SURESHKUMARPANDEY

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ५

गजल संग्रह क्रमश

(Date 8 Apr 2024 to 31 Jul 2024)

गजल

मुटु पिरो हुन्छ सधै आँसु आँखा भरी हुन्छ,
कसैले रचना चोरिगर्दा दुःख घरिघरी हुन्छ।

कहिले ज्वाला बोल्छ आक्रोश हुन्छ कहिले,
यिनै आँखामा पनि अनायसै बर्खेझरी हुन्छ।

बिडम्वना यो हाम्रै समाज दुष्टहो कि मित्रहो,
आँसुकै भेल त कहिले पसिना धरधरि हुन्छ।

यो पैसा प्रधान समाज भित्र केके गर्छन् धनी,
सबथोकमै शोषण हुन्छ उनैको मनपरि हुन्छ।

रात भन्दैनन् दिन भन्दैनन् मिहेनत गर्नेहरूले,
चोर द्वारा उनैमाथि लुटमार नै खरखरी हुन्छ।

कसैले देश लुटे रचना समेत छाडेनन् असैले,
हाम्रै यो देशभित्र शोशण पनि थरिथरी हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ ०४ २०२४(२५ “चैत्र २०८०) 8 Apr 2024, 04:26

गजल
थाहा छैन मानिसले जिम्मा लिंदा डराउँछन किन,
आफ्नै शिक्षण संस्था सँग हुन्छ यस्तो अमन किन।

मान सम्मान् पाउँन त सबैको हुन्छ मरिहत्ते देशमा,
लगाम छोप्न सक्दैनन् यो देश भित्रका निर्धन किन।

एउटा कविले साहित्यमै नियाल्छ देशलाई आफ्नो,
देख्न सक्दैनन् नेताहरू काममा हुँदैन लगन किन।

बफादार हुन्छन् जनताका भोट लिएर विदेशीको,
लाग्दैन आफ्नै देश नेताहरूलाई आफ्नो पन किन।

सिप कर्मिहरूले देशभित्र आमूल परिवर्तन खोज्दा,
उनै सिपालुका योजना हुन्छन् सधैभरी दफन किन।

खोज्दा खोज्दै पनि शान्ति सु व्यवस्था नागरिक ले,
लगातार समाजमा जन्मिन्छन अपराधी डन किन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 9 Apr 2024, 04:14  :

गजल
भन्छन् मानिस सबै भन्दा चेतनसिल हुन्छ,
प्रराणी विवेक सिल जस्मा न्रम दिल हुन्छ।

देशभित्र किन यस्तो अबस्था सिर्जित भयो,
कठै भन्यो की उस्कै आखा टिलमिल हुन्छ।

यस्तै बिचार गर्छन् मुर्ख उनलाई भुल्नै गारो,
बिषालु शब्दहरू छाति भित्रको खिल हुन्छ।

जहाँ न्याय मरेको हुँदैन मित्र विस्वास उस्कै,
उसै सँग तितम् पिरम न्यायको अपिल हुन्छ।

एक पटक कसैले धोका हुन्छ मन् अमिलो,
उसलाई हृदया सदैको लागि वझिल हुन्छ।

नयाँ वर्ष आयो भुलिदेउ तितमपरिम पुराना,
शुभकामना नदिए मनभित्र प्यार निल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ ०४ २०२४, 10 Apr 2024, 04:31

गजल
घमण्ड रहित हुनैपर्छ सधै साहित्यकार देशमा,
यिनै हुँन् समाज परिवर्तनका कर्णधार देशमा।

धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ,
तर छाडेन घुन र पुत्ला लाग्ने व्यवहार देशमा।

अहंकारले चुर भयो किन यही साहित्य जगत,
जसको शब्दले नै डाक्नु पर्थ्यो संसार देशमा।

हुनुपर्छ समाजमा देशभक्तीको कदर सधैं भरि,
शहीदकै पनि अवमूल्यन हुन्छ लगातार देशमा।

परिश्रम नगरेका समेत सम्मानित हँन्छन् यहा,
एउटै घरभित्र आपसमा हन्छ तकरार देशमा।

एउटा नागरिकले अस्सी हजार तिर्नैपर्छ याहाँ,
देश बेचेर खान लुकेक हुन्छन् खुँखार देशम।

दाङ घोराही १८ 10 Apr 2024, 12:12  11 Apr 2024, 04:03

गजल
उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ,
सधै आफुलाई मात्र सपुत्र देशकै महान भन्छ।

थाहा छ आकास तर्फ फर्कि थुकिरहेको पनि,
पानी माथिको ओबानो तर देशकै शान भन्छ।

रवी सँग लुकी बसेको कवि सँग कहाँ सक्थ्यो,
आफै डिलर भ्रष्टाचारको जताततै दोकान भन्छ।

शुभकामना देशभक्तहरू सबैलाई नयाँ वर्षको,
जस्ले आफुलाई व्यवहारमै देशको परान भन्छ।

भर कत्ति नपर्नु आफुलाई नेता भनौदाहरू को,
जसले बिकासको सट्टा भाषणमा उखान भन्छ।

श्रम सम्झौता गरेर युवा पठाउँछ खाडिमा अनि,
देशभित्र रोजगारको थाई भयो समाधान भन्छ।

अपराधी आफै भ्रष्टाचारी आफै र वेइमान आफै,
राक्षश भन्दा कम्सल छैन अरूलाई सैतान भन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ ०४ २०२४ 12 Apr 2024, 04:20

गजल
भनौँ त के घमण्डले भरिएको पनि साहित्यकार हुन्छ,
आफुलाई कवि भन्नेहरूको यस्तो पनि व्यबहार हुन्छ।

आश्चार्य हुन्छु म आफै देखेर चालचलन यिनिहरूको,
हाम्रो समाजमा कला र सिपको पनि व्यापार हचन्ज।

यहाँ सबथोक विक्रिमा हुन्छन् सरकार नै रखेल बन्यो,
पैसा प्रधान समाज पैसाको लागि देशको गद्धार हुन्छ।

बतास नलागेको त रूख कहाँ हुन्छर बन जङ्गल भरी,
सबैलाई उस्तै त हो धन र पैसा सँग अघात प्यार हुन्छ।

आस नै आसमा यो जिन्दगीले स्वास छाडेर जाने.हो,
यो स्वास चल्दा सम्म जिउँनलाई आस नै आधार हुन्छु।

गरिबहरूले खान लगाउँनलाई साररिक परिश्रम गर्दा,
शोशकले उनैलाई लुट्ने दाउँमा आजको संसार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०४ २०२४, 12 Apr 2024, 19:02   13 Apr 2024, 04:23

गजल
धेरै पाउँछन् गुमाउँछन् जिवनको डगर यस्तै हुन्छ,
मानिस भएपछि सबैको मनभित्र रहर यस्तै हुन्छ।

थाहा हुँदैन शुभ कामना दिंदादिदैँ जीवन टुङ्गिएको,
सांच्चैभन्दा जीवनको यो सुनौलो सफर यस्तै हुन्छ।

योजना लिएर आयौँ सपना बोकेर जान्छौँ हामिसबै,
पुग्दैन कहिल्यै मानिस जीवनको परपर यस्तै हुन्छ।

घरबार भन्नु विस्वासको पर्खाल हो सागर मायाको,
हो त्यसैमा हामि सबैको जिन्दगि निर्भर यस्तै हुन्छ।

बधाई तथा शुभकामना देश बिदेशमा नयाँ वर्षको,
छोंटो जीवन खुसि मै बिताउँ धर्ती सगर यस्तै हुन्छ।

मनभित्र लुक्न सक्दैन दुःख पिढा जति लुकाए पनी,
झलझली देखाउँछ ऊ लुकेका दर्द अधर यस्तै हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ०४ २०२४(०१ ०१ २०८१) 14 Apr 2024, 03:41

गजल
नयाँ वर्षमा अपराधी नहुँनु बलात्कारी नहुँनु,
आतङ्कारी नहुँनु इज्जतको व्यापारी नहुँनु।

आफ्नो सम्मान आफ्नै हातमा हुन्छ साथी,
यही देशमा जन्मिएका देशको गद्धारी नहुँनु।

स्वास्थ रहनु र मस्त रहनु जहाँ गएपनि तिमी,
सबै नेपाली सन्तानहरू गम्भिर बिमारी नहुँनु।

भबिश्य देशको पनि तरल छ र हाम्रो उस्तै छ,
देश र जनताप्रति गम्भिर हुँनु खेलचारी नहुँनु।

आत्मा सम्मान हुनुपर्छ आत्मा विस्वासी सधै,
पौरखी बन्नु सहयोगि बन्नु कसैमा भारी नहुँनु।

मङ्स खान त हामी गर्भमै सुरू गरेका हुन्छौँ,
तर निर्दोशको बली चढाएर मासाहारी नहुँनु।

सुरेशकुमार पाण्डे दाङ घोराही 1८
१४ ०४ २०२४ 15 Apr 2024, 04:01

गजल
धोखा दिन्छन् बिचबाटोमा किन हो वर्गका कुरा हुन्छन्,
छाड्छन् मझधार मै जव आ आफ्ना स्वार्थ पुरा हुन्छन्।

बिड्मवना हाम्रो समजको यथार्थ कुरा पचाउँदैन याहाँ,
त्यसै त समाजमा धेरैजसो काम छुट्छन् अधुरा हुन्छन्।

आमाले भन्नु हुन्थ्यो छोरा सबै सँग मिठो बल्नु सधैभरी,
तर थाहा छैन कसै कसैको जवानमा समेत छुरा हुन्छन्।

ए हजुर पैसा पर्धान समाज हो विष पनि मिल्दैन सित्तै,
बिना धन् बा आमा भएपनि यो समाजमा टुहुरा हुन्छन्।

जस्को हातमा सत्ता हुन्छ नि उसैलाई समाजवाद आयो,
साला सिडियो साली मेहेर डिलर उनैका ससुरा हुन्छन्।

उनैले दिनेगर्छन् नयाँ वर्षमा उपहार प्रेमिकालाई महंगा,
उस्लाई कसले दिन्छ जस्का हातमा फुटेका चुरा हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ ०४ २०२४ 16 Apr 2024, 04:05

गजल
हिंजो गद्धार थियो आज बफादार बन्यो,
समय लागेन ऊ धारिलो हतियार बन्यो।

न उस्को व्यबहारमा सुधार भयो न निती,
समाजलाई लुट्यो अनि साहुकार बन्यो।

अहिले झन मन्त्री बन्ने तरखर उसैको छ,
जब धनमान भयो उस्कै जनाधार बन्यो।

हात्थि छाप पट्काउँथे विदेशी गल्लिमा,
कारमा गुड्छ हेंड्लाइन समाचार बन्यो।

पुँजिवादी युगमा धनको कमाल हो हजुर,
जस्को हातमा पैसा उसैको संसार बन्यो।

जनताले सोंचेका हुन्छन् गरिबकै छोराहो,
भोट दिन्छन् रत ऊ तानासाह जार बन्यो।

गरिबहरू देश र जनताको लागि लड्छन्,
तेही आन्दोलनबाटै गद्धार लगातार बन्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ०४ २०२४, 17 Apr 2024, 03:43

गजल
हाम्रो देशमा त डांकाहरू पनि महान हुनथाले,
देशद्रोही र दलाल पनि देशका परान हुनथाले।

हाम्रो देशमा जेल कुन्नी किन बनाए थाहा छैन,
अपराधी बलात्कारीहरू पनि सम्मान हुनथाले।

सुन तस्कर बलात्कारी खुलेआम हिंड्दा लाग्छ,
देशको प्रमुख ठाउँमा उनैका खानदान हुनथाले।

जुनदिन कुरा बुझ्छन् नी सपुतले हुनेहार हुनेछ,
अचेल गाउँ सहरमा जनता साबधान हुनथाले।

पैसाको खेल हो जनताको बुद्धी भुटेर थुपार्छन्,
अचेल पैसानै समाजमा आँधी तुफान हुनथाले।

घर घरैको राजनीति जनताको बुद्दी भुट्नलाई,
निजी स्वार्थ पुरागर्न आन्दोलन उठान हुनथाले।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ ०४ २०२४, 18 Apr 2024, 03:37

गजल
राजनीतिक कर्मि देश धितो राखेर रहर पुरा गर्दैछन्,
फिजिको बाटो सिक्किम पुराउँने खबर पुरा गर्दैछन्।

समाज पनि उस्तै छ मरेपछिको स्वर्गमा रम्न खोज्दा,
त्यो कुसँस्कारमा टेकेर कुनियतको डगर पुरा गर्दैछन्।

गास खोज्न हिंड्यो युवा बोकेर स्वाभिमानको झोला,
आर्काको देश चारेर मनको त्यही परपर पुरा गर्दैछन्।

ऋण बाट ऋण तिर्दा आर्को समस्या आइ लाग्छ अरे,
साहु भन्छ ऋणैऋणमा पुर्खौली पाटो घर पुरा गर्दैछन्।

साना किसान भूमिहिन,इमान्दार श्रमिक सडकमै पुगे,
देशमा बस्नु छैन नेताहरू विदेशको भर पुरा गर्दैछन्।

जुनसुकै पार्टीलाई चुनौँ जुनसुकै व्यक्तिलाई छान यहाँ,
सत्तामा पुगेपछि भत्ताको लोभमा वेखबर पुरा गर्दछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८ ०४ २०२४ 19 Apr 2024, 04:33

गजल
हत्थकडी लगाउ वा गोलीमार सरकार,
पावर हातमा छ कित गर उद्दार सरकार।

सन्तान् तिम्रै भएपछि माग्छन् न्याय पनि,
कस्ले दिन्छ भनौँ जिउँने आधार सरकार।

अमूल्य जीवन सँग खेलवाड नगरौँ कत्ती,
कुनै दिन अवश्य हुनेछ आर पार सरकार।

विदेशी दलाल बनी जनतामा दमन नगरौँ,
जनता बन्नेछन् घाँटी सेर्ने हतियार सरकार।

लुकाई बसेको रोग निको हुँदैन फैलिएला,
साबधान गर्नुपर्ला फेरी चिरफार सरकार।

समयमै आफुलाई सुधारौँ र देशभक्त बनौँ,
छोपौँ अपराधी र नगरौँ भ्रष्टाचार सरकार।

फलामले नै फलाम लाई काट्नेगर्छ याहाँ,
उसैको बन्छ ढाल उसको तरवार सरकार।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ०४ २०२४, 20 Apr 2024, 04:31

गजल
उमिद गर्नु आस गर्नु तर विस्वास नगर्नु,
यि नेता हुँन ताली पिटे पनि पास नगर्नु।

झुट बोल्ने कला सिकेका हुन्छन् यिनले,
साँचो कुराको त कत्तिपनि आस नगर्नु।

दिन गए पराण जाला बचन नजालाका,
अब उनैका लागि समयको नाश नगर्नु।

नेता हुँन् बिचरा झोले हुँन भनेर जनता,
यिनिहरूकै मान सम्मानमा खास नगर्नु।

नेता तिमीहरूले पनि सुन आइन्दा फेरी,
जनताको माझ कहिल्यै वक्बास नगर्नु।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० ०४ २०२४ 21 Apr 2024, 04:22

गजल
पौरखले नै मानिसहरूको तक्दीर बन्छ,
जस्तै की कलाले संसारकै तस्बिर बन्छ।

हो हामी पनि समयका कटपुतली नै हौँ,
स्वास रोकिए त जीवनको लकिर बन्छ।

ऊ फकिर थियो तर समयले नेता बनायो,
केथा कुनवेल यही मैदान पनि भिर बन्छ।

समय त हिंडी रहन्छ आफै चाल बदलौँ,
समयले पछि छोड्दा कुनैवेल पिर बन्छ।

ख्याल ख्यालैमा निस्किएछ दुई शब्दहरू,
केथा मलाई शब्दपनि छातीमा झिर बन्छ।

यार म सधै स्वतन्त्र हुँन खोजे जिन्दगिमा,
केथा देशप्रेम जीवनभरीकै जञ्जिर बन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ ०४ २०२४, 22 Apr 2024, 03:06

गजल
गरिब बर्गिय आन्दोलनका परान हुन्छन्,
पैसाको लोभमा उनैपनि वेइमान हुन्छन्।

पुँजिवादले गरिबलाई लडाएर राज गय्रो,
आपसमा लडेका एउटै खानदान हुन्छन्।

गरिबको एकता हुँन गार छ आज भोली,
भन कसरी हाम्रो समस्य समाधान हुन्छन्।

नेताहरूले माछो माछो भ्यागुतो गराइरहे,
विकासको बद्लामा मात्र उखान हुन्छन्।

आमा आखिरी स्वाँस लिंदैछन् बोटो कुर्दै,
छोरा छोरी अमेरिका केही जापान हुन्छन्।

सरकारले नागरिकको दर्द महेसुस नगर्दा,
सरकारको बिरूद्ध आँधी र तुफान हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ ०४ २०२४, 23 Apr 2024, 04:18

गजल
देखिराख्छौँ गउँथलिको समेत घर हुन्छ,
उस्लाई पनि त अनुसाशनको डर हुन्छ।

आ आफ्ना बाल बच्चा पाल्छन सबैले,
जन्माएपछि हुर्काउँने पनि त कर हुन्छ।

कसैले पनि केहि लिएर आएन जन्मिदा,
सबैको टेक्ने धर्ती सिर माथि सगर हुन्छ।

महिँला पुरूषको सम्बन्ध पनि त उस्तैहो,
ढुङ्गा र माटोको एक आर्कामा भर हुन्छ।

तिमी लैण्डुव बनेर दलाली जतिगरे पनि,
अन्तमा एउटा देशभक्तको नै कदर हुन्छ।

हिंजो हामी आपसमा लड्यौँ र जितायौँ,
सोधौ् देश डुब्दा पनि किन बेखबर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ०४ २०२४ 24 Apr 2024, 03:27

गजल
कसैले खोला बेचे साँच्चै कसैल बगर बेच्छन्,
ति गरिब मात्रै हुँन जसले आफ्नो घर बेच्छन्।

तिमीहरूले त सधैभरी गास बासका कुरा गर्छौ,
बेच्नेहरू यहाँ खाद्यानको रूपमा जहर बेच्छन्।

श्रमजिविहरू बिदेशमा पसिना बगाउँछन सधैँ,
अपराधीहरू बाग भालु जङ्गली जनावर बेच्छन्।

छाडेनन् ढुङ्गा मुडा बालुवा उत्खनन् गर्छन् सधैँ,
मात्रृत्व नि दिए दुश्मनले धनको आफर बेच्छन्।

भन्छ किताब दिवस चोरिगरी छाप्नेहरू समेतले,
बनाउँछन् रङ्गबिरङ्गी अखबारमा खबर बेच्छन्।

कुनै मानिसको हातमा हुँदैन स्वर्ग नर्क पठाउँने,
पैसा कमाउँनेहरू आफै जन्माएको डर बेच्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ ०४ २०२४ 25 Apr 2024, 03:58

गजल
सबै गर्छौँ श्रमजिविहरू राजनीति बुझ्न सक्दैनौँ,
आफुमाथिको अन्याय जातिविती बुझ्न सक्दैनौँ।

हिंडिरहन्छौँ निरन्तर गनतव्य बिहिन गराइदिन्छ,
फुटाएर कम्जोर हुँदाको वेथिती बुझ्न सक्दैनौँ।

जसले फुटायो आफ्नो स्वार्थमा भाई भाईलाई,
त्यो दुश्मनलाई किन सितिमिती बुझ्न सक्दैनौँ।

आपसमा लडाएको छ अराजक बनाउँछ दुष्टले,
छैन कि हामिमा विवेक अलिकिती बुझ्न सक्दैनौँ।

पौरखी छौँ इमानदार छौँ धेरैजसो जिम्मेवार हामी,
तर किन राजनीतिको अनौठो रिती बुझ्न सक्दैनौँ।

ए गरिब सर्वहारा श्रमजिविहरू एक ढिक्का बनौँ,
फुटेर कहिल्यै हुँदैन आफ्नो हिती बुझ्न सक्दैनौँ।

जानिजानी फुटेर दुश्मनलाई बलियो बनाउनेहरू,
दुश्मनको रागमा नगाउ अब गिती बुझ्न सक्दैनौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०४ २०२४, 25 Apr 2024, 10:27

गजल

रूवाबास थियो त्यो दिन प्रकृती प्रकोपमा परेपछि,
त्यसैमा नी राजनीति लुटमारगर्ने जञ्जाल आउँदा।

त्यो वेला छिमेकीले पनि मौकामा चौका हानेकै हो,
नाजुक अबस्था बनायो नाकाबन्दी बबाल आउँदा।

अनुदान दिएको समेत सबै मिलेन पिडितहरू लाई,
जस्तापातकै छान्बिन चलिरह्यो अर्को साल आउँदा।

त्यो वेला बिचरा पिडितहरूको नराम्रो हालात भयो,
बिदेशीले पठाएको त्यो चामल न त्यो दाल आउँदा।

लाशमा पनि राजनीति गर्छन् लाजै नमानी नेताहरू,
आपसमा नै लुछा लुछ हुन्छ राहतको माल आउँदा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ बैशाख २०८१(२४  ०४ २०२४) 26 Apr 2024, 04:15

गजल
मेल मिलाप गर्छन सत्ताको लागि मानिस,
कसरी छुट्याउँने समाजका दागि मानिस।

लड्छन् र लडिरहन्छन् गरिब बनेर गोटी,
उज्यालो दिनका लागि अभागी मानिस।

पैसा प्रधान समाजमा इमान र हुँन्न शान्ति,
सफल हुन्छन् सधै चम्चा र धागि मानिस।

नेताको अनुहार नहेरौँ न घोषणा पत्र हामी,
गर्छन सबैले आफुलाई सिमा नागि मानिस।

अन्याय गर्नु अपराध र अपराध सहनु पनि,
हुनै पर्ने भयो यो व्यबस्थाको बागि मानिस।

उठ जाग जुट जनता सुतेर काम छैन यहाँ,
केहीगर्न सकिन्छ निन्द्राबाट जागि मानिस।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६ ०४ २०२४, 27 Apr 2024, 03:25

गजल
देशभरी अन्याय र अत्याचार हुन्छ
रत सधै यहाँ बिद्रोह लगातार हुन्छ।

भ्रष्टाचार गर्छ गुण्डागिरी गर्छ सधै,
जसले उहि देशमा साहुकार हुन्छ।

हामीले चुनेर देशको लागि पठायौँ,
उनैको संसदमा सधै मारामार हुन्छ।

विदेशको राजा आउँदा गर्छन् छुट्टी,
किन अर्कैको लागि नै प्यार आउँछ।

जती विदेशीका लागि खर्च गरियो,
त्यो पैसा केहिलाई रोजगार आउँछ।

समय छँदै तिमि पाखा लाग्छौ भने,
सरकार देशमा कुनै बफादार आउँछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ ०४ २०२४, 28 Apr 2024, 04:28

गजल
साँचैभन्दा पानीको दोस्रो नम्वरकै धनी गन्निन्छ,
हाम्रो यो देश संसारमा कृषिप्रधान भनि गनिन्छ।

धारामा आउँदैन पानी आहाल छन् तिर्खाले गर्दा
किसानका खुट्टा जस्तो खेत फुटेको पनि गनिन्छ।

महंगीको मार उस्तै छन् बेरोजगार युवाहरू पनि,
खर्च एक रूपियाँ र कमाई केवल अठन्नी गनिन्छ।

आन्दोलन हुन्छ नयाँ व्यबस्था संगार सम्म नपुग्दै,
फर्किन्छ उतै कयौँ पटक हामी फनफनी गनिन्छ।

हाम्रो देशमा त अपराध अन्याय अत्याचार महंगी,
भन्नै पर्दैन दिनानुदिन त्यही सधै दनादनी गनिन्छ।

एउटै सन्तान भित्र राजनीति फोहोर सिर्जना गर्दा,
अर्काको कमि पानीमाथिकै ओबानो बनी गनिन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ०४ २०२४ 29 Apr 2024, 03:08

गजल
हाम्रो देशले जन्माउछ मज्दुर पठाउँछ खाडि,
कामको आदेश दिन्छ भरपुर पठाउँछ खाडि।

आउंछन् कयौं त फर्किएर रातो बाकस भित्र,
बलीको बोका बनाई वेकसुर पठाउँछ खाडि।

सरकारले पाउँछ रेमिटेन्स श्रमसम्झौता हुन्छ,
उसलाई त लाशपनि कोहिनूर पठाउँछ खाडि।

नेतालाई के छ संसार घुम्छन् हाम्रो पसिना मा,
माग्न अनुदान लगाउनेगर्छ टूर पठाउँछ खाडि।

कुट खुबै थिंच थिलोथिलो पार्न तर फलाम हो,
बन्नेछ एकदिन तेज धार जरूर पठाउँछ खाडि।

जनता शान्ति सुव्यबस्थाको सपना देखिरहंदा,
सबै सपना हुनेगर्छन् चक्नाचुर पठाउँछ खाडि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९ ०४ २०२४, 30 Apr 2024, 03:40

गजल
शिकागोका शहीदहरूलाई रातो शलाम भनौँ,
प्रतिकृयावादी अब तिम्रो छैन कुनै काम भनौँ।

फलामलाई कुटी कुटी त्यसको धार बनाउँदा,
तिम्रो घांटी शेर्छ व्यहोर्नु पर्नेछ अञ्जाम भनौँ।

एक मई अन्तरराष्ट्रिय मजदुर दिवसले सधैंभरि,
हाम्रै लागि लिएर आउँछ शंघर्षको पैगाम भनौँ।

श्रमजिविहरूले गुमाउँने नेल र हत्थकडी मात्र,
पाउँने संसारछ नगरे हुन्छ कसैले बद्नाम भनौँ।

अट्ठार सय नब्बेको दिन सुरूभयो में दिन प्रथम,
सबैका हातमा रातो झण्डा थिए सुभसाम भनौँ।

थर्कियो प्रतिकृयावादीको छाति हिलायो संसार,
मनायौँ मई दिन भयो रातै जहाँ तामझाम भनौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ०४ २०२४ 1 May 2024, 06:31

गजल
सन्तान अकालमै मर्छन सरकार बेखबर हुन्छ,
मर्दा परदेशमा आफ्नो भन्नु त धर्ति सगर हुन्छ।

जीवनभर काम गर्छन् अरूको लागि श्रमजिवि,
आफ्नो भन्नु त धन हुन्छ नओटलाग्ने घर हुन्छ।

यो कालपनि जन्मेको ठाउँमा आउँदैन आफ्नो,
सधैभरी आफ्नो मनभित्र त्यही मात्र डर हुन्छ।

आखिर हामी श्रमजिविहरू पनि त मानिस हौँ,
मिठो खाने राम्रो लगाउँने हाम्रैपनि त रहर हुन्छ।

कसलाई रहर हुन्छ आर्काकै कमारो बनि बाँच्ने,
न कसैले सम्मान् गर्छन् न कमारोकै कदर हुन्छ।

थाहा छ संसार भरिमा धनिको राज्यसत्ता भयो,
त्यसैले त गरिब माथि अत्याचार नै बरवर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ ०५ २०२४ 2 May 2024, 03:31

गजल
जसले सुन्दर घर बनायो उही वेघर किन हुन्छ,
साँच्चै मज्दुरहरू माथि दमन बर्वर किन हुन्छ।

अर्कैको गासलाई खोसेर आफु धनकुवेर भयो,
अर्कैको पसिनामा ऐयासी गर्ने रहर किन हुन्छ।

हामी जन्मिएका जती एकदिन मर्ने नै हौँ सबै,
अत्याचारको बिरोध गर्न मनमा डर किन हुन्छ।

ए सरकार भन तिम्रो देश कुन हो नगर दलाली,
तिमीलाई सन्तान भन्दा अरूकै भर किन हुन्छ।

भन्छन् पानीको खानी हाम्रो देश दोस्रो नम्वरकै,
तर जता हेर्यो उतै अचेल रित्तो बगर किन हुन्छ।

भन्छन् अचेल गणतन्त्र आएको छ हाम्रो देशमा,
सडक अनि सदन मै फेरी उस्तै गदर किन हुन्छ।

छैन रोजगार युवा संसार भरी काम खोज्दै पुगे,
मारिन्छन् अकाल मै सरकार वेखबर किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ ०५ २०२४ 3 May 2024, 03:33

गजल
दुःख लाग्छ जब क्रान्ति संघार सम्म पुग्छ,
सम्पन्न हुँदैन फर्किएर त्यो जार सम्म पुग्छ।

आस गर्छन् सर्वहारा सुकुमबासीहरू पनि,
मुटु पिरो हुन्छ जब उही गद्धार सम्म पुग्छ।

पुँजिवाद गरिबलाई कुटीकुटी मार्न थाल्यो,
अचेल राजनीति समेत व्यापार सम्म पुग्छ।

जसलाई नेता बनाउँन ठुलो लागत लाग्यो,
उही गरिबलाई काट्ने हतियार सम्म पुग्छ।

हात्थिछाप लगाई बिदेशी गल्लि चार्ने पनि,
आज प्रतिकृयावादीकै सरकार सम्म पुग्छ।

हामिले चौकिदारलाई नेता बनाएका थियौँ,
ऊ हाम्रो रगत पसिनामा संसार सम्म पुग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ ०५ २०२४ 4 May 2024, 03:33

गजल
बिकासको नाउमा देशैभरी तमाश किन हुन्छ,
भाषण र घोषणापत्रमा वक्बाश किन हुन्छ।

जनतालाई मान्छे होइन बलिका बोका बनाए,
संसारमा हामी नेपालीको उपहाश किन हुन्छ।

जहीले पनि आन्दोलन चर्किए कै अबस्थामा,
क्रान्तिको मूल एजेण्डा सत्यानाश किन हुन्छ।

प्रसाशनले जवाफ दिनैपर्ने एउटा कुरा यही हो,
सियो छिर्दैन तेहाँ हात्थिको निकास किन हुन्छ।

हिंजो सम्म साम्राज्यावादको खैरो खन्नेहरूपनि,
सरकारमा पुगेपछि सधैँ उनैको दाश किन हुन्छ।

बुझ्न सकिन अनाडी जसले देशको कुरा उठायो,
वेला बखत दुर्घटनामा उसैको लाश किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
४ ०५ २०२४ 5 May 2024, 03:22

गजल
जनताहरूलाई सधै दुख्खै दुःखको रास भयो,
जुन सरकार आएपनि त्यो दलाल खास भयो।

रूसभित्र लडाइ भएपनि कारगिलमा भएपनि,
जस्ले जता मारेपनि नेपाली युवाकै लाश भयो।

छानेर पठाउँछौ आफ्नो देशको रक्षाको लागि,
सरकारभित्र पुग्दा नपुग्दै बिदेशीको दास भयो।

जनता जति आन्दोलन गरेपनि जनहित भएन,
सपना त आगन मै आएर पनि सत्यनाश भयो।

चम्चाहरूको राज छ अचेल देश विदेश भरिमा,
केही गर्नु पर्दैन मात्र जि हजुर त्यही पास भयो।

गरिबहरू मरेपनि दुइगज जमिन पाउंन गारो छ,
धनमानको धर्ती अनि कब्जामा आकास भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ ०५ २०२४, 6 May 2024, 03:12

गजल
कुनै जमाना थियो आफ्नै पनि मित्र आउँने गर्थे,
दुःख सुख्ख सोधनलाई मेरै घर भित्र आउँनेगर्थे।

मनभित्र केथियो त्यो थाहा छैन कुरा हुन्थे मिठा,
मेलमिलाप भेटघाटमा बिचार पबित्र आउँने गर्थे।

साहिद त्यो वेला मैपनि झिल्के थिएं होला लाग्छ,
व्लेकह्वाइट केमरामा पनि सुन्दर चित्र आउँनेगर्थे।

अचेल सुनसान छ झिङ्गा पनि त महमै रमाउँछन,
लोभी नातेदार आफ्नै देखाउँन चरित्र आउँनेगर्थे।

धनले मन खरानी पार्यो ऋण लाने फर्कि आएन,
कुनैवेला नयाँ कुण्ठा बोकी एकतित्र आउँनेगर्थे।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 7 May 2024, 03:31

थाहाभयो दुश्मन पनि ज्यानको हकदार हुँदोरैहिछ,
जस्तो की यही राजनीति समेत व्यापार हुँदोरहिछ।

आफ्नो भन्नु यो संसारमा के रहिछ मुर्दालाई सोधौँ,
जीउँदा छंदा मात्र आपसमा यस्तो दरार हुँदोरहिछ।

जनतालाई एउटा भ्रम हुन्छ सरकार हामिले बनायौँ,
विदेशीले छानेपछि बल्ल देशमा सरकार हुँदोरहिछ।

हामिले पसिनाको मूल्य चिन्न सकिनौँ कहिल्यै पनि,
असलमा यहाँ त हाम्रै पसिनामा कारोबार हुँदोरहिछ।

सहिदले आफ्नो रगत बगाए सुनौलो दिनको आसमा,
केथाहा अचेल त उनैको रगतमा भ्रष्टाचार हुँदोरहिछ।

सोंचिरहेका थियौँ कहिले त परिवर्तन आउला देशमा,
आफ्नै भित्र अवसरबादको जन्म लगातार हुँदोरहिछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ ०५ २०२४ 8 May 2024, 03:18

गजल
यो सारा दुनिया समेत अदल बदल हुन्छन्
आमा आफ्नो कर्तव्य मै सधैं अटल हुन्छन्,

थाहा छ यो पुरूष प्रधान समाजमा सदियौँ,
आमाहरू माथि नै पटक पटक छल हुन्छन्।

नौँ महिना कोखमा राख्छन् अनि काखमा,
प्राणी रूपि समाजमा आमा अब्बल हुन्छन्।

आमा त शब्दनै काफीछ बराबरी छैन केही,
हृदयमा मायाँकै खानी अमृतको भल हुन्छन्।

आफ्नै जीवन दाउँमा लगाएर पाल्छन् बच्चा,
डराउँदैनन् भुइचालो आई उथलपुथल हुन्छन्।

आमाको महिमा नबुझ्नेहरूले अध्यायन गरौँ,
मानव समाजभित्र त केवल छलफल हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ ०५ २०२४, 9 May 2024, 02:39

गजल
बिरानो लाग्छन् तिमी बिनाको संसार आमा,
हुन सक्दैन कोई तिमी बिना साहुकार आमा।

नौ मैना कोख तिन वर्ष काखमा गुरू तिमी नै,
को दिन सक्छ निस्वार्थ सेवा लगातार आमा।

मरेपछि दिएको दान कसैलाई मिल्छ मिल्दैन,
जीवित छँदै गरौँ सुसार दिनुपर्छ प्यार आमा।

आमा भन्ने शब्द आफैमा धेरै गहकीलो हुन्छ,
सन्तानहरूलाई गर्छिन बराबर व्यबहार आमा।

औलाद सँग मिठो बोलीको मात्र आस गर्छिन्,
पराण सम्म दिन्छिन् सधैभरी बफादार आमा।

मलाई भनिरहनस लाग्छ चराचर जगतमा साँचै,
कुनैछ भने प्रराणिहरूको जिउँने आधार आमा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ ०५ २०२४, 10 May 2024, 07:14

गजल
कोहि इमानदार हुन्छन् कोही वेइमान हुन्छन्,
समाजमा सबैका आ आफ्नै योगदान हुन्छन्।

जो जति कमाए पनि धन् सम्पत्ती जाने रित्तै हो,
सबै आकंक्षहरू एकदिन सांचै अपसान हुन्छन्।

दुःख लाग्छ समाजले पनि उसैको सम्मान गर्दा,
जसका छोरा अमेरिका युरोप र जापान हुन्छन्।

थाहा छ पुर्वज गिठा तरूल खाए र रमाए देशमै,
अचेल देशमा देखिदैनन् जो देशकै परान हुन्छन्।

सोध उसलाई विदेशमा पैसा कमाइन्छ कसोगरी,
जो युवाहरू खाडिमा हुन्छन् र अफ्गान हुन्छन्।

सरकार जसको आएपनि बोकेपनि जुन झण्डा,
कत्ति नसोंच्नु देशको समस्या समाधान हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 11 May 2024, 04:06

गजल
सन्तान् कसोगरी मर्छन् सरोकार छैन,
सरकार भयपनि देशको बफादार छैन।

लगाम कसैको हातमाछ कटपुतली हो,
यो सँग जनहिताम कुनै अखबार छैन।

तिमी सधैँ युवालाई देशमा बस्नु भन्छौ,
जीवन यापनको देशभित्र आधार छैन।

थाहा छ एउटा देशभक्तको लागि सधैं,
आफ्नो देशभन्दा राम्रो यो संसार छैन।

समाज विक्रिती अन्मुख भयो देशै भरी,
कती बाँचौला वृद्धाहरूको उपचार छैन।

हिंजो आज साइनो समेत धरापमै पर्यो,
साइनोनुसारको देशभित्र व्यबहार छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 12 May 2024, 03:29

गजल
नेता बनेर न खोला छाडे न बगर छाडे,
बरू हाम्रै युवाहरू आ आफ्नै घर छाडे।

गाउँमा सुनसान छ अचेल भेटिदैन युवा,
उहिलेको जस्तो गाउँमा बस्ने रहर छाडे।

खोला विक्रि भए आकासले नि पताएन,
किसानहरूले पनि जमिनको भर छाडे।

अब यहाँ सबै काम कमिसनमा हुनेभयो,
सही बिचारमा लेख्न अचेल खबर छाडे।

अनुसाशनभित्र बस्न कसैलेपनि खोज्दैन,
केटा केटीहरू समेत समाजको डर छाडे।

जेपनि हुनसक्छ अचेल मानिसको स्वार्थ,
पुरा गर्न धर्म कर्म जात छाडे र थर छाडे।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 13 May 2024, 04:01

गजल
नचल्ने खोटो सिक्का पनि चलाए पार्टीहरू,
उनैलाई नेता बनाए र खुब रमाए पार्टीहरू।

देशलाई अचानो बनाए र जनतालाई ढाल,
सुकाए नदीनाला र आफु मोटाए पार्टीहरू।

हामिले परिवर्तन खोज्यौँ सङ्घीयता होइन,
सङ्घीयता भित्राउँन दुष्टले पठाए पार्टीहरू।

अपराधीलाई किन अविर माला लगाउँछन,
आफु जस्तैलाई यो देशमा रूचाए पार्टीहरू।

नागरिकले भन्छन् सरकार हामिले बनायौँ,
सत्ताकै लागि विदेशीलाई फकाए पार्टीहरू।

गद्धार दलाल मात्र छैनन् इमान्दार पनि छन्,
तर थोरै इमानमा वेइमानी मिसाए पार्टीहरू।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ०५ २०२४ 14 May 2024, 03:33

गजल
यिनि आँखामा पनि कस्तो  कस्तो रहर हुन्छ,
आफ्नैमा सङ्का कहिले दुश्मनको भर हुन्छ।

कविले नयाँ नयाँ रचना पस्किन्छ साधना गरी,
नेताले झुटा गफ लगाउँछ उसैको कदर हुन्छ।

किन जिन्दगी अनौठो लाग्छ अचेल मलाई यो,
बुझ्न सकिन मन र मष्तिक किन वेखबर हुन्छ।

ऊ धनमान बन्नखोज्छ जाल थाप्छ अरूलाई,
थाहाछैन उसलाई सबैको जानेठाउँ बगर हुन्छ।

आफ्नो काल आफै जन्माउँछन मानिसहरूले,
तरपनि आफैले जन्माए पछि पाल्ने कर हुन्छ।

दुःख सँग आर्को काल सँग को भाग्न सक्ला,
जो सँगसगै हिंड्ने आफ्नै पर्छाँई र अधर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४ ०५ २०२४, 15 May 2024, 02:10

गजल
रूचाएन उसले अन्याय अत्याचार बिरूद्ध लड्यो,
मर्यो जो महंगी भ्रष्टाचारी व्यबहार बिरूद्ध लड्यो।

पगरी गुथाए अपराधीलाई अबिर लगाए उसैलाई,
अपरिचित भयो ऊ गलत व्यापार बिरूद्ध लड्यो।

अचेल मान सम्मान गर्ने तरिका बदलिए जस्तो छ,
उसलाई देख्नै सक्दैनन् जो गद्धार बिरूद्ध लड्यो।

देश धरापमा छ स्वाभिमान दाउँमा छ हिंजो आज,
भन्छन् उ अराजक हो जो सरकार बिरूद्ध लड्यो।

जो मानिस भएर जिउँन खोज्छ नलडी सुख्खै छैन,
किन एक्लै हुन्छ जो देशमा लुटमार बिरूद्ध लड्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 16 May 2024, 04:09

जो इमानदार हुन्छ उसैको घर लिलाम हुन्छ,
जसतै सोजो देशभित्र विकासमा जाम हुन्छ।

उनैको पसिना र रगतमा आफ्नो देश बनाए,
छिमेकीले जब सरकार देशमा वेकाम हुन्छ।

भाडामै बली चढ्नुपर्छ देशका युवाहरू सधैँ,
निकम्मा सरकार भएपछि देश बद्नाम हुन्छ।

हामीले बिरोधका लागि बिरो गर्दैनौँ कहिल्यै,
शान्ती सुव्यबस्था भए सबैलाई आराम हुन्छ।

मुटु पिरो हुन्छ जब युवा मर्छन खानकै लागि,
देशमा काम न माम न ओटलाग्ने ठाम हुन्छ।

मण्डि बन्यो सबै आयात गर्छ विकास हरायो,
विदेशीको इसारामा विकासमा लगाय हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ०५ २०२४ 17 May 2024, 04:08

गजल
सधै देशभक्तका इरादा द्रबिला हुनुपर्छ,
दुश्मनका छातीमाथिका किला हुनुपर्छ।

एउटा मानिस सबैको लागि हुँदैन राम्रो,
दुष्टका लागि त सधैँ अगतिला हुनुपर्छ।

फरक यत्तिहो व्यबहार पढ्दा जनताले,
सरल र बुझ्न सक्किने सजिला हुनुपर्छ।

ठिक हुँदैन सबै ठाउँमा मिठो हुँने बानी,
देश हितमा पिरा कतै अमिला हुनुपर्छ।

सयौँ फूल फुल्न सक्ने यो देशको माटो,
सबै फलफूल संसारमै रसिला हुनुपर्छ।

न उठ्न बनोस् न सुत्न दुष्टलाई सदियौँ,
छातिको किलो र पिंदको पिला हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 18 May 2024, 04:26

गजल
किन यो देशभित्र इमानको बलिदान हुन्छ,
जसले अपराध गर्छ उसैको सम्मान हुन्छ।

कसैले देशको लागि जीवन दाउँमा लगायो,
यहाँ त पद प्रतिष्ठाको लागि हानाहान हुन्छ।

नेताको कुचक्र कसैलाई थाहाछैन पर्छकहा,
छेपारोले रङ्ग बदल्दा सबै संसार हैरान हुन्छ।

जसलाई कुनै स्वार्थछ गर्छ ढाकछोप उसैले,
यसैमा रोमलिएको वेइमानि खानदान हुन्छ।

भन्छन् हामिले सम्झौताहिन शङ्घर्ष गर्छौँ,
तर सबै योजना सम्झौतामा अफ्सान हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८ ०५ २०२४ 19 May 2024, 05:12

गजल
आखिर जसलाई प्रेम गर्यो उहि मुटुको झिर भयो,
कहिले खुट्टामा बेढी कहिले हातमा जञ्जिर भयो।

अप्ठारो सँग सधै डर लाग्छ र सजिलो खोज्दै हिडे,
कुन्नी जहिले पनि जिन्दगीमा अपठ्यारो भिर भयो।

देशमा छैन जीवन यापनका आधार भयौँ परदेशी,
सबैले भन्छन् दुःख पाउँने त तेरो यो तक्दिर भयो।

खान लगाउँन मै जीवन बिताउँछन् गरिबहरू किन,
अङ्शमा पाउँने की ऋण भयो कित यही पिर भयो।

सबैको लागी जीवन अमूल्य हुन्छ तर हाम्रो लागि,
रगत पसिना बगाउँदा पनि संसारभरि फकिर भयो।

श्रोत साधन छ विकासको नेताहरूको नियतनै छैन,
देश कङ्गाल जनता दाश नेता संसार कै अमिर भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ०५ २०२४ 20 May 2024, 03:26

गजल
सबैले स्वतन्त्र खोज्छन् सबैलाई खास हुन्छ,
स्वतन्त्र आफै पनि त सबैको सधै दाश हुन्छ।

जब सरकारमा जान्छन् पहिलो हुन्छ हमला,
स्वतन्त्रता पहिले उनैको हातबाट नाश हुन्छ।

भाषनमै मात्र प्रेस स्वतन्त्रता वाक स्वतन्त्रता,
पुजिसनमा पुगेपछि फेरी सबै वकबास हुन्छ।

नेताहरूलाई केथाहा जनताको पिढा देशमा,
गाउँ सहरमा सधैभरी समस्याको रास हुन्छ।

लाहुरेहरूलाई मात्रै हो भन्सार लाग्ने अरूको,
सुन चाँदी समेत भन्सार बाटै बाईपास हुन्छ।

ऊ अवसरबाद थिएन रत शहिद भयो देशमा,
इमानदार हुनेहरूको ठाउँ ठाउमा लाश हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० ०५ २०२४ 21 May 2024, 03:38

गजल
नागरिकहरूनै हाम्रो देशको चौकिदार हुनुपर्छ,
दलालहरूलाई कार्वाही गर्ने अधिकार हुनुपर्छ।

संसदमा के हुँदैछ र विदेश जान्छन् किन नेता,
नागरिकहरू सबैलाई यस्को समाचार हुनुपर्छ।

विदेशमा श्रम स्विकृती भन्दा देश विकास गरौँ,
युवाहरूलाई आफ्नै देशभित्र रोजगार हुनुपर्छ।

जातिय कोटा भन्दा सिपमूलक बनाउँ योजना,
नागरिकहरूमा सम्मानजनक व्यवहार हुनुपर्छ।

ग्यारन्टी गर्नैपर्छ सबैलाई शिक्षा सुरक्षाको यहाँ,
स्वाभिमानी भई बाच्ने सबैलाई आधार हुनुपर्छ।

ए नेताजी यो देशको कुना कुनानै जनताको हो,
जनताको माझमा अब त्यो बालुवाटार हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ ०५ २०२४ 22 May 2024, 03:50

गजल
गरिबी निवारणका लागि छलफल गर्छौँ,
सदन सडकमा हामी दिनदिनै कल गर्छौँ।

गरिबी बाटै हामिसँग सुन र चाँदी थुप्रियो,
फेरी मौका मिले धन चल अचल गर्छौँ।

पानी माथि पनि ओवाना देखिन्छौँ हामी,
कसले भन्छ यहाँ हामीले सधै छल गर्छौँ।

पैसा प्रधान समाजमा विना पैसा बाँचिन्न,
पैसा जुटाउँन त सधै राजनीति दल गर्छौँ।

सहकारीमा भ्रष्टाचार ले सुन चाँदा प्रसस्तै
झुट लुक्दैन तर पनि झुट त दलबल गर्छौँ।

सुधार आफुलाई गर जनता सुध्रिनौ हामी,
नेता हौँ बिचारकै लागि बिचार अटल गर्छौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ ०५ २०२४, 23 May 2024, 04:03

गजल
देश पक्का पक्की बन्छ साम्राज्यवाद पास भएपछि,
अब उनिहरूको हाम्रो देशभित्र सधैं निवास भएपछि।

चिन्ता नगरौँ कसैले अवश्य हुन्छ स्वाभिमानको रक्षा,
उनिहरूको कलो खाएर सधैका लागि दाश भएपछि।

तिमीले भन्छौ देशमा कुटो कोदालो गरेर बस्छौँ हामी,
तिम्रो दाबा समेत झुट हुनेछ समस्यको रास भएपछि।

सरकार आज पनि आफ्नो भोली पनि नेताले भन्छन्,
नागरिकको खाँचो छैन विदेशीहरू नै खास भएपछि।

उसले उपचार अवश्य गर्छ आज नभए भोली रोगको,
जीवित गर्न नसके पनि गर्छ रोगि मरेर लाश भएपछि।

एकदिन यसतो आउँछ हाम्रो यही चाला रहिरह्यो भने,
कि त सिक्किम हुन्छ देश देशबाटनै निकास भएपछि।

ऊ नेता हो किन सुध्रिन्थ्यो देशलाई नै अचानो बनायो,
बुद्धी अवश्य पनि पलाउँछ यो देशको नाश भएपछि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ०५ २०२४ 24 May 2024, 03:15

गजल
बुद्ध पुर्णिमा बाट केही सिकौँ सिकाउँ हामी,
सबै मिलेर यो देशलाई बलियो बनाउँ हामी।

गौतम बुद्ध शान्तिका दुत् प्रेणालिनुपर्छ सधैं,
बुद्धको संदेश बोकेर हिंडौँ गाउँ गाउँ हामी।

देशमा आकारमण हुँदैछ बुद्धकै नाउ लिएर,
सारा नेपाली फाटेको मनलाई सिलाउँ हामी।

देश विदेशमा छरिएर बसेका नेपाली सबैले,
यो देशको निमित्त थोरै पसिना मिसाउँ हामी।

आउ सारा नेपालीहो हिमाल पहाड तराईका,
देश बिदेशमा बुद्धको अभियान उठाउँ हामी।

संसारमा बुद्धको इतिहासलाई बङ्गाएकै वेला,
वीरहरूको नसान  सामा जोस देखाउँ हामी।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 25 May 2024, 04:00

गजल
विदेशी आउँछ केही दिनमै साहुकार बन्छ,
के खानदिन्छ सरकार पनि बफादार बन्छ।

आज सन्तानले देश छाड्न बाध्य भए हाम्रो,
आधा नागरिक बिदेश देशमा सरकार बन्छ।

पत्तै लाग्दैन कुन निर्दोश हुन्छ कुन अपराधी,
न्याय निसाब समेत यो देशमा व्यापार बन्छ।

राजनीति भित्र पनि ठुलो राजनीति हुँनेगर्दा,
आफ्नो सन्तान्,सन्तान मार्ने हतियार बन्छ।

खै कसलाई रहर हुन्छ देश छड्ने घर छाड्ने,
बेरोजगार भएपछि बाध्यता नै आधार बन्छ।

भत्ता खाएर गफ लगाउँन सजिलो हुन्छ सधैं,
किन विदेश जान्छ सोध जो वेरोजगार बन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०५ २०२४, 26 May 2024, 03:59

गजल
सबैमा पुजा भन्दा कामको लगन हुनुपर्छ,
गलत संस्कार सँग सधैभरी अमन हुनुपर्छ।

अनुसाशन भित्र बाँधिएको हुन्छ बलियो,
अन्याय अत्याचार सँग सधैं जलन हुनुपर्छ।

घमण्ड गरेर केगर्छौ मसान घाटमा जानेहो,
सबैलाई त्यहाँ सम्म पुराउँने दर्पन हनुपर्छ।

उसले धन कमायो र कमाउँदै छ अँझै पनि,
भन्छ सबैलाई नभैनहुँने आज धन हुनुपर्छ।

मानवतानै कुहिराको काग भयो धनले गर्दा,
म भन्छु चारजना मलामी र कफन हुनुपर्छ।
सुरेशकुमार पाण्डे
२६ ०५ २०४, 27 May 2024, 04:06

गजल
समाजमा मायाँ प्रिती भन्ने मात्र रहर भयो,
मनभित्र त पानी सुकेको एउटा बगर भयो।

आफ्नो पराण बलिदान गरायो जस्कालागि,
उसैले देखेन र मायाँ प्रतिबाटै वेखबर भयो।

त्याग र बलिदानको मिश्रणनै हो मायाँ प्रती,
त्यसैमा कयौँ मानिसको जीवन निर्भर भयो।

निस्वार्थ भेट्न गारैछ प्रेम नि पैसामा बिक्छ,
अचेल कसैलाई रहर र कसैलाई कर भयो।

मानिसहरू स्वास्थ बन्न औषधी कती खान्छ,
एकघन्टा पदयात्रा गर्नलाई नै किन डर भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८,
२७ ०५ २०२४, 28 May 2024, 03:59

गजल
म माथि सधैं अन्याय हुन्छ अत्याचार हुन्छ,
मलाई भने किन यिनै कुपुत्रसँग प्यार हुन्छ।

मात्रृत्वसँग प्यार गर्छन् अरूका छोरा छोरी,
यहाँ किन मै माथि अनैतिक व्यवहार हुन्छ।

घायल बनायो छिमेकीले कुपुत्र दलाल हुँदा,
जहिल्यै पनि यहाँ आकार्मण लगातार हुन्छ।

हेरी रहन्छन् ट्वालपरी अश्मिता लुटिंदा पनि,
किन आफ्नै शन्तान् दुश्मनकै बफादार हुन्छ।

कसको भर परौँ राता र सेता सबैले दुनो सारे,
उनैले घांटी जोड्छन् जसको सरकार हुन्छ।

भन्छन् राजनीतिले मात्र देश बनाउँछ बलियो,
तर यहाँ त राजनीतिमै सधैंभरी व्यापार हुन्छ।

कस्तो गणतन्त्र आयो यार यस्तो हाम्रो देशमा,
कहिले सडक कहिले सदनमा मारामार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ०५ २०२४ 29 May 2024, 03:48

गजल
तिम्रा मात्र होइन सबैका सपना खास हुन्छन्,
सपना पुरा नहुँदा सबै मानिस निरास हुन्छन्।

अरूका देशहरूमा विकास हुन्छन् ठुला ठुला,
हाम्रो देशमा सधै नेताहरूका बक्वास हुन्छन्।

रोजगारकै खोजिमा पुग्छन् खाडीमा युवाहरू,
फर्किंदा जिउँदा होइन बाकसमा लाश हुन्छन्।

उक्साउँछ छिमेकी आफ्नै काम निकाल्नलाई,
बहादुर हुन्छन् विर र उनिभित्र सहाश हुन्छन्।

जहाँ खतरा बढि हुन्छ उतै हुन्छन् ती गोर्खाली,
अरू मुलुकमा नागरिकको सरकार दाश हुन्छन्।

ए नेता तिमिले गरिबलाई भन्सार लगाउ सधैँ,
ढुक्क हुँनु तिम्रो सुन सधैभरी बाईपास हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९ ०५ २०२४, 30 May 2024, 04:03

गजल
अनगिन्ती शङ्घर्षभए जीवनभरी हरेश खाएन,
आए चुनौती बनेर समस्य घरिघरी हरेश खाएन।

अचम्भ लाग्छ अचेल आफ्नो बिगत सम्झिंदा,
चम्किंदा बिजली वर्षिंदा बर्खे झरी हरेस खाएन।

मन कमलो हुँनुहुँदैन ढुङ्गा जस्तै हुनुपर्छ द्रविलो,
गर्नेहरू गरेकै हुँन त्यो वेला मनपरि हरेस खाएन।

साहिद उमेरलेपनि हुँनसक्छ लाग्छ कस्तो कस्तो,
फेरीपनि हिंडेकै हुन्छु सधैँ म नडरी हरेस खाएन।

हिजो हामि सगसँगै हिंडेका समाज परिवर्तनमा,
थाहा पाएं ऊ गुथेछ अर्कैको पगरी हरेस खाएन।

डराउँन भन्छन् तँलाई काल आउँन सक्छ धेरैले,
म जिन्दगी भरि जिएकै हु मरि मरी हरेस खाएन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ०५ २०२४, 31 May 2024, 04:01

गजल

अब त आफ्नो जीवनको कुनै रहर छैन,
आमा हजुर बिनाको घर जस्तो घर छैन।

हेर्छु जब हजुरको तस्विर तिर भित्तमा,
पुराना केके संझना आउँछन् खबर छैन।

प्रकृतीको नियम टाल्न सक्दैनन् कसैले,
जिन्दगी त यस्तै नै रहिछ खासै भर छैन।

सबै मानिस जस्तैछन तर रोबोट सहरमा,
पैसाले नचाएको छ खुसिको अधर छैन।

उसैको कलाले संसार हिलाइदिन्छ यहाँ,
तर यो समाजमा उसैको रत्ती कदर छैन।

केका लागि लडेका छौँ थाहा छैन हामी,
आफ्नो भन्नु खोला छैन अनि बगर छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३१ ०५ २०२४, 1 Jun 2024, 04:08

गजल
किर्षि प्रधान देश पानी बिनाको बगर देख्छु,
युवा देश बिहिन हुँदा सरकार बेखबर देख्छु।

किन उराठ लाग्दो भयो मेरो देश आजभोली,
नागरिक विदेशका धनान्ढयमा निर्भर देख्छु।

लगाम सहकारी एन जीओ आइ एन जी ओ,
मन्त्री उनैको इसारामा चल्नु पर्ने कर देख्छु।

बाध्यताछ नेपाली भएर नेपाल बस्न नसक्नु,
जन्म थाउँमा मर्न सकिन्न की भन्ने डर देख्छु।

भ्रष्टाचार उस्तै कालो बजारी देश मण्डि भयो,
यो देशका नेता विदेशी दाश बन्ने रहर देख्छु।

गणतन्त्र नयाँ नेपालमा सम्विधान जनताको,
तर देश कङ्गाल व्यवस्था पनि झरझर देख्छु।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ 2 Jun 2024, 07:34

गजल
हाम्रो देशको विदेशी नै हकदार किन हुन्छ,
देशभित्र सधैँ दलाल साहुकार किन हुन्छ।

सवाल यत्तिमात्र हो आखिर यो देश कस्को,
नागरिक सँग अनैतिक व्यवहार किन हुन्छ।

सरकार बनाउँछन् जनताहरू लावारिस उनै,
हाम्रो देशको व्यवस्था नै बिमार किन हुन्छ।

पानी छैन विधुत् छैन हाहाकार भयो देशमा,
विदेशी सँग सधै घाटाकै व्यापार किन हुन्छ।

सानो देश विकासका तमाम श्रोत छन याहाँ,
तर सबै निकाएंमा सधै भ्रष्टाचार किन हुन्छ।

जनताले चुनेकै सरकार सम्विधान जनताको,
बिदेशीको हातमा फस्ने आधार किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ ०६ २०२४ 3 Jun 2024, 03:53

गजल
तिम्रो सधै भाषनमा समानताको बक्वास हुन्छ,
समाज भित्र उस्तै जातिय बिभेदको रास हुन्छ।

नेताको भाषण,चुनावी घोषणापत्र सुन्दा पढ्दा,
संसार भरिमा हाम्रो देशको झनै उपहास हुन्छ।

मानिस मानिसमा छुवाछुत छ विज्ञानिक युगमा,
अरूको देशभित्र त झनपछि झन विकास हुन्छ।

देश र जनताकै चिन्ता गर्छन सरकारहरूले पनि,
त्यहाँ व्यवस्था जनता र देशकै लागि खास हुन्छ।

यो देशका नेता धेरैजसो विदेशीको दलाली गर्दा,
छम छम नाच्छन् कटपुत्ली विदेशीकै दाश हुन्छ।

समानता र समावेसी समाजवाद अन्मुख भन्दा,
रूनेमन लाग्छ युवाहरूको विदेशमा लाश हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३ ०६ २०२४ 4 Jun 2024, 03:20

गजल
सिकाउँछ र अब्बल बन्छ जब ठोक्कर लाग्छ,
पाइलै पछि सम्लिन्छन् मानिस जब डर लाग्छ।

अंधकार चिरेर नै उदाउँछ सुर्य हामिले देख्यौँ,
राती निदाएकालाई बिहानी उदाउँछ भर लाग्छ।

जिव जन्तु प्रकृतीकै देन हुन् अधिकार छ बाँच्ने,
श्रीसम्पत्ती छैन आफ्नै जस्तो धर्ती सगर लाग्छ।

यो मानिसको साम्राज्य हो बाँकी सबै जड भयो,
बनाउँछ सबैलाई सिकार र आफै वेखबर लाग्छ।

थाहाछैन मानिसलाई ऊ जन्मिएको केको लागि,
अरूलाई मार्छ र पनि जिउँने उस्लाई रहर लाग्छ।

के भनौं ठोक्करले अघाएको मानिस आफै लाई,
अब त त्यो मसान घाटको कवर पनि घर लाग्छ।

सुरेशकुमार पिण्डे दाङ घोराही १८
०४ ०६ २०२४, 5 Jun 2024, 03:50

गजल
लगन छैन मिठास छैन मानवता खास बन्यो,
स्वार्थ चुलियो र त मानिस पैसाकै दाश बन्यो।

लुगा मानो र छानो भए पुग्छ बाँकी हो व्यार्थै,
कसैको स्वार्थकै परिणाम कसैको लाश बन्यो।

मन्द्री बनाएर मात्र धर्म हुँदैन मित्र पुजा लगाई,
स्वार्थले दुसित आज यही धर्ती आकास बन्यो।

सुख्खको खोजिमा पुग्यो जता कतै फर्किंदा,
झन बोकेर ल्यायो आफैले दुःखको रास बन्यो।

अन्तिम समय आउँछ तब मानिस बन्न खोज्छ,
बल्ल मनमा साहेद पाप धर्मको आभास बन्यो।

छानियो पुग्यो गन्तव्य यात्रामा छोड्यो बिचार,
तितो मिठो सम्झना शेष छ सबै बक्वास बन्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५ ०६ २०२४ 6 Jun 2024, 03:29

गजल
त्यो मानिस हो रत जिम्मेवार हुनुपर्छ,
मानव सरह उसको व्यवहार हुनुपर्छ।

गलती हुन्छ तर त्यो होइन ठुलो कुरा,
सबक नसिक्दा त्यो नाङ्गेझार हुनुपर्छ।

घर अग्लो बनायो र सम्पत्ती कमायो,
थोरै बिगार्यो भने घरमा दरार हुनुपर्छ।

तिमी भन्छौ मिल्छ किस्मतमा लेखेको,
न्यांय पाउँन मन्त्रीको बफादार हुनुपर्छ।

श्रमजिविलाई थिंचो मिचो गराए पनि,
फौलाद त गर्धन सेर्ने हथियार हुनुपर्छ।

भन्छन् फलामले फलाम लाई काट्यो,
शिक्षा लिन्छौँ भने ख्रुचेव जार हुनुपर्छ।

छाडौँ अन्धविस्वास नबनौँ मुर्ख हामी,
अधिकार पाउँन हाम्रै सरकार हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६ ०६ २०२४, 7 Jun 2024, 03:05

गजल
जुनदिन तलब सकियो र खोल्टीमा बचत सकियो,
छिमेकीहरूको पनि त्यही दिन देखि मदत सकियो।

लाहुरे भएकै दिन देखी मलाई हेर्ने दृष्टिकोणमै पनि,
आफन्तीको त्यो आत्मियता आवतजावत सकियो।

बतास नझेलेको रूख कहाँ हुन्छ मैपनि प्रेममा फसें,
मज्दुरको भेशमा देख्दा मायाँ सतप्रतिसत सकियो।

सबैलाई धन सम्पत्ती चाहिंदो रहिछ स्वार्थि मायाँमा,
त्यही सोंचेर नै प्रेमिका प्रति आफ्नो नफरत सकियो।

मलाईपनि साहित्यकार भन्दा रहिछन् कतिपय साथी,
आफ्नो भन्नु केही रहेन कविको त्यो हकीगत सकियो।

एक देशभक्तले देश र जनता सँग मायाँ गर्छ सधैंभरी,
उनैले नफरत गर्नथाले जब खोल्टिमा नखत सकियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ ०६ २०२४, 8 Jun 2024, 04:29

गजल
लेखक कलाकार देशभक्त कसैको कदर छैन,
यो सरकारको मनभित्र देश बनाउँने रहर छैन।

त्यत्तिकै भन्दै सरकार दलाल भयो विदेशीको,
देशमा आज बनजङ्गल छैन खोला बगर छैन।

जस्ले पसिना र रगत बगायो यो देशको लागि,
खै उसैको अचेल आफ्नो भुन्नु एउटा घर छैन।

आफ्नै सन्तानलाई दलाल भन्न रहरछैन साथी,
तर केगरौँ नागरिकहरूको खुसिको अधर छैन।

विदेश नगई घरमा चुला जल्दैन पाक्दैन आटो,
नागरिकका लागि रोजगारको कुनै अफर छैन।

हाम्रै माटो आफ्नै पैतालाबाट खुस्किंन थाल्यो,
पहिचान खोज्छौ तिमीले जस्को कुनै थर छैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ ०६ २०२४ 9 Jun 2024, 03:28

गजल
कति मारिए कती मरे कयौँको बनबास भयो,
जताकतै बारूध बम देशको सत्यानाश भयो।

क्रान्ती गर्न घर छाड्यो र दुनिया छाढ्यो पछि,
देशमा रूवाबास भयो जब उस्को लाश भयो।

मौका ढुकेर बसनेहरूका लागि त्यही वेलामा,
दोह्रो भिण्ड्त पनि झनै राम्रो भयो खास भयो।

अचेल लाहुरेहरूको चियापत्तिमै पनि भन्सार,
नेताका आसेपासेको सुन पनि वाइपास भयो।

खै जती लडेपनि आमूल परिवर्तन हुनसकिन,
यो व्यवस्थामै पनि समस्याको झनै रास भयो।

शहीद भन्नेगर्थे हामि मरे पनि देश बाँचिरहन्छ,
मर्नेमरे चिहानमाथि बसेका दुष्टका दाश भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ ०६ २०२४, 10 Jun 2024, 03:20

गजल
छोरालाई आफ्नो जिन्दगी बरबाद गर्ने कत्रो रहर हुन्छ,
बाबा आमालाई किन उसैलाई सम्झाइरहने कर हुन्छ।

सबैले नभनेपनि छोराबाट आस धेरै राख्छन बा आमा,
छोरा भने बा आमाको त्यो सपना बाटनै बे खबर हुन्छ।

घर घरको यस्तैछ कहानी अचेल छैन सर्वणकुमार कतै,
बाले रगत बेचेर बनायो तर निशानामा त्यही घर हुन्छ।

छोरा  छोरीले गलत बाटो छोपेपछि बा आमाको सपना,
खरानी हुन्छ र सुकेको खोला जस्तो जीवन बगर हुन्छ।

छोरा छोरीको बिहेपछि बाबा आमा कालको प्रतिक्षामा,
उन्लाई कालपनि सितिमिती आउँदैन कि भन्ने डर हुन्छ।

बा आमाको रगत पसिनाले सिंचेको सन्तान ठुलो भयो,
वृद्धआश्रम उहि छोराको बाबा आमालाई अफर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१० ०६ २०२४, 11 Jun 2024, 03:51

गजल
छिमेकी भएपछि सहयोग गर्ने केहि त कर हुन्छ,
कहिलेकसो हातेमालो गर्ने दुबैजनमा रहर हुन्छ।

यहाँ एककोहोरो सहयोग हुन्छ त्यो पनि घाटाको,
कुनदिन आर्थिक नाकावन्दी गर्छ त्यही डर हुन्छ।

छिमेकले रोजी बेटीको नाम भजाउँदै देश लूट्दा,
क्वाप पर्छ बुध्रुङ्ग झैँ सरकार सधैं वेखाबर हुन्छ।

जतिवेला देश रोएको हुन्छ ठिक त्यहिवेला सधैँ,
मौकामा चौका हानेपछि भन त कसरी भर हुन्छ।

जसको लाठि उसैको भैंसी भन्छन् उखानेहरू ले,
लगाम अनाडीको हातमै भए व्यवस्था गदर हुन्छ।

थाहाछ भाँडा भरिएपनि किन खालिनै हुन्छ सधैँ
किनकी त्यो भाँडामा कताकती अवश्य चर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ ६ २०२४, 12 Jun 2024, 03:45

गजल
हाम्रै देशभित्र अपराधीलाई किन सम्मान हुन्छ,
जसको देश बर्वाद गर्नमा ठुलो योगदान हुन्छ।

राजधानीमा राहदानिका लागि लामबद्ध देख्दा,
विकासको त घोषणा पत्रमा मात्र उखान हुन्छ।

मेरा एकजना मित्र भन्छन् बल्झिरहन्छ समस्या,
यो मञ्चबाटै सुझाउँछु पैसा भए समाधान हुन्छ।

प्रेमिकाले अन्तै बिहे गरिन् जब ऊ खाडी पुग्यो,
उसैको नि अपसान हुन्छ रूवाबास जहान हुन्छ।

नेता भन्छ देश सुइटजरलैण्ड बनाईदिन्छौँ हामी,
भो दिनौँ हजारौँ युवाहरू विदेशको उडान हुन्छ।

कसोगरी सान्त गरौँ चयन भयन आफ्नो मनमा,
अवश्य उथल्पुथल हुन्छ जब मनमै तुफान हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०६ २०२४, 13 Jun 2024, 03:10

गजल
कसलाई जोगाइदिन्छौ खाई नखाई यहाँ,
आफुले भोको बसेर सधैँ दुःख पाई यहाँ।

केही जाँदैन साथ हाम्रो खरानी बन्छ सबै,
कसैले खाउ भन्दैनन् आफु नअघाई यहाँ।

तिम्रो खोल्टीमा छ भने खोज्दै आउँनेछन्,
गरू बेचेको पनि सबै साइनो लगाई यहाँ।

गहिरो माया नगाँस जिन्दगि वेपत्ता हुन्छ,
कोही कसैको आफ्नो छैन दाई भाई यहाँ।

जन्मिएका सबैले जिन्दगी गुजारेकै हुन्छ,
मानिसहरू कुनै एउटा गोरेटो समाई यहाँ।

जसले जन्मायो उनैलाई नै खरानी पार्छन्,
अरूलाई हसाए जीवन बन्धक बनाई यहाँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ०६ २०२४ 14 Jun 2024, 02:57

गजल
बलियो पुल छैन देशमा भ्यूटावर बनाउँछन्,
सरकार खोला बेच्छ रित्तो बगर बनाउँछन्।

बुढा बुढी पेटीमा बसेर भन्छन् काल रिसायो,
छोराहरू अमेरिका जापानमा घर बनाउँछन्।

शहीदले आफ्नो पराण देशकै लागि दिएका,
तर नेताहरूले सधैेँ देश भाड्ने चर बनाउँछ।

अपराधीहरू यसरी छुट्छन् दिनौँदिन यहाँ,
आफ्नो पार्टीमा लग्छन् नेताले सदर बनाउँछ।

अब अनाडिको हातमा सत्ता पुगेपछि हेर्दाहेर्दै,
स्वाभिमान उछाल्छन् देश झरझर बनाउँछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४ ०६ २०२४ 15 Jun 2024, 05:56

गजल
यता आमाको सास गयो समाचार पनि खास आयो,
छोराले विदेशबाट पठाएको औषधीको रास आयो।

थाहा पनि भयो औषधी भन्सारमा रोकिएको रहिछ,
जब हाकिमले देख्यो बाटोमा आमाको लाश आयो।

यो देशमा सबैका आ आफ्नै स्वार्थ लुकेका हुन्छन्,
जस्तो सरकारमा जुन आयो विदेशीको दाश आयो।

यता लाहुरेको छोराले पढाई पुरा गरेछ र पायो डिग्री,
बाबा घरमा नपुग्दै छोराको नी खाडिको बास आयो।

यो देशका वेरोजगार नागरिक देश छाड्न बाध्य छन्,
भन्छन् डीवी पर्यो रत भाग्यामा धर्ती आकास आयो।

प्रचण्ड गर्मिको मौसमछ आकास तिर हेर्छन किसान,
मौसम बिभागले भन्छ अब मनसुन पनि पास आयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ ०६ २०२४, 16 Jun 2024, 03:05

गजल
देशमा देशद्रोही व्यवहार लगातार हुन्छ,
नागरिकतामा समेत सधैँ व्यापार हुन्छ।

विकासका धेरै श्रोत साधान भएता पनि,
विदेशीको नतमस्तक सधैँ सरकार हुन्छ।

विकास छैन युवा विदेशजान बाध्य भए,
थाहाछ देश सङ्घीयताले कर्जदार हुन्छ।

पहिचानका कुरा गर्छ उस्तै धर्मका कुरा,
यस्तै कुराहरूले त समाजमा दरार हुन्छ।

अचानो बनाए देश नागरिक बली चढाए,
कुनै दिन सबैै बिषयमा नै चिरफार हुन्छ।

उसलाई थाहा छैन छ जसले कुटिरहेको,
फौलाद हो एकदिन त्यही हतियार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ०६ २०२४, 17 Jun 2024, 03:47

गजल
हाम्रो महान साहित्यिक जगत यहि हो,
राम्रै संदेश पुराउंने सबैको मत यही हो।

लेख्न लेखेकैछौं देश र जनताको कथा,
देशका लागि अहिले त जरूरत यही हो।

कहां लुटियो कहां चुक्यो छानबिन गरौं,
आवस्यकता अब सतप्रतिसत यही हो।

उसले आफ्नै घर जलायो र हसायो दुष्ट,
सांचै दलालिगर्ने लागेकै छ लत यही हो।

सिकेर कहिल्यै सकिदैन मनका गन्धना,
धन नभए पनि हुनैपर्छ इज्जत यही हो।

न देश जस्तो भयो देश अर्ध उपिनिवेश,
छिमेकी फटाहा भयो हकिकत यही हो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ ०६ २०२४, 18 Jun 2024, 03:20

गजल
जब यो घरमा बुढा बुढिको कथन सकियो,
व़रिपरी परमपरा झैँ पुरानो जतन सकियो।

धेरै थिएहोला सपना दिनौं बगायो पसिना,
उसैले ओड्यो र गयो सेतो कफन सकियो।

मेरो आमाको पनि कयौं थियोहोला सपना,
आगोमा जल्यो त्यही तन दन दन सकियो।

आमाले छाडेर गएपनि कहाँ छोड्न सक्छौँ,
हृदय भित्र तस्विर छन् केवल तन सकियो।

एउटै कुरा भन्नु छ मलाई आमाको ऋणि छु,
चुक्ता हुँनैसक्दैन यो आफ्नो बदन सकियो।

जता खोजे नि आमाको जस्तै मायाँ पाइदैन,
ममताकै आंचल खोज्दा धर्ति गगन सकियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८  ०६ २०२४, 19 Jun 2024, 03:53

गजल
कसै कसैलाई त औषधी पनि जहर लाग्छ,
किन कुसंस्कार नै उनिहरूलाई घर लाग्छ।

फोहोरबाट उठ्नै नखोज्ने मानव समुदायि,
उसलाई सधै त्यही फोहोरको भर लाग्छ।

थाहा छैन आफै दलदलको बासिन्दा बन्यो,
त्यही फोहोर नै उसलाई सुन्दर डगर लाग्छ।

रम्न खोज्छन् धेरैजसो फोहोरमै पौडिखेली,
मुखमा थुकेको पनि उनलाई अफर लाग्छ।

मानव हौँ मानिस सरह जीवन व्यातित गरौँ,
ए पशु तिमिलाई मानव बन्न किन डर लाग्छ।

मेरा के कुरा गर्छौ म कुसंस्कार बदल्न हिंडे,
मलाई यही सम्रचनानै अचेल झर झर लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ०६ २०२४, 20 Jun 2024, 07:03

गजल
आकासमा कुनै समस्या जरूर होला,
एकैसाटो पानी धेरै खत्तिने सुर होला।

चेतवानी मौसम बिभागको पनि आयो,
यस पालिमा वर्षा लाग्ने भरपुर होला।

कतै बाढी पहिरो कतै डुवान हुने भन्छ,
जोगिए किसान सपना चक्नाचुर होला।

समय मै नआएर वर्षा बाली नाश भयो,
के आसा अंझै मनसुन कतै दुर होला।

दिनौ हजारौँ युवा विदेशकै यात्रा गर्छन्,
सानु पाटो त्यो बेची खाडिकै टुर होला।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० ०६ २०२४ 21 Jun 2024, 03:39

गजल
नसा गर्छौ आफ्नै जिन्दगी सत्यनाश हुन्छ,
ऋण लाग्छ परिवारको जिउँदै लाश हुन्छ।

परिवार छन् छोरा छोरी छन् जिवन साथि,
जसले जन्मायो उसैलाई पनि आश हुन्छ।

मानिस हौँ मानव जस्तै बनि समय गुजारौँ
विवेकसिल बनौँ कर्तव्यको अहेसास हुन्छ।

समय चिनौँ अमूल्य हुन्छ फर्किँन्न बितेको
सबै मानिस त्यही समय कै सधै दाश हुन्छ।

युवा बिना हाम्रो यो देश कम्जोर हुने भयो,
देशमा युवाहरूको भूमिका धेरै खास हुन्छ।

छाडौँ अलकोहल र बनौँ सब्य सामाज मा,
नसा गर्छौ घर परिवारको नर्कमा बास हुन्छ।
दाङ घोराही १८
२१ ०६ २०२४, 22 Jun 2024, 07:16

गजल
कसैको सपना समेत खरानी भयो,
उसैको आँखामा पानी पानी भयो।

न मिल्छ काम न छ आराम याहाँ,
गरिबहरूको उस्तै जिन्दगानी भयो।

पसिना बगिरहन्छ सरिर गनाउँछ,
संसारका श्रमिकको कहानि भयो।

देश आफ्नो कुन होकुन थाहाछैन,
अर्कैको लागि यही जवानी भयो।

भोका र नाङ्गा देशै भरी देखिन्छन्,
किन गरिब जन्मिनुनै नादानि भयो।

काम माग्दा हत्थकेलामा राहदानी,
हामिलाई सधैँ दुःखको खानि भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२ ०६ २०२४, 23 Jun 2024, 03:39

गजल
जता पनि किन लागु पदार्थको व्यापार हुन्छ,
सदियौँ हाम्रो समाज मात्र किन बिमार हुन्छ।

भन्छन् कानूनि रूपमा अपराध हो तर पनि,
किन मोन प्रशासन हुन्छ उस्तै सरकार हुन्छ।

अचम्मै लाग्छ कसैले देख्दैनन् तसकरी हुँदा,
लाग्छ सरकार समेत उनैको बफादार हुन्छ।

जसले हान्यो उसैले जान्यो भनेको झैँ सधै,
हाम्रो समाजभित्र यस्तै नराम्रो व्यवहार हुन्छ।

संसदिय व्यवस्थापनि उस्तै हुँदो रहिछ बुझ्यौँ,
एउटा कुर्चिकै लागि त्यहाँपनि कारोबार हुन्छ।

राजाको सालिक तोड्ने नै खोज्न थाले राजा,
भुरे टाकुरेहरूले गर्दा यो नराम्रो आधार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ०६ २०२४, 24 Jun 2024, 03:44

गजल
देशभित्र काम छैन र त भ्रष्टाचार हुन्छ,
आम नागरिकलाई सधै दिकदार हुन्छ।

गरिब वेरोजगार जनता कसरी जिउँने,
झुटा आस्वासन दिएर त सरकार हुन्छ।

सरकरले भन्छ श्रम सम्झौता गर्नु पर्यो,
सधै देशमा रेमिटेन्सको कारोबार हुन्छ।

पसिना मात्र होइन रगत पोख्छन् युवा,
तर पनि अपहेलित गर्ने व्यवहार हुन्छ।

साधन श्रोत नभएको होइन छन् प्रसस्तै,
विकासको नाममा ठगि लगातार हुन्छ।

भन्छन् विकास गर्छौँ हमि झुटको पसारो,
सडकमा कहिले सदनमा मारामार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ ०६ २०२४, 25 Jun 2024, 03:10

गजल
सबैले देशको हितमा व्यवहार गर्नुपर्छ,
कयौँ नेतालाई समेत खबरदार गर्नुपर्छ।

नियत ठिक छैन हाम्रो छिमेकिको पनि,
सिमानाहरू रेखदेख लगातार गर्नुपर्छ।

फर्किन्छ सर्प घरिघरी घोंचे दुलाभित्रको,
सबैलाई सम्मान सबै सँग प्यार गर्नुपर्छ।

अरूले भन्छ भन्दैन त्यो उस्को कुरा हो।
आफु विधिको बिधान अनुसार गर्नुपर्छ।

छिमेकीले ठगेको हुन्छ खसि र फर्षिमा,
यार सबैसँग बराबरको व्यापार गर्नुपर्छ।

सधै अर्काको भरमा देश चल्दैन नेताजी,
अब त आफ्नै देशभित्र तारवार गर्नुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०६ २०२४, 26 Jun 2024, 06:23

गजल
सबैलाई बद्मास बानाउने पनि दाम हुन्छ,
सबैभन्दा शक्तिशालि छ जो वेकाम हुन्छ।

थाहाछ मानिसले नाङ्गो ढाक्ने पोषाक हो,
नभै नहुने त सबैलाई एक गास माम हुन्छ।

हुन त सबै यहाँ नाङ्गै आयो र नाङ्गै जानेहौँ,
यो समाजमा सबैको एउटै अञ्जाम हुन्छ।

बाँच्दा सम्म हातेमालो गरेर बाँच्नु पर्ने सबै,
तर मानिसमा सधै मैखाउँ मै लगाम हुन्छ।

मानिस जती मायाँ भएपनि जाने एक्लै हो,
मर्दा दिन लाश सबैलाई छिट्टै उठाम हुन्छ।

मान्छे सबैभन्दा चेतनसिल प्रराणी भनेपनि,
धर्तिमा सबैभन्दा बढी यही बद्नाम हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६ ०६ २०२४, 27 Jun 2024, 03:53

गजल
सबै खाले अन्याय अत्याचार बन्द हुनुपर्छ,
हाम्रो देशवाट नराम्रो संस्कार बन्द हुनुपर्छ।

यो देश छर पो हामि चिनाउँछौँ विर नेपाली,
विदेशको दलाली गर्ने व्यवहार बन्द हुनुपर्छ।

गर्धन कटाए झुकेनन् हाम्रै विर पूर्वजहरूले,
विदेशसँगको असमान व्यापार बन्द हुनुपर्छ।

मैत्रिपूर्ण चलाऊँ सरकार जसले चलाए पनि,
सधै सडक र सदनको मारामार बन्द हुनुपर्छ।

देशलाई नसामुक्त गरौँ चाहिएको छ विकाश,
लागू औषध र नसाको कारोबार बन्द हुनुपर्छ।

सरकार होसमा आउ नागरिकलाई न सताओँ,
साम्राज्यवाद सँग असमान करार बन्द हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ ०६ २०२४, 28 Jun 2024, 04:14

गजल
आज सङ्घीयता आयो देश कङ्गाल भयो,
हात्थिछाप लगाउँन नेता माला माल भयो।

छिमेकीहरू मौकामा चौका हान्छ सधैभरी,
देशका कयौँ नेता लाछि भयो दलाल भयो।

यहाँ नयाँ जनवादको लागि गृहयुद्ध चल्छ,
अवसर्बाद जनक्रान्तिको लागि ढाल भयो।

कर्णाली रून्छ रून्छन् हुम्ला र जुम्ला पनि,
कतै फालाफाल भयो उता अनिकाल भयो।

विदेश काम खोज्न गएको छोराको बाटमा,
बाबा अस्ताए ऊ फर्किएन कयौँ साल भयो।

पोल खुल्छ सरकारको देशभित्र बिपत पर्दा,
न राहात दाल चामल भयो न तिर्पाल भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ०६ २०२४, 29 Jun 2024, 03:43

गजल
हाम्रो देशभित्र उनिहरूनै मालामाल हुन्छन्,
जो देशका गद्धार विदेशीका दलाल हुन्छन्।

नागरिकहरू त सधै वेघर भए काम खोज्दा,
किन हुन्छ यो हामि सँग यस्तै सवाल हुन्छन्।

हाम्रो देशलाई दुश्मनको नजर लागेकै होला,
देशभित्र आइ एनजीओका सञ्जाल हुन्छन्।

बुझ्न गारो छैन तर दुश्मनले चाल चलिरहँदा,
प्रष्ट हुन्छ आन्दोलन कहिले हड्ताल हुन्छन्।

दुष्टले पासा फालेकै छ देशभित्र सङ्घीयता,
त्यसैले त मधेस पहाड तराई कङ्गाल हुन्छन्।

एक पटक जातिय र क्षेत्रिय खाडल खन्दा,
एउटै शन्तानको बिचमा ठुला पर्खाल हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 30 Jun 2024, 03:26

गजल
त्यो दिन आउँछ मलामिलाई केही खास दिनुपर्छ,
निमेक दिएर नै दाहाँ सस्कार गर्ने लाश दिनुपर्छ।

भेट्टिन छाडे याहाँ युवा खाँध दिन सकोस जसले,
कतै भेट्टिए भने नि उनिहरूलाई साबाश दिनुपर्छ।

मानिसलाई केचाहिन्छ बाँचनका निमित्त देशमा,
हो गास , बास र आफ्नै देशभित्र कपास दिनुपर्छ।

यो संसारमा युवाहरू मात्र हुन विकाश गर्ने शक्ती,
तसर्थ काम गर्नेहरूलाई नै धर्ति आकास दिनुपर्छ।

शोशक र सामन्तीहरूको अँझै पनि छ बिगबिगी,
शङ्घर्षशिल न्यायप्रेमिहरू लाई साहाश दिनुपर्छ।

रगत र पसिनाको नै अबमूल्यन भयो युवाहरूको,
देशभित्र उनिहरूको लागि कामको राश दिनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ०६ २०२४ 1 Jul 2024, 03:25

गजल
सधै यो देशका युवाहरू माथि दमनको अडर हुन्छ,
दुःख लाग्छ यही देशको सरकार किन वेखबर हुन्छ।

व़ार पार खोला हिँडेको आफ्नै आँखाले देखेका हौँ,
अचम्म लाग्छ आज त्याहाँ न खोला नत बगर हुन्छ।

हाम्रै देशका युवाहरू नसाको आदी भए आजभोली,
किन उनिहरू कु लतमा पर्छन् जिउँदै मर्ने रहर हुन्छ।

पूर्खौली पाटो कि त बाँजो भयो की साहुले ओगट्यो,
गाउँ छाडि युवा विदेश गएपछि अर्कैलाई अफर हुन्छ।

छैन गाउँ घरमा पशु पालन हरायो गोठ पनि रित्तियो,
बृद्धा बा आमाको गाउँमा अचेल मलिनो अधर हुन्छ।

छोरा पुग्यो खाडिमा र बुहारी बस्छिन् बजार भाडामा,
ऊ फर्कि आउँदा नत बा आमा न परिवार न घर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१ ०७ २०२४, 2 Jul 2024, 03:33

गजल
थाहा छ हिंजो कामको थियो आज वेकाम हुन्छ,
नियम यस्तै छ एकदिन त सबैको पर्मधाम हुन्छ।

मानिसले आराम खोज्छ सुख्ख खोज्छ सधैभरी,
जिवित छँदा त जिम्मेवारी मरेपछि आराम हुन्छ।

मानिसलाई उसकै प्रतिभाले चिनाउँछ र पौरखले,
सिप हुन्छ र त समाजमा सम्मान सुभ साम हुन्छ।

मानव जीवन केही हो भने एउटा कथा मात्र हो,
शङ्घर्षको यात्रा हिंड्न सके राम्रो अन्जाम हुन्छ।

कविताहरू सबैजना कविहरू लेख्छन् सधैभरी,
कसैको कविताले नै विक्रिती माथि लगाम हुन्छ।

कलम देश र बहुसंख्यक मानिसको लागि चल्दा,
अखण्ड देश र स्वाच्छ समाजको परिणाम हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२ ०७ २०२४, 3 Jul 2024, 03:36

गजल
जब नेताहरूको पासमा चिल्ला कार हुन्छन्,
भन्छ देश जनताको अवस्थामै सुधार हुन्छन्।

समावेसी समाजवाद समेत आउँछ देशभित्र,
भोलिपल्ट विदेशी आउँने समाचार हुन्छन्।

घोषणापत्र पढ्दा र भाषन सुन्दा उनिहरूका,
सार्वभौम सत्ताको नागरिक हकदार हुन्छन्।

इमानदार जनतालाई केथाहा छट्टुको चाला,
दलाल हुन्छन् उनै विदेशीका बफादार हुन्छन्।

रून्छन् बाबा र आमा छोरा बाकसमा आउँदा,
हो साँच्चै नेताहरूको त्यसमै कारोबार हुन्छन्।

यो देश फिजीको बाटो सिक्किम पुग्न थाल्यो,
असमान सन्धि र सधैँ घाटाको व्यपार हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०३ ०७ २०२४ 4 Jul 2024, 03:36

गजल
भन्छन् कसैकसैलाई शङ्घर्ष गर्ने रहर हुन्छ,
तर म भन्छु बाध्यता हो नगरिनहुने कर हुन्छ।

जसले बनायो आलिशान महल भन केपायो,
खानलाई गास हुन्छ न ओट लाग्ने घर हुन्छ।

सबै गर्न सक्छन् गरिब श्रमजिवीहरू देशमा,
तर न एकता हुन्छ नत राजनीति डगर हुन्छ।

देश विदेशमा पसिना बगाउँने ज्यामिहरू मा,
सदियौँ आफ्नै परिश्रममै जीवन निर्भर हुन्छ।

उनैलाई सताउँछ भोक , सोक र रोगले पनि,
उनै पौरखिको सधै समाजभित्र वेकदर हुन्छ।

सरकार गरिबको लागि बोल्छ तिमिले भन्यौं,
देश विदेशमा युवाहरू मर्दा यो वेखबर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 5 Jul 2024, 03:34

गजल
देश डुबाई मुस्कुराउँने आफुलाई सन्तान भन्छन्,
कुन नाक को चालाले उनिहरूले जहान भन्छन्।

ढुङ्गा बेचे कोइला बेचे छाडेनन् उनि रूख बिरूवा,
किन कायरहरू आफैले विरका खानदान भन्छन्।

फिजि बनाए हाम्रो यो देश सुट्जरलैण्डकै नाउँमा,
कहिले पानीजहाज कहिले रेलको उखान भन्छन्।

यहाँ रून्छ कर्णाली कहिले भोको छ जुम्ला हुम्ला,
कसरी आस्वासन नेताहरू हुन्छ समाधान भन्छन्।

बिना रोजगार यो देशका युवाहरू खाडिमा घुम्दा,
आउँछ चुनाव विकासको फेरी उही रटान भन्छन।

अधिकारी सरकार खुसि राख्न जनता झुक्काउँदा,
आफु समयमा मल बिउ नपाएको किसान भन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४ ०७ २०२४ 6 Jul 2024, 03:55

गजल
पिठ्यूँको मयल कसैले देख्दैन अनुहारको कालो हेर्छन्,
अरूलाई पछाडी ढेक्लछन् उनैले आफ्नो पालो हेर्छन्।

यहाँ केही छन् बानि परेका कुरौटेहरू काट्छन् कुरा सधैँ,
आफ्नो कुचेष्ठा लुकाउँने उदेश्यले कुनाकुना जालो हेर्छन्।

शङ्घर्षको मैदानमा पसेका हुन्छन् अवसरबाद धेरैजसो,
आआफ्नै स्वार्थका लागि उनिहरूले सधैँ गोठालो हेर्छन्।

मौकामा चौका हानेकै हुन्छन् इतिहाश साँची छ खोतलौँ,
राम्रो पद खोज्छन् समर्थन जुटाउँन जुञै र सालो हेर्छन्।

देखेकै छौँ थुप्रै झोलेहरू पैसा र पदमा मरिहत्य गर्ने हामी,
कहिले काहीँ फट्के सहयोग भन्दै अलि ठुलो डालो हेर्छन्।

मौकाप्रस्तहरू जुन घरमा छन् त्यो भत्काउँदा खुसि देख्दा,
छाडेनन् झिटी झाम्टो लुट्न खैरो खन्ने हलो कोदालो हेर्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८ 7 Jul 2024, 15:57

गजल
साहित्यिक यात्रा समेत झरि चेउँको रास हुनथाल्यो,
आपसमा हिलो छ्याप्नेलाई सम्मान खास हुनथाल्यो।

स्वतन्त्र भन्न नसकेर नाम कमाउँन नयाँ नाम,
कसैको लागि देशबाट कसैको उठिबास हुनथाल्यो।

देशका नेता जुनसुकै क्षेत्रमा पनि छैनन् .इमानदार,
सबैजसो नेताहरू देशका विदेशीको दास हुनथाल्यो।

आफुलाई साहित्येकार भन्नेहरू घाँटी बटार्दै हिँड्छन्,
घमण्डिहरूको झटाराले साहित्यको नाश हुनथाल्यो।

संसदमा नेताहरूको मारामारछ सडकमा जनताहरू,
मदुशालामा जंड्या रङ्शालामा उपहास हुनथाल्यो।

के गुनासो गर्नु कसैसँग यहाँ सधै उल्टै हुन्छ देशभित्र,
स्कुल सबै फेल भए तर बोडिङ्ग भने पास हुनथाल्यो।

क्रान्तिकारीहरू उल्झिरहन्छन् देश बनाउँन आपसमै,
आशा अँझै बाँकी छ देश विदेशीको गास हुनथाल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७ ०७ २०२४ 8 Jul 2024, 04:11

गजल
जसले विकाश गरायो र संसार बनायो,
लडाई गर्ने पनि उसैले औजार बनायो।

न छानोछ न एकगास मिठो खान्की छ,
धेरैलाई भोट दियो र सरकार बनायो।

लडेकै छ देशको लागि दिन रात आफु,
उसैले बनायो औजार नरसहांर बनायो।

आफु जस्तै गरिबलाई काट्नलाई उस्ले,
खानकै लागि मात्र सधैँ तलवार बनायो।

त्यही गरिब पौरखी प्रतिभाशाली मान्छे,
जस्ले आफ्नै घांटी शेर्ने हतियार बनायो।

कला उसैको थियो गला उसैको तर पनि,
धनीले उसैलाई नचाउँने आधार बनायो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८ ०७ २०२४, 9 Jul 2024, 02:23

गजल
बाढी आउँछ पहिरो जान्छ प्रकृतिको मनोमानी हुन्छ,
कहिले खडेरी हुन्छ कहिले जता हेर्यो उतै पानी हुन्छ।

किसानलाई सधै प्रकृतीको डर अनि भर पनि उसैको,
प्रकृतीको आडमा अडिएको सबैको जिन्दगानी हुन्छ।

मानिसले त पहिरो गएपनि मानिस मरेपनि सहनेनै हो,
प्रकृतीको त साच्चै आफ्नै प्रकारको छुट्टै कहानि हुन्छ।

मानिस प्रकृतीलाई आफु तिर होइन आफुलाईनै ढाल्दै,
समयलाई चिन्ने अनि समय अनुसार हिंड्ने बानि हुन्छ।

थाहा छ उसले प्रकृतीको नियम बुझेन र धनमान भयो,
त्यो पनि कुनै दिन प्रकृतीको नियमनुसार खरानी हुन्छ।

जन्मिएकाहरूको अपसान अवश्य हुन्छ घमण्ड छाडौँ,
जति माथि उडान भरेपनि धर्ति सबैको राजधानी हुन्छ।

मानिस सधैभरी प्रकृती जगतको एउटा विध्यार्थि नै हो,
तर पनि सबै जानेको भन्दै घमण्डी जानि नजानी हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९ ०७ २०२४, 10 Jul 2024, 04:08

गजल
हामिले दुश्मनलाई सिद्धाउँने भनेर हतियार बनायौँ,
केथाहा हामिलाई आफ्नै घाँटी रेट्ने औजार बनायौँ।

छानेर जब संसदमा पठाउँछौँ देशको रक्षाका लागि,
दुष्ट पनि खुसि हुन्छ नेता भन्दै देशको गद्धार बनायौँ।

खै के नै गर्न सक्छौँ हामिले आफ्नै देश खरानी पारेर,
दुश्मनको लागि सदियौँ देखि अमूल्य उपहार बनायौँ।

कति बहादुर छौँ हामि आफ्नै सन्तानको दिन्छौ बली,
सधैँ दुश्मनलाई खुसि पार्ने आफैले आधार बनायौँ।

कसैलाई गाली गर्नुभन्दा पहिले एउटा कुरा बुझ्नै पर्छ,
धिकार छ हामि आफैले देश भाड्ने सरकार बनायौँ।

मानिसले एक पटक ठेंश लागेपछि हेरेर हिँड्ने गर्छन्,
तर हामि नेता बनेर आफैलाई मुर्ख लगातार बनायौँ।

सुरेशकुमार पिण्डे दाङ घोराही १८
१० ०७ २०२४, 11 Jul 2024, 03:44

गजल
देशभित्र न व्यापार गर्न सकिन्छ न रोजगार हुन्छ,
मात्र गरिब माथी अन्य हुन्छ उस्तै भ्रष्टाचार हुन्छ।

देशमा सहिनसक्नु छ महंगी घुस र कालो बजारी,
जो वेइमानी गर्छ भ्रष्टाचार गर्छ त्यो साहुकार हुन्छ।

आखिर यो रूपियाँ पनि किन कसले बनाए होला,
यसैले गर्दा आफ्नै दाई भाई कै बिचमा दरार हुन्छ।

थाहा छ गगन् चुम्बी महल ठढाउँने घर बिहिन उनै,
तिनै महल भित्र पनि त पसिनाको कारोबार हुन्छ।

जन्मदादालाई डढाई फर्किएपछि पनि भोक लाग्ने,
स्वार्थि बन्यो मानिस मात्रृत्व सँग पनि गद्धार हुन्छ।

थाहा छ बस्तु मान्त्र विक्रि हुँदैन विक्छ इमान पनि,
पुँजिवादको यो रङ्ग मञ्चमा सबैको व्यापार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११ ०७ २०२४, 12 Jul 2024, 03:05

गजल
भानुभक्त सँग पनि त प्रतिभाको रास थियो,
मोतिराम भट्टको दृष्टी उनैमाथि खास थियो।

घाँसी सँग पनि लिएका थिए उनैले प्ररेणा,
बाजे श्रीकृष्णको आसिर्वाद पनि पास थियो।

भानुभक्त थिए प्रतिभाका धानि साधक उस्तै,
मोतीराम भट्टकै उपाधिमा पनि सहास थियो।

आदि कवि बनाए उनैले प्रसिद्ध भए संसारमै,
केही वर्ष अयोद्धामा पनि उनैको बास थियो।

भानुभक्त बालमिकी रामाण उनुबादक हुँदा,
गरेनन् घमण्ड कहले बोलिमा मिठास थियो।

यि राष्ट्रका हुन विभूती जोगाई राखौँ हामि ले,
उनैका बिचारहरूमा एकताकै आभास थियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२ ०७ २०२४ 13 Jul 2024, 03:31

गजल
जब सम्म देशभक्त र देशको बफादार हुँदैन,
त्यो वेला सम्म जुन आएपनि सरकार हुँदैन।

आफुले त आफैलाई अब्बल भन्छन् सबैले,
देशमै जन्मिएर मात्र देशका कर्णधार हुँदैन।

मानिसले पनि किन चमत्कार खोज्छ सधै,
फुकेर ढाल्ने फाटे टाल्ने कुनै औतार हुँदैन।

भन्छन् देशमा अचेल समाजवाद नै आयो,
सरकारमा हुन्छ उस्को राम्रो व्यबहार हुँदैन।

यो देश छिमेकी सँग व्यापार हुन्छ महंगो,
देशको हितमा कहिल्यै पनि व्यापार हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३ ०७ २०२४, 14 Jul 2024, 04:01

गजल
मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्,
कताकति उनैको बासस्थान सुनका घर हुन्छन्।

जसले तरास्यो ढुङ्गा र बनायो आकार मूर्तिको,
दुनियामा उनिरू नै वेघर हुन्छन् वेकदर हुन्छन्।

दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा,
सँगसँगै चियान बनेका उनिहरूका रहर हुन्छन्।

आगो सबथोक नष्ट गर्छ तर आगोलाई पानी ले,
कम न आँक उसैले बनाएको याहाँ बगर हुन्छन्।

सरकार बदलेर मात्र केही हुनेवाला छैन देशमा,
जब देश शुरक्षित हुन्छ र तव आत्मनिर्भर हुन्छ।

विदेशीहरूले यो देशलाई घेरेको देख्छु सधैभरी,
जति बिरोध गरेपनि हामिले किन वेअसर हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४ ०७ २०२४, 15 Jul 2024, 03:16

गजल
सत्तामा पुग्नलाई नै सम्झौता वेमेल हुन्छ,
जुनसुकै आएपनि विदेशीको रखेल हुन्छ।

छैन चिन्ता देशको नत छ जनताकै चिन्ता,
पद प्रतिष्ठाको लागि सरकार नै फेल हुन्छ।

अपराधीहरू घुम्छन् खुल्मखुल्ला जताततै,
सोझा नागरिकहरू लाई नै सधैँ जेल हुन्छ।

परदेशमा सन्तानहरूको दयानिय अवस्था,
श्रमिकहरूको त्यहाँ पसिनाको भेल हुन्छ।

छैन देशमा रोजगार रत विदेशमा नगैनहुँने,
राहदानिको लागि सधैभरी पेलापेल हुन्छ।

आउँछ रातो बाकसमा फिर्ता होनहार युवा,
मैनपावरहरूको पनि उस्तै जालझेल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५ ०७ २०२४, 16 Jul 2024, 04:24

गजल
देश हितमा र जनहितमा सरकार हुनुपर्छ,
अभिभावक झैँ जनतामा व्यबहार हुनुपर्छ।

यो देश जनताको र हामी जनता देशका हौँ,
त्यसैले त नेता देशभक्त र बफादार हुनुपर्छ।

अपहेलित हुन्छन् विदेश स्थित नेपाली सधैँ,
उनिहरूको रेखदेख समेत लगातार हुनुपर्छ।

कालो गयो गोरो आयो सरकारमा देखेकैहौँ,
देशमै युवालाई रोजगारको आधार हुनुपर्छ।

तमाशा नगरौँ भैगो सत्ता र भत्तामा रमाउँने,
तिमी नेताहरूको एकदिन उपचार हुनुपर्छ।

श्रमजिविहरू तिमी हामि मलेर शङ्घर्ष गरौँ,
साँच्चै भन्दा पौरखीको नै यो संसार हुनुपर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६ ०७ २०२४, 17 Jul 2024, 03:21

गजल
आफ्नो त्यस्तो ढङ्ग छैन पुग्दैन रहर भएर मात्र,
पौडिन कोसक्छ पानी बिनाको बगर भएर मात्र।

ऊ सधैँ सितल्ताको उपहास गर्छ म घामको गर्छु,
कहाँ मित्रता हुन्थ्यो शङ्घर्षको सफर भएर मात्र।

पानी त परेकै छ असार साहुन बनेर आखा भरी,
खुट्टा लाग्दैन पुगेन यो हिंड्ने अब्सर भएर मात्र।

देश सबैले हाँक्छु भन्छन् कता हाँक्छन् केथाहा,
आफै भोका केपुग्थ्यो रेमिटेन्स र कर भएर मात्र।

आर्कालाई आलोचना गर्न जति सजिलो हुन्छ नी,
कहाँ हुन्छ सधैँ आफ्नो मनको परपर भएर मात्र।

देश चल्छ अनि बिलियो पनि हुन्छ हाम्रै एकताले,
डर नेतालाई जनतालाई र नेताको भर भएर मात्र।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७ ०७ २०२४, 18 Jul 2024, 03:34

गजल
केभनौँ सरकारमा पुग्छन् काला बजारी हुरू,
कस्ता होलान देशभित्र हाम्रा अधिकारी हरू।

यो देश अपराधीको आसियाना बन्न थाल्यो,
किन घुस नखाउँन मौका पाए कर्मचारी हरू।

ज जसलाई जेल जानुपर्ने उनि सिखरमा पुगे,
फुरूक्क हुनेगर्छन् अपराधका व्यापारी हरू।

देख्छु असपत्ताल पनि छ उनैको नियन्तर्णमा,
तड्पिएका हुन्छन् उपचार विना बिमारी हरू।

अब साहित एउटा गोली मलाई पनि खर्चेला,
खुलेआम हिंडिरहेको देख्छु बन्दुक धारी हरू।

युवा बिनाको देश भ्रष्टाचारको अखाडा बन्यो,
कसरी लडौँ हामि बुढा बुढी असाय नारी हरू।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८ ०७ २०२४, 19 Jul 2024, 03:23

गजल
त्यही हो जो हिजो घोर प्रतिगामी थियो,
त्यसको बिरूद्धमा शङ्घर्ष नामी थियो।

आफुलाई हेर्दा झसिङ्ग भयौँ आइनामा,
भन्छ आज म भन्दा त उहि दामी थियो।

थाहा छ भनाई र गराईमा त फरक हुन्छ,
आफै बोक्सी थियो र आफै धामी थियो।

ऊ जो सँग मिलेर प्रतिगामि खेल खेल्दैछ,
हिँजो एक नम्बरको त्यही हरामि थियो।

केहि पनि होइन जनतालाई बनाए उल्लु,
पुर्नजिवित गराउँने हिंजो मलामी थियो।

उखान टुक्का भन्ने हुन सङ्घीयतामै रम्ने,
हो आकास तर्फ थुक्नु नै बद्नामि थियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९ ०७ २०२४, 20 Jul 2024, 03:30

गजल
जब हाम्रो देशमा जताततै अनिकाल हुन्छ,
नेताहरूको बिचमा त्यही वेला बबाल हुन्छ।

नेता सत्ता भत्ताकै लागि झोला बोक्ने हुँदा,
कुर्चि तानातानको खेल प्रत्येक साल हुन्छ।

अब यो देशमा गणतन्त्रले पुराएन फाइदा,
किन की लोभि नेता विदेशीको ढाल हुन्छ।

त्यही वेला भन्सारले मोबाइल जफत गर्यो,
जुनवेला सुन भित्रेकै खबरमा उछाल हुन्छ।

यो त जस्को लाठी उसैको भैंशी भयो की,
अपराधी मालामाल हुन्छ देश कङ्गाल हुन्छ।

हाम्रो छिमेकीले मौका ढुकेर बसेको थियो,
उस्को हातमा नाकाबन्दिको सञ्जाल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२० ०७ २०२४, 21 Jul 2024, 04:37

गजल
आमा जीवन हजुरकै अमानत लाग्छ,
पर्थम गुरू हजुरनै सत प्रतिसत लाग्छ।

नौँ महिना कोखमा र तीन वर्ष काखमै,
राखि दिएको शिक्षा नै हकिकत लाग्छ।

ताते गराउँने आमा संसार चिनाउँने पनि,
हजुरकै नामबाट पाएको इज्जत लाग्छ।

सबैलाई आफ्नो आँचलको छायाँ दिने,
आमा संसारलाई सधैँ जरूरत लाग्छ।

अरू त मेरा ठोक्कर पाइलै पछि लाग्ने,
गरू हो जस्ले दियो ज्ञान हतपत लाग्छ।

हुँन कखरा चिनाउँने पनि समेत गरूजी,
सम्मानिय समय वर्तमान र बिगत लाग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१ ०७ २०२४, 22 Jul 2024, 04:44

गजल
आमूल परिवर्तन बाहेक कुनै समाधान हुन सकिन,
जुनसुकै सरकार आएपनि त योगदान हुन सकिन।

युवाहरूको बलि चडाउँछन् विदेशमा पनि छ उस्तै,
देशका होनहार नागरिक समेत सम्मान हुन सकिन।

देशभक्तलाई काराबास हुन्छ अपराधीलाई मुक्ती,
देश र जनताको हितामा शङ्घर्ष उठान हुन सकिन।

खै यहाँ पटक पटक बन्छन् मन्त्रीहरू प्रधान मन्त्री,
विकासकै सट्टा भाषनमा केवल उखान हुन सकिन।

जहाँ सधैँ चोर ढोकाबाटै आउँछन् योजना राष्ट्रघाती,
राम्रो काम देशको हितमा एक दुई थान हुन सकिन।

बिडम्वना हाम्रो देशको गणतन्त्रमा प्रहार हुँदै आयो,
साडे छे दशकमा आयो तर देशको शान हुन सकिन।
सुरेशकुमार पाण्ड दाङ घोराही १८ २२ ०७ २०२४, 23 Jul 2024, 03:40

गजल
मैले भन्छु घर घरमा एक एक कवि बनौँ,
शब्दमा अन्याय विरूद्धको उठान हुनेगर्छ।

जहाँ पुग्दैन रवी त्यहाँ पुग्छ कवि साँच्चैहो,
उन्कै कलमबाट समस्या समाधान हुनेगर्छ।

आउ प्रगतिमा पाइला चालौँ अखण्ड बनौँ,
त्यो दिन कुसंस्कार पनि अपसान हुनेगर्छ।

हाल्छन् सधैँ बिकासको नाउँमा दन्ते कथा,
सिखरमा पुगेपछि मुखभरी उखान हुनेगर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३ ०७ २०२४, 24 Jul 2024, 07:24

गजल
मुटुभरीको मायाँ दिने मलाई पनि रहर थियो,
केभनौँ यही भित्र अर्कैले बनाएको घर थियो।

मैले समुन्दरमा पनि पानी खोजिरहेको थिएँ,
जता हेर्यो उतै पानीबिनाको रित्तो बगर थियो।

चिन्दैन त्यही मन्त्रीले पनि भुलेछ नाम अहिले,
भोट माग्ने वेला आफ्नै पनि ठुलो कदर थियो।

धेरै आश लिएर गएको थिए मन्त्रीको पासमा,
चुनावी घोषणापत्रको समेत मलाई भर थियो।

आज यही मन पनि धमिलो भयो बचन सुन्दा,
जवाफ दियो आज मलाई ठुलो अक्कर थियो।

सम्झाउँनेहरूले नसम्झाएका पनि होइन साथि,
अंधभक्त भयौँ यस्तो होला भनेर वेखबर थियो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४ ०७ २०२४, 25 Jul 2024, 03:45

गजल
हिंजो आज किन ठग्ने पनि रहर हुनथाल्यो,
कयौँको त त्येसमै जिन्दगि निर्भर हुनथाल्यो।

आमा भन्नुहुन्थ्यो बाबु झुट बोल्दा पाप लाग्छ,
बाँच्नैका लागि झुट बोल्नैपर्ने कर हुनथाल्यो।

भन्छन् भन्नेहरू यो देश पानीको खानि दोस्रो,
अचेल खोलाको मूलनै सुकेर बगर हुनथाल्यो।

बर्षा याममा बाडी पहिरो ज्यान धनको खती,
हिंडडुल गर्न पनि ज्यान जाने डर हुनथाल्यो।

उनि तीज आयो भन्दैछन् माइत जाने तरखर,
डर उस्तैछ दिनौँ बस खसेको खबर हुनथाल्यो।

हामि नेपालीहरू त अकाल मै मर्न जन्मिएका,
उस्तै लाग्छ सन्तान जतापनि वेकदर हुनथाल्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ ०७ २०२४, 26 Jul 2024, 03:54

गजल
भन कहिले सम्म सोक मनाउने नेपाली जनता,
देश विदेशमा यो आफ्नो इज्जत फाली जनता।

पुराना थोंत्रा साधन बटुल्छन् नेताहरू देश भित्र,
त्यस्मै उड्दै गुड्दै पुग्छौँ मेची महाकाली जनता।

अचेल जता हेर्यो उतै दुर्घटना छैन सुरछित कतै,
लाशमा दिन्छन् भाषन र पिट्छन् ताली जनता।

ठाडो कसरी पार्छौ सिर नेताले केको गर्छौ गौरव,
आफ्नो स्वाभिमान तिर्शूलिमा पखाली जनाता।

यो देशलाई रणभूमि बनाए विदेशीकै बजार भयो,
कहाँ बस्छौ अब मधेशी पहाडी र हिमाली जनता।

बिहानै उठ्यो श्रद्धाञ्जली रातीमा निन्द्रा लाग्दैन,
कति दिन बाँचौला हामि यसतो रोग पाली जनता।
सुरेशकुमार पाण्डे २५ ०७ २०२४, 27 Jul 2024, 03:50

गजल
सबैमा हुन्छ प्रतिभा खोज्ने रहर हुनुपर्छ,
प्रतिभाको बारेमा सबैलाई खबर हुनुपर्छ।

कोही हात्तिमा चढ्यो भन्दैमा धुरी नचडौँ,
आउँने समस्याकै बारेमा पनि डर हुनुपर्छ।

गहुँथली पनि सुन्दर घर बनाउँछ आफ्नो,
मानिसमा इख सँगै आफ्नो डगर हुनुपर्छ।

देशका होनहार प्रतिभाहरू आए सडकमै,
ज्ञान विज्ञानको देशमा सधैँ कदर हुनुपर्छ।

सरकार दुर्घट्ना हुन्छ देश असुरक्षित भयो,
नागरिकको सुरक्षा गर्ने समेत कर हुनुपर्छ।

सबैलाई चाहिन्छ गास बास र कपास यहाँ,
देशभित्र सबै नागरिकहरूलाई घर हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७ ०७ २०२४, 28 Jul 2024, 03:26

गजल
किन समस्या समाधान हुन्न बिक्राल हुन्छ,
उम्किनै गारो जता हेर्यो उतै जन्जाल हुन्छ।

मित्र शिसाको महलका कुरा गर्छौ तिमीले,
गरिबको लागि शिसमहल नै त्रिपाल हुन्छ।

दुःख केहो सोध जसले गिट्टी कुटेर पाल्यो,
अड्कलेर पराण धान्ने चामल र दाल हुन्छ।

घरमा रोएका हुन्छन् भोकले छोरा र छोरी,
आमाको अगाडी रित्तै कसौँडी थाल हुन्छ।

हेरौँ त गरिबको बस्ती उनैलाई बाढि पहिरो,
उनैको घरमा रूवाबास प्रत्येक साल हुन्छ।

तिमीले गर्छौ पाप धर्म र स्वर्ग नर्कका कुरा,
भ्रष्टाचारिहरूको धेरै राम्रो .हालचाल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८ ०७ २०२४, 29 Jul 2024, 03:58

गजल
कस्तो देश हो विज्ञानिककै पनि कदर हुँदैन,
सन्तान् कुनकुन देशमा छन् त्यो खबर हुँदैन।

न बाटो ठिक छ नत वहान ठिक छन् देशमा,
सुरक्षित त हाम्रो देशको कहिल्यै सगर हुँदैन।

जानुपर्छ कामखोज्न खाडि मुलुकहरू हामि,
कसैलाई पनि आफ्नो देश छाड्ने रहर हुँदैन।

जसले बनाए अरूको लागि महल शिशाको,
उनैका बाल बालिका ओट लाग्ने घर हुँदैन।

जुन सरकार आएपनि वे लगाम हुन्छ देशमा,
सरकारलाई कहिल्यै कसैको पनि डर हुँदैन।

साथि मौसम यस्तै छ सम्लिएर हिँड्नु होला,
खोला उर्लिन्छ कहाँ पहिरो जान्छ भर हुँदैन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९ ०७ २०२४, 30 Jul 2024, 03:40

गजल
मलाई पगाल्न भनेरनै ऊ तरल हुँदो रहिछ,
मेरो एउटै कुराले त्यहाँ हलचल हुँदो रहिछ।

मलाई केथाहा आफ्नै धुनमा थिएँ त्यो बेला,
मेरै सामुन्य मै माथि नै ठुलो छल हुँदो रहिछ।

ऊ रोएको अभिनय गर्यो भाबुक भए साथि,
तर भित्रभित्रै ऊ खुसिले गलगल हुँदो रहिछ।

कविले त्यसै लेख्न थाल्यो उस्को मेरो कथा,
सुनायो ऊ लयबद्ध मिठो हुँदो रहिछ।

मन्त्रीहरू छलफल गर्दै थिए कमिसन बारेमा,
नमिलेर नै आपसमा फुट्ने अटल हुँदो रहिछ।

हामिलाई केथाहा अन्धाहरूको रहेछ बस्ति,
बुझ्दैन बोल्दैन त्यो मात्र अब्बल हुँदो रहिछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३० ०७ २०२४ 31 Jul 2024, 03:59

गजल
ऊ सधैँ खोज्छ आकासको सफर गर्न,
आफ्नो अभिमान मा आफैले भर गर्न।

आफुलाई धर्ती छाड्ने छैन रहर कत्ति,
सधैँ लागेको हुन्छु माटोलाई सदर गर्न।

ए नेताजी समयमै जाग तिमी नोकर हौ,
जनता मालिक नपरोस् कत्ती कर गर्न।

देश र जनताको हितमा आव़स योजना,
छाडौँ विदेशीको दलालि गर्ने रहर गर्न।

थाहाहोला दिनौँ दुर्घट्नामै ज्यान जाँदा,
छाड अब त थोंत्रा वहानको अडर गर्न।

जनताको पनि सुन मालिक हुन देशका,
छाडौँ अब त सधै आफ्नै कुरा उपर गर्न।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३१ ०७ २०२४,

सर्वाधीकारः सुरेशकुमार पाण्डे दाङ घोराही ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *