परिचय
जिल्ला समन्वय समिति सर्लाहिका अनुसार संघिय संरचना अनुसार मधेश प्रदेश मा पर्ने र्सलाही जिल्ला तत्कालीन समयमा मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्दथ्यो । सर्लाही जिल्लाको कविलासी नगरपालिका मा सर्लाही देवीको मन्दिर छ । रातीको समयमा कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर त्यहाँ कोही पुग्दैनन् । यिनै देवीको नामबाट जिल्लाकै नाम “सर्लाही” रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । सर्लाही देवीको मन्दिर वरिपरि अझै पनि वस्ती बसेको छैन ।

तरकारी उत्पादनको लागि नेपालमै प्रसिद्ध लालबन्दी यस जिल्लामा पर्दछ । गोलभेंडा उत्पादनको लागि प्रसिद्ध तरकारीको यो पकेट क्षेत्र भण्टा, करेला, घिरौला, बोडी जस्ता अन्य तरकारीको पनि ठूलोपरिमाणमा उत्पादन हुने गर्दछ । मत्स्य उत्पादनमा पनि यो जिल्ला त्यतिकै अगाडि रहेको छ । मत्स्य उत्पादनका थुप्रै पकेट क्षेत्रहरु मध्ये यस जिल्लाको फरहदवा “माछा गाउँ” नै भन्ने गरिएको छ ।
त्यस्तै खाद्यान्न बाली तर्फ धान, गहुँ, मकैकासाथै दलहन एवं तेलहन र उष्ण प्रदेशिय फलफूल उत्पादनमा यस जिल्लाको महत्वपूर्ण स्थान रहेको छ । नगदेबाली तर्फ इन्दु शंकर र अर्को एक गरी दुई चिनी उद्योग हरिवनमा रहेको र अन्य खांडसारी उद्योग पनि जिल्लामा रहेवाट उखु खेती प्रमुख नगदेवालीको रुपमा विस्तार भइरहेको छ ।

यस जिल्लाको सदरमुकाम मलंगवा महेन्द्र राजमार्गबाट लगभग २५ कि.मि. दक्षिण तर्फ अवस्थित छ ।अधिकांश जनताको जीवन निर्वाहको श्रोत कृषि क्षेत्र रहेको पाइन्छ । स–साना कलकारखानाहरु इत्यादीले जन जिविकोपार्जनमा केही प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पु¥याएका छन् । यसजिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी र पश्चिममा बागमती नदी सिमा नदीको रुपमा बगेको छ । प्रायजसो वर्षा ऋतुमा या जिल्लाको सदरमुकाम रसो भन्दा पश्चिम–दक्षिण क्षेत्र बाढीको चपेटामा पर्ने गरेको छ ।
विश्व मानचित्रमा जिल्लाको स्थिति भौगोलिक अवस्थिति
अक्षांशः २६०४५ देखि २७०१० उत्तरी अक्षांश
देशान्तरः ८५०२० देखि ८५०५० पूर्वी देशान्तर
पूर्वः महोत्तरी जिल्ला
पश्चिमः रौतहट जिल्ला
उत्तरः सिन्धुली जिल्ला
दक्षिणः भारत (विहार प्रान्त)
क्षेत्रफलः १२५९ वर्ग कि.मी.
औसत लम्वाईः ३२ कि.मी. उत्तर दक्षिण
औसत चौडाईः ४० कि.मी पुर्व पश्चिम
उचाईः ६० मी. देखि ६५९ मी. सम्म (समून्द्र सतहबाट)
जिल्लालाई भौगोलिक बनावटको दृष्टिकोणले मोटामोटी रुपमा निम्न तिन भागमा विभाजन गर्न सकिन्छ ।
१. उत्तरको चुरे डाँडा २. बीचको भाँवर प्रदेश ३. दक्षिणको तराई प्रदेश
प्राकृतिक सम्पदा
सर्लाही जिल्लाको अधिकांश दक्षिणी भाग समुन्द्र सतह देखि करीव ६० मी. मात्र उचाई भएका तराई मैदान र आवादी क्षेत्रहरु हुन् तापनि यसको मध्य भागमा केही बढी उचाई भएको चारकोशे झाडीको भाँवर प्रदेश छ र उत्तरी सिमानातिर चुरे डाँडाका चुचुराहरु करीव ६०० मी. सम्म अग्ला छन् ।

नदीनालाहरु
जिल्लाको पश्चिमी सिमानामा रहेको सबैभन्दा ठूलो नदी वागमति नदी वाहेक अन्य सबै नदीहरु उत्तरको चुरे डाँडा क्षेत्रबाट शुरु भएका छन् र क्रमशः दक्षिण तिर बग्दै भारत पस्दछन् । धेरै जसो स– साना खोला र खहरेहरु छन् । जिल्ला भित्रको अर्काे सबैभन्दा ठूलो नदी लखनदेई र झिमलाई लिन सकिन्छ ।
हावापानी
मनसुनी हावापानीको प्रभाव भएको यस जिल्लामा अधिकांश मैदानी भाग भएतापनि बीचको भावर प्रदेश र उत्तरको चुरे श्रृंखलाले गर्दा जिल्लाको दक्षिण तिर भन्दा उत्तर तिर गर्मी कम हुने र ज्यादै वर्षा हुने गर्दछ । यस जिल्लाको मौसम अवलोकन केन्द्र अभिलेख नभएको हुँदा हावापानीको समानताको आधारमा धनुषा जिल्लाको जनकपुरमा रहेको मौसम केन्द्रको तापक्रमलाई नै यहाँ लगभग तापक्रममान्ने गरिएको पाईन्छ ।
वार्षिक औसत अधिकतम तापक्रम लगभग ३१० से० र औसत न्यूनतम तापक्रम २००से० तथा सबैभन्दा बढी तापक्रम ४२० से० र सबैभन्दा कम तापक्रम ४० से० रहेको पाइन्छ । तर जिल्लाको उत्तरी भागको चुरे तथा भावर क्षेत्रमा तराईभन्दा तापक्रम केही कम रहन्छ । कुल वर्षा मध्ये ८०% वर्षायाममा पाइन्छ । करीव २.३% वर्षा हिउँदमा हुने गरेको पाईन्छ । सरदर वर्षा १६९९.६ मी.मी. छ ।

जिल्लाको उत्तरी तथा दक्षिणी भागको उचाईमा असमानता भएकोले विभिन्न ठाउँमा वर्षा र तापक्रम एकैनास पाईदैन । तर मोटामोटी रुपमा सबै ठाउँमा एकै किसिमको उष्ण मनसुनी हावाको प्रभाव पाईन्छ । दक्षिण–पशिचमी मनसुनको प्रभावले गर्दा जेष्ठको मध्य देखि असोज मध्य सम्म वर्षा हुने गरेको पाईन्छ हिउँदमा माघ–फाल्गुणमा केही वर्षा हुन्छ र चैत्र–वैशाखमा हुरी बतास मेघ गर्जन सहित फाटफुट वर्षा पनि हुन्छ । यहाँ गर्मीमा ज्यादै गर्मी हुन्छ र जाडोमा सुख्खा मौसम र साधारण जाडो हुन्छ ।
प्राकृतिक वनस्पति तथा पशु–पंक्षी
उष्ण मनसुनी हावापानीको जोग भएकोले उष्ण प्रदेशीय सदाबहार जंगल पाईन्छ । जंगलमा साल समूहको रुखहरु प्रशस्त छ । साथै अन्य कडा जातका रुखहरु जस्तैः खयर, सिंसौ इत्यादी पाइन्छ भने अन्य जातीहरुमा कर्मा, कुम्नी, हर्रो, बर्रो, सिंदुरे, टाँटरी, सनीसाल, सिमल, भुरकुल, दवदवे, इत्यादी पनि यहाँको जंगलमा पाइन्छ ।
यहाँ पाईने वन पैदावारहरुमा सतावरी, सिमलभुवा, तरुल, बावियो, रवर, काँस, तथा अन्य जडीबुटीहरु पनि छन् । जिल्लावासीहरुलाई आवश्यक पर्ने काठ, दाउरा तथा घाँसपात आदी सबै जिल्लामा रहेको वन जंगलमा रहेको वन जंगलमै निर्भर रहेका छन् । यस जिल्लामा सालको काठ वढी मात्रामा पाईने भएकोले चिरान मिल अन्य जिल्लामा भन्दा वढी रहेको पाईन्छ ।

सर्लाही जिल्लाको जंगलमा बाघ, भालु, हात्ती, अर्ना, इत्यादी पाईने हुँदा यो स्थल शिकारको लागि प्रसिद्ध थियो । इतिहासमा श्री ३ जंगबहादुर शिकार खेल्न यसै जिल्लाको जंगलमा आएको उल्लेख भएको पाईन्छ । वन जंगल फडानी र बढ्दो जनसंख्याको कारण जंगली जनावरहरु लोप हुँदै गएको पाईन्छ । अझैपनि फाटफुट बाघ, चितुवा, भालु, चित्तल, मृग, बनेल आदि र चराचुरुङ्खीमा मयूर, धनेश, कालिज,लुँइचे, आदि पाईन्छन् ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार र्सलाही जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ११ वटा नगरपालीका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | ईश्वरपुर नगरपालिका | ईश्वरपुर नगरपालिका, कालिन्जोरर गौरीशङ्कर गा.वि.स. | १५ |
२ | मलंगवा नगरपालिका | मलंगवानगरपालिका, भाँडसार, खुटौना, गम्हरीया, गा.वि.स. | १२ |
३ | लालबन्दी नगरपालिका | लालबन्दी नगरपालिका, नारायणखोला, परवानीपुर, रानीगञ्ज र नेत्रगंजगा.वि.स. | १७ |
४ | हरिपुर नगरपालिका | हरिपुर, लक्ष्मीपुर (कोदरहवा), फरहदवा, पिडारी र जानकीनगर (१,२,३ र ५) गा.वि.स | ९ |
५ | हरिपुर्वा नगरपालिका | धनकौल पूर्व, वसन्तपुर र हरिपुर्वा गा.वि.स. | ९ |
६ | हरिवन नगरपालिका | हरिवन नगरपालिका, ढुङ्ग्रेखोला गा.वि.स.वडा ३ | ११ |
७ | बरहथवा नगरपालिका | बरहथवा नगरपालिका, सुन्दरपुर चोहर्वा र जानकीनगर गा.वि.स. वडा नम्बर ४,६,७,८,९ | १८ |
८ | बलरा नगरपालिका | हथीऔल, बलरा, अर्नाहा, डुमरीया, मिर्जापुर, गढहिया (३-९) अचलगढ, सुदामा र छटौना गा.वि.स. | ११ |
९ | गोडैटा नगरपालिका | बहादुरपुर, बेल्वाजब्दी, भगवतीपुर, रोहुवा, रामवन,गोडैटा,बगदह, सिसौटिया र मधुवनी गा.वि.स. | १२ |
१० | बागमती नगरपालिका | ढुङ्ग्रेखोला वडा नम्बर १,२,४,५,६,७,८, र ९,कर्मैया, शंकरपुर, राजघाट गा.वि.स. | १२ |
११ | कविलासी नगरपालिका | हेमपुर, जमुनिया, कविलासी, सलेमपुर र पिपरिया गा.वि.स. | १० |
१२ | चक्रघट्टा गाउँपालिका | औरही, खोरीया, बेल्ही, सुन्दरपुर र पिडरीया गा.वि.स. | ९ |
१३ | चन्द्रनगर गाउँपालिका | चन्द्रनगर, मोहनपुर, बबरगंज, र किसनपुर गा.वि.स. | ७ |
१४ | धनकौल गाउँपालिका | धनकौल पश्विम, सेखौना, हर्कथवा, महिनाथपुर र छटौल गा.वि.स. | ७ |
१५ | ब्रह्मपुरी गाउँपालिका | ब्रह्मपुरी, भेल्ही, त्रिभुवननगर र नौकेल्हवा गा.वि.स. | ७ |
१६ | रामनगर गाउँपालिका | खैरवा, रामनगर बहुअर्वा, सिसौट र गढहिया (१ र २) गा.वि.स. | ७ |
१७ | विष्णु गाउँपालिका | बारा उद्योरण, मधुबनगोठ, बत्रौल र सिमरा गा.वि.स. | ८ |
१८ | कौडेना गाउँपालिका | कौडेना, मोतीपुर, सक्रौल, फुलपरासी, लक्ष्मीपुर शुख्चैना | ७ |
१९ | पर्सा गाउँपालिका | पर्सा, संग्रामपुर, नारायणपुर र जिंगडवा गा.वि.स. | ६ |
२० | बसबरीया गाउँपालिका | मानपुर, भवानीपुर, रधनगाढा र सोहडवा गा.वि.स. | ६ |
जम्मा | २०० |
१. नामः ईश्वरपुर नगरपालि
मधेश प्रदेशको सर्लाही जिल्लामा अवस्थित माछा उत्पादन तथा अन्नको भण्डारको पहिचान बनाएको यस ईश्वरपुर नगरपालिका एउटा शान्त, प्रदुषणरहित, हरियालीयुक्त सुन्दर सहर हो । नेपाल सरकारको वि.सं. २०७१ बैशाख २५ गतेको निर्णयवाट साविक ईश्वरपुर, भक्तिपुर र बेला गाविसको भु–भागलाई समेटेर ईश्वरपुर नगरपालिकाको गठन भएको हो । वि.सं. २०७२ सालमानेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात स्थानीय तहको पुनःसंरचना हुँदा वि.सं. २०७३ साल फागुन २३ गते साविकका गौरीशंकर र कालिन्जोर गाविसको सम्र्पुण भुभागलाई समेटेर १५ वटा वडा सहित यसले पुर्णता प्राप्त गरेको छ । यो नगरपालिकामधेश प्रदेश अन्र्तगत पर्ने सर्लाही जिल्लाको सवैभन्दा ठुलो १६३.८३ वर्ग कि.मि.क्षेत्रफल भएको नगरपालिकामा २०७८ सालको राष्ट्रिय जनगणना अनुसार १३५२१ घरधुरी र ६८३७७ जनसंख्या रहेको छ । मुख्यतः माछापालनको विस्तारित क्षेत्र र कृषि उपज उत्पादन तथा कृषिमा आधारित उद्योग यस नगरपालिकाको पेशागत व्यवसाय र पहिचान हो ।
केन्द्रः साविक ईश्वरपुर नगरपा
जनसङ्ख्याः ६८३७७
क्षेत्रफलः १६३.८३ (वर्ग कि.मि.)
वडा संख्याः १५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ईश्वरपुर(१) | ४८६३ | ६.६९ |
२ | २ | ईश्वरपुर(२) | ३६१२ | ३.५२ |
३ | ३ | ईश्वरपुर(३) | ५७२७ | ९.३६ |
४ | ४ | ईश्वरपुर(४) | ३५२३ | २७.५० |
५ | ५ | ईश्वरपुर(५) | ५८५० | ४.५५ |
६ | ६ | ईश्वरपुर(६) | ६१२० | २.५१ |
७ | ७ | ईश्वरपुर(७) | ६०७९ | ५.४६ |
८ | ८ | ईश्वरपुर(८) | २८४४ | ५.७१ |
९ | ९ | ईश्वरपुर(९) | ५३५८ | ७.०७ |
१० | १० | ईश्वरपुर(१०) | २८३६ | ४.७९ |
११ | ११ | ईश्वरपुर(११) | १८५१ | ५.५२ |
१२ | १२ | कालिन्जोर(१-९) | ४७३७ | ४०.८९ |
१३ | १३ | गौरीशङ्कर(७-९) | ५०१४ | २४.८६ |
१४ | १४ | गौरीशङ्कर(४-६) | ४७१० | ६.५७ |
१५ | १५ | गौरीशङ्कर(१-३) | ५२५३ | ८.८३ |
जम्मा | ६८३७७ | १६३.८३ |
ब्रह्मपुरी गाउँपालिकाको नक्सा
२. नामः मलंगवा नगरपालिका
मलंगवा नगरपालिका नेपालको मधेश प्रदेशअन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि २५ कि.मि. दक्षिणमा रहेको छ । हिन्दू र मुस्लिम दुवै समुदायबाट पूजा गरिने स्थानीय मलंग बाबा स्थलको नामबाट मलंगवा नामाकरण भएको मानिन्छ । यो नगरपालिका २६.८६२७ डिग्री उत्तरी अक्षांश र ८५.५५६१ पूर्वी देशान्तरमा रहेको छ । वि.सं. २०४३ साल फागुन १८ गते तत्कालीन नगरपञ्चायतका रूपमा स्थापना भएको मलंगवा नगरपालिका सर्लाही जिल्लाको पहिलो नगरपालिका हो । नेपाल सरकार मन्त्रिपरिषदबाट २०७१ बैशाख २५ गतेको निर्णयअनुसार यस नगरपालिकामा तत्कालीन मुसैली गाविस समावेश गरिएको र २०७३ फागुन २७ को निर्णयानुसार तत्कालीन गम्हरिया, खुटौना र भांडसर गाविस समेत समावेश गरी हाल १२ वडाहरू रहेको यस नगरपालिकाको क्षेत्रफल ३०.४४ वर्ग कि. मि. रहेको छ ।
वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार यहाँ १००३३ घरधुरी तथा ५४,५५० जनसंख्या रहेको छ । सर्लाही जिल्लाको सदरमुकाम समेत रहेको यो नगरपालिका मधेश प्रदेशको करीव मध्य भागमा पर्दछ । समथर भूमि रहेको यस नगरपालिकामा सबै जात जातिको बसोबास रहेको छ । यस नगरपालिकाको पूर्वमा ब्रहम्पुरी गाउँपालिका र भारतको सोनबरसा क्षेत्र, पश्चिममा चकरघट्टा, कौडेना र बिष्णु गाउँपालिका, उत्तरमा कविलासी नगरपालिका र दक्षिणमा भारत बिहार राज्यको सीतामढी जिल्ला पर्दछ । भारतको सीतामढी जिल्लासँग जोडिएको हुनाले सोनबरसा जाने मुख्य व्यावसायिक प्रवेशद्वार र भेँडियाही प्रवेशद्वार यसै नगरपालिकामा पर्दछ |
यस नगरपालिकाभित्र मुख्य धार्मिक स्थलहरू मलंग बाबा स्थल, राजदेवी माता, भगवती मन्दिर, झिलमिलिया माई, शीव मन्दिर, रामजानकी, राधाकृष्ण र बोधिदेवी मन्दिर तथा जिलानिया मस्जिद र पर्यटकीय क्षेत्रअन्तर्गत मुसैली ठूलो पोखरी रहेका छन् । स्नातकोत्तर तहसम्म पठनपाठन हुने सर्लाही क्याम्पस तथा २२ ओटा सामुदायिक विद्यालय र १० ओटा मदरसा, प्रादेशिक अस्पताल र सगरमाथा चौधरी आँखा अस्पताल तथा १० ओटा स्वास्थ्य संस्था रहेका छन् । तीनविघे मैदान, कभर्ड हल, बसपार्क र हाटबजारहरू रहेको यस नगरपालिकामा धान, गहुँ र दलहन बाली, तरकारी खेती, पशु तथा माछापालन मुख्य उत्पादन रहेका छन् । यस नगरपालिकामा बर्षातको समयमा पानी जम्ने समस्या रहेको छ |
केन्द्रः साविक मलंगवा नगरपालि
जनसङ्ख्याः ५४५५०
क्षेत्रफलः ३०.४४ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मलङ्गवा(१) | १६६९ | १.७१ |
२ | २ | मलङ्गवा(२) | ४१९२ | १.६७ |
३ | ३ | मलङ्गवा(३,५-७) | ७७३६ | ०.४४ |
४ | ४ | मलङ्गवा(४) | ४८२३ | १.२५ |
५ | ५ | भाँडसार(१-९) | ४४७२ | २.४७ |
६ | ६ | खुटौना(१-९) | ५८१६ | ५.४१ |
७ | ७ | मलंगवा(११,१२,१३) | ६१०५ | ४.३२ |
८ | ८ | मलङ्गवा(८) | २७३४ | ०.८३ |
९ | ९ | मलङ्गवा(९) | ३८२४ | १.८८ |
१० | १० | मलङ्गवा(१०) | ४८०३ | १.६१ |
११ | ११ | गम्हरीया(१-५) | ५०६० | ५.१७ |
१२ | १२ | गम्हरीया(६-९) | ३३१६ | ३.६८ |
जम्मा | ५४५५० | ३०.४४ |
मलंगवा नगरपालिकाको नक्सा
३. नामः लालबन्दी नगरपालि
लालबन्दी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नं. प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । नेपालमै गोलभेडा (टमाटर)उत्पादन र निर्यातका लागि देशव्यापी रुपमा ख्यातिप्राप्त यस नगरपालिका साविककाे लालबन्दी नगरपालिका (साविक गा.वि.स. लालबन्दी, पत्थरकोट र जब्दी), र नेत्रगंज, रानिगंज, परवानिपुर तथा नारायणखाेला गा.वि.स. समायोजन भई निर्माण भएको हो ।
यस नगरपालिकाको कूल क्षेत्रफल २३८.५ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ६६४१९(जनगणना २०७८ अनुसार) र १४८७३ परिवार संख्या रहेको छ । यस नगरपालिकामा १७ वटा वडा रहेका छन् । यो सर्लाही जिल्लाकै सबैभन्दा बढी क्षेत्रफल भएको नगरपालिका हो । यस नगरपालिकाको केन्द्र वडा नं. ६ स्थित साविक लालबन्दी नगरपालिकाको कार्यालयमा अवस्थित रहेको छ । पूर्व पश्चिम महेन्द्र लोकमार्ग अवस्थित लालबन्दी बजार यस नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । पूर्व ईश्वरपुर नगरपालिका, पश्चिम हरिवन र हरिपुर नगरपालिका, उत्तर सिन्धुली जिल्ला र दक्षिणमा हरिपुर र ईश्वरपुरसंग सिमाना जोडिएकाे यस नगरपालिकाको लालबन्दी बजार जिल्लाको एक मुख्य व्यापारिक स्थल हो । बढ्दो शहरीकरण, व्यवसायिक क्रियाकलापमा वृद्धिका कारण यो नगरपालिका जिल्लामा आकर्षणको केन्द्र बन्दै गइरहेको छ तथा जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा विकास भइरहेको छ ।
”स्वच्छ, सुन्दर र समुन्नत शहर, सर्लाहीकाे शान लालबन्दी नगर”’ भन्ने मूल नारालाई आत्मासात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि सिंगो नगरपालिका परिवार एकतावद्ध ढङ्गले अगाडी बढिरहेको छ । नगरपालिका क्षेत्रभित्रका महिला, आदिवासी जनजाती, दलित, अपाङ्गजस्ता वर्ग र क्षेत्रको आर्थिक र सामाजिक उनन्यनको लागि नगरपालिका कटिवद्ध रहेको छ ।लालबन्दी नगरपालिकाको सबै भन्दा समृद्ध पक्ष भनेको यहाँको तरकारी उत्पादन नै हो त्यसमा पनि टमाटर(गोलभेडा) उत्पादनले नेपाल भरि नै परिचय दिएको छ । यस नगरपालिकाको उत्तरमा चुरे क्षेत्र पर्ने हुँदा वन जंगल र जैबिक विविधताले भरिपुर्ण भएको यस नगरपालिकाको डाबरी डाँडा, जलकिनि मन्दीर, डुमडुमे शिबालय मन्दीर परिसर, वेतिनि देवालय परिसर, विभिन्न बौद्ध गुम्बाहरु, चर्चहरु, मश्जिद र मिश्रीत जानजातिको बसोबास रहेको छ ।
केन्द्रः साविक लालबन्दी नगरपा
जनसङ्ख्याः ६६४१९
क्षेत्रफलः २३८.५ (वर्ग कि.मि.)
वडा संख्याः १७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नेत्रगंज(६-९) | ४९५१ | ८.९१ |
२ | २ | नेत्रगंज(१-५) | ६८६७ | ९.०६ |
३ | ३ | लालबन्दी(१) | २८८४ | ५.०२ |
४ | ४ | लालबन्दी(२) | २९१२ | ५.७४ |
५ | ५ | लालबन्दी(३) | ५०३७ | ५.३८ |
६ | ६ | लालबन्दी(४) | ३९८४ | ५.९१ |
७ | ७ | लालबन्दी(५) | ५३८९ | ०.५५ |
८ | ८ | लालबन्दी(६) | ३११७ | १.६५ |
९ | ९ | लालबन्दी(७) | ३३३१ | १.४६ |
१० | १० | लालबन्दी(८) | २७१९ | ८.०९ |
११ | ११ | लालबन्दी(९) | ३५७८ | ११.५६ |
१२ | १२ | लालबन्दी(१०) | २०५६ | ७.८३ |
१३ | १३ | लालबन्दी(११) | १६९५ | १३.१३ |
१४ | १४ | नारायणखोला(१-९) | ३४५८ | ५०.१४ |
१५ | १५ | परवानीपुर(१,२,७-९) | ४३८८ | ७७.२४ |
१६ | १६ | परवानीपुर(३-६) | ४०८८ | १३.०३ |
१७ | १७ | रानीगञ्ज(१-९) | ५९६५ | १३.७९ |
जम्मा | ६६४१९ | २३८.४९ |
लालबन्दी नगरपालिकाको नक्सा
४. नामः हरिपुर नगरपालिका
हरिपुर नगरपालिका को स्थापना बि.स. २०७३ सालमा भएको हो | जम्मा ९ वटा वडा रहेको यस नगरपालिका ६६.८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ | ८,३५० घरधुरि रहेको यस नगरपालिकामा जम्मा जनसंख्या ४३,२३३ मध्ये माहिला को सङ्ख्या २२,०९२ र पुरषको सङ्ख्या २१,१४१ रहेको छ | यस नगरपालिकाको पुर्वमा ईश्वरपुर न.पा. लालबन्दी न.पा. र चन्द्रनगर गाँउपालिका, पश्चिममा बागमती न.पा. , उतरमा हरिवन न.पा. साथै दक्षिणमा कविलासी न.पा. र बरहथवा नगरपालिका रहेका छन् |
केन्द्रः साविक हरिपुर गा.वि.स.
जनसङ्ख्याः ४३२३३
क्षेत्रफलः ७३.४५ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जानकीनगर(१,२,३,५) | ४७५२ | २९.०७ |
२ | २ | हरिपुर(७,९) | ४७८१ | ४.५७ |
३ | ३ | फरहदवा(५-७,९) | ३६६८ | ४.४४ |
४ | ४ | फरहदवा(१-४,८) | ३७१८ | ४.३९ |
५ | ५ | लक्ष्मीपुर (कोदरहवा)(७-९) | ६४२६ | ८.२३ |
६ | ६ | लक्ष्मीपुर (कोदरहवा)(१-६) | ५४९३ | १.८८ |
७ | ७ | हरिपुर(२,३,४,५,६) | ५०२५ | ३.४५ |
८ | ८ | हरिपुर(१,८) | ३२९२ | ४.१० |
९ | ९ | पिडारी(१-९) | ६०७८ | ६.७३ |
जम्मा | ४३२३३ | ६६.८६ |
हरिपुर नगरपालिकाको नक्सा
५. नामः हरिपुर्वा नगरपालि
हरिपुर्वा नगरपालिका २०७३ फाल्गुन माहिनामा नेपाल सरकारको निर्णय अनुसार साविक गाविसहरु हरिपुर्वा, बसन्तपुर र धनकौल पुर्व सम्मिलित गरी गठन गरीएको नगरपालिका हो । यो नगरपालिका मधेश प्रदेश भित्र पर्ने सर्लाही जिल्लाको दक्षिण पुर्वमा अवस्थित रहेको नगरपालिका हो। यो नगरपालिका जम्मा ९ वटा वडामा विभाजन गरीएको छ । हरिपुर्वा बजार वडा नं ५ यसको प्रमुख केन्द्र भई नगरपालिकाको कार्यालय स्थापित रहेको छ।
केन्द्रः साविक हरिपुर्वा गा.वि
जनसङ्ख्याः ३८७१४
क्षेत्रफलः ४६.९५ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हरिपुर्वा(१,२) | ३४७३ | |
२ | २ | हरिपुर्वा(८,९) | २९२४ | |
३ | ३ | धनकौल पूर्व(१-५) | ४१९२ | |
४ | ४ | धनकौल पूर्व(६-९) | ४२२६ | |
५ | ५ | हरिपुर्वा(३,४,७) | ६६७० | |
६ | ६ | हरिपुर्वा(५,६) | ४००० | |
७ | ७ | वसन्तपुर(२,३,८) | २८४६ | |
८ | ८ | वसन्तपुर(७,९) | ३२५७ | |
९ | ९ | वसन्तपुर(१,४-६) | ७१२६ | |
जम्मा | ३८७१४ | ३०.५ |
हरिपुर्वा नगरपालिकाको नक्सा
६. नामः हरिवन नगरपालिका
हरिवनको नामाकरणको सन्दर्भमा ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिका अनुसार विभिन्न किवंदन्ती पाईन्छ । प्रथमतः प्राचीन कालमा राजा जनकका भाइ सुभाउ जनकले हालको वडा नं ९ मा एउटा पोखरी खनेका थिए । त्यसताका उक्त पोखरीमा सयौंका संख्यामा हरिणहरु चर्दै पानी पिउने ठाउँ भएकोले हरणबाट हरिवन भएको, दाेस्रो भगवानको नाम हरि ओमबाट हरिवन भएको, तेस्रो हालको सिन्धुली जिल्लाको धिमालेको चुरेमा रहेको बस्तीबाट दक्षिण समथल भूभागमा हेर्दा हजारौं दुरी सम्म हरियो वन देखिने भएकोले पछि अपभ्रंस भई हरिवन भएको भन्ने रहेको छ । यसर्थ हरिण, हरिओम र हरियो वन जस्ता शब्दहरु अपभ्रंश भई विस्तारै हरिऔन हुँदै हरिवन नामाकरण भएको जनविश्वस रहेको छ ।
भौगोलिक अवस्थिति
अवस्थिति अक्षांश २७० २१’ १३.२” देखि २७० ८४’ ४५.९”
८५० ३०’ ५२.९” देखि ८५० ३८’ ४८.५२”
उचाई १३० मिटर देखि ५५० मिटर
हावापानी उष्ण प्रदेशिय
सिमाना
पूर्व लखनदेही खोला र पत्थरकोट र लालबदन्दी नगरपालिका, पश्चिम हरिवन खाेला बागमती नगरपालिका, उत्तर हरिहरपुरगढी गाउँपालिका सिन्धुली, दक्षिण हरिपुर नगरपालिका ।
पर्यटकिय स्थानहरू
वन वाटिका, चतुर्भुजेश्वर मन्दिर, शिवसागर पोखरी, पटाैना गणेश मन्दिर, गणेश टाेल गणेश मन्दिर ।
केन्द्रः साविक हरिवन नगरपालिका
जनसङ्ख्याः ४९९८८
क्षेत्रफलः ८६.१२ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ढुङ्ग्रेखोला(३), र हरिवन(१) | ४१०४ | ३२.२१ |
२ | २ | हरिवन(२) | ४०५३ | १०.६१ |
३ | ३ | हरिवन(३) | ३५४१ | ६.४३ |
४ | ४ | हरिवन(४) | ३५७९ | ५.७८ |
५ | ५ | हरिवन(५) | ४०८१ | ४.९७ |
६ | ६ | हरिवन(६) | ३७०२ | १०.५७ |
७ | ७ | हरिवन(७) | ३०८९ | ३.३८ |
८ | ८ | हरिवन(८) | ५८८३ | ६.४१ |
९ | ९ | हरिवन(९) | ३९४८ | ९.९ |
१० | १० | हरिवन(१०) | ६१७० | २.६९ |
११ | ११ | हरिवन(११) | ७८३८ | २.४६ |
जम्मा | ४९९८८ | ९५.४१ |
हरिवन नगरपालिकाको नक्सा
७. नामः बरहथवा नगरपालिका
परापुर्व कालमा बरहथवा छेत्रमा हाती लुक्ने बाह्र हात लामो खरको घाँसको धाडी बढी पाइने भएकोले सो क्षेत्रलाई बरहठा भन्ने गरिन्थ्यो | पछि अप्भ्नस भएर बरहथवा नाम हुन गएको पाइन्छ | जनकपुर अन्चलको सर्लाही जिल्लामा पर्ने बरहथवा विक्रम सम्वत् २०११ साल भन्दा पहिला अग्ला स्थान भएका वस्तीहरु वाहेक अधिकांश क्षेत्र जंगलले ढाकेको थियो | बरहथवा क्षेत्र जमिन्दारी प्रथामा संग्रामपुर मौज अन्तर्गत पर्दथ्यो | विक्रम सम्वत् २०११ सालमा बागमती नदीमा आएको भिषण बाढीले बरहथवा र वरिपरिका क्षेत्रलाई नदी उकाश जग्गाको रुपमा परिणत गर्यौ | वरपरका क्षेत्रबाट घाँस, दाउरा तथा काठको लागि जंगलमा आउने व्यक्तिहरुले बाढीले गर्दा जंगलमा उकास भएको जाग्गाको बारेमा थाहा पाए पछि हाल आवादीको लागि निवेदन दिए | बिक्रम सम्वत् २०११ साल पछि हालआवादीको दरखास्त संगै तत्कालिन जमिन्दार श्री चक्र बहादुर आमात्य ज्यु को नेतृत्वमा बरहथवा र आसपासका क्षेत्रलाई जंगल कटान गरी वसोवास योग्य बनाउन बन्दोवस्त मिलाइएको थियो |
पंचायतकालमा बरहथवा क्षेत्र पिडारी गाउँ पंचायत अन्तर्गत पर्दथ्यो | त्यसवेला पिडारी गाउँ पंचायतमा पिडारी, जानकीनगर, मुर्तिया, बरहथवा र शंकरपुरको केहि भागहरु समेटिएको थियो | २०२० सालमा बरहथवा क्षेत्र पिडारी गाउँ पंचायतबाट अलग भएर गंगापुर-सीतापुर गाउँ पंचायतअन्तर्गत समेटियो | बिक्रम. सम्वत् २०२०-२४ को नापीमा त्यस वेलाको बरहथवा गंगापुर-सीतापुर गाउँ पंचायत अन्तर्गतको वडा नम्बर ५,६,७,८, र ९ पर्दथ्यो | बाढी पश्चात विक्रम सम्वत् २०१९ सालसम्म बरहथवा वरिपरीका क्षेत्र हरुमा जंगलको अधिकारिक फडानी भयो | बरहथवा बजार को शुरुवात बिक्रम सम्वत २०२०-२१ सालतिर भएको पाइन्छ | बरहथवा क्षेत्रको आफ्नो छुट्टै पहिचान २०२५ सालमा मात्र बरहथवा गाउँपंचायतको रुपमा भएको थियो | बिक्रम सम्वत् २०२६ साल मा भएको बरहथवा गाउँ पंचायतको पहिलो चुनावमा श्री क्षेत्र सिंह गुरुङनिर्विरोध गाउँ पंचायतको प्रधान-पंचमा निर्वाचित हुनु भएको थियो | त्यस पश्चात प्रजातन्त्र आउदाकाल सम्म अधिकांश समयश्री नारायण बहादुर अमात्यज्युले बरहथवाको निर्वाचित प्रधानपंचको रुपमा सेवा गर्ने मौका पाउनु भयो |
विक्रम सम्वत् २०४६ सालको आन्दोलन पश्चात प्रजातन्त्रको प्रादुभाव संगै बरहथवा गाउँ पंचायत बरहथवा गाउँविकास समितिमा परिवर्तन हुन गयो | प्रजातन्त्र को प्रादुभाव भएपक्षि यस गा.वि.स.को अध्यक्ष श्री रामचन्द्र महतो ज्यु हुनु भयो त्यस पछिको चुनाव बाट श्री नारायण बहादुर आमात्य ज्यु नै गा.वि.स.को अध्यक्ष हुनु भयो | हाल जनसंख्या बार्षिक आय तथा भौतिक पूर्वाधारको अवस्थाको आधारमा नेपाल सरकारले मिति २०७२ साल अशोज १ गते बरहथवा गाउँ विकाश समिति मुर्तिया, हजरिया र लौकठ गाउँ विकाश समितिहरु मिलाएर बरहथवा नगरपालिका घोषित गरियो | तत्पस्चात साविकका सुन्दरपुर चुहर्वा गा.वि.स. श्रीपुर गा.वि.स. र जानकीनगर गा.वि.स. का वडा नं. ४,६,७,८, र ९ समायोजन गरि बरहथवा नगरपालिका को केन्द्र पुरानो बरहथवा गाउँविकास समितिको कार्यालयमा रहेको छ |
भौगौलिक अवस्थिति
अक्षांश : २७°००’ ०१.४” उत्तरी अक्षांश, देशान्तर : ८५° २७’ ४३.२” पूर्वी देशान्तर, उचाई : बरहथवाको सरदर ऊचाई समुद्र सतह देखि माथि करीब १०४ मिटर रहेको छ |
पुर्व : हरिपुर नगरपालिका, पश्चिम : रौतहट जिल्ला, उत्तर : बागमती नगरपालिका, दक्षिण : बसबरिया गाउँपालिका ।
केन्द्रः साविक बरहथवा नगरपालि
जनसङ्ख्याः ८११२०
क्षेत्रफलः १०७.०५ (वर्ग कि.मि.)
वडा संख्याः १८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बरहथवा(१) | ६८८१ | १४.४९ |
२ | २ | बरहथवा(२) | ४२२१ | ४.४६ |
३ | ३ | बरहथवा(३) | ६९२६ | ५.१४ |
४ | ४ | बरहथवा(४) | १६९९ | ३.९१ |
५ | ५ | बरहथवा(५) | ८१४७ | ६.१ |
६ | ६ | बरहथवा(६) | ३३६५ | १.५६ |
७ | ७ | बरहथवा(७) | ६९०९ | ५.०८ |
८ | ८ | बरहथवा(८) | ३३८४ | १.८३ |
९ | ९ | बरहथवा(९) | ५१३० | ८.०४ |
१० | १० | बरहथवा(१०) | ४५१३ | ७.८ |
११ | ११ | बरहथवा(११) | ५२४६ | ८.१७ |
१२ | १२ | बरहथवा(१२) | ३५१३ | ४.८१ |
१३ | १३ | सुन्दरपुर चोहर्वा(४-७) | ३१६९ | ४.५४ |
१४ | १४ | सुन्दरपुर चोहर्वा(१,३) | ४९७९ | ४.३१ |
१५ | १५ | सुन्दरपुर चोहर्वा(२,८,९) | ३६७२ | ९.६ |
१६ | १६ | जानकीनगर(४,६,७,८,९) | ४४१० | ८.२९ |
१७ | १७ | श्रीपुर(१,२,५,६,८) | २४७९ | ६.८४ |
१८ | १८ | श्रीपुर(३,४,७,९) | २४७७ | २.०७ |
जम्मा | ८११२० | १०७.०४ |
बरहथवा नगरपालिकाको नक्सा
८. नामः बलरा नगरपालिका
केन्द्रः साविक बलरा गा.वि.स.को
जनसङ्ख्याः ४७९१२
क्षेत्रफलः ५२.१ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हथिऔल(१-४,८) | ३९४३ | ६.११ |
२ | २ | हथिऔल(५,६,७,९) | ५६३० | ३.२१ |
३ | ३ | बलरा(१-४) | २७७८ | ३.५६ |
४ | ४ | बलरा(५-९) | ४३७१ | २.२१ |
५ | ५ | अर्नाहा(१-९) | ४५६५ | ३.५७ |
६ | ६ | मिरजापुर(१-९) | ५१८५ | २.७६ |
७ | ७ | डुमरीया(१-९) | ४५१६ | ४.३५ |
८ | ८ | गढहिया(३-९) | ५१६४ | ३.६ |
९ | ९ | अचलगढ(१-९) | ३९६५ | ६.३९ |
१० | १० | सुदामा(१-९) | ४४१६ | ३.४१ |
११ | ११ | छटौना(१-९) | ३३७९ | ९.३८ |
जम्मा | ४७९१२ | ४८.५५ |
बलरा नगरपालिकाको नक्सा

९. नामः गोडैटा नगरपालिका
केन्द्रः साविक गोडैटा गा.वि.स.
जनसङ्ख्याः ५४२७०
क्षेत्रफलः ४५.०७ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बहादुरपुर(१-९) | २३२२ | ३.३४ |
२ | २ | बेल्वा जब्दी(१-९) | ७२३० | ७.९ |
३ | ३ | भगवतीपुर(१-९) | ५३४७ | ४.६७ |
४ | ४ | रोहुवा(१-९) | ३८९५ | २.८८ |
५ | ५ | रामवन(१-९) | ५०५९ | ४.९८ |
६ | ६ | बगदह(५-९) | ४१८७ | ३.९५ |
७ | ७ | गोडैटा(२,३,४,८,९) | ३७४४ | २.७५ |
८ | ८ | गोडैटा(१,५-७) | ३९२२ | २.२८ |
९ | ९ | बगदह(१-४) | ३२८९ | ३.८ |
१० | १० | सिसौटिया(५-८) | ४६१२ | ३.०४ |
११ | ११ | सिसौटिया(१-४,९) | ५९३२ | ५.४७ |
१२ | १२ | मधुवनी(१-९) | ४७३१ | ३.५५ |
जम्मा | ५४२७० | ४८.६१ |
गोडैटा नगरपालिकाको नक्सा
१०. नामः बागमती नगरपालिका
केन्द्रः साविक कर्मैया गा.वि.स
जनसङ्ख्याः ४७१०६
क्षेत्रफलः १०१.१८ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ढुङ्ग्रेखोला(१,२,४) | ४७३४ | ९.७५ |
२ | २ | ढुङ्ग्रेखोला(५,६,७) | ३०७७ | ८.२७ |
३ | ३ | ढुङ्ग्रेखोला(८,९) | ४२३१ | ५.१७ |
४ | ४ | कर्मैया(७-९) | ६६७४ | २३.४९ |
५ | ५ | राजघाट(६-८) | ५१७२ | ५.५५ |
६ | ६ | राजघाट(४,५,९) | २६५८ | ९.३६ |
७ | ७ | राजघाट(१-३) | ३८२३ | ८.५५ |
८ | ८ | शंकरपुर(३-५) | ३५४२ | ४.१५ |
९ | ९ | शंकरपुर(१,२,६,८) | ३१९१ | २.६८ |
१० | १० | शंकरपुर(७,९) | ३७४७ | १२.७८ |
११ | ११ | कर्मैया(४-६) | २४९६ | ७.१८ |
१२ | १२ | कर्मैया(१-३) | ३७६१ | ४.२७ |
जम्मा | ४७१०६ | १०१.२ |
बागमती नगरपालिकाको नक्सा
११. नामः कविलासी नगरपालिका
केन्द्रः साविक कविलासी गा.वि.स
जनसङ्ख्याः ४२३३६
क्षेत्रफलः ४८.११ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पिपरिया(२,३,४, ९) | ३७११ | ३.५७ |
२ | २ | पिपरिया(१,५-८) | ३५४६ | ३.०१ |
३ | ३ | जमुनिया(१-४,६,७) | ४७५५ | ४.३६ |
४ | ४ | हेमपुर(१,४-७) | ४४०२ | ४.२० |
५ | ५ | हेमपुर(२,३,८,९) | ४१५० | ४.६१ |
६ | ६ | जमुनिया(५,८,९) | ४००७ | ६.३३ |
७ | ७ | कविलासी(८,९) | ३८२४ | ७.४२ |
८ | ८ | कविलासी(१-७) | ७२७० | ८.१५ |
९ | ९ | सलेमपुर(१,२,३,८,९) | ४१२५ | २.९३ |
१० | १० | सलेमपुर(४,५,६,७) | ४४१४ | ३.५२ |
जम्मा | ४४२०४ | ४८.१ |
कविलासी नगरपालिकाको नक्सा
१२. नामः चक्रघट्टा गाउँपालिका
केन्द्रः साविक खोरियागा गा.वि.
जनसङ्ख्याः
क्षेत्रफलः २५.३३ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पीडरिया(४,६-९) | २५५१ | २.३४ |
२ | २ | बेल्ही(१-९) | ३३८० | ३.११ |
३ | ३ | सुन्दरपुर(१-५) | ४२९० | ३.१२ |
४ | ४ | सुन्दरपुर(६-९) | ३३४६ | २.१२ |
५ | ५ | पीडरिया(१-३,५) | २६६२ | ३.६ |
६ | ६ | खोरिया(६-९) | २४३० | १.६८ |
७ | ७ | औरही(६-९) | ३७७६ | ४.४५ |
८ | ८ | औरही(१-५) | ४२८६ | १.७१ |
९ | ९ | खोरिया(१-५) | २८२९ | ३.०३ |
जम्मा | २९५५० | २५.१६ |
चक्रघट्टा गाउँपालिकाको नक्बसा
१३. नामः चन्द्रनगर गाउँपालिका
केन्द्रः साविक चन्द्रनगर गा.वि
जनसङ्ख्याः ३३३२८
क्षेत्रफलः ४७.५(वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | किसनपुर(१-९) | ५९९४ | १२.६४ |
२ | २ | बबरगंज(७,८,९) | ५६९४ | २.२६ |
३ | ३ | बबरगंज(१,२,३,६) | ५३९४ | ३.६२ |
४ | ४ | बबरगंज (४,५) र मोहनपुर(२,३,४) | ४९२९ | ५.३२ |
५ | ५ | मोहनपुर(१,५,६,७,८,९) | ४५२० | ८.८७ |
६ | ६ | चन्द्रनगर(२-६,९) | ५९४४ | १०.४८ |
७ | ७ | चन्द्रनगर(१,७,८) | ४४३३ | ४.३२ |
जम्मा | ३६९०८ | ४७.५१ |
चन्द्रनगर गाउँपालिकाको नक्सा
१४. नामः धनकौल गाउँपालिका
केन्द्रः साविक धनकौल गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ३२८८१
क्षेत्रफलः ४६.०६ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सेखौना(१-९) | ५४२८ | ७.२३ |
२ | २ | धनकौल पश्चिम(१-९) | ४४५० | ९.६५ |
३ | ३ | हर्कथवा(१-५) | ३२३२ | ६.१६ |
४ | ४ | महिनाथपुर(१-९) | ३८३८ | २.७२ |
५ | ५ | हर्कथवा(६-९) | ३४४३ | २.२४ |
६ | ६ | छटौल(१-३,८,९) | २८९८ | १५.२९ |
७ | ७ | छटौल(४-७) | ४६८५ | २.६४ |
जम्मा | २७९७४ | ४५.९३ |
धनकौल गाउँपालिकाको नक्सा
१५. नामः ब्रम्हपुरी गाउँपालि
केन्द्रः साविक ब्रम्हपुरी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ३६१६९
क्षेत्रफलः ४०.५६ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ब्रह्मपुरी(१,४,५,९) | ३९७४ | ६.०३ |
२ | २ | ब्रह्मपुरी(२,३,६,७,८) | ५६६७ | २.८९ |
३ | ३ | भेल्ही(१-९) | ५१०३ | ३.९४ |
४ | ४ | त्रिभुवननगर(१-९) | ४०२५ | २.३६ |
५ | ५ | नौकेल्हवा(१-४) | ४०१४ | १०.४३ |
६ | ६ | नौकेल्हवा(६,८,९) | ४२९२ | ६.३१ |
७ | ७ | नौकेल्हवा(५,७) | ४३०३ | १.९४ |
जम्मा | ३१३७८ | ३३.९ |
ब्रह्मपुरी गाउँपालिकाको नक्सा
१६. नामः रामनगर गाउँपालिका
केन्द्रः साविक रामनगर गा.वि.स.
जनसङ्ख्याः ४०१२८
क्षेत्रफलः ५१.५९ (वर्ग कि.मि.)
वडा संख्याः १०
रामनगर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खैरवा(१-६) | ७८५१ | ८.४१ |
२ | २ | खैरवा(७-९) | ५५९६ | ४.६ |
३ | ३ | रामनगर बहुअर्वा(१-४) | २५३२ | ०.५९ |
४ | ४ | रामनगर बहुअर्वा(५-९) | ४४८४ | ४.१८ |
५ | ५ | गढहिया(१,२) | २२६४ | १.४८ |
६ | ६ | सिसौट(२,३,६-८) | ४७४८ | ३ |
७ | ७ | सिसौट(१,४,५,९) | ३८९१ | ४.१७ |
जम्मा | ३१३६६ | ५१.५९ |
रामनगर गाउँपालिकाको नक्सा
१७. नामः विष्णु गाउँपालिका
केन्द्रः साविक सिमरा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ३९२०४
क्षेत्रफलः३९.८७ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाराउद्योरण(१,२,३,५,६) | ३०७९ | २.४२ |
२ | २ | बाराउद्योरण(४,७,८,९) | २८७५ | ३.९७ |
३ | ३ | मधुवनगोठ(१-५) | ३८७० | १.४८ |
४ | ४ | मधुवनगोठ(६-९) | २९६६ | ४.०७ |
५ | ५ | सिमरा(६-९) | ३८३७ | २.२५ |
६ | ६ | सिमरा(१-५) | ६०८२ | ८.६ |
७ | ७ | बत्रौल(५-७,९) | ३१७० | २.३६ |
८ | ८ | बत्रौल(१-४,८) | २६९१ | २.९७ |
जम्मा | २८५७० | २८.१२ |
विष्णु गाउँपालिकाको नक्सा
१८. नामः बसबरिया गाउँपालिका
केन्द्रः साविक भवानीपुर गा.वि.
जनसङ्ख्याः २३५६८
क्षेत्रफलः २९.४२ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मानपुर(४-८) | ५५५५ | ४.०९ |
२ | २ | मानपुर(१-३,९) | ४७८८ | ९.५८ |
३ | ३ | भवानीपुर(१-९) | ३८८५ | ४.६९ |
४ | ४ | धनगढा(३,६-९) | ३९२५ | ४.२५ |
५ | ५ | धनगढा(१,२,४,५) | ३६७० | २.६७ |
६ | ६ | सोहडवा(१-९) | ४०८२ | ४.१४ |
जम्मा | २५९०५ | २९.४२ |
बसबरीया गाउँपालिकाको नक्सा
१९. नामः कोडैना गाउँपालिका
केन्द्रः साविक कोडैना गा.वि.स.
जनसङ्ख्याः
क्षेत्रफलः २५.३३ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लक्ष्मीपुर शुख्चैना(१-९) | ६२७१ | २.४७ |
२ | २ | फुलपरासी(१-९) | ४२३४ | ३.४८ |
३ | ३ | कौडेना(१-३,८,९) | ४८५५ | ५.९२ |
४ | ४ | मोतिपुर(१-९) | ४१६७ | ४.७४ |
५ | ५ | कौडेना(४-७) | ३७९५ | २.८८ |
६ | ६ | सक्रौल(३-७) | २७७३ | ०.७६ |
७ | ७ | सक्रौल(१,२,८,९) | २६०७ | ५.०७ |
जम्मा | २८७०२ | २५.३२ |
कौडेना गाउँपालिकाको नक्सा
२०. नामः पर्सा गाउँपालिका
केन्द्रः साविक पर्सा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २४००५
क्षेत्रफलः २३.१२ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | संग्रामपुर(७-९) | ४३२१ | ३.९ |
२ | २ | संग्रामपुर(१-६) | ४४७१ | २.०९ |
३ | ३ | नारायणपुर(१-९) | ३०८० | ३.८६ |
४ | ४ | जिंगडवा(१-९) | ४६७५ | ६.६ |
५ | ५ | पर्सा(१,२,९) | ३६९८ | ४.८५ |
६ | ६ | पर्सा(३-८) | ३७६० | १.८२ |
जम्मा | २४००५ | २३.१२ |
पर्सा गाउँपालिकाको नक्सा
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला समन्वय समिति र्सलाही । याे लेखमा कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले र्सलाही जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।