Panch Pokhari Sindhupalchowk

सिन्धुपाल्चोक जिल्ला Sindhupalchok District

परिचय

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अनुसार  बाग्मती प्रदेश अनर्तगत  रहेका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला एक हो ।  यस जिल्लाको कुल क्षेत्रफल २४४२ वर्ग कि.मि. छ ।  उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत, पुर्वमा दोलखा, दक्षिणमा रामेछाप र काभ्रे, पश्चिममा काठमाडौं र नुवाकोट जिल्ला रहेका छन् ।  सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । जिल्लामा तामाङ, गुरुङ, लिम्बु, बाहुन, क्षेत्री, नेवार आदी समुदायका मानिसहरुको बसोबास रहेको छ । यी समुदायका मानिसहरुले विभिन्न धर्महरु अवलम्वन गरेको पाईन्छ जसमा बौद्ध धर्मावलम्वीहरुको वाहुल्यता रहेको छ ।  यसका साथै हिन्दु , क्रिस्चियन धर्म मान्ने वर्गहरुको पनि बसोबास रहेको पाईन्छ । लिस्तिकोट, उग्रचण्डि, त्रिपुरासुन्दरी, पाल्चोक भगवति,कोटमौलो, गौरति भिमेश्वर मन्दिर तथा लार्के घ्याङ गुम्बा सम्बन्धित समुदायका धार्मिक आस्थाको केन्द्रको रुपमा रहेका छन् ।

giranchaur
धुर्मुस सुन्तली फाउण्डेसनद्ववारा निर्मित गिरानचाैर वस्ती तस्विरः कान्तिपुर
भाैगोलीक अवस्थिती

 जिल्ला २७.२७ उत्तर देखि २८.१३ उत्तरी आक्षांस र ८५.२७ पुर्व देखि ८६.०६ पुर्व सम्म देशान्तरमा अबस्थित रहेको छ । नेपाल राष्ट्रको कूल क्षेत्रफल मध्ये १.७३भूभाग ओगटेको सिन्धुपाल्चोक जिल्ला बाग्मती प्रदेश अनर्तगत  रहेका १३ जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठुलो जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २४४२ वर्ग कि.मिहेको छ ।  कुल २,६०,०२६ हेक्टर क्षेत्रफल भु–भागमा फैलिएको यस जिल्लाको कुल भूभागमा ९६९३ हेक्टर हिउले ढाकेको, २७,३३५ हेक्टर चट्टान, १५,००० हेक्टर बनजंगलक्षेत्र, १९,३०५ हेक्टर चरन क्षेत्र र ६६,७१६ हेक्टर अन्य जमिन  रहेको छ ।

indrawati sindhupalchowk
इन्द्रावति नदि सिन्धुपाल्चोक तस्विरः पवनसम
सिन्धुपाल्चोक जिल्लामा रहेका प्रमुख धार्मिक तथा पर्यटकिय स्थलहरू

गौराती भीमेश्वर, भदौरे गणेश मन्दिर, सुनकोशी महादेव, पाल्चोक भगवती, तोथली माईस्थान, तातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, धुपु, कालिञ्चोक भगवती प्रमुख धार्मिक स्थलहरू हुन। त्यसैगरी हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ प्रमुख पर्यटकिय स्थलहरू हुन । यहाँ रहेका प्रमुख ताल तथा पोखरीहरूमा पाँचपोखरी, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरी हुन ।

तातोपानी नाका सिन्धुपाल्चोक
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार सिन्धुपाल्चोक जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ वटा नगरपालीका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
चौतारा साँगाचोकगढी नगरपालिका चौतारा नगरपालिका, स्याउले, बतासे, र्इर्खु, कदमबास, साँगाचोक र ठुलो सिरूवारी गा.वि.स. १४
बाह्रविसे नगरपालिका घोर्थली (१-४), कर्थली, वाह्रविसे, गाती, घुम्थाङ, मानेश्वरा र राम्चे गा.वि.स
मेलम्ची नगरपालिका मेलम्ची नगरपालिका, भोटेचौर, हैवुङ, थकनी रदुवाचौर गा.वि.स. १३
ईन्द्रावती गाउँपालिका सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, वाडेँगाउँ, सिपापोखरे, भोथसिपा र भिमटार गा.वि.स. १२
जुगल गाउँपालिका सेलाङ, गोल्चे, गुम्बा, बराम्ची, हगाम र पातलाङ गा.वि.स.
पाँचपोखरी थाङपाल गाउँपालिका बाँसखर्क, बरूवा, भोताङ, थाङपालकोट, गुन्सा, थाम्पालधाप, भोटेनाम्लाङ र लागर्चे गा.वि.स.
बलेफी गाउँपालिका जलविरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गा.वि.स.
भोटेकोशी गाउँपालिका तातोपानी, लिस्तिकोट, फुल्पिङकट्टी र मार्मिङ गा.वि.स.
लिसङ्खु पाखर गाउँपालिका ठुलो धादिङ, अतरपुर, लिसंखु, जेठल, पेट्कु र ठुलो पाखर गा.वि.स.
१० सुनकोशी गाउँपालिका ठोकर्पा, कालिका, थुम्पाखर, सुनखानी, यमुनाडाँडा र पांग्रेटार गा.वि.स.
११ हेलम्बु गाउँपालिका हेलम्बु, किउल, पाल्चोक, र्इचोक, र महाँकाल गा.वि.स.
१२ त्रिपुरासुन्दरी गाउँपालिका घोर्थली (५-९), चोकटी, धुस्कुन, तौथली, पिस्कर र टेकनपुर गा.वि.स.
जम्मा १०३

१.    नामः चौतारा गरपालिका

चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका साबिकका १० वटा गाविसहरु (चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ । हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ ।  यस नगरपालिकामा विभिन्न धर्म मान्ने जातजातिहरूको बसोबास रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो ।

यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ्ग, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् । प्रमुख धार्मिक तथा  पर्यटकीय स्थलहरुमा: गौरती भिमेश्वोर मन्दिर (पीपलडाँडा), भदौरे गणेश मन्दिर (सनोसिरुबरी), हर्लङ्ग बर्लंङ्ग महेदव मन्दिर (स्याउले), साँगाचोकगढी (साँगाचोक), गणेश र भिमसेन मन्दिर (चौतारा), कृष्ण मन्दिर (चौतारा), चण्डेश्वरी मन्दिर (सनोसिरुबरी), दक्षिणकाली मन्दिर (पीपलडाँडा), देवीथान (गिदाने), नारायण स्थान, रक्तकलिका मन्दिर (स्याउले) रहेका छन ।

केन्द्रः साविक चौतारा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४२६६८

क्षेत्रफलः १६५.२५ (वर्ग कि.मि.)

वडा संख्याः १४

चौतारा साँगाचोकगढी नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
स्याउले(१­-९) ३११६ २२.९१
बतासे(१-५) १६९७ ११.६१
बतासे(६-९) १९४३ १०.५२
चौतारा(५,६) २८१७ ७.९३
चौतारा(३,४,७) ६६३८ ९.६५
चौतारा(१,२) २८३५ १२.३८
चौतारा(८,९) २८६० ११.०५
र्इर्खु(१-९) ३१३१ १२.४४
कदमबास(१-९) ३७०९ १३.८३
१० १० साँगाचोक(१,२,७) ३११० ६.९५
११ ११ साँगाचोक(५,८,९) ३४८९ १३.५६
१२ १२ साँगाचोक(३,४,६) २१३९ १०.०३
१३ १३ ठूलोसिरूवारी(१-६) ३१४७ ११.१६
१४ १४ ठूलो सिरूवारी(७-९) २०३७ ११.१६
जम्मा ४२६६८ १६५.१८

चौतारा साँगाचोकगढी नगरपालिकाको नक्सा

Chautara Sangachok Gadhi Municipality Map Sindhupalchowk

 २.    नामः बाह्रविसे  गरपालिका

बाह्रविसे सिन्धुपाल्चाेकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हाे । सिन्धुपाल्चाेकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दाेलखा जिल्ला पश्चिममा सिन्धुपाल्चाेककै जुगल गाउँपालिका सँग सीमा जाेडीएकाे यस नगरकाे उत्तरमा भाेटेकाेशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकाै थली थुम्की पहाड र चुचुराहरू रहेकाे याे नगर हिमाली नगरपालिकाकाे मपदण्ड अनुसार नगरपालिका भएकाे हाे ।नेपाल चीन स्थलगत मार्ग जाेडिने अरनिकाे राजमार्ग र दुवै तफ फैलिएकाे वडाहरूकाे फेदिमा रहेकाे भाेटेकाेशी नदी यसकाे प्रकृातिक पहिचान हाे ।तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसकाे अनेकाै एतिहासिकता जाेडिएकाे छ ।

समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मकाे उचार्इ भएकाे भु-वनाेट रहेकाे यस नगरपालिकाकाे जनसंख्या २४१०९ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेकाे छ । नगरपालिकाकाे भवन रहेकाे बाह्रविसे बजारकाे रूपमा परिचित छ । भने यस बजारमा पूर्ख्याैलि नेवार जातीकाे बाहुल्यता रहेकाे छ । तर समग्र नगरपालिकाकाे जनसंख्यामा भने तामाङ जातीकाे जनसंख्या अघि देखिन्छ । ब्राम्हणा, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकाै जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरकाे आदिवाशी लाेपाेन्मुख जनजाती अन्तर्गत पर्दछन।

केन्द्रः साविक बाह्रविसे गा.वि.स.को  कार्यालय

जनसङ्ख्याः २४१०९

क्षेत्रफलः ९६.७३ (वर्ग कि.मि.)

वडा संख्याः

बाह्रविसे नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
घोर्थली(१­-४) ८३० १२
कर्थली(१-९) ३३११ २६.१
बाह्रविसे(१-४) ३१५४ ६.७७
बाह्रविसे(५-९) २८९१ ३.७१
गाती(१-५) १८९८ ६.४२
गाती(६-९) १९३४ १२.८२
घुम्थाङ(१-९) ३३२२ ३६.३८
मानेश्वरा(१-९) ३१९८ १९.२६
राम्चे(१-९) ३५७१ ११.३४
जम्मा २४१०९ १३४.८

बाह्रविसे नगरपालिकाको नक्सा

Barabise Municipality Map Sindhupalchowk

 ३.    नामः मेलम्ची  गरपालिका

वि.सं. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरु (मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसवारी र फटकशिला) मिलाएर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पश्चात वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु (भोटेचौर, हैबुङ, थकनी र दुवाचौर) समेत थप गरी मेलम्ची नगरपालिकाको पुर्नगठन भएको छ  । पुर्नगठन पश्चात यस नगरपालिकामा हाल  १३ वटा वडाहरु रहेका छन् ।

१५८.१७ वर्ग कि.मी. क्षेत्रफल भएको यस नगरपालिकामा २०७८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४१०६३ रहेकोमा पुरुषको जनसंख्या १९९६३ र महिलाको जनसंख्या २११०० रहेको छ भने जम्मा १११८० घरधुरीहरु रहेका छन् । नेपालको राजधानी काठमाण्डौबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ ।

यस नगरपालिकाले तय गरेको विकासका चार खम्बे नीति कृषि, पर्यटन, उद्योग र जलाधारलाई मध्यनजर गर्दै नगरपालिकाले कृषि, पर्यटन, उद्योग र जलाधारको विकासलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । नगरपालिका क्षेत्र भित्रका कृषि योग्य जमिनको पहिचान गरी केही क्षेत्रहरुलाई मकै जोन, कागती पकेट, किवी पकेट र चिया पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम अघि बढाइएको छ । यस नगरपालिका क्षेत्रको ईन्द्रावती तथा मेलम्ची नदीलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्भाव्यता अध्ययनको कार्य भैरहेको छ ।

भौगोलिक विविधताको कारण नगरपालिकाको विभिन्न क्षेत्रमा पाइने हावापानी फरक फरक प्रकारको रहेको छ । उचाईको वृद्धि सँगसँगै चिसोको मात्रामा वृद्धि हुँदै जाने हुँदा यहाँ तातो हावा बहने मेलम्ची नदी किनारको क्षेत्र देखि बाह्रै महिना चिसो हुने भोटेचौर, हैबुङ्ग, गुफा चांखु जस्ता स्थानहरु रहेका छन् । यस नगरपालिकामा चैत्र महिना देखि असोजको प्रारम्भसम्म गर्मी र असोज देखि फागुन महिनासम्म जाडो हुने भएकोले यहाँको हावापानीमा मौसम अनुसार विविधता रहेको पाइन्छ ।

महाभारत क्षेत्र अन्तर्गत पर्ने मेलम्ची नगरपालिका जैविक विविधताले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा पाइने मुख्य जडिबुटीहरूमा लोठसल्ला, सुगन्धवाल, चिराईतो, जटामसी, धसिंगरे, कुटकी, पाखनवेद, कुरिलो, सतिवयर, नूनढिकी, झ्याउ, पदमचाल, गुराँस, लप्सी, बेल, चुत्रो, दामपाते, घ्युकुमारी, काँचोपात, दतिवन आदि हुन् । यस क्षेत्रमा जडिबुटीको प्रचुर संभावना रहेकोले केही स्थानीय व्यक्तिहरुले व्यवसायिक रुपमा जडिबुटी खेती गर्न सक्ने संभावना रहेको छ भने केही किसानहरूले जडिबुटी खेतीको शुरूवात गरेका छन् । यस क्षेत्रमा पाइने रुख विरुवाहरुमा साल, अस्ना, खयर, कटुस, चिलाउने, उत्तिस, सल्ला, मौवा, लाँकुरी, गुराँस मूख्य रुपमा रहेका छन्  । त्यस्तै डाले घाँसमा चिउरी, बडहर, कुटमिरो, किम्बु, खनिउँ, इपिल आदि पाइन्छ । वन क्षेत्रको विकास विस्तार र संरक्षणको लागि केही सामुदायिक तथा कवुलियत वन उपभोक्ता समितिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यस नगर क्षेत्रमा पाइने मुख्य जनावरहरूमा सालक, चितुवा, बाघ, भालु, बँदेल, दुम्सी, खरायो, स्याल, रतुवा मृग, बाँदर आदि छन् भने चराचुरूङ्गीमा काग, परेवा, चिवे, कालिज, हुचिल, लाटोकोसेरा, भंगेरा, मैना, सुगा, बाज, ठेउवा, जुरेली, फिस्टा, तित्रा, बकुल्ला, चिल, गिद्ध,  ढुकुर जस्ता पंक्षीहरु रहेका छन् । विभिन्न किसिमका माछाहरु, गोहोरो, सर्प, छेपारो, माउसुली, भ्यागुतो, विच्छी, फट्यांग्रा, मौरी, अरिङ्गाल, बारूलो लगायतका विभिन्न जिवजन्तु तथा किराहरू पाइन्छ  । मेलम्ची नगरपालिका भित्र हिन्दु, बौद्ध, क्रिश्चियन लगायतका धर्मावलम्बीहरुको बसोबास रहेको पाइन्छ । यस क्षेत्रमा बोलिने मातृ भाषामा नेपाली, नेवारी, तामाङ, दनुवार, माझी, मगर, शेर्पा आदि रहेका छन ।

मेलम्ची नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । यस क्षेत्रमा त्रिवेणीघाट, फट्केश्वर महादेव, ईन्द्रेश्वर महादेव, कोटदेवी, सितलादेवी, धौलेश्वरी, कुण्डेश्वर, सिद्धेश्वर,  कृष्ण मन्दिर लगायका अन्य मठ मन्दिर र गुम्बाहरु रहेका छन् । यस नगरपालिका क्षेत्रमा विशेषगरी ब्राह्म्मण तथा क्षेत्री जातीले दशै, तिहार, मातातिर्थ औंसी, बुद्ध जयन्ती, गुरु पुर्णिमा, साउने संक्रान्ती, नाग पञ्चमी, रक्षा बन्धन, कृष्ण अष्टमी, तीज, सोह्र श्राद्ध, धान्य पुर्णिमा, स्वस्थानी पूजा, माघे संक्रान्ती, श्रीपञ्चमी, महाशिवरात्री, फागु पुर्णिमा, चैते दशैं आदि पर्वहरु मनाउने गर्दछन् भने ल्होसार, घेवा जस्ता पर्व तथा रितिरिवाज तामाङ समुदायले  मनाउँछन् । नेवार समुदायले ब्राह्म्मण समुदायले मनाउँने अन्य चाडपर्वको अलवा तिहारको भाइटिकाको दिन म्ह पूजा समेत गर्दछन् । त्यसैगरी माझी समुदायमा आफ्नो पितृको सम्झनामा पित्रा देखाउने प्रचलन रहेको छ ।

यस नगरपालिकामा रहेको कूल जनसंख्याको जातीय बनावट हेर्दा बहु–साम्प्रदायीक जात जातीहरू पाउन सकिन्छ । खास गरी मंगोलियन र आर्य सम्प्रदायहरू अन्तर्गतका विभिन्न जात जातीहरू विगत देखि नै बसोवास गर्दै आएका छन् । मंगोलियन सम्प्रदायहरूमा तामाङ, मगर, गुरूङ, दनुवार, माझी आदि मुख्य रहेका छन् ।

केन्द्रः साविक मेलम्ची गा.वि.स.को  कार्यालय

जनसङ्ख्याः ४१०६३

क्षेत्रफलः १५८.१७ (वर्ग कि.मि.)

वडा संख्याः १३

मेलम्ची नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
भोटेचौर(१­-४) २५९० ९.३३
भोटेचौर(५-९) १२०३ ४.४
हैवुङ(१-९) २०३४ १४.५३
थकनी(१-९) २८३९ १९.१३
मेलम्ची(३,४) २३१८ ९.६२
मेलम्ची(१,२) २६२७ १२.७
दुवाचौर(१-६) ३८९२ १२.९२
दुवाचौर(७-९) १८०३ ७.४५
मेलम्ची(१४-१५) ४२९३ १८.९
१० १० मेलम्ची(१२,१३) ३१२७ ९.७
११ ११ मेलम्चि(५-७) ५८९८ १२.७५
१२ १२ मेलम्ची(८,९) ४८३० १४.८७
१३ १३ मेलम्ची(१०,११) ३६०९ ११.८७
जम्मा ४१०६३ १५८.१७

मेलम्ची नगरपालिकाको नक्सा

Melamchi Municipality Map Sindhupalchowk

 ४.    नामः ईन्द्रावती गाउँपालिका

ईन्द्रावती गाउँपालिका, ईन्द्रावती नदि किनारमा अवस्थीत रहेको छ । प्राचिन कालमा भगवान इन्द्रको मनोरम स्थनलको रुपमा ईन्द्रावती नदी रहको किवदन्ती बमोजिम, ईन्द्रावती नदीको नामबाट नै यस गाउँपालिकाको नाम रहन गएको पाइन्छ । तराइको हावापानी संग मिल्दोजुल्दो ईन्द्रावती नदीकिनारको भिमटार फाँट देखी उच्च पहाडी सिम्पालकाभ्रे सम्म फैलिएको यस गाउँपालिकामा भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक विविधताले भरिपूर्ण रहेको छ । नेपाल सरकारको मिति २०७६।११।२७ गतेको निर्णयानुसार साविकका सात वटा गा.वि.सहरु सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार मिलाएर यस गाउँपालिका गठन गरिएको हो ।

ईन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार बागमती प्रदेशमा पर्दछ । ईन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५°३४’३५” देखि ८५°४१’३४” र पूर्व देशान्तरसम्म २७°४२’१९” देखि २७°५२’०३”उत्तरी अक्षांश सम्म फैलिएर ईन्द्रावती नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस ईन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिका रहेका छन् ।

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु क्रमशः सिम्पालकाभे्र, कुन्चोक, नवलपुर, वाँडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार समेटेर इन्द्रावती गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १२ वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना, २०६८ अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २८,५१७ रहेको छ जस मध्ये पुरुष ४६.९१ प्रतिशत (१३,३७६ जना) र महिला ५३.०९ प्रतिशत (१५,१४१ जना) रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी तामाङ्ग जाति ७४१४ जना (२६ प्रतिशत), दोस्रोमा ब्राम्हण (पहाडी)४२८३ जना (१५.०२ प्रतिशत) र तेस्रोमा क्षेत्री ४१८४ (१४.६७ प्रतिशत) हरुको बसोबास रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ सालको अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २५,३६५ रहेको छ जस मध्ये पुरुष ४८ प्रतिशत (१२,१८३ जना) र महिला ५२ प्रतिशत (१३,१८२) जना रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, लोसार, उधौली, उभौली, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।

केन्द्रः साविक नवलपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २५,३६५

क्षेत्रफलः १०५.०९ (वर्ग कि.मि.)

वडा संख्याः १२

ईन्द्रावती गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सिम्पालकाभ्रे(१­-९) १९९६ १८.३६
कुन्चोक(१-४) २४०८ ६.९८
कुन्चोक(५-९) १३६२ ७.०८
नलवपुर(१-९) ३२५६ १६.६७
वाँडेगाउँ(४,६-९) २६२२ ११.४२
वाँडेगाउँ(१-३,५) १६०२ ८.६६
सिपापोखरे(१,४-८) १५०६ ४.७३
सिपापोखरे(२,३,९) १६३८ ५.७
भोटसिपा(१-४) १४२८ ५.८२
१० १० भोटसिपा(५-९) २४४९ ८.८१
११ ११ भिमटार(१,९) १८४० ३.५३
१२ १२ भिमटार(२-८) ३२५८ ७.३३
जम्मा २५३६५ १०५.०९

ईन्द्रावती गाउँपालिकाको नक्सा

Indrawati Rural Municipality Map Sindhupalchowk

 ५.    नामः जुगल गाउँपालिका

जुगल गाउँपालिका बागमती प्रदेश अन्तरगत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे ।याे गाउँपालिका अविरल वगिरहने ब्रम्हायणाी नदीकाेे शिरमा पर्दछ । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन ।

यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे।   २०७८ को जनगणना अनुसार यो गाउँपालिकाको जम्मा जनसंख्या १८३०३ रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक विविधतामा एकता हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको  तामाङ, नेपाली, शेर्पा, नेवारी हो । यस क्षेत्रकाे मुख्य आयस्राेतहरू कृषि, पशुपालन, जडिबुटी ब्यबसाय आदि हुन । जल स्राेतकाे धनी रहेकाे याे गाँउपालिकामा साना र ठुलाे गरी करिब १०  वटा जलबिध्युत आयोजना छन्।

केन्द्रः साविक बाराम्ची गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८३०३

क्षेत्रफलः २७३.६२  (वर्ग कि.मि.)

वडा संख्याः

जुगल गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सेलाङ(१­-९) २९४० २२.९३
गोल्चे(१-९) ३६१४ ६९.१
गुम्बा(१-९) ३२९१ ११४.४
पाङताङ(१-९) २३९९ १६.१७
बराम्ची(१-९) २८१४ १८.४१
हगाम(१-५) ११०८ २६.९७
हगाम(६-९) २१३७ ५.६४
जम्मा १८३०३ २७३.६२

जुगल गाउँपालिकाको नक्सा

Jugal Rural Municipality Map Sindhupalchowk

 ६.    नामः पाँचपोखरी थङपाल गाउँपालिका

पाँचपोखरी गाँउपालिका नेपालको पूरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल बागमती प्रदेश  मा पर्दछ । पाँचपोखरी यो पालिकाको नाम प्रसिद्द धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी सँग जोडिएको छ । यो गाउँपािलकाको स्थापना २०७३ सालमा राज्यको पुर्नसंरचना सँगै भएको हो । पुर्वमा जुगल, पश्चिमा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका पर्दछ । यो गाउँपालिकाका नामाकरण भएको स्थल पाँचपोखरी यहि पालिकाको वडा नं ३ भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ ।

यो पालिकाको कुल क्षेत्रफल १८७.२९ बर्ग कि.मी. रहेको छ भने समुन्द्रि सतह बाट ४१०० मि.को उचाइमा यस पालिकाको उच्च भुभाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णयअनुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङपालकोट, गुन्सा, थाङपालधाप, भोटेनाम्लाङ र लागर्चे गा.वि.स.हरू समेटेर पाँचपोखरी थाङपाल गाँउपालिका घोषणा गरिएको थियो । वन, उर्बर कृषि जमिन, नदी नाला र जैविक विविधताजस्ता प्राकृतिक सम्पदाको    यथेष्ट उपलब्धता, शिक्षित मानविय स्रोतमा वृद्धि, जनसांख्यिक लाभांशको अवसर उपलब्ध हुनु, शैक्षिक तालिम केन्द्रहरूको संचालन, पर्यटकीय गन्तव्यको लागि प्रशस्त स्थानहरु हुनु, बहुमूल्य जडिबुटीहरु प्रशस्त मात्रामा रहनु तथा धार्मिक महत्व बोकेका प्रसिद्ध स्थानहरु हुनु यस गाँउपालिकाको दिगो विकासका आधारस्तम्भका रुपमा रहेका छन्

केन्द्रः साविक थाम्पालधाप गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०९९७

क्षेत्रफलः १८७.२९ (वर्ग कि.मि.)

वडा संख्याः

पाँचपोखरी थाङपाल गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बाँसखर्क(१­-९) २०९२ १४.९७
बरूवा(१-९) १६९६ ४६.१
भोताङ(१-९) ३००३ २८.६२
थाङपालकोट(१-९) २६८७ २१.८
गुन्सा(१-९) २२८८ २४.२४
थाम्पालधाप(१-९) ३२३६ १३.७७
भोटेनाम्लाङ(१-९) ३६४० २१.१२
लागर्चे(१-९) २३५५ १६.६७
जम्मा २०९९७ १८७.२९

पाँचपोखरी थाङपाल गाउँपालिकाको नक्सा

Panchpokhari Thangpal Rural Municipality Map Sindhupalchowk

 ७.    नामः बलेफी गाउँपालिका

बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्ला भित्रको एउटा सुन्दर गाउँपालिका हो । यो जिल्लाको मध्य भागमा अवस्थित छ । काठमाडौंबाट अरनिको राजमार्ग हुँदै ७५ किलोमिटर दुरी पार गरेपछि बलेफी गाउँपालिको प्रशासनिक कार्यालय पुगिन्छ । बलेफी गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको बलेफी बजार समुन्द्र सतह देखि ८०० मिटरको उचाईमा रहेको छ । सिन्धुपाल्चोक जिल्लाका साविकका ४ वटा गाविसहरु समेटी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७१ मंसिर २६ गतेको निर्णयअनुसार बलेफी गाउँपालिका घोषणा भएको हो । साविकका गाविसहरु क्रमशः जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा मिलेर बलेफी गाउँपालिकाको भौगोलिक संरचना बनेको छ । बलेफी गाउँपालिकाको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मि रहेको छ । यस गाउँपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालनका लगायत आन्तरिक पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको छ । भोटेकोशी र ब्रम्हायणी नदीको संगमस्थल बलेफी बजारको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको हो । अरनिको राजमार्ग, जुगल हिमालको आधारशिवीर जाने मुल बाटो बलेफी चर्चीत एवं ऐतिहासिक बजार हो । बलेफी दोभानमा ऐतिहासिक कपिलेश्वर महादेव मन्दिर रहेको छ ।

बागमती प्रदेश अन्तर्गतको  सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गाविसहरु समेटेर स्थापना भएको हो । यस गाउँपालिको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मी. रहेको छ । यहाँ हिन्दु, बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको छ । यहाँको मुख्य भाषा नेपाली हो, त्यस्तै तामाङ, नेवार र अरु भाषा पनि बोलिने गर्दछन् । यस गाउँपालिकाको कुल जनसंख्या १७,०८५ रहेको छ । ‘गाउँपालिका, नगरपाकिला तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ले बलेफी गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरको छ । सोही आधारमा गाउँपालिकाले प्रशासनिक एवं सेवा प्रवाहका कार्य गरिरहेको छ । बलेफी गाउँपालिकाको पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन् ।

केन्द्रः साविक फुल्पिङडाँडा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७०८५

क्षेत्रफलः ६१.६० (वर्ग कि.मि.)

वडा संख्याः

बलेफी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जलविरे(१­-९) २४८२ ७.०९
फुल्पिङकोट(१-४) १४८७ ७.९३
फुल्पिङकोट(५-९) २०१६ १२.४१
फुल्पिङडाँडा(१-४,८) १८४१ ८.८२
फुल्पिङडाँडा(५-७,९) २५५५ ९.९३
मांखा(७-९) २३११ ५.२
मांखा(३-६) २६३० ७.४८
मांखा(१-२) १७६३ २.७७
जम्मा १७०८५ ६१.६३

बलेफी गाउँपालिकाको नक्सा

Balephi Rural Municipality Map Sindhupalchowk

 ८.    नामः भोटेकोशी गाउँपालिका

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक पर्दछ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन् ।  हाल वडा नं १ मा लिस्तिकोट ‍¸ वडा नं २ मा तातोपानी¸ वडा नं ३ मा ताताेपानी¸ वडा नं ४ मा फुल्पिङकट्टि र वडा नं ५ मा मार्मिङ रहेको छ । यहाँको कुल जनसंख्या १४३१८ र जम्मा क्षेत्रफल २७८.३१(वर्ग कि.मी.) रहेको छ । नेपाल र छिमेकी मुलुक चीन सँग जोडिने सबैभन्दा छोटो बाटो यही गाउँपालिका को तातोपानीको नाका हुदै जान्छ । यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि धेरै चलेको  छ कारण यहाँ बन्जि जम्प ¸ राफिटिङ् ¸ क्यानोइङ¸ रक क्लाइबिङ इत्यादि गर्न सकिन्छ । यहाँ मनोरम दृष्य जस्तै झरना¸ खोला¸ नदीनाला¸ तातोपानीमा स्नान गर्नका साथै भिर मैारीको मह,घ्यू,छुर्पी,नाैनी,यार्सागुम्बा पनि पाइन्छ ।

केन्द्रः साविक फुल्पिङकट्टी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४३१८

क्षेत्रफलः २७८.३१ (वर्ग कि.मि.)

वडा संख्याः

भोटेकोशी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
लिस्तीकोट(१­-९) ३३७६ ५०.५
तातोपानी(१-४) २२२६ ७२.६२
तातोपानी(५-९) १७३२ २०.७८
फुल्पिङकट्टी(१-९) ३९४३ ८५.३५
मार्मिङ(१-९) ३०४१ ४९.०६
जम्मा १४३१८ २७८.३१

भोटेकोशी गाउँपालिकाको नक्सा

Bhotekoshi Rural Municipality Map Sindhupalchowk

९.    नामः लिसखु गाउँपालिका

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ। कुल ९८.६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा जम्मा ७ वडा छन्। यहाँ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको यस पालिकामा तामाङ, ब्राम्हण, क्षेत्री, दलित जातजातिको बसोबास रहेको छ। लिसंखुपाखर गाउँपालिकाको पूर्वी सिमाना दोलखा र रामेछाप जिल्लासँग जोडिएको छ भने पश्चिमी सिमाना सुनकोशी गाउँपालिकासँग जोडिएको छ। त्यस्तै, उत्तरी सिमाना त्रिपुरा सुन्दरी गाउँपालिकासँग जोडिएको छ र दक्षिणी सिमाना काभ्रेपलान्चोक जिल्ला र सुनकोशी गाउँपालिकासँग जोडिएको छ।

केन्द्रः साविक अत्तरपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ११७५०

क्षेत्रफलः ९८.६१ (वर्ग कि.मि.)

वडा संख्याः

लिसङ्खु पाखर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
ठुलो धादिङ(१­-९) १४४७ ११.६१
लिसंखु(१-५,७) १२३० २१.८७
लिसंखु(६,८,९) १३१७ ११.४९
अत्तरपुर(१-९) १५७२ २३.२५
जेठल(१-९) २३४७ १०.४२
पेट्कु(१-९) १२३० ५.२
ठुलो पाखर(१-९) २६०७ १४.६१
जम्मा ११७५० ९८.४५

लिसङ्खु पाखर गाउँपालिकाको नक्सा

Lisankhu Pakhar Rural Municipality Map Sindhupalchowk

 १०.          नामः सुनकोशी गाउँपालिका

सुनकोशी गाउँपालिका वाग्मती प्रदेश को साबिकको सिन्धुपाल्चोक जिल्लामा अबस्थित छ। वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा ठोकर्पा , कालिका, यमुनाडाँडा,सुनखानी ,थुम्पाखर पाग्रेंटार गा .वि. स. लाई एकै स्थानमा गाभिएकाे थियाे । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।यस गाउँपालिकाको क्षेत्रफल ७२.८४ वर्ग किलो मिटर रहेको छ भने २०७८ सालको जनगणना अनुसार १५१७६ जनसंख्या रहेको छ । प्रति वर्ग कि.मी. २३८ जनघनत्व रहेको यस गाउँपालिकामा अधिकांशको कार्यक्षेत्र जलस्रोत, पर्यटन, कृषि र व्यापार रहेको छ । साथै यो गाउँपालिका कफी ब्यवसायमा प्रचुर सम्भावना बोकेको छ । यस गाउँपालिकामा विशेष गरी हिन्दु र वौद्ध धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ व्राह्मण, क्षेत्री र तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा ऐतिहासिक काल बाटै अंगाल्दै आएका छन् । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकामा मानव बसोवास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् ।यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नाम बाट यस को नामाकरण भएको हो |

केन्द्रः साविक पाग्रेटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५१६७

क्षेत्रफलः ७२.८४ (वर्ग कि.मि.)

वडा संख्याः

सुनकोशी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
ठोकर्पा(१­-४) २०५४ १०.४२
ठोकर्पा(५-९) १७८२
कालिका(१-९) २०३५ ११.१६
यमुनाडाँडा(१-९) १२४६ ७.८६
सुनखानी(१-९) १९७१ १३.३५
थुम्पाखर(१-९) ३०२६ १३.४४
पांग्रेटार(१-९) ३०६२ ९.६१
जम्मा १५१७६ ७२.८४

सुनकोशी गाउँपालिकाको नक्सा

Sunkoshi Rural Municipality Map Sindhuli

 ११.          नामः हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गा.वि.स. र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गा.वि.स लाइ २,२ वटा वडामा विभाजन गरिएकँ छ ।

हेलम्बु गाउँपालिकाको उत्तर पुर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ  तर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ ।

हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, जातका ब्यक्तिहरुको बसोबास रहेको छ ।

आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यस गाउँपालिकामा मुहान मेलम्ची र अन्य खोलाहरु जस्तै गोहोरे खोला, तिम्बु खोला अन्य सा–साना खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुगि रहेको छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु  ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन ।

केन्द्रः बाहुन ढोडेनी

जनसङ्ख्याः १७४९७

क्षेत्रफलः २८७.२६  (वर्ग कि.मि.)

वडा संख्याः

हेलम्बु गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
हेलम्बु(१­-९) २३११ ६७.८३
किउल(१-९) २७५० २६.१
पाल्चोक(१-९) १९२९ ९.८
महाँकाल(१,२,८,९) २०५७ ९.८२
महाँकाल(३-७) २६३३ १८.५
र्इचोक(१-५) २८२२ २२.२४
र्इचोक(६-९) २९९५ १४.९५
जम्मा १७४९७ १६९.२४

हेलम्बु गाउँपालिकाको नक्सा

Helambhu Rural Municipality Map Sindhupalchowk

 १२.          नामः त्रिपुरासुन्दरी गाउँपालिका

रिया पहाडहरु र जुगल अनि गौरी शंकर हिमाल लाई नियाल्दै त्रिपुरा सुन्दरी गाउँपलिका बाग्मती प्रदेश अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ। यो गाउँपलिकाको कुल क्षेत्रफल ९४.२८ वर्ग कि.मी. छ र यसले नेपालकाे भू-भागकाे ०.०६४ प्रतिशत ओगटेकाे छ।याे गाउँपालिका काठमाडाैंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चाैताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी. दक्षिण पूर्वमा रहेकाे छ। ताैथलीकाे हजार बर्ष पूरानाे त्रिपुरासुन्दरी मन्दिरकाे नाममा यस गाउँपालिकाकाे नामाकरण गरिएकाे छ।

यो गाउँपलिका ६ वटा गाविसहरु र साबिक वडा नं  क्रमश: घोर्थली (५-९), चोकटी(१-९), धुस्कुन(१-९), पिस्कर(१-९), तौथली(१-९) र टेकानपुर(१-९) गा.वि.स. हरु समावेश गरी २०७३।१२।२ गतेका दिन उत्घाटन भएकाे थियाे।  यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ। यहाँ विभिन्न जात जातीहरु जस्तै व्राहमण,क्षेत्री, थामी, तामाङ्ग, शेर्पा, गुरुङ, जिरेल, भुजेल, विश्वकर्मा, नेपाली,मगर, घर्ती, नेवार, पहरी आदिकाे साैहार्दपूर्ण समिश्रण पाइन्छ। यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै नेवारी र अन्य भाषा पनि बोलिने गर्दछन् । सुन्दर प्राकृतिक छटा र नदी नालाहरू बाेकेर एउटा पृथक पहिचान छ।

केन्द्रः साविक पिस्कर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२०१४

क्षेत्रफलः ९४.२८ (वर्ग कि.मि.)

वडा संख्याः

त्रिपुरासुन्दरी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
घोर्थली(५-९) ९९८ १६.९९
चोकटी(१-९) २५२२ २५.९
धुस्कुन(१-९) २८७० १६.१५
पिस्कर(१-९) २३०८ १२.५७
तौथली(१-९) १८५७ १८.११
टेकनपुर(१-९) १४५९ ४.५६
जम्मा १२०१४ ९४.२८

त्रिपुरासुन्दरी गाउँपालिकाको नक्सा 

Tripurasundari Rural Municipality Map Sindhupalchowk

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिति सिन्धुपाल्चोक । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । सिन्धुपाल्चोक जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *