salahesh

सिराहा जिल्ला Siraha District

परिचय

मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला सिरहा हो । यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिरहा जिल्लाको  भौगालिक अवस्थामा  जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर, अक्षांश: २६ डिग्री ३३” देखि २६ डिग्री ५५” उत्तर, देशान्तरः ८६ डिग्री ६” देखि ८६ डिग्री २६” पूर्व, उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म, औषत लम्बाई: ४२.४ किलोमिटर छ भने सदरमुकाम सिरहा रहेको छ | जिल्लाको प्राकृतिक बनाबट हेर्दा दक्षिण तर्फ समथर र उत्तरी भेगमा उच्च पाखो जमीन छ । यस जिल्लाको अधिकतम तापक्रम ४०° सेल्सियस र न्युनतम १०° सेल्सियस सम्म रहने गर्छ । यस जिल्लाको बार्षिक औषत बर्षा १४६७ मि.मि. र आद्रता औषत ९०.५ भएको पाइन्छ । जिल्लाको अधिकांस बर्षा मनसुनी हावाले ल्याउछ जुन जेष्ठ महिनाको अन्तिमतिर सुरु भएर असोज महिनासम्म रहन्छ ।

Photo of Siraha
विर शहिद लाहान सिरहा
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार सिरहा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ८ वटा नगरपालीका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

सिराहा जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
लहान नगरपालिका लहान नगरपालिका,गाढा र गोविन्दपुर मल्हानिया गा.वि.स २४
धनगढीमाई नगरपालिका धनगढीमाई नगरपालिका १४
सिरहा नगरपालिका सिरहा न.पा., लगडी गदीयानी, लगडीगोठ, लक्ष्मीनिया, सन्हैठा, र हक्पार गा.वि.स. २२
गोलबजार नगरपालिका गोलबजार न.पा. र दुर्गापुर गा.वि.स. १३
मिर्चैयाँ नगरपालिका मिर्चैयाँ नगरपालिका र सिक्रोन गा.वि.स. १२
कल्याणपुर नगरपालिका समावेश भएका साविक गा.वि.स. वडाहरू: कल्याणपुर जब्दी, अर्नामा प्र.रा., चतरी, ईटारी प्रसाही, डुमरी, मझौलिया, चिकना, विष्णुपुर प्र.रा., भोक्राहा,बेल्हा र भेडिया गा.वि.स. १२
कर्जन्हा नगरपालिका कर्जन्हा, बडहरामाल, कल्याणपुर कालबञ्‍जर र गौताडी गा.वि.स. ११
सुखीपुर नगरपालिका सुखीपुर नगरपालिका १०
भगवानपुर गाउँपालिका भगवानपुर, नहरारिगौल र इनर्वा गा.वि.स.
१० औरही गाउँपालिका हर्कत्ति, तुलसिपुर, पिपरा प्र.पी., ईटाटार र औरही गा.वि.स
११ विष्णुपुर गाउँपालिका विष्णुपुर प्र.म., राजपुर, थलाहाकटहा र लक्ष्मीपुर प्र.म. गा.वि.स.
१२ बरियारपट्टी गाउँपालिका बरियारपट्टी, तेनुवापट्टी, जानकीनगर, कचनारी, जिझौल गा.वि.स.
१३ लक्ष्मीपुर पतारी गाउँपालिका महेशपुर पतारी, लक्ष्मीपुर पतारी, सीतापुर प्र.ध., पिप्रा प्र. ध., पोखराभिण्डा र खुरुख्याही गा.वि.स.
१४ नरहा गाउँपालिका देवीपुर, चन्द्रअयोध्यापुर, बर्चवा र नरहा बलकावा गाविस
१५ सखुवानान्कारकट्टी गाउँपालिका मौवाही, सोठियान, महदेवापोर्ताहा, सखुवानान्कारकट्टी, र ईटहर्वा
१६ अर्नमा गाउँपालिका महनौर, अर्नमा लालपुर, गौरिपुर र कृष्णपुर गाविस
१७ नवराजपुर गाउँपालिका भगवतीपुर टा.सु., मझौरा र नवराजपुर गाविस
जम्मा १६४

१.      नामः लहान गरपालिका

सिरहा जिल्लाको पूर्वी भाग तथा पूर्व पश्चिम राजमार्गमा पर्ने यो नगरपालिका वि.स. २०३२ सालमा लहान वजार, लहान गोठ र सिगराही मटियर्वा गा.वि.स.हरु मिलेर नगरपालिका वनेको हो । पुर्वाञ्चल विकास क्षेत्रको सिरहा जिल्लामा अवस्थित पुर्व पश्चिम राजमार्गको पुर्वी खण्डमा रहेको यस नगरपालिकालाई नेपालको पुर्वी क्षेत्रमा जाने यातायतका साधनहरुको ढोका भने पनि हुन्छ ।लहान नगरपालिकाको पूर्वमा बलान नदी (सप्तरी जिल्ला), पश्चिममा धनगढीमाई नगरपालिका,दक्षिणमा सिमानामामा सखुवानान्कारकट्टी गाउँपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका र उत्तरमा उदयपुर जिल्ला पर्दछन्।हिन्दूहरूको बडादशैं, तिहारका साथै स्थानीय चाडपर्वमा सिरूवा, फागु, भातृ द्वितीया, चौठ चन्द्र, छठ, दीपावली, बडादिन प्रमुख छन्। नगरमा कोइरी, कायस्थ, कथवनियाँ, थारू, मुसलमान, मारवाडी, मुसहर, यादव, डुम, चमार, ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातजाति बसोबास गर्दै आइरहेका छन्। लहान बजारदेखि ४ कि.मि. पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सहलेसको फूलवारी छ। उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ। उक्त ठाउँको एउटा रूखमा वर्षको एकचोटि वैशाख १ गते मात्र फूल फुल्छ। उक्त फूल हेर्न नेपाल र भारतका हजारौं व्यक्ति पुग्छन्। त्यसैगरी, लहानदेखि ६ कि.मि. उत्तरमा पकडरिया गढ अवस्थित छ भने नगरमा विभिन्न मठ मन्दिर छन्।

केन्द्रः साविक लहान नगरपालिकाको कार्यालय

जनसङ्ख्याः१०२०३१

क्षेत्रफलः१६७.१७  (वर्ग कि.मि.)

वडा संख्याः २४

लहान नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
लहान(१) ५९०७ २.६
लहान(२) ३३१६ १.०७
लहान(३) ५८३० ७.८५
लहान(४) ४४६८ २.२९
लहान(५) ४९०७ ०.५५
लहान(६) २६१० ०.९३
लहान(७) २४१४ ०.६२
लहान(८) ३१७५ ०.३
लहान(९) २३३४ १.७५
१० १० लहान(१०) ३६१० २.२५
११ ११ लहान(११) ३५९३ ३.६६
१२ १२ लहान(१२) ३५१८ ३.७१
१३ १३ लहान(१३) ४४७६ ९.०८
१४ १४ लहान(१४) २६०१ ७.०२
१५ १५ लहान(१५) ५१७४ २९
१६ १६ लहान(१६) २१०५ ३२.३४
१७ १७ लहान(१७) ३३३७ ९.९५
१८ १८ लहान(१८) ६७२३ ८.७८
१९ १९ लहान(१९) ४९०६ ४.६
२० २० लहान(२०) ३८२० ६.२१
२१ २१ लहान(२१) ४२५४ ५.८५
२२ २२ लहान(२२) ६३६० ९.५१
२३ २३ गाढा(१-९) ५०५८ ५.१९
२४ २४ गोविन्दपुर मल्हनिया(१-९) ७५३५ १४.४१
जम्मा १०२०३१ १६९.५२

लहान नगरपालिकाको नक्सा

 २.      नामः धनगढीमाई गरपालिका

नेपालको पूर्वाञ्चल क्षेत्र स्थित सिरहा जिल्लामा धनगढी गा.वि.स.को स्थापना २०४७ सालमा भएको थियो । दीर्घकालिन सोच “कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार-धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार” का साथ २०७४ सालमा पूर्वाञ्चलको सिरहा जिल्लामा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ आश्विन १ गतेको निर्णयबाट धनगढी गा.वि.स.को स्तरोन्नती भई धनगढीमाई नगरपालिका हुन गएको हो । यस नगरपालिकामा बसोबास गर्ने जात जातिहरुमा क्षेत्री, ब्राहमण, महतो, यादव, थारु, चौधरी, तामाङ्ग, सदाय, मोची, श्रेष्ठ, मगरहरु मुख्य रहेका छन् । यो स्थान समुद्री सतहदेखि १४० मि.को उचाईमा र काठमाडौं देखि पूर्व २५५ कि.मि.को दुरीमा अवस्थित रहेको छ । धनगढीमाईमा कूल १४ वडा रहेका छन् । १५९.६२ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढीमाई नगरपालिकाको भु-आकृतिक स्वरुप करिव सबै जसो समतल रहेको छ भने केही भाग पहाडी क्षेत्रले समेत ओगटेको छ ।

यसको पूर्वमा लहान नगरपालिका छ भने पश्चिममा गोलबजार नगरपालिका दक्षिणमा सुखिपुर नगरपालिका उत्तरमा प्रदेश नं.१ को उदयपुर जिल्लाको कटारी नगरपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३४.५ डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । यस नगरपालिकामा साविक गा.वि.स.हरु भवानीपुर प्र.ध., हनुमानगनगर प्र.ध., फुलकाहाकट्टी, अयोध्यानगर, धनगढी र विष्णुपुरकट्टी मिलेर बनेकोमा जम्म १४ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको २०७८ जनगणना तथ्याङ्क अनुसार कूल परिवार संख्या १०,८४२ र जनघनत्व ३३४, साक्षरता दर पुरुष ७८.४% र महिला ६०.९% कूल साक्षरता दर ६९.३%, लैङ्गिक अनुपात ९५.३२%, अपाङ्गता भएको पुरुष अपाङ्गता जनसंख्या १.४%, महिला अपाङ्गता जनसंख्या १.८% कूल अपाङ्गता जनसंख्या प्रतिशत १.६%, विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्या ३२.३% र यस नगरपालिकाको कूल महिला संख्या २७,३१७ र कूल पुरुष संख्या २६,०३८ गरी जम्मा जनसंख्या ५३,३५५ रहेको छ ।

यस नगरपालिकामा शैक्षिक संस्थाहरु सरकारी विद्यालय प्रा.वि.-२१, नि.मा.वि.-५, मा.वि.-७, उच्च मा.वि.-५, साथै नीजि विद्यालयहरु प्रा.वि.-११, नि.मा.वि.-४, मा.वि.-४, उच-च मा.वि.-३ रहेका छन । यहाँको शिक्षाको गुणस्तरीय र शैक्षिक वातावरण समेत राम्रो रहेको छ । यस नगरपालिकामा स्वास्थ्य तर्फ हेल्थपोष्ट-८, निजी अस्पताल-९ र सरकारी अस्पताल-१ रहेको छ । साथै यस नगरपालिकामा स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा विभिन्न जाति अनुसारको चाड पर्व मनाउने गरिन्छ । जस्तैः माघि, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, रक्षा बन्धन, लक्ष्मी पूजाँ, दशैं, तिहार, यहाँको प्रमुख चाड पर्वको रुपमा मनाईन्छ । यो नगरपालिकामा मधेसीमुलका र पहाडीहरुको मिश्रीत बस्ती रहेको छ । यस नगरपालिकामा बोलिने मुख्य भाषामा मैथली, तामाङ्ग, मगर, नेपाली, थारु भाषाहरु रहेका छन् ।

केन्द्रः साविक धनगढीमाई नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५३३३५

क्षेत्रफलः १५९.५१  (वर्ग कि.मि.)

वडा संख्याः १४

धनगढीमाई नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
धनगढीमाई न.पा.(१) २९४७ ३.८६
धनगढीमाई न.पा.(२) ३३१६ ३.०७
धनगढीमाई न.पा.(३) ४५९५ ४.१
धनगढीमाई न.पा.(४) २६४२ २.१
धनगढीमाई न.पा.(५) ३७८५ ४.६६
धनगढीमाई न.पा.(६) ३४७८ ८.७७
धनगढीमाई न.पा.(७) ३७०३ ५.१४
धनगढीमाई न.पा.(८) ३५५८ ७.७८
धनगढीमाई न.पा.(९) ३३२८ १०.१
१० १० धनगढीमाई न.पा.(१०) ४७०० ४.९५
११ ११ धनगढीमाई न.पा.(११) ५२९६ ७.२८
१२ १२ धनगढीमाई न.पा.(१२) ४९३६ १५.०५
१३ १३ धनगढीमाई न.पा.(१३) ४२५९ १४.०६
१४ १४ धनगढीमाई न.पा.(१४) २८१२ ६८.७
जम्मा ५३३५५ १५९.६२

 ३.      नामः सिराहा गरपालिका

सिरहा नगरपालिका पूर्वी तराईको सिरहा जिल्लाको दक्षिन भागमा अवस्थित छ । भौगोलिक हिसाबमा २५ डिग्री ३५ मिनेट १८ सेकेन्ड उत्तर देखि २६ डिग्री ४२ मिनेट ५३ सेकेन्ड उत्तरी अक्षांश र ८६ डिग्री ८ मिनेट ४७ सेकेन्ड पुर्व देखि ८६ डिग्री १६ मिनेट १७ सेकेन्ड पूर्वी देशान्तरमा फैलिएको छ । कुल क्षेत्रफल ९४.२ व.कि.मी. रहेको यस नगरपालिका सामुन्द्रिक सतह देखी करिब १०० मिटरको उचाईमा आवस्थित रहेको छ ।

सिरहा जिल्लाको सदरमुकाम रहेको सिरहा नगरपालिकामा २२ वटा वडा रहेका छन् । यो नगरपालिका स्थानीय तह पुन: संरचनाका क्रममा वि. स. २०७३ सालमा साविक सिरहा नगरपालिका, लगादिगदियानी गाविस, लक्षिमिनिया गाविस, सन्हैठा गाविस, लगादिगोठ गाविस, र हक्परा गाविस मिलेर बनेको हो । यो क्षेत्र संघिय संसद्को निर्वाचन प्रयोजनका लागि तय भएको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ न. क्षेत्र र प्रदेश सभाका लागि ३ (ख) अन्तर्गत रहेको छ । यस नगरपालिकाको पूर्वमा औरही गाउँपालिका र अर्नामा गाउँपालिका रहेको छ भने दक्षिणमा मित्र राष्ट्र भारत, पश्चिममा धनुषा जिल्ला, र उत्तरमा कल्याणपुर नगरपालिका र बिष्णुपुर नगरपालिका रहेको छ ।

एतिहासिक हिसाबले यस स्थानको नाम ”सिरहा” रहेको सम्वन्धमा विभिन्न किंबदन्ती तथा भनाईहरु रहेका छन् । धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभ्रंस भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ । यस्तै अर्को किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको भन्ने भनाई पनि रहेको छ ।

नेपाल अधिराज्यकै दोश्रो विद्यालयको रुपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए, जुन अहिले चन्द्र माध्यमिक विद्यालयको नामबाट निरन्तर रुपमा माध्यामिक तहको शिक्षा उपलव्ध गराउँदै आएको छ ।

केन्द्रः साविक सिराहा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ९५४१०

क्षेत्रफलः ९४.२ (वर्ग कि.मि.)

वडा संख्याः २२

सिरहा नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सिरहा(१) २६१६ ०.९९
सिरहा(२) ५१७७ १.७३
सिरहा(३) २३७४ २.४२
सिरहा(४) ३७४१ ०.५५
सिरहा(५) ३४५२ ३.५९
सिरहा(६) ४१७५ ३.४७
सिरहा(७) ४३२८ २.८८
सिरहा(८) २८५७ ३.२
सिरहा(९) ४३७० ४.९६
१० १० सिरहा(१०) ४०२४ ५.७
११ ११ सिरहा(११) ३९२६ ३.७२
१२ १२ सिरहा(१२) ७२२० ६.८१
१३ १३ सिरहा(१३) २९७९ ५.१३
१४ १४ सिरहा(१४) ४१९९ ३.०४
१५ १५ सिरहा(१५) ३६३० ३.२५
१६ १६ सिरहा(१६) ४८३५ १.३२
१७ १७ सिरहा(१७) ४२६६ ५.०६
१८ १८ लक्ष्मीनिया(१-९) ५१२० ७.०१
१९ १९ सम्हैठा(१-९) ६७०३ १०.९
२० २० लगडीगदीयानी(१-९) ६०८५ ६.७८
२१ २१ लगडीगोठ(१-९) ३९३९ ३.५२
२२ २२ हक्पारा(१-९) ५३९४ ८.१४
जम्मा ९५४१० ९४.१७

 ४.      नामः गोलबजार गरपालिका

गोलबजार नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा नगरपालिका हो।नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनरुप असनपुर, जमदह, आशोपुर बलकवा, बेतौना, दुर्गापुर, लालपुर, मुक्सार, चन्द्रोदयपुर र चन्द्रलालपुर पूर्व गा.वि.स.हरु गाभिएर गोलबाजर नगरपालिका गठन भएको हो ।गोलबजार नगरपालिका अन्तर्गत १३ वटा वडा रहेको छ ।हाल नगरपालिकाको प्रशासकीय कार्यालय गोलबजारको माँ धमिनी थानको हातामा रहेको छ, जुन साविकको असनपुर गा.वि.स. कार्यालय रहेको स्थानमा रहेको छ । पृथ्वीको गोलार्धका हिसाबले ८६० १६’ ३०” देखि ८६० २४’ ३०” पूर्वी देशान्तर र २६०४३’ ००” देखि २६० ५३’ ३०” उत्तरी अक्षांशमा अवस्थित छ ।

उत्तर दक्षिण लम्बाइ १४ किलोमिटर र पूर्वपश्चिम चौडाइ ९ किलोमिटर रहेको गोलबजार नगरपालिकाको कुल क्षेत्रफल १११.९४ व.कि.मी. रहेको छ । यस नगरपालिकाको उत्तरमा उदयपुर जिल्ला, पश्चिमतिर मिर्चैया नगरपालिका र नरहा गाउँपालिका दक्षिणमा सुखीपुर र अर्नमा गाउँपालिका रहेका छन् भने पूर्वमा धनगढीमाई नगरपालिका पर्दछ । गोलबजार नगरपालिका पूर्वपश्चिम महेन्द्र राजमार्गको एक खण्डमा पर्दछ । तराइ प्रदेशमा रहेको यस नगरपालिकाको उत्तरमा चुरे भावर क्षेत्र पर्दछ । यहाँको ” प्रमाणिक समयक्षेत्र युटिसी (Coordinated Universal Time) +५:४५ हो । क्षेत्रीय सङ्केत +०९७७-३३ हो ।

केन्द्रः साविक गोलबजार नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६३८८५

क्षेत्रफलः १११.९४ (वर्ग कि.मि.)

वडा संख्याः १३

गोलबजार नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गोलबजार(१) ४२३० २१.७७
गोलबजार(२) ५७२७ १०.९७
गोलबजार(३) ४९६५ १७.९१
गोलबजार(४) ६७५६ २.६
गोलबजार(५) २९९५ ४.६३
गोलबजार(६) ८३७८ ५.३
गोलबजार(७) ३१०९ ८.०४
गोलबजार(८) ४१६७ २.९६
गोलबजार(९) ३४२० ६.३५
१० १० गोलबजार(१०) ३०५२ १२.२
११ ११ गोलबजार(११) ६०९८
१२ १२ गोलबजार(१२) ६०१४ ७.७६
१३ १३ दुर्गापुर(१-९) ४९७४ ७.४४
जम्मा ६३८८५ १११.९३

 ५.      नामः मिर्चैया गरपालिका

केन्द्रः साविक मिर्चैया नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५९४२५

क्षेत्रफलः ९१.९७ (वर्ग कि.मि.)

वडा संख्याः १२

मिर्चैयाँ नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मिर्चैयाँ(१) ५३५० ७.१४
मिर्चैयाँ(२) ४४२६ ३.४४
मिर्चैयाँ(३) ५०३४ ७.२४
मिर्चैयाँ(४) ४१५६ २.७८
मिर्चैयाँ(५) ७०२७ ८.७२
मिर्चैयाँ(६) ७२८२ २.४८
मिर्चैयाँ(७) ३९२० १६.७
मिर्चैयाँ(८) २९८७ २.८२
मिर्चैयाँ(९) ४४११ १९.८३
१० १० मिर्चैयाँ(१०) ५५३९ ६.१७
११ ११ मिर्चैयाँ(११) ५४२४ ६.६५
१२ १२ सिक्रोन(१-९) ३८६९ ७.९९
जम्मा ५९४२५ ९१.९६

 ६.नामः कल्याणपुर गरपालिका

केन्द्रः साविक कल्याणपुर जब्दी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५८८७२

क्षेत्रफलः ७६.८१  (वर्ग कि.मि.)

वडा संख्याः १२

कल्याणपुर नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
अर्नामा प्र.रा.(१-९) ४१९४ ५.६६
चतरी(१-९) ३२०७ ३.३४
ईटारी प्रसाही(१-९) ४९६९ ५.६
विष्‍णुपुर प्र.रा.(१-९) ६११९ ११.०२
चिकना(१-९) ४५८७ ५.७५
भोक्राहा(१-९) २१४१ १.८२
भेडिया(१-९) ४६९५ ६.५५
मझौलिया(१-९) ५५८२ ८.४५
डुमरी(१-९) ४४३० ६.१२
१० १० कल्याणपुर जब्दी(१,२,३,४,५) ७०३५ ११.४३
११ ११ कल्याणपुर जब्दी(६,७,८,९) ४८११ २.४५
१२ १२ बेल्हा(१-९) ७१०२ ८.६२
जम्मा ५८८७२ ७६.८१

 ७.      नामः सुखीपुर नगरपालिका

केन्द्रः साविक सुखीपुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४२०३३

क्षेत्रफलः ५४.७८  (वर्ग कि.मि.)

वडा संख्याः १०

सुखीपुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सुखीपुर(१) ३२३९ ४.९८
सुखीपुर(३) ५५२१ ६.२५
सुखीपुर(४) ३९९७ ४.३१
सुखीपुर(५) ३९०८ ६.५
सुखीपुर(६) ४७६८ ७.९७
सुखीपुर(७) ३६८२ २.९९
सुखीपुर(८) ३६०२ ४.६८
सुखीपुर(१०) ५८३४ ८.५३
सुखीपुर(२) २७५८ ४.०६
१० १० सुखीपुर(९) ४७२४ ४.५१
जम्मा ४२०३३ ५४.७८

 ८.      नामः कर्जन्हा नगरपालिका

कर्जन्हा नगरपालिका मधेस प्रदेश अन्तर्गत सिरहा जिल्लामा पर्दछ । ७६.८४ वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको पूर्वमा मिर्चैया नगरपालिका, पश्चिममा धनुषा जिल्ला, उत्तरमा उदयपुर जिल्ला र दक्षिणमा कल्याणपुर नगरपालिका पर्दछ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०११÷२२ गतेको निर्णयानुसार साविकको बडहरामाल, कर्जन्हा, कल्याणपुर कालाबञ्जर र गौताडी गा.वि.स. समावेशी गरी जम्मा ७ वटा वडा कायम गरी कर्जन्हा गाउँपालिका बनाइएको थियो भने पुनः नेपाल सरकारको मिति २०७४÷२÷८ गतेको निर्णयानुसार कर्जन्हा गाउँपालिकालाई हालको नगरपालिकामा स्तरोन्नति गरी जम्मा ११ वटा वडा कायम गरिएको हो । जातीय तथा भाषिक विविधता रहेको यस नगरपालिकामा मुख्यता दलित (सबैभन्दा धेरै), क्षेत्रीय, ब्राह्मण, यादव, गुप्ता, दास, मुसहर, मुसलमान, राई, मगर र अन्य जातजातिहरुको बसोवास रहेको छ भने मैथिली, नेपाली, उर्दू, हिन्दी आदि भाषा बो लिन्छन् । यस पालिकामा गरिबीको रेखामुनिको जनसङ्ख्या समेत बढी रहेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पालिकामा विभिन्न धार्मिक, साँस्कृतिक र मनोरञ्जनात्मक पर्यटकीय स्थलहरु रहेको छ । वडा नं. २ मा अवस्थित बाबा तालको रमणीय हेर्न, पिकनिक, वनभोज खान तथा ढुङ्गा चढ्न तथा नजिकमा रहेको महादेवको मन्दिरमा दर्शन गर्न वर्षेनी हजारौं पर्यटकको आवगमन हुन्छ । नन्दबाबा, मरेवा घाट, शिव मन्दिर आदि जस्ता धार्मिक स्थलमा बढ्दो जनविश्वासका कारण हजारौं दर्शनालम्बीहरुको आवगमन हुन्छ । कार्तिक पूर्णिमाको दिन स्वदेश तथा छिमेकी मुलुक भारतबाट समेत लाखौं भक्तजनहरु उत्तरबाहिनी नदीमा स्नान गरी पुण्य कमाउन वर्षेनी आउने गर्दछन् भने उक्त दिन धामी झाक्रीले भूत खेल्ने हुँदा सो मेललाई भुतमेलाका रुपमा समेत चित्रण गरिएको पाईन्छ । नगरपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघु उद्योग, जागिर साथै आन्तरिक र वैदेशिक रोजगार हुन् । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेको यहाँका बासिन्दा क्रमशः आधुनिक जीवनशैलीमा समेत अभ्यस्त हुँदैछन् । अध्ययनका लागि यस नगरपालिकाको शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलवा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।

केन्द्रः साविक कर्जन्हा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३८५५७

क्षेत्रफलः ७६.८४  (वर्ग कि.मि.)

वडा संख्याः ११

कर्जन्हा नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बडहरामाल(१) २७०९ ८.७५
बडहरामाल(२) ५०४५ १०.१८
बडहरामाल(३,४) ४४२८ ४.९८
बडहरामाल(५,६) २८८१ ८.८
बडहरामाल(८,९) २६०३ २.४४
बडहरामाल(७) र कल्याणपुर कालबन्जर(१,२,३) ४३२३ ६.१९
गौताडी (६-९) र कल्याणपुर कालबन्जर(४-९) ४१५३ ८.५३
गौताडी(१-५) ३०७० ३.५२
कर्जन्हा(१,२,३) २५७७ ०.६६
१० १० कर्जन्हा(७,८,९) ३६७२ ११.५७
११ ११ कर्जन्हा(४,५,६) ३०९६ ११.२१
जम्मा ३८५५७ ७६.८३

 ९.      नामः भगवानपुर गाउँपालिका

भगवानपुर गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सिरहा जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८६ं२५”५२” देखि ८६ं३०”२७” पूर्वी देशान्तर र २६ं२५”५८” देखि २६ं३७”४२” उत्तरी अक्षांशमा अवस्थित भगवानपुर गाउँपालिका क्षेत्रफलको हिसाबमा सानो तर खेतियोग्य भूमिले पूर्ण क्षेत्र हो । ३३.०३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा सखुवानन्कारकट्टी गा.पा. पश्‍चिममा नवराजपुर गा.पा. दक्षिणमा भारत देश र पूर्वमा सप्तरी जिल्ला रहेका छन् भने भगवानपुर गाउँपालिका समुन्द्र सतह देखि न्यूनतम ८४ मि. देखि अधिकतम ९२ मिटर उचाइमा रहेको छ । मिति २०७३ फाल्गुन २७ गते भगवानपुर गाउँपालिका साविकको भगवानपुर, नहरा रिगौल र इनर्वा गा.वि.स.गाभेर जम्मा ५ वटा कायम गरी गाउँपालिका घोषणा गरिएको हो ।

केन्द्रः साविक भगवानपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३३८०

क्षेत्रफलः ३३.०३ (वर्ग कि.मि.)

वडा संख्याः

भगवानपुर गाउँपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
भगवानपुर(१-९) ४८६९ ७.१६
नहरारिगौल(१-९) ६५७१
ईनर्वा(४-६) ३६३४ ६.६९
ईनर्वा(७-९) ४९९२ ७.०७
ईनर्वा(१-३) ३३१४ ४.११
जम्मा २३३८० ३३.०३

 १०.  नामः औरही गाउँपालिका

केन्द्रः साविक औरही गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २६४७८

क्षेत्रफलः ३५.८६ (वर्ग कि.मि.)

वडा संख्याः

औरही गाउँपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
हर्कत्ति(१-९) ३५३० ७.७३
तुलसिपुर(१-९) ४३२३ ५.९१
पिप्रा प्र.पी.(१-९) ७०६२ ८.२३
ईटाटार(१-९) ५३६२ ७.९७
औरही(१-९) ६२०१ ६.०२
जम्मा २६४७८ ३५.८६

 ११.  नामः विष्णुपुर गाउँपालिका

केन्द्रः साविक विष्णुपुर प्र.म. गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२७८१

क्षेत्रफलः २६.३४ (वर्ग कि.मि.)

वडा संख्याः

विष्णुपुर गाउँपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
विष्णुपुर प्र.म.(१-९) ६५६४ ९.३
राजपुर(१,२,३ र ५) २६४९ ३.६१
राजपुर(४,६-९) ३३७१ ३.१
थलाहाकटाहा(१-९) ५६५१ ६.१५
लक्ष्मीपुर प्र.म.(१-९) ४५४६ ४.१९
जम्मा २२७८१ २६.३५

 १२.  नामः बरियारपट्टी गाउँपालिका

केन्द्रः साविक बरियारपट्टी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २९७१२

क्षेत्रफलः३७.७२  (वर्ग कि.मि.)

वडा संख्याः ५

बरियारपट्टी गाउँपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
कचनारी(१-९) ७६२५ ९.७६
जानकीनगर(१-९) ५२९६ ७.०७
बरियारपट्टी(१-९) ५८१४ ६.३६
तेनुवापट्टी(१-९) ५३७९ ६.९९
जिझौल(१-९) ५५९८ ७.५३
जम्मा २९७१२ ३७.७१

 १३.  नामः लक्ष्मीपुर पतारी गाउँपालिका

केन्द्रः साविक महेशपुर पतारी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३१११८

क्षेत्रफलः ४२.३३ (वर्ग कि.मि.)

वडा संख्याः

लक्ष्मीपुर पतारी गाउँपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
पिप्रा प्र.ध.(१-९) ४६८० ३.८४
पोखराभिण्डा(१-९) ४२२३ ४.१७
महेशपुर पतारी(१-९) ४५८८ ६.४४
लक्ष्मीपुर पतारी(१-९) ५३९१ ८.२५
खुरुख्याही(१-९) ५३५२ ८.९२
सितापुर प्र.ध.(१-९) ६८८४ १०.७१
जम्मा ३१११८ ४२.३३

 १४.  नामः नराहा गाउँपालिका

नरहा गाउँपालिका सिराहा जिल्लामा पर्दछ ।यहाँ अधिकांश हिन्दु धर्म मान्ने मानिसहरुको बसोवास रहेतापनि बिभिन्न जातजाति साथै  मधेशी, थारु, म्ुास्लिम र मरवारी भने बिभिन्न धर्म मान्ने मानिसहरुको बसोवासका साथ समावेशी समाज रहेको छ  ।  यस गाउँपालिका क्षेत्र भित्र नैनाबती र लोहडाडा खोला रहेको छ । यो गाउँपालिका सिरहा जिल्लाको सदरमुकाम सिरहाबाट १४ किलो मिटर उत्तरमा पर्दछ ।  यस  गाउँपालिकाको क्षेत्रफल २९.३ वर्ग कि.मि रहेको छ । यस गाउँपालिका नेपालको पूर्वाञ्चल बिकाश क्षेत्रको सगरमाथा  अञ्चलको दक्षिण भागमा रहेको छ र  यसको भौगोलिक अवस्था २६   ३३   —२६   ५५   उत्तर आक्षंश र ८६  ६  —८६   २६   पूर्व देशान्तर भित्र अवस्थित छ । यस गाउँपालिकाको पूर्व र उत्तरमा गोलबजार नगरपालिका, दक्षिणमा विष्णुपुर गाउँपालिका र पश्चिममा मिर्चैया र कल्याणपुर नगरपालिका पर्दछ  । यस गाउँपालिकाको शैक्षिक अवस्था हेर्दा पुरुषको तुलनामा महिलाको शिक्षाको स्तर न्यून रहेको  छ।  यस गाउँपालिकामा अधिकांश मानिस कृषि पेशा ,पशुपालनमा आश्रित  रहेपनि कृषिको लागि उन्नत जातको बिउ तथा पशु नश्ल सुधार गरी पालन गरेको देखिदैन र परम्परागत खेति तथा पशुपालनमा मानिसहरुको ध्यान रहेको पाईन्छ । त्यसै गरी केही ब्यक्तिले सानातिना ब्यापार ब्यावसाय गरेर जिविकोपार्जन गरेको पाईन्छ भने केही मानिस सरकारी तथा गैर सरकारी निकायमा नोकरी गरेको पाइन्छ ।

केन्द्रः साविक नराहा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२७६०

क्षेत्रफलः २९.२८ (वर्ग कि.मि.)

वडा संख्याः

नरहा गाउँपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
देवीपुर(१-९) ४५७४ ६.९७
चन्द्रअयोध्यापुर(५-९) २७२१ ४.१७
चन्द्रअयोध्यापुर(१-४) ५९५० ७.१५
बर्चवा(१-९) ४२१७ ५.२१
नरहा बलकावा(१-९) ५२९८ ५.७८
जम्मा २२७६० २९.२८

 १५.  नामः सखुवानान्कारकट्टी गाउँपालिका

सखुवानन्कारकट्टी गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लाको पूर्व मध्य भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस गाउँपालिका मिति २०७३ फागुन २२ गते सखुवानन्कारकट्टी (खैरवोना चौक) लाई केन्द्र राखी ५ वटा गा.वि.स.हरु मिलेर गाउँपालिकाको स्थापना गरिएको छ । साविका ५ गा.वि.स. हाल ५ वडा मौवाही, सोठिआईन, महदेवा पोर्ताहा, सखुवानन्कारकट्टी र ईटहर्वा वडामा विभाजन गरिएको हो । भौगोलिक हिसाबले ८६०३५’२” देखि ८६०३०’५६” पूर्वी देशान्तर र २६०३५’२४” देखि २६व०३९’४३” उत्तरी अक्षांशमा अवस्थित सखुवानन्कारकट्टी प्रदेश नं. २ क्षेत्र मध्ये एक हो । त्यसैगरी ३२.८५ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा सप्तरी जिल्ला, पश्चिमतिर लक्ष्मीपुर पतारी गाउँपालिका, दक्षिणमा नवराजपुर र भगवानपुर गाउँपालिका रहेको छ भने उत्तरमा लाहान नगरपालिका रहेका छन् । गाउँपालिकाको औषत अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस र औषत न्युनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको पाईन्छ ।

सिरहा जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा सखुवानन्कारकट्टी गाउँपालिका रहेको छ । यसका अतिरीक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी समेत यो गाउँपालिकाका दरिलो अनि दिगो विकासको श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने २५ विद्यालय रहेका छन् । अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।

अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केहि सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाव रहँदा योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, छठपर्व, माघि, होली, महाशिवरात्री, तीज, जनैपुर्णिमा, कृष्णजन्माष्टमी, बकरइद, रमजान, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

केन्द्रः साविक सखुवानान्कारकट्टी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०८४४

क्षेत्रफलः ३२.८४ (वर्ग कि.मि.)

वडा संख्याः

सखुवानान्कारकट्टी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मौवाही(१-९) ३८६९ ६.१२
सोठियान(१-९) ३४१६ ५.०६
महदेवापोर्ताहा(१-९) ५२३० ८.५७
सखुवानान्कारकट्टी(१-९) ३७१६ ६.६
ईटहर्वा(१-९) ४६१३ ६.४९
जम्मा २०८४४ ३२.८४

 १६.  नामः अर्नमा गाउँपालिका

केन्द्रः साविक अर्नमा लालपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २७८९९

क्षेत्रफलः३७.७६ (वर्ग कि.मि.)

वडा संख्याः

अर्नमा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
महनौर(१-९) ७९३५ ८.०४
अर्नमा लालपुर(१-३) ३६११ ४.७६
अर्नमा लालपुर(४-९) ७५७३ ११.५८
गौरीपुर(१-९) ३७७४ ५.८७
कृष्णपुर(१-९) ५००६ ७.५२
जम्मा २७८९९ ३७.७७

 १७.  नामः नवराजपुर गाउँपालिका

केन्द्रः साविक नवराजपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०७८८

क्षेत्रफलः ३२.१८  (वर्ग कि.मि.)

वडा संख्याः

नवराजपुर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
भगवतीपुर टा.सु.(१-९) ५२२१ १.३६
मझौरा(६-९) १९६७ २.१५
मझौरा(१-५) ३९७५ ५.२२
नवराजपुर(१-४) ४४७० ६.९४
नवराजपुर(५-९) ५१५५ ७.५२
जम्मा २०७८८ २३.१९

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय  र जिल्ला समन्वय समिति सिरहा । याे लेखमा  कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले सिरहा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *