Khad Bari Sankhuwasabha

सखुवासभा जिल्लाको चिनारी Introduction of Sankhuwasabha District

परिचय

प्रदेश नं. १ मा रहेका १४ जिल्लामध्ये संखुवासभा जिल्ला एक हाे ।  पश्चिमतर्फबाट बग्ने संखुवा खोला र बीचभाग (पूर्व) बाट बग्ने सभा खोलाको नामाङ्कन गरी यस जिल्लाको नाम संखुवासभा जिल्ला रहन जनविश्वास रहि आएको छ ।  संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिला यस जिल्लाको सदरमुकाम रहेको थियो । वि. सं. २०३१ सालमा सदरमुकाम खाँदबारी बजारमा सारिएको हो ।

Arun Valley Sankhuwasabha
अरूण उपत्यका, तस्विरः Purvi Blues

अहिले सदरमुकाम रहेको पोखरीमा खुल्ला स्थानमा आज भन्दा २०–२२ वर्ष अगाडिसम्म पोखरी रहेको थियो । गोर्खाली सैनिकहरुले एकीकरण गर्दा भोट प्रदेशको सैर गरी फर्कदा पोखरी बीचको थुम्कामा पूजाआजा तथा बढाई गरी रगत लागेका तरवार, खुँडा आदि धोईपखाली गरेकोले उक्त स्थानलाई खुँडावारी भनिन्थ्यो । यही शब्दको पछि गएर अपभ्रंश भई खाँडवारी हुँदै खाँदबारी भएको हो किम्वदन्ती पाइन्छ ।

Manakamana Mandir Sankhuwasabha
मनकामना मन्दिर संखुवासभा तस्विरः Purvi Blues

पौराणिक भनाई अनुसार हालको सदरमुकाम रहेको खाँदबारी बजारमा पहिले एक ठूलो पोखरी थियो । यस ठाउँमा साना राज्यहरु भएको पाइन्थ्यो । यिनीहरु एक आपसमा लडाई गरी आफ्नो हतियार (खाँडो) उक्त पोखरीमा पखाल्ने पोखरी नै खाँडपोखरी हुन गयो र पछी ऊक्त खाँडपोखरी अपभ्रंस भई हालको नाम खाँदबारी रहन गएको पाइन्छ । वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या १५८७४२ मध्ये पुरूषको ७५२२५ र महिला ८३५१७ जनसंख्या  रहेको छ ।

Siddhakali Mandir Sankhuwasabha
सिध्दकाली मन्दिर संखुवासभा
भौगोलिक विभाजन

उत्तरी अक्षांस २७००६” देखि २७०५५” र देशान्तर ८७०५७” देखि ८७०४०”उचाइ समुन्द्र सतहदेखि ४५७ मिटर (संसारको होचो उपत्यकाको रूपमा मानिने अरूण उपत्यका) देखि ८४६३ मिटर (पाँचौ सर्वोच्च शिखर मकालु हिमाल) भू–बनोटमा हिमाली, पहाडी, बेसी, टार, खोंच आदि पर्दछन् ।यस जिल्लाको क्षेत्रफल ३४८६.१७ वर्ग किलो मिटर रहेको छ । पूर्वमा ताप्लेजुङ्ग र तेह्रथुम, पश्चिममा भोजपुर र सोलुखुम्बु, उत्तरमा चीनको तिब्बत र दक्षिणमा धनकुटा र भोजपुर जिल्ला रहेका छन ।

सति प्रथा
सति प्रथामा सति जान नमान्ने लाइ लगेर छोड्ने स्थान, तस्विरः Purvi Blues

संखुवासभा जिल्लामा रहेका प्रमुख प्राकृतिक श्राेत र सम्पदाहरू

संखुवासभा जिल्लामा रहेका प्रमुख नदीनाला र तालकुण्डहरूः अरुण, बरुण, संखुवा, सभा, माया, पिलुवा, हेंवा, अप्सुवा, पावा, सिसुवा सभापोखरी, मत्स्यपोखरी, दुधपोखरी, पाँचपोखरी, गुफापोखरी, लामपोखरी, थामपोखरी ।

उष्ण हावापानी) ४५७–१२०० मि.), उष्ण समशितोष्ण (१२००–२१००) मि.), ठण्डा समशितोष्ण (२१००–३६०० मि.), लेकाली (३६००–५००० मि.) र टुण्ड्रा (५०००–८४६३ मि.)
वार्षिक सालाखाला ११४१ मिलिमिटर वर्षा हुन्छ ।

Photo of Sankhuwasabha

संखुवासभा जिल्लामा रहेका प्रमुख वनस्पतिहरूः  सखुवा, करम, टुनी, सिमल, खयर, लामपाते, जामुन, बयर, बर, बाँस, उत्तिस, कटुस, गुराँस, चाँप, ओखर, चिलाउने, सल्लो, रूद्राक्ष, बुकी, सुनगाभा, सुनपाती, भैरूङ्गपाती, मालिङ्गो, बुडीधयेरा ,रस धयेरा , भलायो , खिर्रा ,चिउरी बर, पीपल ,समी, जालिम , कुटमेरा, टाँकी, हर्रा ,बर्रा ,अमला ,कटहर, आप, अंबक अरेठ ,सिस्नो ,नीग्रो, जलुको , सिमल, असारे, खश्रे , खनीउ, नेभरा, तिते, तितेपाती ,गाउजो,लालपति, बेल, धुरसुल , सीमालि, कदम, बडर आदि ।
संखुवासभा जिल्लामा रहेका प्रमुख जडीबुटीहरूः चिराइतो, जटामसी, पाँचऔंले, विष, विखुमा, पाखनवेत, कुड्की, खोकिम, टिमुर, खानक्पा, चिम्फीङ, सिन्कौली, मझिटो, विष्णुजटा, पिप्ला, यार्सागुम्बा आदि ।

Tumlingtar Airpot Sankhuwasabha
तुम्लिङटार एयरपोर्ट संखुवासभा, तस्विरः Purvi Blues

संखुवासभा जिल्लामा रहेका प्रमुख पर्यटकीय गन्तब्य

देउराली डाँडा, गुप्तेश्वर गुफा (५० मिटर लामो), खेम्पालुङ्ग गुफा, खानी गाउँ, किमाथान्का, सिद्धकाली मन्दिर, भीरेश्वर गुफा, धनपोखरी, मनकामना मन्दिर, गुफापोखरी आदि ।

संखुवासभा जिल्लामा रहेका मुख्य  जातजातिहरू

राई, क्षेत्री, तामाङ्ग, ब्राह्मण, गुरूङ्ग, भोटे, शेर्पा, नेवार, लिम्बू, मगर, कुमाल र माझी याक्खा आदि ।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

नेपाल  सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले  संघीय संरचना अनुसार सखुवासभा जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा १० वटा स्थानीयतह निर्माण गरेको छ । जसमा ५  नगरपालिका र ५ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।

१.      नामः चैनपुर गरपालिका

धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौंडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका पर्दछन् ।

संखुवासभा जिल्लाका नगरपालिकाहरु मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठुलो २२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, विश्वकै ठुलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरु, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपुर्ण मठमन्दिरहरु, प्राकृतिक सुन्दरताले भरिपुर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरु चैनपुरको गरिमा हुन् ।

साविकको पाँच गा.वि.स. सिध्दकाली, सिध्दपोखरी, चैनपुर, वानेश्वर र खरांग समेटिएर स्थापना भएको यस चैनपुर नगरपालिकामा २०७३ फागुनमा स्थानीय तहको संरचना घोषणा गर्दा नुनढाकी समेत समेटेको छ । उष्ण प्रदेशीयदेखि शितोष्ण प्रदेशसम्मको जलवायु तथा हावापानीको विविधतासंगै यस क्षेत्रमा जैविक तथा पर्यावरणीय विविधतामा धनी रहेको छ ।

११ वडामा विभाजित २०७८ को राष्ट्रिय जनगणना वमोजिम २६,७९९ जनसंख्या तथा ६,६४८ घरधुरीभित्र नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरुको वसोवास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरु रहेका छन् । दशैं, तिहार, बुद्धजयन्ती, ल्होसार, उधौली, उभौली, तीज, बालाचतुर्दशी माघे तथा साउने सक्रान्ति, कृष्णजन्म अष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदि पर्वहरु विशेषरुपमा मनाइने गरिन्छ । चैनपुर बजार, १ नं प्रदेश पुरानो र ऐतिहासिक महत्व बोकेको यस नगरपालिका भित्र चैनपुर, पोखरी, तथा खरांग यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रुपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरु संचालित छ।

यहाँका व्यवसायीले बनाएका वस्तुहरु मध्ये धातुको करुवा, चैनपुरको पर्याय बनिसकेको छ। ऐतिहासिक कालमा किराँतहरुको शासन रहेको यस स्थानलाई सो बेलामा गोलाबजार भनिने गरिएको पाइन्छ | नेपाल एकीकरण पश्चात पूर्व ६नं भनी चिनिने यस स्थानलाई सो वेलामा गोलाबजार भनिने गरिएको पाइन्छ। नेपाल-भोटबीचको अन्तिम युध्द यसै गढीबाट टिस्टासम्म पुगी लडेको इतिहास पाइन्छ । काठमाडौंबाट दूरी नाप गरी राखिएको कोशढुंगाले पनि यस ठाउँको प्रशासनिक, पुरातात्विक र ऐतिहासिक महत्व उजागर गरेको   छ |

केन्द्रः चैनपुर नगरपालिका कार्यालय

जनसङ्ख्याः २६७९९

क्षेत्रफलः २२३.६९ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

नुनढाकी

१-९

चैनपुर

४,५

चैनपुर

६,७

चैनपुर

१,२

चैनपुर

चैनपुर

९,१०

चैनपुर

८,११

चैनपुर

१२,१३

चैनपुर

१४,१५

१०

चैनपुर

१६,१७

११

चैनपुर

१८,१९

 २.      नामः धर्मदेवी नगरपालिका

साविक तामाफोक, माम्लिङ् र आंखिभुई गाविसको संयोजनबाट नेपाल सरकारको मिति २०७३ फागुन २६ गते को निर्णय अनुसार यस धर्मदेवी नगरपालिकाको गठन गरिएको हो । कोशि राजमार्गको उत्तर दक्षिण करिब ४० कि.मी. को भागले छोएको छ । साविक तामाफोक, माम्लिङ् र आखिँभुइ गा.वि.स संयुक्त समन्वयात्मक बैठकबाट नेपाल सरकारलाई नगरपालिका निर्माणका लागि धर्मदेवी मन्दिरको नामबाट नगरपालिको नामाकरण गर्न अनुरोध भए बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३।११।२६ गतेको निर्णय अनुसार धर्मदेवी नगरपालिका नामाकरण भएको हो । प्रत्येक नगरपालिका एक अविच्छिन्न नगरपालिकाको आफ्नो एउटा छुट्टै छाप हुनेछ । नगरपालिकाले ब्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न र बेचबिखन गर्न सक्नेछ । नगरपालिकाले ब्यक्ति सरह आपनो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ भन्ने उल्लेख गरेअनुसार नै यस नगरपालिको पनि संचालन  ब्यवस्थित गरिएको छ । यस नगरपालिकाको भौगोलिक अवस्थित, नामाकरण लगायत दीर्घकालिन सोच, उद्धेश्य एवं कार्यहरु तल उल्लेख गरिएको छ ।

भौगालिक अवस्थिति

क) आक्षांस   : आक्षांस २७.४९०ं  देखि २७.५१० उत्तर सम्म ।

ख) देशान्तर  :  देशान्तर ८७.२१० देखि ८७.२६० पूर्वसम्म ।

३) उचाई समुन्द्री सतहदेखि      :        ११२ देखि २४७० मिटर सम्म

सिमाना

क) पूर्व        :       मादी न.पा र लालिगुंरास न.पा.,तेह्रथुम

ख) पश्चिम     :        धनकुटा र भोजपुर जिल्ला

ग) उत्तर       :        चैनपुर र मादी न.पा.

घ) दक्षिण     :        माहालक्ष्मि न. पा. धनकुटा र तेह्रथुम जिल्ला

६) हावापानी  :    समशितोष्ण

केन्द्रः साविक तामाफोक नगरपालिका कार्यालय

जनसङ्ख्याः १६०५३

क्षेत्रफलः १३२.८२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

तामाफोक

१-४

तामाफोक

५,६

तामाफोक

७-९

माम्लिङ्ग

१-५

माम्लिङ्ग

६-९

आँखीभुइँ

१,२

आँखीभुइँ

३,४

आँखीभुइँ

५-७

आँखीभुइँ

८,९

 ३.      नामः खाँदबारी नगरपालिका

काेशी प्रदेशमा अवस्थित खाँदवारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो । खाँदवारी नेपालका प्रमुख समृद्ध शहरहरु मध्यमा सुन्दर र  विविध सांस्कृतिक विविधता भएको शहर हो । वि.सं. २०५३ माघ १८ गते संखवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालिन मनकामना , पाङमा, र माल्टा गरी ३ वटा गाउँ विकास समितिलाई मिलाएर नगरपालिकाको रुपमा घोषण गरिएको थियो । भौगोलीक रुपमा निक्कै ठुलो क्षेत्रफल ओगटेको यस नगरपालिकामा जम्मा ११ वडाहरु छन् जसको क्षेत्रफल ८२ वर्गकिलोमिटर रहेको छ ।

केन्द्रः साविक खाँदबारी नगरपालिका कार्यालय

जनसङ्ख्याः ३५५६५

क्षेत्रफलः १२२.७८ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

खाँदबारी

खाँदबारी

खाँदबारी

खाँदबारी

४,५

खाँदबारी

६,७

खाँदबारी

८,९

खाँदबारी

१०

खाँदबारी

११

खाँदबारी

१२,१३

१०

सित्तलपाटी

१-५,९

११

सित्तलपाटी

६-८

 ४.      नामः मादी नगरपालिका

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ।

केन्द्रः साविक मादी नगरपालिका कार्यालय

जनसङ्ख्याः १३२७३

क्षेत्रफलः ११०.१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

मादी

मादी

मादी

३,४

मादी

५,६

मादी

७,९

मादी

मादी

१०

मादी

११

मादी

१२,१३

 ५.      नामः पाँचखपन नगरपालिका

केन्द्रः साविक वाना गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६३४८

क्षेत्रफलः १४८.०३ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

स्यावुन

४-७

स्यावुन

८,९

स्यावुन

१-३

वाना

७-९

वाना

४-६

वाना

१-३

जलजला

७-९

जलजला

४-६

जलजला

१-३

  ६.      नामः भोटखोला गाउँपालिका

काेशी प्रदेश अन्तर्गत संखुवा-सभा  जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष  टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो | यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु ) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो | यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ |

केन्द्रः साविक हटिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६४३८

क्षेत्रफलः ६३९.०१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

किमाथांका

१-९

चेपुवा

१-९

हटिया

१-४

हटिया

५-९

पावाखोला

१-३

 ७.      नामः चिचिला गाउँपालिका

सङ्‌खुवासभा जिल्लाको साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम यस चिचिला गाउँपालिका गठन भएको हो । साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो ।

चिचिला गाउँपालिका भौगोलिक अवस्थितिः

 अक्षांश:२७° २६ मिनेट १५,४० सेकेन्ड देखि २७° ३१ मिनेट ४१,५२ सेकेन्ड

देशान्तर: ८७° ८ मिनेट ३९,९३ सेकेन्ड देखि ८७° १७ मिनेट ४९,४६ सेकन्ड

पूर्वमा सभापोखरी गाउँपालिका, पश्चिममा सिलिचोङ गाउँपालिका, उत्तरमा मकालु गाउँपालिका र दक्षिणममा खाँदबारी नगरपालिका अवस्थित रहेको यस गाउँपालिका समुद्री सतहबाट ५०२ मिटर देखि उचाई २२९८ मिटरसम्म फैलिएको छ । यो गाउँपालिका पहाडी भू-वनोट भएको गाउँपालिका हो । उत्तर दक्षिण कोशी- ल्हासा राजमार्गको २० कि.मि. दायाँबायाँ पर्ने यस गाउँपालिकाको क्षेत्रफल ८८.५३ वर्ग कि.मि. रहेको छ भने यस गाउँपालिकामा ५ वटा वडाहरूमा विभाजन गरिएको छ ।

केन्द्रः साविक दिदिङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६५७७

क्षेत्रफलः ८८.६३ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

मत्स्यपोखरी

१,२

दिदिङ

दिदिङ

१-५

दिदिङ

७-९

मत्स्यपोखरी

३-५

मत्स्यपोखरी

६-९

 ८.      नामः मकालु गाउँपालिका

मकालु गाउँपालिका कोशी प्रदेशको संखुवासभा जिल्लाको उत्तरी भागमा अवस्थित प्राकृतिक तथा भौगोेलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका नुम, पाथिभरा, पावाखोला, याफु र मकालु गा.वि.स. मिलाई मिति २०७३ फागुन २७ गते घोषण भएको हो । भारत र चिनलाई नेपालको वाटो हुदै जोड्ने नेपालकै सवैभन्दा छोटो स्थलमार्ग उत्तर दक्षिण राजमार्ग (कोशी करिडोर) यसै गाउँपालिकाको केन्द्र ५,३ हुदै उत्तरी छिमेकी चीनको सीमा किमाथाङ्कासम्म पुग्दछ । यो गाउँपालिका मकालु गाउँपालिका हिमाल र किमाथाङ्का नाकाका प्रवेशद्धार पनि हो । यसै गाउँपालिका मा अरुण तेस्रो जलविधुत अयोजना ९०० मे. वाट नेपालको निमार्णमा रहेको छ ।

यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त क्षेत्र पनि हो । यहाँ याम्फु राई, शेर्पा, तामाङ, गुरुङ, कुलुङ राई र क्षेत्री जातिको वाहुल्य रहेको यो गाउँपालिकामा प्रमुख रुपमा वौद्ध र हिन्दु धर्मावलम्वीहरु रहेको छन । यसरी विविध जाति विविध धर्म संस्कृति रहेको यो गाउँपालिका सामाजिक सांस्कृतिक रुपमा पनि धनि रहेको छ । मकालु हिमश्रृङ्खला, मकालु मरुण राष्ट्रिय निकृञ्ज लगायतका यस गाउँपालिका क्षेत्र भित्र अरुण नदी, वरुण नदी, बौलाहा पोखरी, पाँच पोखरी, बन्दुके पोखरी, सेतो पोखरी, कालो पोखरी, डल्ले पोखरी, ईन्दुवा खोला, ईखुवा खोला, आप्सुवा, काँसुवा, ईप्सुवा खोला ठुलो पोखरी, सानो पोखरी, वौले पोखरी, सप्तरंगी पोखरी, तेर्से पोखरी, कुईरीम ताल, दुध पोखरी, शिव धारा, पार्वती गुफा, तोङ्गडाफु आदि प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थाल गाउँपालिकाका सम्पदाका रुपमा रहेका छन ।

पहाडी तथा हिमाली भुभागमा अवस्थित समुन्द्र सतहवाट ४४२ मिटर देखि माथिको उचाईमा रहेको यो गाउँपालिका २७ डिग्री १५ मिनेट देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांश तथा ८७ डिग्री ४ मिनेट देखि ८७ डिग्री ३० मिनेट पूर्वी देशान्तरसम्म फौलिएको छ । यस गाउँपालिका ५१९.४५ वर्ग कि.मि क्षेत्रफलमा फौलिएको छ्, जसमध्ये कृषि क्षेत्र ५५.५ प्रतिशत, जंगल २३.७८ प्रतिशत, वस्ती क्षेत्र ६.८३ प्रतिशत, खाली जग्गा १३.६ प्रतिशत र अन्य क्षेत्र ०.२९ प्रतिशत छ । समुन्द्र सतह देखिको उचाई फ्याक्सिन्दा दोभान ५५७ मिटर देखि मकालु हिमाल ८४६३ मिटर सम्म रहेको छ ।

यस गाउँपालिकाको पूर्वमा भोटखोला गाउँपालिका र ताप्लेजुङ्ग जिल्ला, पश्चिममा सिलिचोङ गाउँपालिका, सोलुखुम्वु जिल्ला उत्तरमा भोटखोला गाउँपालिका र चीन तथा दक्षिणमा चिचिला र सभापोखरी गाउँपालिका रहेको छ । जिल्ला सदरमुकाम देखि करिव ४२ कि.मि. दुरीमा गाउँपालिकाको केन्द्र पर्दछ । त्यस्तै गाउँपालिकाको केन्द्र देखि करिव ८८ कि.मि. दुरीमा उत्तरी सीमा विन्दु किमाथाङ्का नाका पुगिन्छ । यस गाउँपालिकाको वडा नं. २ मा अवस्थित ८४६३ मिटर अग्लो मकालु हिमालको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।

केन्द्रः साविक नुम गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १३४२४

क्षेत्रफलः  ५१९.४५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

मकालु

८-९

मकालु

१-७

पाथिभरा

१-९

पावाखोला

४-९

नुम

१-९

याफु

५-८

 ९.      नामः सभापोखरी गाउँपालिका

केन्द्रः साविक बाह्रबिसे गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ९९७०

क्षेत्रफलः  २२२.०८ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

धुपु

१-४

धुपु

५-९

बाह्रबिसे

१-६

बाह्रबिसे

७-९

सभापोखरी

७-९

सभापोखरी

१-६

 १०.  नामः सिलीचोङ गाउँपालिका

नेपालको संबिधान अनुसार  पूर्वांचल विकासक्षेत्र अन्तर्गत कोशी अन्चलको संखुवासभा जिल्लाका सुदुर उत्तरका साविक सिसुवाखोला, बाला, मांग्तेवा,ताम्कु र याफु गा. वि.स. हरुको संयोजन भई काेशी प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये एक हो सिलिचोंग गाउँपालिका | भौगोलिक रुपमा विकट भएतापनि सामाजिक, साँस्कृतिक र  रहनसहनले भरिपूर्ण यस गाउंपालिका वातावारनीय दृष्टिकोणले बसोबासको लागि उत्कृष्ट रहेको छ | यस छेत्रमा पर्ने रमणीय सिलिचोंग हिमालको नामबाट यस गाउंपालिकाको नाम सिलिचोंग रहन गएको हो|

भौगोलिक अवस्था तथा सीमाना

क्षेत्रफल :  ५०१.८९ वर्ग कि.मी.

पूर्व :  चिचिला र मकालु गाउंपालिका

पश्चिम :  सोलुखम्बु जिल्ला

उतर : मकालु गाउंपालिका

दक्षिण :  भोजपुर जिल्ला

केन्द्रः साविक ताम्कु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १०२९६

क्षेत्रफलः २९३.२६ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

सिसुवाखोला

१-९

बाला

१-९

ताम्कु

१-९

मांतेवा

१-९

याफु

१-४,९

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय संखुवासभा र जिल्ला समन्वय समिति संखुवासभा । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले संखुवासभा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

1 thought on “सखुवासभा जिल्लाको चिनारी Introduction of Sankhuwasabha District”

  1. खादबारी को बारेमा लेख अलि खोज को आवस्यकता देखियो यो खुडा पखालेर भएको भन्दा दरिलो मिथक छन। सभापोखरी, तिन्जुरे मिल्के, जस्ता पर्यटकीय स्थल छुटे। बिस्वकै सबैभन्दा गहिरो उपत्यका अरुन उपत्यका मकालु हिमाल जस्ता कुरा हरु नछुट्नु पर्ने हुन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *