर देश कङ्गाल छ फेरी पनी,
अब त यो व्यवस्था नै चिरफार गर्दा लाग्छ।

दन्किन्छ आगो फेरी हुन्छ गृहयुद्ध देशमा,
अब त अन्तिम पटक मारामार गर्दा लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३ १० २०२४ 4 Oct 2024, 03:31

गजल
बिश रूपियाँ झोलङ्गे पुल पार गर्दा लाग्छ,
अब यो कानुन नियम तकरार गर्दा लाग्छ।

रोजगार छैन सौचालय गर्दा दाम पानीको,
निरङ्कूश भयो कानुन इन्कार गर्दा लाग्छ।

कसरी बाँचने निर्धनहरू यस्तो गणतन्त्रमा,
अपजस् भ्रष्टाचार को उजगार गर्दा लाग्छ।

साग सब्जिमै लाग्छ कर कुखुरा र खशिमा,
अचेल कर पसु पंक्षिको सुसार गर्दा लाग्छ।

जनता लुटिए तर देश कङ्गाल छ फेरी पनी,
अब त यो व्यवस्था नै चिरफार गर्दा लाग्छ।

दन्किन्छ आगो फेरी हुन्छ गृहयुद्ध देशमा,
अब त अन्तिम पटक मारामार गर्दा लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ १० २०२४ 5 Oct 2024, 04:01

गजल
यो देश अचेल युवा बिहिन हुनथाल्यो,
अब यो व्यवस्था सँग घिन हुनथाल्यो।

जता हेर्यौँ उतै विदेशीको चलखेल हुदाँ,
उपनिवेसमा पर्छ की एकिन हुनथाल्यो।

एक त्यही त छैन खुसी मनभित्र अचेल,
दुःख र वेचैनमै अधर मलिन हुनथाल्यो।

अन्धकार छ जता ततै दिनरात उस्तै छ,
सकिदैन जिउँन तिमी बिन हुनथाल्यो।

नपायो निकास न भयो बिकास देशमा,
नागरिककै काँधमा रिनैरिन हुनथाल्यो।

हामि उज्यालोका लागि लडिरहेता पनि,
यहाँ रात भन्द अँध्यारो दिन हुनथाल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ १० २०२४, 6 Oct 2024, 04:03

गजल
कसरी चुप लागौँ मानव बेच बिखान हुन्छन्,
उनिहरू जो हाम्रो समाजका पराण हुन्छन्।

भ्रष्टाचारी र अपराधी भएर पनि छन् स्वर्गमा
जानेर आँखा छोप्नेहरू किन अन्जान हुन्छन्।

मित्र मरेपछि यही समाजले आगो लगाउँला,
टुहुरा हुनेहरू त मात्र मुर्दाका सन्तान् हुन्छन्।

यो समाजले पनि कस्तो उपदेश दिन्छ र उर्ती,
अत्यचार सहे अर्को जनममा समाधान हुन्छन्।

भ्रष्ट पुँजिवादी व्यवस्था ध्वस्त पार्नै पर्छ यहाँ,
इमानको उपहास गर्ने कारिन्दा वैइमान हुन्छन्।

राजनीति व्यापार शड्यन्त्र दाउँपेच हुनथाल्यो,
इमानदारी राजनीति गर्नेहरू त नादान हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ १० २०२४, 7 Oct 2024, 04:25

गजल
हाम्रो देशभित्र जब देशभक्तको कदर हुन्छ,
तब देशको लागि प्राण दिने पनि रहर हुन्छ।

यसो सोंचौँ त हाम्रो देशमा दलाल किन बने,
यस्तै व्यवहारले त लिलाम आफ्नै घर हुन्छ।

युवा खाडिमा हुन्छन् रत नेता हुन्छ गाडिमा,
यही देश पनि त रेमिटेंसमा सधैँ नर्भर हुन्छ।

आमाले इमान धर्मका उर्ति दिएर जानुभयो,
बद्शाला चलाउँदा पनि इस्वर वेखबर हुन्छ।

औषधी बेच्नेहरूले पनि त किन्छन् औषधी,
जान्छन् सबैको बिश्राम गृह उही बगर हुन्छ।

जातको लागि र धर्मको लागि लड्छौँ हामी,
यो व्यवहारमा कस्को उज्यालो अधर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ १० २०२४, 8 Oct 2024, 03:45

गजल
भागेर कहाँ जानु समस्या नभएको सहर छैन,
कुनदिन काल आउँछ जीवनकै पनि भर छैन।

हेर्दाहेर्दै प्रकृतीले कहर बर्षायो बाढी र पहिरो,
कैयौँ ज्यान गयो कति अनाथ भए खबर छैन।

भूमाफियाले बगर प्लाटिङ्ग गय्रो र विक्रि गय्रो,
जस्ले जीवनकै कमाइ लगायो उसैको घर छैन।

जहाँ हिजो बगर बिराएर खेत बनायौँ हामिले,
आज त्यहाँ बजार भयो खोला छैन बगर छैन।

अपराधीले पनि गीताको कसम खान्छन यहाँ,
यो वेइमानहरूको व्यवस्था हो कुनै सदर छैन।

यत्ती भन्छु धर्म जातको राजनिती नगरौँ कोही,
धर्म मानौँ न मानौ कसैलाई पनि कुनै कर छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 9 Oct 2024, 03:36

गजल
घरमा ऋणको रास उसैलाई दँशै खास हुन्छ,
एकदिनको ऋण तिर्न वर्षदिन बनबास हुन्छ।

मदिरा नपिउँनु जुवा न खेलौँ थोरै खर्च गरौँ,
जो ऋणमा पर्छ ऊ जीवनभरीको दाश हुन्छ।

स्वाभिमानका कुरा गर्छौँ आर्काको दाश बनी,
त्यसैले हामी विरहरूको पनि उपहास हुन्छ।

बाजेको ऋण बाले बाको ऋण छोराले तिर्दा,
ऋण तिर्दा दिर्दै यहाँ पुस्तौँ पुस्ता लाश हुन्छ।

बा भन्नुहुन्थ्यो घर समाज चल्छ अनुसाशनले,
अचेल सत्य बचन त केवल बिरोधाभास हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ १० २०२४, 10 Oct 2024, 03:16

गजल
जसले जिवित छँदा मिठो बचन दिएन,
छोराहरूलाई सुन्दर र सफा मन दिएन।

उहि छोरा त हो आज अस्तु घाट पुरायो,
जसले घाट लैंजाँदा पनि कफन दिएन।

आज दुःख बोकेक्यो र समाजले देख्यो,
जस्ले रात काट्न आफ्नो आगन दिएन।

भन्छ समाज ज्ञानि रहेछ दान पुन्य गर्दा,
हिंजो उपचारको लागि उस्ले धन दिएन।

समाज पनि त उस्तै छ राम्रो भन्दा हाम्रो,
सत्यलाई मन मष्तिक भित्र रहन दिएन।

भन्छन् सबैले शिक्षित् भयौँ तर केपढ्यौँ,
घर गर्यो कुसंस्कारले राम्रो पढन दिएन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१० १० २०२४, 11 Oct 2024, 03:37

गजल
केही भएका कलकारखाना पनि बन्द भए,
मिस्त्रिका घन र चाबी पाना पनि बन्द भए।

युवाहरू विदेशमा गएर होटेल कोठी चार्दा,
गाउ घरमा उस्तै नाच गाना पनि बन्द भए।

अब त दशैं तिहारमा पनि सुनो हुन थाल्यो,
उस्तै भैलो मारूनीकै जमाना पनि बन्द भए।

कस्ता  कस्ता नेतालाई जन्मायो मेरो देशले,
गाउ घरमा गफ मिठा मसिना पनि बन्द भए।

वीर पौरखि शन्तानको हिमाल पहाड तराई,
बञ्जर जमिन अन्नका दाना पनि बन्द भए।

हाम्रो देश अचेल विदेशीहरूको मण्डि बन्यो,
लोकल बजार पसल किराना पनि बन्द भए।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ १० २०२४, 12 Oct 2024, 03:41

गजल
आउ तिमी र हामि मिलेर संसार बनाऊँ,
मनको मैला फालौँ सफा व्यवहार बनाऊँ।

आज कुरिती समाजमा जताततै झाँगियो,
एक एक पाइला चालौँ सुसंस्कार बनाऊँ।

चिनाउँनु छ हिमाल पहाड तराई देशको,
देशकै लगाम छोप्ने बलियो औतार बनाऊँ।

एउटै शन्तानमा नगरौँ हामिहरू तनतानि,
सयौँ जातजातीहरू पल्ने रोजगार बनाऊँ।

सबै बिभेदकै अनत्य भनेकै वर्गिए एकता,
श्रमजिविहरू बाच्न सक्ने आधार बनाऊँ।

विरहरूको देश हो कहिल्यै दमन् सहेनौँ,
आफ्नै बलबुतामा बलियो औजार बनाऊँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ १० २०२४, 13 Oct 2024, 03:59

गजल
सुन्दर देश भएर केकाम यहाँ रोजगार छैन,
आफ्नै देशमा जीवन यापनको आधार छैन।

गरिबहरू जहाँ गएपनि उस्तै छ दुःख पिडा,
गरिबको मर्म बुझ्ने यो संसारमै सरकार छैन।

डिग्रीकै बद्लामा राहादानी दिन्छ सरकारले,
रोजगारकै ग्यारन्टी शुरक्षा सिमाना पार छैन।

जसले अस्तु बोक्यो र आज देउघाट पुग्यो,
जीवित छँदाको देख्ने लाएक व्यवहार छैन।

वेइमानहरूको बिगबिगी छ हाम्रो समाजमा,
मृत्यु पछि तामझाम जीउँदाको उपचार छैन।

सबैले भैंदोहन गर्दा आज देशनै घायल भयो,
जनताले नजोगाए देश जोगाउँने औतार छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ १० २०२४ 14 Oct 2024, 04:09

गजल
कोही भएपनि नभएपनि संसार चेलेकै हुन्छ,
मानिसहरूको त जिउँने आधार चलेकै हुन्छ।

रहर बाँचने सबैलाई हुन्छ जन्मदाता मरेपनि,
जस्तो भएपनि प्रकृती व्यवहार चलेकै हुन्छ।

खुसि हुन चाहिन्छन् स साना मेला पर्व पनि,
मरेपनि संझनाले मनभित्र दरार चलेकै हुन्छ।

भन्छन् तिमी बिना यो जिन्दगि चल्दैन प्रिय,
यहाँ तालमेल गरेर पनि सरकार चलेकै हुन्छ।

मन तिमाल्ने बाटो नै रहिछ यो सम्झना पनि,
फर्केर नआउँनेको पनि इन्तिचार चलेकै हुन्छ।

जनाव ऊ सँग सम्बन्ध टुटेको पनि वर्षौँ भयो,
तर मनको मन सँग कुरा लगातार चलेकैहुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४ १० २०२४, 15 Oct 2024, 04:28

गजल
घाउ निको भयो तर खाटो उस्तै छ,
जती ठेंश लागे पनि बाटो उस्तै छ।

रहर जिन्दगीको कहाँ टुङ्गिन्छ केथा,
एक मुट्ठी स्वासकै यो साटो उस्तै छ।

त्यो बद्लेकै हो दाल भात भेटाउँदा,
तागतिलो त्यो मकैकै आटो उस्तै छ।

जति सम्झाए पनि सम्झिदैनन् उनि,
सरकारमै पुराउँने सधैँ लाटो उस्तै छ।

आमाले त सबै छाडी जानुभयो यहाँ,
सम्झनाकै लागि त्यही पाटो उस्तै छ।

बदलियो मानिसकै नाता सम्बन्ध यो,
संसारमा ढुङ्गा उस्तै छ माटो उस्तै छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ १० २०२४ 16 Oct 2024, 03:57

गजल
भन्छन् कहिले औषधिले पनि रिएक्सल गर्छ,
मित्र जस्तै आफ्नो परछाईंले समेत छल गर्छ।

चुनाव लड्दा जसले गर्यो देश जनताका कुरा,
सरकारमा उसैले आफै रमाउँने छलफल गर्छ।

जसले जन्मायो र हुर्कायो उसैले छाडेर गयो।
प्रकृतीले पनि यस्तै मार्मिक नियम अटल गर्छ।

जो समय बित्यो त्यही अब किन फर्किन्थ्यो,
समयले जान्दैन नेताले मात्रै दल बदल गर्छ।

हामी आमूल परिवर्तनकै लडाई लड्दै आयौँ,
तर संघारमा नपुग्दै नेताले क्रान्ती बिफल गर्छ।

त्यो त ऐनाहो साथी जसले मलाई बुढो गरायो,
साँच्चै भन्दा मन त सधैभरी उस्तै तलतल इर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ १० २०२४, 17 Oct 2024, 03:17

गजल
भन्नेले भन्छन् दशैँ गयो र तिहार आयो,
सबैका घरभित्र खुसिको आधार आयो।

छोराको भिजा आयो खाडि जाँदैछ ऊ,
कसैको घरभित्र दिउसै अंधकार आयो।

दशैँ भन्दा पहिल्यै नै उड्नु भयो स्वामी,
आफ्नो घरमा त लुटिएकै संसार आयो।

अन्याय र अत्याचार हुन्छन् दिनौँ यहाँ,
सरकार भन्छ गाउँमै सिहँदरबार आयो।

आमा बा छोराकै बाटो कुर्दैथिए दशैँमा,
यता छोरा मरेकै दुःखत् समाचार आयो।

भन्छौ हाम्रै देश बनाउँछ नयाँ सरकारले,
तर आवरणभित्र विदेशी बफादार आयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ १० २०२४ 18 Oct 2024, 04:15

गजल
कसरी बन्छ देश देशभक्तको कदर नभए,
विकाश गर्ने यो देशका नेताको रहर नभए।

देश धरौटी राख्यो र सरकार चलायो नेताले,
खोलाले पनि बाटो बनाउँनै पर्छ बगर नभए।

प्रिय यो घर कसोगरी चल्छ भनिदेउ हाम्रो,
भाईलाई दाईको दाईलाई भाईको भर नभए।

विकाश गर्दैन यो सरकारले पनि तमाशा गर्छ,
कसरी चल्थ्यो रेमिटेन र नागरिको कर नभए।

आज सरकारकै दृष्टीमा कदर छैन शहिदको,
देश नै खाइदिन्थ्यो दुष्टले उनको डर नभए।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८ १० २०२४ 19 Oct 2024, 04:00

गजल
तिमीलाई छुन आकासकै जुन को चिन्ता छ,
मलाई छाक टार्ने चामल र नुन को चिन्ता छ।

कसरी चल्छ घरबार आकास छुन खोज्दा ,
आफुलाई अचेल आफ्नै खुन को चिन्ता छ।

तिमी सधैँ एक मधेश एक प्रदेशकै कुरा गर्दा,
यहाँ हिमाल,पहाड मधेश र दुन को चिन्ता छ।

यो स्वाभिमानी नागरिकले सिङ्गो देश रोज्दा,
तिमीलाई भने विदेशी त्यो धुन को चिन्ता छ।

युवाहरू आफ्नै देशमा रोजगार पाउँने चिन्ता,
हाकिमलाई तलब भन्दा सुगुन को चिन्ता छ।

केखाऊँ भन्नेछ गरिबको घरमा बिहान बेलुका,
पेटमा अघाएकालाई चाँदी सुन को चिन्ता छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ १० २०२४ 20 Oct 2024, 07:12

गजल
मुर्दाको होइन जिउँदाको उपचार हुनसक्छ,
मरेपछि त मात्र अन्तिम संस्कार हुनसक्छ।

छोरा यदी शरबण कुमार बन्नसके बाबा भने,
त्यसैमा बा आमा जिउँने आधार हुनसक्छ।

बरू साहित्यकार बने तर दलाल नेता नबने,
कवि वेइमान हुन्न तर नेता गद्धार हुनसक्छ।

हुनत राजनीति नगर्नु त्योपनि राजनीतिनै हो,
मान्छेलाई छुट्टाउँने उस्कै व्यवहार हुनसक्छ।

ऊ खाडीमा भएपनि चिन्ता छ आफ्नै देशको,
त्यसैले त ऊ नेपाली विरकै औतार हुनसक्छ।

देश जोगाउँनेहरू त महान सपुत हुन देशका,
नेताको भर नपरौँ देशको व्यापार हुनसक्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० १० २०२४, 21 Oct 2024, 04:01

गजल
जनताले नबुझ्दा देशको भविश्यनै अन्धकार हुन्छ,
घर पोलेर दुश्मनलाई उज्यालो दिने व्यवहार हुन्छ।

कसरी भ्रष्टाचार सकिन्छ कसरी अपराध सकिन्छ,
भ्रष्टाचार रोक्न खोज्दा आफै गुल्टिने आधार हुन्छ।

राजनीति कहाँ हुन्छ लुटमार र हुन्छ रूवाबास यहाँ,
हाम्रो देशभित्र त राजनीतिको नाममा व्यापार हुन्छ।

छोरा विदेश नजाउ देशमै शङ्घर्ष गर देशका लागि,
यहाँ देश धितो राखेर स्वाभिमानसँग कारोबार हुन्छ।

तिमी धर्म र पापका कुरा गर्छौ बदशालाकै व्यपारमा,
के थाहा कुनवेला कस्को गर्धनमा तिम्रै औजार हुन्छ।

बरू इमान धर्मका कुरा नगरौँ यो वेइमानको बस्तिमा,
पुँजिवाद भित्र शान्तिकै नाममा लुटेराको संसार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ १० २०२४, 22 Oct 2024, 03:31

गजल
हाम्रो देशमा नेता कस्तो  कस्तो तमास गर्छन्,
उनैको आडमा दुश्मनहरूले यहीँ बास गर्छन्।

उसैले यो देशलाई नर्कतुल्य बनाउँदै छ साथी,
जसलाई नागरिकहरूले सहयोग खास गर्छन्।

गरिबले कहाँ सक्छन् काम बाहेक अरू कुरा,
धनमान हुन जस्ले श्रमजिविकै उपहास गर्छन्।

कहिले पैसा तिर हेर्छु कहिले आफु तिर आफै,
पैसानैहो कसैलाई पास कसैलाई उदास गर्छन्।

कहिले कतार कहिले कुवेत भाग्छन् हाम्रै छोरा,
म भन्छु गर्नेले यही माटोमा अन्नको रास गर्छन्।

जन्म थोलो नेपाल भएपनि अनिश्चित कर्मथलो,
भाग्नबेर हुन्छ युवालाई जसले बाह्र पास गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ १० २०२४, 23 Oct 2024, 04:27

गजल
थाहाछ मानिस कसरी साहुकार हुनसक्छ,
जसको दुश्मन सँग पनि करार हुनसक्छ।

राइफल बोकी आफु जस्तैलाई मार्छ जस्ले,
ऊ पनि कसै न कसैको बफादार हुनसक्छ।

यो पेट हो जस्ले सिकाउँछ काम गर्ने नगर्ने,
मानिसको नजरमा दोषि औजार हुनसक्छ।

पुँजिवादमा एक आर्कोलाई उछिन्न खोज्दा,
अन्न भन्दा बढी उत्पादन हतियार हुनसक्छ।

के सम्भव छैन भन प्रिय आजको दुनियामा,
तिमिले छाडेर गएपनि सँगै संसार हुनसक्छ।

हुँदैनहुने काम समेत पैसाले सफल हुनेभयो,
आज आमाकै कोख पनि व्यापार हुनसक्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ १० २०२४ 24 Oct 2024, 03:11

हाम्रो देशमा भ्रष्टाचार र अपराध भरपुर भयो,
आम नागरिकहरूका सपना चक्नाचुर भयो,

खुलेआम भ्रष्टाचार हुन्छ ठगि हुन्छ देशभित्र,
अपराधीहरू मुक्त भयो कैदमा वेकसुर भयो।

की लैलामज्नु की मुना मदनका कुरा हुन्छन्,
देशभक्त र शहिद किन हृदय बाटनै दुर भयो।

उहि बा जसले छोरा पाउँन धायो मठ मिन्दिर,
उसैको नजरमा बा भन्दा प्यारो एकधुर भयो।

तिमिले झोले भन्छौ चम्चा भन्छौ ज जसलाई,
नेतालाई सोध उसको लागि त कोहिनूर भयो।

उहिले बनमा कण्ठमूल हुन्थे प्रसस्तै देशभित्र,
अहिले किन्नै नसक्किने पावभर टिमुर भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ १० २०२४ 25 Oct 2024, 02:31

गजल
घरमा चुलो बल्दैन सडकमा टाएर बालेका हुन्छन्,
युवाहरूले आ आफ्नै समय खेरा फालेका हुन्छन्।

ज जसले कहिल्यै न आफ्नो न अरूको घर बनाये,
देशको स्वाभिमान र आर्काको घर ढालेका हुन्छन्।

तमास छ हाम्रो देशको राजनीति र समाजिक ढाँचा
आमालाई वृद्धाश्रममा राखेर कुकुर पालेका हुन्छन्।

बाबाले आर्काको काम गरी दिलायो छोरालाई डिग्री,
आर्काको छोरी सँग मिलेर आश्रमा फालेका हुन्छन्।

कस्तो जमाना आयो आज दिनलाई पनि रात भन्दा,
खुब तालि पिट्छन् ज जसले आँखा टालेका हुन्छन्।

भोक र तिर्खा त सबैलाई लाग्छ जीव जन्तु भएपछि,
यो धर्तिमा ज्यान पाल्ने बाटो सबैले थालेका हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ १० २०२४ 26 Oct 2024, 03:28

गजल
कसैले रूवायो हँसायो सफर जिन्दगिको,
कहिले टुङ्गिन्छ आफ्नो रहर जिन्दगिको।

बनाउँछु भन्दाभन्दै पनी भत्कियो सपना,
पानी बिना माछो भयो डगर जिन्दगिको।

उडेर जाउ वा गुडेर जाउ उहिहो गन्तव्य,
कहाँसम्म पुगाउँछ छैन खबर जिन्दगिको।

तिमी भन्छौँ धेरै धन सम्पती कमाउँनै पर्छ,
गुन्द्रुक र आटोमै रमाउँ केभर जिन्दगिको।

कर्मकै फल मिल्छ यहाँ तक्तिरको नभनौँ,
पातिले बारेकै पनि हुन्छ घर जिन्दगिको।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६ १० २०२४ 27 Oct 2024, 05:28

गजल
पत्थर पुज्दा समय हुन्छ वर्बाद किताब बढे ज्ञान
किन सुन्थ्यो हाम्रो समस्या जसभित्र हुंदैन पराण।

बिहान बेलुका गई माग्छौ फकिर बनेर द्वार जहां,
मन्दिरभित्र मिल्थ्यो भने पुजारी किन माग्थे दान।

आफ्नै हातको मयल बाट नै उत्पादन हुन्छ बस्तु,
पसिना पोखेर पनि हामिले देखाउन सक्छौ शान।

जसले जे भनेपनि सयौं कुराको परिणाम एउटैहो,
परिश्रमले गर्नसक्छ प्रत्येक समस्याको समाधान।

न तरवार न बम न आगो नत पानी फेरिपनी यहां,
एउटा कविताले पनि साचैं उठाउंन सक्छ तुफान।

ए नेता छाड राजनीति प्रदुषण भयो झुटको यहां,
बरू खोलेर बस आफ्नो स्वाभिमानको दोकान।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ १० २०२४ 28 Oct 2024, 04:45

गजल
जस्ले गरिबको पसिना लुट्यो यहाँ कारोबार गर्यो,
उसैको सम्मान किन हुन्छ इमानको व्यापार गर्यो।

आमा सपनिमै पनि हिम्मत नहार छोरा भन्नुहुन्छ,
यहाँ इमानको त अचेल वेइमानले चिरफार गर्यो।

हो टोकरीमा ढाकेर लुकाएको बिरालो म्याउ गर्दा,
भन्छन् बाबु दुश्मनले आफ्नै गलती उजगार गर्यो।

कहाँ लुक्न सक्छ भाई नेता बनौं वा मन्त्री याहा
आफ्नै व्यवहारले घाम जस्तै प्रष्ट लगातार गर्यो।

तिमीलाई उछिन्नखोज्यो वा भेट्न थाहा पाउँनैपर्छ,
किन दुश्मनले तिम्रो यति राम्रो आज सत्कार गर्यो।

हिंजो जसले देश जनताकै लागि मर्ने गर्थ्यो वाचा,
आज उसैले पद र प्रतिष्ठाकै लागि मारामार गर्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ १० २०२४, 29 Oct 2024, 03:50

गजल
राम्रो गराउँन खोज्छु झन दलदल हुन्छु,
हाम्रो यो व्यवहारले दुश्मन् गल्गल हुन्छ।

खै औषधीले पनि रिअक्सल गर्छ होला,
राम्रो गर्दागर्दै छिमेकिसँग सधैँ कल हुन्छ।

भन्छ दोधारा चाँदनी पनि हाम्रै हो उस्ले,
सिमानामा पनि सधैँभरी खलखब हुन्छ।

अतिक्रमणकै बिरूद्धमा आन्दोलन् गर्दा,
दलालहरूले गर्दा सधैँभरी बिफल हुन्छ।

हाम्रो सरकारमा पनि छन् दलाल विदेशी,
खेतीको वेला नत जल हुन्छ न मल हुन्छ।

आज भोली धर्म कर्मका कुरा गर्छौ तिमी,
गुण्डाको राज हुँदा जहिलेपनि छल हुन्छ।

जीत अवश्य पनि हुन्छ एकदिन शंघर्षमा,
जो निडर हुन्छ सच्चाईमा नि अटल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही राही १८
२९ १० २०२४, 30 Oct 2024, 03:19

गजल
मानिसको सहयोगमा ढुङ्गा मन्दीर सम्म पुग्यो,
गुड्ने उड्ने बनायो धर्तिकै आखिर सम्म पुग्यो।

जब फर्कियो र पुज्यो उही ढुङ्गालाई मानिस ले,
अवसरबादीहरू सजिलरी नै अमिर सम्म पुग्यो।

अहिले हाम्रो देश समेत उहि ढुङ्गा कै भरमा छ,
त्यसैले त आज सिङ्गो देश नै भिर सम्म पुग्यो।

भन्थ्यो यो मानिसको भाग्य खोटो छ जोतिषले,
अब खरानी लगाएकै निदार अबिर सम्म पुग्यो।

के फरक नेता तिमी र भिखारीमा ऊपनि माग्छ,
यो माग्ने सिलसिला अचेल जागिर सम्म पुग्यो।

हिंजो चिनजान थिएन चिन्तापनि थिएन कत्ती,
चिनजान बढ्यो छुट्टिंदा यो मन पिर सम्म पुग्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० १० २०२४ 31 Oct 2024, 03:09

जल
हामि देशभक्त नभए देशकै सत्यानाश हुन्छ,
देशभित्र विदेशीको सधैँका लागि बास हुन्छ।

कति ठुलो छर हाम्रो देश सङ्घीयता ल्यायौँ,
टुक्रा टुक्रामा बिभाजित भए एक गास हुन्छ।

थाहा छ कहिल्यै गुलाम हुन दिएनन् पूर्वजले,
केथाहा आफ्नो सन्ताननै कुनैदिन दास हुन्छ।

हामि जता बसेपनि टाडा हुनेछैन हृदय हाम्रो,
देशभक्तको लागि त मात्रृत्व भूमि खाश हुन्छ।

देशभित्र आन्दोलन हुन्छ तर हुँदैहुँदैन क्रान्ति,
कसरी हुनसक्थ्यो मनमा स्वार्थको रास हुन्छ।

युवा बिहिनको देश हुन्छ घर पिलर बिनाको,
नागरिक असाय हुन्छन् देशभित्र तमास हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 1 Nov 2024, 03:49

जल

आज दाल भात बाँटे यो त्यही सहर थियो,
जहाँ माछालाई पानी बिनाको बगर थियो।

लाहुर त हिँजो पनि जान्थ्यौँ मलाया युवा,
उस्तै छ आज जस्तो हिंजो अक्कर थियो।

श्रमजिविहरू मानो र छानोका लागि पुग्छौँ,
कुनै वेला हाम्रो परिश्रमकै पनि कदर थियो।

एकछाक गुन्द्रुक र आटो नपाई पुग्यौँ परदेश,
छिमेेकीले काम दिन्छ भन्ने अघात भर थियो।

कहाँ भरिन्थ्यो साथि यो चुँहुने घैंटोमा पानी,
जहाँ ठाउँ ठाउँमा नदेखिने तमाम् चर थियो।

म आफैले पनि व्यवस्था बदल्न कम्मर कसें,
जो व्यवस्था लिएर आयौँ झनै झरझर थियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ ११ २०२४, 2 Nov 2024, 04:00

गजल
सबै सबैलाई जिउँने रहर हुँदो हो,
यो हावा र पानीकै असर हुँदो हो।

कस्ले फुलाउँथ्यो यो फूलको बगैचा,
आफु नै मर्ने उस्लाई खबर हुँदो हो।

यो जगमा पनि कुनै हुँदैनथ्यो कमी,
आँखामै त्यो हँसिलो अधर हुँदो हो।

उर्लियो खोला रूवायो मनुवाहरूलाई,
रिसाउँने थिएन शुरक्षित बगर हुँदो हो।

को जान्थ्यो परदेशमा रोजगार भए,
यदि गास र ओटलाग्ने घर हुँदो हो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ ११ २०२४, 3 Nov 2024, 03:24

गजल
जिउँने मन् छैन तर जिउँन कर लाग्छ,
छैन मायाँ आफ्नो अरूलाई भर लाग्छ।

हाङ्गा बाँगा नभयको रूख हुन्छ कहाँ,
साखबाट नै हाँगा भाँचिन्छ डर लाग्छ।

जीवन आफ्नै भए नि हुनेरैनछ आफ्नो,
कहाँ पुगेर टुङ्गिछ ज्यान् वेखबर लाग्छ।

मन् भित्रको कुरा कहाँ गई पोखु साथि,
जिउँने भन्दा अचेल म मर्ने रहर लाग्छ।

भन्न त भन्छन् जीवन शंघर्ष र सफर हो,
सकिँदै नसकिने शंघर्षको सफर लाग्छ।

न दिन्छ उर्जा हवा पनि दिन्छ न मायाँले,
किनहो कुन्नी बिरानो धर्ती सगर लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३ ११ २०२४ 4 Nov 2024, 03:41

गजल
जब नेताहरू लाई यो देश बनाउँने रहर हुँदैन,
नागरिकलाई पनि उनलाई भोटदिने कर हुँदैन।

व्यवस्था सुन्दर सान्त तबसम्म हुनसक्दैन यहाँ,
जबसम्म नेतालाई देशका जनताको डर हुँदैन।

यो देश नागरिकको हो नेता पनि उनैले चुनेका,
आफै बनाउँ नेता त दलाल हुनसक्छ भर हुँदैन।

खोला कहाँ हिंड्ने भनौँ त बर्षायाममा थुनेपछि,
जब खोलाकै बाटो अतिक्रमण हुन्छ बगर हुँदैन।

मानव सबै जीव जन्तु भन्दा चेतनसिल प्राणि हो,
तर बुझ्नै सकिन ऊ प्याउते सगर समुन्दर हुँदैन।

बाबा हेर्नोहोस् हजुरको हातका फोरा ठेला बन्यो,
तर एउटा राम्रो ओट लाग्ने हाम्रो किन घर हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ ११ २०२४ 5 Nov 2024, 03:36

गजल
यो रात आउँदै नआए तो झनै राम्रो,
घरको यादले नसताए तो झनै राम्रो।

परदेशि भूमिमा दिन बिताए त पनि,
रातिमा आँशु नबगाए तो झनै राम्रो।

पसिनाले भिजाउँछ तन दिन र राती,
अनिन्द्राले धेरै नगलाए तो झनै राम्रो।

शंघर्ष पनि कति हो कति सिमा छैन,
जीवनले छुट्कारा पाए तो झनै राम्रो।

कसैको भरमा बाँच्न नपरे हुँने हामि,
क्रान्तिको बाटो समाए तो झनै राम्रो।

अब त मनले मनलाई भुलाइदिए हुने
सम्झनाले यो मुटु नखाए तो झनै राम्रो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ ११ २०२४ 6 Nov 2024, 05:17

गजल
बारीमा आलु फलाउँदा पनि पानी चाहिन्छ,
जस्तै मुही मोथ्नका लागि मधानी चाहिन्छ।

जन्मिएका जति मर्नुपर्छ एक दिन सबै हामी,
मरेपछि पनि जीवित रहन कहानी चाहिन्छ।

युवा बिहिन हुँदै गयो हाम्रो देश आज हिजोँ,
पुर्वजले गरेकै जस्तो युवामा बानि चाहिन्छ।

डिग्री लिएर मात्र कहाँ पाइन्छ मज्दुरी यहाँ,
निमेक गर्न भिजा सँगै राजदानी चाहिन्छ।

डिग्री देखेर थिएन खुसिकै सिमाना बाबाको,
आज भन्नुहुन्छ मर्दा पनि त मलामी चाहिन्छ।

हाम्रो समाज देख्छन् मरेपछि स्वर्गको सपना,
यहाँ प्राण भन्दापनि मुर्दाको खरानी चाहिन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ ११ २०२४, 7 Nov 2024, 05:29

गजल
दुश्मनले पनि यहाँ समय कुरेर बसेको हुन्छ,
वार त्यहीवेला गर्छ उल्झनमा फसेको हुन्छ।

कसरी छुट्याउँने दुश्मन र दोस्तलाई हामिले,
अनुहारमा उसले सधैँ जिलाव घसेको हुन्छ।

आमा इमान् र धर्मको परिभाषा नै बदलियो,
एक आर्कालाई सिद्याउँन कमर कसेको हुन्छ।

अरूले कहाँसक्छ मित्र हृदय भित्र पस्न पनि,
आफ्नैले हो मुटुभित्र पसेर छुरा धसेको हुन्छ।

हिंजो लडेको आज उठ्न सक्छ मोहदय यहाँ,
उठ्न सक्दैन त्यो जो नजरबाट खसेको हुन्छ।

सबैलाई भुल्न सकिन्छ तर भुल्न धेरै अप्ठारो,
जो आखाँको बाटो यही हृदयमा पसेको हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ ११ २०२४, 8 Nov 2024, 04:55

गजल
जसले प्राण दिए कहाँ उन्काबारे छलफल हुन्छ,
हाम्रो देशभित्र त जहिले पनि रगतकै भल हुन्छ।

बाँचेकाहरू कहिले सडक कहिले सदन तताए,
सत्ता र भत्ताकै लागि यो दिनानुदिन कल हुन्छ।

जसरी पनि कुर्चि चाहियो सत्ता साझेदारी पनि,
नत्र कुर्ची नपाए पछि दिनदिनै दलबदल हुन्छ।

जसले देश र जनताको भलो गर्ने कसम खायो,
सत्तामा पुग्दा बित्तिकै सम्पति चल अचल हुन्छ।

किसान सधैँ खेतबारीमा हाड छाला खियाउँदा,
सरकार मौन छ न सिंचाई न बेलामा मल हुन्छ।

सरकार काम गर्न नजानेर आज ऋणमा पर्यो,
जनता हुन् देशका निर्माता फैसला अटल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ ११ २०२४ 9 Nov 2024, 03:01

गजल
सबैलाई खुसि लाग्छ स्वास्थयमा सुधार भए
कसरी निको हुन्थ्यो व्यवस्थानै बिमार भए।

डाक्टर यस्ताछन् की अल्लमल्ल पार्दिन्छन्,
महिनौँ निको हुँदैन रूघा खोकी,भुखार भए।

कसलाई भनौँ मनको दुखेसो कसले सुन्ला,
अपराधीका नाइके देशभित्रको सरकार भए।

जसले नसिहत दिन्छन् स्वर्ग र नर्कका यहाँ,
अचेल उनै सरकारका साख्खै बफादार भए।

अब नैतिक्ताका कुरा नगरे हुन्छ हाम्रो देशमा,
नीति सिध्दान्त् आलुकै भाउमा व्यापार भए।

जो भ्रष्टाचारी हो कालो बजारी हो दलाल हो,
उनैका पक्षपोषण गर्ने धेरैजसो अखबार भए।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ ११ २०२४, 10 Nov 2024, 06:18

गजल
जनता मरायो यहाँ सक्यासम्म अत्याचार गरायो
यो राजनीतिले पनि किन नराम्रो व्यवहार गरायो।

बुढ्यौली पेन्शिन पाउँनपनि पार्टी ज्वाइन गर्नुपर्ने,
यस्तो दबाव मूलक हाम्रो देशको आधार गरायो।

तिमी भन्छौँ गरिबकै सत्ता हुनुपर्छ कुन आधारमा,
यहाँ धनमानले आफ्नै अधिनमा यो संसार गरायो।

कतैछैन न्याय निसाब गरिबको लागि हिंजो आज,
राजनीति पेसा गरायो नैतिक्ताको व्यापार गरायो।

यिनै त हुन देशलाई सुइट्जरलैण्ड बनाउँछु भन्थे,
आज यिनै नेताहरूले देशलाई नाङ्गे झार गरायो।

स्वास्थ रहौँ मस्त रहौँ भनेर जती नारा लगाए पनि,
व्यवहार यस्तो भयो जस्ले समाजनै विमार गरायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१० ११ २०२४ 11 Nov 2024, 05:05

गजल
यिनै शब्द भविश्यका प्रतिफल भए,
तिमिले स्वर मिसाएपछि भए।

लगाउँन पुगेंछु हिमाल सँग साइनो,
त्यसैले अंमर भए अनि अटल भए।

थाकिएको वेलामा लालि गुराँश हर्दा,
नशानशामा रगत उस्तै सलबल भए।

सोंच्छु कस्तो शक्ती छ सगरमाथामा,
साम्राज्यवादीहरू पनि तलतल भए।

यो देशकै माटो औषधी जस्तै लाग्छ,
कयौँ दुष्ट यो देशबाट नै ओजेल भए।

जसले हामिलाई सिद्धाउँने प्रयासगरे,
उनि यही माटोमा आएर घायल भए।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ १० २०२४ 12 Nov 2024, 03:37

गजल
भाई समय भन्दा बलवान केहिपनि छैन,
त्यस्को ठ्याक्कै समाधान केहिपनि छैन।

मिलाउँनुपर्छ हरेक स्वरमै ताल मा,
त्यही भन्दा ठुलो योगदान केहिपनि छैन।

कसैले त देशको लागि आफ्नै प्राण दिए,
उनैसँग गरे गद्धार वेइमान केहिपनि छैन।

यो दुनियामा गरिब र धनीको हुन्छ कथा,
सबैले खोज्नेगर्छन् लगान केहिपनि छैन।

बिकास देशभित्र कछुवा चाल जस्तै भयो,
नेतासँग छभने उहि उखान केहिपनि छैन।

जसले जेजानेको छ त्यही विक्री गर्छ यहाँ,
सबै थापेका हुन्छन दोकान केहिपनि छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ १० २०२४, 13 Nov 2024, 05:40

गजल
किन हुन्छ दुर्घट्ना सहर किन बेखबर हुन्छ,
धुवां र रूवाबासमै जलेको किन सहर हुन्छ।

कसको नजर लाग्यो होला हाम्रो देशलाई,
जता हेर्छौं उतै धमिलो प्रत्येक अधर हुन्छ।

विदेशीको अतिक्रमणमा परेकोछ देश हाम्रै,
न शुरक्षित स्वाभिमान न खोला बगर हुन्छ।

कुनदिन डुब्छ शमुन्दरमा नैयां माझि विना,
सोंचिरहन्छु सधैभरी आफुलाई नै डर हुन्छ।

न बाटो हुन्छ गतिलो न हुन्छन् बहान दुरूस्तै,
व्यवस्थालाई जति भनौं उत्ती वे असर हुन्छ।

अचेलको यो समाजमै न्यायं हराएको भेट्दा,
जता हेर्छौं उतै धन पैसाको मात्र कदर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ११ २०२४ 15 Nov 2024, 06:33

गजल
धर्मको नाम व्याक्ती पुजामा विस्वास गर्छन्,
एकजनालाई समाजले सम्मान खास गर्छन्।

प्रभु मानिसहरूको बुद्धी कहिले पलाउला,
किन यसरी मानव समाजमा तमास गर्छन्।

अंधविस्वासको जालमा फसेका फसिरहदाँ,
दुनियाँले हाम्रो समाजलाई उपहास गर्छन।

यिनी पुरेतहरूले किन छाड्थे स्वर्ग आफ्नो,
उतै भिड जहाँ जयकार उनैका दास गर्छन्।

कतै सुरक्षित छैन मनमा घर जमायो कुरिती,
यिनैले मानवको सोचने शक्तिकै नाश गर्छन्।

कहाँ हुन्थ्यो यो देशको उन्नती भुलभुलैयामा,
जहाँ दिनानुदिन तमास जिउँदा लाश गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ ११ २०२४, 16 Nov 2024, 06:24

गजल
कस्तो हुन्छ सधै अन्याय अत्यचार जताततै,
देखिनथाले सैतानहरूका बफादार जताततै।

मानवता बिहिन छन् मानिसहरू रोबट सरह,
समाजमा भयो आतङ्ककै आधार जताततै।

धर्म र पापको परिभाषा केहो नर्क र स्वर्गको,
बन्छन् सिध्धाउँन आफैले हतियार जताततै।

खोकलो छ सिस्टाचार स्वार्थिको सङ्खनाथ,
कात्रोको समेत हुन्छ घाटमै व्यापार जताततै।

गरिबको कहाँ थियो र सरकार संसारभरिमा,
लुटहाका महल भएकाछन् संसार जताततै।

पसिनामा हुन्छ रजाईँ रगतको हुँदैन हिसाब,
आतङ्कको नै हुन्छ सधैँ कारोबार जताततै।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ११ २०२४, 17 Nov 2024, 07:15

गजल
कहाँ पुगेर टुङ्गिन्छ जीवन सफर हाम्रो,
कसले दिन्छ गन्तव्य कहाँ खबर हाम्रो।

समाजको एउटा अङ्ग बनेको छु मै पनि,
मिल्छ की मिल्दैन त्यही घट बगर हाम्रो।

नतमस्तक गवारा छैन कुरितीमा मलाई,
कुसंस्कारका जरा काट्ने छ रहर हाम्रो।

बगाउँछन् रगत पसिना ति ज्यामिहरूले,
लुटेरा रमाउँछन छ व्यवस्था गदर हाम्रो।

जब खिल्छ अन्न फाँटमा भोको पेटपनी,
फूल जस्तै मुस्कुराउँछ सधैँ अधर हाम्रो।

आफै पनि रूपियाँ तिर हेर्छु हासो लाग्छ,
बनि छातिमा आरपार पुगे खञ्जर हाम्रो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ ११ २०२४ 18 Nov 2024, 03:47

जल

कसै कसैले दिलोज्यान लगाई खबरदार गर्छन्,
तर धेरैजनाले यो देशभित्र सधै भ्रष्टाचार गर्छन्।

हामिले भन्छौँ सङ्घीयताले देश बर्वाद नै पार्यो,
कयौँले परदेशको सरकार सँग खुबै प्यार गर्छन्।

को खारेज गर्नसक्छ सङ्घीयता सम्विधान बाटै,
परदेश सभामै सासन सङ्घीयता अनुसार गर्छन्।

नेताहरूलाई पद चाहिन्छ र प्रतिष्ठा चाहिन्य यहाँ,
पदका लागि उनैनेताहरू सबै सिमाना पार गर्छन्।

हेरौँ त सहकारी घोटाला अनि घोटाला नै घोटाला,
भ्रष्टाचारीहरू सधै यो देशलाई नै चिरफार गर्छन।

बिकास छैन तर यो सङ्घीयता जोगाउन देशमा,
नेताहरू देश धितो राखी ऋण लिन उधार गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८ ११ २०२४ 19 Nov 2024, 05:54

गजल
जुनसुकै सरकार आएपनि विदेशीको रखेल हुनसक्छ,
कसरी बिस्वास गरौँ उसैले गर्दा देश नै फेल हुनसक्छ।

एन जीओ आइएन जीओ वा सहकारीले देश डोराउँदा,
भ्रष्टाचारीहरूको समेत त्यसै भित्र ठेलमठेल हुनसक्छ।

एउटा भिख मग्वा आउँछ र भौतिकवादलाई गालि गर्दा,
क्रान्तिकारीहरूको मनको आगोमा त्यही तेल हुनसक्छ।

भन्छ नारी हरू छोरा छोरी जन्माउँने पुरूषको अर्धाग्नी,
उनै नारी तरर तालि पिट्दा त आफ्नै अपहेल हुनसक्छ।

खै किन यस्तो छ मानिसको समाज म अचम्मपर्छु साथि,
यस्तै रूढीवादी बिचार सँग हाम्रो बिचार वेमेल हुनसक्छ।

किसान ज्यामिहरू र जनता जागेभने साथि यो देशका
सधैभरिका लागि देशका दुश्मनहरूलाई जेल हुनसक्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ११ २०२४, 20 Nov 2024, 02:50

गजल
आफ्नै देश छाड्ने रहर कसलाई हुन्छ,
देखने रहर रित्तो बगर कसलाई हुन्छ।

कामको अनिकाल हाम्रै देशमा केगरौँ,
गनतव्य हिनताकै खबर कसलाई हुन्छ।

दिंदैन मागेर चोरेर खानु स्वाभिमानले,
तर आर्कैको देशमा भर कसलाई हुन्छ।

बोकेर भारी कर्तव्यको डुल्छौँ विदेशमै,
यस्तोमा खुसिको अधर कसलाई हुन्छ।

न काम मिल्छ न आफ्नो जमिन जग्गा,
मानिसमा यस्तो अन्तर कसलाई हुन्छ।

यात्रु विदेशी मजदुर बनेर नर्कको बाटो,
प्रवाशी मजदुरको कदर कसलाई हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० ११ २०२४ 21 Nov 2024, 02:36

गजल
उज्यालो अवश्य हुन्छ अंधकार हटेपछि,
देशबाट अपराध सँगै भ्रष्टाचार हटेपछि।

आमूल परिवर्तन नगर्दासम्म सुख्ख छैन,
विकास हुन्छ दुष्ट आउँने आधार हटेपछि।

हिमाल पहाड तराई कोही हुनुहुँदैन पराई,
शुरक्षित रहनेछ वेदेशी बफादार हटेपछि।

जनताको बिस्वास उड्यो यि नेताहरुबाट,
बिस्वास् हुन्छ राजनीति व्यापार हटेपछि।

नियम कानुनले मात्र कहाहुन्छ समानता,
न्याय मिल्छ समाजिक व्यवहार हटेपछि।

आउ सबै मिलेर नयाँ व्यवस्था ल्याउँ अब,
विकास हुन्छ सङ्घीयताको सार हटेपछि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ ११ २०२४, 22 Nov 2024, 02:58

गजल
साँच्चै चुच्चे नक्शा नक्शामा बिलाए झैँ लाग्छ,
कालापानी लिपुलेख दुष्टलाई दिलाए झैँ लाग्छ।

हेरौँ त छिमेकी टिष्टा देखी सतलज सम्म पुग्यो,
उस्ले हिमालय सँगपनि नजर मिलाए झैँ लाग्छ।

अबत केरह्यो कपिलबस्तु र लुम्वीनिकै पालोहो,
कुनै मन्त्रीलाई त्यस्को घुश खिलाए झैँ लाग्छ।

नतमस्तक हुन्छन् किन यो देशका नेताहरू पनि,
दुश्मन् लाई देखेर डरले पिलपिलाए झैँ लाग्छ।

महाकाली कोशी गण्डकी हुँदै स्वाभिमान पनि,
विदेशीहरूले अचेल सबैलाई जिलाए झैँ लाग्छ।

कसरी मिलापत्र भए हो शाशक देशका बारेमा,
फेरी उही स्वार्थको धागोले सिलाए झैँ लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ ११ २०२४ 23 Nov 2024, 03:13

गजल
जस्ले कहिल्यै काम गरेन उही मालामाल हुन्छ,
जीवनभरी परिश्रम गर्ने किन सधैँ कङ्गाल हुन्छ।

कयौँ कुपोषणका सिकार भए बच्चा गरिबका,
धनमानका घरभित्र सबैथोक फालाफाल हुन्छ।

हामिले सबैलाई आफुजस्तै देख्छौँ आजभोली,
तर जताततै शोशक फटाहाको जञ्जाल हुन्छ।

गरिबहरू जीवनभरी साररिक परिश्रम गर्दापनि,
वेनाम हुन्छ फाटेका लुगा अनि रित्तो थाल हुन्छ।

थाहा छ जब एउटा भाई ढाल बन्छ दुश्मनको,
निश्चित हुन्छ दाइको पनि अकालमा काल हुन्छ।

गरिबको जिन्दगी अपहेलित छ पुँजिवादले गर्दा,
हाम्रो देशमा मार काट बबाल प्रत्येक साल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ११ २०२४ 24 Nov 2024, 02:24

गजल
समाजमा हत्या हुन्छ बलात्कार हुन्छ,
हिशाँ हुन्छ र देशभित्र व्याबिचार हुन्छ।

मानिस मानिस भित्र किन अमेल भयो,
बिभेद बिसंगती समेत लगातार हुन्छ।

किन मानिसहरू कुरा बुझ्दैनन् लोभले,
गर्दा कयौँ नेताहरू देशको गद्धार हुन्छ।

ऋण गरेर नेताले ऐयासी गर्छन् देशमा,
नागरिक आहाल र देश नाङ्गेझार हुन्छ।

तिमी भन्छौ राजनीति गर्नैपर्छ हामिले,
राजनीति काहुन्छ यहाँ त व्यापार हुन्छ।

यस्तैछ पुँजिवादी युगको कथा र व्यथा,
देशमा लोभले कुटामारकै आधार हुन्छ।

लोभले गर्दा छोरालाई सम्पतिकै लागि
आफ्नो आमा र बा मर्ने इन्तिजार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ ११ २०२४ 25 Nov 2024, 04:21

गजल
अतिक्रमण हुन्छ सरकारलाई खबर हुँदैन,
जसलाई मत्री बनाउँछौ उसैको भर हुँदैन।

देश अशुरक्षित र नागरिक सधैँ दुखि हुँदा,
यो जिन्दगीको सजिलो यहाँ सफर हुँदैन।

देशलाई त अघात मायाँ गरिन्छ सधैँभरी,
आफ्नो देशनै छाडी जाने कत्ती रहर हुँदैन।

बाध्यताले मानिसलाई कहाँ  कहाँ पुरायो,
हिँड्नै पर्ने रहिछ जब जीवन निर्भर हुँदैन।

मै जस्ता धेरैछन् लाहुर छाडी देश फर्केका,
त्यो वेलाकै जस्तो किन अचेल अधर हुँदैन।

भन्छन् भन्न त यो देश तेरै हो तर छैन केही,
न मानो न छानो गरिबको कतै कदर हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ११ २०२४, 26 Nov 2024, 04:43

गजल
भाई अपमान नहुनु राम्रो हो सम्मान हुँनु,
नागरिक भएर आफ्नो देशको शान हुँनु।

देश रहे पो राजनीति गरौँला हामिहरूले,
महत्वपूर्ण हो थोरै भएपनि योगदान हुँनु।

बिकस छैन केहीत छ कछुवाकै चालमा,
राम्रो हुन्थ्यो देशमै समस्य समाधान हुनु।

चर्का नारा लगाएर मन्त्री बन्नेहरू अब त,
चिन्नुपर्छ कारण केहो उनिहरू हैबान हुनु।

थाहा छ हाम्रो देश कहिल्यै गुलाम भएन।
गौरव छ ती महान पूर्वजका सन्तान हुनु।

देश बर्वाद हुँनुमा यिनै नेताहरूकै हात छ,
रोजगारका लागि खाडी कोइ जापान हुनु।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६ ११ २०२४, 27 Nov 2024, 04:17

गजल
विकास गर्दैनन् विकासको नाममा बक्वास गर्छन्।
यी भ्रष्टाचारी नेताहरूले देशमा सधै तमास गर्छन्।

कस्को भरमा देश छाडी विदेश जान्छौ युवा शक्ती,
धेरैजसो नेताहरू विदेशीको दलालि खास गर्छन्।

देश हरिकङ्गाल भयो सधै भ्रष्टाचारले जरा गाड्यो,
काम खोज्न विदेशजांदा विदेशीले उपहास गर्छन्।

ए जनता समयमै उठ जुट अनि जाग यस्तै भइरहे,
एकदिन देशलाई यि डांकाहरूले सत्यानास गर्छन्।

धेरै भयो यो देशका जनताहरूले सास्ति पाएको,
ठेक्कापट्टा समेतमा कमिसन पाएभने पास गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ ११ २०२४ 28 Nov 2024, 04:06

गजल
साथी जबसम्म यो देशको सिमानामा पर्खाल हुँदैन,
देशका नेताहरूमा देशभक्ती भावना वेमिसाल हुँदैन।

तस्कर हुन्छ अपराध हुन्छ र देश नै अशुरक्षित सधैँ,
जबसम्म युवाशक्ती यो देशको निमित्त ढाल हुँदैन।

हिमाल सम्म दुष्टकै दृष्टी दलाल कुना कुना देशका,
शुरक्षित देशको स्वाभिमान हुँदैन र फैबताल हुँदैन।

को भन्छ देश घायल छैन अर्ध उपनिवेशिक याहाँ,
त्यो रहिरहन्छ जबसम्म देशमा युवा सञ्जाल हुँदैन।

उत्पादन छैन,छैन राजनीतिमा नि जनताको एकता,
कसरी बाँचौँ यो देशमा नागरिकको देखभाल हुँदैन।

सहकारीमा भष्टाचार हुन्छ अपराध र तस्कर देशमा,
भ्रष्टाचार मुक्त हुदैन उन्लाई कार्वाई तत्काल हुँदैन।

तिमी जातियता क्षेत्रियताका कुरा गर्छौ आजभोली,
पृथक्ताले शुरक्षित् तराई हुँदैन पहाड हिमाल हुँदैन।

सुृरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ११ २०२४ 29 Nov 2024, 04:10

गजल
हाम्रो तिम्रो सधैलाई एउटै घर हुनुपर्छ,
तिमिलाई मेरो मलाई तिम्रो भर हुनुपर्छ।

ठोक्कर लाग्दै गर्छ हिँड्न छोड्छौँ कहाँ,
यात्रुहरूलाई एक्लै हुँदा पो डर हुनुपर्छ।

मात्रृत्वभूमि बिना कसरी जिउँला हामी,
यो देश बनाउँने र सझाउँने रहर हुनुपर्छ।

कर्तव्य नभुलौँ सन्ततीहरूले मिलिजुली,
कुसंस्कार नै बढार्ने सबैलाई कर हुनुपर्छ।

हामि एउटै आमाका सन्तान् बुझि राखौँ,
मेरो तिमिलाई तिम्रो मलाई खबर हुनुपर्छ।

हिमाल पहाड र तराईकै हामि सयौँ जाती,
सबैको फूलेकै फूल झैँ सधैँ अधर हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९ ११ २०२४ 30 Nov 2024, 04:46

गजल
खै यो कस्तो जीवनको सफर हो थाहा छैन,
साँच्चैभन्दा धर्ती हो वा सगर हो थाहा छैन।

वर्षा जस्तै वर्षिन्छन् यिनै आँखाहरू याहाँ,
धुलाउँन चाहिँदैन पानी अधर हो थाहा छैन।

फोहोरमा पनि फुलेकै हुन्छ फूल कमलको,
पानी बिनाको जीवन वेकदर हो थाहाछैन।

प्राण हत्थकेलामा राखेर मुसाफिर हिंडेको,
गन्तव्य कहाँ यो आफ्नो घर हो थाहा छैन।

सबैलाई आफ्नै ठान्दछु पराया छैनन् कोही,
तर जिन्दगी कसैमा त निर्भर हो थाहा छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ११ २०२4 1 Dec 2024, 03:53

गजल
कहाँ फुल्छन् फुलहरू जीवन सफर सुहाउँदो
अनौठो लाग्छ खोला बिनाको बगर सुहाउँदो।

मालिबिनाको बगैँचामा फुलेका फूलहरूलाई,
बेवारिसे सम्झि गर्छन उपयोग रहर सुवाउँदो।

फलामले समेत काट्छ फलाम धारिलो भए,
बनाउँछन् मित्रहरू आ आफ्नो घर सुहाउँदो।

पसिनाको मूल्य कहाँ मिल्छ जस्को पोखिँन्छ,
हुँनसकिन संसारभरिमै उस्को कदर सुहाउँदो।

कसोगरी गर्नु छ वेइमान सँग इमानको आस,
आफ्नै औकातमा बिलायो सफर सुहाउँदो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ १२ २०२४ 2 Dec 2024, 04:29

गजल
सबैका आ आफ्नै व्यवहार हुन्छन्,
कसै कसैका हवाई बिचार हुन्छन्।

यहाँ जोगि बन्नेहरूले कान चिरेका,
त्यही त जीवन धान्ने आधार हुन्छन्।

जनताहरू भन्छन् यो देश हाम्रो हो,
धन्मानकै संसारभरी सरकार हुन्छन्।

सङ्घीताले देश थिलो  थिलो पार्यो,
सोचौँ नागरिक किन कर्जदार हुन्छन्।

चुनाव जिती सकेपछि खोज्दा देशमा
नेताहरू सधै उतै सिमानापार हुन्छन्।

जनताका सामु गर्छन् इमानका कुरा,
धर्मका कुरा तर पाप बार बार गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ १२ २०२४ 3 Dec 2024, 04:26

गजल
गास बास अनि बाचुञ्जेल उपचार हुनुपर्छ,
बा आमालाई मिठो बोली व्यवहार हुनुपर्छ।

आज समाजकै प्रभावमा परेका छोरा छोरी,
भन्छन् बाबा आमा भन्दा साहुकार हुनुपर्छ।

त्यो दुखि छ अनि मर्न खोज्छ काल हरायो,
सरकार ऊ जिउँनेपनि कुनै आधार हुनुपर्छ।

कसैलाई यो देशको जरूरत छकी छैन नेता,
तर नागरिकहरूलाई देश सँग प्यार हुनुपर्छ।

सधैँ देशलाई परनिर्भर गराए विकास सुन्या,
देश बलियो बनाउँन नेता खबरदार हुनुपर्छ।

खोला बिक्छन् अनि बगर बिक्छन् देशका,
सबैलाई छानबिन हुनुपर्छ चिरफार हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३ १२ २०२४ 4 Dec 2024, 04:20

गजल
छोराले बालाई चिन्दैन भाईले दाईलाई चिन्दैन,
स्वार्थ यति बढ्यो बाबु आफु न अघाई चिन्दैन।

तिमी भन्छौँ स्वदेशभित्रै बसौँ मिलिजुली हामी,
रोज्गार छैन तर विना पैसा दाईले भाई चिन्दैन।

श्रवणकुमारका कथा सुन्दा यिनी आँखा रसाए,
अचेलका छोराहरू त्यो चस्मा नलगाई चिन्दैन।

मनले त सबैलाई सहयोग गरौँ गरौँ लाग्छ सधैँ,
कसैले पनि धनकमाउँने बाटो न समाई चिन्दैन।

जतिसुकै पढाए पनि छोराले बाबा आमालाई,
आफुले ठोक्कर नखाएर दुख्ख नपाई चिन्दैन।

काल सबैलाई आउँनेछ मर्योभनी चिन्ता नगरौँ,
समय बलवान हुन्छ र जीवन अस्थाई चिन्दैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ १२ २०२४, 5 Dec 2024, 05:04

गजल
साथि यिनै नेता रहिरहे भने देशको नाश हुन्छ,
नागरिक विदेश देशभरी विदेशीको बास हुन्छ।

जबसम्म देशभित्र विकास हुन्न हुँदैन रोजगारी,
देश अचनो हुन्छ र नेता विदेशीको दाश हुन्छ।

किन जीवनको बारेमा चिन्ता गर्दैनौँ युवाहरूले,
आफ्नो जीवन अमूल्य हुन्छ अनि खास हुन्छ।

सोंच त कस्तो हुँदोहोला कमाउँन गएको छोरा,
फर्किदा रातो बाकस भित्र उसैको लाश हुन्छ।

भागेर होइन लडेरमात्र समाधान हुन्छ समस्या,
पेट आफ्नै अंघी हुँन्छ रत समस्यको राश हुन्छ।

यो धनकुवेरको समाजिक व्यवस्था भित्र साथि,
पैसा नहुँने फेल धनमान परायजसो पास हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ १२ २०२४ 6 Dec 2024, 04:59

गजल
मैले लाहुरमा पसिना बगाएँ सबैलाई थाहा छ,
सधैँ आफ्नै परिश्रमा रमाएँ सबैलाई थाहा छ।

सोंचेको थिएँ अब लहुर आउँन पर्दैन छोराहरू,
अब झन छोरा खाडी पठाएँ सबैलाई थाहा छ।

खै त त्यो आन्दोलनमा लाठी खाएको आफुले,
नेताकै घाँटीसँग घाँटी सटाएँ सबैलाई थाहा छ।

स्याबास भन्यो उसैले फुरूक्क परेँछु त्यो वेला,
उस्कै लागि पाउँनु दुःखपाएँ सबैलाई थाहा छ।

आज नि झन उस्तै समस्या छन् हाम्रो माझमा
नेता उस्तै विदेशीलाई धाएँ सबैलाई थाहा छ।

मलाई मर्ने डर कत्ती लाग्दैन मित्र अहिले पनि,
सधैँ ठोक्करै ठोकरले अघाएँ सबैलाई थाहा छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ १२  २०२४ 7 Dec 2024, 04:20

गजल
यो देशबाट युवाहरूकै उठिबास किन हुन्छ,
हिमाली काखमा दुश्मनको रास किन हुन्छ।

उठाउँछन् सुतेकै बस्तिहरू आन्दोन गर्छन्,
क्रान्ति संगार नपुग्दै दुष्टको गास किन हुन्छ।

छानेर पठाउछौँ हामी देशका सिपाही भनी,
त्यो पनि सधैँभरी दुश्मनकै दाश किन हुन्छ।

स्वाभिमानीहरू देशले नजन्माएकै कहाँहोर,
पुर्खौली सन्तानको गरिमा नाश किन हुन्छ।

भ्रष्टाचारी बने अपराधी बनेका छन महारथी,
हाम्रै देशभित्र इमानदारको लाश किन हुन्छ।

सुख्खको खोजिमा दुःखको राश उस्तै याहाँ,
यो देशबाट हाम्रो खुसी वाईपास किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ १२ २०२४, 8 Dec 2024, 03:54

गजल
सधैँ मानो र छानोका लागि शंघर्ष हुन्छ,
जनताहरू हुन्छन् सहभागि शंघर्ष हुन्छ।

देश उस्तै छ नागरिक मर्छन् आन्दोलन्मै,
नेताहरू भएपनि सबै दागी शंघर्ष हुन्छ।

महिँला जनजाति दलित मिली लडेकैहौँ,
न मिसिए पनि नेता र धागी शंघर्ष हुन्छ।

अन्याय अत्यचार हुन्छ बिष्फोट नि तेहीँ,
किसान र मज्दुर सबै जागी शंघर्ष हुन्छ।

फलाम हुँन जनता किसान दुःखी ज्यामि,
बुझे पछि सबै सिमाना नागि शंघर्ष हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ १२ २०२४, 9 Dec 2024, 04:14

गजल
तिमी जाउ नजाउ अब कुनै सरोकार भैन,
सरकार कत्ती देश सुहाउँदो व्यवहार भैन।

के मुख लिएर आयौँ थोत्रा गाला बजाउँदै,
धेरै नेताहरूको देश सुहाउँदो बिचार भैन।

बिक्री भए खोला लिलाम भए बगर सबै,
देश जोगाउँने देशभित्र कुनै औतार भैन।

भत्किन थाल्यो देश र भए पलायन युवा,
अखण्ड यो देश बनाउँने कुनै आधार भैन।

भन्छन् सबै पार्टीहरू देश बनाउँन थाल्यौँ,
तन्तेकथा भट्टाए तर देशका बफादार भैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ १२ २०२४, 10 Dec 2024, 04:07

गजल
दलित भनि हेला गर्छन् जसले संसार सिंगार्यो,
आफ्नो पौरखले गाउँ सिंगार्यो बजार सिंगार्यो।

छुवाछुतको झटाराले घायल बनाए समाजमा,
सिलायो लुगा बनायो जुता दोकान्दार सिंगार्यो।

आरनमा बस्यो बनायो भाँडा टक्सालमा सुन,
घर सिंगार्यो नाङ्गो ढाक्यो र अनुहार सिंगार्यो।

कामी दमाई , सार्की कसले बनायो अछुत भन,
जसले आफ्नै पौरखले जिउँने आधार सिंगार्यो।

पानी चल्दैन भन्छन् कताकतीले मानिस भएर,
रेट्छन् गायनले सारङ्गी रत कलाकार सिंगार्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१० १२ २०२४ 11 Dec 2024, 04:18

गजल
सुन्दर लाग्छन् यी हरियाली डाँडाहरू देशमा,
नजाउँ कतै बसौँ एकैछाक खाई बरू देशमा।

स्वर्ग भन्दा कत्तीपनि कमछैन यो जन्म भूमि,
युवाहरू किन भन्छन् म बसेर केगरू देशमा।

जहाँ गएपनि आफ्नो समस्या सँगसगै जान्छ,
बरू म शंघर्षको लागि मैदानमा झरू देशमा।

दुष्टले गाडेकैछ कुदृष्टीले हिमाल सम्म नजर,
डराए र नभागौँ स्वाभिमनी भई मरू देशमा।

तराई पहाड हिमाल जहाँ जाऊँ आफ्नै लाग्छ,
आफ्नै हो ढुङ्गा माटो जहाँ बसाई सरू देशमा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ १२ २०२४, 12 Dec 2024, 04:15   मुक्तक

गजल
सबैको गन्तब्य एउटै हो मृत्यु अनि घाट साथि
केलिएर जान्छौ र सगै यही समाज बाट साथि
धनको लोभमा मानिस भएर पनि छै मानवता
क्षणभरको जिन्दगी गरौँ प्रेम साटा साट साथि।

सुरेशकुकमार पाण्डे दाङ घोराही १८
१२ १२ २०२४,

गजल
दलित भनि हेला गर्छन् जसले संसार सिंगार्यो,
आफ्नो पौरखले गाउँ सिंगार्यो बजार सिंगार्यो।

छुवाछुतको झटाराले घायल बनाए समाजमा,
सिलायो लुगा बनायो जुता दोकान्दार सिंगार्यो।

आरनमा बस्यो बनायो भाँडा टक्सालमा सुन,
घर सिंगार्यो नाङ्गो ढाक्यो र अनुहार सिंगार्यो।

कामी दमाई ,सार्की कसले बनायो अछुत भन,
ज जसले आफ्नै पौरखबाट हथियार सिंगार्यो।

पानी चल्दैन भन्छन् कताकतीले मानिस भएर,
रेट्छन् गायनले सारङ्गी रत कलाकार सिंगार्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ १२ २०२४, 13 Dec 2024, 04:49

गजल
समाजलाई म मरेपनि खास फरक पर्दैन,
थुप्रै बसेकाछन् देशमा बास फरक पर्दैन।

अरबको खाडीभित्र ज्यान् छोराको जाँदा,
देशमा आमाको जिउँदै लाश फरक पर्दैन।

चिन्ता नगर सरकार भ्रष्टाचारी भयो भन्दै,
नखाए रक्सी मासु एकगास फरक पर्दैन।

निदार खुम्चाएर सोचौँ त नागरिक हामी,
कहिल्यै नबन्दा कसैको दाश फरक पर्दैन।

प्रकृतीले दिएको छ स्वर्ग तुल्य देश हाम्रो,
नभए पनि यो सुख्खको रास फरक पर्दैन।

जनता देश हाम्रो हो जोगाउँने पनि हामी,
नेतालाई देशकै भएपनि नाश फरक पर्दैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 14 Dec 2024, 03:21

गजल
सुनेर साथ दिनु है हजूर मेरो,
गुनोसो छैन नसुने नि छलफल मेरो।

यो त मनको भाव हो पोखेको हुन्छु,
रहेकै छ साहित्यमै इरादा अटल मेरो।

शब्द  शब्द जोडेर सुनाउँछु कहानी,
मन्मा कति रहेछन् वर्षाकै भल मेरो।

कोसिस् यही समाज बदल्न खोज्दा,
गराउने छ कुनै शब्दले हलचल मेरो।

कसले चिन्थ्यो यो गरिबलाई याहाँ,
शब्द साथिबनेर आयो असल मेरो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४ १२ २०२४ 15 Dec 2024, 04:29

गजल
वेइमानको बस्तिमा इमान कहाँ खोज्छौ,
मुर्दाको सरिर भित्र प्ररान कहाँ खोज्छौ।

अचेल कात्रो चोरहरूको बिगबिगी यहाँ,
आफैमा लुकेको समाधान कहाँ खोज्छौ।

साथि बनेर मनभित्र विराजमान् हुन्छन्,
लिन्छन् प्ररान त्यो उखान कहाँ खोज्छौ।

हेरौँ त यो देशको नक्सा अनि इतिहास्,
देशको इतिहासको रटान कहाँ खोज्छौ।

पूर्वजहरू नालापानीमा देखाए विर गती,
हिंजोआज त्यस्तै योगदान कहाँ खोज्छौ।

नव लैण्डुपहरू कै बिगबिगी भयो देशमा,
देशभक्तको दशमा जहान कहाँ खोज्छौ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ १२ २०२४, 16 Dec 2024, 09:19

गजल
आमा नबन्दासम्म थाई बसोबास कहाँ थियो,
जन्मेकै थर पनि तिम्रो खरोखास कहाँ थियो।

आधा आकास आधा धर्ती ओगट्ने नारीहरू,
सुख्ख पनि त सधैँ भयो वाईपास कहाँ थियो।

जन्मिएको घर छाड्नैपर्ने र आफ्नो थर पनि,
यो समाजभित्र तिमि जस्तो दास कहाँ थियो।

छोरी तिमी, बुहारी तिमी,आमा र बोइ समेत,
कामैकामको बोझ सधैँ अबकास कहा थियो।

खैत सम्पत्ती नाराले गुञ्जमान् धर्ती आकास,
छोरा छोरी बराबरी मात्र बक्वास कहाँ थियो।

तिमीले गरेनौँ तर तिमिमाथि गहिरो राजनीति,
तिमिजस्तै सहन्सिल जिउँदो लाश कहाँ थियो।

सुरेशकुकमार पाण्डे दाङ घरको राही १८
१६ १२ २०२४ 17 Dec 2024, 03:40

गजल
देश कम्जोर देशभक्तको कदर नहुँदा,
नेताहरूलाई देश बनाउँने रहर नहुँदा।

केगरी आउँ भनिदेउ म त्यो राजधानी,
मन् विचलित छ शुरक्षित् सफर नहुँदा।

स्वर्ग तुल्य हाम्रो हिमाल पहाड मधेश,
नर्क बन्दै गए छ आत्मनिरभर नहुँदा।

विदेशको बड्यो चलखेल बन्यो मण्डि,
वेलगाम भयो नेता कसैको डर नहुँदा।

न जनती न मलामी भयो युवा बिहिन,
मर्छन् अकलैमा केभनौँ खबर नहुँदा।

व्यापार गर्न पनि खतरा स्वाभिमानकै,
स्वतन्त्र भैन देश आफ्नै समुन्दर नहुँदा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ १२ २०२४ 18 Dec 2024, 04:07

गजल
ऋणमा देश डुब्दा सरकार किन वेखबर हुन्छ
चुच्चे नक्सा हराउदा देशलाई के असर हुन्छ।

अतिक्रमण हुन्छ देश र युवाको जीवन जान्छ,
खोला लानेहरूकै नजरमा देशको बगर हुन्छ।

युद्ध हुन्छ कारगिलमा कहिले त फोक्लैण्डमा,
मर्छ विर अर्कैको लागि रित्तो गाउँ सहर हुन्छ।

सिक्किम खाने बाघ हो भन नेपाल केछोड्ला,
किनहोला यो देश फेरी दुश्मन मै निर्भर हुन्छ।

समाज पनि रक्सि मासुमा डुब्यो मायाँ प्रेममा,
छोरा खोस्यो बा आमाको मलिन अधर हुन्छ।

विर गोर्खालीका सन्तान् उम्लिन्छ रगत के गरौँ,
खोज्छौँ निकाश तर न विकासकै कुनै चर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

१८ १२ २०२४ 19 Dec 2024, 03:07

गजल
सपना देखायो धन्मानकै वेरोजगार बनायो,
युवाशक्तिहरूलाई आफ्नो हतियार बनायो।

मौकाको तलासमै ढुकेका कतिछन् कती,
आफ्नो स्वार्थका लागि घरमै दरार बनायो।

कुटिन्छन् भट्टीमा फलाम जस्तै श्रमजिवी,
जसले सिङ्गार्यो जगमग यो संसार बनायो।

फांटैभरी फलायो धान मकै र गहुं किसान,
भोकै रह्यो अरूलाई जिउने आधार बनायो।

दियो अमूल्य मत आफ्नै केही हुन्छ भनेर,
गयो अवसरवाद आफ्नै सरकार बनायो।

कतिसम्म सहौं हामी आफ्नो उस्तै तमाशा,
उही छ वेघर असाय जसले दरबार बनायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ १२ २०२४ 20 Dec 2024, 04:08

गजल
मानिस नै अगत्तिला हुन्छन् वेइमान हुन्छन्,
रगत पसिना कसैको कसैका दुकान हुन्छन्।

त्यत्तिकै कहाँ दन्किन्छ र विद्रोहको ज्वाला,
जो लुटियो उसैको मनभित्र तुफान हुन्छन्।

स्वार्थको भण्डार बोकेका आफ्नै सन्ततीले,
यो समाजमा लुटेरा आफ्नै सन्तान हुन्छन्।

आफ्नो र परायाको परिभाषा छुटाउ कसरी,
रगत पसिना चुस्ने पनि आफ्नै जहान हुन्छन्।

बटार्छन् पाखुरा माग्छन् धन् सम्पत्ती उनैले,
लिन्छन् ज्यान कुनैवेला आफ्नै परान हुन्छन्।

देश डुब्नथाल्यो गणतन्त्र धरामा जान्दाजान्दै,
उपाय छैन नेताका आ आफ्नै बखान हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० १२ २०२४, 20 Dec 2024, 19:25     21 Dec 2024, 03:26

गजल
सपना देखायो धन्मानकै वेरोजगार बनायो,
युवाशक्तिहरूलाई आफ्नै हतियार बनायो।

मौकाको तलासमै ढुकेका कतिछन् कती,
आफ्नो स्वार्थका लागि घरमै दरार बनायो।

कुटिन्छन् भट्टीमा फलाम जस्तै श्रमजिवी,
जसले सिङ्गार्यो जगमग यो संसार बनायो।

फांटैभरी फलायो धान मकै र गहुं किसान,
भोकै रह्यो अरूलाई जिउने आधार बनायो।

दियो अमूल्य मत आफ्नै केही हुन्छ भनेर,
गयो अवसरवाद आफ्नै सरकार बनायो।

कतिसम्म सहौं हामी आफ्नो उस्तै तमाशा,
उही छ वेघर असाय जसले दरबार बनायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१  १२ २०२४ 22 Dec 2024, 04:16

गजल
युवा शक्ती देशभित्रै लगाए बिकास हुनसक्छ,
तर यही चाला रहे देशकै सत्यनाश हुनसक्छ।

आज आमा चिन्न छाडे बाबा चिन्न छाडिसके,
परनिर्भरमा त हाम्रो देश सधैँ दाश हुनसक्छ।

न लगाऊ कसैले जातिय र क्षेत्रिय नारा सधैँ,
गृहयुद्धमा आफ्नै सन्तानको लाश हुनसक्छ।

रगत बगाउँनु नै छ भने बगाऊँ देशको लागि,
त्यो आन्दोलन बरू संसारमै खास हुनसक्छ।

मेल मिलापमा समाज चल्छ घर चल्छ यहाँ,
आपसि लडाईमा सुःख्ख वाइपास हुनसक्छ।

कसैले क्रान्तिका गफ गर्छ भने यो अबस्थामै,
नपत्याउनु त्यो झुटा कोरा बक्वास हुनसक्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ १२ २०२४, Mon 04:28

गजल
किन स्वाभिमानको व्यापार हुनथाल्यो,
देश बेचनेहरू यहाँ साहुकार हुनथाल्यो।

यो पुँजिवादकै देन होला धनकै लोभमा,
आमाको कोखभित्र नै दरार हुनथाल्यो।

छोरा पाउँन सुलिमै चड्न पछि नपर्ने बा,
उसैको गर्धन शेर्ने हतियार हुनथाल्यो।

राजनीति पद प्रतिष्ठा कस्तो चिज रहेछ,
यसैमा पनि अचेल कारोबार हुनथाल्यो।

आज मालेमा कै झण्डाको ओटमा पनि,
कुनै हिटलर हुनथाल्यो जार हुनथाल्यो।

वेइमान अपराधीकै बिगबिगी जता पनि,
काल कोठरीमै बन्द इमान्दार हुनथाल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ १२ २०२४ Tues 05:28

गजल
मानिसभित्र मानवता बिसुर हुदा पनि,
आस पलाइरहन्छ चक्नाचुर हुदा पनि।

छोरालाई बा आमा भन्दा अन्तैछ मोह,
पुग्दैन उसलाई मायाँ भरपुर हुदा पनि।

उसले मेरै कठालो छोप्यो सकिन मैले,
मायाँ उस्तै छ उ मनबाट दूर हुदा पनि।

कसरी हात हिलाई बिदा गर्छिन् आमा,
मुस्कुराउँछिन् आँखाभरी नूर हुदा पनि।

छोरा आउँन छाडेको त भर्खर बाटै हो,
धाइरहन्थ्यो जीवनी एक धुर हुदा पनि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ १२ २०२४, Wed 04:26

गजल
छोरा जिन्दगीमा बाँकी कुनै काम खास छैन,
यत्ती पिर लाग्छ राम्रो आफ्नै बसने बास छैन।

अरूको सिश महल भन्दा आफ्नै बकुरो राम्रो,
जतिदिन बाँचे स्वतन्त्र भएर कसैको दाश छैन।

ठिकैछ अहिले खायौँ पेटभरी भरे देखा जाला,
पसिना न बगाएउँदासम्म खाने एक गास छैन।

धनी र गरिबमा यत्ती फर्क हुन्छ ऊ मर्न डरायो,
मलाई काल आए पनि त्यो बाट म हतास छैन।

ठिकैभयो छोरा कसैले ऋण पताएन र अहिले,
कसैलाई दिन धन पनि छैन ऋणको रास छैन।

खाने र लगाउँने त सबैले आ आफ्नै पौरखहो,
बाँच्नै पर्दैन जो सँग जीवन धान्ने सहास छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ Thurs 04:47

गजल
खसिको टाउको झुण्डाई कुकुरको मासु बेच्ने पसल भन्छन्,
संसदबाट चाहेर पनि हुँदैन गरिबको बारेमा छलफल भन्छन्।

क्रान्ति सधैँ बन्दुककै नालबाट जन्मिन्छ साथिहरू यथार्थमा,
अधिकार खोसेर मिल्छ दिएको कलो जस्तै बर्षे भल भन्छन्।

सम्झिन्छु क्रान्तिकारी नेताको त्याग बलिदान मैले वेला बेला,
हेर्छु आफुले आफैलाई स्वार्थि ऐनाहरूले वेअक्कल भन्छन्।

मालेमाको तुलामा जोख्न खोज्छु कयौँ नेताहरूलाई देशमा,
कहाँ पुग्थ्यो भेगुताको धार्नी सजिलै गुमायौँ पल पल भन्छन्।

समय आफै आउँदैन समय ल्याउँनुपर्छ जन शंघर्षबाट हामी,
त्यो दिन आउँछ अवश्य पनि बिचारमै रहेपछि अटल भन्छन्।

अठार सय तिरानब्येमा जन्मिए र उन्निस सय छहत्तरमा मरे।
तर मर्ने छैनन् बिचारमा गर्छन् संसारमा सबैले अंमल भन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६ १२ २०२४, Fri 05:42

गजल
किन नागरिकलाई सधैँ महंगीको उपहार हुन्छ,
यस्तै हुन्छ जहिले सम्म देशभित्र भ्रष्टाचार हुन्छ।

प्रयास कथा सुनाई श्रमजिविहरूको घांटी शेर्ने,
यो पुँजिवादी व्यवस्था देखेर सधैँ दिक्दार हुन्छ।

भन्छन् हामी स्वतन्त्र लेख्छौँ देश र जनताकै हौ,
तर धेरैजसो पार्टीहरूका मुखपत्र अखबार हुन्छ।

अचेल इमानदार कुहिरोको काग देखिनै छाड्यो,
सम्मानित त भ्रष्टाचारी र उनकै सल्लाकार हुन्छ।

हामिले अतिक्रमणको जतिसुकै बिरोध गरेपनि,
विदेशीलाई दलालहरूकै सहयोग लगातार हुन्छ।

जनताले चुनेर पठाउँछौँ सदनमा केही गर्छ भन्दा,
विदेशीको दलालि गर्न नपाउँदा मारामार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ १२ २०२४ Sat 04:28

गजल
हामी यही छौँ समयको धार बगिरहन्छ,
रोकिदैन त्यो समय लगातार बगरिहन्छ।

मानिसले तितो मिठो अनुभव सङ्गालदै,
मूल गन्त्यको त्यो इन्तिजार बगिरहन्छ।

जीवित छँदा आदानप्रदान् शुभकामना,
मनबाट मायाँ प्रेमकै उपहार बगिरहन्छ।

केदिनु छ केलिनु छ सेवाय मिठो बोली,
हामि बिनापनि त यो संसार बगिरहन्छ।

लोभ लालच आलसकै उपज हो साथि,
रोकिदैन पसिनाको व्यापार बगिरहन्छ।

मानव चोला पनि त पानीकै धार झैँ हो,
शमुन्दरमा गरिब र साहुकार बगिरहन्छ।

जे हौस् पुरानो वर्ष जान्छ आउँछ नयाँ,
शुभकामना सबैमा यो प्यार बगिरहन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ १२ २०२४, 04:04

गजल
सबैले माला खोज्छन् सुनका बाला खोज्छन्,
उस्तै स्विकिय सचिब नेताले साला खोज्छन्।

छिमेकी पनि अचम्मको सहयोगी पाएका छौँ,
मन्त्रीहरू भने उनि आफ्नै गोठाला खोज्छन्।

छोराको पर्वरिशमा मृगौला बेचेका बाबा भने,
उनिहरू ठुला भए मदिराका प्याल खोज्छन्।

अक्सर सोच्थेँ धेरै सन्तान् भए हुन्छौँ बलिया,
आज उनै एकअर्कालाइ मार्न भाला खोज्छन्।

उत्पादन शून्य छ देशको सम्पत्ती बेचेर खाए,
रूवाबास छ उनै हिंगबानेका टाला खोज्छन्।

सरकारले विकास नगर्दा देश युवाविहिन भयो,
अब बचेका सरकारी साधनले ताला खोज्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ २९ १२ २०२४,

गजल
बद्लिन्छन् दिन महिना र वर्षहरू लगातार सफरमा,
सबैलाई उस्तै हुन्छ गन्तव्यको इन्तिजार सफरमा।

उही पुग्छ जो समयलाई चिन्यो बुझ्यो त्यसको मूल्य,
आउँछन् हजारौँ चुनौती गर्नैपर्छ स्वीकार सफरमा।

शंघर्ष त मैले पनि गर्छु र यो घडीले पनि गरैकै हुन्छ,
यही शंघर्ष त हुन्छ जीवनमा दौड्ने आधार सफरमा।

जिन्दगीमा ठोक्कर नखाएका धारिला कहाउँन्छन र,
बन्छ घनको चोट झेल्ने नै धारिलो तरवार सफरमा।

कसैको लागी ठिक रह्यो र कसैलाई वेठिक जाने वर्ष,
शुभ कामना सबैलाई रहौँ समयकै बफादार सफरमा।

अलबिदा अंग्रेजी वर्ष चौबीश स्वागतम् पच्चिस् लाई,
अबको पालो हुनेछा बितेकै वर्षको चिरफार सफरमा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० -१२- २०२४

गजल
घर छाड्यौँ सुख्खको न कुनै सहर मिल्यो,
भाग्य हो वा कर्म केवल यो सफर मील्यो।

गुमायौँ त्यो बालपन गुमायौँ हामी जवानी,
डुब्नै लागेको झैँ सुर्य भयौँ न रहर मिल्यो।

दिन रात सेवागर्दा खान र लगाउँन नपुग्ने,
गुमनाम झैँ भएको चोला न कदर मिल्यो।

बनायौँ महल बनेर कर्मी भाडाको हामीले,
न पेटभरी गाना मिल्यो बसने घर मिल्यो।

गयो छोरा कमाउन छाड्यो बुढा आमा बा,
कहाँ गयो ऊ जिउँदो मर्दो न खबर मिल्यो।

कसैलाई यो धर्ती मिल्यो र आकास समेत,
कसैलाई मरेपछिपनि घाट न बगर मिल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३१-१२-२०२४,

सर्वाधीकार सुरेशकुमार पाण्डे दाङ घोराही

Leave a Comment

Your email address will not be published. Required fields are marked *