SURESHKUMARPANDEY

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ६

गजल संग्रह क्रमस

(Date 1  Aug 2024 to 30 Sep 2024)

गजल
मलाई त्यो दोश्त हो भन्ने आभास थियो,
त्यसैले ऊ प्रति मेरो व्यवहार खास थियो।

थ्यो सबैलाई आफ्नै सोंच्ने आफ्नो बानि,
तर उस्को हृदयमा दुश्मनको बास थियो।

यार सरकार पनि त उसैको आफ्नै रहेछ,
भ्रष्टाचार गर्दापनि प्रसासन नै दास थियो।

कस्ले बुझ्थ्यो बा आमाको आँसुको पिढा,
मलामीको बाटमा बाकसमा लास थियो।

छोरा गयो तर एक्लै गएन गयो सँग सगै,
आमा बा सँग अब समस्याको रास थियो।

एउटा बृद्धा बा समाज परिवर्तन गर्न हिंडे,
उनि सँग केवल शंघर्ष गर्ने सहास थियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ ०८ २०२४, 2 Aug 2024, 03:26

गजल
जो नहुँनु थियो त्यही हुन्छ अचेल देशमा,
चुनेर पठायो बन्छ विदेशकै रखेल देशमा।

देशभक्त देशमा त छन् संसदमा छैनन की,
देशभक्त परेकाछन् अचेल ओझेल देशमा।

उहि सिखरमा पुग्यो जसले भ्रष्टाचार गर्यो,
सम्मान् हुन्छन् जो जानुथियो जेल देशमा।

अचेल विध्यार्थि रोजगारको लागि पढ्छन्,
धन दियो पाए डिग्रि सम्रचना फेल देशमा।

सैधान्तिक एकता हुनै छाड्यो पद बांड्छन्,
सधै हुन्छन् सत्ता साझेदारी वे मेल देशमा।

आलोपालो नै बन्न थाले विदेशीको गोठालो,
नत हलो कदालो नपाइन्छ नुन तेल देशमा।

सुरेशकुमार पाण्डे ०२ ०८ २०२४, 3 Aug 2024, 04:22

गजल
अब फेरी मैले यो देशको हाल लेख्नैपर्छ,
सडकमा र संसदमा हुँने बबाल लेख्नैपर्छ।

को बोल्छ जुम्ला हुम्ला र कर्णालीको बारे,
देशको कुना कुना हुँने अनिकाल लेख्नैपर्छ।

बाढि पहिरो बाटनै कयौँको ज्यान धन् गयो,
अब फटाहाहरूको यो सञ्जाल लेख्नै पर्छ।

सचेत देशका नागरिक हो चुप लागेर नबसौँ,
नेताले देश बनाउँन थाले कङ्गाल लेख्नैपर्छ।

खुला छ सिमाना ओरदौर विदेशी दलालको,
अब लगाउँ तार बार भन्दै पर्खाल लेख्नैपर्छ।

देश बन्दैन गृहयुद्ध जातिय क्षेत्रिय आधारमा,
किन चल्छ यो लडाई प्रत्येक साल लेख्नैपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 4 Aug 2024, 03:00

गजल
यहाँ सबैले आ  आफ्ना रहर पुराउँछन्,
दुष्टलाई यो देशभित्रको खबर पुराउँछन्।

होइन हाम्रो देश त्यत्तिकै कङ्गाल भएको,
खोला पुराउँछन् कसैले बगर पुराउँछन्।

क्रान्तिका खम्बाहरू त दुश्मनले ढाल्यो,
नेताहर त झन् देशलाई असर पुराउँछन्।

पुल बनेका एन जिओ र आइ एन जिओ,
क्रान्ति संगारमा पुग्छ र आफर पुराउँछन्।

नेताहरूले सधै विदेशको सेवा खुब गर्यो,
सिमाना पारी नारी कहेले नर पुराउँछन्।

जसलाई आतङ्क नै फैलाउँनु छ देशमा,
सत्तामा पुग्न जनताहरूमा डर पुराउँछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ ०८ २०२४, 5 Aug 2024, 04:11

गजल
समाज भित्र सही कुरा पनि जहर जस्तै,
देख्छन कतिपयले विनपानी बगर जस्तै।

ऊ हारायो समाजमा प्रतिभा भयो खरानी,
आँखा व़रिपरी घुम्छ र लाग्छ भर्खर जस्तै।

मानिस आर्कैको बैशाखिमा उभिए पछि,
भयो समाज इञ्जन् विनाको मोटर जस्तै।

न निकास पायो नत बिकास भयो देशमा,
जिन्दगी भयो गरिबको सधै खच्चर जस्तै।

भट्याउँनेहरू भट्याउँछन् बच्छ तरर ताली,
जुनसुकै पनि बन्यो अचेल स्टेम रबर जस्तै।

यो लाहुरे कलमबाटै खोज्छ समाज बदल्न,
तर बनाउँन खोज्छन उनि आफ्नै थर जस्तै।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ ०८ २०२४, 6 Aug 2024, 03:02

गजल
त्यो वेलामा आफ्नो यही मुट भित्र भतभत हुन्छ,
साँच्चै जब आफ्नो सन्तानमा परेको बिपत हुन्छ।

चिन्ता नगर नभनौँ त्यो त आफै आउँछ नगरे पनि,
चोट तिमिलाई लाग्छ र यो मुटुलाई अबगत हुन्छ।

केही छैन गुनासो लुटि खाने त उन्को औकात हो,
इमानदार भए समाजमा पनि सधै इज्जत हुन्छ।

साइँलि माइलीका गीत त सधैभरी सुन्दै आएका,
आफ्नो त प्रगतिसिल गीतमा रमाउँने मत हुन्छ।

समाजको ढाँचा उस्तै छ नेता पनि त लोभी पापी,
यही अबस्था रह्यो भने एकदिन देश जफत हुन्छ।

शिक्षा उस्तै छ विदेशीको चलखेल बढ्यो देशमा,
हामी यस्तै गर्यौँ भने दुश्मनलाई मदत् थप हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ ०८ २०२४, 7 Aug 2024, 03:15

गजल
त्यहाँ विद्रोह हुन्छ जहाँ अत्याचार हुन्छ,
निर्दोश माथि दमनकारी व्यबहार हुन्छ।

ठुला ठुला तानाशाह कहलियका लाई नै,
भुँइमा पच्छार्न जनताहरू त्यैयार हुन्छ।

भन जनताले अन्याय कहिले सम्म सहने,
ज्युँन पाउँने सबैको हक अधिकार हुन्छ।

हुन्छन् केहि मानिस पनि पसुतुल्य बनेका,
त्यसैले त हाम्रो समाजमा सधै दरार हुन्छ।

किन राख्खिन्छ आरक्षण बिवाद त्यसैमा,
त्यो उस्ले पाउँछ जो उस्को बफादार हुन्छ।

मानिसभित्र पद प्रतिष्ठाको मह भएपछि नै,
समाज देश टुक्क्रा पार्ने त्यो आधार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ ०८ २०२४ 8 Aug 2024, 03:57

गजल
विगतमा जस्तै गरिबहरूको बर्तमान छ,
जतापनि ठोक्कर खान बाध्य जहान छ।

सुकेको ओंठ आँखाभरी चाङ्ग सपनाको,
भोको पेट सधै मुटुमा उर्लेको तुफान छ।

कस्तो बिडम्बना रैछ जीवनको रहश्य यो,
न मानो न छानो तर महलमा योगदान छ।

केहि छैन पासमा प्रराण मात्र फेरी उसैले,
नियम कानुन् र देशकै लागि साबधान छ।

गरिबको कसैले बुझ्दैन मर्म तर जतासुकै,
लेख, रचना र कथामा गरिबकै उखान छ।

नेता पनि त गरिब बिना बाँच्न कहाँ सक्थे,
सिखर पुग्ने मन लागेमा गरिबकै रटान छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ ०८ २०२४ 9 Aug 2024, 02:54

गजल
देशभक्त शहिद भए देश खास बनाउँन,
सुख्खै सुख्खको देशभरि रास बनाउँन।

नेता पनि त कम्मर कसेकाछन देशमा,
सबै आ आफ्नो सुन्दर निबास बनाउँन।

एमसीसी पारित गराए यिनै नेताहरूले,
बिधयेक ल्याउँछन् देशनै दाश बनाउँन।

गृहयुद्ध चल्छ युवाहरू पठाइन्छ खाडी,
नेता भए दलाल जनताको लास बनाउँ।

उसले सधैभरी कविता लेख्यो र सुनायो,
युवालाई जोस जांगर र सहास बनाउन।

यार मत लगारहेको छु कुरिती बिरूद्धमा,
सन्तान लागेकाछन् त्यही पास बनाउँन।

सुरेशकुमार पान्डे दाङ घोराही १२
०९ ०८;२०२४ 10 Aug 2024, 04:04

गजल
हिंजो गरेको रहर त आज जहर भएको छ,
भर्खर आएको रिजल्टमा केन्सर भएको छ।

आमा धुरू धुरू रून्छिन् छोराको रिपोट हेर्दै,
भाइलाई भने आफ्नै सम्पतीको डर भएकोछ।

टुलुटुलु हेरिरहेको छ कहिल्यै नहेरेको छोराले,
आज प्रेमिकाको भन्दा आमाकै भर भएकोछ।

एउटै कोखबाट जन्मेका सन्तान् कस्ता कस्ता,
एउटा मुर्दाघाट पुग्दा आर्को वेखबर भएकोछ।

खै त आफन्ती आउँछ आउँदैन केथाहा भयो,
बरू लाश उठाउँने छिमेकीलाई कर भएकोछ।

तिमी भन्छौ महाकाली बिक्यो गण्डकी बिक्यो,
देशमा न जोगाई नहुँने त यही बगर भएको छ।

जीवन भरि बा आमाले परिश्रम गरेर बनाएको,
दाई भाइ झग्डाको आधार त्यही घर भएको छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१० ०८ २०२४, 11 Aug 2024, 06:45

गजल
कहिल्यै नबोल्ने साथिको फोन आयो आज
कसरि मेरो तलब मिलेको थाहा पायो आज।

साख्खै बनेर आउँदा रहिछन् दुश्मनहरू पनि,
हासो लाग्छ यो पैसाले कत्रो गुन लगायो आज।

म भोकाएको वेलामा कहिल्यै नजिक नआउने
म उछुट्टिनै लागेको बेला च्याप समायो आज।

सधै मलाई देखेर कालो बादल छाएको हुन्थ्यो,
त्यही अनुहार पनि घामजस्तै मुस्कुरायो आज।

दुश्मनले पनि सधै साँद सारेको हुन्थ्यो बारिमा,
घरमा धन आएपछि आफैले बार हटायो आज।

हाँसो लाग्छ कहिले रूनस् लाग्छ पैसालाई हेर्दा,
सबैको मन मष्तिकमा किन यसरी छायो आज।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ ०८ २०२४ 12 Aug 2024, 03:59

गजल
दुश्मनले पनि दाई र भाई छुट्टिने इन्तिजार गर्छन्
जब उनि एक्लाएक्लै हुन्छ त्यसपछि प्रहार गर्छन्।

धनिले धन र गरिबले ऋण बाँड्छन् छुट्टिने बेला,
उनिहरू कसैलाई ठग्दैनन् आफैलाई हत्याचार गर्छ।

जुवाडेले आफ्नै श्रीमतिलाई चल सम्पत्ती सम्झियो,
श्रीमति अघात मायाँ गर्छे उनि दाउँ सँग प्यार गर्छन।

एउटा देशभक्तले देशको लागि आफ्नै बलिचडायो,
कयौँ जिउँदाहरू उनै चियान सँग पनि गद्दार गर्छन्।

आमाले कयौँ छोरा छोरी हुर्काइन आफ्नै काखमा,
एउटी आमालाई पाल्नुपर्दा सन्तान हाहाकार गर्छन्।

भन्छन् एक आर्का स्ँग टुक्रिएर देश बनाउँछौँ हामी,
तर सबैले आफ्नै नेताहरूले भनेको अनुसार गर्छन्।

कसरी बन्छ देश भन त सत्ता समिकरण आलोपालो,
उनिहरूले राजनीति गर्दैनन् राजनीति व्यापार गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०८ २०२४ 12 Aug 2024, 07:56

गजल
युवाहरू अब आंट राखौं बदल्ने संसार लाई,
गुलाम नबनौँ जोगाउँ स्वतनत्र व्यबहार लाई।

बदल्नुपर्छ कुसंस्कार कुरितीको समाज हामि,
जोगाई राखौँ देशको हितमा यो संस्कार लाई।

साम्राज्यावादहरूले बनाइरहन्छन् बम गोला,
हामि ध्वस्त पार्छौँ बिनासकारी हतियार लाई।

यो विरहरूको देश हो पौरखि सन्तान हामि,
घुस्न दिनुहुँदैन हिटलर तानाशाह जार लाई।

चिन्नै पर्छ दुश्मन को हो र मित्र कोहो हाम्रो,
धुजा धुजा पार्नुपर्छ राजनीति व्यापार लाई।

हिमाल पहाड र तराईका एउटै सन्तान् हामि,
रोक्नै पर्छ अब आपसमा हुने मारामार लाई।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०८ २०२४ 13 Aug 2024, 04:18

गजल
धर्मको नाममा धर्मकै सत्यनाश भएको हुन्छ,
जानी नजानि पापको ठुलै राश भएको हुन्छ।

भन त थाहाछैन के तिमीलाई समाजको बारे,
धेरै मानिसहरू कुरीतिको दाश भएको हुन्छ।

मानिसले भुलिसक्यो मानिसको कर्तव्य केहो,
धर्मको नाममा धेरैको उठिबाश भएको हुन्छ।

यो पुँजिप्रधान समाज हो कदर हुन्छ पैसाको,
धनमानहरूको सम्मान नै खाश भएको हुन्छ।

गरिबलाई कस्ले सोध्छ मानिसको दुनियामा,
खान र लगाउन मै उनको लाश भएको हुन्छ।

सबै उब्जायो यो गरिब र धनिको कथाहरू ले,
अरू त सबथोक केवल तमाश भएको हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ०८ २०२४, 14 Aug 2024, 06:39

गजल
साँच्चै यो राजनीतिले पनि दिक्दार गरायो,
केही छाडेन देशलाई पनि नाङ्गेझार गरायो।

समाज टुक्रा  टुक्रा पार्न धर्मका कुरागर्छन्,
धर्म जातलाई बिभाजनको औजार गरायो।

देश नै विकाश सुन्य त्यत्तिकै भएको होइन,
दलालहरूले दुष्ट भित्राउँने आधार गरायो

जो दोस्त बन्यो र पुग्यो हृदय सम्म उसैले,
यो हृदय भित्र गहिरो घाउ लगातार गरायो।

राजनीति हुनेगर्थ्यो देश र जनताको लागि,
दलालहरूले राजनीतिलाई व्यापार गरायो।

जो डाकां थिए अपराधी थिए उनै साहुकार,
उनै लिश्नो बनायो र आफ्नो सरकार गरायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४ ०८ २०२४ 15 Aug 2024, 03:40

गजल
तिमीले भुले पनि कसरी भुल्थें तिमिलाई मैले,
गद्धारी गर्ने त रगतमै छैन साइनो लगाई मैले।

नपताए हेर त हृदयमा कतिका घाउहरू छन,
इमान र जमान निभाएकै छु खाई नखाई मैले।

हो त्यो पनि थाहाछ हृदयमा जति पिर परेपनि,
गद्धारी गर्न सकिन तिमलाई दुश्मन ठमाई मैले।

रगत बेचियो आफ्नै यो सरिरको अर्कैका लागि,
बेचिन इमान आफ्नो आत्मा बन्दक बनाई मैले।

अचेल छोराले बाउलाई बाउनै सम्झिन छाड्यो,
गलती त गरेन आफ्नो यो काखमा हुर्काई मैले।

भन कसरी मुस्कुराउँन सक्थे आफ्नै हृदयबाट,
ज्यानि दुश्मनको सुन्दर त्यो तस्बिर हटाई मैले।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ ०८ २०२४ 16 Aug 2024, 04:22

गजल
गरिब पढ्ने लेख्ने बेलामा घर बिहिन हुन्छ,
आमाको काख छाडी साहुको अधिन हुन्छ।

ठोलो धोको छ एउटा घर बनाउँने आफ्नो,
काम गर्छु तर सधै यही थाप्लोमा रिन हुन्छ।

सबैले लोकाचार त पार्छन गरिबको हितमा,
स्वार्थ पुरा गर्न तमाशा मात्र एकछिन हुन्छ।

गरिब मुक्तीका कथा त पाइन्छन् बजारमा,
मुक्तिको बोटो हेर्दाहेर्दै आफै बिलिन हुन्छ।

सपना सबैका हुन्छन् योजना सबैका याहाँ,
उनै सपनाहरूको हत्या प्रत्येक दिन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ०८ २०२४, 17 Aug 2024, 03:32

गजल
बहुदल आएपछि बन्द भयो हड्ताल भयो,
बिकास त भएन तर संसदमा बबाल भयो।

भन्छन् देशको उन्ती हुन्छ हाम्रो साशनमा,
तर भ्रष्टाचार हुन्छ अनि देश कङ्गाल भयो।

उत्पादन सुन्य छ बेरोजगार भए युबाहरू,
बिकासकै नाउमा गाउँमा अनिकाल भयो।

अखण्ड देशभित्र बिदेशी कै चलखेल हुँदा,
देश कङ्गाल विदेशी सधैँ मालामाल भयो।

लोभि नेता भए समाज पनि उस्तै अन्जान,
देशैभरी आज एनजीओकै सञ्जाल भयो।

जसले बनायो ठुलठुला दरबार ऊ वेघर छ,
जीवन भरी काम गर्दा एउटा त्रिपाल भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ ०८ २०२४ 18 Aug 2024, 04:59

गजल
थाहाछैन कहाँ पुगेर रोकिन्छ जीवन कुनै दिन,
जन्मिएका हामि सबैको हुन्छ निधन कुनै दिन।

तेरो मेरो त बाँचुञ्जेल मात्रहो खरानी मरेपछि,
राम्रो नराम्रो व्यबहार हुन्छ उत्खनन कुनै दिन।

सधै रहिरहन्न यो चोला मानिस घमण्ड छाडौँ,
सबैले यही आगोमा जल्नुछ दनदन कुनै दिन।

कतै छैन स्वर्ग न कतै छ नर्क छ यही धर्तिमा,
जन्मिन्छन् उज्डिन्छ माटोमा चमन कुनै दिन।

नगरौँ घमण्ड राखौँ घाट सम्म पुराउँने साथि,
स्वार्थले नै आपसमा हुन्छ भनाभन कुनै दिन।

हुँन्न जिन्दगी सधै एकनास कसैको पनि यहाँ,
केभर हिंड्दाहिँड्दै आउँछ अड्चन् कुनै दिन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८ ०८ २०२४, 19 Aug 2024, 07:06

गजल
रक्षाबन्धन् कोही जनै पूर्णिमा सामाजिक बन्धन भन्छन्,
जुनसुकै पर्वले प्रेम र सदभाव पुराउँछ जन जन भन्छन्।

मानव समाज मेला पर्व बिनाको लाग्छ सुनो जहाँ कहीँ,
बहाना हुन्छ भेटघाट इष्ट मित्र बिच आफ्नो पन भन्छन्।

याहाँ पुँजिवादले समाजलाई चिरा पार्यो धनको बलमा,
भ्रष्टाचारले बाल्यो समाजमा ज्वाला सधै दन्दन भन्छन्।

मेला पर्व आउँदा हामि नेपालीहरू लाई डहन सबैभन्दा,
आमा बाबा स्वदेश छोरा छोरी सिमापारी रून्छन् भन्छन्।

यो दुनियाँमा गरिबको जीवन यस्तै दुःखैदुःखमा गैजाला,
गरिबको पक्षमा न धर्ती नत ग्वार आउँछन् गगन भन्छन्।

भाडाको सिपाही युद्धकै मैदानमा छु मनाउँला आर्कोवर्ष,
बहिना बाँचेपछि हिँडेको छु सिरमा बाँधेर कफन भन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ०८ २०२४ 20 Aug 2024, 04:07

गजल
यो चालाले देशले काँचुलि फेर्न सक्दैन,
हाम्रो व्यबहारले भ्रष्टाचार घेर्न सक्दैन।

हुदैन जबसम्म आपसमै बलियो एकता,
संसारले सकारत्मक दृष्टीले हेर्न सक्दैन।

यो दुनियाँ त रङ्गमञ्च हो भुलभुलैयाको,
धनमान यसका नाइके हुँन बेर्न सक्दैन।

कसरी हुन्छ स्वाभिमानको रक्षा देशमा,
जबसम्म दुश्मनको घाँटी शेर्न सक्दैन।

आत्म निर्भर भएन हाम्रो देश किनहोला,
नेताहरूले अमूल्य बिचार नै टेर्न सक्दैन।

भए घरघरमै लेखक बुद्धिजिवी र नेता,
तर राष्ट्रको हितमा लगातार केर्न सक्दैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० ०८ २०२४, 21 Aug 2024, 04:31

गजल
आमा छोरी जात सुरक्षित भएको संसार भन्दिनोस्,
कागजमा लेखे पनि खै समानता व्यबहार भन्दिनोस्।

पुरूष प्रधान समाजमा भयौँ महिँला उनैका खेलौना,
शंघर्षबिना के छ महिला मुक्तिको आधार भन्दिनोस्।

आमा हजुर पेटभित्र पनि त सुरक्षित कहाँ छौँ हामि,
जन्मिन नदिएर तुहाउँछिन् गर्भमै लगातार भन्दिनोस्।

आफ्नै आमाको पेटमा असुरक्षितभए कहाँ छ सुरक्षा,
पुरूष प्रधान समाज कोछ हाम्रो बफादार भन्दिनोस।

बाटो घाटो बन जङ्गलका कुरा केगर्ने छोरीलाई आमा,
कुन देशमा छ महिँलाको हित गर्ने सरकार भन्दिनोस्।

विक्री हुन्छौँ पसुतुल्य नारी पुँजिबादको बजार भरिमा,
याहाँ कसले गर्छ यो कुसंस्कारको उपचार भन्दिनोस्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ ०८ २०२४ 22 Aug 2024, 04:16

गजल
प्रवाशि जीवन घर पुगिदैंन की भन्ने डर हुन्छ,
किन होला हामिलाई नै देश छाड्ने कर हुन्छ।

नेताहरूलाई सदन भित्र चुनेर पठाउदा सधैँ
नागरिकलाई देश बिकाशको धेरै रहर हुन्छ।

कसको भरमा जाने आर्काको देशमा हामि,
अनहाकमै मर्छन् यता सरकार बेखबर हुन्छ।

बाध्यता हो हजुर परदेश जाने रहर होइन यो,
यहाँ नेताहरूलाई पनि रिमिटेन्सको भर हुन्छ।

सुखेको ओंठ आँखामा आँशु र रित्तो झोला,
आफ्नो भन्नु टेक्ने धर्ती र ओड्ने सगर हुन्छ।

उकाली ओराली र भिर पाखा पखेरामा डुल्ने,
विरहरूको परदेशभित्र टिठ लाग्ने अधर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ ०८ २०२४ 23 Aug 2024, 05:04

गजल
उसले जीत्न नसकेपछि ऊ मित्र खास भएको,
मलाई थाहा भएन ऊ भित्रभित्रै उदास भएको।

रहस्य त पछि खुल्यो जब उसको व्यबहार देखें,
मित्र बनेर हामि माथि उस्को दुससहास भएको।

मान्छे अचेल मानवता भुल्यो लोभले बिलाप छ,
थाहा पाउँदैन आफु भित्र मानवता नाश भएको।

सुःखको खोजिमा हिँड्छ आफ्नो मन टटोल्दैन,
पत्तै लाग्दैन झनपछि झन दुःखको राश भएको।

खै समय छैन अचेल पैसाको सवालमा जिन्दगी,
भुलिसक्यो मानिस आफै जिउँदो लाश भएको।

मपाईँ छ कदर छैन बा आमाको छोराछोरी भित्र,
अब त आभाश नै हुनछाड्यो आस पास भएको।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ०८ २०२४, 24 Aug 2024, 03:14

गजल
आफ्नैले घाउ लगातार दिएकै हुन्छन्,
जीवनमा गरूङ्गो भार दिएकै हुन्छन्।

दुश्मन् कहाँ सक्थ्यो जो दिए आफ्नैले,
भुल्नै नसक्ने उपहार दिएकै हुन्छन्।

पाहुँना बनेर कहिले माझि बनेर आए,
जीवन डुबुउँने आधार दिएकै हुन्छन्।

मित्र बनेर मनभित्र पसेका उनै गद्दारले,
दुष्टले घेर्दा भुत्ते औजार दिएकै हुन्छन्।

दुःखको बेला नुन चुक लाउँने साथि ले,
जुवामा हारेपछि उदार दिएकै हुन्छन्।

सहयोग गरिन नभन्नु गर्नुगर्छन साथिले,
कयौँ पटक मनमा दरार दिएकै हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ ०८ २०२४, 25 Aug 2024, 04:18

गजल
कसैले पनि दिंदैन आफु नअघाए सम्म,
आफ्नै भुँडी भर्छन् सबैले अटाए सम्म।

दुध कहाँ दिन्छन् बाबु नानिलाई आमाले,
जबसम्म रोएर बालकले नअत्ताए सम्म।

तिमी भन्छौ राजनीति गर्नै हुदैन हामीहरू,
हक मिल्दैन सडकमा नारा नलगाए सम्म।

कसलाई फुर्षत छ महङ्गाइको जमाना हो,
विकाश हुँदैन यहाँ दलाल न धपाए सम्म।

भ्रष्टाचार कहाँछैन देशको कुनाकुनमा हेरौँ,
जनताको काम हुँदैन दस्तुर नबुझाए सम्म।

हो लुट्नै ढुकेर बस्छन् आफ्ना भनौँदाहरू,
सापट पनि फिर्ता हुँदैन सातो नखाए सम्म।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०८ २०२४ 26 Aug 2024, 03:26

गजल
उसले कलम उठायो आफ्नै जीवन बनाउन,
पुस्तौँसम्म पुग्ने छोरा नातिलाई धन बनाउन।

भन्न त बन्दुक उठाउँनेहरू पनि सर्वहार भन्थे,
लुट मार गराएर आफ्नै लागि रनबन बनाउन।

त्यत्तिकै कसले खर्चिन्थ्यो दिमाख अचेलभरी,
जनघाती बम बनाउन आधुनिक गन बनाउन।

सोजा गरिब युवाहरू लाई बन्दुक थमाए पछि,
आफु सत्तामा पुग्ने भर्याङ्ग युवा डन बनाउन।

आतङ्क फैलाए र जनतामा डर पैदा गरेपछि,
लोभ देखाए र मानिस मार्न दह्रो मन बनाउँन।

सोझा जनताले कसरी बुझ्ने चाल नेताहरूको,
देश धितो युवा बली चढाए सिंहासन बनाउन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६ ०८ २०२४, 27 Aug 2024, 04:02

गजल
अंध्यारोलाई सराप्नु भन्दा एउटा दियो बाल्नु राम्रो हुन्छ,
हामि सबै मिलेर सामाजिक फोहोर पखाल्नु राम्रो हुन्छ।

अचेल तीजमा पनि गहना प्रदर्शन गर्छन् हुने खानेहरू,
कुसंस्कार बिरूद्धमा अब आन्दोलन थाल्नु राम्रो हुन्छ।

रेमिटेन्सले कति पाल्छौ यी विदेशका दलालहरू साथि,
देश द्रोहीहरूलाई पाल्नु भन्दा छिट्टै फाल्नु राम्रो हुन्छ।

हाम्रो एकता हुन नसक्ने त जातिय बिभेदले पनि होला,
समय आयो जातिय पर्खालहाई पनि ढाल्नु राम्रो हुन्छ।

देखासिकी नगरौँ है हुँदा खानेलाई पुग्दैन ऋण लाग्ला
समय मै आफुलाई यस्तो रोगबाट सम्हाल्नु राम्रो हुन्छ।

युवाहरू छाडौँ विदेशी भूमि स्वदश भित्र पनि बाँचौला,
खेती किसानी गर्नका लागि बरू पशु पाल्नु राम्रो हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ ०८ २०२४ 28 Aug 2024, 03:35

गजल
उसैलाई सम्मान् गरौँ जो देशको बफादार हुन्छ,
नागरिक सँग सधैँ राम्रो उसको व्यवहार हुन्छ।

सरकार हेर्दाहेर्दै बदलिन्छ देशभित्र आलोपालो,
भन्छन् चुनाव गराउँदा पनि देशलाई भार हुन्छ।

गणतन्त्र आएपछि जनतालाई झनै सास्ति भयो,
महंगि उस्तै हुन्छ जता हेर्छौँ उतै भ्रष्टाचार हुन्छ।

भन्छन् गरिबी अन्मुलन् गर्छौँ विकाश गर्छौँ याहाँ,
विदेशीको दलालि गर्नलाई अग्रसर सरकार हुन्छ।

राजनीति पनि कस्तो कस्तो देखियो हाम्रै देशमा,
जनताले हेर्दाहेर्दै नेताहरूको विक्रि व्यपार हुन्छ।

युवाहरू यही देशमा बस्नुपर्छ भन्छौ हामि धेरैले,
व्यवहार भने सबैको देशबाट खेद्ने आधार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ०८ २०२४, 29 Aug 2024, 04:25

गजल
किन समाजमा जातिय बिभेदको रास हुन्छ,
जबकी मानिसको सरिर उस्तै एकनास हुन्छ।

बरू बर्गिय बिभाजन गराए पुँजिबादीहरूले,
पैसाप्रधान समाज मान्छे पैसाको दाश हुन्छ।

गरिब मुक्ति आन्दोलन् भनेर फाइदा उठाए,
उन्कै चुनावी घोषणापत्र पनि बक्वाश हुन्छ।

परदेश नगई खानु छैन लगाउँनु छैन देशमा,
खान र लगाउँनमा नै अकालमा लाश हुन्छ।

जसले पनि परदेशीलाई लुट्ने योजना बनाए,
बसको मालिक सँग समेत लुट्ने पास हुन्छ।

ठुला ठुला गृहयुद्ध भयो हाम्रो देशमा यद्यपि,
न देशले निकास पायो न देशमा विकाश हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९ ०८ २०२४, 30 Aug 2024, 03:58

गजल
झुक्दै झुक्दैनन् जनताले खबरदार गर्नसक्छन्,
अचेल नेताले बरू आफ्नै व्यापार गर्न सक्छन्।

बद्नाम नागरिकहरूलाई गर्छन् भेँडा भनेर यहाँ,
बरू उनि आफै पशुतुल्य व्यवहार गर्न सक्छन्।

श्रमजिविहरूले आफ्नै पसिना बगाएर पेट भर्दा,
धनिहरू उनैको पसिनामा कारोबार गर्न सक्छन्।

एकछाक खान नाङ्गो ढाक्न कै लागि जीवनभरी,
गरिबहरूले दिन रात काम लगातार गर्न सक्छन्।

वैइमानि गर्न सक्दैनन् गरिबका छोरा  छोरी कत्ती,
बरू आफ्नो देश जोगाउँन मारामार गर्न सक्छन्।

अहिले तैयारी चल्दै गर्दा हारे सेलाए नभन्नु कोही,
दमन् नगरे आन्दोलन् सँग फेरी प्यार गर्न सक्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ०८ २०२४ 31 Aug 2024, 03:44

गजल
चम्चाहरूकै जमाना हो नैतिक्ता बद्नाम भयो,
भ्रष्टाचार भयो उस्तै देशमा विकाश जाम भयो।

न्यायलय छाडेनन् साहित्य क्षेत्र पनि छाडेनन्,
राजनीति अचेलको केभनौँ मित्र वेलगाम भयो।

हिंजो भन्दा आज पुँजिवादको खेल निरालो छ,
सबै भन्दा प्यारो त अचेलभरी उही दाम भयो।

राजनीति अदुरदर्शियताले देश छिया छिया छ,
अराजक गतिबिधीको नै यस्तो परिणाम भयो।

दुश्मन्ले दुश्मन बताएन आफुलाई बतायो दोस्त,
देशका राजनीति उसैको सेवा गर्ने काम भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३१ ०८ १०२४, 1 Sep 2024, 02:12

गजल
मानिस सबै उस्तै उस्तै हुन् तर चाल फरक हुन्छ,
जस्तो की दिन उस्तै भए पनि साल फरक हुन्छ।

जन्मिन्छन् अनि राम्रा नराम्रा कर्म गर्छन् धर्तिमा,
छाडेर जान्छन् चत्रक्कै शेष सवाल फरक हुन्छ।

जीव जन्तु पनि त उस्तै हुन्छन् हुन्छ रगत रातो,
दुःख दर्द सबैको उस्तै तर कङ्काल फरक हुन्छ।

मानिस हिंजो पनि खरको छानोमा बाँचेको हुन्थे,
आज उनिहरू बसने छानो र पर्खाल फरक हुन्छ।

कोर्टमा पनि भैंस हुन्छ सडकमा पनि भैंस उस्तै,
तर छलफल गर्ने चित्कार र कतुहाल फरक हुन्छ।

हिंजो सिक्किम भारतमा बिलय हुँदा लेण्डुपदोर्जे,
नेपलभित्र उदेश्य एउटै हो तर दलाल फरक हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ ०९ २०२४, 2 Sep 2024, 03:11

गजल
हाम्रो देशका युवाहरू त देश बिहिन हुनथाल्यो,
जस्तै देशका नेता विदेशीको अधिन हुनथाल्यो।

आमा भन्नु हुन्थ्यो देशका लागि केही त गर्नैपर्छ,
ती शब्दहरू पनि बिस्तारै मनमै मलिन हुनथाले।

हामिहरू स्वतन्त्र भएर कसरी बाँच्न सकिन्छ त,
जन्मिने शिशुलाई झण्डै लाख रिन हुनथाल्यो।

जसलाई चुनेपनि विदेशीको दलालि गर्न खोज्दा,
अब यिनिहरूलाई नेत भन्नै पनि घिन हुनथाल्यो।

महंगि र भ्रष्टाचारको बिरूद्धमा आवाज उठ्छन्,
तर रोकिएन झन् अपराध दिनौदिन हुनथाल्यो।

देशमा आमूल परिवर्तन् नगर्दै शान्ति हुनैसक्दैन,
अहिलेको अबस्था हेर्दा मलाई एकिन हुनथाल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ ०९ २०२४, 3 Sep 2024, 04:18   सुरेशकुमार पाण्डे

गजल
सोर्ग नर्क छ भने समाजमै छ भन्ने बिचार हुनुपर्छ,
सबै मानव समुदायहरू को राम्रो व्यवहार हुनुपर्छ।

कुसंस्कार पालेर कति बाँच्ने मनभित्र मानवहरूले,
नागरिकका बिचारको सम्मान गर्ने सरकार हुनुपर्छ।

सबैभन्दा पहिले मात्रृत्वभूमि छ र जिवितछौँ हामि,
सबैको पौरखबाट देशको सम्रचना निखार हुनुपर्छ।

नागरिक समाजले चुन्यो र पठायो नेता संसदनमा,
नागरिकहरूलाई जीवन यापनको आधार हुनुपर्छ।

खेती गर भन्दैमा मात्र पुग्दैन सरकार किसन लाई,
समयमा मल बिउ साथै कृषिका औजार हुनुपर्छ।

नत साहुकार न उन्का दलालले देश बनाउँन् हाम्रो,
देश जोगाउँन र बनाउँन देशभित्र बफादार हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३ ०९ २०२४, 4 Sep 2024, 04:00

गजल
जब हाम्रो देशमा लावा दन  दन् हुन्छ,
नागरिकको हृदयमा पनि जलन् हुन्छ।

भन्छन् बाढी पहिरो किन जान्छ सधैँ,
भन्न सक्दैनन् देशभित्र उत्खनन् हुन्छ।

युवाहरू घर बिहिन मात्र भएनन् यहाँ,
डर लाग्छ कुनैदिन् यो देश पतन् हुन्छ।

अब सहनसिलताकै बाँध समेत टुट्ला,
बिद्रोह अवश्य हुन्छ जाहाँ दमन् हुन्छ।

सधैँ नागरिकहरू सचेत र संगठित रहौँ,
अन्याय र अत्याचारले याहाँ घुटन् हुन्छ।

परदेशमा समेत एकताको परिचय दिनु,
बलियो हुने श्रोत भनेको संगठन् हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ ०९ २०२४, 5 Sep 2024, 03:42

गजल
मनमा किनहोला क्रान्तिकारी हलचल हुन्छ सधैँ,
उस्तै आन्दोलन् संघारमा पुगेर बिफल हुन्छ सधैँ।

बा भन्नुहुन्थ्यो न म क्रान्तिकारी न तेरै छोरा हुन्छ,
सम्झिन्छु बाबाको भनाईनै किन अटल हुन्छ सधै।

अहिले वर्षात समेत खुबै भयो उस्तै बाडि पहिरो,
जता जान्छौँ उतै पहिरो जान्छ र भल हुन्छ सधैँ।

विदेशीले देश टुक्रा टुक्रा पार्यो सङ्घिय जाजमा,
खशि दिएर फर्शी ल्याउँने वेअक्कल हुन्छ सधैँ।

के गर्छौ यार पटक पटक संम्विधान संसोधन् गरी,
भएका इनै नियम कानुन नत अम्मल हुन्छन् सधैँ।

आलो पालो सत्ता स्वाद चाख्न खोज्ने यो देशमा,
मौका प्रस्त नै धेरैजसो राजनीति दल हुन्छन् सधैँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ ०९ २०२४, 6 Sep 2024, 03:11

गजल
तीज आउँछ अनि दंशै र तिहार आउँछ,
हुँदा खानेलाई भने ऋणकै भार आउँछ।

धनमान् लाई मात्र आउँनेरैछ खुसि बनि,
गरिबलाई त खुसिको इन्तिजार आउँछ।

हामिले भन्छौँ यो व्यवस्थाकै विद्रो गर्दा,
यही ज्यान् जान्छ कि त संसार आउँछ।

आन्दोलन पनि नगरेका कहाँ हौँ हामिले,
तर सत्तामा अवसरबाद लगातार आउँछ।

दुष्टको इसारामा जान्छ ज्यान गरिबको,
देशको सत्तामा दलालकै सरकार आउँछ।

सोंच्छु किन होला देशमा विकाश नहुँने,
सम्पति खान विदेशको बफादार आउँछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ ०९ २०२४, 7 Sep 2024, 02:38

गजल
कहिले सुनसान् हुन्छ कहिले मनमा तुफान हुन्छ,
अचेल आफ्नै प्रछाईं अपरिचित र अन्जान हुन्छ।

नलागोस् छोराछोरिलाई ऋण भन्छु सोंच्छु आफै,
ऋण नलागे त जिम्मेदार हुँदैन भन्ने उखान हुन्छ।

समस्याको रास हुन्छ पाइल्यै पछि ठोक्कर सधैँ,
भन प्रिय हाम्रो यो उल्झन् कहिले समाधान हुन्छ।

श्रमजिविहरू नै भोकै नाङ्गै हिंडेको देखिन्छ यहाँ,
अल्छि शोशक र अपराधीहरूकै छुट्टै शान हुन्छ।

देश द्रोही अचेल आकासमा उड्छन् देश बिदेशमै,
उनै अपमान हुन्छन् जसको यहाँ योगदान हुन्छ।

इमानदार मानिसको त पौरख बिक्न छाड्यो यहाँ,
अचेल अब्बल दर्जाको त दुनियामा वेइमान हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

गजल
कति अर्घेलो बनाउँछ सरकार यो समाजले,
भन किन गर्दैन मानिसलाई प्यार यो समाजले।

कहिले एकान्तमा रूपियाँ हेर्छु र हासो लाग्छ,
किन बनाएको होला धन खुँखार यो समाजले।

मेरै आमा बिना चप्पल हिंड्नु हुन्थ्यो देखेकै हु,
किन गर्छ गरिब बिच यस्तो व्यवहार समाजले,

बिना उपचार अकालमै ज्यान गुमाउँछन् लाखौ,
आफ्नै पसिनाले नेताको गर्छ उपचार समाजले।

मेलापर्व पनि हुनेखानेको भयो हुँदा खाने भोकै,
दिन सकिन सबैलाई खुसिको आधार समाजले।

गरिबहरूकै पसिना लुटेर पालेको छ आज पनि,
अपराधी,फटाहा उस्तै देशका गद्धार समाजले।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ ०९ २०२४ 9 Sep 2024, 04:47

गजल
नागरिकहरू माथि सधै किन अत्याचार हुन्छ,
सरकारबाट पनि सधैँभरी उस्तै व्यवहार हुन्छ।

आफ्नै छायाँले पनि डराउँन दिन्छ कुनै वेला,
साख्खै भाई दाई पनि एकापसमै गद्धार हुन्छ।

कहाँ जित्न सक्नेथियो यार मलाई दुश्मनले,
घरिघरी आफ्नै भाई दुश्मनको हतियार हुन्छ।

राजनीति जस्तो राजनीति छैन अचेल देशमा,
नेताहरूको पनि बोलि लगाएर व्यापार हुन्छ।

गरिब मुक्तिकै नारा खुब लगाउँछन् सडकमा,
तर यथार्थमा उनकै पसिनामा कारोबार हुन्छ।

सरकारले भन्थ्यो घरघरमै सिहँदरबार हिंजो,
यहाँ विक्रिमै पेरिस डांडा र बालुवाटार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ ०९ २०२४, 10 Sep 2024, 04:16

गजल
तिमी भन्छौ अपराधीहरू लाई कारागार हुन्छ,
तर मैले देख्छु सधैभरी उहि नै साहुकार हुन्छ।

ऋण लिएर पनि तिर्न मान्दैनन् जमाना कस्तो,
धेरैलाई अपराध पनि जिउपाल्ने आधार हुन्छ।

इमान्दार कर्मचारीलाई त खान पुग्दैन तलबले,
सानो तिनो घर बनाउँदा समेत कर्जदार हुन्छ।

कसरी बनाउँथ्यो सिश महल प्रेमिकाको लागि,
जसको ऋणमा आफ्नै घरको बेडापार हुन्छ।

अचेल धेरैजसोलाई रूपियाँले वेइमान बनायो,
लोभ लालचले नै समाजमा ठुलो दरार हुन्छ।

वेइमानहरूले सुन पचाउँछन थाहा हुदैँन यहाँ,
गरिबहरू नुन नचोर्दै सङ्कामै चिरफार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१०  ०९ २०२४, 11 Sep 2024, 07:07

गजल
दिनदिनै शंघर्ष गर्नैपर्ने पनि कस्को रहर हुन्छ,
बोल्नै पर्छ जब सरकार नि यहाँ बेखबर हुन्छ।

मानिस भएपछि खान र लगाउँने अधिकार हो,
बोडर काट्नै पर्ने खानलाई कस्को कदर हुन्छ।

नागरिक भएर बाच्न दिउ सबैलाई स्वाभिमानी,
अखण्ड देश नागरिकको उज्यालो अधर हुन्छ।

फरक यत्ती छ नेता र ममा बिचार भन्छन् उनि,
मेरो भनाई त व्यवहारमै परिणित सक्भर हुन्छ।

नेपाल देश मेरो मात्र होइन नत नेताको मात्रै हो,
नागरिकहरू सबैलाई देश जोगाउँने कर हुन्छ।

हेरौँ त युवा बिहिन भयो मेरो देश ढिकमा पुग्यो,
डर लाग्छ र लेख्छु कुनैदिन विदेशी नगर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ ०९ २०२४, 12 Sep 2024, 04:22

गजल
थाहा छ मलाई मेरै पनि अन्तिम सँस्कार हुनेछ,
एकदिन यही सरिर पनि आगोकै उपहार हुनेछ।

त्यसैले अचेल त धनको पछि भाग्दैन कत्तिपनि
अन्तिम सम्ममा यही लोभ रहित निखार हुनेछ।

कसै कसैले भन्लान् त्यो मर्यो हाइसुख्ख भयो,
तर कसैलाई भने आँशु बगाउँने आधार हुनेछ।

मरेको मानिसलाई स्वर्ग के नर्क के थाहा भयो,
कसैलाई त मेरै मृत्युको समेत इन्तिजार हुनेछ।

समय ठिक त्यस्तै छ हिंजो आज के भनौँ साथि,
खाई नखाई जोगाएको सम्पतिमा मारामार हुनेछ।

मैले आज अर्कैको कथा लेख्छु मनोरञ्नको लागि,
होनहो एकदिन मेरै मृत्युको त्यसमा समाचार हुनेछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०९ २०२४, 13 Sep 2024, 04:39

गजल
चसक्क हुन्छ मनमा देशको उपहास हुँदा,
अपराधी मुक्त देशभक्तलाई काराबास हुँदा।

कुन् देशभक्तको मन् रूँदैनहोला भनिदेऊ,
हाम्रो देशको श्री सम्पत्ती सबै निकास हुँदा।

उनि शहीद केकालागि भएका थिए साथि,
अचेल प्रश्न गर्ने मन लाग्छ नेतानै दाश हुँदा।

देशमा बिकास हुनसकिन युवा बिहिन भयो,
कसलाई भनौँ यो देशमा जिउँदा लास हुँदा।

मरेपछि स्वर्गमा जाने सर्तमा बाँचेका हुन्छन्,
विद्रोह गर्न पनि डराउँछन् दुःखकै राश हुँदा।

लोभले लाभ भयो लाभले पनि बिलाप भयो,
हाम्रो देशभित्र कुसंस्कार नै धेरै खास हुँदा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ०९ २०२४ 14 Sep 2024, 04:14

गजल
म अस्पत्तालमा भर्न हुँदा बित्तिकै प्यार आयो,
दुश्मन् फूलको गुल्दस्ता लिएर उपहार आयो।

मानिस गोलीले मात्र मर्दैन बोलीले पनि मार्छ,
देख्दा गुलदस्ता मुटुमा बिज्ने औजार आयो।

नजिक बस्यो ऊ खुट्टा दबाउँदै भन्यो खुसि छु,
होष्पिटलमै म मन्त्री भएको समाचार आयो।

तिम्रो नजरमा म अपराधी भएर केहुन्छ भन त,
मन्त्री भएपछि सधैँ स्वर्गमा बस्ने आधार आयो।

मैले पनि त हात्तिछाप नलगाएको होइन मित्र,
जनताले साथ दिए र जीवनमा निखार आयो।

हिंजो सबैले अल्छी भने चोर भन्दै उपहास गरे,
आज सम्मान् गर्छन् र भन्छन् साहुकार आयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०९ २०२४, 15 Sep 2024, 07:06

गजल
नागरिकले शान्तिको लागि आन्दोलन् गर्छन्,
अवसरबाद सँगै बनेर दागि आन्दोलन् गर्छन्।

कसैलाई देशको चिन्ता कसैले गर्छन् रमाइलो,
हाम्रो देशमा धेरैजसो धागी आन्दोलन् गर्छन्।

बाँचनु छैन नागरिकहरू लाई आन्दोलन् नगर्दै,
तिमी भन्छौ देशमा अभागि आन्दोलन गर्छन।

यो व्यवस्थाबाट आहाल थिचोमिचो गरेपछि,
बन्छन् यो व्यवस्थाका बागि आन्दोलन् गर्छन्।

सधैँ कायर जस्तै हातमा दही जमाएर नबसौँ,
अब त सबैजसो सिमा नागि आन्दोलन् गर्छन्।

देश तथा विदेशमा बसेर पनि देशभक्तहरूले,
देशको रक्षा गर्न सधैं जागि आन्दोलन् गर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ ०९ २०२४, 16 Sep 2024, 03:30

गजल
हाम्रो देशमा न खोला न बगर सुरक्षित छ,
अरू कुरै छाडौँ न आफ्नै घर सुरक्षित छ।

मित्र चोरलाई चाबी दिएपछि त हुन्छ यस्तै,
ढुक्क पर्ने अबस्था छैन न सहर सुरक्षित छ।

देशभक्त शहीद भए देश र जनताको लागि,
उनिहरूकै न यो देशभित्र कदर सुरक्षित छ।

थोत्रा वहान झरझर पुल र भित्किन्छ बाटो,
गुल्टिन्छ गाडि याहाँ नत सफर सुरक्षित छ।

मदिरामा डुबेका मानव भन्छन् धार्मिक हौँ,
चढ्छ बली जताततै न जनाबर सुरक्षित छ।

कस्तो देश बनाए हाम्रा नेताहरूले आज यो,
आकास सुरक्षित न मित्रको भर सुरक्षित छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ०९ २०२४ 17 Sep 2024, 06:45

गजल
जिन्दगी सधै उक्कालो मात्र लाग्दैन ओरालो लाग्छ,
निर्धक्क बस तिम्रो मात्र होइन मेरै पनि पालो लाग्छ।

भन्छौ सरकारी नोकरी लगाई दिन्छु छोरालाई मैले,
जतिसुकै कोसिस् गर नोकरिमा नेताकै सालो लाग्छ।

आमा भन्नुहुन्थ्यो छोरा ऋण नलगाए बरू थोरै खानु,
फोहोर अशुभ हुन्छ ऋण लाग्दा घरमा जालो लाग्छ।

यो देशभित्र पनि विदेशका दलालहरू देखिन्छन् धेरै,
सम्वेदन्सिल ठाउँ हुन्छ त्यहाँ विदेशी गोठालो लाग्छ।

देश खतरामा पुगेको भान हुन्छ मित्र मलाई यसै गरी,
विदेशी चलखेल सरकारी उद्दोगमा पनि तालो लाग्छ।

ओरालो लाग्छन् स्थानिय दोकानदार बजारमा हेर्दा,
विदेशी धन्मान र व्यापारी सधैभरी उक्कालो लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ ०९ २०२४ 18 Sep 2024, 04:11

गजल
अपराधी लुकाउँने पनि त सरकार रहिछ,
थाहाभयो अब को कस्को बफादार रहिछ।

नियम कानुन ताकमा राखेर ऐयासि गर्दा,
एकदिन बन्ने नै हेड्लाईन समाचार रहिछ।

हामी यही भन्छौँ बेकसुर नपरोस् धराप मा,
छोड्न्नै हुँदैन जो पनि यहाँ कसुरबार रहिछ।

सरकार भित्र बसेकाहरू सरकार चलाउँने,
अपराधीकै अपराध छुटाउँने आधार रहिछ।

सरकारमा बसेका आफै पनि अपराधीका,
खास उन्मुक्ती दिने उही मदतगार रहिछ।

जनता यि घिनलाग्दा नेताहरू लाई चिनौँ,
ति नेताकै पनि अपराधीको जस्तै व्यवहार।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 19 Sep 2024, 02:46

गजल
भन्छन् यसपटक सबैभन्दा राम्रो सम्विधान आयो,
देश अखण्ड भयो र जनतामा पनि परान आयो।

साच्चैभन्दा जसले जे गरेपनि भएकै छ यो देशमा,
विकास आएन दन्ते कथामा नेताको उखान आयो।

किसान रोएकाछन विस्तारै भूमिहिन हुनथाले अब,
आलोपालो सङ्ग सत्ता साझेदारी खिचातान आयो।

हात्तीछाप उस्तै नालायक समेत मन्त्री त भएकैछन,
उनैले भन्छन् सङ्घीयता ल्यायौँ र योगदान आयो।

आज देश कङ्गाल भए केभयो नेता मालामाल छन्,
भन्छन् उनैका चम्चाहरू देशमा नयाँ शान आयो।

न देशभक्तको कदर छ हिंजो आज न देश शुरक्षित,
शहीदको चिहानमा उभ्भिएकालाई सम्मान आयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ०९ २०२४ 20 Sep 2024, 04:13

गजल
यता बा आमालाई छोराको इन्तिजार हुन्छ,
परदेशमा उसैको पसिनामा कारोबार हुन्छ।

केथाहा सोजा नागरिक लाई नेताको चाला,
आफुले दिने मतदानमा पनि व्यापार हुन्छ।

गरिब किसान उस्तै छौँ सुदिन फिरेन देशमा,
दिनानु दिन उनैको पसिनामा भ्रष्टाचार हुन्छ।

आमूल परिवर्तन गर्ने युवाहरूको उदेश्य हो,
तर संघारसम्म पुग्छ र पतन लगातार हुन्छ।

देशमा गृहयुद्ध प्रत्येक दश वर्षमा भएकै हो,
त्यस्मै पनि विदेशी चलखेलकै आधार हुन्छ।

भाषनमा भन्छन् शान्ति ल्याउँनुपर्छ देशमा,
धागि नेताहरूका गफ सुन्दा दिक्दार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२०  ०९ २०२४, 21 Sep 2024, 02:31

गजल
जब एउटै सन्तानभित्र मारामार गराउँन खोज्छन्,
स्विर्थिहरू आन्दोलन लगातार गराउँन खोज्छन्।

छातिमा चसक्क हुन्छ एउटा देशभक्त नेपालिको,
जनतालाई सम्प्रदायिक औजार गराउँन खोज्छन्।

हामिहरूले बिभेदको बिरोधमा जीवनभरि लड्यौँ,
बिभेदकारीले गृहयुद्धकै आधार गराउँन खोज्छन्।

अचम्मै छ हाम्रो देशलाई कसको कुदृष्टी पर्योहोला,
नागरिको बली चढाएर सरकार गराउँन खोज्छन्।

बाहुन क्षेत्री, दलित जनजाति हामि सबै नेपाली हौँ,
किन भुलेर आफ्नै देशकै व्यापार गराउँन खोज्छन्।

उनैलाई मिल्छ ताली,उनै हुन्छन् सम्मान् जनतामा,
जसले देश भाड्ने यहाँ हतियार बनाउँन खोज्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ ०९ २०२४, 22 Sep 2024, 03:51

गजल
दुश्मनले पनि सधैं निउ बार बार खोज्न थाल्यो,
मेरा गलति कम्जोरीहरू नै लगातार खोज्न थायो।

सचेत संगठित गराउँन खोज्छौँ हामि सधैँ घरभित्र,
सङ्का लाग्छ किन शन्तान दरार खोज्न थाल्यो।

यहाँ पानी मुनि बसेकाहरू पनि ओवाना हुनथाले
जसले हाम्रो घर भत्काउँने आधार खोज्न थाल्यो।

दुश्मन र मित्रलाई चिन्ने पनि त समय आउँदो रैछ,
नाडी छाम्यो र घर भाड्ने औजार खोज्न थाल्यो।

शन्तान् सबैले मिलेर बसेपछि जे पनि गर्न सकिन्छ,
एकता देखेपछि ऊ फुटकै समाचार खोज्न थिल्यो।

किन अचेल शन्तानहरूको पनि रगत चिसो हुँदै छ,
दुश्मनकै आगनिमा आफ्नो संसार खोज्न थाल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ ०९ २०२४ 23 Sep 2024, 04:11

गजल
आफ्नै घरमा पनि त छलफल अती हुनुसक्छ,
उपति गर्न खोज्दा कैलेकसो खति हुनसक्छ।

आजको समाज सुखभोगि भएकोले त होला,
आज काम नगरौँ भनेपछि सहमति हुनसक्छ।

हाम्रा पुर्खौली विर थिए शंघर्षको बिडा थामे,
उनैको पद चिन्हमा नहिँडे दुरगती हुनसक्छ।

बाबु हो बुढा पुराना हरूका कुरा सुन सधैभरी,
उनिहरूको बिचार नि तिम्रो औषती हुनसक्छ।

शङ्घर्ष गर्न नछाड हुन्छ मानव मुक्ति यसमा,
हरेश नखाए आफ्नो आकास धर्ति हुनसक्छ।

हाम्रो शन्तानको एकतामै हुन्छ भबिश्य देशको,
अखण्ड देश भए बिकास भनेजती हुनसक्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ०९ २०२४, 24 Sep 2024, 04:27

गजल
सांचो मनले सेवा गरेकोभए पित्रिको बास हुनेछ,
सधैँ घरमा तिमीहरूको पनि खुसिको रास हुनेछ।

जिवित छँदा कत्तिको गुन लगायौँ बोली बचनले,
मरेर गएपछि तिम्रो लागि मुल्यांकन खास हुनेछ।

मरेपछिको औपचार कसलाई फाइदा पुग्नसक्छ,
कुरिती कुसंस्कार भोलिकै दिनमा उपहास हुनेछ।

जिवित छँदा मिठो बोलौँ सकेको सेवा गरौँ सबैले,
विवेक हिन भएको मानिस त जिउँदो लाश हुनेछ।

मेला पर्वहरू पनि आएकैछन पछि पछि श्रद्धाको,
मिठो बोलिले स्वागत नगर्दा पाहुना उदास हुनेछ।

हामि सबैको एउटै उदेश्य देशभित्र विकास हुनुपर्ने,
कुरितीमा फस्यौँभनि त्यो योजना सत्यानास हुनेछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ ०९ २०२४ 25 Sep 2024, 03:52

गजल
अल्छि भएपछि उस्को सधैँ धमिलो अधर हुन्छ,
उसले आफ्नै गुण गाउँछ अरूको वेखबर हुन्छ।

मै पनि त अचम्मैको छु मान्छेको चाल नियाल्दै,
सबैको पोल खोल्ने मैलाई सधैँ किन रहर हुन्छ।

नत कसैले श्याबासी दिन्छ न कसैले इनाम यहाँ,
सबैले दुश्मन् जस्तै हेर्छन् न आफ्नो कदर हुन्छ।

फेरी पनि मैले कर्तव्य ठान्छु सही लाई सही भन्ने,
झुट बोल्न सक्दैन सच्चाईमै जो वेफिक्कर हुन्छ।

आलोचना गर्नेहरूलाई ऊ दुश्मन ठाने पनि साथि,
यदि आफुलाई सुधार्छ भने पछिसम्म असर हुन्छ।

आलोचक लाई त डाक्टर सम्झिनै पर्छ सधैभरी,
रोगबाट जोग्गिने पनि त्यो आलोचककै भर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०९ २०२४, 26 Sep 2024, 03:45

गजल
छिमेकी सँग धेरै मेलमिलाप गर्ने रहर छैन,
कुनवेला पिठ्यूँमा खञ्जर गोप्छ भर छैन।

खै उसैलाई मात्र कती दोश दिने हामिले,
आफ्नो सन्तानको समेत राम्रो खबर छैन।

नतमस्तक छन् खान पाए नेताहरू हाम्रा,
यिनै नेताले गर्दा त खोला छैन बगर छैन।

भ्रष्टाचार हिँजो आज सामन्य मुद्धा बन्यो,
प्रसाशन र सरकारको त कसैलाई डर छैन।

पाए राहदानी युवाहरू डिग्रीको बद्लामा,
हाम्रै देशमा आफ्ना नागरिकको कदर छैन।

भिरकै बाटमा थोत्रा वहान गुड्छन् देशमा,
सधैँ दुर्घटना हुन्छ नेताहरूलाई असर छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०९ २०२४ 27 Sep 2024, 04:26

गजल
के बदलियो र धर्ति उस्तै छ सगर उस्तै छ,
खोला उस्तै छ हाम्रो गाउँको घर उस्तै छ।

फरक यत्ती छ चहलपहल छैँदैछैन गाउँमा,
आज त्यो पुर्खौली जमिन बन्जर उस्तै छ।

काम छैन युवाहरूको विदेशी मोह बढ्यो,
देश छाड्ने कलिला युवालाई रहर उस्तै छ।

केभनौँ र कसलाई भनौँ रक्षा गरौँ देशको,
खान र लगाउँन यहाँ सबैलाई कर उस्तै छ।

हेरौँ न जसले दिनौँ लुट्छन् ठग्छन् जनता,
उनैलाई पनि वेइमान नेताको भर उस्तै छ।

खै कस्को कुदृष्टि पर्यो यो स्वर्गतुल्य देशमा,
त्यही सोचेर आफ्नो मनमा परपर उस्तै छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ ०९ २०२४ 28 Sep 2024, 03:53

गजल
फाइदा उठाएकै हुन्छन् तिम्रो हाम्रो रहर बाट,
दुश्मन सँग हामिहरू ले सधैँ गरेको भर बाट।

साथि कसैलाई क्रुप पारेर जितेको नसम्झिनु
प्रेमपाउँन कहाँ सक्छौँ कसैले पनि कर बाट।

उनि सधैँ भुतप्रेतकै कुरा गर्छन् स्वर्ग नर्कका,
खोजेर भेट्न सकिंन्न खरानी पनि बगर बाट।

अचेल विज्ञानिकले धर्ति आकास खंगाल्दा,
सचेत हुनुपर्छ सबैले यस्ता झुटा खबर बाट।

देशको लागि चिन्तित् बनौँ लेण्डुप नबनौँ,
स्वाभिमान त जोगिदैंन दिएकै अफर बाट।

स्वाभिमानको रक्षा हुन सक्दैन शंघर्ष बिना,
अपरिचित हुनुपर्ला कुनैदिन आफ्नै घर बाट।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ०९ २०२४ 29 Sep 2024, 05:04

गजल
कसैले मायामा सम्मान् गर्यो र योगदान गर्यो,
कसैले उसै सँग नि धोखा गर्यो वेइमान गर्यो।

मानिसले आफ्नै चरित्र झल्कायो व्यवहारमा,
कसैले बिगार्यो ग्रिस्थी कसैले समाधान गर्यो।

नेताको पनि आ आफ्नै किरदार छ देशभित्र,
कसैले आजीवन लगायो कसैले उखान गर्यो।

जस्तै गरिबले खानैका लागि बगायो पसिना,
त्यसैमा शोशकहरूले आफ्नो दोकान गर्यो।

के गर्दैन मानिसले यो धर्ति आकासमा समेत,
कटान गर्यो आफ्नै स्वार्थि बिचार रटान गर्यो।

गरिबलाई अचानो बनाए आफु बिदेश घुम्छन्,
क्रान्तिको मूलप्रवाह स्वार्थमा अपसान गर्यो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९ ०९ २०२४ 30 Sep 2024, 04:37

Leave a Comment

Your email address will not be published. Required fields are marked *