परिचय
मधेश प्रदेश अन्त्रगत पर्ने सप्तरी जिल्ला नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला को रूपमा चिनिन्छ । एक समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । विभिन्न धर्मावलम्बीहरू एक आपसमा भाइचारा एवम् सामाजिक सद्भावका साथ पुस्तौंदेखि बस्दैआएका छन् । सप्तरी जिल्लाको नामाकरणको सम्वन्धमा पर्दा सप्त र तरी गरी दुइवटा शब्दले बनेको छ । सप्तको अर्थ सात तरीको अर्थ वन । सातवटा वनको श्रृङ्खला रहेका कारण सप्त तरी भन्दा भन्दै सप्तरी भनिन थालिएको हो भन्ने जनविश्वास रहि आएको छ ।

समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागलेिचय ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । यस जिल्लालाई ६ ओटा निर्वाचन क्षेत्र र १७ ओटा इलाकामा विभाजन गरिएको छ ।
भाैगोलीक अवस्थिति र हावापानी
समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । सप्तरी जिल्लाको हालको सीमाना पूर्वमा सप्तकोशी नदी, पश्चिममा बलान नदी, उत्तरमा उदयपुर र दक्षिणमा भारतको सहर्षा र मधुवनी जिल्ला पर्दछ ।

ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदा
सप्तरी जिल्लाको यो भू-भाग प्राचीन अवस्थामा विदेह -मिथिला) राज्य अर्न्तर्गत पर्दथ्यो । आर्य संस्कृतिको उद्भव स्थलको रूपमा परिचित सप्तरीको बनौलीमा मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षम्म निर्वासित जीवन बिताएका थिए । पुरादित्य राजाको बनौली स्थित दरबारमा राजा शिव सिंहकी पत्नी लखिमा देवीका साथ महाकवि विद्यापति बसेको तथ्य इतिहासमा उल्लेख छ । विद्यापतिको गुणवताबाट प्रसन्न भएर पुरादित्य राजाले इ.सं. १४०८ मा लिखनावली लेख्न लगाएका थिए । उक्त ग्रन्थमा राजकाज सञ्चालन सम्बन्धी विषयवस्तुहरू समावेश गरिएको थियो ।
त्यसो त सप्तरी जिल्लामा विभिन्न समयमा राजा महाराजाहरूको निवास तथा आश्रय स्थल रहेको कुरा इतिहासमै उल्लेख छ । चुरे क्षेत्रमा चन्द्रवंशी राजाहरूको दरबार, खोक्सर प्रवाहाको कनकपट्टी दरबार, मानराजाको मानराजा गढी, छिन्नमस्ताको सखडेश्वरी भगवती, राजविराजको राजदेवी भगवती, भारदहको कंकालिनी भगवती, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, कटैयाको दिनाभद्री, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर सहितका धार्मिक स्थल एवम् अवशेषहरूले सप्तरी जिल्लाको ऐतिहासिकताबारे पुष्टि गर्दछन् ।

प्राकृतिक सम्पदा
सप्तरी जिल्ला भएर पूर्वमा सप्तकोशी नदी र पश्चिममा बलान नदी बगेका छन । यी नदीहरूले मिथिलाञ्चलको शान बढाउनुका साथै जिल्लाको सीमाना समेत छुट्याएका छन् । त्यसो त वि.सं. २०२२ साल अघिसम्म सप्तरी जिल्लाको सीमाना सुनसरीको लौकहीसम्म र पश्चिममा कमला नदीसम्म पर्दथ्यो । वि.सं. २०२२ सालमा राजनीतिक विभाजनका कारण हाल सुनसरीमा पर्ने कुशहा, हरिपुर, शोभनपुर, मधुवन र श्रीपुरका साथै कोशी टप्पु वन्यजन्तु आरक्षण समेतलाई अलग-अलग पार्ने काम भएको हो । यता हालको कमला नदीदेखि पूर्वको महत्त्वपूर्ण चार प्रगन्ना सिराहा जिल्लामा गाभिएको हो ।
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार सप्तरी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १८ स्थानियतह र्निमाण गरिएको छ । जसमा ८ वटा नगरपालीका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | राजविराज नगरपालिका | राजविराज नगरपालिका, मलेठ, बोरिया (३-७), फर्सेट, हरिहरपुर (६), बिष्हरिया, कोमध्येपुरा (४-७), देउरी भौवा र दिधुवा गा.वि.स. | १६ |
२ | कञ्चनरुप नगरपालिका | कञ्चनरुप नगरपालिका र भैरवा गा.वि.स., | १२ |
३ | डाक्नेश्वरी नगरपालिका | कविलास, तरही, भुतही ,पातो, औरही, ब्रम्हपुर, गम्हरीया परवाहा, पत्थरगाडा र बनौला गा.वि.स. | १० |
४ | बोदेबरसाईन नगरपालिका | बोदेबरसाइन, फुल्काही, मनराजा, खडकपुर, काचन, देउरी, सारश्वर, धनगढी (१-८) र नेगडा गा.वि.स. | १० |
५ | खडक नगरपालिका | साविक कल्याणपुर,धनगढी (९), खोजपुर, बनरझुल्ला, पन्सेरा, मैनासहर्शवाहु, ईनरुवा फुलवडिया, बनौली, र सिसवा बेल्ही गा.वि.स. | ११ |
६ | शम्भुनाथ नगरपालिका | साविक शम्भुनाथ नगरपालिका र अर्नाहा गा.वि.स. | १२ |
७ | सुरुङ्गा नगरपालिका | पिप्रा (पश्चिम), हर्दिया, दौलतपुर, मधुपट्टी, कुशाहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वा र मलहनिया (५,६) गा.वि.स. | ११ |
८ | हनुमाननगर कङ्कालिनी नगरपालिका | हनुमाननगर योगिनिमाई न.पा., रामपुर मल्हनिया, भारदह, पर्ताहा र मधुवापुर गा.वि.स. | १४ |
९ | सप्तकोशी नगरपालिका | साविक सप्तकोशी नगरपालिका | ११ |
१० | अग्निसाइर कृष्णासरवन गाउँपालिका | जण्डौल, परसवनी, सितापुर, हरिहरपुर (१-५,७-९) र बकधुवा गा.वि.स. | ६ |
११ | छिन्नमस्ता गाउँपालिका | बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गा.वि.स. | ७ |
१२ | महादेवा गाउँपालिका | समावेश भएका साविक गा.वि.स.वा न.पा.; साविक पकरी, डाढा, बथनाहा,महादेवा र भगवतपुर गा.वि.स. | ६ |
१३ | तिरहुत गाउँपालिका | त्रिकोल, मैनाकडेरी, गोईठी,डिमन र लोहजरा गा.वि.स. | ५ |
१४ | तिलाठी कोईलाडी गाउँपालिका | तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा (१-३,८,९) र को.बर्साईन गा.वि.स. | ८ |
१५ | रुपनी गाउँपालिका | नकटी रायपुर, बसबिटी, कटैया, जमुनी मधेपुरा र तेर्हौता गा.वि.स. | ६ |
१६ | राजगढ गाउँपालिका | झुट्की, बनैनिया, नर्गो,बेल्ही चपेना, फकिरा र मलेकपुर (१-४) गा.वि.स. | ६ |
१७ | बिष्णुपुर गाउँपालिका | सिम्रहा सिगियौन, मलेकपुर (५-९),जमुनीमधेपुरा, बोरिया (१,२,८,९) र इटहरी बिष्णुपुर गा.वि.स. | ७ |
१८ | बलान-बिहुल गाउँपालिका | रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया (१-४,७,८,९) | ६ |
जम्मा | १६४ |
१. नामः राजविराज नगरपालिका
राजविराज नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको मधेश प्रदेश अन्तर्गतको सप्तरी जिल्लामा पर्ने एक स्थानीय तह हो । यो नगरपालिकाको नाम प्राचीन राजदेवी मंदिरसँग जोडिएको छ राजदेवी माँता यस भुमिमा विराजमान रहेको मान्यता अनुरुप यस नगरपालिकाको नाम राजविराज राखिएको हो । यो नगरपालिकाले नेपालको आधुनिक इतिहासमा एक सक्रिय राजनितिक शहरको रुपमा रहदैआएको छ । यस क्षेत्रका केही व्यक्तिहरु देशको प्रसिद्द प्रभावशाली व्यक्तित्वहरुको रुपमा रहदै आएको छ । जिल्लाको सबै भन्दा पुरानो नगरपालिकाको साथ साथै सगरमाथा अञ्चल र सप्तरी जिल्लाको सदरमुकाम रहेको थियो । यो नगरपालिका नेपालको प्रदेश नम्बर २ को दक्षिणी-पूर्वी क्षेत्रमा रहेको छ । राजविराज नगरपालिका, नगरकार्यपालिकाको कार्यालय राजविराज वडा नं. ७ मा जिल्ला अदालत तथा भगवती मन्दिर सँगै रहेको छ ।
राजविराज शहर व्यवस्थित रुपमा ई.स. १९३८ मा भारतको जयपुर बजारको डिजाइन अनुसार बनाईएको हो । राजविराज नगरपालिका जिल्ला सप्तरीको झण्डै मध्य भागमा अवस्थित छ । यो शहरलाई बि.स. २०१६ सालमा मा नगरपालिका घोषणा गरिएको थियो । साविकको राजविराज नगरपालिका, गा.वि.स.हरु (मलेठ, दिघवा, फर्सेठ, बिष्हरिया, देउरी भरुवा) र केही गा.वि.स.को वडाहरु (हरिपुर-६, को. मध्येपुरा ४-७, बोरिया ३-७) लाई सामावेश गरी हाल १६ वटा वडाहरु यस नगरपालिकामा रहेको छ ।राजविराजको दुरी नेपालको केन्द्रीय राजधानी शहर काठमान्डौंबाट मुंग्लिन बजार-भरतपुर-हैटौडा-पथलैया-मिर्चैया-लहान-रुपनी हुदै ४५७ कि.मि. पर्दछ भने काठमान्डौबाट अरनिको राजमार्गको सानोठिमी – वनेपा – धुलिखेल र बि. पि. राजमार्गको–धुलिखेल- नेपालथोक – खुर्कोट – सिन्धुलीमाढी- बर्दिवास र महेन्द्र राजमार्गको ढल्केवर – मिर्चेया – लहान – रुपनी हुदै २९७ कि. मि. पर्दछ , महेन्द्र राजमार्गको रुपनी खण्डबाट १० कि.मि. दक्षिणमा राजविराज रहेको छ । राजविराज नगरपालिका देखि भारत को कुनौली बजार ११ कि. मि. दक्षिणमा पर्दछ ।
केन्द्रः साविक राजविराज नगरपा
क्षेत्रफलः ५५.३२(वर्ग कि.मि.)
वडा संख्याः १६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | राजविराज(२,१०) | ५९५५ | ५.६९ |
२ | २ | राजविराज(९) | ५१६७ | १.८५ |
३ | ३ | राजविराज(४) | ३०७२ | ०.३३ |
४ | ४ | राजविराज(३) | ३०४४ | ०.१४ |
५ | ५ | राजविराज(८) | ३२०६ | ०.४ |
६ | ६ | राजविराज(७) | ६५८८ | ०.६४ |
७ | ७ | राजविराज(१,६) | ५६०१ | १.९६ |
८ | ८ | राजविराज(५) | ५१०५ | ०.९९ |
९ | ९ | मलेथ(१-९) | ६६९६ | ८.३८ |
१० | १० | दिधुवा (१-९) र हरिहरपुर(६) | ४८११ | ८.८५ |
११ | ११ | फर्सेट(१-९) | ३५१५ | ४.४७ |
१२ | १२ | बिष्हरिया(१,२,३,९) | ३३३९ | ४.५८ |
१३ | १३ | बिष्हरिया(४-८) | ३७८१ | ५.७१ |
१४ | १४ | कोमध्येपुरा(४-७) | २६४४ | ३.०४ |
१५ | १५ | देउरी भौवा(१-९) | ४७३८ | ४.६६ |
१६ | १६ | बोरिया(३,४,५,६,७) | २५४१ | ३.६३ |
जम्मा | ६९८०३ | ५५.३२ |
राजविराज नगरपालिकाको नक्सा
२. नामः कञ्चनरुप नगरपालिका
कञ्चनरुप नगरपालिकाको क्षेत्रफल १४३.३३ वर्ग कि.मि. रहेको छ भन्ने जनसंख्या ६३,५५६ छ। यो समुद्र सतहदेखि ७५ देखि ३०० मिटर को उचाईमा अवस्थित छ । साविकका दश वटा गा.वि.स. हरु पिप्रापूर्व, धोधनपुर, जगतपुर, कञ्चनपुर, रुपनगर, बदगामा, ठेलिया, धरमपुर बरमझिया र बैरबा मिलेर बनेको हो । नेपाल सरकार मन्त्री परिषदको वि.सं.२०७१ बैशाख २५ र २०७३ फाल्गुन २२ गतेको ( सन् २०१४, मे ८ र सन् २०१७ मार्च ५ ) निर्णय बमोजिम यो नगरपालिका घोषणा भएको हो । पूर्वमा शप्तकोसी (कोशीटप्पु वन्यजन्तु आरक्ष) पश्चिममा कृष्णासबरन गा.पा. र तिरहुत गा.पा., उत्तरमा सप्तकोशी न.पा. र उदयपुर जिल्लाको सिमाना र दक्षिणमा हनुमाननगर कंकालिनि न.पा. रहेका छन् । पूर्व पश्चिम राजमार्गले यो नगरपालिकालाई झण्डै बीच भागमा चिर्दै गएको छ भने फत्तेपुर–भारदह–राजबिराज मार्गले पनि बीचैमा काटेको छ ।साविकको बैरवा गा.वि.स. वडा नं १-९ लाई मिसाएर वडा नं १ बनाइको छ । बरमझिया गा.वि.स.का वडा नं ३-६ र बदगामा गा.वि.स. का ५ र ६ वडालाई मिसाएर वडा नं २ बनाइएको छ ।
बरमझिया गा.वि.स.का १,२,७-९ र ठेलिया गा.वि.स.को वडा नं ७ लाई मिसाएर वडा नं ३ निर्माण गरिएको छ । त्यसैगरि जगतपुर गा.वि.स.का सबै वडाहरुलाई मिलाएर वडा नं ४ बनाइएको छ । पिप्रा पूर्वका सबै वडाहरुलाई मिलाएर वडा नं ५ कायम गरिएको छ । धोधनपुर गा.वि.स.का १-६ वडालाई वडा नं ६ कायम गरिएको छ । धरमपुर गा.वि.स.का १-५ र धोधनपुर गा.वि.स.का ७ र ८ वडालाई मिलाएर वडा नं ७ कायम गरिएको छ । कञ्चनपुर गा.वि.स.का पनि सबै वडाहरुलाई एकै ठाउँमा मिलाएर वडा नं ८ निर्माण गरिएको छ । रुपनगर गा.वि.स.का ५,६,८,९ र धरमपुर गा.वि.स.का ६,७, ९ मिलाएर वडा नं ९ बनाइएको छ ।
बदगामा गा.वि.स.का ५ र ६ बाहेकका सबै वडाहरुको समूहलाई वडा नं १० बनाइएको छ।ठेलिया गा.वि.स.का वडा नं ७ बाहेक अन्य वडाहरुलाई मिलाएर वडा नं ११ बनाई नगरपालिका निर्माण गरिएको छ भने रुपनगर गा.वि.स.का १-४,७ र धरमपुर गा.वि.स.को वडा नं ८, धोधनपुर गा.वि.स.को वडा नं ९ लाई मिलाएर वडा नं १२ बनाइएको छ । साविकको कञ्चनपुर गा.वि.स.को नामबाट अगाडिको आधा कञ्चन र रुपनगर गा.वि.स.को नामबाट अगाडिको नाम रुप (कञ्चन + रुप) मिलाएर कञ्चनरुप नामाकरण गरिएको हो ।अहिले बेरियर रहेको ठाउँ नजिकको स्थानमा कञ्चन पोखरी थियो र कालान्तरमा कञ्चन पोखरी कञ्चनपुरमा परिणत भएको भनाई छ र हाल कञ्चनपुर बेरियरमा नगरपालिकाको कार्यालय संचालनमा छ। त्यसै गरि रुपनगरमा हात्ती, घोडा सहित लावा लश्करले राम्रो देखिएकोले रुपनगर भनिएको भन्ने भनाई पाइन्छ ।
केन्द्रः साविक कञ्चनरुप नगरपा
क्षेत्रफलः ११७.३५(वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भैरवा(१-९) | २२८२ | २५.१५ |
२ | २ | कञ्चनरुप(१) | २४४१ | २.६८ |
३ | ३ | कञ्चनरुप(२) | ३२१८ | ३.२१ |
४ | ४ | कञ्चनरुप(४) | २८४० | ५.२२ |
५ | ५ | कञ्चनरुप(६) | ३१९६ | ६.२१ |
६ | ६ | कञ्चनरुप(१०) | ३४९४ | ६.२५ |
७ | ७ | कञ्चनरुप(९) | ३२९३ | ४.४५ |
८ | ८ | कञ्चनरुप(५) | २८३३ | ५.०४ |
९ | ९ | कञ्चनरुप(७) | २९९७ | ८.२६ |
१० | १० | कञ्चनरुप(३) | ३२१८ | ३.७ |
११ | ११ | कञ्चनरुप(११) | २२७५ | २५.४२ |
१२ | १२ | कञ्चनरुप(८) | ३१५१ | २१.७६ |
जम्मा | ३५२३८ | ११७.३५ |
कञ्चनरुप नगरपालिकाको नक्सा
३. नामः डाक्नेश्वरी नगरपालि
सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालको फाल्गुन २७ गते पातो बजारमा केन्द्र राखी ९ वटा साविकका गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो बजार अवस्थित शक्तिपीठ डाक्नेश्वरी भगवती माताका नामले यसको नामाकरण गरिएको हो । साविकका ९ गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी. र जनगणना २०७८ अनुसार ४७,७३९ (जसमध्ये महिला २४,०४९ र पुरुष २३,६९०) जनसंख्या रहेको छ ।
सप्तरी जिल्लाको ९ नगरपालिका मध्ये एक डाक्नेश्वरी नगरपालिका हो । यस नगरपालिका पूर्ण तराईमा रही भारतसंग दक्षिणी भागले सिमाना जोडेको छ । पश्चिमी भागमा बादे बर्साइन नगरपालिका, पूर्वी भागमा बेल्ही चपेना (हाल राजगढ) गाउँपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिका उत्तरी भागमा रहेको छ । राजविराजबाट २० कि.मी. पश्चिम–दक्षिण, कठौनाबाट १५ कि.मी. दक्षिणमा यस नगरपालिकाको कार्यपालिका अवस्थित छ । यस नगरका जुडी, खडग, सितुवाही, थलहा, कजरा लगायतका नदीहरू र कोशी नहर र पम्प नहरले यस नगरपालिकाका वडाहरू र अरू नगरपालिकाहरू संग सिमा बनाएको छ ।
केन्द्रः साविक पातो गा.वि.स.को
क्षेत्रफलः ६९.१२(वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कविलास(१-९) | ३९३६ | ५.९१ |
२ | २ | भुतही(५-९) | २०२८ | १.७८ |
३ | ३ | तरही(१-९) | ४७०४ | ६.४९ |
४ | ४ | भुतही(१-४) | ४०१६ | ३.१३ |
५ | ५ | पातो(१-९) | ५३९४ | ७.३७ |
६ | ६ | औरही(१-९) | ५३०० | ९.११ |
७ | ७ | ब्रम्हपुर(१-९) | ४६७३ | ७.७६ |
८ | ८ | गम्हरीया परवाहा(१-९) | ६१४५ | १०.५९ |
९ | ९ | पत्थरगाडा(१-९) | ५१९८ | १०.५५ |
१० | १० | बनौला(१-९) | ३३८८ | ६.४३ |
जम्मा | ४४७८२ | ६९.१२ |
डाक्नेश्वरी नगरपालिकाको नक्सा
४. नामः बोदेबरसाईन नगरपालि
नेपालकाे संविधान अनुसार मधेश प्रदेशका जिल्लाहरु मध्येकाे सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित जिल्ला हाे । सप्तरीलाई स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९ गाउँपालिकाहरुमा विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदे वर्साइन.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालाई छोएकाे छ । नगरपालिकाकाे जम्मा क्षेत्रफल ५८.९३ (वर्ग कि.मि.)रहेकाे छ । मिश्रित बसाेवास रहेकाे यस नगरपालिकामा मुख्य गरी हिन्दु र ईस्लाम धर्म मान्ने समुदायहरुकाे बसाेवास रहेकाे छ । यस नगरपालिका अन्तर्गत पर्ने धार्मिक स्थलहरु मध्ये मानराजा गढी र लक्ष्मी नरायण मन्दिर मुख्य पर्यटकिय क्षेत्रका रुपमा प्रचलित छन् । यस नगरपालिका मा माछा पालन,पशुपालन,धानखेती,गहु खेती,जुट खेती तथा उखु खेतीकाे प्रचुर सम्भाबना रहेकाे छ ।
केन्द्रः साविक बोदेबरसाईन गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ४३२२९
क्षेत्रफलः ५८.९२(वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | धनगढी(१-८) | ४४२९ | ५.३४ |
२ | २ | नेगडा(१-९) | ४३५० | ७.१७ |
३ | ३ | सारश्वर(१-९) | ५६६२ | ६.९९ |
४ | ४ | फुल्काही(६-९) | १६६९ | १.७७ |
५ | ५ | बोदेबरसाइन(१-९) | ५६३३ | ५.४५ |
६ | ६ | फुल्काही(१-५) | ३४०५ | ६.४३ |
७ | ७ | मनराजा(१-९) | ४४४७ | ३.८९ |
८ | ८ | काचन(१-९) | ४१९९ | ७.८७ |
९ | ९ | देउरी(१-९) | ४७३८ | ६.५४ |
१० | १० | खडकपुर(१-९) | ४६९७ | ७.४७ |
जम्मा | ४३२२९ | ५८.९२ |
बोदेबरसाईन नगरपालिकाको नक्सा
५. नामः खडक नगरपालिका
केन्द्रः साविक कल्याणपुर गा.वि
क्षेत्रफलः ९६.७८(वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सिसवा बेल्ही(१-५) | ३६२२ | ४.८३ |
२ | २ | सिसवा बेल्ही(६-९) | २६६४ | ५.०८ |
३ | ३ | बनरझुल्ला (१-९), पन्सेरा(८,९) | ५२२६ | ७.१३ |
४ | ४ | पन्सेरा(१-७) | ४०९० | १४.०८ |
५ | ५ | खोजपुर(१-४,६-९) | ४३९० | २२.२६ |
६ | ६ | कल्याणपुर(४,५,६) | २२४२ | ८.७४ |
७ | ७ | कल्याणपुर(३,७) | ३०६० | ४.८४ |
८ | ८ | खोजपुर (५),धनगढी(९) र कल्याणपुर(१-९) | ४८६६ | ७.५७ |
९ | ९ | मैनासहर्शवाहु (१-९) र ईनरुवा फुलवडिया(९) | ४८४२ | ७.४७ |
१० | १० | ईनरुवा फुलवडिया(१-८) | ४६०८ | ६.९८ |
११ | ११ | बनौली(१-९) | ५७५७ | ७.८ |
जम्मा | ४५३६७ | ९६.७८ |
खडक नगरपालिकाको नक्सा
६. नामः शम्भुनाथ नगरपालिका
केन्द्रः साविक शम्भुनाथ गरपालि
क्षेत्रफलः १०८.७२(वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | शम्भुनाथ न.पा.(१) | २३०१ | ३.०२ |
२ | २ | शम्भुनाथ न.पा.(२) | २२७५ | २६.२७ |
३ | ३ | शम्भुनाथ न.पा.(३) | ३२१८ | ६.४१ |
४ | ४ | शम्भुनाथ न.पा.(४) | ३४१४ | ५.८७ |
५ | ५ | शम्भुनाथ न.पा.(५) | २८४० | १.७१ |
६ | ६ | शम्भुनाथ न.पा.(६) | २८३३ | २.६५ |
७ | ७ | शम्भुनाथ न.पा.(७) | ३१९६ | ३३.७२ |
८ | ८ | शम्भुनाथ न.पा.(८) | २९९७ | ७.७६ |
९ | ९ | शम्भुनाथ न.पा.(९) | ३१५१ | ६.०२ |
१० | १० | शम्भुनाथ न.पा.(१०) | ३२९३ | २.४१ |
११ | ११ | शम्भुनाथ न.पा.(११) | ३४९४ | ४.१६ |
१२ | १२ | अर्नाहा(१-९) | ५००६ | ८.७२ |
जम्मा | ३८०१८ | १०८.७२ |
शम्भुनाथ नगरपालिकाको नक्सा
७. नामः सुरुङ्गा नगरपालिका
सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा, हर्दिया, दौलतपुर ,मधुपट्टी, कुशहा, हरिपुर, मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |यस नगरपालिका भित्र प्राकृतिक श्रोत साधन पर्याप्त रहेको छ |बहुभाषिक,बहुजातीय तथा भौगोलिक दृष्टिकोणले फरक यस नगरपालिकामा खासगरी थारु,तेली, यादव,मुसलमान, बनिया,कलवार,पासवान,चमार, मुशहर,मलाह, ब्राम्हण, क्षेत्री,मगर, राई,कोइरी, खत्वे,दनुवार,सुडी आदि जातिको बसोबास रहेको पाइन्छा |
केन्द्रः साविक मधुपट्टी गा.वि.
क्षेत्रफलः १०७.०३ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पिप्रा (पश्चिम)(१-९) | ४२११ | १४.९८ |
२ | २ | हर्दिया(१-९) | ५२८६ | १३.९३ |
३ | ३ | दौलतपुर(१-९) | ४७७५ | १२.९६ |
४ | ४ | मधुपट्टी(१-९) | ४७८६ | १४.९५ |
५ | ५ | कुशाहा(५-९) | ३४०० | ४.३७ |
६ | ६ | कुशाहा(१-४) | ३२९५ | ८.९२ |
७ | ७ | हरिपुर(१-९) | ५४०६ | ११.३७ |
८ | ८ | मलहनमा(१-९) | ४३५६ | ७.११ |
९ | ९ | टिकुलिया(१-९) | ३२२१ | ७.२३ |
१० | १० | पटेर्वा(१-६) | २५४९ | ३.५७ |
११ | ११ | पटेर्वा (१-९),मलहनिया(५,६) | २९३६ | ७.६४ |
जम्मा | ४४२२१ | १०७.०३ |
सुरुङ्गा नगरपालिकाको नक्सा
८. नामः हनुमाननगर कङ्कालिनी
केन्द्रः साविक हनुमाननगर योगि
क्षेत्रफलः ११८.२ (वर्ग कि.मि.)
वडा संख्याः १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भारदह(१-९) | ७१२४ | २८.०८ |
२ | २ | हनुमाननगर योगिनीमाई(२) | १३३२ | ४.०१ |
३ | ३ | पोर्ताहा(१-९) | ५१७९ | ५.९५ |
४ | ४ | मधुवापुर(१-९) | ५७३० | ८.१९ |
५ | ५ | हनुमाननगर योगिनीमाई(३) | २१९५ | ४.०६ |
६ | ६ | हनुमाननगर योगिनीमाई(४) | ३१५७ | ३.६२ |
७ | ७ | हनुमाननगर योगिनीमाई(५) | २०७५ | १.५८ |
८ | ८ | हनुमाननगर योगिनीमाई(१) | २२४७ | १.५८ |
९ | ९ | हनुमाननगर योगिनीमाई(६) | १७९० | ०.७३ |
१० | १० | हनुमाननगर योगिनीमाई(९) | १८६६ | २.३४ |
११ | ११ | हनुमाननगर योगिनीमाई(१०) | २०५२ | १.९३ |
१२ | १२ | हनुमाननगर योगिनीमाई(७) | २४१० | १.३७ |
१३ | १३ | हनुमाननगर योगिनीमाई(८) | १७९१ | ४६.९२ |
१४ | १४ | रामपुर मल्हनीया(१-९) | ६७८६ | ७.८४ |
जम्मा | ४५७३४ | ११८.२ |
हनुमाननगर कङ्कालिनी नगरपालिकाको नक्सा
९. नामः सप्तकोशी नगरपालिका
केन्द्रः साविक सप्तकोशी नगरपा
जनसङ्ख्याः २११३२
क्षेत्रफलः ६०.३१(वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सप्तकशी न.पा.(१) | ४४३१ | ७.८९ |
२ | २ | सप्तकशी न.पा.(२) | २३१५ | २.८८ |
३ | ३ | सप्तकशी न.पा.(३) | ११२४ | ५.०६ |
४ | ४ | सप्तकशी न.पा.(४) | २१२२ | १.७१ |
५ | ५ | सप्तकशी न.पा.(५) | १३१२ | १२.०९ |
६ | ६ | सप्तकशी न.पा.(६) | १५१३ | २.५५ |
७ | ७ | सप्तकशी न.पा.(७) | १२९३ | १.६ |
८ | ८ | सप्तकशी न.पा.(८) | १६८८ | १.५९ |
९ | ९ | सप्तकशी न.पा.(९) | १४९२ | २.७४ |
१० | १० | सप्तकशी न.पा.(१०) | २०९९ | १.०५ |
११ | ११ | सप्तकशी न.पा.(११) | १७४३ | २१.१५ |
जम्मा | २११३२ | ६०.३१ |
सप्तकोशी नगरपालिकाको नक्सा
१०. नामः अग्नीसाइर कृ
केन्द्रः सीतापुर कोलोनीको साविक सडक कार्यालयको भवन
जनसङ्ख्याः २७१२९
क्षेत्रफलः १०३.०८(वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जण्डौल(१-९) | ४३६० | २४.८२ |
२ | २ | सितापुर(१-९) | ४१२२ | १३.८८ |
३ | ३ | हरिहरपुर(१-५,७-९) | ४०७० | ७.६४ |
४ | ४ | परसवनी(१-९) | ६२१२ | १२.७७ |
५ | ५ | बकधुवा(१-६) | ४४८७ | १७.९८ |
६ | ६ | बकधुवा(७-९) | ३८७८ | २५.९९ |
जम्मा | २७१२९ | १०३.०८ |
अग्निसाइर कृष्णासरवन गाउँपालिकाको नक्सा
११. नामः छिन्नमस्ता गा
केन्द्रः साविक छिन्नमस्ता गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २८३७०
क्षेत्रफलः ३८.७२(वर्ग कि.मि.)
वडा संख्याः ७
छिन्नमस्ता गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बरही विरपुर(४-९) | ४०२३ | ६.०४ |
२ | २ | छिन्नमस्ता(६-९) | ३९६७ | ५.६८ |
३ | ३ | छिन्नमस्ता(१-५) | ६१६९ | ५.८५ |
४ | ४ | लालपट्टी(१-७) | ४३२१ | ८.०९ |
५ | ५ | कोचाबखारी(१-६) | ३७१० | ७.६४ |
६ | ६ | कोचाबखारी (७,८,९) र लालपट्टी(८,९) | ३७१९ | ३.२१ |
७ | ७ | बरही बिरपुर(१-३) | २४६१ | २.२१ |
जम्मा | २८३७० | ३८.७२ |
छिन्नमस्ता गाउँपालिकाको नक्सा
१२. नामः महादेवा गाउँ
केन्द्रः साविक बथनाहा गा.वि.स.
जनसङ्ख्याः २८५४२
क्षेत्रफलः ३४.९६ (वर्ग कि.मि.)
वडा संख्याः ६
महादेवा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पकरी(१-९) | ६४१२ | ८.५३ |
२ | २ | महादेवा(१-९) | ५८०७ | ९.८६ |
३ | ३ | बथनाहा(१-३) | १५३३ | २.४८ |
४ | ४ | डाढा(१-९) | ६२९० | ४.९४ |
५ | ५ | भगवतपुर(१-९) | ५०२२ | ६.७८ |
६ | ६ | बथनाहा(४-९) | ३४७८ | २.३७ |
जम्मा | २८५४२ | ३४.९६ |
महादेवा गाउँपालिकाको नक्सा
१३. नामः तिरहुत गाउँपा
केन्द्रः साविक गोइठी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २२०१०
क्षेत्रफलः ३७.८२(वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | त्रिकोल(१-८) | ५२०० | ७.७७ |
२ | २ | मैनाकडेरी(१-९) | ३२०६ | ६.५९ |
३ | ३ | गोईठी (१-९), त्रिकोल(९) | ३७५१ | ४.७३ |
४ | ४ | डिमन(१-९) | ४२८३ | ६.४५ |
५ | ५ | लोहजरा(१-९) | ५५७० | १२.२८ |
जम्मा | २२०१० | ३७.८२ |
तिरहुत गाउँपालिकाको नक्सा
१४. नामः तिलाठी कोईला
केन्द्रः साविक तिलाठी गा.वि.स.
जनसङ्ख्याः ३२३८९
क्षेत्रफलः ३२.९२(वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तिलाठी(१-९) | ३६२४ | ३.५३ |
२ | २ | लौनिया(१-९) | ३५१९ | ३.९३ |
३ | ३ | सकरपुरा(१-९) | ४३७९ | ३.६४ |
४ | ४ | कोईलाडी(१-९) | ४७२३ | ३.८६ |
५ | ५ | कोईलाडी बर्साईन(१-९) | ५४५८ | ७.८ |
६ | ६ | कोईलाडी मधेपुरा(१-३,८,९) | २६०८ | २.३७ |
७ | ७ | बभनगामाकट्टी(५-९) | ४३५१ | ४.४१ |
८ | ८ | बभनगामाकट्टी(१-४) | ३७२७ | ३.३८ |
जम्मा | ३२३८९ | ३२.९२ |
तिलाठी कोईलाडी गाउँपालिकाको नक्सा
१५. नामः रुपनी गाउँपा
केन्द्रः साविक रायपुर गा.वि.स.
जनसङ्ख्याः २६३८७
क्षेत्रफलः ५६.०८ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नकटी रायपुर(६-९) | ५२५१ | ७.२३ |
२ | २ | नकटी रायपुर(१-५) | ४९६३ | ८.७ |
३ | ३ | कटैया(१-९) | ४९८७ | ६.२३ |
४ | ४ | जमुनी मधेपुरा(७-९) | २२९० | ४.२४ |
५ | ५ | बसबिटी(१-९) | ३६६६ | ४.११ |
६ | ६ | तेर्हौता(१-९) | ५२३० | २५.५७ |
जम्मा | २६३८७ | ५६.०८ |
रुपनी गाउँपालिकाको नक्सा
१६. नामः राजगढ गाउँपालिका (वेल्ही चपेना)
राजगढ गाउँपालिका पुर्बी नेपालको सगरमाथा अन्चल अन्तर्गत सप्तरी जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो | बि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा सप्तरी जिल्लामा झुट्की, बनैनिया, नर्गो,बेल्ही चपेना, फकिरा र मलेकपुर(१-४) गाउँ बिकास समितिहरुलाई राजगढ गाउँपालिका बनाईएको हो| राजगढ गाउँपालिकाको कूल क्षेत्रफल ४७.९१ वर्ग कि.मी रहेको छ | यो गाउँपालिका ६ वडा मा विभाजन गरिएको छ |
केन्द्रः साविक नर्गो गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २९४५९
क्षेत्रफलः ४७.९१(वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | झुट्की(१-९) | ४०३३ | ९.३५ |
२ | २ | बनैनिया(१-९) | ४०१२ | ५.३३ |
३ | ३ | नर्गो(१-९) | ७२३५ | १०.३१ |
४ | ४ | बेल्ही चपेना(१-९) | ५८०७ | ८.९७ |
५ | ५ | मलेकपुर(१-४) | २८९५ | ४.७४ |
६ | ६ | फकिरा(१-९) | ५४७७ | ९.२१ |
जम्मा | २९४५९ | ४७.९१ |
राजगढ गाउँपालिकाको नक्सा
१७. नामः बिष्णुपुर गा
केन्द्रः साविक ईटहरी बिष्णुपुर
जनसङ्ख्याः २३०३३
क्षेत्रफलः ३७.४३(वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | जमुनीमधेपुरा(१-९) र मलेकपुर(५,६) | ७२७३ | ९.९ |
२ | २ | सिम्रहा सिगियौन(१-४) | २१३२ | ४.५ |
३ | ३ | मलेकपुर(७-९) | १९०६ | २.८२ |
४ | ४ | सिम्रहा सिगियौन(५-९) | ३०८१ | ४.३४ |
५ | ५ | बोरिया(१,२,८,९) | २३०६ | ५.६१ |
६ | ६ | इटहरी बिष्णुपुर(६-९) | ३७२५ | ७.३२ |
७ | ७ | इटहरी बिष्णुपुर(१-५) | २६१० | २.९४ |
जम्मा | २३०३३ | ३७.४३ |
बिष्णुपुर गाउँपालिकाको नक्सा
१८. नामः बलान बिहुल गा
केन्द्रः साविक मल्हनिया गा.वि.
जनसङ्ख्याः २६०६८
क्षेत्रफलः ३३.०४ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मल्हनिया(१-४) | ५६६२ | ८.७२ |
२ | २ | मल्हनिया(७-९) | ३४४५ | ४.६५ |
३ | ३ | मौवाहा(१-९) | ४३६६ | ४.२३ |
४ | ४ | वेल्ही(१-९) | २७७८ | ७.०४ |
५ | ५ | रामनगर(१-९) | ५०७९ | ३.८ |
६ | ६ | रौतहट(१-९) | ४७३८ | ४.६ |
जम्मा | २६०६८ | ३३.०४ |
बलान-बिहुल गाउँपालिकाको नक्सा
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला समन्वय समिति सप्तरी। याे लेखमा कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले सप्तरी जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।